डायस्पोरिक लेखकका घरेलु संस्मरण: विगत र बाडुली

- डा. राम्जी तिमल्सिना

नयाँ नेपाली डायस्पोरा (युरोप, अमेरिका र ओसेनिया)मा बसेर सिर्जनकर्ममा लागेकामध्ये साहित्य नै भन्न मिल्ने लेखन गर्नेहरूको सङ्ख्या असाध्यै सानो छ । जीवन बचाइको दौडधुप तथा पुरानो पहिचानको विलयन र नयाँ पहिचानको निर्माणको खोँचमा परेका धेरै लेखकहरूका प्रयास साहित्य बन्ने हैसियत प्राप्तगर्न क्रियाशील देखिए पनि त्यसो हुन खासै नसकिरहेको अवस्था छ । चिन्तन, मनन, र बान्कीपूर्ण प्रस्तुतीकरणका लागि आवश्यक पर्ने पर्याप्त सिर्जनशीलता र समयका अभावमा अस्तित्वको प्रकटीकरण र भाषा तथा संस्कृतिको संरक्षणका लागि लेख्नैपर्छ भन्ने हुटहुटीप्रेरित लेखकहरूले पनि नयाँ भूमिमा अलि व्यवस्थित जीवन यापन गर्न पाए भने उनीहरूबाट स्तरीय साहित्यको आशा गर्न सकिने रहेछ भन्ने प्रमाण भएको छ भारती गौतमका कृतिहरूको क्रमिक स्तरोन्नति ।
विषय र भावका दृष्टिले सुन्दर हुँदाहँुदै पनि काव्यिक सबलताको अभाव खड्किने रचनाहरूको प्रधानता रहेको आकाशमाथिको शहर (कवितासङ्ग्रह, २०६३) र एउटी कर्मठ प्रवासी नारीको सम्पूर्ण उर्जा एक आमा बन्नमै सीमित बनाउने अमेरिकी भूमिको प्रपञ्चलाई विषयवस्तुगत हिसाबले राम्रो तर सम्हालिनसक्नुको लामो र धेरै ठाउँमा कथाको व्यवस्थित प्रस्तुतिको अभाव खट्किने अमेरिकामा आमा (संंस्मरणात्मक उपन्यास, २०७२)भन्दा साहित्यिक भाषा र प्रस्तुतिकरणमा निकै खारिएर आएको छ गौतमको विगत र बाडुली (संस्मरणसङ्ग्रह, २०७७) । हिडदैजादा अनयासै ठोक्किन आइपुग्ने मान्छे, पुगेका ठाउँहरू र त्यहाँ देखिएका चिजको सूचिसहित आपूmले गरेका कामको ठाडो तमसुकलाई नै सिर्जना मानेर संस्मरण साहित्यको हुर्मत लिने धेरै नेपाली लेखकहरूको प्रायोजित हल्लिखल्लिको बीचमा सुटुक्क निस्केको यस पुुुस्ककले संस्मरण कसरी साहित्यिक बन्न सक्छ भन्ने पर्याप्त आधारहरू उजागर गरेको छ । साथै एक डायस्पोरिक कृृतिमा हुनुपर्ने निकै गुणहरू पनि यसमा पाइन्छन् ।
कुनै पनि लेखन सबल साहित्य बन्नका लागि त्यसले पाठकको भावना, कल्पना र विचारलाई एकैचोटि तरङ्गीत पार्न सक्ने क्षमता राख्न जरुरी छ । यी गुण भएको साहित्यिक संस्मरण व्यक्तिको सम्झनाका घटनामात्र नभएर ती घटनाले उसको मन, मस्तिष्क र सामाजिक परिवेशको चित्रण गर्न सफल हुनाका साथै उक्त चित्रणको पठनपछि पाठक र उसको समाजमा त्यसले पार्नसक्ने प्रभावको समेत अभिलेखीकरण हो । गौतमको विगत र बाडुली (२०७७)ले एक अमेरिकी नेपाली डायस्पोरिक श्रष्टाको सम्झनालाई कसरी साहित्यिक रङ दिन सकेकोछ भन्ने विश्लेषणमा यो लेख केन्द्रित छ ।
डायस्पोरिक सिर्जनाको प्रमुख विषयवस्तु हो पहिचान । गृहदेश र आश्रयदेशको बीचमा हुने फरक र तिनीहरूलाई एकापसमा जोड्ने जीवन, सम्बन्ध र भावनाहरूको अन्तर्सम्बन्धात्मक खेलले नै यस्तो पहिचानको निर्माण गर्दछ । पुरानो घर छाड्दा पनि त्यससँग जोडिइरहने सम्झना र सम्बन्ध, आश्रयभूमिमा आजीवन गर्नुपर्ने सङ्घर्ष र नयाँ ठाउँलाई नै आफ्नो घर मान्दै जीवन व्यतीत गर्नुपर्ने आवश्यकता र त्यसले दिने सन्तुष्टि वा असन्तुष्टिको खेलले नै डायस्पोरिक पहिचानको निर्माण गर्दछ । गौतमका कविता, आख्यान र संस्मरण सबैमा यसै खेलको प्रतिनिधित्व गर्ने लेखन छ । नेपाल छाडेर साँढे तीन दशक अमेरिकामा बस्दा पनि नेपालकै प्रेम र नेपालकै आफन्तहरूको सम्झनामा भुतुक्क हुने अनि त्यसलाई बौद्धिक तहमा पुगेर स्वीकार्दास्वीकार्दै पनि तुरुक्क आँसु खसाल्ने र भावुक हुँदै जीवन सम्हाल्ने प्रवासीहरूको प्रतिनिधि पात्र नै देखिएकी छन् गौतम उनका सबैखाले सिर्जनामा । ती मध्ये पनि यस संस्मरण सङ्ग्रहको मूल विषय र भाव नै तिनै छन् । पुस्तकको भूमिकामा लेखकको स्वीकारोक्ति छ ः
जिन्दगीले नियुक्त गरेको ओहेदा ओढी जिन्दगीकै हात समातेर जिन्दगी हिँडिरहँदा यात्राको जम्कामा फेला परेका मोहक पूmलबारी, रोचक चौतारी अनि शीतल बिसौनीहरू जति पर छोडिए पनि संस्मरणको ढोका ढकढक्याउन छोडेनन् । ‘म’ निर्माणमा संलग्न इँटा, ढुङ्गा र माटोसँगै बतास, प्रकाश र सुवास मभन्दा टाढा हुन पनि त सकेनन् । (१७)
यसरी यो संस्मरणलाई आफ्नो डायस्पोरिक ‘म’ वा ‘स्व’को निर्माणको दस्ताबेज बनाउने लेखकको अभीष्ट रहेको देखिन्छ । यसमा कति सफलता हासिल भयो भन्ने चर्चा गरिन्छ अब ।
जराको प्रेम
डायस्पोराको अध्ययनमा व्यक्तिको प्रवासीकरणलाई रूखको उखेल्याइ र पुनस्थापीकरणको बिम्बमा व्याख्या गरिन्छ । जन्मभूमि वा पुर्खाको भूमीलाई घरदेश र नयाँ बसोबासको स्थान वा आश्रयभूमिलाई परदेश भनेर बुझिन्छ । घरदेशमा छोडिएका रगतको नाता जोडिएका आफन्तहरू लगायत आफ्नो भाषा, सस्कृति र संस्कारलाई डायस्पोराको जरा मानिन्छ । आपूm घरदेशबाट उखेलिएर हिड्दा आफ्नो साथमा पुर्खाबाट प्रवाहित रगत र मनमस्तिष्कमा छापिएको संस्कार तथा संस्कृतिका केही अंश पनि आफ्नो जराको रुपमा लिएर प्रवासिने हो । तिनै जरालाई प्रवासमा स्थायीरुपमा गाडेर विस्तारै त्यहाँको हावापानी पचाउदै बढ्न थालेपछि उसको स्थापित रूख फस्टाउने हो । रूखको यस बिम्बले पुर्खाैली जरा गाडिएको ठाउँलाई उत्पतिको घर वा देश (माटो) तथा बोट(आपूm ः प्रवासित व्यक्ति)सँगै आएका केही जरा गाडिएर अरु जरा थप्दै सामुहिक रुपमा हुर्कने देश (माटो)ले डायस्पोरा वा स्थायी आश्रयको भूमिलाई सङ्केत गर्दछ ।
गौतमको यस संस्मरणसङ्ग्रहले गृहभूमि र त्यहाँ छोडिएका जरा आफ्नालागि कति प्यारा हुन्छन् भन्ने डायस्पोरिक विमर्शको महत्वपूर्ण पक्षलाई सुन्दर ढङ्गले उजागर गरेको छ । प्रवासमा स्थायीरुपमा बस्नथालेका हरूलाई भर्खरै छाडेर आएका आफन्तहरू असाध्यै प्यारा लाग्ने कुरा गौतमले “टेलिफोनको बिल महिनैपिच्छे झन्डैझन्डै घरभाडा जति नै बुझाउँदा पनि चित्त दुख्दैनथ्यो” (२५९) भनेबाट स्पष्ट हुन्छ । उनी थप्छिन् ः “जति सुने पनि सुनिरहुँजस्तो लाग्ने बाआमाको आवाज हजारौँ माइल टाढा जस्ताकोतस्तै आइपुगेको चमत्कार आपैmँ उत्सवमय हुनेगथ्र्यो” (२५९) । यो केवल विवाह गरेर माइती छोडेकी चेलीको मनस्थितिजस्तो मात्र होइन । उनै गौतमको विवाहपछि नेपाल छोड्नुपूर्व माइतीघर धनकुटाबाट टाढा विराटनगर र काठमाडौँमा बस्ताका अनुभूति यस्ता पाइदैनन् उनको अमेरिकामा आमा उपन्यासको शुरुको अंश पढ्दैगर्दा ।
लामो समयको प्रवास(अमेरिका)को बसाइपछि छोटो समयको नेपाल भ्रमणमा आउँदाको गौतमको अनुभूतिले उनको जराप्रेमलाई थप स्पष्ट पारेको छ ः “बीस–बाइस वर्षको प्रवासको वासपछि आफ्नो मुलुकको माटो जहाँ टेके पनि आफ्नै घरजस्तो लागेको थियो” (१८७) । प्रवासीको नेपालभूमिप्रतिको अगाध माया र अपनत्वको अर्को प्रमाण हो यो अभिव्यक्ति ः “जति पराई ठाने पनि जति समय टाढिए पनि तीनै पहाड, त्यही आकाश कति परिचित लागेको” (६६) । त्यहीभएर उनलाई लागेको छ ः “नेपाललाई मबाट झिकेपछि म रहँन्न” (६९) । यसै अनुभूतिको आधारमा उनको बौद्धिक निश्कर्ष छ ः
जति वर्ष जहाँ बसे पनि मेरो जीवनको तीन दशकसम्म अभिन्न भएको मेरो जन्मभूमि मबाट कसरी परचक्री हुुन सक्दो रहेछ र ? मेरो नसामा रगत बनेर बग्ने मेरो मातृभूमिमा माताको मात्र अनुपस्थिति थियो । मेरो मस्तिष्कको रेसा रेसासँगै पैmलिएको ंवंशानुगत चेतनासँग भौतिक रुपले पिताजी नहुनुभएको मात्र हो र उहाँहरूको शरीर आँखा अगाडि नहुँदैमा उहाँहरूको अस्तित्व कहाँ मेटिन्छ र ? . . . मेरा बुबाआमाका पनि बुबाआमा उहाँहरूका पनि बुबाआमा यसै ठाउँको माटो । म त्यही माटोले बनेको । म उहाँहरूकै हिस्सा । उहाँहरूबाट प्राप्त प्रेम, विश्वास र आस्थाको संस्कारसँग उहाँहरू हामीसँगै हुनुहुन्छ । (७३)
यसै अनुभूकिो निरन्तरता स्वरुप गौतमले देशबाट बाहिरिएको समय थप बित्दैजाँदा आफन्त र देश झन्झन् मनको नजिक आउदै गर्ने कुरा पनि उल्लेख गरेकी छन् ः “घर, आँगन अनि मुलुकबाट बाहिरिएको समय लम्बिदै गएपछि आफन्तहरू मनमा नजिकिदै जाँदा रहेछन्” (११७) । आफ्नो जन्मस्थान र त्यहाँको समाज मनको कति नजिक हुन्छ भन्ने कुरा त्यस ठाउँको प्रगतिलाई आफ्नो प्रगति ठान्ने र आफ्नो प्रतिष्ठासँग जोड्ने प्रवासी पहलले प्रष्टपार्छ । सानोमा सुुनेकी छिमेककी ‘साँपे केटी’ झमक घिमिरे प्रसिद्ध साहित्यकार भएको थाहा पाएपछि गौतमलाई लागेको छ ः “झमक र मेरो एउटै गाउँ हो भन्ने गर्वले मेरो टाउको ठडिन्छ” (१३०) ।
आमाबुबा र मामामाइजूहरूले क्रमशः मृत्युवरण गर्दैगएपछि गौतमलाई लाग्छ ः “नेपालसम्म आपूmलाई तान्नसक्ने जराहरू क्रमशः चुडिन थालेको सत्य स्वीकार गर्न आभैm पनि मन छैन” (१११) । तर त्यसपछि विस्तारै उनलाई लाग्छ ः “‘आमाबुबा नभएपछि कोही छैन’ शतप्रतिशत सत्य हुन छोड्यो । मरिसकेको रूखमा पलाएका ऐँजेरुजस्तै पलाएका आफन्त र आफन्तको स्नेहले मुटुका गरा फेरि रसाउन थाले” (२६२) । यसरी नेपाल उनको मनबाट कसैगरी टाढा हुने सम्भावना नै रहेन । यो एक डायस्पोरिक अनुभूति हो । आपैmँ प्रवासिनेहरूलाई मात्र नभएर उनीहरूका प्रवासमा नै हुर्केका सन्तानको मनमा पनि रगत र संस्कारबाटै उत्पतिभूमिप्रतिको सद्भाव र स्नेह हुुने रहेछ । एउटा प्रसङ्गमा गौतमको टिप्पणी छ ः
ताते पनि नथाली नेपाल छोडेकी छोरीभित्र पनि नेपाल नपसेको भए संसारका सबै मुलुक छोडेर नेपाल नै जाने रहर कसरी उम्रिन सक्थ्यो होला र ! नेपालसँगको हाम्रो नाता यहाँ हुर्किएकी छोरी मात्र होइन उसका सन्तान अनि तिनीहरूका सन्तानसम्म सल्किरहने छ भन्ने कुरा मलाई पत्यार लाग्छ । (१७६)
यो संस्मरणसङ्ग्रह पढ्दै जाँदा प्रवासीका लागि मात्र नभएर जराप्रेमले देशभित्रै बसिरहनेहरूलाई पनि प्रभाव पार्छ भन्ने लागिरहन्छ । अझ लाग्छ एउटा असल संस्कार भएको परिवारमा जन्मिन पाउनु पनि जीवनको सफलताको लागि असाध्यै महत्वपूर्ण आयाम रहेछ । गौतमका माइती धनकुटाका पोख्रल र मावली वस्ती परिवारको संस्कारी र सिर्जनात्मक जीवन तथा बौद्धिक परिवेशले कसरी उनलाई एक स्वतन्त्र, सिर्जनशील र बौद्धिक नारी बनाउन सहयोग ग¥यो भन्ने विस्तृत वर्णनले यसको पुष्टि गर्छ । माइतका हजुरबा आशुकवि हुनुले मामा र बुबाहरूसँगको हजुरबाको नेपालभारतका चिठीहरू कवितामा नै लेखिएर आदानप्रदान हुनु तथा आफ्ना बुबाको बौद्धिक, सिर्जनशील, संयमी, प्रतिष्ठित र आध्यात्मिक जीवनको सकारात्मक प्रभाव लेखकमा परेको कुरा यस पुस्तकका विभिन्न प्रसङ्गमा प्रकट हुन्छन् । त्यसैले यो पुस्तक पढिरहँदा कसरी आफ्नो परिवारलाई यस्ता गुणहरूले सम्पन्न पारी सन्तानहरूका जरा सबल पार्ने भन्ने चिन्तन गर्न पनि पाठक प्रोत्साहित हुन्छन् । यसरी हेर्दा यो संस्मरणसङ्ग्रह एक जराविमर्श पनि हुनगएको छ ।
जराविमर्शको शीर्ष स्थानमा लेखकका बुबा हुनुहुन्छ । बुबाको मृत्युको वार्षिकीको अवसरमा प्रकाशित स्मृतिग्रन्थमा समेटिएको एक लामो संस्मरण बिगत र बाडुलीमा ४५ पृष्ठ पैmलिएको छ । लेखकका आफ्ना बासँगको सम्बन्धको स्मृति भए पनि कति ठाउँमा पाठकले त्यो बिर्सेर आफ्नै बुबासँगको सम्बन्ध वा आपूm त्यति असल बुबा कसरी बन्न सकिएला भनेर सोच्न थाल्ने स्थिति सिर्जना गर्छ यो लेखनले । यहीँनेर संंस्मरणको सामाजिक दायित्व पुरा हुन्छ । असल समाजको लागि असल व्यक्ति बन्न साहित्यले पु¥याउन सक्ने योगदान यसैगरी हो भन्ने पनि लागिरहन्छ यो संस्मरण पढ्दा । केही उदाहरण ः
“बाका लागि कुनै काम निम्न र तुच्छ थिएन अनि आत्मीय हुन कोही मान्छे सानु थिएन ।” (४३)
“लोकाचारका आधारमा हुने कुनै पनि संस्कार बालाई मन पर्दैनथ्यो । अन्धविश्वासमा आधारित परम्परालाई बाले कहिल्यै प्रोत्साहन गर्नुभएन ।” (४५)
धनकुटाका सबै मञ्चमा बालाई देख्दा आपूm पनि कुनै राम्रो काम गरौँ भन्ने प्रोत्साहन पाउने लेखकले दुःखमा बा रोएको समेत देखेपछि “बा पनि आपूmजस्तै सानु” (३१) लागेको वर्णन सम्झन लायक छ । तर आपूm र एउटा भाइ प्रवासी भएपछि एक जना भाइको स्याहारमा बालाई छोड्नुपर्दाको अवस्थामा चिन्तित र मर्माहत भए पनि लेखकले गर्नसक्ने केही नभएको अवस्था सबै प्रवासीहरूको साझा कथा भएर आएको छ । साथै फोनमा छोरी र नातिनातिनीहरूसँग बोलेर कहिल्यै नअघाउने भएकाले “अब कुुरा सकियो, फोन राखौँ” भनेर कहिल्यै नभन्ने बाले प्रवासीका गृहदेशमा छोडिएका अभिभावकको भावनाको प्रतिनिधित्व गर्नुहुन्छ । उता “छोरी, ज्वाइँ, नाति र नातिनीहरूसँग भेट हुनसक्ने बाटो हेर्दाहेर्दा निराश बाको हृदय अमेरिका बसेर ज्वाइँले अमेरिकनलाई पढाएको अनि छोरी, नाति र नातिनीले सम्पन्नाको छाता ओढेको सन्तुष्टि र गौरवको तक्माले उज्यालिने गरेको” (५१) लेखकको अनुमानले पनि प्रवासीका अभिभावकको खुसीका कारण प्रस्ट्याउछन् । तर सन्तानले देश छोड्दा प्रत्येक बाको मुटु टुक्रिने वर्णन पनि बाविमर्शमा भेटिन्छ ।
बाको महत्व कति हुुन्छ भन्ने कुरा लेखकले बाको मृत्युपछि भनेको यो वाक्यले स्पष्ट पार्दछ ः “अमेरिका त विदेश हो, कुनै बेला आफ्नै घर फर्किने छौँ भन्ने आस्थाको जड नै उखेलियो । घर नै सकिए पछि घर फर्किने विचार गर्भैमा हराउने भयो” (६०) । उनी थप भन्छिन् ः “मैले त मेरो अस्तित्वको आधार गुमाएकी थिएँ” (६३) । यो सबै डायस्पोरिकहरूको समान खालको भावना र तर्क हो । विस्तारै उनीहरूसँग गृहदेश नफर्कने पर्याप्त कारणहरू जम्मा हुँदै जान्छन् । त्यसपछि देश (आमा) र बा विस्तारै मनभित्र मात्र सीमित हुनपुग्छन् ः “बा विस्तारै मेरो मनैभित्र बस्न थाल्नुुभयो” (६४) । भौतिकता विस्तारै मानसिक अवस्थामा परिणत हुन्छ डायस्पोरिकहरूका लागि ।
जराविमर्शको अर्को महत्वपूर्ण पात्र लेखककी आमा हुन् । डायस्पोरा विमर्शमा आमा बहुआयामिक बिम्ब मानिन्छ । आमाले गृहदेश, आनन्द, माया, सुरक्षा लगायत धेरै कुराको प्रतिनिधित्व गर्छिन् प्रतीकको तहमा । डायस्पोरिकलाई आमाको काख कति प्यारो हुन्छ भन्ने उदाहरण लेखकको यो भनाइ हो ः “लामो समय वेपत्ता बिलाएर आमाको काखमा पुगेकी मलाई आमाको काख बाहेक सबै चमत्कार तपसिलका कुरामात्र भएका थिए” (१२४) । त्यस्तै आमाको प्रवासी÷डायस्पोरिक छोरीप्रतिको पे्रम पनि यसमा पाइन्छ ः “तैँले टेक्न छाडेपछि हाम्रो घरको बत्ती नै बलेको छैन, नानी ! तँलाई छुनेगरी देख्न मन छ” (६८) । लेखकले आमा गुुमाएपछि संसार नै गुमाएको अनुभूति गरेकी छन् ः
आमाले यस संसारबाट बिदा लिएका दिनदेखि नै मेरो मनमा भएको नेपाल भुइँचालाले भत्किएको घरजस्तै बुइँगल र आँगन एउटै भएको थियो । छोडेर टाढा गए पनि ‘मेरो घर’ भन्ने गरेको घरको चर, गाह्रो, दलिन र बलो सबै मक्काउन थालेको थियो । घर भन्नु र आमा भन्नु एउटै रहेछ भन्ने स्वीकार्नु पर्दा सबैभन्दा दुखेको छ । (६९)
यसरी आमालाई मुल जरोको रुपमा लिइएको छ यस संस्मरणमा । यो डायस्पोरा विमर्शको तर्कसँग मेलखाने प्रस्तुति हो ।
बुबा र आमाजस्तै काका र मामाहरूको प्रसङ्ग पनि बारम्बार आइरहन्छ गौतमको लेखाइमा । एकेक जना काका र मामासँगको सम्बन्धमाथिका संस्मरणहरू निकैवटा छन् सङ्ग्रहमा । एक ठाउँमा काकाले दिनुभएको हजुरबाको शङ्खको प्रसङ्ग छ ः “काकाले मलाई अहिले अलिकति फलाँटे दिनुभयो । मैले सम्झिने गरी देख्न नपाएका हजुरबा पनि काकाले मलाई दिनुभयो । मनमनले यसो भनेँ । बोली भने बाहिरिएन । सेतो शङ्खमा हजुबाको सास अलिकति बाँकी नै छ जस्तो लाग्यो” (९७) । यसरी गौतमको यो कृति एक प्रकारले जरा विमर्शमा केन्द्रित छ ।
संस्कार र सस्कृति ः प्रेम र प्रतिरोध
डायस्पोरिक प्रवासीहरूको जीवनमा जरा जत्तिकै अर्को खड्किने पक्ष हो संस्कार र संस्कृति । यो पनि एक प्रकारको अदृश्य जरा हो । संस्कार र संस्कृतिले नै व्यक्तिको व्यक्तित्वमा चमक ल्याउने हो, पहिचानको आधार निर्माण गर्ने हो । गृहदेशको संस्कार र संस्कृति रगतमै बोकेर प्रवासिने डायस्पोराको व्यक्तिले आश्रयभूमिमा पुगेपछि त्यहाँ प्रचलित फरक संस्कार र संस्कृतिको प्रभावमा आपूmलाई अलिकति भए पनि परवर्तन गर्छ । सिर्जनात्मक र विवेचनात्मक चेत भएकाहरूले त दुई संस्कृतिबीचमा तुलना गरेर दुबैका राम्रा पक्षहरूलाई आत्मसाथ गर्दै नराम्रा पक्षहरूलाई परित्याग समेत गरेर एक फरक (तेस्रो धारको) र उन्नत संस्कृतिको निर्माण समेत गर्दछन् । यसो गर्नेहरू कहिलेकाहीँ गृहदेश फर्कदाँ त्यहाँको संस्कृतिका अनावश्यक र कति त विभेदकारी देखिने प्रचलनको प्रतिरोध समेत गर्दछन् । डायस्पोरामा रहेको दोस्रो पुस्तामा यो प्रवृत्ति प्रशस्त पाइन्छ ।
गौतमको यस संस्मरणसङ्ग्रहमा पनि गृहदेश (नेपाल)मा प्रचलित संस्कार र संस्कृतिप्रतिको प्रेम र प्रतिरोध दुबै पाइन्छ । लेखकले संस्कारगत प्राप्त गरेको धार्मिक आस्था जहाँ रहेपनि उजागर हुने गरेको छ । यो भनाइ कृतिका विभिन्न स्थानमा बारम्बार दोहोरिएको छ ः “आपूmले सम्झेसम्मका धनकुटाको सल्लेरीका अबिर लागेका सल्ला र बजारका खोपा खोपामा अबिर र अक्षता लागेका ढुुङ्गाका मूर्तिहरूको प्रार्थना गर्न थालेँ” (१८३) । सङ्कटको समयमा प्रायः नेपालीहरूले गर्ने आस्थाको प्रकटीकरण हो यो ।
अमेरिकामा बस्ने गौतमका छोरा र छोरीको विवाह गैरनेपाली गैरहिन्दु जोडीसँग गर्दा पनि परम्परागत हिन्दु संस्कार अन्तर्गत नै ब्राह्मणले संस्कृतका मन्त्रोच्चारणसहित होमहोमादि गरेको वर्णन छ । छोरीको विवाहको चित्र यस्तो छ ः “अमेरिकाको जमिनमा उभिएको हिन्दुस्तानी मन्दिर सापटी लिएर नेपाली चँदुवा टाँगेको विवाह मण्डपमा हवनको धुवाँ अलिअलि बाँकी हुँदा छोरीको बिहे समापन भएको थियो” (३००) । त्यस्तै जेठो छोराको विवाहको चित्र छ ः “भारतीय मूलका पण्डितले संस्कृमा बर्बराएर हिन्दीमा अह्राएको विधि छोराले अङ्ग्रेजीमा अनुवाद गरेर बेहुलीलाई बुझाएपछि दुलाहा र दुलही दुवैले पुरोहितको निर्देशन पालन गर्थे” (३४२) । यसको साथै स्विडेनी क्रिश्चियन दुलहीको परम्परा अनुसारको संस्कार पनि सम्पन्न गरएको थियो उक्त विवाहमा । यसमा लेखकको टिप्पणी छ ः “केही घन्टा अगाडिको हिन्दु परिपाटीको बिहे र अहिलेको क्रिश्चियन विधिको बिहेको अन्तर पनि नेपाल र स्विडेनको भौगोलिक दूरीजत्तिकै फरक थियो”(३४३) । आआफ्ना परम्परागत संस्कारलाई प्रेम गरेर यो सबै सम्भव भएको हो । यस्तो सम्मानप्रति लेखकको टिप्पणी छ ः “यो बिहेले भूगोल, धर्म, सांस्कृतिक परम्परा, भाषा र मान्यताका सबै सिमानाहरू मेटेर सृष्टिका विपरीतलिङ्गी दुई आत्मालाई एकै ठाउँमा समाहित गरिदिएको थियो । मानव सभ्यताको सबै विषमता यहाँ आएर गलत प्रमाणित भएको थियो” (३४५) । यस्तो दृष्टिको विकास भनेको डायस्पोराको मिश्रित संस्कृतिप्रतिको सम्मान र प्रेमको बढोत्तरी हो । यो एक प्रवासी व्यक्ति डायस्पोरामा स्थापित हुदै गरेको प्रमाण पनि हो ।
आश्रयदेशमा आपूm र सन्तानले सिकेको असल संस्कारको आलोकमा गृहदेशको विपरीत प्रकृतिको संस्कृतिलाई हेर्दा कस्तो देखिन्छ भन्ने एउटा उदारहण छ लेखकको छोरीसँगको ताजमहल भ्रमणको समयको । दिल्लीबाट आवश्यकभन्दा कम पैसा बोकेर आग्रातिर लागेपछि ताजमहलमा प्रवेश गर्न अमेरिकीहरूलाई लाग्ने टिकटको रकम आपूmसँग अपुग हुँदा भारतीय जस्तो देखिएर कम रकममा टिकट किन्न बाध्य भएको अवस्थाको दारुण चित्रले अमेरिका र दक्षिण एसियाको साँस्कृतिक भिन्नता प्रस्ट्याएको छ ः “छोरीले जीवनमा पहिलो पटक त्यति ठूलो भूmटो बोल्नुपर्ने भयो । आपूmलाई उसले भारतीय मूलकी साबित गर्नुपर्ने भयो” (१६४) । परिणामस्वरुप लेखकलाई लाग्छ ः “यस्तो असजिलो परिस्थिति जीवनमा यसअघि कहिल्यै परेको सम्झना भएन । लगाइराखेको लुगा बिस्तारै फुस्किँदै गएजस्तो अनुभव भयो” (१६२) । नेपाल वा भारततिर यस्तो झुट त कुनै महत्व दिन लायक कुरा नै पो ठानिदैन त !
यस्ता संस्कारगत आचरणले पार्ने अप्ठ्यारा भोग्ने मात्र नभई कति ठाउँमा त डायस्पोराका सदस्यले प्रतिरोध समेत गर्दछन् डायस्पोरामा हुर्केको चेतनाको आलोकमा । नेपालमा जन्मेर छ महिनाकै उमेरमा अमेरिका लगिएर उतै हुर्केकी छोरीले नेपाल भ्रमणमा आउँदा मामाघरमा हजुरबा र हजुरआमाको श्राद्ध मामाले मात्र गरेको र आमा (लेखक)चाहिँ त्यसमा सहभागी नभएको देखेपछि किन छोरा र छोरीमा आफ्ना मातापितालाई श्रद्धा गर्ने कुरामा पनि यस्तो विभेद भनेर प्रश्न उठाएको प्रसङ्ग छ संस्मरणमा । त्यस प्रसङ्गमा लेखकले पहलो पटक सोच्छिन् ः “श्राद्धविधिको स्रष्टा पनि दिदीबहिनी नभएर पुरोहितजस्तै दाजुभाई नै हुुनुपर्छ” (१६८) । नेपालमा हुने यस्ता संस्कार कर्मलाई पश्चिमी समानता र स्वतन्त्रताको आलोकमा हेर्दा देखिने विभेदको तस्वीरलाई आधार बनाएर लेखक आपैmँमाथि थप टिप्पणी गर्छिन् ः “यो श्राद्ध मेरा बाआमाको पनि हो (भनेर) सम्झिनै बिर्सिएजस्तो भएछ । यति सम्झिन समेत एक वर्ष पनि नपुगी अमेरिका भित्रिएकी छोरीको उपस्थिति चाहियो । सरममा मेरो आँखा ठोक्किन्छ” (१६९) । लेखकलाई “भित्रपस्ने ढोकाको आग्लो नै नखोजी आपूmलाई बाहिरिया स्वीकारेको निरीहता पनि चह¥याउँछ” (१७०) । त्यसपछि उनलाई “विनाविरोध शिरोपर गरेको भूमिका अहिले आएर मात्र नमिलेको गणित लाग्न थाल्यो । ठूलो शरीरमा लगाएको साँगुरो कपडाजस्तो यो संस्कार मेरो मनमा पनि साँघुरो भयो र न्यायिक पनि लागेन” (१७१) । अब शुरु हुन्छ गौतमको नेपाली परम्परामाथिको शालीन प्रतिरोधको मानसिक शृङ्खला ः
छोरी जहिले पनि मेरा लागि बोल्ने गर्छे । पिठ्युँ नै निहुरिने गरी आमाले चुपचाप बोक्ने गरेका संस्कार र मान्यताको भारी उसलाई उत्तिकै गह्रुङ्गो हुने गर्छ । मुलुक छोडेर जति टाढा भए पनि विनाअर्थको विश्वास र मान्यता उसकी आमाले आपैmँसँग लिएर आएको तथ्य उसले कहिल्यै बुझ्न सकिन ।
ज्ञानी छोरी, असल नातिनी, आदर्श चेली, संस्कार मान्ने बुहारी, कर्तव्यपरायण पत्नी र जाति आमाको पछ्यौराभित्र लुकेको मेरो व्यक्तित्वसमेत छोरीका प्रश्नको उज्यालो पाएर विद्रोह चियाउन थालेको थियो । (१७५)
लेखक विवाहपछि छोरीले जन्मघर छोड्नु पर्ने र अर्काको घरमा अर्काका आमाबाबुको सेवा गरेर बस्नुुपर्ने नेपाली संस्कारप्रतिको प्रतिरोध पनि जाहेर गर्छिन् ः “जीवनको अबोध पाठशालाको सिद्धान्त कक्षाबाट उक्लिई यथार्थको हात समाएर सिमालीमा लागेको लहराजस्तै परजीवि सिन्दुर आफ्नै सिउँदोमा रातिन्छ । . . . छोरी अर्काको घर जाने, सिद्धान्तमा अर्काको परिवारको अङ्ग हुनुपर्ने भने पनि व्यावहारले अर्को परिवारको सेविका हुन पुग्ने परम्परागत नियति” (२९७)प्रति लेखकको प्रतिरोध छ । विवाहपछि नवजोडीमात्र छुट्टै परिवार बनाएर बस्ने अमेरिकी संस्कारको प्रभावमा आएको चिन्तन हो यो । यस्तै डायस्पोरामा नेपाली संस्कृतिलाई कमजोरीसहित हुबहु पछ्याउने प्रवृत्तिप्रति पनि लेखकको प्रतिरोध छ । अमेरिकाजस्तो खुला समाजमा बसेर पनि आफ्ना छोराछोरीको वैवाहिक जोडी चाहिँ आमाबाबुले नै नेपाली मूलकै खोजिदिने प्रवृत्तिप्रति गौतमको कटाक्ष छ ।
प्रवासी जीवनका दुःख र सन्तुष्टि
नेपाली प्रवासनको प्रमुुख कारण भौतिक सुखसुविधाको खोजी हो । यसका लागि आवश्यक शिक्षा, रोजगारी र अन्य अवसरहरू नेपालमाभन्दा सकेसम्म जहाँ बढी पाइन्छ नेपालीहरू त्यहीँ प्रवासिने गरेका छन् । विश्वसामु नेपाल नखुलिसकेको अवस्थामा र ब्रिटिसइन्डियासँगको सुगौलिसन्धिका कारणले ईश्वीको बीसौँ शताब्दीको मध्यसम्म नेपालीहरूको प्रवासनका गन्तव्य भारत, बर्मा र भुटान थिए । सन् १९५० पछि क्रमशः विश्वका अन्य भूभागमा पैmलिएको यो प्रवासन अहिले एकसय त्रीपन्न देशमा पुगेको कुरा नेपाल सरकारको सन् २०१८को प्रतिवेदनले देखाएको छ । अहिले आएर बौद्धिक र आर्थिक रुपले सक्षमहरूको रोजाइमा अमेरिका, ओसेनिया र युरोप पर्दछन् । अलि कम अवसर हुनेहरू मलेसिया, पश्चिम एसिया (खाडीमुलुक) र एशियाका अन्य मुलुकतिर जान्छन् भने दुबैतिर जाने सम्भावना नभएकाहरू भारत जान्छन् । भुटान र बर्माको प्रवासन अहिले रोकिएको छ ।
यसरी सबैभन्दा उच्च क्षमता भएकाहरूको प्रथम रोजाइमा पर्ने र डिभी चिठ्ठामार्पmत स्थायी बसोबासको अनुमती (ग्रीनकार्ड)प्राप्त गर्ने नेपालीहरूको ठुलो सङ्ख्या अहिले संयुक्त राज्य अमेरिकामा छ । असाध्यै सक्रिय नेपाली डायस्पोरामा पर्ने त्यहाँको नेपाली समुदाय आर्थिकरुपमा राम्रै अवस्थामा रहेको भएपनि समाजिक र सांस्कृतिक तवरमा नेपालीहरूले निकै समस्या भोग्नुपरेको उनीहरूको लेखनबाट थाहा हुन्छ । आफ्नो प्रथम घर (नेपाल) छोडेर गइसकेको अवस्थामा र साँढे तीन दशक अमेरिकामा नै बसिसकेको, श्रीमानले हार्वड लगायत त्यहाँका विश्वप्रसिद्ध विश्वविद्यालयहरूमा प्राध्यापन गर्नुभएको अनि छोराछोरीहरू सबै त्यहीँ सन्तुष्ट भएकाले होला शायद भारती गौतमका लेखनमा प्रायः अन्य अमेरिकी नेपालीहरूको भन्दा बढ्ता सन्तुष्टि पाइन्छ त्यहाँको जीवन र आफ्नो अवस्थाप्रति । उनी अमेरिकालाई घरदेखि परको घर भनेर व्याख्या गर्छिन्, पराइभूमि भनेर होइन । त्यति हँुदाहुँदै पनि डायस्पोरा न हो दुःख त छन् नै । त्यसैले उनका लेखनमा दुःख र सन्तुष्टिको सरावर मिश्रण भेटिन्छ । बिगत र बाडुलीभित्रका संस्मरणहरू पनि उनका अन्य कृतिजस्तै यसका प्रमाण हुन् ।
घर नै भए पनि अमेरिकाको घरचाहिँ आकाशको नभएर पातालको घर (२२३) मान्ने गौतमलाई सबभन्दा खड्किने विषय अमेरिकामा नपाइने वा पाइए पनि नेपाली ताजा स्वादको अभाव हुने खानपीनको हो । उनी लेख्छिन् “घर छोडेपछि फर्सीका पातका डाँठको अचार कहिल्यै खान पाइएको छैन” (१४२) । यस्ता खानाको सम्झना आउँदाको पीडा छ ः “तातेको घीउ र तेलको खार, भुटेको तील र डढेको मेथीको गन्ध घरभन्दा निकै तल, वरपीपल डाँडासम्म नै हावाले पैmलाइसकेको” र “घर भरिएर बाहिरै दर चुहेजस्तो” (१४५) तीजको अमेरिकामा अभाव खड्किन्छ नै । आपूmले बाल्यकालमा खाँदै हुर्केका वा आफ्नो गृहदेशमा खाइने तथा संस्कृतिबोधक खानाहरूप्रतिको प्रेम र तिनको डायस्पोरामा अभाव हुँदा अस्तित्व सङ्कटमा परेको अनुभूति हुनु डायस्पोराको एक विशेषता नै हो । गौतमको लेखनमा यसले उचित स्थान पाएको छ ।
गौतमलाई अन्य डायस्पोरिकलाई जस्तै लामो समयको अन्तरालमा पर्यटकजस्तो भएर नेपाल पुग्दा त्यहाँ रहेका आफन्तहरूमा आएको भौतिक÷शारीरिक परिवर्तनले पनि झस्काउँछ । उता आफन्तलाई उनमा आएको त्यस्तै परिवर्तनले सोही प्रभाव पार्छ । यस्तो झस्काइले पीडानुभूति हुन्छ ः “वर्षैपिच्छे कमसेकम दसैँमा मात्रै भेट हुने गरेको भए पनि झस्किने किसिमको परिवर्तनको आभास हुने थिएन होला । फेरि देख्न पाइन्छ कि पाइँदैन वा फेरि देख्न पाइए पनि कुन रूपमा देख्न पाइने हो भन्ने अनिश्चतताले पनि पोल्दैनथ्यो होला” (११३) । यस्तो झस्काइले गृहदेशसँगको सम्बन्ध क्रमशः खुकुलिदै गएको र पराइपन बढ्दै गएको सङ्केत गर्दछ । यस्तै प्रवासमा रहँदा घरदेशमा आफन्तको मृत्युहुँदा “भौगोलिक दुरी फेरि चस्किन्छ । वर्तमानको हिस्सा हुुन नपाएपछि आपूmसँग भएको विगतको पाउ पर्छु” (८७) । आफन्तसँग टाढा भएर रहनुको पीडा सबै डायस्पोराको साझा पीडा हो ।
आफ्नो जन्मस्थानमा आपैmँ पराई हुनपुग्ने डायस्पोरिक नियति गौतमका लेखनमा बिझ्नेगरी वर्णित छन् । आमाबुबाको शेषपछि दसैँको समयमा धनकुटा आइपुग्दा त्यहाँ होटलमा बस्नुपर्ने बाध्यताको बीच लेखकको मनस्थिति छ ः
धनकुटा पसेको चौथो दिन अनि यो होटेलमा बिताएका तीनरात थाम्न नसक्नेगरी गह्रुङ्गो भइसकेका थिए । . . . होटेल भनेको त आपूmले नचिनेको ठाउँमा घुम्न जाँदा बस्ने ठाउँ हुनुपर्ने । माइजूका दाजुको साला जत्तिको नातेदार पनि नभएपछि होटेलमा बस्नुपर्ने । त्यसमा पनि चाडबाडमा त अझ घर पो जानुपर्ने म होटेलमा थिएँ । आफ्नै घरगाउँको होटेलको बसाइले मेरा यी सबै मान्यता भत्किइसक्ता पनि यो सत्य लाग्दैन । (२०९)
आफ्नै ठाउँमा कसरी बिरानो भइन्छ भन्ने बताउने त्यसै दसैँको धनकुटा भ्रमणको अर्को प्रसङ्ग ः
वरिपरि हेरेँ, इतिहासले वर्तमानलाई हेरेजस्तै । मेरा कानले तोपको बढाइँ खोज्यो, परिचित अनुहार खोज्यो । टुँडिखेलमा अटाइनअटाइको घुइँचो खोज्यो । हाँसो खोज्यो । उमङ्ग खोज्यो । बदाम, अम्बा, सरिफा र केरा बेच्ने दोकानको चहलपहल खोज्यो । नेपालको दसैँ सम्झिएर अमेरिकामा मनाएको दसैँजस्तो पूmलपातीजस्तो लाग्ने पूmलपातीमा सायद मेरो मनले हराइसकेको समय खोज्यो । (२१५)
यति भएपछि लेखकको भावुक निश्कर्ष छ ः
म धनकुटाको हुन पनि नसक्ने गरी पराइ भएकी थिएँ । सबै मान्छे आफ्ना आफ्ना घर गएर होटेल खाली भएका अरे । म पनि त आफ्नै घर आएकी थिए नि । घरभन्दा पनि कान्छो छोरो समेत लिएर वास्तवमा म माइत आएकी थिएँ । अघिल्लो दिन मैले छोरालाई मेरो आँगन देखाउन कचिडे लिएर गएँ । आँगन हराएर तीतेपाती र रहरको घारी भएको थियो । घर भएको ठाउँमा खण्डहरसमेत छोपिएर सप्रिएको घाँस मेरो कम्मरसम्म बढेको थियो । अलिक गहिरो घारी भित्र उभिएँ । ‘बाबु ! यही ठाउँ हो मेरो घर । तिम्रो मावली घर ।’ छोरालाई घाँसको बीचमा उभ्याएर दुईटा फोटो खिचेँ । (२१५–१६)
त्यसपछिको वर्णन अझ भावुक छ ः
छोरालाई घर देखाउन नसकेको ग्लानि सबैभन्दा तीखो भएर मुटुसम्म रोपियो । छोरो अँध्यारियो । त्यो अँध्यारो सयौँ गुना मलाई स¥यो । हामी चुपचाप त्यहाँबाट बाटो लाग्यौँ । रातमाटे काटिसक्ता पनि मलाई ‘नजा नानी दसैँको मुखमा । त्यति टाढाबाट आइपुगेकी छोरी र नातिलाई कसरी पठाउँथ्यौँ’ कसैले भनेन । डाँडो काटुन्जेलसम्म फर्किँदै हेर्दै गरेँ । बाहिरका आँखाले देखेको दृश्यसँग मनका आँखाको सहमति भएन । भित्री र बाहिरी आँखाले समयको गहिरो अन्तराल अनुुभव गरे । (२१६)
यसरी आफ्नै जन्मस्थानमा पराइ हुनु र आफ्नो विगत सम्झाउने चिनोहरू मेटिदैजाँदा नयाँ चिनोको निर्माण गर्न नसकेर भावुक बन्नु डायस्पोराका मानिसहरूको मानसिक दुःखको एक प्रवल कारण हो । गौतमलाई “दुई तीन वर्षकै अन्तरालमा काठमाडौँ पस्ता पनि अर्कै सहरमा पुगेजस्तो” (२१८) लागिरहने मात्र होइन आपूmले मनदेखि नै सम्मान गर्ने साहित्यिक व्यक्तित्वहरूको अनुहारसम्म नदेखेको कुराप्रति पनि खेद छ । डायमन शमशेरसँगको भेटको प्रसङ्गमा यो अवस्थाको वर्णन गरिएको छ । त्यसैले उनलाई नेपालमा पर्यटकहरूका माझमा आफ्नै घरमा पर्यटक भएको अनुभव हुन्छ पटकपटक । यही हो डायस्पोराको नियति ।
गृहदेशसँगको सम्बन्ध र त्यसको क्रमिक खुकुल्याइसँग मात्र नभएर डायस्पोरामा नै पनि प्रवासीहरूका हजार दुःख छन् । तीमध्ये गौतमले अमेरिकामा परेको राष्ट्रिय आपतिलाई अब आफ्नै दुःख देख्न थालेका प्रसङ्गका वर्णनहरूमा बढी ध्यान केन्द्रित गरेकी छन् यस कृतिमा । यसो गर्दा नेपालसँग टाढिदै गएको र अमेरिकासँग घनिष्ठ बन्दै गएको देखिन्छ र डायस्पोरा निर्माणमा यो एक स्वाभाविक प्रक्रिया समेत हुनजान्छ । उनको “आकाश रोएको बिहानपछि” शीर्षकको संस्मरणले सन् २००१ सेप्टेम्बर ११मा अमेरिकामाथि भएको आतङ्ककारी हमलाको दिन आपूmलाई लागेको चिन्ताको चित्र कोरेको छ । तर कथा यहीँ सकिदैन, बरु डायस्पोराको खड्किँदो नियतिलाई उजागर गर्दै अगाडि बढ्छ । त्यस आक्रमणको लगत्तै अमेरिकी मूलधारको समाजले विकास गरेको एसियनहरूलाई हेर्ने विभेदकारी दृष्टिकोण र यसको परिणामस्वरुप झण्डै एक वर्षपछि गरेको हवाइजहाजको यात्राको क्रममा समेत एसियन अनुहारमाथि अमेरिकी सुुरक्षा निकायले गरेको अनावश्यक निगरानी र विभेदकारी चेकजाँचको प्रसङ्गले लेखकलाई आपूm र आफ्नो परिवार साँच्चै कति अमेरिकी भएछौँ त भनेर सोच्न बाध्य बनाएको छ । यस प्रसङ्गले डायस्पोरिकहरू जति नै समर्पित भएर आश्रयदेशको निर्माणमा लागेपनि त्यहाँको मूूलधारको समाजले सधैँ पराइ नै ठान्ने प्रवृत्तिलाई प्रष्ट्याएको छ । यो संसारका सबै डायस्पोराको साझा नियति हो ।
त्यसबेलाको विभेदकारी सोचको चित्र यस्तो छ ः
छालाको रङको विविधता अनि पुजिने देवताको विविधताका आधारमा खिचिएको राष्ट्रिय र अराष्ट्रियको साँध फराकिन थाल्यो । सङ्लिन नसक्ने गरी अमेरिकी आकाश धमिलियो । हाम्रा शरीरभरि दौडिएका शङ्कालु आँखाले त्यसै भन्न थाले । निर्धक्क बाहिर निस्किन पनि दुई दिनअगाडि भन्दा अप्ठ्यारो हुन थाल्यो । जन्मघर उहिल्यै छोडिसकेर यसै मुलुकलाई घर अँगाल्न पुगेका हामी थुप्रै घरको न घाटको अनुुभव गर्न बाध्य भयौँ । . . . रातारात धेरैले हुलिया समेत फेर्नुपर्ने भयो । (२५३)
यस्तो परिणाम आउने मध्येको एउटा घटना छ यस संस्मरणमा ः
दश वर्षको कान्छो छोरो स्कुलबाट रुँदै घर फर्किन्छ । ‘मलाई आफ्नै देश फर्केर जाऊ भन्यो मेरो साथी रायनले’ अचम्म सुनिएन । उसको जन्मघर उसको देश अर्को कुनै नभएको पनि अहिलेलाई कसैको सरोकारको विषय भएन । यस अर्थमा दश वर्षअघि अमेरिकामा नै जन्मिएको मेरो छोराले पनि यो अपराधको अलिकति दोष बोक्नुप¥यो । उसका साथीहरूले देखेका अ–अमेरिकन र उनीहरू अमेरिकन बीचको दुई पुस्ताको इतिहास एकै छिनमा बिलायो । मेरो छोरो र ऊजस्ता थुप्रैको अबोधताको पनि यसै दिनदेखि अपहरण भयो । कलिलो हृदयमा उम्रिएको आस्थाको बिरुवा पनि कलिलैमा सुक्न थाल्यो । (२५२)
यता गृहदेशमा पर्यटक र उता आश्रयको देशमा बाहिरिया पराई बनेपछि अस्तित्व र पहिचानको वास्तविक सङ्कट आइपर्छ डायस्पोराका सदस्यहरूलाई ।
यति हुँदाहुँदै पनि उनीहरू कति कुुराले सन्तोष मान्दै त्यतै बसिरहन्छन् । प्रायजसोको सन्तुष्टिको आधार छोराछोरीको प्रगति र प्रफुल्लता नै हुन्छ । आफ्ना बाबुनानीहरूको उन्नत शिक्षा र उनीहरूको विवाहको प्रसङ्गको व्याख्यामा लेखक गौतम पनि आफ्नो सन्तुष्टि पोख्छिन् । त्यस्तै उनीहरूले अमेरिकी संस्कृतिका सकारात्मक पक्षलाई आत्मसाथ गरेकामा पनि लेखक सन्तुष्ट देखिन्छिन् । झुट नबोल्ने, समाजसेवामा सदैव तत्पर, राष्ट्र« (अमेरिका)प्रेममा प्रबल, मानवीय भावना सहितको विश्वनागरिक बनेका र पशुपक्षीलाई समेत मान्छेलाई जस्तै माया गर्ने छोराछोरी देख्दा उनले आपूmले खाएका सारा हन्डर भुलेकीछन् । जेठो छोराले “नेपाली पढ्न अलिअलि त अभैm सक्छु” (२८७) भन्दा समेत उनलाई गर्व लाग्छ ।
गौतम परिवारको अमेरिका प्रवासनको कारण अरुको जस्तै थियो ः “उच्च शिक्षा, त्यसले थप्ने सामाजिक प्रतिष्ठा अनि पारिवारिक गौरवको भवनमा थपिने सम्भावित इँटा बटुल्ने आशा” (३०२) । त्यसको केही दशकपछि उनीहरूका यी सबै इच्छा पुरा भएका थिए ः “भनेजस्तो घर, तीन जना छोराछोरी, ठूलो गाडी (भ्यान) र एउटा कुुकुर अमेरिकामा एउटा पूूर्ण परिवारको परिभाषा अरे” (३१८) । यी सबैभन्दा माथि गौतमलाई एक आमा हुनुको सन्तुष्टि भएको पाइन्छ ः “आमाको ओहदाको सपथग्रहण गरिसकेपछि ओझेल परेका आफ्ना थुप्रै रहरहरूमध्ये छोराछोरीको खुसीका लागि एउटा अर्को सानो इँटा थप्न मलाई खासै बोझिलो भएन” (३१८) । उनी सन्तानको प्रगतिलाई यसरी व्यक्त गर्छिन् ः “नेपालमा जन्मिएको चराले अमेरिकी पखेटा उमारेर उड्न थालेपछि मेरो नियन्त्रणका सबै धागाहरू चुडिदै गए” (३३२) । एउटी आमा यसैमा सन्तुष्ट हुन सक्नेरहिछन् ।
भाषाशैली
भाषाशैलीगत हिसाबमा भावुकता, बिम्बात्मक चित्रात्मकता, अभिव्यक्तिको नवीनता, बिगतको प्रेमिल स्मरण (नोस्टाल्जिया) र औपन्यासिकता विगत र बाडुलीभित्रका संस्मरणहरूका विशेषता देखिन्छन् । प्रत्येक संस्मरणले कुनै न कुनै ठाउँमा पाठकलाई भावुक बनाउँछ । लेखकले आफ्नो भावुकताको प्रदर्शनात्मक वर्णन गर्दा पाठकलाई आफ्नै अनुभूतिको स्मरण भएजस्तो लागेर यस्तो भएको देखिन्छ । वास्तविक जीवनमा पनि कति ठाउँमा आवश्यकताभन्दा बढी भावुक देखिने गौतमको प्रवृत्ति भएको समेत यस कृतिले देखाउँछ । यसको एउटा उदाहरण ः “हाँस्ता अनि अगाध खुसी हुँदा पनि कतै बाले देखेर आपूmलाई बिर्सिएको ठान्नुहोला जस्तो लाग्छ । आँखा रसिला मात्र भए पनि मलाई दुुःखी देखेर बा दुःखी हुुनुहोला जस्तो लाग्छ । खै थाहा छैन बा नभएको मेरो जीवन मात्र होइन बा नभएको यो विश्व नै कसरी पहिलेजस्तो चल्ला र ?” (६४) । माधव घिमिरेको गौरीबाट सापटी लिएको जस्तो लाग्ने भावुकताको यो उदाहरण धेरै मध्येको एउटा मात्र हो । अर्को एउटा डायस्पोरिक प्रकृकिो भावुुकताको उदाहरण ः
(नेपालका) अनौठो गन्ध भरिएको हावा, जथाभावी पोखिएका फोहेरका थुप्राहरू, बेपर्वाह बाटो काटिरहेका आमा, बा र केटाकेटीहरू, बीच बाटामा निर्धक्क निदाइरहेका कुकुरहरू केही पनि पराइ लागेन । सबै आफन्त लागे । बाटाभरि छरिएका बदामका बोक्रा, सिगरेटका ठुटा, केराका बोक्रा अनि टुुक्रिएका प्लास्टिकका झोलाहरू सबैले मलाई हात फिँजाएर स्वागत गरेजस्तो लाग्यो । छेउछेउका पेटीहरूमा विना प्रसङ्ग हल्ला गरिरहेका हुलहरू, टाउकामा फलपूmल र सब्जी बोकेका मैला दुब्ला व्यापारीहरू सबै नै बिर्सिन लागेका आफन्त लाग्न थाले । (७२–७३)
प्रकृति बिम्बको प्रयोग गौतमको लेखनमा निकै सुन्दर तवरले प्रयोग भएको छ । कति बिम्बहरू त प्रतीकको रुपमा पनि प्रयोग गरिएका छन् । केही उदाहरण ः
“आज घाम लागेका छन्, भोलि पानी पर्ने हो कि” (२१) । सुखदुःखका प्रतीक पनि हुन् घाम र पानी यहाँ ।
“भत्किएको कुलोजस्तो मेरो मुुखबाट प्रश्न बगेको बग्यै भए” (२३) ।
“माहिला काका यो जगत्बाट विदा हुनुभएको खबर दुम्सीको काँडा बनेर मेरो मनभित्र गाडियो” (८७) ।
“मेरो परिवारको रूख हाँगा सकिँदै गएको सुरिलो ठूटो मात्रै बाँकी भइसक्यो” (१४६) ।
“उहाँको एक्लोपन दाँत नभएको मान्छेको हातमा उखुको टुक्राजस्तो देखिन्थ्यो” (२३०) ।
कृतिमा चोटिला नवीन अभिव्यक्तिहरू समेत पाइन्छन् । केही उदाहरण ः
“बा जतिपटक (पीडाले) चिच्याउनु हुन्थ्यो कसैले दुख्नेगरी मलाई नै पिटेजस्तो लाग्थ्यो” (३८)
“मलाई बा नहुँदा आपूmले नचलाइ राखे पनि चाहिँदा त्यहीँ छ भनेर विश्वास गरेको अर्को हात नभएजस्तो भयो” (६५) ।
“मामा एउटा तपस्वीजस्तो देखिनु भएको थियो । उहाँको टाउकाभरि अनुभव फुलेको थियो । अनुहारभरि समय मुुजा परेको थियो र शरीरभरि सङ्घर्ष डामिएको थियो” (१९५) ।
“यो सबै हुँदै गर्दा लीलबहादुर क्षत्रीज्यू चुपचाप सोफामा बसिरहनु भएको थियो । आलमारीमाथि राखेको इतिहासको पुस्तकजस्तै” (२२६) ।
“अतीत पनि छायाजस्तै हुँदो रहेछ । बत्ती निभाएर ढोका थुने पनि नबाहिरिने” (२७३) ।
“मेरो मन स्वर्ग होला अनि काका मेरो मनमा जानुभएको होला” (९९) ।
केही सीमा
माथि वर्णित सबल र सुन्दर पक्षका बाबजुद यस कृतिका केही खड्किने सीमाहरू पनि छन् । अधिकांश सस्मरणहरू नितान्त व्यक्तिगत वृत्तमा केन्द्रित भएका र समग्र कृति नै आफ्नो पारिवारिक इतिहासको सेरोफेरोभन्दा बाहिर निस्कन नसकेकाले यो एक घरेलु विवरणमा खुम्चिएको छ । विषयवस्तुको विविधताको यस अभावले पढ्दैजाँदा कताकता बेसुुरो (मोनोटोनस) लाग्छ । तथापि प्रत्येक संस्मरण आपैmँमा चाहिँ स्वादिला छन् । विषयको यस साँघुरो दायराले लेखक आपूm र आफ्नो परिवार बाहेक अन्य कुराको वास्तै नगर्ने आत्मकेन्द्री प्रवृत्तिको भएको समेत छनक मिल्छ । संसारका कुनै पनि डायस्पोरामा सकेसम्म आफ्नै धर्म, गृहदेश र संस्कारको जोडीसँग विवाह गर्नुलाई एक आदर्श व्यावहार मानिन्छ । तर गौतमले आफ्ना छोराछोरीलाई त्यसो गर्न प्रोत्साहन नगर्नु र उल्टै त्यसो गर्नेलाई आलोचना गर्नुुले नेपाली डायस्पोरामा नेपाली संस्कृति र परम्पराको संरक्षणको दायित्व पुरा गर्ने प्रयास नगरेको देखिन्छ । यो पनि उनी र उनको परिवारको आत्मकेन्द्री व्यावहारको द्योतक लाग्दछ ।
कति ठाउँमा साँस्कृतिक बिम्बहरूको गलत प्रयोग पनि भएको छ कृतिमा । पितृहरूको सम्झनामा गरिने श्राद्धकर्ममा प्रयोग गरिने पिन्डलाई “भातका डल्ला” भनिएको छ निकै ठाउँमा । वास्तवमा पिण्ड भातका नभएर खीरका डल्ला हुन् । अमेरिकामा बसेकै कारणले त यस्तो गलत धारण नबन्नु पर्ने ! साथै केही घटनाहरू जस्ताको तस्तै विभिन्न ठाउँमा दोहोरिएका छन् । यसले पनि एउटा पुस्काकार कृतिको गुणस्तरमा कमी ल्याएको छ । टङ्कनमा गरिने गल्ती (टाइपो) त नेपालका सबै प्रकाशन गृहको अमूल्य गौरव नै भइगयो । आजसम्म मैले पढ्न भ्याएका नेपालमा छापिएका करीब दुईहजार पुस्तकहरू मध्ये यस्तो गल्ती एउटै नभएको पुस्तक मेरो हातमा नआइपुगेको पृष्ठभूमिमा यस पुस्तकमा त्यस्ता गल्ती ठाउँठाउँमा भेटिनुलाई सामान्य नै मान्नुपर्ला नि !
निश्कर्षं
स्थापित डायस्पोराका भावना, कल्पना, सम्बन्ध, उपलब्धि र दुःखको दस्तावेज बनेको गौतमको संस्मरणसङ्ग्रह विगत र बाडुली (२०७७÷२०२०) एक पठनीय कृति हो । जन्मभूमिको घर छोड्दाको दुःख, बेलाबेलामा गृहदेश फर्केर आउँदाका भावुकता र आफन्तहरू विस्तारै शेष भएका पीडाको क्षतिपूर्ति डायस्पोरामा बनाएको वैकल्पिक घर वा त्यहाँ गरेको समग्र प्रगतिमा देख्नसक्नु गौतमको यस लेखनको प्रमुख विषय हो । आफ्नो परिवार र आफन्तको सेरोफेरोमा नै अत्यधिक केन्द्रित भएर एक घरेलु (घर केन्द्रित) हुँदाहुँदै पनि यसभित्रका संस्मरणहरूले डायस्पोराको जराप्रेमलाई सघन रुपमा प्रस्तुत गरेका छन् । यस्तो घरेलुपनलाई डायस्पोरा अध्ययनमा प्रतीकात्मक अर्थमा समेत व्याख्या गरिन्छ; यत्रो संसार र यतिविधि विषय हुुँदाहुँदै डायस्पोरामा खाली गृहदेशकेन्द्रित गतिविधि मात्र हुने भएकाले । समग्रमा संस्मरण लेखन डायस्पोरिक लेखनको प्राण हो भनेर मानिदै आएको परिप्रेक्ष्यमा यो कृति पनि त्यसलाई थप पुष्टि गर्न सक्षम भएको छ । नेपाली डायस्पोरिक साहित्यको विस्तार र डायस्पोरा निर्माणको मानवीय इतिहास लेखनका लागि यस्ता संस्मरणात्मक कृतिहरू थप प्रकाशित हुन जरुरी छ ।

इटहरी २, सुनसरी, नेपाल ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु