सातो हराएकी दार्जिलिङ

- मञ्जुला तामाङ सुब्बा

महाकाल धामको डाँड़ाबाट
तिमीलाई हेर्दो ओ दार्जिलिङ !
ववित्र शान्त ईश्वरीय
तार्थस्थल झैं देख्छु ।
कल्पनाका पखेटाहरू
फैलाई अप्सरा बनी
तिम्रा वरिपरि भक्तिमय
उड़ानहरू भरिरहेकी छु ।

हरिया थुम्काहरूका बुट्टेदार
तिम्रा आँचलबाट
चियाबारीका सुन्दरलालाई
चियाउँदा ओ दार्जिलिङ !
विश्व प्रसिद्ध चियाका चुस्कीहरूमा
चियाबारीका वेदनाहरू
नुनिलो आँशु र शोषित
पसिनाका वाफहरू
उड़़िरहेको देखिरहेछु ।
गम्बुटले छेलिएका
खुट्टाका ठेलाहरू
चियाका बुट्टाभरि
अल्झिएका सुस्केराहरू
शोषित मजदूरहरूका
भक्कानाहरू सुनिरहेछु ।
ओ दार्जिलिङ !
तिम्रा आँजचलले छोपिएा
दग्ध हृदय रोएको देखिरहेछु ।
हिमालय पर्वत ऋृङ्खलाबाट
कञ्जचनजङ्घाको मुस्कान हेर्दा
ओ दार्जिलिङ !
झलल झल्किरहेको चाँदीको घुम्टोभित्र
काले चट्टान
उदाश बनेको देख्दछु ।
ओ दार्जिलिङ !
तिम्रा सुन्दरतामा कसैको कालो
नजर लागेको रहेछ ।
खुशीको मुखुण्डो ओड़ी
कञ्चनजङ्घा हाँसेकी होइन
रोएकी रहिछ ।
अविरल अश्रुधारा झैं खोला
झरना नदी बन्दै पग्लेको रहेछ ।
ओ दार्जिलिङ !
तिम्रा शिरको ताज
धमिलो भएको रहेछ ।

लाली-गुराँस चाँप-चचमेलीका
पाखाहरूबाट
तिम्रा सौन्दर्य अवलोक्न गर्दा
ओ दार्जिलिङ !
अजम्बरी जड़ीबुटीका घनी
मक्ख परेकी तिमी
यही सौन्दर्य देख्दा कहिले-काहीँ
यस्तो भान हुन्छ
ईश्वरले रचेछन् स्वर्ग यहीँ ।

तर उफ....!
दार्जिलिङ तिमी ता
सुकेनासले
स्वयम् पहेँलिएछौ ।
स्वच्छ जलवायु र जड़िबुटीले
स्वस्थ बनाउन सकेन तिमीलाई ।
सरूवा रोग र पापी नजरहरूले
रोगी बनायो तिमीलाई ओ दार्जिलिङ !
शताब्दी बित्यो महान् बनिरह्यौ,
आफ्ना वेदनाहरूलाई लुकाई
काखभरि रमाउन दिइरह्यौ अरूलाई ।
पर्यटकहरूका हल्लाहरूले
तिमीलाई लुछ्ने परिचित नङ्ग्राहरूले
को'नि कसले के के ठट्टाएर
तिमीलाई खोक्रो पारिदिए
यसैले तिम्रो सातो उड़ेको रहेछ ।
तब ता तिमी
बहिरो, कानो, लाटो अनि
अन्धो बनेकी रहिछौ
सुर्ताउऩ पर्दैन
ओ दार्जिलिङ !
लाखौं असत्य भाकलहरू
अनि
झूठा कसम साँच्नेहरूलाई
क्षमा प्रदान गर्ने
महाकाल तिम्रा माथमा छन् ।
तिम्रा भाषामा सातो बोलाउने सिञ्चेल धामको
सङ्घार छँदैछ ।
तिमीलाई दुःखेको छ ओ दार्जिलिङ !
तिम्रा पीड़ामा थप्थपाउने
हामी दार्जिलिङवासी
साथमा छँदैछौं ।
ओ दार्जिलिङ
मेरी प्यारी दार्जिलिङ !

घूम, दार्जिलिङ (भारत)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 15 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु