भाषिक दर्शन र भाषा उत्पतिको सिद्घान्त

- सन्तोषकुमार काफ्ले

सार संक्षेप
दर्शन एउटा विचार र चिन्तन हो । यसले जीवन र जगतका सन्दर्भमा विभिन्न धारणा तथा दृष्टिकोण अगाडि सारेको छ । यसै सन्दर्भमा भाषा के हो ? यसको समाजमा कस्तो भूमिका रहेको हुन्छ ? मानवीय व्यवहार सम्पादनमा यसको प्रभाव के हो ? यी र यस्ता प्रश्नको उत्तर खोजी र भाषका सन्दर्भमा व्याख्या विश्लेषण गर्ने कार्य भाषिक दर्शनमा रहेको हुन्छ । भाषाका सन्दर्भमा पूर्वीय र पाश्चात्य दर्शनमा फरक फरक धारणा रहेको पाइन्छ । पूर्वीय भाषिक दर्शन अध्यात्म वादी मान्यतासँग सम्बन्धित रहेको छ भने पाश्चात्य दर्शनले भौतिक वादी धारणा अगाडि सारेको छ । यी दुबै भाषिक दर्शनको सापेक्षमा पुस्तकालयीय विधिको प्रयोग गरी यो अध्ययन अनुसन्धान कार्यलाई निरन्तरता दिइएको छ । यसका साथै यसमा पत्रपत्रिकाका लेख रचना , विभिन्न पाठ्यपुस्तक र यससँग सम्बन्धित सन्दर्भ सामाग्रीलाई उपयोग गरिएको छ । यसमा प्रथमिक र द्वितीय स्रोतका समाग्रीहरु पनि प्रयोग भएका छन् । भाषा रदर्शनका सापेक्षतामा भाषिक दर्शन , मानव भाषा र अनय भाषा बीचमा पाइने समानता र असमानता र भाषाको विकास सम्बन्धमा यसमा स्पष्टता ल्याइएकाो पाइन्छ । पूर्वीय र पाश्चात्य दर्शनका जगमा विभिन्न विश्वदृष्टिबाट यसका सन्दर्भ खोतलिएको छ ।

मुख्य शब्दावली ः
दर्शन , भाषिक दर्शन , अध्यात्मिकतावाद ,

१. पृष्ठभूमि ः
मानव सभ्यताको विकाससँगै दर्शन र भाषाको विकास भएको छ । यी दुबैको विकासमा विविध किसिमका विचार धारणा अगाडि आएको देखिन्छ । यसले दुबैलाई अगाडि बढाउन सहयोग गरेको छ । वास्तवमा मानव चेतनशील प्राणी भएको हुँदा घरपरिवार तथा छिमेकमा व्यवहार सम्पादन गर्न तथा परस्परमा विचार आदान प्रदान गर्न भाषाको जरुरी हुन्छ । अत ः मानव मात्रको निजि सम्पत्तिका रुपमा भाषालाई लिएको पाइन्छ । उसले व्यापकरुपमा विचार आदानप्रदान गर्नु पर्ने अवश्यकता महशुस गरी विचारआदान प्रदानका विकल्प खोजी गर्न थालियो । यसैअनुसार शैक्षिक संस्थाहरुको महशुस गरेर औपचारिक रुपमा शिक्षा दिने पद्घतिको विकास भयो । भाषालाई लिपि चिन्हमा लिपिबद्घ गर्ने कार्य अगाडि बढ्यो ।
मानव सभ्यताको प्रारम्भसँगै व्यक्तिगत रुचि , चहाना कौतुहलता फरक फरक पाइन्छ । यसै विषय र सन्दर्भअनुसार दर्शन शास्त्रको प्रयोग व्यापकरुपमा गरिदै आएको पाइन्छ । भाषिक विचार तथा सिद्घान्तलाई व्यक्त गर्ने क्रममा भाषिक दर्शनको प्रयोग भएको पाइन्छ । पहिले भाषको अध्ययन पनि दर्शन शास्त्रमा नै गर्ने गरेको पाइन्थ्यो । परम्परागत व्याकरण पनि दर्शनकै प्रभावमा रहेको थियो । यस आधारमा के भन्न सकिन्छ भने भाषालाई दार्शनिक दृष्टिकोणबाट बुझ्नु , भाषिक भेद र यसको प्रयोग , भाषको व्याकरणिक व्यवस्था , यसको सामाजिक साँस्कृतिक सन्दर्भ लगायतका भाषिक कार्यलाई दार्शनिक ढंगले बुझी विश्वदृष्टिकोणको निर्माण गर्नुलाई भाषिक दर्शन हो । दर्शनको विभिन्न शाखासँग सम्बन्ध रहेको छ । धर्मर दर्शन , मनोविज्ञान र दर्शन , समाजशास्त्र र दर्शन ,साहित्य र दर्शन र कलाका साथै दर्शन जस्ता क्षेत्रसँग पनि रहेको हुन्छ ९तिवारी, १९८६० ।
२. समस्या कथन ः
भाषसँग सम्बन्धित विभिन्न विचार सार्वजनिक भईरहेको बेला यसमा दर्शनले पारेको प्रभावको अध्ययन महत्तवपूर्ण विषय बनेको छ । पूर्वीय दर्शन र पाश्चात्य दर्शनको सामिप्यमा भाषाले चरणगत रुपमा काल खण्डमा विभिन्न मोड र प्रवृतिलाई गुजार्ने क्रममा कस्ता चिन्तन तथा विचार बोकेर अगाडि बढेको छ भन्ने विषयलाई यसमा समोटिएको छ । भाषिक दर्शनका सन्दर्भमा विभिन्न समस्या पहिचान गरी समाधान गर्न खोज्नु नै यसको प्रयास हो । अत ः यस अध्ययन निम्ननानुसारका समस्यामा आधारित रहेको छ ः
क .भाषिक दर्शन भनेको के हो ?
ग.भाषा उत्पतिका सिद्घान्त के कस्ता छन् ?
३. उद्देश्य ः
यसमा दर्शन र भाषालाई विभिन्न कोणबाट हेरिएको छ । भाष त्यस्तो साधन हो , जसको माध्यम्बाट सोच्न र आफ्ना विचार व्यक्त गरिएको हुन्छ । तर भाषा विज्ञानमा जुन भाषाको अध्ययन गन्छि त्यो यति धेरै ब्यापक रहेको छैन । यसमा त बोल्न रसुन्न सकिने मानिसको भाषाको अध्ययन हुन्छ ९सिह, १९६३० । यी र यस्तै भाषिक दर्शनसँग सम्बन्धित विषयको अध्ययन नै यस अध्ययनको विषय रहेको छ । यस अध्ययनलाई निम्नानुसारका उद्देश्य प्राप्तिमा केन्द्रित गरिएको छ ः
क.भाषिक दर्शनलाई परिभाषित गर्दै भाषा उत्पत्तिका प्रचलित सिद्घान्त केलाउनु ।
४. अध्ययन विधि ः
यस अध्ययनमा द्वितीय र प्राथमिक स्रोतका सामग्रीलाई प्रयोग गरिएको छ । यो अध्ययन पुस्तकालयीय अध्ययनसँग सम्बन्धित रहेको छ । यसमा विभिन्न लेख , रचनाका साथै विज्ञका रचनात्मक सुझाब तथा धारणालाई पनि प्रयोग गरिएको छ । यो नितान्त खोजमूलक तथा अनुसन्धानमूलक लेख रचना हो । यसर्थ यसलाई तयार पार्न पत्रपत्रिका , पुस्तकहरुलाई उपयोगी बनाइएको छ ।
५. व्याख्या र विश्लेषण
५.१ भाषिक दर्शन
क .दर्शन ः
शाब्दिक रुपमा ‘फिलोसफी’ शब्द ‘फिलोस ’ भनेको प्रेम र ‘ सोफिया ’ भनेको ज्ञानबाट मिलेर बनेको शब्द हो । यस आधारमा भन्नुपर्दा ज्ञानप्रतिको प्रेम नै दर्शन हो । दर्शनले जीवन र ब्रहमाण्डको अध्ययन गर्दछ । मानवीय अस्तित्वका बारेमा विचारको अभिव्यक्ति एवम् तर्कपूर्ण विचार गर्ने प्रवृतिको विकास गर्दछ । मानवीय जीवनलाई सम्पूर्णतामा अध्ययन गर्दछ , आंशिकरुपमा होइन ९कोइराला, २०६८०। यी विभिन्न विचारलाई हेर्दै ल्याउदा दर्शनको उत्पति मानव मस्तिकमा उत्पत्ति हुने जिज्ञासा , आश्चर्य ,सन्देह, दुख व्यग्रता उदासिनता जस्ता विभिन्न कारणबाट भएको हो ।
दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुमा ‘अन’ प्रत्यय लागेर बनेको हो , जसको अर्थ कुनै निश्चित विचार वा दृष्टिकोणका आधारमा ब्रहमाण्डलाई हेर्नु हुन्छ । अत कुनै पनि कुराका सम्बन्धमा मानवीय दृष्टिकोण वा यर्थाथ के हो भनेर हेर्ने वा चिन्ने कार्य नै दर्शन हो ९कुबेरनाथ, २०५९० । त्यसैले दर्शनशास्त्रसामाजिक चेतनाको त्यस्तो विशिष्ट रुप हो जसको सम्बन्ध संसारका सम्पूर्ण पक्षहरुसँग समान रुपमा रहेको हुन्छ । दार्शनिक ज्ञानको मु्ख्य उद्देश्य सामान्यीकरण हो । विश्वव्यापकता , चेतना दर्शनका धारणाहरु हुन् ९शर्मा, २०६२० । अत ः जीवन जगतका यावत् जिज्ञासाको खोजीमा दर्शन तल्लीन रहेको हुन्छ । दर्शनको तत्वमिमांसा , ज्ञानमिमांसा र मूल्यमिमांसा गरी मूख्यत तीन भाग रहेका छन् ः ज्ञानमिमांस, तत्वमिमांस र मूल्यमिमांसा ।
यी मुख्य तीन पक्षमा रहेर भाषाका विविध पक्षमा अध्ययन अनुसन्धान भएको पाइन्छ । भाषिक सिद्घान्त प्रतिपादन गर्न , भाषिक खोज कार्य पूरा गर्न र जिज्ञासा सामाधान गर्न दर्शनको उपयोग हुन्छ । वास्तवमै भाषाको सम्बन्धी मानिसको विश्वदृष्टिकोणका रुपमा रहेर अर्थ खोजिएको छ ।
ख. भाषा ः
भाषा शब्द संस्कृत शब्द ‘भाष’् धातुबाट निष्पन्न भएको हो । यसले शब्दबाट केही कुरा ‘भन्नु’ भन्ने अर्थलाई संकेत गरेको हुन्छ । अंग्रेजीमा भाषा शब्दलाई ल्याङग्वेज भनिन्छ । यो फ्रेन्च भाषको ल्याङगुजबाट आएको हो । यसलाई मान्छेको बोली वा उच्चारणका रुपमा लिइन्छ ९अधिकारी, २०६५० । अत ः मानवीय उच्चारण अवयवबाट उच्चरित सार्थक ध्वनि समूहलाई भाषा मानिन्छ । मानवीय भावना , विचार व्यक्त गर्ने प्रभावकारी माध्यम् भाषा हो । यसरी विचार व्यक्त गर्ने क्रममा पारिभाष्कि ध्वनिहरुको उपयोग गरिएको हुन्छ । भाषा मानवीय सम्पति हो । यो मानवीय विचार विनिमयको सबैभन्दा बलियो र भरपर्दो माध्यम हो । यसैका आधारमा विचार सम्प्रेषण हुने गर्दछ । यही विचार आदानप्रदानको सर्वाधिक सरल र सुगम प्रक्रिया भाषा हो ९शर्मा र पौडेल, २०६८ः१ ० ।
ग. भाषा र दर्शन ः
यहाँ भाषा र दर्शन बीचको सम्बन्धलाई हर्नु सान्दर्भिक देखिन्छ । यसले भाषिक दर्शन के हो त ? भनी बुझ्न सजिलो पार्दछ । भाषा विचार विनिमयको माध्यम् हो भने दर्शनले भाषाका सम्बन्धमा उत्पन्न जिज्ञासा खोजी गर्ने चिन्तन गर्ने गर्दछ । सामान्य भाषा र दर्शनका बीचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ । भाषबिज्ञानसँग भने दर्शनको सम्बन्ध प्रत्यक्ष कोटीको रहेको हँुदैन । किनभने दर्शनले सामान्य मानवीय भाषका निम्नलिखितका पक्षमा विचार गरेको पाइन्छ ९सिह, १९६३० ः
भाषाको सत्य के हो ? भाषाको प्रकृति कस्तो हुन्छ ? भाषाको धर्म के हो ? भाषा कसरी अस्तित्वमा आयो ?नाम, सर्वनाम ,कारक के हो ? यसको सम्बन्ध कुन रुपमा रहेको छ ?यी विषयमा खोजी गरी विचार राख्ने कार्य दर्शनले गरेको हुन्छ । अत ः दर्शनले सामान्य मानवीय भाषाको सूक्ष्म तत्वको विचार तथा चिन्तन गर्दछ । यसका साथै यस सम्बन्धमा सूक्ष्म नियमको निर्धारण दार्शनिकहरु गर्दछन् । दार्शनिक वा भाषाशास्त्री दुबैले शब्द,पद,रुप,अर्थ,उद्देश्य,विधेय,वाक्य, कर्ममा विचार व्यक्त गर्दछन् । जहाँ भाषशस्त्रीको विवेचना स्थूल हुन्छ , त्यहाँ दार्शनिकको विवेचना सूक्ष्म हुन्छ ९सिह, १९६३० । हाम्रो सभ्यता र सँस्कृतिका भनाइ दार्शनिकले अविष्कार गरेका हुन् । वेद, उपनिषद् , भाषको ब्याख्या सबै दार्शकि प्रकृतिका हुन्छन् । यस सम्बन्धमा व्यक्त भएका केही दार्शनिक तथा भाषाशास्त्रीका विचारलाई अध्ययन गर्दा अझ स्पष्ट हुन्छ ः
माथिको परिभाषालाई हेर्दा दर्शन र शिक्षाका सन्दर्भमा निष्कर्ष स्वरुप देहायका विषयलाई लिन सकिन्छ ः
प्लेटोका अनुसार “ विचार र भाषामा थोरै अन्तर हुन्छ । विचार आत्माको मूक वा अध्वनात्मक विचार हो । जब त्यो नै ध्वनात्मक भएर ओठबाट प्रकट हुन्छ ,त्यसलाई भाषा भनिन्छ ।”
स्वीटका अनुसार “ध्वनात्मक शब्दद्वारा विचारको प्रकट गर्नु भाष हो ।”
यन्द्रिएका अनुसार “भाषा एक तरहको संकेत हो , जसद्वारा मानिस आफ्ना विचार अरु समक्ष प्रकट गर्दछ । यो प्रतीक नेत्रग्राह्य,कर्णग्राह्य र स्पर्शग्राह्य हुन्छ । यसमध्ये भाषामा कर्णग्राह्य प्रतीक सर्वश्रेष्ठ हुन्छ । ”
अत ः दर्शनबाट प्रतिपादित विचार प्रकट गर्न पनि भाषाको जरुरी पर्दछ । भाषा मानव उच्चारण अवयवबाट उच्चरित हुनुका साथै कर्णग्राह्य हुन्छ र यसका माध्यमबाट विचार विनिमय हुने गर्दछ । यसरी हेर्दा भाषिक दर्शन भनेको भाषाका सम्बन्धमा भएका चिन्तन ,विचार, जिज्ञासा हो । भाषा कसरी प्रयोग तथा अस्तित्वमा आयो , यसलाई कालक्रमिक ढंगले कसरी विकास गर्ने र विकास हुँदै गएको छ भनी खोजी गर्ने र भाषाका सम्बन्धमा विचार तथा सिद्वान्त प्रतिपादन गर्ने कार्य भाषिक दर्शनको हो । ध्वनिविज्ञान ,रुपविज्ञान , वाक्यविज्ञानका लगायतका भाषविज्ञानका शाखामा व्यक्त भएका विचार र धारणा निर्माण गर्न दशृनले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यी सबै भाषिक दर्शन हुन् । भाषा सम्वन्धी निति,नियम,सिद्घान्त,शास्त्रलाई पनि भाषिक दर्शन मान्ने गरिन्छ । जीवन र जगतलाई गहिरोसँग नियाल्न,गहिरोसँग बुझ्न,अवलोकन गर्न भाषिक दर्शनको आवश्यकता पर्दछ । दर्शनशात्रले भाषाको सहयोग लिएर सत्य तथ्य कुराहरुलाई बाहिर निकाल्ने गर्दछ । दर्शन र भाषा बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । दुबैमा एकअर्कोको सहायताबिना अर्थ रहदैन । यसर्थ भाषिक दर्शन भनेको भाषाको प्रकृति , उत्पति र प्रयोगमा तर्कयुक्त विचार हो । भाषा र यसको वास्तविकतासँग सम्बधित रहेर भाषिक दर्शन अगाडि बढेको हुन्छ ।
५.२ भाषा र आध्यात्मिक दर्शन
पूर्वमा दर्शनको सुरुवात जिज्ञासा र भौतिकवादको निरशा र पश्चिममा ज्ञान प्राप्तिको प्रेम ज्ञानको अन्वेषणका लागि भएको पाइन्छ । अध्यात्मिक दर्शन भनेकै पूर्वीय दर्शन हो । यसमा वेदको विशिष्ट स्थान छ । वेदमा भाषाको व्यापकता स्वीकार गर्दै जहाँ मानिस हुन्छन् त्यहाँ भाषा हुन्छ भनिएको छ । वेदलाई प्रमाण मान्ने र इश्वरको अस्तित्व स्वीकार्ने र परलोकप्रति आस्था राख्ने र नराख्ने आधारमा आस्तिक र नासतिक दर्शनमा विभाजन गरिएको छ । भाषाका माध्यमबाट जीवन के हो ? जीवनको उद्देश्य के हो ? यस संसारको प्रकृति के हो ? हामी किन दुःखी छौ ? दुःखबाट कसरी छुटकारा मिल्छ ? समाजमा कसरी रहने ? आदर ÷ अनादर के हो ? मृत्यु के हो ? पुनर्जन्म के हो ?आदिका बारेको जिज्ञासा र समाधानको प्रयास नै अध्यात्मिक दर्शन हो । यसरी आध्यात्मिक दर्शनको विकाससँगै भाषा र भाषिक दर्शनको विकास भएको छ ।
५.३.भाषा र मन ः
मन एक संकल्प विकलप गर्ने अन्त ः करण हो । मनले इन्द्रीयले ग्रहण गरेका सूचनामध्ये एक समयमा एक दृश्य र सूचनामा ध्यान तान्ने काम गर्दछ । मस्तिष्कमा संगृहित तथा आवत जावत गरिएका सूचनामध्ये खास खास सूचनामा फेर बदल गरी गरी आकर्षित गर्ने गर्छ । यो मन दृश्य परिवर्तक हो । संकल्प भनेको खास विषयवस्तुमा एकाग्र वा केन्द्रित हुनु हो भने विकल्प भनेको अनेकौँ सम्भावनाहरु पस्कनु हो र मन भनेको यस्ता कार्य गर्दा परिणति आउँछ भनेर तालिम प्राप्त हुनु हो ९ढकाल, २०७६० । मन शरीरको अदृश्य भाग हो । यसबाट विचारको उत्पति हुन्छ । यो मस्तिष्कको कार्य शक्तिको द्योतक हो । यो कार्य शक्ति धेरै किसिमको हुन्छ जस्तै चिन्तन शक्ति ,स्मरण शक्ति , निर्णय शक्ति , वुद्घि , भाव , इन्द्रिय गा्रह्यता , एकाग्रता ,व्यवहार, अन्र्तदृष्टि भन्ने वुझिन्छ । प्राणीको सुख दुःख , इच्छा , द्वेष , विचार , विमर्ष , संकल्प , विकल्प आदिको मूल स्थान, इन्द्रियहरुबाट उत्पन्न हुने शक्तिलाई मनका रुपमा लिन सकिन्छ । मन वेलगाम घोडा जस्तै छ जसलाई वुद्घिले लगाम लगाउन सकिन्छ । भाषा र मनको घनिष्ट सम्वन्ध रहेको हुन्छ । यसको अध्ययन मनोभाषा विज्ञानमा गरिन्छ । व्यक्तिले एक पछि अको भाषा सिक्दै जान्छ र बहुभाषाको ज्ञान प्राप्त गर्दछ । व्यक्तिले भाषा वोल्दा उसको मन सक्रिय रहन्छ । भाषा व्यक्तिको स्मरणशक्तिसँग पनि सम्बन्धित हुन्छ । कुनै कारणले मस्तिष्कमा आघात हँुदा त्यसले उसको वोलीलाई पनि असर गर्दछ ।
५.४.सत्य र अर्थ
सत्य शव्दको अर्थ सर्वव्यापकता , एकता , एकरुपता भन्ने वुझिन्छ । सत्य के हो ? सत्य केलाई मान्ने भन्ने कुरामा द्विविधा पाइन्छ । सत्यको वकालत गर्ने विज्ञानले आज पत्ता लागेको कुरालाई उसले ज्ञान भन्छ भने हिजो भनेको कुरालाई उसले अज्ञान भन्दछ । कहिले त्यही कुरा सत्य हो कहिले त्यो सत्य होइन । यो नयाँ ज्ञान चाहीं सत्य हो भन्ने कुराले विज्ञान पनि अलमलमा परेको देखिन्छ । त्यसैले सत्य भूगोल ,परिवेश , स्थान र समयका आधारमा फरक फरक हुन्छ । धर्मअनुसार ब्रह्म सत्य हुन्छ । बाँकी