फाटेको जुत्ता

- निलकमल छेत्री

सान्त वातावरण चाँर -चाँर चीर-चीर चराहरुको आवज गुन्जीरहेको बेला घामको किरणले बिस्तारै धर्तिमा पाइला टेकेपछि पहिलो घामको किरणले,
हतासा निराश कतै केहि कमाउने आशा बोकेर बाटोमा हिंडिरहेको किरणलाई छुन्छ ।
महामारी कोरोना भाइरसको चपेटामा परेर,लक डाउनमा आफनो सारा संपति सकिएपछि करिणलाई समय र परिस्थितिले याहाँ सम्म ल्याइपुरायो।
आफनो बेवसाई पुर्न रूपले बन्ध भएपछि कीरणले फाटेका जुत्ता सिउने काम सुरु गरेको छ। कसलाई थाह थियो र विश्वमा यस्तो महामारी आउँछ भनेर ।त्यहि माहामारीको शिकार हुन पुगेका एक बत्ति हुन किरण। आफ्नो र परिवारको पेट पाल्न भनि फाटेका जुत्ता बटुलेर सिउन हिडिरहेको छ कारण । निकै बेर सम्म हिडेपछि घामको किरणले पनि किरनको ढाड पोल्न थाल्छ । आह! केहि छन आराम गर्नुपर्यो भनि किरण केहि पर एउटा चौतारामा गै एकै छिन् आराम गर्न लागछ । अब हिड्दा- हिड्दा थाकेकोले किरण भुसुक्कै निदाउछ आनि किरणले एउटा सपना देख्छ ।
किरणको सपना, मेरो काल्पनिक कथा यथार्थमा पाठकहरुका सामु पस्किरहेछु।

जुत्ता- नाई मालिक मलाई त्यसरी बाहीरा न फ्याक्नु होस्, म निर्दोष छु
मान्छे - तेरो अब केहि काम छैन् त्यसैले म तँलाई आफु देखि टाडा फ्याँक्दै छु |
जुत्ता - वहा!! मालिक वाह!!,
जब म बजारको कुनै एउटा महँगो महलमा सुन्दर तरिकाले सजिएर बसेको थिएँ,
तब हजुर पनि मेरो सुन्दरतामा मग्न भएर मलाई मेरो सुन्दरताको मुल्य तोक्नु भयको होइन् ?
खोइ त् आज त्यो सुन्दरताको मुल्य ?
मान्छे - चुप लग त् एउटा जाबो खुट्टामा लगाउने जुत्ता भएर तेरो यत्रो फुटानी
जुन दिन सम्म तेरो अनुहार सुन्दर थियो, तेरो शरीरको बनावट मिलेको थियो त्यस दिन सम्म त् मेरो थिस |
जुत्ता - हो त् मालीक मान्छे र हामीमा त्यति मात्र फरक छ, कि मान्छेले सोच्न सक्छन् र हामि त्यही सोंचको सिकार हुन् पुग्छौ
मान्छे - तँ बढ्ता न बोल निस्की मेरो घरबाट तैले गर्दा मेरो इज्जतमा दाग लाग्यो, तेरै कारण समाजमा मेरो नजर ढलेको छ |
जुत्ता – ठिक भन्नु भयो मालिक मेरै कारण हजुरको समाजमा इज्जत गयो होइन् | सम्झना गर्नु होस् ति दिनहरु जुन दिन हजुरले मलाई बजारबाट किनेर घर ल्याएको बेला, हजुरको मुहारमा छाएका ती खुशीका छनहरु | बेलुकी वटस्याप्मा मेरो फोटो आफ्नो प्रेमिकालाई पठाएको होईन , त्यसबेला दुई प्रेमी बीचको खुसीमा मेरो कत्रो भूमिका थियो, सायद बिर्सिनु भयो होला किन कि मान्छेमा बिसिने बानि सारै नराम्रो छ |
मान्छे – हो तैले खुब जानिस | पुच्छरमा बस्नेलाई के थाह हुन्छ शीरको इज्जत भनेको के हो |
जुत्ता – सत्य बोल्नु भयो मालिक हजुरले म तुच्छ खुट्टामा बस्नेलाई के नै थाह हुन्छ र इज्जत भनेको के हो, हामिलाई त् हजुरहरुकै इशारामा चल्ने बानि बसेको छ तर यति चै पक्कै भन्छु मालिक कि हामि जहाँ गएपनि साथ्मा जान्छौ जस्तै परीआइ परे पनि |
हामीले साथ छोड्नु जानेका छैनौ मालिक, हामि जन्मिदा पनि जोडी नै जन्मीन्छौ र मर्दा पनि जोडीनै मर्छौ। बिछोड त मान्छेहरूले पार्छन हामीलाई।
मान्छे एकलै जन्मिन्छ अनि जोडि बनाउँछ फेरि तोडि दिन्छ, मालिक हामीमा तोडीने भावना होइन् जोडिने भावना छ।

मान्छे - तँ निकै जान्ने भएछस् है, खुबै जोडिने र तोडिने कुरा गर्छस त आज, बिर्सिश मैले तलाई त्यो गूमसिरहेको कुणाबाट निकालेर बाहिराको दुनियाँ देखाएको, हरेक जगा तँलाई घुमाएको । प्रतेक दिन् तेरो अनुहारमा पलिसको किरिमले टिल्लिकै टल्काएको । म जहाँ- जहाँ गए तँलाई तहिँ पुराएको छु।

