यी
मुसा
जतिले
पारिसके
घरमा दुला।
कमजोर पारे
बुनियादको भेटी।
तटबन्ध भित्री खोक्रो,
भरोसाविहीन सुरक्षा।
अस्तित्व जोगाउनु कसरी?
खोजीखोजी समाउँ साथी।
बिरालाको खाँचो भयो।
मित्र होइनन् यी
न बन्न सक्छन्।
उत्खात् होला
हाम्रो जग।
घरका
भेदी
यी।
असम, भारत
प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 आश्वीन, 2077