व्यक्ति विशेषका सत्य हुन् । उदाहरणको रुपमा नेपालमा अँध्यारो हुँदैछ । यो सत्य हो यही समयमा अमेरिकामा उज्यालो हुदैछ यो पनि सत्य नै हौ तसर्थ सत्य स्थान र परिस्थिति अनुसार बदलिन्छ । अर्थको प्रकृति भाषाका अन्य पक्षको भन्दा फरक छ । भाषाको उच्चारित ध्वनि र तिनबाट बनेका पद ,पदावली ,उपवाक्य र वाक्यहरु वढी ठोस छ । तर अर्थ त्यस्तो छैन । यो अमुर्त छ । यो समय , स्थान , वक्ता र स्रोताअनुसार फरक फरक हुन्छ । “घाम डुब्यो” भन्दा यसलाई युगल जोडी प्रेमालाप गर्ने बेला भएको बुझ्नु , गोठाला गाईवस्तु फर्काउने बेला भएको बुझ्नु र विद्यार्थीले घर फर्कने बेला भएको बुझ्नु फरक अर्थ हो । यसर्थ सत्य लर अर्थ फरक फरक सन्दर्भअनुसार निर्माण हुदै जन्छ ।
५.५.भाषा र तर्क
तर्क र भाषा विज्ञानका बीचमा सिधा सम्बन्ध रहेको छैन । तर भाषविज्ञानमा गरिने अधिकांश व्याख्यात्मक प्रणालीभित्र तर्क स्थान महत्वपूर्ण रहेको हुन्छ । भाषमा वाकय तत्वको सम्बन्ध तर्कशास्त्रसँग रहेको हुनछ । वाक्य तकसंगत भएन भने अभिष्ट अर्थ प्रदान गर्न सकिदैन ९सिह, १९६३० । विश्वलाई समग्रतामा बुभ्m्न मद्दत गर्ने प्रकृया तर्कशास्त्र भएको हुदाँ यो दर्शनको शाखा हो । कुनै पनि दार्शनिक विचारलाई मूल्य प्रदान गर्न तर्क महत्वपूर्ण हुन्छ । भाषा र तर्कको सम्वन्ध नङ र मासुको जस्तो हुन्छ । सत्यको खोजका लागि गरिने अनुमान, जिज्ञासा र परिक्षणमूलक चिन्तन तर्क हो । तर्कले वस्तुगत जगतको सही ज्ञान हासिल गर्ने विधिका माध्यमबाट चिन्तनको विविधता र नियमको अध्ययन गर्दछ ।
५.७. भाषाको उत्पत्ति सम्बन्धी सिद्घान्त
सृष्टिको आदिकालमा पृथ्वीमा मनुष्यले कुन रुपमा बोलीको आरम्भ गयो । यो नै भाषविज्ञानको विचारणीय एवम् विवादास्पद विषय बनेको छ । भाषको उत्पति कसरी भयो भन्ने सन्दर्भमा कसैले यसलाई मानव विज्ञानको क्षेत्र मानेका छन् भने कसैले प्रचीन इतिहासको क्षेत्रभित्र राख्दछन् । यसरी हेर्दा भाषको उत्पति कसरी भयो भन्ने सन्दर्भमा दुईओटा मान्यता विकसित भएको पाइन्छ । अमूक रुपमा भाषको विकास भएको भन्ने मान्यता प्रत्यक्षवादी मान्यता हो भने वर्तमान कालीन स्वरुपबाट विगततर्फ भाषाको बुनोट र बनोटको खोज ीगर्ने मान्यता अप्रत्यक्षवादी मान्यताका रुपमा रहेको छ ९तिवारी, १९८६० । सन् १९६६ मा पेरिसमा स्थापना भएको भाषा विज्ञानको एक समितिले भाषाको उत्पतिका सम्वन्धमा प्रश्न उठाउन नपाइने निर्णय गरेको थियो । यसलाई समाज ,मानव उत्पति, विज्ञान, इतिहास, मनोविज्ञान आदिसँग जोडेर हेर्ने गरेको पाइन्थ्यो । हालमा यसको अध्ययन भाषविज्ञानभित्रै रहेर गरेको पाइन्छ । भाषाको उत्पति सम्वन्धी सिद्घान्तलाई निम्नानुसार प्रस्तुत गरिएको छ ९तिवारी, १९८६० ः
क. प्रत्यक्षवादी मान्यता
ख. अप्रत्यक्ष वा परोक्षवादी मान्यता
५.७.१ं.प्रत्यक्षवादी मान्यता ः
यो सबैभन्दा प्राचीनतम विचार हो । यो विचार यूनानीद्वारा व्यक्त भएको हो । यसै अनुरुप भारत , मिश्र, आर्य तथा अन्य देशको धार्मिक तथा भाषा शास्त्री विषयक पुस्तकमा भाषा उत्पतिका सम्बन्धमा केहीन केही विचार राखेको पाइन्ँछ ः
क) दैविकवादी सिद्घान्त ः
यो भाषा भगवानले बनाएका हुन् भन्ने मान्यता हो । यो नै भाषाको उत्पति सम्वन्धी प्राचिन मत हो । यसले सृष्टिको समग्र निर्माणकर्ता देवता ठान्दछ । यसले भाषा शिवको डमरुबाट निस्केको हो भन्ने मान्यतामा विश्वास राख्दछ ९तिवारी, १९८६० । मनुको अनुसार व्रह्मद्वारा वाक् सिर्जना भएको हो भन्ने रहेको छ । दण्डी , व्यास , भर्तुहरि अदिले देवीको वाणीका रुपमा भाषालाई लिएका छन् । पाश्चात्य जगतमा पनि भाषालाई दैविक उत्पति मान्दै परआत्माको साक्षात उपहार मानेका छन् । यस सन्दर्भमा होमर , अरस्तु र लिवनिज आदि छन् । हिन्दू संस्कृति , इसाइ हिबु्रको , मुसलमान अरबी भाषा मात्र मूल भाषा हो भन्ने तर्क राख्दछन् ९सिह, १९६३० । सर्व धर्मगुरुहरुले आफ्नो धर्मको सापेक्षतामा भाषाको व्याख्या गरेका छन् । उनीहरु अन्य भाषा कालान्तरमा यसै भाषाबाट विकास भएको हो भन्ने मान्यता राख्दछन् । यसर्थ भाषाको उत्पति सम्वन्धी यस मतलाई प्रामाणिक र तर्कसङ्गत मान्न सकिदैन् । यस सम्बन्धमा विभिन्न तर्क राखेको पाइन्छ । यदि भाषा इश्वरले बनाएका हुन् भने सबै भाषमा एकरुपता हुनु पर्ने हो । इतिहासमै फरक फरक भाषा किन प्राप्त हुन्छन् । यो तर्कले यो मान्यताको खण्डन गरेको छ ।
ख) विकासवादी सिद्घान्त ः
यो मान्यता डार्विनको हो । यस सिद्घान्त अनुसार भाषको विस्तार विस्तारै विस्तारै भएको हो । यस मान्यतामा मान्छे आङ्गिक गतिविधिबाट विस्तारै वाचिक गतिविधितिर प्रवेश गरेको विश्वास गरिन्छ । मानव वैयक्तिक तथा सामाजिक रुपमा आफ्नो आवश्यकतानुसार भोजन , वस्त्र , घर , निर्माण , पेशा , धर्म आदिमा उन्नति गर्दै गयो । आदिम समयमा मानिस वनमानिसझैँ गाउने र सुर निकाल्थ्यो । पछि गएर पूर्वज वनमानुषको अपूर्ण बोल िक्रमश विकसित हुँदै आधुनिक भाष बन्यो ९सिह, १९६३० । तर यसले भाषको उत्पतिमा ध्वनि र अर्थका सम्बन्धमा कुनै व्याख्या गरेको भने पाइदैन ।
ग) धातुवादी सिद्घान्त÷डिङ डोङ सिद्घान्त ः
यसको संकेत प्लेटोले गरेका हुन् । भारतमा यास्क तथा पाणिनी र यूरोपमा आडम सिमथ तथा प्रो. हेज इसके यसको महान् समर्थक हुन् । वैदिक भाषा धातुमा अधारित हुन्छ भन्ने मान्यता यसको हो । संसारका मान्छे जुन वस्ुतुको जस्तो आवाज सुन्दछ सोही अनुरुपको ध्वनि निकाल्दछ । एउटा डंडालाई काठ , फलाम , सुन र कपडामा पिट्दा अलग अलग ध्वनि सुन्न पाइन्छ ।यसै प्रकार मानवसँग पनि एउटा जन्मजात शक्ति थियो जब ऊ कुनै वस्तुको सम्पर्कमा आउथ्यो , उसको मुखबाट एउटा ध्वनि निस्कन्थ्यो । यस प्रकार विभिन्न वस्तुको ध्वनात्मक अभिव्यक्ति धातु हो । आरम्भमा यसको संख्या धेरे बन्यो तर पछि वस्तुका विशेषता र योग्यताका आधारमा गुप्त हुँदै गयो र ४०० , ५०० धातु मात्र बाँकी रहे । यसैबाट भाषा बन्यो । प्रचीन मानवसँग मात्र यो शक्ति थियो तर अहिलेको मानिससँग छैन ९तिवारी, १९८६० । यसमा के तर्क छ भने धातुको विकास धेरै पछि भएको र सवै शव्द धातुमा आधारित नभएकोले यस सिद्घान्तलाई पनि त्यति महत्वपूर्ण मानिदैन ।
घ) सङ्केतवादी÷निर्णयवादी÷स्वीकारवादी सिद्घान्त ः
उषाकालमा संकेतवाट व्यवहार नचल्ने भएपछि प्रतीक , ध्वनि संकेत र सांकेतिक नाम वा शब्द पनश्तिच गरेर स्वीकार गरे । यसमा व्यक्तिले वस्तुलाई जनाउन विभिन्न ध्वनि ,सङ्केत र साङ्केतिक नाम चयन गरेबाट भाषाको उत्पति भएको विश्वास गरेको पाइन्छ । यसरी कुनै भाषा नै थिएन भने मानिसले कसरी भाषाका सम्बन्धमा निर्णय लिन पुगे । शब्द कसरी तयार भयो ? निणयार्थ विचार विनिमयका लागि प्रयुक्त भाषामा प्रश्न चिन्ह खडा भयो ९तिवारी, १९८६० ।
ङ) अनुकरणवादी सिद्घान्त ः
