पिरतीका सबै भाखा गाईने दाईले गाउँदै आए,
जुनेलीमा लाउने माया धेरैलाई छल्दै लाएँ ।
यस्तै रैछ बैंस छदाँ सबैतिर वहार आउने,
कस्ता होलान दोषि आखाँ उसैतिर नजर लाउने ।
नौलो भयो सबै गीत पिरतीका गाथा गाएँ,
जुनेलीमा लाउने माया धेरैलाई छल्दै लाएँ ।
भैगो अब गाउँने छैन पिरतीका गीतहरु,
बैंस गयो क्षितिज पारी मरिजाने धितहरु
यति मिठा बासुँरीका धुनहरु छाडी आए,
जुनेलीमा लाउने माया धेरैलाई छल्दै लाएँ ।
पिरतीका सबै भाखा गाईने दाईले गाउँदै आए,
जुनेलीमा लाउने माया धेरैलाई छल्दै लाएँ ।
खाँदबारी, संखुवासभा
हालः महालक्षी ४, ललितपुर
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2077