पहाडलाई नजिकबाट नियाल्न चाहान्छु
निलो सागरको छालसितै उठन् चाहान्छु
रङ्गी बिरङ्गी जंगली फुलझै फुल्न चाहान्छु
लह लह फाँटहरुमा धानझै झुल्न चाहान्छु।
ओ नरोक! मेरा पाईलाहरु
नखोज अँध्यारो गुफामा राख्न मलाई
न लगाउ काँडे तार र पर्खालहरु छेक्नु
अंह म कुनै दास हैन चुपचाप सहेर बस्ने ।
छाडिदेउ मलाई मेरो खुसी खुसी नै
जसरी चील झैं उडुँ धेरै माथि माथि
धर्तीदेखि क्षितिजहुँदै आकाशसम्म!
म आफ्नै दुनियाँमा रमाउन चाहान्छु
कसैको बिना भेदभाब ,बिना दबाब !
किन कि म स्वतन्त्रता चाहान्छु।
पाँचखपन ६ संखुवासभा ।
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077