जुत्ता- कहाँ बिर्सिन सक्छु र मालिक बिर्सिने बिमार त हामिलाई होइन तपाईहरुलाई छ। मलाई हरेक पलहरु राम्रो सीत याद छ,
अं साँचि तपाईले मेरो अनुहार टलकाएको कुरा गर्नु भयो, मेरो अनुहार टल्केरै त हो तपाईंको मुहारमा उज्यालो छाएको ।
आफनो उज्यालो मुहारमा आएको खुशी देखनु भयो
तर मेरो अनुहारमा कालै पोतेको कहिले देख्नु भएन् मालिक तपाईले।
टल्किने जुत्ता लगाएपछि समाजमा इज्जत बड्छ भन्दै बेसमारी मेरो अनुहारमा तयो दरिलो ब्रुसेल गोटिरहनु भयो तर म चुप -चाप बँसिरहे, मेरो कारण हजुरको इज्जतमा दाग नलागोस् भनेर, मेरो अनुहारमा तयो दरिलो ब्रुसका एक एक काँडाले घोच्दा जुन मेरो मुटु पोलेको थियो त्यो पल तपाईंले देख्नु भएन् मालिक ।

मान्छे- तँलाई पनि पैसाको मात लागे जस्तो छ, मैले महँगो पैसामा तँलाई किनेको थिएँ त्यसैले बेसी बोल्दैछस् तँ निस्किहाल मेरो घरबाट निस्कि भनेको सुन्दैन्स ।

जुत्ता- हजुर मालिक मलाई न निकाल्नु होस् आइया- आइया मालिक मलाई यसरी न कुट्नुहोस ।

मान्छे- अस्ति बाटोमा तेरो आन्रा फुस्किएर झन्डै मेरो ज्यान गयो यदि मलाई केहि भएको भए यसको जीमवरि को हुने थियो , मैले तँलाई आँफुसगं राखे माया दिए तर तैले मेरै प्राण खोस्ने कोशिश गरिस् होइन् आज बाट त मेरो जीवनबाट टाँडा जानेछस।

जुत्ता- हुन्छ मालिक म जान्छु, तर मालिक म जानु भन्दा पहिला हजुरका केहि प्र्सनका उतरहरू दिन् चहान्छु।

हजूरले मलाई प्राण खोस्ने दोषी बनाउँनु भयो तर त्यसको जीमेवरि तपाई आँफै हुनुहुन्छ, याद छ त्यो दिन् घुम्न जाने हर्षले मेरो शरिरमा रहेको त्यान्रो यानि लेस बाँध्न भुलेको।
पल्टने बिरमान दाजुको जन्मदिनको दिन् बिदेशी भन्दै टन्न रक्सि पिएर हल्लिँदै बाटो मा हिँड्दै गर्दा, त्यसरीनै कसैले रक्सी पिएर बाटो बिचमा फ्याँकिएको बट्टा देख्ता आँफुलाई खुबै मेस्सी सम्झेर गोल पोसमा गोल हालेझै बट्टा लाई लाति गुमाएर हानेको बेला मेरो अनुहारको आकार बदलेको थियो मैले आइया पनि न भनि हजुरको रक्षा गरेको थिएँ तर अन्तमा म नै दोषी भँए होइन्।

बिर्खे दाइको घरमा दसैं खाएर रातो माटो भेएको बाटो आउँदा चिप्लेर काँला मुनि लडेको बेला मैले साथ छोडेको थिएँन। अझै त्यति मात्रै कहाँ होर अस्तिनै हजुरको प्रेमिका सोनियासगं ब्रेकअफ हुँदा रिसले चुर्मुरिएर फर्किन्दा काइँला मामा को लुते कुकुर माथि रिश फेर्ने हुँदा लुते कुकुरको त्यो तिखो दाँतले मेरो मुटु छेडेको बेला ।मैले मलाई दुख्यो न भनि हजुरको रक्षा गरेको थिएँ तर अन्तिमा म नै दोषी भँए।
मालिक आजदेखि म हजुरबाट धेरै टाढा जाँदैछु
म भगवानसँग प्राथना गर्नेछु की मेरो अर्को जन्म मानछेको होस् तब सबैलाई एकताको पाठ सिकाउनेछु अलविदा मालिक।

अलविदा -अलविदा -अविदा किरणको कानमा गुणजेपछि झसंग भएर किरण निन्द्राबाट बिउँझीन्छ ।
तब एक जाना मानछेले किरणको अघाडि एक जोडी फाटेको जुत्ता लिएर राखिदिन्छ अनि भन्छ तपाई यो फाटेको जुत्ता बनाएर लगाउनु होस् मलाई केही पैसा दिनु पर्दैन ।

किरण छक्क पर्छ र मनमनै सोच्न लाग्छ हन् यो मैले देखेको सपनाको फाटेको जुत्ता, कतै यहि त होइन।जीवनको गोरेटोमा फेरि फाटेको जुत्तासँग अल्झिरहेको छ किरण।

भारत,

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 5 मङ्गसीर, 2077

लेखकका अन्य रचनाहरु