अमेरिकाको जागीर : नेपालीको आशा

- डीग बहादुर तामाङ्ग

एक त जातै लाहुरे, दोस्रो लाल सिंहको नाति, बीरध्वजको नाती लाल बहादुरको छोरा तेश्रो कमाउने बहादुर अब मैले नकमाए कस्ले कमाउने ? त्यस माथि पनि सगरमाथा र कन्चंजङ्गा तिरको बासिन्दा । कमाउनेको पनि परिभाषा छन ।
गाँउघरमा छदाँ मैले खोपि खेलेर खोपि बहादुर भन्ने नाम कमाएको थिए भने, काठमाडौंमा पसे पछि तासको म्यारिज खेल्ने भएकोले पद्धोनति भएर तास बहादुर भएको थिए । छोइला चिउरा र मम खान्थे उधारो, समयमा साहुको ऋण तिर्न नसकेकोले खुचा भनेर बोलाउने हुँदा, साथिभाईहरु साहुनी बोलाएको नाम आफैले व्याख्या गरेर खुम बहादुर हु भनेर भन्थें ।
बीस धाराहरु र बाइसे धारा पनि सबै सुकेर खहरे भै सकेकोले, जनै र भित्री कपडाको जुम्राले म माथि दशबर्षे जनयुद्ध गरिएको बेला, अमेरिकन दूताबासबाट द्रुतगतिमाआएर मेरो हातमा एउटा खाम थमाएर कुलेलाम ठोके एउटा पिउन ।
बिहानको भोजन केही नपाएकोले, घरभेटीकी छोरी शारदालाई “ ओला हिसीचा मैचा अले बजि चकन्ची, छमोइ छोइला, छोइला बिउ” भनेर सानसंग उपरखुट्टे लगाएर पलङको डिलमा बसेर भरखरै पाएको खामले अनुहारलाई पंखाका काम लिएर बसेकै बेला एक चौथाइ चिउरा र एक मोहरको साधेको मासु रिकापी आएको संकेत रिकापीको बजेको ध्वनीबाट चाल पाए ।
हत्तारिएर एक करुवा पानी ठाडो घाँटि लगाएर सुरक्याई दिएपछि भोकबाट बिश्राम लिएर, मंगलम् भगवान बिष्णु भनेर खाम खोलेको मात्रै के थियो । पहिलो “पंक्तिमा लेखिएको थियो, यू ह्याब बिन सेलेक्टेड डिभी लटरी २०१४ भनेर लेखेको अक्षर देखे पछि मेरो मनले स्वर्गमा पाइलो टेकेको अनुभुति गरे ।
आफ्नो अंग्रेजी भनेको त्यस्तै हो नामै कमाउने बहादुर त्यसैले एसएस नोनो भन्ने बाहेक नजानेकोले बल्लबल्ल संस्कृत पढाउने हरि प्रसादको मा गएर माई नेम इज कमाउने बहादुर आइम फ्रम ताप्लेजुङ्ग,मेनथेवा भिलेज भन्ने सम्मको भाषा टुपीलाई निधारमा झुन्डाएर बोल्ने सम्म भएर मंगलबारको दिन भए भरको लुगाफाटोलाई फ्यालेर, तिन पिप्लेको १५ पाथी बिउ जाने खेतलाई बेचेर पाँच लाख जति रुपैयाँ लिएर पुन कान्तिपुर नगरिमा पैसाको कुम्लो बोकेर फर्के गाँउबाट ।
बिरध्वजको नानी लालबहादुर नातीले कत्राकत्रा युद्धा लडेर बीरता देखाउन सक्नेको सन्तानले नाथे खेत बेचेर पाँल लाख नलिई अमेरिकामा किन पस्नुनि भनेर बीरता देखाउन भनेर तोलारामको पसलमा गएर १५ हजारको कालो सुट सेतो कमिज पहिलै गाँठो पारेर राखेको रातो टाइ किने । मतलब टाइ घाँटिमा मिलाएर बाँध्न नसक्ने भएकोले यसरी किने नि ।
बाडुले साहुको पसलमा गएर एक जोर बाटा कम्पनीको जुत्ता र मोज प्रसाद साहुको पसलमा गएर एक जोर मोजा खरिद गरेर डेरामा फर्किन मात्रै के आँटेको थियो । गाँउभरिका पहिले त बाटोमा भेट हुँदा मुख बंग्याएरअर्कै बाटो छलेर हिंडने गाँउघरका चेलीहरु अमेरिकामा आउने बेलामा त सबैजना सोल्टी भएर साँइनो बनाएर बाटो छेक्न थालिन । मलाई पनि लानोस न, के म त्यति नराम्री छु र ?
भन्ने आवाजले कानै दुख्ला जस्तो भयो, म पनि बिरध्वज बाजेले १९६२ भारत र चीनका लडाइँमा बीरगति प्राप्त गरि पाएको पैसाले बाबुले जोडेको खेत बेचेर ल्याएको पैसाले अमेरिकमा जानै लागेको बेला यसरी बाटोमा मुसुक्क हाँसेर बाटो छेक्नेहरुलाई कुन मनले हुन्न भन्ने ?
कमाउने बहादुर पनि के कम, “उसो भए तिमीहरु सबैलाई लान्छु तर अमेरिकनहरुले भिसामा खिर मिसाएर दियो भने । एक त कस्ले भिसा दिनु र अर्को खिरखाना अमेरिकनहरुले जानेकै छैन । त्यसै गरि छलेर । निस्के नेपालबाट ।
भिसा पाएर, आफूलाई अंग्रजी त्यति नआउने, हिन्दी चाहि बोल्ने भएकोले, काठमार्डाै डिल्ली नेपाल बायूसेवा दिल्ली न्यूयोर्क भारती सेवाको हवाई जाहज चडेर अमेरिका पूगियो ।
न्यूयोर्कमा सोहन कुमार थापा लिन आएका थिए । केहि दिन उनैको डेरा बाल्टिमोरमा बसेर, कमाउने नाम भएकोले सुइभिल कन्टक्की रोज्ने कि हराउनेभिल कनेक्टीकट रोज्ने भनेर एउटा हमकुरले सुनाए ।
काम के हो भनेर सोध्दा गिलबार्को कम्पनीले बनाएको छलकपट गर्न नमिल्ने मेशिन चलाउने काम अथवा मिशिन चलाउने । मैले सोचे सफ्टवेयर भन्ने सुनेको थियो तर गिलबार्को भनेको थाहा थिएन ।
कम्पनी पाकिस्तानीको हो । तामिल भरि पैसा नपाउने तर तालिम सकेर पाँच दिन पछि, प्रति घण्टा डलर आठ पाउने रे । उसो भए किन नजिकैको कनेटिकटमा किन नजाने । बिहान ६ बजे पुगेर बाहिरको फोहोर फ्याल्नु पर्ने तामिल एक हप्ता पछि सकियो, त्यस पछि बाथरुम सफागर्ने र कफि बनाउने तामिल एक हप्ता पछि बल्ल पालो आयो ।
क्यासिएरको पछाडि उभिएर कसरी गिलबार्को मिशिन चलाउने चलन हेर्ने ? अर्को हप्ता भरि पहिलेको मेशिन चलाउनको पछाडि बसेर चलाउन सिक्ने ।
बल्लबल्ल ३ महिना बेतलबी काम गरे पछि, एक दिन साहु आएर, “तु काम करेका न ?” कमाउनेले मुन्टो हल्लाएर गर्दहुँ भने पछि । भोलिपल्ट बिहान ३ तिन उठेर, चारवटा बस फेरेर काममा पुगेँ । बाटोमा हाप्सिलोहरुले मेरो अनुहार “ह्वाट अफ” भन्ने आवाजले सात्तो गयो ।
पहिलो दिनमै, गिल्बार्को मिशिनले नचिनेर हो वा आफुले चलाउन नजानेर हो ३५डलर नपुग देखियो, खल्तिबाट झिकेर सोधभर्ना गरें । कामउनेले फकाँउदा पनि मिशिन रिसाएको जस्तो भान भयो।
ग्यास रिलिज गर्न जानियो, मालबोरो चुरोटमात्रै उन्चासिल प्रकारका हुँदो रहेछन, त्यो पनि जानियो, बिस्तारै सबै काममा प्रबिणता गरेपछि, साहुले नाम कमाउने बहादुर भए पनि आफुूलाई कमाउन सहज हुने भएकोले दैनिक १८ घण्टा काम दिए, साहु खुसि कमाउने त झनै खुसि ।
एक हप्ता १ सय २६ घण्टा काम गरे पछि एक महिनामा ५ सय ४ घण्टा काम गरे सके पछि, महिनाको करिब चार पाँच हजर डलर कमाउने भयो । कमाउने बहादुर, घरमा महिनाको एक हजार डलर पठाउने गर्थ्यो । बाकि पैसा सिरानीमा राख्थ्यो । यसो नेपाली भेट्यो भने, “ म सफटवेर इन्जिनियर हुँ भन्थ्यो” कमाउने बहादुर, नेपालबाट कोहि पार्टीका मानिसहरु आई पुगे चार पाँच सय डलर खर्चेर लिमोजिनमा घुमाउन पठाउथे । दिनदिनै कमाउने पैसा पनि कमाइयो नाम पनि संगै कमायो ।
कमाउने बहादुरबाट कमरेड नाम थपियो र नामको पछाडि बिशेषण थपियो । तर सधै सुदिन मात्रै कहा आउँछन र ? एक दिन बिरामी नराम्रो संग भयो ।
नेपालमा छँदा बिरामी हुँदा बीर अस्पताल सम्म नपुग्ने । रातदिन, सित्तै पाएको कोकाकोला र आलुचिप खाएर छाक टार्न पल्लकेका कमाउनेलाई सित्तैमा सुक्र्याउन पाउने कोक र आलुचिपले एक दिन अस्पतालमा पुर्याए । चार दिन अस्पतालमा बस्दा झण्डै ३० हजार डलर स्वाहा भयो ।
साहुले काम त दिउँला तर पहिले जति समय नदिने भन्यो । तै पनि काममा गयो, पैसा बिस्तारै जम्मा भयो । यतिन्जेल पाँच बर्ष पनि लाग्यो । अमेरिकन हुँन पाउने मौकामा किन चौका नहान्ने भनेर अरुलाई फाराम भर्न लगाएर धेरै मेहनत पछि जाँच पास गरेर अमेरिकन राहदानी लिएको के मात्रै थियो ।
एक जना नेताकी बहिनी २५ बर्षकी मास्टर पढेकी विवाह योग्य छिन । तुरुन्त आउन प¥यो भनेर खबर आयो घरबाट । उसो भए म कमाउनेबाट कामरेड भै सकेको के कम ? फेसटाइम अन गरेर कुरा गरे सुकन्या संग “मसक्क मस्केर हजुर सारै ह्याण्डसम” आफू पैंतालिस काटेर छयालीसमा उक्लेको बेला ।
दुइ बिसे पाँच बर्षेकीलाई त तहलाउन सक्छु भन्ने आटले “तिमी पनि सारै राम्री रहेछौ नि सायरा बानु जस्ती”। राम्री पाए पछ्याउनेहरु मध्ये म पनि एक हुँ ।
पाँच बर्षपछि कमाउने नाम बाट कामरेड भएर विवाहको लागि फर्किने समयमा, सारा नातागोताहरुबाट तारन्तार फोन आउन थाले । बाबु र आमालाई आईफोन आठ ल्पस दुइ हजार, बहिनीहरुलाई आइफोन सात ल्पस एक ल्यापटप तिन हजार, माइज्यू र मामालाई आईफोन पाँच ल्पस, एक हजार, काका र काकीहरुलाई आइफोन छ ल्पस एक हजार । वेहूलीलाई गरगहना लुगाफाटा र आईफोन दश ल्पस गरि जम्मा २५ हजार डलरको सामानहरु खरिद गरेर नेपाल जान तयार भएर के बसेको मात्रै के थियो ।
अन्तरे मितको फोन आयो “ ए हजुर सवारी भएको बेला एक थान घडी र एउटा आइफोन भन्ने देख्न सम्म पाएको छैन, हजुर सवारी भएको बेला पाए हुन्थ्यो । कसरी नाइ भन्ने । बजार गएर खरिद गरि ल्याइयो ।
जेएफके बाट (जोन एफ केनेडि) एयरपोर्टबाट इमिरेट एयरको फ्लाइटबाट दुवै पुगियो, इन्टरनेशनल टर्मिनलबाट डोमेस्टिक टर्मिनलमा पुगेर १० कार्टुन चुरोट पाँच घैलो कालो लेबल स्कच खरिद गरियो् ।
बुधबार पुगियो शुक्रबार कमाउने र कामरेड जन्ती अन्मनाएर बालाजुको गोठारमा खाउन्नेको घर बाट बेहुली अन्माएर ल्यायो । जग्गेमा खोपै रमाइएकी दुलही जब जन्तीबाख्रो ख्याएर साँझ पर्न थाल्यो अनुहारमा एक किसिमले चमक हरायो । स्वागरातको दिन नछुने भो भनेर टारिन । कमाउनेको कामरेडहरुसंगको भेटघाटले र अमेरिकन दुतावासको श्रीमतीलाई ल्याउने भिसाको लफटाले दिन त्यसै गयो ।
त्यति राम्रोसंग सम्बन्ध कायम नगरि अमेरिका फर्के । हरेक हप्ता अनुहार किताबमा र अनुहारै देखिने गरि सम्बाद भै नै रहेको थियो । मिठो कुरा नगरेर खाली औपचारिक संवादलाई मलाई पटक्कै मन पर्दैन थियो र भन्छु भनेर नामर्दको ओखती हयुस्की भनेर पिएर फोनमा बस्यो कि उनि परै बस्थिन । साहित्यकार कलाकार अबलम्बन गरेको यो सिद्धान्तलाई पनि अपनाए तर कमाउने बहादुर असफल नै बने ।
आजको आर्थिक युगमा हेर्ने हो भने पनि कमाएको जति सबै सकियो । एउटै आशा बाँकि थियो, अब आफनी श्रीमती भिसा पाएर आँउछे दुवैजना मिले कमाउला भन्ने आशामा रमाएर बसेको बेला । नेपालबाट फोन आयो लौ दुलही नानीले भिसा पाइन कहिलेको टिकट मिलाएर पठाउ भनेर आमाले फोन गरिन । बैशाख महिनाको ४ गते अप्रिल महिनाको १९ तारिखको दिन उनि आइ पुगिन अमेरिका ।
मैले एयरपोटबाट ल्याएर हाम्रो कोठामा सामानहरु राखेर खाना पकाउने तरिका र चुलो कसरी चलाउने भनेर सिकाएँ । म संग अप्ठ्यारो मानि ओछ्यानमा पसिन, उनि त्यति खुसि नभएको अनुहारले प्रष्ट बताउथ्यो चौबिसै घण्टा मेसेन्जरमा कुरा गरेर बस्थिन ।
मैले नजिकैको सेभेनलेभेनमा काम लगाए दिएको थिए । काममा जान्थिन, तलब आफैसंग राख्थिन । यसरी तिन चार महिना गुजारा चल्यो । जब ग्रिनकार्ड आइपुग्यो उनि बौलाउन थालिन । म त अब तिमीसंग सुत्तिन, आजदेखि म साथीसंग बस्न जान्छु भन्छे ।
कमाउने बहादुरबाट कामरेड भएको मानिसले चिच्याएर बोल्न पनि नहुने भरबल अव्युज भन्ने । भएभरको बलनिकाले मुडकीले दिउँ भने पनि फिजिकल अब्युज ठान्ने
घोसे मुन्टो पारेर पुर्पुरोमा हात राखेर बसें । उनि अब आफनो मन परेको केटोलाई ल्याएर रामाएकी छिन । छोडपत्रको कागजपत्रमा सहिछाप गर्ने बेलामा उन्लाई मैले जीवन भरि मैले कमाएको आधा दिनु रे ।
जिन्दगीमा आफू समानकी संग नाताजोडेको भए यसरी तरुनीकी ज्वाई कुना बसि रोइ हुन्न थियो होला । बीर धव्जको साँइनोले केही सीप लागेन, छट्टु बेमानको अगाडि ।

मेरिल्याण्ड, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु