म भित्र भित्रै जलिरहेछु

- निलकमल छेत्री

झल्की रहेछ बाहिरी
मुहारमा मुस्कानका
छर्पस्ट छिटाहरू
भित्रि मुहारमा
ती छर्पस्ट छिटाहरूका
काला थेगलाहरुले
मलाई छेके पछि, म भित्र भित्रै जलिरहेछु |
आँखा भित्रिका न्याँनहरु
आँशुले निथ्रुक भिझे पनि
बग्न् लागेकोआँशुुलाई
आँखा भित्रै सुकाई
मरुभूमिको संसारमा म भित्र भित्रै जलिरहेछु |
निन्द्रालाई रातको सपना देखाएर,
ओछ्यालाई म आउने आशामा राखी
म आफै चैं बिपनिको संसारमा भित्र भित्रै जलिरहेछु |
आशाका धागाहरु समेटेर
माकुराले झैँ सफलताका
जाल बुनिरहेको बेला,
तिर्व गतिमा अनयासै चलेको बताशले
मेरा सफलताका
जाल लाई फेरी
आशाका त्यान्रोमा परिणत गरेपछि
म भित्र भित्रै जलिरहेछु |

भारत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु