मलाई गाउँ फर्किनु छ

- निलकमल छेत्री

शहरको धुलो र मान्छेको मैलोपनले
अब मलाई पोल्न थालेको छ
गाऊँको शुद्ध हावा,

र त्रिशुलीको चिसो पानी पीउन
अब मलाई गाऊँ फर्किनु छ ।

शहरको कुनामा गुम्सीएर
आफैले आफैलाई
हराएको महसुश हुन थालेको छ
गाऊँको हरियो अनि

ठुलो मैदानको बिचमा बसेर
स्वतन्त्रको सास फेर्न
अब मलाई गाउँ फर्किनु छ ।

गाऊँमा हुँदा शहर जाने
कुराले रातीको निन्द्रासम्म
हराउँथ्यो, बिहानी कैले हुन्छ भनेर

छटपटाई रहन्थे
आज त्यसरीनै शहरबाट गाऊँ
जाने कुराले रातीको निन्द्रा छैन्,

मिठो निन्द्राको खोजीमा
अब मलाई गाऊँ फर्किनु छ ।

चलन त उस्ता उस्तै हुन
तर पनि केही नियम फरक छन्
गाऊँमा खाना पकाएर
केही बेरसम्म पर्खिन्छन,

कतै कोही आए संगै खाउँला भनेर
शहरमा पनि खाना पकाएर
केही बेरसम्म पर्खिन्छन,
आएकाहरु कहिले जान्छन
अनि खाउँला भनेर।

गान्तोक सिक्किम ( भारत )

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 15 पौष, 2077

लेखकका अन्य रचनाहरु