गजल

- श्रवणकुमार ढुंगाना

कति मूर्ख छु म अन्धकारलाई ऐना देखाउँदै छु।
आफ्नै आकार नदेखिने रातमा अक्षर सिकाउँदै छु।

रात को क्यानभासमा जे खोप, आकार त के बन्छ?
तैपनि बन्छ कि केही? आशको छिनो खेलाउँदै छु।

नहुनु हो अन्धकार, विनाश हो, रिक्तताको त्रास त्यो
त्यो रातलाई ईमान, धर्म, माया को गीता सुनाउँदै छु।

जब केही छैन, शून्य हो, के जल्छ अन्धकार त्यो?
म त छु, बल्छु र त प्रीत हराउँदा हृदय जलाउँदै छु।

उसमा नहुनु त्यो विवेक, लज्जा पनि त अन्धकार हो
म प्रजा 'गुरु' हुन नसकेको 'ज्ञान'! अवसाद मनाउँदै छु।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु