तन्द्रामा अमेरिका

- धीरकुमार श्रेष्ठ

जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । चिट्ठा पर्ने आशमा सास रोकेर बस्नेहरूको रास लागिसकेको छ । घट्नुको साटो बढ्दो छ । वर्षौं देखि फारम भरिआएका पनि एक दिन कसो 'लाटाको खुट्टा बाटामा नपर्ला भनी धाउदा छन् । 'आए आप गए झटारो'सरि दुईइचार सय खर्च गरी फारम भर्नेको ताती भातीभा कतीका छन् ।

यस वर्षआफु पनि पुगियो साइबरमा बर्को ओढेर लर्को लाग्न । बर्को नओढी जाऊ भने आफू परियो खाट्टी राष्ट्रवादी । तर राष्ट्रवादको भजन जपेर मुखमा माड नलागेपछि लुसुक्क पुगी खुसुक्क फारम भर्नैपर्यो । अरूले देखे मारिहाल्ने ।

फारम भर्नेको लाममा पर्खंदापर्खंदै अचम्म तालले पुगिएछ अमेरिका काममा । आफू परियो नेपाली काम पर्यो अमेरिकी । एक छिन ढिला हुन नहुने । भनेको गर्नैपर्ने । जिम्मा लिएपछि छलछाम गर्नै नपाइने । 'आज अल्छी लाग्यो भोलि गरु“न' भने झोली रित्तिने गरी जरिवाना गरिहाल्ने । गल्ती गरेपछि 'माफ पाऊ भनी सुख नपाइने । 'आत्मालोचना गर्छ भन्दा पनि उम्किन नदिने । समालोचना गर्नै नजानेजस्तो आलोचना गर्न नछाड्ने । हाम्रा देशका घाघडान समालोचक भिडाइदिन पाए यिनका दिमाग चकराउथे । कस्ता बुद्धू रछन्, तिललाई पहाड बनाउनै नजान्ने । हाम्रा विद्वान् भिडाइदिन पाए, देख्थे बराजुको ब्ये । हाम्रा नेताका फेला परे अमेरिकालाई औलामा नचाएर एकै छिनमा नेपाल बनाइदिन्थे । कस्ता मुर्ख रैछन्, खटिरा कोटयाएर घाउ बनाउन नजान्ने । हाम्राले आफू बनिएर अरूलाई भत्काउन थालिसक्ता 'नि यिनका बुद्धिका बिर्का खुलेका रैनछन् ।

माछा देखे दुलोभित्र हात र्सप देखे दुलोबाहिर हात गर्नै नपाइने ।कसैले देखेका छैनन्, एकपल्ट लामो हात पारी जिन्दगीभरिलाई पुग्नेजति कुम्ल्याऊ भन्दा झण्डै जागिर गंको । उता हुने भित्ताका कान या आखै हुदो र'छ । झण्डै मारेका गोरा छालाका मोराहरूले । बोल्दा पनि गाली गरेका हुन् कि आशिक दे का छुट्टयाउनै साह्रो । या डलर रूखा फल्छन् भनेको त का हुनु । मरीमरी काम गर्नपर्ने । एकपटक हात साफ गर्न पाए जघन्य अपराध पनि माफ हुन्छ भनेको त ठिगुर्याइहाल्ने ।

म त ठूलालाई ऐन सानालाई चैन भ'का देशबाट आको हु मनपरी गर्न पाईन्छ ।भन्यो भने 'त्यसो भा उतै जाने' भनी प्लेन चढाउन खोजिहाल्छन् । 'हाम्रामा सक्नेलाई सात खत माफ छ, नसक्नेलाई मात्र नाङ्गो छत छ' भन्यो भने या बुसलाई 'नि भुस पार्ने कानुन छ' भनिहाल्ने । 'कानुन त हाम्रामा 'नि छन्' भन्यो भने ओठे जवाफ फकाईहाल्ने, तिमरुका कानुन कागजा छन्, हाम्रा व्यवहार । तिमरुका लाटीका फाटेका फरिया हुन्, हाम्रा सदाबहार हरिया छन् ।

बोल्यो कि पोल्यो । टिप्पा लिहाल्ने । उता अप्ठयारो परे 'था छैन' भन्दा उम्किन पाइने, या ढिम्किनै नदिने । कुन दशा लागेर आइएछजस्तो भो । नेपाला“ हलहली बढेको लोकतन्त्र झलझली सम्झयो, बस्यो । लोकतन्त्र छाडेर बित्थामा झोकतन्त्रमा परियो । पुर्पुरोमा हात लाउनुसिवाय गर्न क्यै सकेको होइन । जङ्गलमा छाडिएको स्वतन्त्र चरोलाई बालक बबुरो द्विज सुकना भयो । झो“क चल्यो । 'यिनले वीर पुर्खाका देशका हाम्लाई हैकम चलाउने । जे पर्छ-पर्छ । जमाएर दिनुपर्यो भनी लात देको त साइबर क्याफेकै डी.भी. भर्ने लाममा रहेछु । मेरा कारण जाममा परेका जतिले उल्टै भकुर्न थाले ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 26 आश्वीन, 2065

लेखकका अन्य रचनाहरु