फूलपाती अक्षता डालीभरी थियो उनको
देखिन्थिन मन्दिरमा झल्को हुन्थ्यो जूनको
इच्छाहरु पुरागर्न मन्दिरमा धाकी होलिन
नारीभरि राता चुरा वरमाग्न आकि होलिन
लजाउँदा झनै राम्री तारिफ हुन्थ्यो गुनको
देखिन्थिन मन्दिरमा झल्को हुन्थ्यो जूनको
सुनखरी सिउरिएर छताछुल्ल खुशी भाक्दै
देवी देवता सधैं भरि, मन मन्दिरमा राख्दै
रुप उनको चाँदनीझैं फुली नाकमा सुनको
देखिन्थिन मन्दिरमा झल्को हुन्थ्यो जूनको ।
बिर्तामोड २ चारपाने, झापा
हाल:बेल्जियम;ब्रसेल्स ।
प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077