शिरीषको फूल उपन्यासमा नारी चेतना

- हरिजङ्ग शाह

लेखसार
प्रस्तुत अनुसन्धनात्मक लेख पारिजातद्धारा लेखिएको शिरीषको फूल उपन्यासको नारीवादी दृष्टिकोणबाट अध्ययन विश्लेषण गरिएको छ । यसमा वर्णनात्मक विधि एवम् गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको छ । यस लेखमा नारीवादी साहित्यको सैद्धान्तिक परिचय दिनुका साथै नारीवादी विश्लेषणका थुप्रै आधारहरु मध्ये नारी दमन , नारीका दुखपीडाको अभिव्यक्ति, नारी अस्तित्व र पुरुष सत्ताको विरोध जम्मा चारवटा विशेषताका आधारमा यस उपन्यासको समीक्षात्मक अध्ययन विश्लेषण र मूल्याङ्कन गरिएको छ । वि.स. २०२२ सालमा लेखिएको मदन पुरस्कार प्राप्त कृति यो कृति पारिजातको मात्र नभएर नेपाली साहित्यको नै बहुचर्चित उपन्यास हो । विशेष गरी समाजमा सयौँ वर्षदेखि अन्याय र अत्याचारमा परेका नारीको अस्तित्व र स्वतन्त्रताको सफल वकालत गरिएको छ । लेखक स्वयम् नारी भएकाले पनि नारीका वास्तविक दुखपीडा, शोषणलाई अझ नजिकबाट चित्रण गरिएको छ । प्रस्तुत अध्ययनको सामग्री वा तथ्याङक् सङक्लन गर्न पुस्तकालय कार्यको प्रयोग गरिएको छ । द्वितीयक सा्रेत सामगी्रका रूपमा भने पाठय्क्रमसँग सम्बन्धित सद्धौन्तिक पस्ुतक र सम्बन्धित विषयमा गुणात्मक विश्लेषण गरिएका लेख, रचना, तथा अनुसन्धान प्रतिवेदनहरूको सङ्कलन र गहन अध्ययन गरी तिनको आवश्यक उपयोग समेत गरिएको छ । यस उपन्यासमा उपन्यासकारले नेपाली समाजमा नारीले भोग्दै आएका दुःखपीडा, अन्याय अत्याचार र अन्य विविध समस्यालाई सशक्त ढङ्गबाट प्रतिवाद गर्दै नारी चेतनालाई पनि सफल रुपमा चित्रण गरिएको छ । नारीका हरेक पक्षलाई नारी लेखकले स्वयम् अनुभूत गरेर लेखेको यो उपन्यास एक सफल नारीवादी उपन्यासका रुपमा देखा परेको छ । अस्तित्ववादी र विसङ्गति दर्शन वा चिन्तनबाट लेखिएको भए तापनि यो उपन्यास एउटा सफल नारीवादी उपन्यास पनि हो भन्ने निष्कर्ष निकालिएको छ ।

प्रमुख शब्दावली ः नारीवाद, प्रयोगधर्मी, अस्तित्ववादी, विसङ्गति, मताधिकार, समालोचना, सत्ता,

१. अध्ययनको पृष्ठभूमि
‘शिरीषको पूmल’ (२०२२) उपन्यासको लेखक विष्णुकुमारी वाइबा (पारिजात) (१९९०–२०५०) हुन्् । वि.सं. २०२२ सालको मदन पुरस्कार प्राप्त गर्न सफल यो कृति पारिजातको मात्र नभएर नेपाली साहित्य कै बहुचर्चित कृति हो । नेपाली सहित्यको इतिहासमा नारीवादी लेखनलाई सशक्त प्रभावकारी बनाउन पारिजातको विशेष योगदान रहेको छ । पारिजातले नेपाली साहित्यका अधिकांश विधामा कलम चलाए तापनि आख्यान विधामा उनको योगदान वा भूमिका महŒवपूर्ण रहेको छ । दसवटा उपन्यास लेखे तापनि पारिजातलाई चिनाउने वा चर्चामा ल्याउने उपन्यास शिरिषको पूmल नै हो । पारिजातका उपन्यासमा नेपाली समाजका विकृतिहरुलाई देखाएर समस्याको चित्रणमात्र गरिएको छैन, समस्याको मूल जरो पत्ता लगाई त्यसको समाधान समेत समेटिएको पाइन्छ । एउटा नारी भएकाले नारीका पीडा, व्यथा, समस्यालाई पारिजातले अझ नजिकबाट सशक्त ढङ्गले उपन्यासमा चित्रण गरेको पाइन्छ । नेपाली उपन्यासको इतिहासमा पारिजातले शिरीषको पूmल उपन्यास मार्फत एउटा नौलो स्वाद वा भिन्न विषयवस्तुको उठान गरेकी छन्् । यस उपन्यासमा विसङ्गति र अस्तिŒववादलाई केन्द्रमा राखेर विषयवस्तु आए तापनि परम्पराभन्दा भिन्न स्वभाव भएकी र विद्रोही विचार प्रस्तुत गर्ने सकम्बरी मार्फत नारीवादी चेतनालाई समेत सशक्त रुपमा चित्रण गरिएको छ । नारीवादी चेतनालाई यस उपन्यासले प्रभावकारी ढङ्गले उजागर गरेको पाइन्छ ।
नेपाली साहित्यमा नारीवादी लेखन पारिजातपूर्व पनि लेखिएको भए तापनि यिनी स्वयम् नारी भएकै कारण नारीका कथाव्यथा, पीडा समस्या आदिलाई अझ नजिकबाट नियालेर वा अनुभूति गरेर साहित्यमा चित्रण गरे पश्चात् यस प्रकारको लेखनले विकसित हुन्े अवसर पाएको देखिन्छ । यसभन्दा पूर्व नारीका बारेमा यस प्रकारको सशक्त र भिन्न खालको लेखन नेपाली साहित्यमा विकास भएको पाइँदैन । वास्तवमा परिजातको यो उपन्यास एउटा नारीको विकृत मस्तिष्क र कुन्ठित मनको शक्तिशाली कलात्मक अभिव्यक्ति हो । विश्व साहित्यमा नारीवादी लेखनको प्रारम्भ धेरै पहिलेदेखि आए तापनि नेपाली साहित्यमा धेरै पछाडि आएर मात्र प्रारम्भ भएको पाइन्छ । नेपाली समाज आफैमा पितृसत्तात्मक समाज भएकाले पनि नारीका बारेमा यस प्रकारका गतिविधिहरु अगाडि नबढेका हुन्् । आज पनि यसको प्रभाव पूर्णरुपमा निर्मूल भइसकेको छैन । अझ पनि नारीलाई हेर्ने नेपाली समाजको दृष्टिकोण सङ्कीर्ण नै छ । नारीका बारेमा जतिसुकै आवाज उठाए पनि, भाषण गरे पनि पूर्णरुपमा व्यवहारमा परिवर्तन आउन सकेको छैन् । यस्तो पृष्ठभूमिमा पारिजातले नारीका बारेमा जुन प्रकारले आववा बुलन्द पारिन्, त्यो वास्तवमा नेपाली समाज र नारीका लागि गर्खिलो इतिहार बन्नुका साथै धेरैलाई पे्ररणाको स्रोत बनेको छ । उनका हरेक रचनामा नारीवादी स्वर सशक्त रुपमा आएको छ । पारिजात नारीवादी साहित्यकार मात्र नभएर एउटा मनोवैज्ञानिक, यथार्थवादी, प्रयोगवादी साहित्यकार समेत हुन् (बराल र एटम, २०६८, पृ १९७) । नारीका समस्यामात्र नभएर उनले नेपाली समाजका हरेक विकृति र विसङ्गतिलाई एकएक गरेर केलाएको पाइन्छ । प्रस्तुत अध्ययनमा नारीवादी विशलेषणको आधारमा अध्ययन गरिने भएकाले यसै कोणबाटमात्र चर्चा गरिएको छ ।
समाजले एउटा नारीलाई कसरी हेर्दछ, कसरी कस्तो व्यवहार गर्दछ भन्ने कुरालाई एउटा नारी भएर नारीले गरेको प्रतिवाद वा नारी चेतनालाई यस उपन्यासमा चित्रण गरिएको छ । अस्तिŒववाद, विसङ्गतिवाद, फ्रायडवाद, आदर्शवाद, व्यक्तिवाद आदिको एकमुष्ठ संयोजन पाइने यस उपन्यासमा नारीपीडाको केन्द्रीयतामा पुरुष अहम, पुरुषभाव, पूरुष आक्रमण अनि पुरुषदमनलाई गतिलो प्रहार गरिएको छ । हुन त पारिजातको यो उपन्यासका विषयमा थुप्रै विवादित धारणा समालोचकहरुले उठाएका छन्् । यो रचना लेखकको स्वच्छन्द, स्वतःस्पूmर्त नियोजित रचना भएकाले पनि त्यस्तो धारणा भएको हुन सक्छ । वास्तवमा यो कृतिले त्यस्तो कुनै विषय र प्रसङ्गलाई उठान नगरी नेपाली उपन्यास परम्परामा नौलो मोड ल्याउने तथा दार्शनिक प्रयोगमा आधारित युगान्तीकारी रचनाका रुपमा चिनाएको प्रयोगधर्मी उपन्यास हो । प्रस्तुत उपन्यास अस्तिŒववादी र विसङ्गतिवादी दर्शनमा आधारित भएर लेखिएको भए तापनि नारीवादी प्रसङ्ग समेत यस उपन्यासमा सशक्त ढङ्गले आएको हुँदा नारीवादी विश्लेषणका आधारमा अध्ययन गरिएको छ । यो उपन्यास एक सशक्त नारीवादी उपन्यास हुँदाहुँदै पनि नारीवादी विश्लेषण धेरै कम भएको हुँदा प्रस्तुत अध्ययनले त्यो रिक्ततालाई पूर्णता दिन खोजिएको छ । प्रस्तुत अध्ययनमा शिरीषको पूmल उपन्यासमा प्रयुक्त नारीवादी चेतना अन्तर्गत नारी अस्तिŒव, नारी दमन, नारी स्वतन्त्रता, पितृसत्ताको विरोध आदिका आधारमा अध्ययन विश्लेषण गरिएको छ ।

२. अध्ययनको समस्याकथन
पारिजातको शिरीषको फूल उपन्यास निकै चर्चामा आएको प्रयोगधर्मी रचना हो । अस्तित्ववादी, विसङ्गति दर्शन वा चिन्तनमा आधारित भएर लेखिएको भए तापनि नारीवादी दृष्टिकोण पनि यसमा सशक्त रुपमा आएको छ । अन्य कोणबाट यसको धेरै अध्ययन भए तापनि नारीवादी कोणबाट यसको अध्ययन कम भएको पाइन्छ । यसर्थ नारीवादी सिद्धान्त वा चिन्तनबाट यो उपन्यास कस्तो छ भन्ने मुख्य समस्यामा केन्द्रित रहेर प्रस्तुत अध्ययन सम्पन्न गरिएको छ ।
३. अध्ययनको उद्देश्य
नारीवादको सैद्धान्तिक परिचय दिनुका साथै नारीवादी समालोचना वा विश्लेषणका थुप्रै आधारहरु मध्ये नारी दमन , नारीका दुखपीडाको अभिव्यक्ति, नारी अस्तित्व र पुरुष सत्ताको विरोधका आधारमा यस उपन्यासको अध्ययन विश्लेषण गर्नु भन्ने प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ ।
४. अध्ययनको परिसीमा
नारीवादी समालोचना वा विश्लेषणका थुप्रै आधारहरु छन् । ती मध्ये नारी दमन , नारीका दुखपीडाको अभिव्यक्ति, नारी अस्तित्व र पुरुष सत्ताको विरोधका आधारमा यस उपन्यासको अध्ययन विश्लेषण गर्नुमा प्रस्तुत अध्ययनलाई सीमित गरिएको छ ।
५. अध्ययनको औचित्य
वि.स. २०२२ सालमा रचना गरिएको पारिजातको शिरीषको फूल उपन्यास बहुचर्चित प्रयोगधर्मी रचना हो । अस्तित्ववादी, विसङ्गति आदि विभिन्न दर्शन वा चिन्तनमा आधारित भएर लेखिएको भए तापनि नारीवादी दृष्टिकोण पनि यस उपन्यासमा सशक्त रुपमा आएको देखिन्छ । विभिन्नकोणबाट कोणबाट यसको धेरै अध्ययन भए तापनि नारीवादी उपन्यास हुँदाहुदै पनि नारीवादी कोणबाट यसको अध्ययन कम भएको पाइन्छ । तसर्थ नारी विश्लेषणका आधारमा गहन अध्ययन विश्लेषण गरेर यो उपन्यासलाई पनि एउटा सशक्त नारीवादी उपन्यासका रुपमा चिनाउनुका साथै यस विषयमा अध्ययन गर्ने वा अध्ययन गर्न चाहाने प्राध्यापक, विद्यार्थी, अनुसन्धाता, तथा सरोकार राख्ने सबैलाई थप मार्गनिर्देश गर्नमा समेत यो यो अध्ययन औचित्यपूर्ण देखिन्छ ।
६. सैद्धान्तिक पर्याधार
लैङ्गिक रूपमा समानता कायम गराउने र नारीहरूका अधिकारको वकालत गर्ने सैद्धान्तिक मान्यता नै नारीवाद हो । परम्परागत रूपमा चलिरहेको पितृसत्ताका विरुद्धमा नारीकेन्द्री विचारहरू नारीवादमा जन्मिएका हुन् जसले नारीका निजी तथा सार्वजनिक जीवनको अध्ययन विश्लेषण र मूल्याब्कन गर्दछ । साथै महिलालाईआफ्नो स्वतन्त्र जीवनको अस्तित्वमा केन्द्रित हुन आग्रह गर्दछ । नारीवाद एउटा त्यस्तो बौद्धिक तथा व्यावहारिक आन्दोलन हो जो सामाजिक, सांस्कृतिक, साहित्यिक आदि अनेक क्षेत्रमा स्त्री जातिको पक्षबाट बोल्दछ । यसमा ती विचार, विश्वास, आस्था र आन्दोलनहरू पर्दछन् जसबाट नारीको हितको विकासमा सघाउ पुग्छ भन्ने ठानिन्छ । स्त्रीवाद नारीसम्बन्धी त्यस्तो सिद्धान्त हो जसले नारीलाई मुक्ति दिन, उठाउन, आत्मनिर्भर बन्न बल दिन्छ । नारीवादीहरूले महिलाहरूको सामाजिक तथा आर्थिक उत्थानमा जोड दिन्छन् (अधिकारी, २०६१ ः ५६) । नारीवादको वास्तविक रूप एकाधिकारवादी पितृसत्तात्मक मानसिकताबाट नारीहरूको मुक्तिमा देखिन्छ र यस्ता रचनामा पनि त्यही आग्रह राखिन्छ । यौनका रुढिलाई चिरेर जीवनको नयाँ आकासमा समान जिजीविषाका साथ उड्ने प्रवृत्ति पनि नारीवादको मूल तन्तुका रूपमा देखिन्छ (बराल र एटम, २०६६ ः ११७) । नारीवाद मुक्तिको चाहनाबाट प्रारम्भ भएको नारीवादी आन्दोलन साहित्यिक रुपमा क्रमशः विकसित हँुदै नारीवादी लेखन तथा नारीवादी समालोचनासम्म आइपुगेको देखिन्छ
नारीवाद नारीमाथि हुने सामाजिक, आर्थिक, राजनीतिक आदि शोषणका विरुद्धको सचेत अभियान हो ।अङ्ग्रेजी शव्द ‘फोमिजिज्म’को नेपाली रुपान्तरण नारीवाद हो । नारीकेन्द्री सन्दर्भबाट नारीका हक, अधिकार र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ (लुइटेल, २०६९, पृ ३७२) । त्यस्तै नारीविरुद्ध लिङ्गकै आधारमा गरिने भेदभाव, सामाजिक, राजनैतिक आर्थिक तथा वैचारिक शोषण विरुद्ध आन्दोलनका रुपमा चिन्तन नै नारीवाद हो ।। नारीवाद एउटा सिद्धान्तमात्र नभएर एउटा विद्रोह पनि हो (अधिकारी, २०६८, पृ. ३३) । यो नारीमाथि हुने सामाजिक, आर्थिक, राजनीतिक आदि शोषणका विरुद्धको सचेत आन्दोलन पनि हो । यस प्रकारको आन्दोलनको सामाजिक, साँस्कृतिक, साहित्यिक आदि अनेक विषयको पक्षमा नारीवादी वकालत गर्दछ । यसरी नारीलाई मुक्ति दिन, माथि उठाउन र आत्मबल तथा आत्मनिर्भर बनाउन महŒवपूर्ण भूमिका खेलेको छ । पश्चिमी चिन्तनको देनबाट उदाएको यो आन्दोलन एउटा बैचारिक र दार्शनिक सिद्धान्त वा चिन्तन समेत हो (शर्मा र लुइटेल, २०६१, पृ. ३७१) ।
नारीवाद शब्दको प्रथम प्रयोग फ्रान्समा सन् १८७१ मा पुरुषको स्वास्थ्य परीक्षण गर्दा पुरुषमा समेत नारी गुण पाइएपछि त्यसलाई बुझाउन प्रयोग गरिएको शब्द हो । महिला आन्दोलनका रुपमा यसको प्रयोग सन् १८९० देखि भएको हो भने वैचारिक आन्दोलनका रुपमा चाहिँ सन १९६० बाट भएको हो । नारीवादी आन्दोलनको पृष्ठभूमिलाई हेर्ने हो भने सर्वप्रथम सन् १८४५ मा न्युयोर्कको सेनेका फल्स सहरमा महिला माथि हुने कानुनी, आर्थिक, र सामाजिक विभेदको अन्त्यका लागि प्रथम सम्मेलन सम्पन्न गरिएको थियो । यसपछि विभिन्न समयमा नारी मुक्ति, न्याय र समानताका लागि विभिन्न प्रकारका आन्दोलन चलि नै रहे । सन् १८५७ मा श्रमिक हड्ताल, सन् १८६५ मा राजनीतिक हक अधिकारका लागि आन्दोलन, सन् १९०९ मा श्रमिक महिलाको विरोध प्रदर्शन आदि थुपै्र आन्दोलनहरु भएका थिए । विशेषगरी अमेरिकामा नै केन्द्रित रहेर नारीवादी आन्दोलनहरु चलेका थिए । यसको परिमाणस्वरुप सन् १९२० मा अमेरिकामा महिलालाई पहिलोपटक मताधिकारको हक प्रदान ग¥यो । यसरी नारीले एकछि अर्को अधिकार प्राप्त गर्दै गए । आज विश्वमा नै थुप्रै अधिकार प्राप्त गरेका छन् । यसरी नारीवादी सिद्धान्त वा चिन्तनको आरम्भ २० औँ शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै आवज उठ्दै आएको भए तापनि भर्जिनाया उल्फ, सिमोन द वुवायर जस्ता सशक्त प्रतिभाले यसलाई सशक्त बनाएका हुन् । दुईसय वर्ष लामो इतिहास बोकको नारीवादी आन्दोलन वा चिन्तन विभिन्न दृष्टिकोण र प्रवृत्तिहरुका साथ विश्वव्यापी रुप ग्रहण गरेको छ (अधिकारी, २०६८, पृ. ३५) । पछिल्लो समय नारीवाद नारीका पक्षमा मात्र नभएर नारीको दृष्टिबाट समग्र समाज र मान्यता तथा दर्शनलाई हेर्ने पद्धतिका रुपमा रुपान्तरण हुँदै आएको छ । उत्तर आधुनिक साहित्यले सम्भावनाका अनेक ढोकाहरु खोलिदिएकाले यो पनि उत्तर आधुनिक समालोचनाको एउटा महŒवपूर्ण अङ्ग बनेर समालोचना पद्धतिमा विकसित हँदै गएको छ (लुइटेल, २०६९, पृ ३७४)। यसरी नारीवादी समालोचनाले नारीका पक्षमा वा नारीले भोगेका तमाम जीवन पद्धतिलाई केन्द्रमा राखेर नारीको मुक्ति, न्याय र पक्षमा वकालत गर्ने समालोचना पद्धति हो ।
नारीवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय तहमा व्यापक तुल्याएर परिचालन गर्ने काम संयुक्त राष्ट्र संघको स्थापना भए तापनि अमेरिका र फ्रान्सको राज्यक्रान्ति अनि अमेरिकाको सन् १८३० को दासप्रथा विरुद्धको सङ्घर्षकै पृष्ठभूमिमा सन् १८४८ मा अमेरिकामा नारीवादी आन्दोलनको उद्घाटन भएको बुझिन्छ (गौतम, २०५०, पृ. ४३७) । नारीवादी साहित्य तथा समालोचनाको वास्तविक तथा सचेत थालनी सन् १९७० को दशकबाट भएको पाइन्छ । यसै बेलादेखि नारीसम्बन्धी अध्ययन छुट्टै विषयका रुपमा हुन थालेको पाइन्छ (शर्मा र लुइटेल, २०६१, पृ. २०७२) । नारीवादी समालोचनामा विशेष गरी नारीलाई पुरुषको थिचोमिचोबाट मुक्त गराउने मार्ग प्रदर्शन गर्दछ । यसले नारी लेखनमा पुरुष मूल्य मान्यता र सौन्दर्यशास्त्रको अनुकरण नगरी नारीहरुले आफ्नै संसारको निर्माण तथा आफ्नै स Œवको खोजीमा जोड दिन्छ । यसरी नारीका छुट्टै अनुभव, विषय, शितपशैली, संरचना, रुप हुन्छ भन्ने दृृष्टिकोण अघि सारेको छ । त्यस्तै प्रचलित पद्धतिअनुरुप पुरषद्वारा लेखिएका कृतिमा वर्णित नारीको विश्लेषण गर्छ भन्ने गाइनो समालोचना पद्धतिअन्तर्गत नारीद्वारा लेखिएका कृतिमा वर्णित नारीका स्वरुप, अनुभूति, अभिव्यक्ति आदिको विश्लेषण गर्दछ (शर्मा र लुइटेल, २०६१, पृ. ३७७) । समग्रमा नारीवादी विश्लेषणका मूल आधार नारी उदारवाद, मार्क्सवादी, समाजवादी नारीवाद आदि रहेका छन् भने अन्य सहायक आधारहरुमा मनोविश्लेषणात्मक, फ्रायडेली, लकानेली, उत्तरलकानेली, उत्तरसंरचनावादी, उत्तरआधुनिकतावादी, जनजातिगत सांस्कृतिक, कालावादी, काला नारी समलैङ्गिक, उत्तरउपनिवेशवादी, उत्तरनारीवादी, पर्यावरणीय आदि आधारहरु रहेका छन् ।
नारीवादी साहित्यकार एवम् नारीवादी समालोचक ज्ञानु अधिकारीका अनुसार नारीवादी हुनका लागि नारी अस्तिŒवको खोजी, नारीहरुको वैयक्तिक अनुभूति, पीडा, कुण्ठा र भोगाइको अभिव्यक्ति, पितृसत्तात्मक मूल्य र मान्यताको बहिष्कार आदि अभिलक्षणहरु हुनुपर्दछ । यसरी नारीवादी विश्लेषणका विभिन्न आधारहरु भए तापनि प्रस्तुत अध्ययनमा नारी दमन, नारी अस्तिŒवको खोजी, नारी स्वतन्त्रता, पुरुष सत्ताको विरोध जस्ता आधारमा केन्द्रित भएर प्रस्तुत उपन्यासको नारीवादी कोणबाट अध्ययन विश्लेषण गरिएको छ ।

६. अध्ययन विधि
प्रस्तुत अनुसन्धानमूलक लेखको ढाँचा गुणात्मक रहेको छ । वर्णनात्मक तथा विश्लेषणात्मक विधि अपनाई तयार पारिएको प्रस्तुत अध्ययनको सामग्री सङ्कलन गर्दा पुस्तकालयीय सामग्रीको उपयोग गरिएको छ । द्धितीयक स्रोतका आधारमा सङ्कलित विभिन्न सैद्धान्तिक ग्रन्थहरू र शोधकार्यहरू तथा अनुसन्धानात्मक लेखहरूका अधारमा अध्ययन गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
७. अध्ययनको व्याख्या विश्लेषण
यस अध्ययनमा नारीवादी विश्लेषणका विभिन्न आधारहरु मध्ये नारी दमन , नारीका दुखपीडाको अभिव्यक्ति, नारी अस्तित्व र पुरुष सत्ताको विरोधका आधारमा शाब्दिक तथा तार्किक ढङ्गले व्याख्या विश्लेषण गरिएको छ ।
८. ‘शिरीषको पूmल’ उपन्यासको नारीवादी विश्लेषण

शिरीषको फूल साहित्यकार पारिजातद्वारा रचना गरिएको उपन्यास हो । यो उपन्यास २०२२ सालमा पारिजात आफैंले प्रकाशन गरेकी थिइन । बिसं २०२२ सालको मदन पुरस्कार प्राप्त गरेपछि पुस्तक संसारले २०२४ सालमा र साझा प्रकाशनले २०३८ सालमा पुन प्रकाशित गरेको थियो । शिरीषको फूल अङ्ग्रेजीमा द ब्लु मिमोसा का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममासमेत समावेश छ । यस कृतिलाई निमार्ता जगत राजथला र निर्देशक जापानी नागरिक तोसी आकोइतोले चलचित्र निर्माण गर्दैछन् । शिरीषको पूmल (२०२२) उपन्यास लघु आयामको बहुचर्चित उपन्यास हो । नारीका समस्या नारीले वास्तविक रुपमा घनिमुत अनुभूत गर्न सक्छन् भन्ने आशयलाई प्रस्तुत उपन्यासकी नारीवादी साहित्यकार पारिजातले सफल रुपमा चित्रण गरेकी छिन् । यो उपन्यास विभिन्न वाद, चिन्तन र दर्शनको एकमुष्ठ संयोजनका रुपमा हेर्न मिले तापनि यस अध्ययनमा नारीवादी दृष्टिकोणबाटमात्र अध्ययन गरिएको छ । नारीवादका पनि विभिन्न विश्लेषणका आधारहरु मध्ये पनि नारी अस्तित्व, नारी दमन नारी स्वतन्त्रता, पुरुष सत्ताको विरोध, नारी प्रतिको सामाजिक, दृष्टिकोणलाई मुख्य आधार मानिएको छ ।

८.१ ‘शिरीषको पूmल’ उपन्यासमा नारी दमन

नेपालमामात्र नभएर विश्वमा पुरुषवादी सोच वा चिन्तनका कारण नारी दमन हुँदै आएको छ । नारीवादी साहित्य समालोचनाले पहिलो वा सीधारुपमा नारी दमन कै कुरालाई उठान गरेको हुन्छ । नारी दमन घरपरिवार देखि राज्यले औपचारिक वा अनौपचारिक रुपमा गरेको देखिन्छ । यस प्रकारको दमनलाई अन्त्य गर्न विश्वका सम्पूर्ण महिलाहरु एकाकर भएका हुन् । आज पनि यस प्रकारका घटनाहरु घटेकै छन्् । नेपाली समाजमा अझ बढी नारी दमन र अत्याचारका कुरा बढी आएका छन्् । एक्काइसौ शताब्दीमा पनि आएर यस प्रकारका घटना घट्नु आपैmमा लज्जास्पद छ । तसर्थ नारीवादी साहित्यले नारी दमनको विषयलाई प्रमुखताका साथ उठाएको छ ।
शिरीषको पूmल उपन्यासमा नारीले भोग्नु परेका दुःख, पीडा, दमन र समस्यालाई यथार्थरुपमा चित्रण गरिएको छ । पूरुषप्रधान समाजले मात्र नभएर एउटा युद्ध वा द्वन्द्वमा पनि नारीले कस्ता खालका पीडा वा दमन भोग्नु परेको छ भन्ने कारुणिक घटनाहरु पनि यस उपन्यासमा आएका छन्् । यस उपन्यासको प्रमूख पात्र सुयोगवीरले विश्वयद्ध लड्दै गर्दा माटिनजी, भैँसीगोठाल्नी र हेडहन्टरकी छोरी गरी तीनजना अबोध अबला नारीलाई बलात्कार पश्चात् हत्या गरेको घटनाले नारी दमन वा शोषणको पराकाष्ठा नाघेको पाइन्छ । दोस्रो विश्वयुद्धमा कमाएको सुवेदारसम्मको हैकमवाद वर्मा र मलेसियाका जङ्गलमा मान्छेका छातीमा गोली हान्दै र भुडीमा सङ्गीन रोप्दै हिँडेका सैनिकहरू मध्येको सुयोगवीर, आदिवासी महिलामा सामूहिक बलात्कार गर्ने, निर्दोष नारीहरूसँग प्रेमको नाटक रचेर एकान्त यौन तृप्तिपछि पनि सन्तुष्ट नभएर तिनै महिलाका छातीमा सङ्गीन रोपेर सन्तुष्टि लिने नृशंस बनिसकेको देखिन्छ (शर्मा र लुइटेल, २०६१, पृ. २०३) । विश्वयुद्धमा जापानका विरुद्ध लडेको र उसले निरपराध युवतीहरू माथि गरेको पशुवत क्रुर, बलात्कार प्रेमको नाटक आदि घटना सम्झिरहेको र जुनसुकै घटनामा पनि महिला नै शिकार बनेको प्रस्तुति उपन्यासकारले सुयोगवीरको चरित्रमार्फत चित्रण गरेकी छन् ।
सुयोगले उपन्यासमा सम्झन्छ हेडहन्टरकी छोरीलाई उसको सुन्दरता र सलक्क परेको जीउले आकषिर्त ऊ जङ्गली जनावर बनेको थियो। आफ्नो बन्दुक देखाएर झ्याङबाट बाहिर निस्केको सुयोगले उसलाई खुब फकाएको थियो तर उसले नमानेपछि राइफलको कुन्दाले टाउकामा हिर्काएर बेहोस बनाई रातभरी उसलाई पशुभन्दा पनि निर्लज्ज भएर भोगेको थियो। त्यसपछि उसका अङ्गहरू रक्ताम्मे पारेर मारेको थियो । फेरि उसले मारवरिङको बस्तीमा बस्ने भैंसी गोठाल्नी कचीनको घटना सम्झन्छ । कचीनलाई देखेर ऊ मोहित भएको थियो र चाँदीको दाम र रुबीको औँठी देखाएर फकाएको थियो । ऊ रोएको कुनै पर्वाह नगरेर अर्को सिपाही ऊतिर लागेको थियो र बिहान भैँसी गोठाल्नीको रगतपिच्छे भएको लास भेटिएको थियो। सुयोग लासको बीभत्सता देखेर न तर्सिने भइसकेको थियो । हेडहन्टरकी छोरी र कचीनलाई मूल्य दिन नसक्ने सुयोग सकम्बरीको कल्पना गरेर बर्बराउँछ। वर्मामा बस्दा मार्टिनचीलाई प्रेम गरी बिहे गर्ने झुटो आश्वासन दिएर राखेको थियो गर्नसम्म भोग गरेर उसको सुन्दरतालाई किचिमिची पारेको थियो । अन्त्यमा रुँदै बिहे गरौँ भन्ने मार्टिनचीलाई छातीमा फलामे बुटले हानी भागेको थियो ।
यसरी यस उपन्यासमा नारी दमनको पराकाष्ठा नाघेको छ । त्यस्तै सुयोगवीरले बरी अर्थात् सकम्बरीलाई पुरुषसत्तावादी दृष्टिकोणबाट व्यवहार गरेको छ । शिवराजले पनि आफ्ना बहिनीलाई स्वतन्त्र व्यवहारभन्दा दमनकारी व्यवहार गरेको पाइन्छ । यी पुरुष पात्रहरुको नारीलाई हेर्ने सोच वा चिन्तन पुरातन नै छ । समाजमा आएको परिवर्तन वा नारी स्वतन्त्रतालाई त्यति ख्याल गरिएको पाइँदैन । पारिवारिक व्यवहारदेखि विश्वयुद्धको परिबन्धसम्म नारीहरु पुरुषहरुको समान व्यवहार भोग्न पाएका छैनन् । यही विषयवस्तुहरुलाई उपन्यासकारले सशक्त रुपमा उठाएको पाइन्छ ।



८.२ शिरीषको पूmल उपन्यासमा नारी अस्तिŒव

शिक्षाको र चेतनाको सतरमा वृद्धि हँुदै गए पछि स्वपहिचान, स्वअस्तित्व र मुल्यवोधी चेतनाले नारीवादी चिन्तनको विकास भएको पाइन्छ । पितृसत्ताको हैकमवादी प्रवृत्तिबाट मुक्त भई स्वतन्त्र जीवन बाँच्ने र आफ्नो पहिचानका साथ बाँच्नेगरी अस्तिŒव खोजिएको छ । विश्वमा आएको परिवर्तनसँगै नारीमा पनि आफ्नो अस्तिŒवको बोध हुँदै गएपनि सम्पूर्ण नारीहरु आा–आफ्ना ठाउँबाट आफ्नो अस्तिŒवको लागि एकजुट भएर लागेका छन् । सिमोन द बुवायर, तसलिमा नसरीनदेखि पारिजातसम्मका नारीले आफ्ना रचनामा नारी अस्तित्वको कुरालाई सशक्त ढङ्गले प्रस्तुत गरेका छन्् । पुरुषबाट मात्र नभएर उच्च महिलाबाट निम्न महिला शोषित हुनु परेको तथा सामाजिक संरचनाअनुरूप जाति, प्रजाति, उमेर, यौनिकता, परिवेश, वर्ग, क्षेत्र आदिमा विविध खालका महिला दमन भइरहेकाले लैङ्गिकताका सवालमा गहन अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याएको पाइन्छ । लैङ्गिक दमनकोमहत्वपूर्ण कारण पितृसत्ता भए पनिसम्पूर्ण रूपमा पितृसत्ता लैङ्गिक विभेदको स्रोत होइन भन्नेमान्यता यस धारमा देखिन्छ । गोरा महिलाले काला महिलालाई गर्ने विभेद, एक धर्मका महिलाले अर्को धर्मका महिलालाई गर्ने विभेद, उच्च वर्गका महिलाले निम्न वर्गका महिलालाई गर्ने विभेद, सहरीया महिलाले ग्रामीण महिलालाई गर्ने विभेद, माथिल्लो जात मानिएका महिलाले तल्लो जात मानिएका महिलालाई गर्ने विभेद आदिजस्ता सामाजिक क्षेत्रमा देखिने महिला विभेदलाई नारीवादले सघन विश्लेषण गरेको छ ।
यो उपन्यासमा उपन्यासकारले नारी अस्तिŒवको बोध गरेरै विषयवस्तुलाई प्रस्तुत गरेकी छिन्् । नारी अस्तिŒवलाई उजागर गर्नु वा बुलन्द पार्नु प्रस्तुत उपन्यासको मुख्य उदेश्य पनि हो । यस उपन्यासको प्रमुख नारी पात्र सकम्बरी मार्फत् नारी अस्तिŒवलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ । वर्मा र मलेसियाका जङ्गलमा मान्छेका छातीमा गोली हान्दै र भुडीमा सङ्गीन रोप्दै हिँडेका सैनिकहरू मध्येको सुयोगवीरले आदिवासी महिलामा सामूहिक बलात्कार गर्ने, निर्दोष नारीहरूसँग प्रेमको नाटक रचेर एकान्त यौन तृप्तिपछि पनि सन्तुष्ट नभएर तिनै महिलाका छातीमा सङ्गीन रोपेर सन्तुष्टि लिने नृशंस बनिसकेको देखिन्छ । विश्वयुद्धमा जापानका विरुद्ध लडेको र उसले निरपराध युवतीहरू माथि गरेको पशुवत क्रुर, बलात्कार प्रेमको नाटक आदि घटना सम्झिरहेको र जुनसुकै घटनामा पनि महिला नै शिकार बनेको प्रस्तुति उपन्यासमा आएको छ । यसरी तीन जनाको जीवन बर्वाद पारिसकेको सुयोगले पछि यसको फल नराम्रोसँग भोगेके छ (शर्मा र लुइटेल, २०६१, पृ. २०८) । ती तीन जनाको झटारो एउटै सकम्बरीबाट पाएको छ । विगतका तीन नारीमाथि गरेको अत्याचारको बदला नारी पात्र सकम्बरीकै माध्यमबाट उपन्यासकारले चित्रण गरेर नारी अस्तित्वको बोध गराएकी छन् ।

नारीलाई एउटा साधन वा वस्तुका रुपमा उपभोग गर्ने परम्परावादी सोचअनुरुप यस उपन्यासमा पनि शिवराज र सुयोगवीरले गरेका छन्् । एउटा नारीको इच्छा, चाहानाविपरीत सुयोगवीरले सकम्बरीसँग प्रेम गर्ने, मजुरासगँ विहे गरेर आफ्नो जीवन बिताउने उदश्यसहित उनीहरुसगँ नजिक हुन खोज्छ । तर त्यसको प्रतिवाद सकम्बरीले गरेकी छे । सुयोगवीरका हरेक प्रश्नको गतिलो उत्तर दिएर सुयोगवीरलाई कहिल्यै माथि उठ्न दिएकी छैने । सामान्य नारीभन्दा भिन्न स्वभाव भएकी सकम्बरी पूmलको सौखीन छे । जीवघाती सुनगाभा पूmल मगाई त्यसलाई स्याहार गरी हुर्काएर त्यस्कै सापेक्षतामा आफ्नो जीवनलाई हेर्न थाल्छे । जीवघाती सुनगाभाले रस चुस्न आउने भमरालाई मार्छ र आफै ओइलाएर झर्छ । यसरी नै नारीले स्वतन्त्रतापूर्वक बाँच्नका लागि पुरुषसँग लाप्पा खेल्नैपर्छ भन्छे । आफ्नो निम्ति पूmल्नु, आफ्नै निम्ति फक्रनु, झर्नुजस्तो एउटा वाध्यतालाई स्वीकार गर्नका निम्ति भँवरासँग लाप्पा खेल्नै पर्छ, झर्न त पर्छपर्छ नै भने भँवराको चोट सहेरै किन झर्ने ? आफ्ना इच्छाले झर्ने भन्ने धारणा व्यक्त व्यक्त गर्दछे । यस्तो धारणाले नारीको अस्तिŒवलाई बोध गराउँछ । उ नारी चेत वा सचेतनाले भरिएकै छे । परम्परावादी सोच विचारलाई ठाडै प्रतिवाद गर्छे । सुयोगवीरसँग विभिन्न विषयमा कुरा हँुदा बलिया तर्क प्रस्तुत गरेर सातो खान्छे । जीवनघाती सुनगाभामा भमरालाई पारेर मरेको हेर्ने चाहने सकम्बरीले सुयोगवीरको जर्वजस्ती गरेको चुम्बनको कुनै प्रतिक्रिया नदिएर मृत्यृवरण गर्न पुग्नुले नारीको अस्तिŒवको अहम प्रगाढ रुपमा उजागर भएको छ । यसरी यस उपन्यासमा अन्य नारी पात्रबाट नभएर सकम्बरीबाट नारी अस्तिŒवलाई सशक्त रुपमा उठान गरिएको छ ।
सकम्बरीको यस्तो धारणाले “आफ्नो निम्ति पूmल्नु, आफ्नै निम्ति फक्रनु, झर्नुजस्तो एउटा वाध्यतालाई स्वीकार गर्नका निम्ति भँवरासँग लाप्पा खेल्नै पर्छ, झर्न त पर्छपर्छ नै भने भँवराको चोट सहेरै किन झर्ने ? आफ्ना इच्छाले झर्ने” नारी अस्तित्वको सन्दर्भ सशक्त रुपमा उजागर भएको छ ।

८.३ पितृसत्ताको विरोध

पितृसत्ता भनेको कुनै सामाजिक एकाइ पुरुष प्रमुखद्वारा सञ्चालित हुनु हो । समाजको प्रौढ तथा परिपक्व पुरुषले युवा पुरुष, सबै महिला तथा बालबालिकामाथि शक्ति र स्वामित्व कायम गरी शासन सञ्चालन गर्ने परम्परागत मान्यता नै पितृसत्ता हो । परिवार वा समाजमा बाबुको सर्वेसर्वा चल्ने, बाबुको नियन्त्रण र आदेशमा परिवारका सदस्य रहने, बाबुको वंश चल्ने व्यवस्था नै पितृसत्ता हो (अर्याल, २०६८ः२९) ।त्यस्तै, पुरुषको महिलामाथि संस्थागत प्रभुत्व रहेको पारिवारिक संरचनालाई पितृसत्ता भन्न सकिन्छ (आचार्य, २०६१ ः २६) । समाजका आममानिस देखि शिक्षित र सभ्य समुदायका मानिसहरुले नारीलाई हेर्ने दृष्टिकोण नै सङ्किर्ण र हेय हुन्े गरेको कटुयथार्थ पनि नारीवादी समालोेचनाले अध्ययन गर्दछ । वास्तवमा नारी दमन, अन्याय र अत्याचारको कारक तŒव पुरुषलाई ठानेर यसको समाधानका लागि पुरुषवादी चिन्तन र सोचको व्यापक विरोध यसमा गरेको देखिन्छ । हिजोदेखि आजसम्म पनि यो चिन्तन पूर्णरुपमा निर्मूल नभएकाले अझै यस प्रकारका घटनाहरु समाजमा भएका नै छन् । यस्ता विषयवस्तुलाई नारीवादी साहित्यले नजिकबाट अध्ययन गर्दछ । यस्तो चिन्तनलाई नेपालमा अझ बढी हाबी भएको पाइन्छ । त्यसैले अधिकांश नारीवादी साहित्यकार तथा समालोचकले यस कुरालाई सशक्त रुपमा उठाएका छन्् ।

यस उपन्यासमा पुरुषवादी स्वर वा विचारलाई सुयोगवीर र शिवराजले चित्रण गरेका छन् । उपन्यासको प्रमुख पात्र सुयोगवीर विश्वयुद्ध लड्दै गर्दा यौन सन्तुष्टिका लागि निर्दोष माटिनची, भैँसीगोठाल्नी र हेड हन्टरकी छोरीलाई क्रुर्तापूर्वक बलात्कार गर्दछ । यस घटनाले पुरुषसत्ताको हैकम चलाएको अवस्था उपन्यासमा आएको छ । यसरी उपन्यासमा सुयोगवीरले सकम्बरीलाई त्यस्तै व्यवहार गर्न खोज्दा सकम्बरीले सुयोगवीरलाई हरेक कुरामा माथि उठ्न दिएकी छैन । त्यस्तै शिवराजले पनि आफ्नो तीन बहिनीलाई स्वतन्त्र भएर हिँडेको, घर बाहिर गएको, विहे गरेको कुरा पनि सुन्न चाहन्न । यसले नारीमाथि अझै पनि एक प्रकारको असमान व्यवहार गरेको कुरा स्पष्ट देखिन्छ । त्यसको प्रतिवादमा सकम्बरीले शिवराज, सुयोगवीर दुवैलाई एकएक गरी हरेक कुरामा सशक्त ढङ्गले प्रतिवाद गरी पुरुष सत्ताको विराध गरेकी छे । उपन्यासकारको यस्तो चिन्तनले समाजमा पहिलेदेखि चल्दै वा भोग्दै आएको पुरुषवादी चिन्तनलाई विरोध गर्न थप बल पुगेको छ । त्यस्तै यस उपन्यासमा सकम्बरीकी बहिनी सानुले कसैलाई नसोधेर आफ्नो स्वविवेक प्रयोग गरी विहे गर्दछे । अर्की पात्र पसलनीले कसैको करकापमा नपरेर आपूmखुसी व्यवहार गरेको देखिन्छ । यसबाट पनि के कुरा प्रष्ट हुन्छ भने परम्परादेखि चल्दै आएको पुरुष सत्ताको विरोध भएको कुरा प्रष्ट हुन्छ । समग्रमा सकम्बरी मार्फत् पुरुषवादी चिन्तनको यो उपन्यासमा सशक्त विरोध गरेको छ ।

८.४ नारी विद्रोह र स्वतन्त्रता

नारीका वैयक्तिक भोगाइ, कुण्ठा तथा अनुभूतिको अभिव्यक्तिका साथै स्वतन्त्र जीवनको चाहनाको प्रकटिकरण आजका साहित्यको तथा उपन्यासको मूल प्रवृत्ति हो । समाजमा परम्परागत मान्यता, अन्धविश्वास र नारीलाई हेर्ने पितृसत्तावादी दृष्टिकोणका कारण अभिशप्त जीवन बिताउन बाध्य नारीहरुका व्यथालाई नै विषयवस्तु बनाएर साहित्य रचना गर्दै आए तापनि अहिलेको साहित्यमा नारीको दुःखपीडालाई मात्र चित्रण नगरेर नारीमुक्ति, स्वतन्त्रताका लागि आवाज उठाएको पाइन्छ । विश्वसाहित्यमा भर्जिनिया उल्फ, सिमोन द बुवायर, बेट्टी फ्राइडेनका कृतिले नारीमाथि हुने उत्पीडनका विविध पक्षको समाधान र स्वतन्त्रताका लागि सशक्त रुपमा नारीवादी चेतना प्रस्तुत गरिएको छ ।

प्रस्तुत उपन्यसमा नारी विद्रोह र नारी स्वतन्त्रतालाई सशक्त ढङ्गले प्र्र्र्रस्तुत गरिएको छ । समाजमा भएको विकृति, विसङ्गतिलाई उजागर गर्दै पितृसत्तात्मक समाजको ठाडै विद्रोह गरिएको छ । यस उपन्यासको प्रमुख पुरुष पात्र सुयोगवीरको हरेक प्रश्नको सीधा र चोटिलो जवाफ दिएर सकम्बरीले एक प्रकारको नारी विद्रोहको प्रसङ्गलाई उजागर गरेको देखिन्छ । सकम्बरी आफैमा एउटा सचेत, शिक्षित, हक्की र तर्कशील पात्र हो । स्वतन्त्रताप्रेमी तथा गतिशील पात्रले समाजको अवस्थालाई राम्ररी विश्लेषण गर्ने पात्र हो । बौद्धिक पात्र भएकाले पनि समाजमा नारीको अस्तिŒवलाई युगीन परिवेश अनुसार बुलन्द पार्दै आफैबाट नारी विद्रोहको जागरण फैलाएको पाइन्छ । पुरषवादी गर्दै सङ्कीर्ण प्रश्नहरुको उचित जवाफ वा प्रतिवाद गर्दै एकातिर नारी विद्रोह गरिएको छ भने अर्कोतिर उचित समाधानको रुपमा नारी स्वतन्त्रताको वकालत गरिएको छ । पुरष पात्र सुयोगवीर र शिवराजको प्रश्नको जवाफ मात्र दिएर होइन समाजमा विधमान नारी अन्याय, अत्याचार र दमनका लागि सशक्त विद्रोहको सन्देश पनि यस उपन्यासमा प्रस्तुत गरिएको छ ।
यसरी शिरीषको फूल उपन्यासमा उपर्युक्त नारीवादी विश्लेषणका आधारमा एउटा नारी चेतना बोकेको उत्कृष्ट उपन्यास हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । फरक चिन्तन वा दर्शनमा आधारित भएर यो उपन्यास लेखेता पनि नारीवादको प्रयोग सशक्त ढङगलले भएको छ । पूरुषभन्दा नारी पात्र यस उपन्यासका सशत्त छन् । नारी अस्मिता, अस्तित्व र स्वतन्त्रताका लागि उपन्यासकी प्रमुख पात्र सकम्बरीले नारी आवाजलाई बुलन्दी पारेकी छे ।

९. निष्कर्ष

शिरीषको पूmल (२०२२) नेपाली उपन्यासको इतिहासमा परम्परागत लेखन भन्दा भिन्न विषयवस्तुलाई उठान गरेर नयाँ मोड ल्याउने एक बहुचर्चित उपन्यास हो । निकै चर्चा र केही विवादमा आए तापनि यस उपन्यासले उपन्यासको विकासमा थप एक नयाँ मोड वा धाराको ल्याउन सफल भएको मानिन्छ । अस्तिŒववादी र विसङ्गतिवादी दर्शनमा आधारित उपन्यास भए तापनि नारीवादी अस्तित्वलाई पनि सशक्त ढङ्गमा चित्रण गरेको पाइन्छ । प्रस्तुत अध्ययनमा नारीवादी दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्दा यो उपन्यास नारीको अस्तित्व र स्वतन्त्रतालाई वकालत गर्न सफल भएको मानिन्छ । समाजमा आएको परिवर्तनलाई ख्याल गर्दै नारीहरु परम्परागत ढङ्गबाट अगाडि बढ्न चाहँदैनन् । नयाँ समय र परिवेश अनुरुप आधुनिक ढङ्गबाट नारीहरु विकसित हुन चाहेको कुरा यस उपन्यासकी प्रमुख पात्र सकम्बरीबाट प्रष्ट भएको छ ।
यस उपन्यासमा उपन्यासकारले नेपाली समाजमा नारीले भोग्दै आएका दुःखपीडा, अन्याय अत्याचार र अन्य विविध समस्यालाई सशक्त ढङ्गबाट प्रतिवाद गरिएको छ । सर्वप्रथम त नारीहरु परिवारदेखि विश्वयुद्धसम्मको घटनाक्रम सम्मले पनि नारीलाई नै पीडित बनाउँदै आएको घटनाक्रम यस उपन्यासमा उल्लेख छ । निर्दोष नारीहरुलाई बलात्कार गर्दै निर्मम हत्या समेत गरेको प्रसङ्गले नारी दमन तथा अन्याय अत्याचारको सीमा नाघेको छ । यसको परिणामस्वरुप उपन्यासकारले नारी दमन भएरमात्र बस्न चाहँदैनन् विरोध तथा विद्रोह गर्न पनि सक्छन्् भन्ने कुरालाई यस उपन्यासकी प्रमुख नारी पात्र सकम्बरीमार्फत् नारी विद्रोह र नारी स्वतन्त्रलाई सशक्त ढङ्गले उठाएकी छन्् । यस्तै यस उपन्यासमा अन्य नारी पात्र पसल्नी र सानुबाट पनि नारी पिडालाई बाहिर ल्याउने काम भएको छ । सबैले नारीको स्वतन्त्रता चाहेको कुरा उक्त घटनाक्रमले प्रष्ट पारेका छन्् । यस उपन्यासले उठाएको अर्को महŒवपूर्ण विषय पुरुष सत्ताको विरोध हो । सकम्बरीमार्फत् परम्परागत रुपमा चल्दै आएको पुरुषवादी हैकमलाई सिधै कडा रुपमा प्रतिवाद वा विरोध भएको छ । सकम्बरी मार्फत् यस्ता परम्परागत पुरुषवादी हैकमलाई तोड्न सफल भएको मानिन्छ । यसरी यस उपन्यासमा नारी चेतनालाई पनि सफल रुपमा चित्रण गरिएको छ । नारीका हरेक पक्षलाई नारी लेखकले स्वयम् अनुभूत गरेर लेखेको यो उपन्यास एक सफल नारीवादी उपन्यासका रुपमा देखा परेको छ ।

सन्दर्भ सामग्री
अधिकारी, ज्ञानु (२०६८). नेपाली नारी समालोचना ः परुम्परा, प्रवृत्ति र विश्लेषण. काठमाण्डौ ः पैरवी प्रकाशन ।
गौतम, लक्ष्मणप्रसाद (२०६६). नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना. काठमाण्डौ ः ओरिएन्टल पब्लिकेसन हाउस प्रा.लि. ।
घिमिरे, कृष्णप्रसाद र ज्ञवाली, रामप्रसाद(२०६४). आख्यानकार पारिजात. काठमाण्डौ ः हजुरको प्रकाशन ।
प्रधान, कृष्णचन्द्रसिंह (२०६१)। नेपाली उपन्यास र उपन्यासकार. ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र एटम, नेत्र (२०५६). उपन्याससिद्धान्त र नेपाली उपन्यास. ललितपुर ः साझा प्रकाशन ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६९). नेपाली उपन्यासको इतिहास. काठमाण्डौ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
वाइबा, विष्णुकुमारी(२०६७). शिरीषको फूल (सत्रौँ संस्क.). ललितपुर ः साझा प्रकाशन ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६२). पूर्वीय तथा पाश्चात्य साहित्य सिद्धान्त. काठमाण्डौ ः विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, सुकुम (२०६२). पारिजातका कविताको अध्ययन. काठमाण्डौ ः सनलाइट प्रकाशन ।
सुवेदी, राजेन्द्र (२०५३ ). अस्तित्ववादी परम्परा र नेपाली उपन्यास, नेपाली उपन्यास स् परम्परा र प्रवृत्ति. ललितपुर ः साझा प्रकाशन ।

(उपप्राध्यापक मध्यपश्चिमाञ्चल विश्वविद्यालय)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077

लेखकका अन्य रचनाहरु