गीत

- विमल गिरी

सँधै आउछ तिम्रो छाया आँखा वरि परि
बिर्सौ भन्यो सम्झि रहन्छु दिनरात सँधै भरि

आखाँहरु रसाउछ मन उभिने ठाउ छैन
बोलाउभने नाउ छैन सपनीको गाउँ छैन
उघ्रे हुन्थ्यो नयाँ क्षितिज हेर्न हुन्थ्यो पारी
बिर्सौ भन्यो सम्झि रहन्छु दिनरात सँधै भरि

निरासाको झरीले भिजाइ रहन्छ छिनछिन
घरिघरि एक्लोपनले सताउछ मनमा किन
जीवन यो अन्धकारभो उजाडभो पातझरी
बिर्सौ भन्यो सम्झि रहन्छु दिनरात सँधै भरि ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 कार्तिक, 2077

लेखकका अन्य रचनाहरु