बुबा र बुबाहरु

- -डा. रविन्द्र समिर

'बाबु ! उँहा तिमो बाबा होइसिन्छ ।' उसले आर्श्चर्य मान्दै गोरो तथा लजालु युवकको खुट्टामा ढोगिदियो ।
                                                             * * *
'बच्चु ! तिमो पिता आउनुभयो ।' रातिको पिल्पिले बत्तीमा गहुँगोरो तथा प्रौढ देखिने व्यक्तिको खस्रो काखमा ऊ निधार खुम्च्याउँदै बस्यो ।
                                                              * * *
'फुच्चे ! तिमो बालाई चियो लगिदेऊ ।' उसले पोल्दापोल्दै मसानघाटबाट उछिट्टिएको जस्तो कालो भुस्तिघ्रेलाई डराइ-डराइ चिया पुर्याइदियो ।
                                                               * * *
'सानु ! डयाडीको कोठामा बत्ती पुर्याइदेउ !' यसपटक पनि ऊ आज्ञाकारी बन्दै कपाल पालेको तथा कानमा मुन्द्रा लगाएको झयापुल्लेको मुहारमा बुबाको प्रतिबिम्ब खोज्न विवश भयो ।
                                                                 * * *
'छोरा ! हेर त तिमो बुबा तीन वर्षछि लाहुरबाट आउनु भो, खुट्टामा ढोगिदेउ ल ।' उसले यसपटक पनि अनास्थापूर्वर्क बुबा खुट्टामा टाउको राख्यो ।
                                                                 * * *
एक साँझ बुबा र आमाको बीचमा सुतेर तोतेबोलीमा कुरा गरिरहेको बेला छोराले आफ्नो आमासँग साध्यो - 'मम्मी - हाम्रो लाहुरेबुबा सधैँ यहाँ किन बसेको -' उसको आमाले उत्तर दिइन्- 'बाबु ! यो उँहाकै घर हो, उहाँ तिमो बुबा....... ।' अनि हाम्रो बुबा नभएको बेलामा हामीसँग सुत्न आउने बा, पिता, बाबा डयाडीहरु ........ आजभोलि किन नआएको -'

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 20 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु