क्षितिजवारि : क्षितिजपारि

- डा. सावित्री श्रेष्ठ

धेरै दिनपछि दयाकहाँ पुगेकी छु । सफा, चिटिक्कको घर तर केही रित्तो–रित्तो । थोरै खुसी कतै हराएभैmँ, जहिले पनि मलाई यस्तै लागेको छ । यस घरमा अलिकता उदासिनता पोखिएको छ । छन त पूmलहरू छन्; बारी बगैँचा छ; सिँगारिएको घर, बैठक, सबैथोक व्यवस्थित छ । मुस्कुराउँदी दया र यही मुस्कानभित्रको उदासिनता कसरी कसरी मुस्कान फोडेर महसुस गर्छ । एउटा गजल छ नि–
‘.. तुम इतना जो मुस्कुरारही हो‘
क्या गम है जिसको छुपा रही हो... ।’
यस्तै उनको मुस्कानभित्रको पीडा म देख्छु र कारणसहित देख्छु । थोरै होइन दुई दशक भएछ उनले एकोहोरो एकल जीवन बिताइरहेको एउटा मरेको मान्छेको नाममा । छोरीको बिहे पनि गरिदिइन् दयाले । तर, उनको जीवनशैली र मुस्कानभित्रको उदासिनतामा केही पनि फरक आएको छैन ।
तीन महिनाको छोरा काखमा लिएर घाम ताप्दै थिइन् उनी, जब उनको श्रीमान् अफिस जान उनीसँग बिदा लिन आए । हुन्छ भरे छिटो आउनू नि भन्दै मोहक दृष्टिले हेरेकी थिइन् उनले ।
‘हुन्छ, आइहाल्छु छिट्टै’ प्रत्युत्तर दिएर गएका उनी आएनन् । मात्र खबर आयो उनको मृत्युको र ज्वालामुखी भएर बज्रियो । त्यो खबर दयाको छातीमा टाँसियो; बोली गुमाइन् उनले । संसार सारा खाली भएभैmँ, के बाँकी रह्यो त अब ? एउटा मान्छे दुर्घटनामा परेर बित्यो । संसारको लामो खबर यत्ति हो तर दयाको लामो त्यो एउटा मान्छे नहुनुको अर्थ सारा संसार रित्तिनु भइदियो । तीन वर्षसम्म होस–बेहोसमा रहिन् उनी । निद्रा, तन्द्रा, सपना–विपना के के खै...! जीवन, जीवनजस्तो पटक्कै भएन उनको ।
त्यसबेला हामी कलेज पढ्थ्यौँ । दया मेरो क्लासमेट । हामीभन्दा केही परिपक्व, सुन्दर मुस्कान र सुन्दर व्यक्तित्वकी धनी दया नजाने किन मलाई मन परिन् । सायद सबैसँग नै घनिष्ठता थियो उनको । केही समयपछि नै उनको बिहे भएको खबर सुन्यौँ हामीले । उनी उपत्यकाबाहिरकी तर उनले काठमाडौँको समृद्ध परिवारको इन्जिनियरसँग बिहे गरेर आफ्नो पढाइसमेत बिचमै छोडिन् । सम्भ्रान्त परिवारकी शालीन बुहारी । घर–परिवार नै संसार । उनका श्रीमान् साह्रै माया गर्छन् उनलाई । यो पनि सुन्यौँ हामीले । रमाइलो मानेर सुन्यौँ तर त्यो कुरा सजिलै पचेको थिएन मलाई ।
कस्तो साङ्लोसरि माया नि त्यो ! अध्ययनबाट समेत वञ्चित राख्ने । व्यक्तित्व विकासका सम्पूर्ण ढोकाहरू बन्द गरेर कसरी खुसी हुन्छन् मान्छेहरू ? नजाने किन मान्छेहरू मायाको नाममा मान्छेलाई बाँधेर राख्छन् ? फेरि यो माया भन्ने कस्तो हो, जसमा मान्छे बन्धनमा पनि खुसी हुन्छ । जे होस्, सुनिएको थियो दया खुसी छिन्– घर–परिवारको सेवा गरेर, घरको भाडा माझेर वा यस्तै केही गरेर र सायद बच्चाहरू बनाएर पनि ।
जीवन समय नदीसँग बगिरहन्छ । चलायमान वा परिवर्तन हुँदै गर्छ । विनाबदलाव जिन्दगी जिन्दगीजस्तो पनि त हुँदैन । पहाडजस्तो अटल जिन्दगी त के जिन्दगी ? हाम्रो गतिशील जिन्दगी, अध्ययन र विवाह । जिन्दगीका यी प्रथम प्रहरमा मानिसहरू धेरै थोक गरी भ्याउँछन् ।
मैले पनि गरेँ । नयाँ काम नयाँ अनुभव, आफ्नो अध्ययनको व्यावहारिक लगानी, जीवन भिन्नै र प्रफुल्ल पनि ।
धमाधम बिहे गर्न थाले साथीहरू । आफ्नो पनि छुट्टै घर–संसार सबै थोकको सुरुदेखिको सुरुवात, जिन्दगी छिटोछिटो बदलिएभैmँ । झन्डै दस वर्षपछि मैले दयालाई भेटेँ । म उनकै छिमेकी हुन आएछु । म घरबार, काम र बच्चाहरू सम्हाल्दै थिएँ सपनाहरूको जग हाल्दै । त्यस बेलासम्ममा उजाडिसकेछ उनको जीवन । उनको जिन्दगी एउटा मान्छे नहुनाले उजाडिएको, तहस–नहस जिन्दगीको प्रतिनिधि पात्र भइसकेकी थिइन् उनी । रङ्गहीन जिन्दगी, देख्नेबित्तिकै एकसरो गहिरो पीडा पस्यो मनमा । कठै दया साँच्चिकै दया लाग्ने भइछन् । खुसीविनाको मान्छेको प्रतिरूप, महिला–पुरुष मनस्थितिको विभेदको स्वरूप पनि थिइन् उनी । पत्नीभक्तिको दावा गर्ने पुरुषहरू पनि पत्नी बितेको बरखी कहिले सकिएला भन्दै वा बरखी नै नसकी दोस्रो बिहे गर्नेहरू नै छन् । बिहे नगरी बसेकाले पनि कहाँ जिन्दगी व्यवस्थित गर्न सकेका छन् त ? दयाको जिन्दगी त व्यवस्थित रहेछ, मनभित्र पीडा भरेर पनि सबथोक ठिकसँग चल्दै चलाउँदै रहिछन् उनी ।
पागलसरि पीडा बोकेर पनि उनी व्यवस्थित रहिछन् । छोराछोरी हुर्कंदै रहेछन्, संस्कारसहित । आय–आर्जनकै काम त उनले गरिनछिन् तर अर्थव्यवस्थापन गजबसँग गरिछन् । श्रीमान्को अफिसबाट प्राप्त रकमले पाँचवटा सटरसहितको घर बनाइछन् । त्यही उनको आम्दानीको स्रोत भएछ । बारीमा तरकारी, पूmलबारी, घर–व्यवहार आदि सबै गर्दै आफ्नो कमजोर मन र शरीर लिएरै पनि घर घरजस्तै बनाइछन् उनले । छोराछोरीको सुन्दर जीवनको बन्दोबस्तभन्दा एउटा हुनसम्म मन दुःखेकी एकल आमाको महŒवाकाङ्क्षा नै पनि के हुनु ।
उनलाई देखेर उनको पीडा महसुस गर्दै मैले निराला दिदीलाई सम्भेmँ । उनको सक्रिय जीवन, चार छोराछोरी, मायालु लोग्ने । आफू रोगी रहिछन् । पछि मात्र थाहा पाएँ– ठुलै कमजोरी रहेछ जन्मजात नै एउटा मात्र फोक्सो । प्रकृतिको रचना सधैँजसो त पूर्ण नै हुन्छ तर कहिलेकाहीँ खै के हो अचम्मको कमी पनि यहाँ प्रकृतिको सिर्जनामा हुँदो रहेछ । स्कुलकी शिक्षिका, सुन्दरी, स्मार्ट, फेसनेवल, कसले उनलाई रोगी भन्ने ? तर उनी रोगी नै थिइन् । त्यही भएर पछि स्कुलमा निरन्तरता दिन सकिनछिन् । घर र बच्चाको हेरचाह नै उनका लागि ठुलो चुनौती हुन्थ्यो । उनका श्रीमान् उनलाई माया त बेस्सरी गर्थे तर बच्चाहरूसँग नजिक थिएनन् । उनी छोराछोरीसँग बाबुले एउटा दुरी राख्नुपर्ने सिद्धान्तमा अडेका मान्छे । निराला झन् झन् गल्दै गइन् । अस्पताल र घरमा पनि उस्तै अवस्था । यो अवस्था नै उनको शरीरले धानिरहन सकेन । एकदिन त्यो लक्ष्मीपूजाको दिन थियो— साँझ सबैको घरमा बत्ती बल्दै गर्दा उनको जिन्दगीको बत्ती निभ्यो, फेरि बाल्न नसक्ने गरी ।
अब घरपरिवारको जिम्मा बच्चाहरू र उनको श्रीमान्मा आइप¥यो । जति नै दबाब आए तापनि उनले दोस्रो बिहे गर्दै गरेनन् । बच्चाहरू भनेरै निराला दिदीको सत्मा बसे, दया जसरी नै । तर उनले दयाले जसरी घर र बच्चाहरू सम्हाल्न सकेनन् । बच्चाहरूसँगको उनको दुरी अझ बढ्न थाल्यो । मैले तिनीहरूका लागि यत्रो त्याग गरेको छु भन्दै बच्चाहरूलाई दयाको पात्र महसुस गर्न लगाउँथे । उनीसँग डराउँथे । उनका प्रिय सन्तानहरूसँगै खानासम्म नखाने । दुरी झन् बढ्न थाल्यो ।
छोरा नसाको कुलतमा फस्यो र केही समयपछि त्यो कलकलाउँदो छोरोको मृत्यु भयो । उनी दुःखी त हुने नै भए, केही चेते पनि । छोरीहरूसँग केही दुरी घटाए उनले । तर दयाले जसरी घर–परिवार व्यवस्थित गर्न उनले सक्दै सकेनन् । क्षितिजवारि दयाका श्रीमान् छन् पारि निराला दिदी । दुवैको निम्ति उस्तै उस्तै तर उनीहरूका परिवारको नियति फरक–फरक । निर्धो र कमजोर मानिएकी दयाले जसरी परिवार सम्हालिन्, बहादुर र निडर मानिएका निराला दिदीका श्रीमान्बाट त्यो सम्भव भएन ।
यो यथार्थता !
यो हाम्रो आमालाई दोस्रो दर्जाको नागरिकको ठाउँमा राख्ने समाजलाई गतिलो झापडा होइन त ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु