संघर्ष

- अनिता ढकाल गौतम

जीवन रैछ सुख र दुःख लेखेको भावीले
जे भोग्नु रैछ सबै त्यो आखिर भोगिन्छ हामीले
परन्तु, तर मानव चोला केही त गर्नु छ
मै मरी गए मरेरै जाला कर्म नै छाड्नु छ ।

फक्रने सानो बालक गर्छ उठनैमा पंैजरी
बारीमा हेर त्यो सानो बीउ उम्रने लै बरी
जिन्दगी हाम्रो रहेछ यस्तै घाम र छाया झैँ
कहिले आँसु कहिले हाँसो, पूmलका थुगाँ झैँ ।

आकाशैबाट पानी त प¥यो फाटेर बादल
छिनमा फेरि सूर्यका किरण परेर झलल
बेलीमा तिमी नमात सखे दुःखमा नहार
चर्के त घाउ मल्हम लाउने ईश्वर अपार ।

धीरज राख अगाडि बढ पन्छी झै उडेर
संसार हाँक्ने लक्ष्य नै राख बन्धुत्व मानेर
कल्याण गरौँ अरूको पनि वेदना बुझेर
हाँसेर बाँचौँ संसार भर ममता लिएर ।



कर्कलामाथि पानीको थोपा टलक्क टल्कियो
चाँदी झै टल्क्यो ढलक्क गरी खसेर पोखियो
जिन्दगी हाम्रो यस्तै छ बुझौ कर्ममा लम्केर
अगाडि बढांै मान र सेवा कर्तव्य सम्झेर ।

रोहटे पिङ जस्तो यौ रैछ मान्छेको जीवन
तल र माथि गरे झैँ रैछ चङ्गा झै यो मन
घुमेर जान्छ समयचक्र हुँदैन एकैनास
शान्तिको लागि संघर्ष गर्ने,उडेर जाने सास ।



निब्वाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला, हाल मनमैँजू ,तारकेश्वर –९ कठमाण्डौं ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु