लामिछाने भाञ्जो

- विमल लामिछाने

भाञ्जा,
ओइ लामिछाने भाञ्जा,
आज गाई भष्मे पाखामा लानुुपर्छ है,
कट्टुमा लुुकाएर सलाइ वोक्यौ के त ?
माथ्लाटारका डिलवाट
र्थक्यो सेते मामाको घोक्रो ।
सानो छँदा गोठालो गर्दै
सेते मामा, टीमुुरी दिदी,
पूूmलथुुँगा र लुुइटेल बासँग
याक्सीमा बागचाल खेलेको
अहिले झै लाग्छ ।

खमारे वेँसीमा
चदाराले ठेकी घुुमाए झै
घुुम्दो रहेछ समय,
टिलपिलाउँदो पहेँलो घैटो बोकेर
खोज्दा हुुन् ढाँडबारीका
लहरे आँप र महगाग्रीका लहराहरु ।

एक हातमा नुुनको पोको र
अर्को हातमा नौनी टाँसेको दुुँधेरो बोकेर
लप्सीका डिलवाट तल....
ओखरबोटे पाखातिर फर्केर
घोक्रो सुुक्ने श्वरमा
चरनको ‘माली गाई’ फर्काउनुु.....
भन्दै होलिन् कान्छि माइजुु ।

घरडाँडे दाइका कानमा सिउरेको
कटुुसका पातको सूूर्तीको लुुडो
र मसले बाबैको तमाखुु
निभ्यो की सल्केकै छ हओ सेते मामा ?
वैदारनी दिदी र रनेनी आमैको संगिनी
भट्टराई बा र अधिकारी मामाको बालनले
अझै रनक मच्चाउदै होला नि ?
कि साटे गाउँका पढालेखाहरुले
लोक भाकालाई टिकटकको र्यापमा ?
न्यौपाने बाबैका घरमुुनीको चुुथ्रो,
वुुढाथोकी बाबैका घरै छेउको काफल,
खनाल ठूूलेका कुुवामाथिको ऐसेलुु,
कामीडाँडाको भद्राक्षे
टाँगे साईलाका घरमुुनीको वन तरुल,
सबै सबै पाक्यो होला नि अब त ?
कि फाँडिसके हओ, चिराइतो र किवी रोप्नेहरुले ?
हँ नढाँटी भनन हओ सेते मामा– लुुम्देली खवर ।

पँधेराबारीको ठूूलो कुुवा
अलिमाथिको धर्के जनैढुुंगो
नवमी बजार मुुनीको पोखरी
भञ्ज्याङ माथिको मुुस्कान डाँडा
राईगाउँ माथिको वर–पिपल चौतारो
माल्टेनी खोलाको झरना
रवि मुुनीको ओडारे गुुफा,
च्यानेखेत माथिको ट्याम्के डाँडा
दमाई गाउँको कुुलो र देवीथान
सवै उस्तै छन ?
कि विदेशी घुुम्ने
पर्यटकीय स्थल बनिसके ?
अरुण, लेखनाथ, पूूर्ण, जगत,
बद्री, हरि, गीता र उमा जस्ता
अरुहरुको के छ नि हालचाल ?
सबै फेसवुकमा हालन हओ सेते मामा,
कि विर्सिसकेउ हओ मलाई पनि ।
ओखरबोटेमा गोठाला गर्दा
उन्युुका दाउरा बालेर
बाँसका ढुुंग्रामा माली गाईको दुुध र
राता सुुठुुनीको खीर खाँदा
कति मिठो भाञ्जा, भन्थ्यौ नि
हो, उही भाञ्जो क्या म,
लामिछाने भान्जो अर्थात– विमल ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु