टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका बुद्धहरु

- बद्री पलिखे

जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ । हरपल मुटुमा भावनाहरु सजीव भएर लस्करै उभिन थाल्छन् । तब म त्यसलाईसाचो अनुभूतिसंग मुछेर निर्माण गर्न थाल्छु कविताका लहरहरु ......। र परिश्रमको पसीनाले भिजाएर ओसिलो पार्न खोज्छु कवितालाई परिस्थितिको सक्षम मैदानमा ।
यथार्थमा भन्ने हो भने आधा दशक दक्षिण कोरिया र आधा दशक हङकङ गरेर सिंगो एक दशक सन् " १९९२ - २००१" लाई यस कविता संग्रहमा कैद गरेको छु । यी भनाई हुन् कवि टंक सम्वाहाम्फेको आफ्नै कुरा युद्ध भित्र उभिएका वुद्धहरुको हो । आयामेली कवि इश्वरवल्लभ " द्रष्टा र श्रष्टा कवि सम्वाहाम्फे " भूमिका लेखनमा वुद्ध तथा सबै तथागतहरुमा करुणामय छवि र विम्वहरु पहिलेका जस्ता छैनन्, वुद्ध र अहिंसाका सम्बन्धमा चिन्तन गर्ने क्रममा साहचर्यमा अथवा चिन्तनको समिपमा विल्कुल पृथक प्राय उल्टो स्थितिको आभाष नैयुद्ध हो भनी संग्रहको परिभाषा गरेकाछन् ।
आफ्नो संस्कृति,भाषा,कला,साहित्य,धर्म,जाति आदि कसैद्वारा किचिदै गैरहेकोवेला बचाउनु पर्दछ जोगाउनु पर्दछ भन्दै टाढा हङकङवाट कवितामा आवाज वुलन्द गर्दै नेपाली साहित्यको फाटमा छलाङ्ग मार्दै अघि वढेका कवि हुन्- टंक सम्वाहाम्फे। विदेशी भूमिमा गरेका भोगेका प्रत्यक्ष आफ्नो अनुभूतिहरु सिर्जनामा सिर्जित गरेकाछन् कविका यस कृति युद्ध भित्र उभिएका वुद्धहरुमा कवि उत्तर कुमार राईले टंक सम्वाहाम्फेको व्यक्तित्व र कृतित्व बारे परिचय दिनु भएको छ । कविको भनाई इश्वरवल्लभको भूमिका उत्तर कुमार राईद्वारा प्रस्तुत परिचयले " कवि टंक सम्वाहाम्फे र युद्ध भित्र उभिएका वुद्धहरु " कोसमग्र मुल्याङ्कन भइसकेको छ यसमा थप करा भनेको पाठकीय अनुभूति र प्रतिक्रिया मात्र हो ।
सन् २००० वि.सं.२०५६ मा नेपाली साहित्य प्रतिष्ठान हङकङकोप्रकाशनमा प्रकाशित टंक सम्वाहाम्फेकोयुद्ध भित्र उभिएका वुद्धहरु -कवितासंग्रह)प्रकाशनमा आएको छ । चौबिसे कुरुले तेनुपा गा.वि.स.वडा नं- ५-तेनुपा धनकुटा,कोशीमा २०२४ साल वैशाख ७ गते जन्मिएर हाल हङकङमा बसोबास गरिरहनु भएका भर्खरै ४० वषन्त पार गरेका ४१ टेक्नु भएका युवाकवि टंक सम्वाहाम्फे मधुपर्क,निर्माण,चौविसेको मुस्कान,अविराम,पूर्वक्षितिज,वैशालु आदि दार्जिलिङ्ग,नेपाल,हङकङबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा कथा,कविता,मुक्तक आदि फुटकर रचनाहरुको प्रकाशन भएको छ । युद्ध भित्र उभिएका वुद्धहरु -कवितासंग्रह )वहाको प्रथम कवितासंग्रह हो । यसभित्र वहाका ४१ वटा स्वदेश प्रेम प्राकृति प्रतिको मोह र जीवन भोगाईका तिता मीठा अनुभवहरुका अनुभूतिहरु भएका कविताहरु छन् । आवरणमा शान्तिको प्रतीक उडिरहेका तीनवटा परेवा, कालो आकासेरंगको निलो ,फिका रंगको रातो र पानी रंगको हरियो रंग भएको वुद्धसमाधि रकेट र मिसाईल स्वयम्भूका दुइटा आखा भएको अर्थपूर्ण चित्राङ्कीतमा सेतो अक्षर भएकोयुद्ध भित्र उभिएका वुद्धहरु (कवितासंग्रह ) लेखिएको आकर्षक आवरण पृष्ठ छ । प्रत्येक कविताहरुमा अर्थपूर्ण र भावपूर्णचित्रहरुद्वारा सजाईएको प्रस्तुत कविता संग्रह हेर्दै लोभलाग्दा छन् ।
कवि टंक सम्वाहाम्फेनेपाली सर्म्पर्क समिति दक्षिण कोरियाका भू.पू.क्षेत्रिय अध्यक्ष,किरात याक्थङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष,नेपाली साहित्य प्रतिष्ठान हङकङका संस्थापक उपाध्यक्ष (हाल अध्यक्ष),चौविसे सेवा समाजको भू.पू. कोषाध्यक्ष (हाल सल्लाहकार),र नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजक एवं चौविसेका गोरेटाहरु बार्षिक मुखपत्रका सम्पादक समेत हुनुहुन्छ ।
यस कविता संग्रह भित्रका ४१ वटा कविताहरुमा लालीगुरास,मेरो देश,इतिहास,प्यारो गाउको सम्झनामा,देशको आत्माकथामा आफू जन्मिएको भूमिको सम्झना माटोको माया देशको गौरवगाथाप्रति गौरव र स्वदेश प्रेम एवं आफ्नो मुलुकको प्रकृतिको वर्णन छ । जस्तो



तिमी नफुले नेपाली मन फुल्दैन
तिमी नफुलेखुशीयालीमा देश झुम्दैन
(लालीगुरास - पृ.२०)
आफ्नो देशको जलप्रवाह त्यसै खेर गईरहेको छ । जल भण्डारको देश भएर पनि नेपाली काकाकुल जिन्दगी जिउनु परिरहेछ । यस्तो स्थितिमा गुज्रिरहेको देशको जलप्रवाहलाई उपयोग गर्न सके यो देशको भाग्य उज्यालो हुन्थ्यो होला भनि कविको मन कल्पिन्छ ।
अहमता बोकेर जलभण्डारको
ब्यर्थै बगिरहेछ मेरो देश
खोलानाला र नदीहरुमा
ऐलानी बढिरहेछ मेरो देश
जलप्रवाह अंगालेर
घाटी सुकिरहेछ मेरोदेशको तिर्खाहरुमा
(मेरो देश - पृ.३६)
वहाका इहलीला,दुनियाभित्रको नाटक,आकास मान्छेर ब्वासाहरु,युद्ध भित्र उभिएका वुद्धहरु,दिन,कुन उत्सवको तयारीमा -,अस्मिताको खातिर,भावप्रष्ट वोलीहरु,अथाह प्रश्न चिन्हहरु,कृतिम ब्रम्हाजीहरु,विपत्तिमा परेका चराहरु,विभाजितछन् आकासहरु,प्रेम सागर,शहरको निद्रामा ब्यूझिएको म,जस्तै जस्तै,यो जिन्दगीको नशा,समयको डुङ्गा,मान्छे आडम्वरी हुनसक्छ,भावनाको क्यान्भासमा दुनियालाई पोत्दा,छात्तिमा दौडिएको यो मन,वर्षा,एकछाक,वैंशको खोजीमा,नया प्रयासहरु,जिउनुका अनेकौ छालहरु,म एउटा यात्री हु,कम्प्युटर साथी,सपना,विडम्बना भित्रको म,आत्माविश्वासको उज्यालोमा,मान्छेलाई मान्छेबाट बञ्चित गर्नुमा,विदेशी प्रेमिकाप्रति,हामी,एउटा युग कविताहरुमा जीवनको माया,जीवनको दृष्टिकोण,शान्ति सन्देश,मानवीय संवेदना,वर्तमान परिस्थितिबाट वाक्क सामाजिक विसंगतिप्रति ब्यंग्य,सामयिक चिन्तन,उज्यालो भविष्यको चाहानाहरु मूर्त र अमूर्तरुपमा चित्रित भएकाछन् । कविताहरुमा नागवेली प्रस्तुति छ । युद्ध भित्र उभिएका वुद्धहरु दार्शनिकता छ । आयामेली भाव छ । अनेकार्थी भाव तरङ्ग छन् । आदर्शवाद छ । प्राय सवै कविताहरुमा तरलता छ । सुन्दर र कलात्मक अभिब्याक्ति छ । जीवन जीउनुको अर्थवोध छ । जिजीविषा छ । कवितामा यौवनको मादकता र नशा छ । फूलहरुको वासना र सौर्न्दर्यता छ । आडम्वरी समाजप्रति असन्तोष छ । समाजसंग यक्ष प्रश्नहरु छन् । जीवन जीउनुको भोगाई,दुखाई र सुस्केराहरु छन् । शान्ति सन्देश छ । वहाको कवितामा देश दुख्छ । गुरास फुल्दा देशको सम्झना आउछ । भाषा सरल छ । भाव गहन छ । कवितामा संगीत ध्वनि छ । कविताहरु सवै सवै स्तरीय र राम्रा राम्रा छन् ।
युद्ध भित्र पनि वुद्ध जन्मिन सक्छ
वुद्ध फेरि फेरि जन्मिनु पर्दछ
वुद्ध आजको माग हो
जाग
युद्ध उभिएका
ए ! वुद्धहरु हो
तिमी उभिएको भूमिमा पनि अर्कोवुद्ध
उदाउन सक्छ अवश्य.......
(युद्ध भित्र उभिएका वुद्धहरु - पमान्छेहरु मान्छेबाट विभाजित छन्।मान्छेहरु आफैबाट खण्डित छन् । मान्छेहरु किन मान्छेहरु कै सम्वेदनामा लागिरहेकाछन् - मान्छेहरु किन आफ्नै विरोधको होडवाजीमा लागिरहेकाछन् । यो यक्ष प्रश्न हो । अथाह प्रश्न चिन्हहरु ख्रिष्टको क्रस चिन्ह झैं तेर्सिएकाछन् ।
ओर्लिएकाछन् मान्छेहरु
जहा विभाजित सपनाहरु ओडेर
अहोरात्र
जन्माईरहेछन् टेष्टट्युवबाट कृतिम सन्ततीहरु
(प्रश्न चिन्ह - पृ.१४)
कवि सम्वाहाम्फेको युद्ध भित्र उभिएका वुद्धहरु कविता संग्रह भित्रका कविताहरुमा मानवीय गुण र स्वभावहरु प्रशस्तै छन् । जस्तो प्रकृति प्रेम । स्वदेशको माया जीउनुको अर्थ र जिजीविषा,हर्ष,विस्मात्,छटपटी,समाजिक विसंगतिप्रति असन्तोष,शान्तिको चाहाना,मानवता,भौतिक,विलाशता र विकृतिप्रति असन्तुष्टि,यायावर जिन्दगीको वाध्यता आदि छन् ।
कविहरु कविताका मालीहरु हुन् । मालीहरुले राम्रा राम्रा फूलहरु फूलाउछन् । कृषकहरु अषरका खेति गर्छन् । कविताका फूलहरु,कविताका लहलह बालीहरु उमार्दछन् । सम्वाहाम्फे ज्यूका कविता फूलका जान्ने माली हुन् । कविताका अन्नहरु फलाउने मेहनती कृषक हुन् ।
हरदम छातिबाट दौडिएर
संसार रिङछ यो मन
यथास्थितिको परिधि नाघेर
चल्वलाईरहन्छ यो मन
(छात्तिमा दौडिएको यो मन - पृ.३२)
वहाका वर्षा कवितामा भावतरङ्ग छन् । जीवन र जगतप्रतिको दृष्टिकोण छ ।
बादलको जलमग्न छात्ति निचोरेर
जब आकास चुहिन्छ
तब माटोमा उदाउछन् असिमित खुशीहरु
उर्वर भएर बेहुलीको घुम्टो झैं
हरियाली छाउदा
मुस्कुराउछन् डाडापाखाहरु
(वर्षा - पृ.३४)
कवितामा विषयवस्तु,विम्व,प्रतीक,प्रस्तुति,कला माधुर्यता र कवितात्मक गुणहरु राम्रा छन् । भाषा मधुरता भाव गहनता र चिन्तन छ भने कविता स्वत हृदयस्पर्शी हुन्छन् । वहाको एकछाक कविताले जीन्दगी बाच्नुको परिभाषा र बाध्यता मिठासपूर्ण ढङ्गबाट प्रस्तुत गर्दछ ।
छाक विनाको जीवन
उर्जा विनाको गतिशीलता
(एकछाक - पृ.४०)
अन्त्यमा वहाको निरन्तरता र सफलताको लागि शुभकामना गर्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु