प्राकृतिक सौन्दर्य सुन्दरताले भरिपूर्ण नेपाल
कला संस्कृति बिबिध धर्मले परिपूर्ण नेपाल
आउनुहोस् है अथिती नेपालमा गरौ रमाइलो ।
फूलजस्तै कोमल र जूनजस्तै सितल नेपाल
नीलो आकाशमूनि छ रङ्गिचङ्गी धर्ती नेपाल
आउनुहोस् है अथिती नेपालमा गरौ रमाइलो ।
हिमाल नदी पहरा झर्ना स्वर्ग जस्तै नेपाल
उर्वर भूमिमा नागबेली बाटो स्वर्गिय नेपाल
आउनुहोस् है अथिती नेपालमा गरौ रमाइलो ।
समृद्धिको हरेक मोडमा सुनखरी भिरको फूल
बुद्ध भूमी नेपाल हाम्रो सगरमाथा शिरको फूल
आउनुहोस् है अथिती नेपालमा गरौ रमाइलो ।
मन्दिरहरुको देश नेपाल छहराको देश नेपाल
अथितीलाई स्वागत गरौ रमणिय हाम्रो नेपाल
आउनुहोस् है अथिती नेपालमा गरौ रमाइलो ।
बिर्तामोड २, चारपाने झापा
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 मङ्गसीर, 2077