यसले भाषाको उत्पति अनुकरणमा आधारित हुन्छ भन्ने मान्यता राख्दछ । विचार विनिमयका लागि प्रयुक्त भाषामा प्रश्न चिन्ह खडा भयो । मनुष्यले आफ्ना आसपासको जीव र वस्तुको आवाजको अनुकरणबाट प्रारम्भमा शब्दको निर्माण गरी भाषाको उत्पति भएको हो ९तिवारी, १९८६० । यस अन्तर्गत ध्वन्यात्मक अनुकरण , अनुसरण र दृश्यानुकरण पर्दछ । जीवजन्तुको आवाजको अनुकरणलाई ध्वन्यात्मक अनुकरण , प्राणी बाहेकको आवाजलाई अनुसरण र दृश्यको अनुकरणलाई दृश्यानुकरण भनिएको छ । अनुकरणात्मक शव्द रहेका भाषाका यो मान्यता उपयुक्त छ ।
च) गतिवादी सिद्घान्त ÷ टाटावादी सिद्घान्त ः
आदिम कालको मानिस कुनै काम गर्दा उच्चारण अवयवद्वारा क्रियाशील अङ्गका गतिको ध्वन्यात्मक अनुकरण गर्थे । यस क्रममा काम गर्ने अंगको गतिअनुसार उच्चारण अवयवबाट ध्वनि र शब्द उच्चारण भयो । यस्तै ध्वनिबाट पछि शव्दहरु बने र तिनै शव्दहरुको सहयोगले भाषाको विकास भएको यस सिद्घान्तको मान्यता रहेको छ ।
छ) सङ्गीतवदादी सिद्घान्त ÷ प्रेमवादी सिद्घान्त ः
डार्विन , स्पेन्सर , येस्पर्सन आदिका अनुसार सङ्गीतबाट भाषाको उत्पति भएको मानिन्छ । इमका अनुसार गानामा अर्थविहिन अक्षर बने र विशेष स्थितिमा प्रयोग हुँदै जाँदा अक्षर अर्थका सम्बन्धमा रहन पुगे । प्रेम र गुनगुनाहट आनन्दबाट भाषा बन्यो । यसैगरी आदिम मानवको भावुकता खेल्दा , नाँच्दा , रमाउँदा प्रकट हुने ध्वनिको गुनगुनावटबाट भाषाको विकास भएको मानिन्छ ।
ज) श्रमवादी सिद्घान्त ÷ हे हो सिद्घान्त ः
न्वारेका अनुसार एकथरी चिन्तकहरु श्रम गर्दा निस्कने ध्वनिबाट भाषाको विकास भएको बताउछन् । उनका अनुसार परिश्रम गर्ने समय सास बाहिर वा भित्र गर्दा स्वरतन्त्रमा कम्पन भई यसैअनुसार ध्जनि उच्चरित भयो । मल्लाह थकानका बेला( यो , हे , हो ) गर्छन् त्यसैगरी सडक मजदुर ( हे या ) गर्छन् । यसै सिद्घान्त अनुसार क्रियाको साथ स्वभाव मिल्ने ध्वनि त्यसको बोधक बन्दछ ९तिवारी, १९८६० । यसबाट केही शव्दहरु उत्पति हुनसके पनि भाषाको उत्पति भएको कुरा विश्वासिलो छैन ।
झ) आवेगवादी सिद्घान्त ः
आरम्भमा मानिस अन्य प्राणीझै भावप्रधान थियो । यसबेला विचारप्रधान प्राणी मानिदैनथ्यो । मानिसका मनमा सुख दुःखका बेला अनेक भावहरु उदाउछन् । जव ती भावहरु तिव्र आवेगमा हुन्छन् तब मुखबाट अनौठा ध्वनिहरु प्रकट हुन्छन् । यसैले प्रशन्नतामा आँहा , घृणामा छि जस्ता शब्द बन्दै गए ा तिनै शव्दहरुले कालान्तरमा भाषाको रुप लियो भन्ने मान्यता रहेको छ । संसारमा एकै प्रकारका दुख र सुखका भाव बुझाउने शब्द छैनन् त्यसैले यो मान्यता स्पष्ट छैन ।
ञ) सम्पर्कवादी सिद्घान्त ः
मनोविज्ञानका ज्ञाता जि रेवेजका अनुसार मानिसलाई जति जति सम्पर्कको आवश्यकता पर्दै गयो त्यति नै सम्पर्क माध्यम् ध्वनिको विकास गर्दै गयो । समाजमा सम्पर्क गर्न विभिन्न ध्वनि निकाल्यो र त्यही कार्यबाट भाषको उत्पति भएको भन्ने यस सिद्घान्तको मान्यता रहेको छ । सम्पर्क प्रारम्भ भाषाको स्तरबाट भएको र पछि विचारको स्तरतर्फ उन्मुख भएको हो ।
ट) समाजशास्त्रीयतावादी सिद्घान्त ः
भाषा समाजबाट उत्पति भएको भन्ने मान्यता हो । यसमा सामाजिक संरचना , वर्ग सङ्घर्ष, सञ्चार आदि कार्यका लागि भाषाको उत्पति भएको बताइएको छ ।
ठ) प्रकृतिवादी सिद्घान्त ः
ःयसका समर्थक हर्डर हुन् । यसका सर्जक आचार्य सिताराम चर्तुवेदीलाई मानिन्छ । मनुष्यउले जानी बुझी सम्झौताबाट भाषा बनाएका होइनन् । आवश्यकता परेअनुसार मनुक्ष्यले प्रकृतिबाट आफै उत्पति गरेको हो ९सिह, १९६३० । जसरी समय पुगेपछि बच्चा जन्मन्छ त्यसरी नै भाषाको विकास हुन्छ भन्ने मान्यता यसको हो ।
५.७.२.. अप्रत्यक्ष वा परोक्षवादी मान्यता ः
भाषका उत्पतिका प्रश्नहरु हालसम्म आइपुग्दा समाधान भएको छैन । यस आधारमा भन्नु पर्दा भाषाको सम्बन्धी खोज हालसम्म जारी छ । यसमा प्रत्यक्ष रुपमा भाषाको प्राचीनख स्रुप पत्ता लगाउने प्रयास गरेको पाइन्छ ।
क. बच्चाका भाषाको सिद्घान्त ः
ःयस मान्यता अनुसार व्यक्तिगत विकासको अध्ययनले सामूहिक रुपमा भाषाको विकास बारे अध्ययन गर्न सकिने बताउँछ । जसरी बालक भाषा सिक्दछ त्यसैगरी मानवले पनि भाषाको सिकाइ गरेको छ । भाषा सिकाइका क्रममा बच्चा आरम्भमा निरर्थक ध्वनि उच्चारण गर्छ । यो नै सार्थक ध्वनितर्फ अगाडि बढ्छ । भाषा सिकाइको क्रममा अनुकरण पनि गर्छ भन्ने मान्यता यसको हो ९तिवारी, १९८६० । तर यो मान्यता मान्यता सार्थक छैन भन्दै खण्ड भएको छ । बच्चाले भाषा सिकेको हो उसले भाषाको उत्पादन गरेको होइन भनी विचार प्रस्तुत भएको पाइन्छ ।
ख.असभ्य जाकिो भाषाको सिद्घान्त ः
ः सभ्य जातिको तुलनामा असभ्य मानिसको भाषाबाट प्राचीन रुप पत्ता लगाउन सकिन्छ । भाषको अध्ययनका क्रममा पुराना पिढिलाई उपयोगी बनाउनु पर्दछ ।
ग. आधुनिक भाषाको इतिहाँसको सिद्घान्त ः
यसमा वर्तमानमा प्राप्त भाषालाई लिई अध्ययन गनुपर्ने हुन्छ । त्यहाँसम्म भाषाको अध्ययन हुन्छ जहाँसम्म उक्त भाषाको सामाग्री प्राप्त हुन्छ । यसैका आधारमा सिद्घान्त तयार पारिन्छ । यसैका आधारमा आरम्भदेखि वर्तमानसम्मका भाषाकोस्वरुपको अध्ययन हुन्छ । यो अनुमानमा आधारित हुँदैन । यो निश्चित दिशामा आधारित रहेको हुन्छ ९तिवारी, १९८६० । यसैगरी भाषाको उत्पतिगत स्वरुप वहिचान गरिन्छ ।
यसरी दुबै मान्यताले भाषाको विकास कसरी भएको छ ? कसरी भाषा अस्तित्वमा आएको हो भनी चर्चा गरेको पाइन्छ । एउटा मात्र मान्यता सर्व मान्य छैन । सबै मान्यताको आधारभूत पक्षहरुका आधारमा नै भाषाको विकास भएको र भाषा अस्तित्वमा आएको हो ।
५.८ . निष्कर्ष ः
विचार सम्प्रेषणको प्रभावकारी माध्यम् भाषा मानवको सम्पति हो । यसैको सापेक्षतामा मानवले अन्य प्राणीको तुलनामा आफूलाई सभ्य र विकासको गतिमा उभ्याएको हो । सामाजिक धर्म , सस्कृतिको संवाह र परिवर्तनशीलताले भाषाको अस्तित्व हराउँदैन । मानव भाषा र मानवेतर भाषाका बीचमा अन्तर भएकै कारण पशुपंक्षीले सभ्यताको विकास गर्न सकेका छैनन् । यसरी भाषाका सन्दर्भमा हुने र भएका विचार चिन्तन , भाषाको प्रकृति , उत्पति , प्रयोग र अन्य ज्ञानका शाखासँगको सम्बन्ध सम्बन्धी विश्वदृष्टिकोण नै भाषिक दर्शन हो । यसले भाषालाई ज्ञान विज्ञानका क्षेत्रमा निर्देशित गरिरहेको हुन्छ । पूर्वीय वैदिक युग र पश्चिमी विचारले भाषाका सम्बन्धमा थप बैज्ञानिकता प्रदान गरेको नकार्न सकिदैन ।
सन्दर्भ सूची
शर्मा,चिरन्जीवी ९२०६२०,शिक्षाका आधारहरु, ताहाचल काठमाण्डौ ः राज अफसेट प्रेस
ढकाल, प्रमोद ९२०७६०, पूर्वीय दर्शनके पूनव्र्याख्या , काठमाडौ स् बिग फयामिली भेन्चर्स।
तिवारी, भेलानाथ ९१९८६०, भाषाविज्ञान, इलाहावाद स् किताब महल
सिह, रामलाल ९१९६३०,भाषा दर्शन, वाराणासी भारतस् श्री हरिप्रेस
ढकाल माधवप्रसाद र मात्रिकाप्रसाद कोइराला ९२०६८०, शिक्षाका आधारहरु, काठमाडौ नेपालस् रत्न पुस्तक भण्डार
भुषाल, केशव भुषाल ९२०७५०, भाषापविज्ञान, कीतिपुर काण्माडौस् सनलाइट पब्लिकेशन
लम्साल, रामचन्द्र ,‍ वासुदेव गौतम र अन्य ९२०६५०, सामान्य र प्रायिगक भाषविज्ञान, काठमाडौस् भूडीपुराण प्राकाशन
शर्मा कुबेरनाथ ९२०५९०, शिक्षाको दर्शनशाटस्त्रीय एव समाजशास्त्रीय अधार, काठमाण्डौ रत्न पुस्तक भण्डार ।
बराह न पा ११, मधुवन, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु