डा. मंगलीको प्रेमप्रश्ताव

- विमल लामिछाने

दिउसोको चिया खाने समयमा मंगलीसँग किरणको तेस्रो पटक भेट भयो । भर्खरै १९ लागेकी थिइन् मंगली । एकमहिना अघिको उनको ह्प्पी वर्थ डेमा किरणले फेसबुक पेजमा उनको फोटो शेयरपनि गरेका थिए ।
पहिलो पटकको चिया टेबुलमा उनीहरुको ह्याप्पी भेलेन्टाइन डेको दिन भेट भएको थियो । परिचय भएकै दिन फेसबुक एड गरेका रहेछन् । पेशाले किरण पत्रकार । मंगली स्टाफ नर्सको विद्यार्थी । उमेरले किरणभन्दा सानै भएपनि मोटाई, र बोलाइमा अब्बल थिइन मंगली । चञ्चले स्वभाव, सलक्क परेको जीउ, उच्च चेहरा, गोरो अनुहार र पुष्ट शरिरमा मिल्दा हात खुट्टाहरु उनको रुप पक्ष थियो । बहुत आकर्षक र कञ्चन थिइन् मंगली ।
बुबाले घरको लैनो भैसी र हल गोरु बेचर स्टाफ नर्स पढ्न शहर पठाएका थिए मंगलीलाई । किरणसँगको अघिल्लो भेटमा नै उनले सामान्य गाउँले जीवनको परिवेशमा हुर्किएर भएपनि एसएलसी पछि स्टाफ नर्स पड्ने सानैदेखिको इच्छामा बुबाले समर्थन दिनुभएको बताएकी थिइन ।
एउटा गाउँको परिवेशमा हुर्किएको कलिलो विद्यार्थी मनस्थितिलाई डाक्टर बन्ने भूतल सर्लक्कै खाइसकेको रहेछ । परिवारको इच्छा पूरा गर्न आर्थिक म्यान्टेन कति गाह्रो हुँदोरहेछ भन्ने किरणको प्रतिक्षित स्टोरीको रिपोर्ट उनीबाट पूरा हुने संकेतले किरण उनीसँग नजिकिँदै गए । प्रश्नको जवाफ जसरीपनि खोज्नु थियो उनलाई । पत्रकार हुनुको नाताले किरणले उनको पढाइको उद्देश्य र परिवारको लगानीलाई अलि गहिराइमा बुझ्न चाहेकोले किरणको जिज्ञासाले उनको पारिवारिक अवस्था खुल्ला कि भन्ने चिन्तापनि थियो मंगलीलाई । किरणको पेशा उनलाई थाहा भइसकेकोले प्रश्नको उद्देश्यबारे भने उनलाई प्रष्टपार्न आवश्यक ठानेनन् । उनले चासो पनि गरिनन् ।
चिया टेवुलको चिनजान र फेसबुकको मित्रताभन्दा अरु कुनै साइनुको तगारो थिएन उनीसँग । केहीबेरको कुराकानी पश्चात टेबलवाट उठे । उनको नजर किरणप्रति खिचिएको अनुभूति किरणलेपनि गरिरहेकै थिए । उनको मनमा कुरा खेल्दै गएपछि पत्रकारले आप्नोबारे रिपोर्ट गरेको साथीलाई सुनाइन् मंगलीले । केहीबेरको कुराकानीपछि साथीले अब भोली पत्रिकामा आउने भइछेस्, पढ्न पाइने भयो भनेपछि भने उनमा खटपटि दुईगुणाले बढेर गयो ।
विहानको ६ वजेको थियो, किरण नित्य कर्म सकेर रिपोर्टिङमा निष्कन तरखरमा थिए, मोवाइलको म्यासेजमा रिङ बज्यो । मोवाइल निकालेर हेरे, ‘सर, प्लिज म तपाईलाई भेटन चाहन्छु, कहाँ हुनुहुन्छ ? इमर्जेन्सी कुरा गर्नुछ ।’ किरणले सोचे उनलाई केही समस्या परेछ क्यारे, वा कसैले गाली बेइजती पो ग¥यो कि । लगतै किरणले पनि म्यासेज रिप्लाई गरिहाले । हुन्छ, हिजोकै चिया टेबुलमै भेटौ न त ।
किरण चिया टेबुलमा पुग्दा उनीपनि टुप्लुक्कै आइपुगिन, अताल्लिएकी र निराश थिइन् उनी । हस्याङ फस्याङ गर्दै, भनिन् किरण सर, मेरोबारे समाचार बनाउनु भएको त छैन नि ? प्लिज अहिले नछापिदिनुहोस् है । उनले अघिल्लो भेटपछि उनको मनमा खेलेका कुरा फटाफट सुनाइन्— रातीसम्म खटपट चलिरह्यो, यो मान्छेले मेरोबारे किन चासो लिएको होला.....? मेरो विषयमा कुनै नेगेटिमभ समाचार लेख्न खोजेको त होइन....? के म समाचार हुन योग्य मान्छे हुँ र ...? परिवारको बारेमा पनि सोधेको थियो.... कतै भोली पत्रिकामा त छापिने होइन...? बुबाको लगानी र मेरो पढाईबारे सुनाएकी थिएँ मैले, यदी पत्रिकामै आयोभने बुबाको अपमान त हुँदैन ? यी र यस्तै प्रश्नहरु मनमा तँछाड मछाड गर्दै आइरहे रातभर । किरण बोल्न नपाउँदै उनले पानी र दुईकप चिया मगाइन् ।
किरणले उनलाई नआतिन भन्दै सम्झाए । पत्रकारले रहेक मान्छेसँग गरेका कुरा सबै छाप्न योग्य समाचार हुँदैनन् मंगली । कसैकोबारे समाचार प्रकाशित गर्नपनि सम्वन्धित ब्याक्तिको स्वीकृति चाहिन्छ, विना स्वीकृति समाचार छापिन्न, समाचारका पनि नियम र विधानहरु हुन्छन् । मैले तयार गर्दै गरेको एउटा स्टोरीकोलागि तिमी एउटा पात्र बन्न तिमी योग्य छौ कि जस्तो लागेर तिमीसँग कुराकानी मात्रै गरेको हुँ । यदी मैले यो प्रकाशन गरेँभने तिम्रो अनुमति अवश्य चाहिन्छ । नडराउ, पत्रकार समाज विगार्ने पात्र होइनन्, समाज सुधार्ने र बदल्ने पात्र हुन् ।
किरण चिया पिउन थाले । उनले लामो श्वास फेरिन् र भनिन् ओहो मैले धेरै कुरा जान्न बाँकी नै रहेछ, म त कच्चा रहेछु, वित्थामा पो डराएँछु र खट्पटिएछु । सरी है उनले भनिन् । किरणले सम्झाए, चिन्ता नगर, हरेक मान्छे सबै विषय जानेर जन्मिएको हुँदैन, शुरुमा कच्चै हुन्छ । विस्तारै सिकिन्छ । तिमीमा कौतुहलता भरिएको छ, यस्ता मान्छेले हरेक कुराको खोजी गर्छन् र दख्खल राख्छन् । उनले भनिन्, थ्यांक यू सर । दुबै उठै ।
किरणको स्टोरीकोलागि रिपोर्ट पूरा भएको थिएन, एकहप्तापछि उनी जस्तै वर्गीय अरु पात्रको खोजीमा किरण उनको कलेजमै पुगेँ । उनकै सहयोगमा साथीसँगपनि कुराकानी भयो । उनले पत्रकार किरणसँगको कुराकानी र किरणबारे पहिल्यै सुनाइसकेकी रहिछन् त्यसले किरणलाई कुरा गर्न थप बल पुग्यो । उद्देश्य पूरा भइसकेपछि किरणलाई त्यहाँ बस्ने फुर्सद थिएन, मंगलीले किरणलाई गेटसम्म पु¥याइन र हात हल्लाएर विदाई गर्दै भनिन् भेट्दै गरौं है किरण सर । उनका साथीहरु वार्दलीबाट हेरिरहेका थिए । किरणलेपनि हात उठाएर विदाई स्वीकारे र बाटो लागे ।
समय समयमा फेसबुक र टुइटरमा कुराकानी भएपनि भेट नभएको लामै भएको थियो । करिब तीनमहिनापछि उनले भेट्ने प्रश्ताव गरिन किरणले कामको ब्यस्तता बताएपनि उनको ढेटलाई सम्वोधन गर्नैपर्ने भयो । पहिलेकै चिया टेवुलमा भोली भेटौ भने किरणले । उनले अर्कै लोकेशन दिइन् र त्यहाँ आउनु भनेकी थिइन् । जहाँ उनको डेरा थियो । दुईजना साथी सँगै बस्दारहेछन् । एकहप्तापछि दशैं विदा थियो, साथी दशैविदा हुनुभन्दा अगाडी नै घर गइसकेपछि कोठामा उनी एक्लै थिइन् । किरणलाई भित्रै बोलाइन्, उनीपनि अफसोच भित्रै गए । कोठामा दुईवटा बेड, विचमा एउटा टी टेबूल र कुर्शी थियो । किरण त्यही कुर्शीमा बसे । मंगलीले झट्ट दुई कप कालो चिया लिएर आइन् । चिया पिउँदै कलेज, दशैंविदा र विदा अवधीका योजनाबारे सरसर्ती सुनाउदै भनिन् दशैंविदा हुनासाथ म घर फर्किदैछु त्यही भएर तपाइलाई मेरै हातले पकाएको चिया खान बोलाएकी नि, खिस्स हाँस्तै उनले थपिन् हुन त मैले तपाईसँग एकान्तमा खुलेर गफ गर्नपनि त गर्न पाएकी थिइन नि । किरणले उनको कुरालाई समर्थन जनाएझै गरेर मुण्टो हल्लाउदै चिया पिउन थाले, उनी फटाफट भन्दै गइन्— साँची तपाईको विवाह भएको छ कि छैन ? किरणले भने छैन ।
— अनि गलफ्रेण्ड नि छैन ?
— छैन ।
— किन नबनाउनु भएको ?
— समय नपुगेर ।
— यसको मतलव तपाईले अहिलेसम्म कसैलाई प्रेम गर्नूभएको छैन ?
— गरेको छु,
— कसलाई ?
— आमा, बुबा र साथीभाइलाई ।
उनी गललल हाँस्दै भनिन् मेरो मतलव त्यो होइन ।
किरणपनि हाँसेँ । एकपछि अर्को प्रश्नकै विच उनी किरणसँग ढेपासिँदै आइपुगेकी थिइन् । उनका हाउभाउबाट सहज बुझ्न सकिन्थ्यो उनले किरणलाई अधिक मन पराइसकेकी थिइन् । किरण जुरुक्क उठे, र निस्कन खोज्दै भने —मलाई अलि हतार छ, एउटा समाचार फाइनल गर्नुछ । उनले भनिन्, पत्रकारहरु कति ब्यस्त हुन्छन् है, किरणले जवाफ फर्काउन नपाउँदै उनले थपिन, आज यतै बस्दा हुँदैन ? आप्mनै हातले मिठो खाना बनाउँछु, किरणले उनको भावार्थसहितको प्रश्नलाई सहज बनाउदै जवाफ दिए । पछि आउँला नि बस्नेगरी । उनका यी शब्दहरुले किरणलाई नखिचेको भने होइन, तर निष्कनु बाद्यता थियो । पेशा र समाज सम्झिए उनले । उनी नमान्दा नमान्दै किरण निस्किए । उनी ढोकामै आइन र भनिन् आउँदै गर्नु है, मलाई त कस्तो सुनसान लाग्छ, तपाईंविना । उनको पटक पटकको हाउभाउ र उनको झुकाबले किरणलाईपनि उनीतिर खिचिसकेको थियो । तर एउटा मान्छेप्रतिको घनघोर प्रेम र अपराजित आकर्षण बोकेर किरण फर्किए ।
दशंै विदा भएकै दिन साँझपख उनको फोन आयो । किरण अफिसबाट निष्कदैथिए, हेलो..... कहाँ हुनुहुन्छ ? आज भेटौं न दशैं विदा भयो, भोली घर फर्किने टिकेट भइसकेको छ । उनले थपिन् खाना खानेगरि आउनु है । किरण उनको कोठामा पुग्दा खाना खाने बेला भइसकेको थियो । उनको स्वागतलाई अस्वीकार गर्नुपर्ने कुनै बहाना भेटाएनन् किरण निम्तो मान्न पुगे । दुईजना सँगै बसेर खाना खाने मेरो रहर आज पूरा भयो । उनले भनिन् । किरण हाँस्तै खाना खान थालेँ । सिमी, आलु र सिमसागको छुट्टा–छुट्टै सब्जी, कुखुराको मासुमा हल्का ग्रेभी, अकबरे र पुदिनाको चटनी । अहा.., कति चट्ट सफा, र स्वादिलो खाना । किरण हातैले खपाखप खान थाले । उनले एकछिन हेरिरहिन किरणले स्वादिलो मानेर खाएको । उनलेपनि हातको काँटा र चम्ची भूईमा राखिन् । हातले मुसेर खाएको श्वादै बेग्लै है, उनले किरणतिर फर्किएर सोधिन । किरणले भने खाना खाने आप्mनो आप्mनो तरिका र श्वाद हुन्छ । भूईमा शब्द नखसी जवाफ थपिन श्वाद त पकाउनेमा पनि भर पर्नुपर्ने होइन र ? उनको भनाइमा खाना कतिको श्वादिलो पकाएछु भन्ने प्रश्न भरिएको भाव स्पष्ट थियो । किरणले भने हो, मिठो पकाइछ्रयौ । स्वादिलो छ । बहुत मज्जा आयो ।
खानापछि लामो समय गफ गरेर बसे । किरणप्रतिको उनको झुकाव र आकर्षणलाई मजाले ओकल्ने मौका थियो । आपसमा छुटिन नसक्ने बनिसकेका थिए दुवै । अन्तरहृदय खोलेर गफिए । किरण निष्कनु थियो, निष्कने बेला किरणले उनलाई दशैं विदाको समय सदुपयोग अध्यायनमा नै गर्न सुझाव सहित उनलाई यात्रा सफलताको शुभकामना पनि दिए । उनले थ्यांक यू भनिन् , किरण बाटो लागे ।
दशैं–तिहार विदा अवधिभर भेट त हुने कुरै भएन, कहिले नेटको र कहिले टावरको समस्याले लामो कुरा हुन समेत पाउँदैनथियो । पहाडी दुर्गम गाउँको जीवित र सामाजिक समस्या नै थियो यो । उनले विदापछि शहर फर्किएकै दिन फोन गरिन् र आइपुगेको जानकारी गराउदै पहाडको कोशेली लिन आउनु भनिन् । उनको निम्तोलाई स्वीकार्दै किरण पुन उनको कोठामा गए । किरणको लागि उनले एकहप्ता अघि नै अचार हालेको खल्पी र अकबरे खोर्सानीको बट्टा कोसेली ल्याएकी रहिछन्, किरणलाई अकबरे बहुत मनपथ्र्यो, उनले पहिले नै थाहा पाइसकेकी थिइन । यो पटकको भेटमा भने उनले विदाभरीका दैनिकीहरु दाउराको हारजस्तै एकपछि अर्को गर्दै सुनाउन भ्याइन् । दशैंमा आउने पाहुनासँगको भेटघाट, पिङको मज्जा र विभिन्न अर्गानिक परिकारहरुको स्वादिलो भोजनसहित पूर्वसाथीहरुको जमघटलाई विशेष स्पेसकासाथ शेयर गरिन उनले । बहुत मज्जाले वितेछन् उनका विदाका दिनहरु । प्रफुल्ल थिइन् उनी ।
दशैंविदा सकिएपछि उनी फर्किँदा क्याम्पसको परीक्षा आउनेबेला भइसकेको रहेछ । क्याम्पसमा परीक्षा अगाडीको मासिक, र परीक्षा शुल्क बुझाइसक्नुपर्ने प्रावधान थियो । उनलाई एकैपटक ठूलो हिस्सा रकम जुटाउनुपर्ने भएका कारण पनि फर्किन केहीदिन ढिला भएछ । यो पटक भने उनलाई बुबाले खायल खेत नै बन्दकी राखेर शाहूबाट पैसा जुटाएर परिक्षाको तयारी गर्न पठाउनु परेछ, नकि हरेक बुबा आमाकालागि छोराछोरीको पढाइभन्दा दोस्रो विषय ठूलो बन्दैन ।
तीनमहिना पछि
पहिलो चौमासिक परीक्षा सकिएको थियो । बुबालाई खर्चखोज्ने समय राखेर केहीदिनकालागि उनी फेरि घर फर्किने तरखरमा थिइन्, सुत्नु अगाडीसम्म म्यासेजमा कुराकानी भएको थियो । विहानको ४ वजेको रहेछ उनको फोनले किरणलाई ब्यूझायो । हेलो...., घरमा बुबा अकस्मात विरामी हुनुभएछ अब के गर्ने ? कस्तो तनाबमा छु म । किरणले सोधेँ के भएछ ? रातीबाट बुबाको प्रेसर बढेको छ रे, २ पटक लड्नुपनि भएछ । टाउको जोड दुखेको छ, होस नभएझै बर्बराउनु हुन्छ रे, घरमा ममीपनि चिन्ताले खट्पट्टिनु भएको छ । किरणले सान्तवना दिँदै भने— बुबालाई शहर ल्याउनु भन, उपचार गर्नुपर्छ, ठिक भइहाल्छ नि । बरु छिटो गर्नुप¥यो, समयमा ध्यान दिएन भने प्रेसरको विरामीलाई खतरापनि हुन सक्छ । तिमी उताको प्रोसेसमा लाग, म डाक्टरको चाँजो मिलाउँदै गर्छु ।
विहानको ७ बजेको थियो । किरण उनको कोठामा पुगेकोमात्र के थिएँ, गाउँबाट उनको छिमेकी दाइको फेरि फोन आयो...। ‘मंगली बुबालाई बचाउन सकिएन । बुबाले छोड्नुभयो’ ।
उनले डाको छाडिन् । बज्रपात झै भयो, उनी भूँईमा लडिन् । त्यो समय किरणले उनलाई सम्झाउन भरपुर प्रयास गरे तर समय सजिलो थिएन । उनलाई अस्पताल भर्ना गर्नैप¥यो । केहीसमय पछि उनी होसमा आइन्, किरणले पुनः सम्झाउने प्रयत्न गरेँ । गाउँबाट तार तार फोन आइरहेको थियो । संस्कार अनुसार चल्नैप¥यो । विधी मान्नैपर्थो, उनलाई गाउँ पठाउने ब्यवस्था मिलाएर किरण फर्किएँ ।
दुईहप्तापछि, बुबाको काम सकिएकै दिन आमालाईपनि अस्पताल भर्ना गर्नुपर्ने भएछ । निमोनियाले सताएछ । उनले भनिन् उपचारको लागि म आमालाई लिएर आउँदैछु । आमा अलि साह्रै हुनुहुन्छ । किरणले भने लिएर आउ, उपचारको चाँजो म मिलाउँछु । लगतै डाक्टरलाई फोनमा सल्लाह लिएर तर्जुमा मिलाइदिए । बेलुका अस्पताल भर्ना गराएर उपचार शुरु भयो । तर आमालाई कठिन भइसकेको थियो । रातको १२ वजे डाक्टरले सबै रिपोर्ट हेरेर विरामीको अवस्था क्रिटिकल भएको जनाउ दिए । बचाउने भरपुर प्रयास रहन्छ, स्थिति अलि अप्ठ्यारो नै छ । नआत्तिनु भनेको थियो । यो संकेतले किरणलाई झस्का लागेको थियो । तर उनी आत्तिने डरले किरणले उनलाई डाक्टरको यो पूर्व संकेतबारे बताउन भने चाहेनन् । विडम्बना, विहान हुन नपाउँदै आमाको पनि प्रश्थान भयो ।
किरण पनि स्तब्ध भए । अझ उनीप्रति किरणको पनि गहिरो मायाँ र सहानुभूति बढ्दै गयो । कुनै न कुनै सूत्रमा किरण उनको खुशीमा नजिकको साथी र पीडामा सहाराको सारथी भइसकेका थिएँ । हरपहल उनको याद आउन थाल्यो किरणलाई अब उनी एक्लै भएकी छन् । उनका बुबा आमाकी एक्ली सन्तान कलिलै उमेरमा बेसहारा भएकी छन् । मानवीय नाताले पनि उनका आगामी दिनहरु र उनको डाक्टर पढ्ने इच्छा अधुरै रहलाकि भन्ने चिन्ताले किरणलाईपनि घच्घच्याइरहयो ।
यो बेला उनलाई सहारा र सहानुभूतिको खाँचो छ । आमाको काम सकिएकै भोलीपल्ट किरणले उनलाई शहर बोलाए । उनी बहकिएकी थिइन्, हृदय रोइरहेको थियो, यस्तो विचमा फेरि कक्षा जोडिन नसक्ने बरु पढाइनै छाड्ने पक्षमा पुगिसकेकी रहिछन् उनी । उनले घरायसी अवस्था र खर्च जुटाउने माध्यम नै सकिएको बताइन् । घर ब्यवहार र साहूसँगको हिसाव मिलान गर्दाको कहानी सुनाइसकेपछि उनले भनिन् अब मेरो भन्नु केही रहेन । बाँकी रहेको घर र सानो कोठेबारीपनि बुबा—आमाको काममा लागेको खर्चमा छिमेकी साहूसँग हिसाब मिलान गरेर शहर फर्किएकी रहिछन् उनी । अब उनको आशाको त्यान्द्रो भनेकै किरण थिए । उनले सुनाएको छोटो ब्यथाभित्र गाउँका साहू महाजनहरुले गरीबहरुलाई ऋण तिर्न नसक्दा कसरी उठीबास लगाउँदारहेछन्, र कति निर्मम हुँदारहेछन् गाउँका मुखीयाहरु भन्ने लामो कथा लुकेको थियो । यो सुनिसकेपछि पत्रकार किरणको रिपोर्टले भने पूर्णता पायो ।
मंगलीको सपनाभने अधुरै थियो । किरणले उनलाई सम्झाएँ, तिमीसँग केही नभएर के भो त केवल इच्छाशक्ति त जीवितै छ नि । मान्छेले दृढ इच्छाशक्ति र साहशले नै काम सम्पन्न गर्नुपर्छ । तिमी फ्रेस होउ । तिम्रो डाक्टर बन्ने इच्छा अवश्य पूरा हुनेछ । तिम्रो पढाइ खर्चको जिम्मा म लिन्छु । अब विगतको अँध्यारो क्रमशः विर्सनुपर्छ र भविश्यको उज्यालो खोज्नुपर्छ ।
किरणले उनलाई साथ दिनुनै थियो, नकि उनको डाक्टर बन्ने सपना अवश्य पूरा हुनैपर्छ । उनलाई नजिकबाट किरणले नियालीरहे, अध्यायनका हरेक समस्यामा किरणको उपश्थिती रहँदै गयो । ठूलो हिस्सामा सञ्चित रकम किरणसँग नभएपनि मनकारी साथीभाइ र इष्टमित्र प्रशस्त कमाएका थिए किरणले । सबैको साथ र सहयोगमा उनको अध्यायनमा कुनै कमी हुन दिएनन् । आपूmले अभाव झेलेर पनि मंगलीलाई भने कुनै कुराको अभाव महसुस हुन दिएनन् ।
५ वर्षपछि
आज मंगली डाक्टर बनिसकेकी छन् । शहरमा उनले मंगली क्लिनिक पनि खोलेकी छन् । धेरै कर्मचारीलाई जागिरपनि दिएकी छन्, भ्याइ नभ्याइ हुन्छ सबैलाई । उनको नेम प्लटमा “डा. मंगली” लेखिइसकेको छ । दैनिक जचाउँन आउने विरामीहरुको लाम लाग्न थालेको छ । धेरैओटा जटिल केशहरुमा उनले सफलता पनि हाँसिल गरेर सम्मानित पनि भइसकेकी छन् । उनको माग उच्च बन्दै जाँदैछ दिनदिनै । गाउँदेखि शहरसम्म उनको प्रशंशा छ ।
किरण अफिसको कामले जिल्लाबाहिरै बस्न थालेपछि केही महिना मंगलीसँगको प्रत्यक्ष भेट हुन सकेन । समयसँगै उनमा आएको परिवर्तन र कामको ब्यस्तताले दुबै भेट नभएको लामै भइसकेको थियो । पहिलेको जस्तो फेसबुक र टुइटरमा पनि उनको उपश्थिति कम हुँदै गएको थियो । सेवाका साथै कमाइपनि राम्रै गर्न थालिछन् उनले । जीवन बललिएको छ मंगलीको । चतुर र शुशिल स्वभावकी उनी, त्यसमाथिपनि अब डाक्टरको जिम्मेवारी पनि बोध गर्नुछ ।
किरण शहर फर्किएकै दिन उनी किरणलाई भेट्न आइन् । उनको मुहार उज्यालिएको थियो । आकर्षक चेहरामा दिपझै धपक्क थिइन् उनी, मनभरी खुशीहरु छचल्किएको भाव प्रष्ट बुझन सकिन्थ्यो । किरणले सोधे बहुत खुशी र सुन्दरी देखिएकी छ्यौ नि आज ? उनले भनिन— हो, म आज जीवनको सबैभन्दा खुशी मोडमा छु । किरणले भने डाक्टर हुने इच्छा पूरा भएर होला नि । उनले थपिन अँ त्यो पनि हो, तर त्यो भन्दापनि मुलुकमा श्रमजिवी पत्रकारहरु कति लगनशिल र सेवात्मक हुँदा रहेछन्, उनीहरु दृढ इच्छाका साथ काममा लागेभने असम्भव कामलाईपनि सहज बनाउन सक्छन् भनेको मैले सुनेकीमात्र थिएँ, पत्रकारहरुले चाहेभने समाज बदल्न सक्छन् भनेको पनि सुनेको हो तर आज नजिकैबाट नियाल्न र म आफै उदाहरण भएर प्रश्तुत हुन पाएकी छु । म डाक्टर बन्नु तपाईको सफलता हो प्रिय किरण । म त केवल पात्र मात्रै हुँ । तपाईले मप्रति निश्वार्थ भावमा अपूरणीय गुण लगाउनुभएको छ । कुडिएर छिया छिया भएको मेरो मनलाई पुनर्जिवित गर्नुभएको छ । म तपाईलाई हृदयदेखि सम्मान गर्छु ।
किरणले भने धन्यवाद, तिम्रो बुझाइमा त्यो एउटा समिक्षाको पाटो हुनसक्ला । तर हाम्रो कर्तब्य समाजमा लुकेका कुरालाई उजागर गर्नुमात्र होइन, अप्ठ्यारोमा परेकाहरुलाई सकेको साथ दिनुपनि हो । यसर्थ मैले मेरो दायित्व पूरा गर्ने कोषिश मात्रै गरेको हुँ ।
उनी बसेको ठाउँबाट जुरुक्क उठिन र किरण नजिकै गएर भनिन, म आज तपाईसँग नयाँ कुरा गर्नुछ । किरणले भने हुन्छ भन न के हो त्यस्तो ? उनले भनिन् आज ह्याप्पी भेलेन्टाइन डे पनि हो । मान्छेले आफूलाई मन परेको प्रेमीसँग प्रेम गर्न पाउनुपर्छ भन्दै कुराको प्रतिनिधित्व यो दिनले गर्दै आएको छ, त्यसमाथि हाम्रो पहिलो भेटपनि ह्याप्पी भेलेन्टाइन डेकै दिन भएको थियो । आजकै दिनबाट तपाईसँग जीवनभरी खुशी साट्न र तपाईसँगै जिउन चाहन्छु । किरणकोपनि आत्मामा नमेटिने गरि बसीसकेकी थिइन मंगली । किरणले लामो स्वास ताने । गद्गद् भएर हाँसिरहे, बोल्न सकेनन् । मंगलीले ह्ण्ड ब्यागबाट एउटा फ्रेममा सजाएको गुलाबको पूmल झिकिन र किरणलाई थमाउँदै भनिन्, आई लभ यू , किरणले स्वीकारे लभ यू टू । दुबै मज्जाले अँगालोमा बेरिए । पर्दालाग्यो ।
झापा नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु