कवि "प्रथा"को युद्धशिविरमा हिंडेको मान्छे कवितासंङ्ग्रहको मार्क्सवादी अध्ययन

- ताराप्रसाद पोखरेल

मुख्य पद/पदावली
किनारा, युद्धशिविर, बलिदान, युगान्तकारी, सौन्दर्य, सापेक्षता, वर्गीय, उडान, निषेध, आदिम, सर्वहारा, अवलम्वन, खमार, दमन, कामुक, बिचारशून्य, अण्डरवल्र्ड, साम्यवाद, विद्रोह, टोलाउनु, कलात्मक ।

१. विषय प्रवेश
कवि ओमकार उप्रेती (२०३०) नेपाली साहित्यमा प्रथाको नामले परिचित छन् । समकालीन समयमा कविता, गीात, मुक्तक, गजल, हाइकु लगायतका विधामा कलम चलाउने कवि प्रथा मुख्यत कविताको क्षेत्रमा सिद्धहस्त व्यक्ति मानिन्छन् । उनले विविध विषयमा आधारित रहेर आफ्नो साहित्यिक यात्रा अगाडि बढाए पनि बिशेष गरी जनताको आवाज कविताको माध्यमबाट प्रकट गर्ने व्यक्तिको रुपमा चिनिन्छन् । नेपालको प्रदेश नं. एकको झापा जिल्ला अन्तरगत बाह«दशी भन्ने स्थानमा पिता स्व. लक्ष्मीप्रसाद उप्रेती र माता स्व. गौरादेवी उप्रेतीको कोखबाट जन्मिएका ओमकार उप्रेती साहित्यको अलावा अन्य विविध क्षेत्रमा पनि सक्रिय रहेका छन् । वाणिज्यशास्त्र बिषयमा स्नातकोत्तर तह सम्मको अध्ययन गरेका प्रथा हाल प्रमुख रुपमा अध्यापनको क्षेत्रमा सक्रिय रहेका छन् । उनी बि.सं २०४४ सालदेखि निरन्तर साहित्य लगायत विभिन्न पत्रपत्रिकाहरुमा साहित्यिक रचनाहरु रचना गरी प्रकाशित गराएका पाइन्छन् । हाल उनका दुईवटा कविता संग्रह प्रकाशित भएका छन् । जसमा किनारामा उभिएको मान्छे ( २०७१) र युद्धशिविरमा हिँडेको मान्छे (२०७४) रहेका छन् । कविता बाहेक उनका अन्य विधाहरुमा पनि विभिन्न कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहका छन् । उनका रचनामा राष्ट्रियता, जनताको मुक्ति र चेतना लगायत मार्क्सवादी धारणामा आधारित रहेर लेखिएको पाइन्छ ।
कवि प्रथाको युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रह मार्क्सवादी दृष्टिकोणबाट रचना गरिएको छ । जसलार्ई मार्क्सवादका विभिन्न आधारहरुमा वर्गीकरण गरी अध्ययन गर्नु यस लेखको मूल ध्येय पनि रहेको छ । जर्मन राजनीतिशास्त्री, अर्थशास्त्री, दार्शनिक र क्रान्तिकारी विचारक कार्ल मार्क्स ( सन १८१८—१८८३) र फ्रेडरिक एङ्गेल्स (१८२०—१८९५) का बिचार र मान्यताका आधारमा प्रतिपादित सिद्धान्तलाई माक्र्सवाद भनिन्छ । माक्र्सवाद भनेको सन १९९० पूर्वको अवस्थामा संसारकै निकै ठूलो हिस्सालाई प्रभावित पारेको राजनीतिक र बैज्ञानिक सिद्धान्त हो । समाजशास्त्र, दर्शनशास्त्र, अर्र्थशास्त्र र साहित्यको सिद्धान्तमा यसको व्यापक प्रभाव परेको पाइन्छ । साहित्य र समालोचनामा माक्र्सवादको समृद्ध परम्परा रहेको छ र वर्तमानमा पनि यसको प्रभाव संसारभरका समालोचक र सर्जकमा परेको छ ( भट्टराई, २०७५) । माक्र्सवादी समालोचना परम्परालाई अध्ययन गर्र्दा माक्र्स र एङ्गेल्सले साहित्यका बारेमा धेरै चर्चा गर्ने अवसर पाएनन् । उनीहरुले साहित्य चिन्तनका बारेम नलेखेका तर विभिन्न समयमा लेखिएका लेखनका सन्दर्भमा उनीहरुले साहित्यका बारेमा चर्चा गरेका छन् । पछिल्लो समयमा लेनिन, प्लेखानोभ, लुना चास्र्की, क्रिस्टोफर कडवेल, जर्ज लुकाज, म्याक्सिम गोर्की, माओत्सेतुङ आदिका चिन्तनले माक्र्सवादी समालोचना सिद्धान्त परम्परालाई समृद्ध बनाएका छन् । साहित्य चिन्तनको सोभियत परम्पराले माक्र्सवादी साहित्य सिद्धान्तको विकासमा योगदान पुर्याएको पाइन्छ ।
युद्धशिविरमा हिंडेको मान्छे कविता संग्रहमा मार्क्सवादको सैद्धान्तिक मान्यताका आधारमा वस्तुगत र यथार्थवादको केन्द्रमा उभिएर द्वन्द्वात्मकता र भौतिकवादी जीवनदृष्टिलाई प्रस्तुत गर्न खोजिएको छ । नेपालको सन्दर्भमा सामन्तवादको अन्त्यका लागि जनताका छोराछोरीहरुले युद्ध गरेर आप्mनो सम्पूर्ण जीवन नै उत्सर्ग र बलिदान गर्नु परेको यथार्थतालाई प्रस्तुत गर्न खोजिएको छ । नेपालको सन्दर्भमा माओवादीको दशवर्षे जनयुद्धको जगमा उभिएर जनताको अधिकारको लागि भएको संघर्षका पाटाहरु केलाउँदै मार्क्सवादी चिन्तनलाई प्रस्तुत गर्न खोजिएको छ । मार्क्सवादी चिन्तन एक युगान्तकारी चिन्तन भएकोले यसलाई व्यवहारमा नै प्रयोग गर्नुपर्ने मान्यता पनि कृतिमा उल्लेख गरिएकोले प्रस्तुत लेखमा मार्क्सवादी सौन्दर्य चिन्तनको सम्बन्धमा अध्ययन गर्न खोजिएको छ ।
२. अध्ययनका समस्या र उद्येश्य
प्रस्तुत अध्ययन कवि ओमकार उप्रेती ‘प्रथा’ को युद्धशिविरमा हिंडेको मान्छे कविता संग्रहको मार्क्सवादी अध्ययन गरिएको छ । कवि प्रथा कस्ता कवि हुन ?मार्क्सवादी अध्ययनका दृष्टिले कवि प्रथाको युद्धशिविरमा हिंडेको मान्छे कविता संगह उपयुक्त छ वा छैन ? भन्ने सम्बन्धमा अध्ययन गर्नु र माक्र्सवादी अध्ययनको सापेक्षतामा युद्धशिविरमा हिंडेको मान्छे कविता संग्रहमा रहेका कविताले दिने सन्देश कस्तो रहेको छ भनी समग्रतामा अध्ययन गरी निष्कर्र्षमा पुग्ने प्रस्तुत अध्ययनको उद्येश्य रहेको छ ।
हाम्रो समाजमा परापूर्व कालदेखि नै वर्गीय चिन्तन मौलाउँदै आएको पाइन्छ । समाजमा जहिले पनि हुनेखाने र हुँदा खाने वर्र्गको संघर्ष चलिरहेको छ । यस प्रकारको संघर्र्ष न अन्त्य हुन्छ न त समस्या समाधानको कुनै उपाय नै निस्कन सकेको छ । यस्तो परिवेशमा निम्न वर्गका र हेपिएर थिचिएर रहेको वर्गका मानिसहरुले सधै अन्याय र अत्याचारको विरुद्धम आवाज उठाउँदै आउनु परेको छ । यस्तो अवस्थाबाट मुक्तिको लागि विभिन्न साहित्यकारहरुले आप्mनो कृतिमार्पmत पनि आवाज बुलन्द गरेको पाइन्छ । युद्धशिविरमा हिंडेको मान्छभित्र यस प्रकारले समाजमा रहेका वर्गीय द्वन्द्व र संघर्षलार्ई कुन रुपमा उठाउन सकेको छ भन्ने अध्ययन गर्नु पनि यस लेखको उद्येश्य रहेको छ ।
३. अध्ययन विधि र सीमाङ्कन
अध्ययन विधिमा कुनै पनि अनुसन्धानलाई निष्कर्षसम्म पुर्याउनको लागि त्यसको सामग्री संकलन प्रक्रिया, सामग्रीको विश्लेषण, अर्थापन लगायतका कुरा पर्दछन् । प्रस्तुत अध्ययनको क्रममा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । संकलित सामग्रीहरुको व्याख्या र विश्लेषण गरी अनुसन्धान कार्यलाई पूर्र्णता दिने कार्य भएको छ । कवि ओमकार उप्रेती ‘प्रथा’ बाट रचना गरिएको युद्धशिविरमा हिँडेको मान्छे शीर्र्षकको कविता संग्रहमा भएका उननपचास कविताहरुको माक्र्सवादी दृष्टिकोणबाट अध्ययन र विश्लेषण गरी त्यसको माक्र्सवादी मान्यताको आधारमा अर्थापन कार्य गरिएको छ ।

३.१ अध्ययनको सामग्री
प्रस्तुत अध्ययनमा कवि ओमकार उप्रेती प्रथाको युद्धशिविरमा हिँडेको मान्छे कविताको माक्र्सवादी अध्ययनको लागि कवि ओमकार उप्रेतीको कविता संग्रह युद्धशिविरमा हिँडेको मान्छे शीर्षकको कविता संग्रह र माक्र्सवादसम्बन्धी अध्ययन गरिएका सामग्रीहरुलाई द्वितीय सामग्रीको रुपमा लिइएको छ । विशेष गरी अध्ययनको क्रममा द्वितीय तथ्याङ्क संकलन विधिको प्रयोग गरिएको छ । आवश्यकता अनुसार प्राथमिक तथ्याङ्क संकलनको रुपमा सम्बन्धित कृतिका लेखकसँग सम्पर्क गरी आवश्यक प्रश्न दिर्ई अन्तरवार्ताको माध्यमबाट सामग्रीको संकलन गरिएको छ । प्रमुखतः यस अध्ययनमा द्वितीय सामग्री अर्थात पुस्तकालय विधिलाई नै प्रमुख रुपमा उपयोग गरिएको छ ।
३.२ सैद्धान्तिक अवधारणा
प्रस्तुत अध्ययनमा सैद्धान्तिक अवधारणाको रुपमा माक्र्सवादी अध्ययनलाई आधार बनाई सोही अनुसार बिषयवस्तुको विश्लेषण गरिएको छ । माक्र्सवादी सिद्धान्तका मान्यताहरु पूजीवादी समाजको आलोचना, द्वन्द्वात्मक भौतिकवादी मान्यता , वर्ग संघर्षको सिद्धान्त र चेतना, सोही आधारमा वर्गीय चेतनाको रुपमा नेपालमा २०५२ सालदेखि चलेको माओवादी सशस्त्र युद्धलाई समेत उल्लेख गर्ने कार्य भएको छ । सामन्तवादको पतन र पुँजीवादको उदयले साहित्यमा यथार्थवादलाई जन्मायो । उन्नाइशौं शताब्दिमा आइपुग्दा यथार्थवाद आलोचनात्मक यथार्थवादको रुपमा विकसित भयो र तात्कालिक साहित्यिक आन्दोलनमा अग्रगामी आन्दोलन थियो । स्वच्छन्दतावादको आध्यात्मिक र काल्पनिक उडान विरुद्ध आलोचनात्मक यथार्थवादको भौतिकवादी चिन्तनले साहित्य र वस्तुयथार्थबीचको सम्बन्धलाई बडो उदात्त रुपमा प्रस्तुत गर्यो ( बराल, २०५२) ।
प्लेटो प्रतिपादित आदर्शको बिरोध गरिएको र हेगेलको द्वन्द्वात्मक भौतिकवादको जगमा उभिएर प्रतिपादित सिद्धान्त अनुसार गुणबाट मात्रामा र मात्राबाट गुणमा, निषेधको निषेध तथा बिरोधहरुका बीचको एकता र रुपान्तरण जस्ता तिनवटा महत्वपूर्ण पक्षहरु यसमा पर्दछन् । द्वन्द्वात्मकतालार्ई भौतिकवादसँग जोड्ने क्रममा यस नियमलार्ई इतिहास वा समाज विकासको नियमसँग जोडेर प्रस्तुत गरिएको पाइन्छ । माक्र्र्सको अनुसार हाम्रो चेतनाले अस्तित्व निर्धारण गर्ने नभएर हाम्रो अस्तित्वले चेतनाको निर्र्धारण गर्दछ ।
ऐतिहासिक भौतिकवादका अनुसार इतिहासको विकास नै युगको विकास हो र यसले समाज विकासका नियमहरुको व्याख्या गर्छ भन्ने मान्यता राख्छ । आदिम साम्यवाद, दास युग, सामन्तवादी युग, पुँजीवादी युग हुँदै समाजवाद र साम्यवादसम्म पुग्न सकिने कुराको व्याख्या ऐतिहासिक भौतिकवादमा गरिएको पाइन्छ ।
माक्र्सवादी दर्शनको अर्को पक्ष वर्ग संघर्षको सिद्धान्त हो । यो सिद्धान्त ऐतिहासिक भौतिकवादको पुरक सिद्धान्त हो । यसले समाजको आजसम्मको इतिहास वर्ग सिद्धान्तको इतिहास हो भन्ने मान्यता राख्दछ । दास युगमा दास र मालिक, सामन्तवादी युगमा सामन्त र किसान, पूँजीवादी युगमा सर्वहारा र पूँजीपतिबीच संघर्ष हुने मान्यता राखेको पाइन्छ । साम्यवादी समाजमा मात्र वर्ग अन्त्यको अवस्था आउने यस सिद्धान्तको मान्यता रहेको छ ।
माक्र्सवाद आपैmमा कुनै निश्चित विन्दुमा गएर रोकिने मान्यता वा सिद्धान्त होइन । समाज र राज्यको परिवर्र्तनका हरेक कुरा माक्र्सवादी अध्ययमा समेटिएका हुन्छन् । समय परिस्थिति अनुसार के कस्तो अवस्था आउँछ र समाजले कस्तो खालको परिवर्तनको अपेक्षा गरेको छ भन्ने माक्र्सवादी अध्ययनको क्षेत्रभित्र पर्दछ । चाहे त्यो जनताको मुक्तिको आन्दोलन होस् या जातीयता तथा नारीमुक्तिका आन्दोलन हुन् सबै कुरा माक्र्सवादी अध्ययनका क्षेत्र अन्तरगत समेटिएका हुन्छन् । यस अर्थमा माक्र्सवादी सिद्धान्तको सम्बन्धमा यो कुरा बुभ्mन सकिन्छ कि परिवर्तनका हरेक बिषय माक्र्सवादी अध्ययनको सैद्धान्तिक अवधारण वा पक्ष हो ।
कवि प्रथाको युद्धशिविरमा हिँडको मान्छे कविता संग्रहलाई माक्र्सवादी कोणबाट अध्ययन र विश्लेषण गरिएको छ । कविता संग्रहभित्र हाम्रो समाजको वर्गीय चिन्तनमा आधारित कविताहरु रहेका छन् । हाम्रो समाज अझ पनि वर्र्ग विभाजनमा आधारित रहेको छ । अझसम्म पनि हाम्रो समाजमा दास र मालिक प्रथा कायम नै रहेको छ । गरी खाने किसान वर्ग, सामन्तवादी वर्ग र सर्वहारा वर्गबिचको संघर्ष हालसम्म पनि विद्यमान रहेको कुरालाई युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहभित्रका कविताले स्पष्ट रुपमा सङ्केत गरेका छन् । त्यसै गरी कविताहरुले द्वन्द्ववादको आधारमा हाम्रो सामाजिक परिवेशमा रहेका विभिन्न पक्षको उल्लेख गरेका छन् । राज्यसत्ताले जनताको आवाजलाई निषेध गरी अगाडि बढ्न खोज्दा राज्यसत्ता र न्यायप्रेमी जनताको बिचमा द्वन्द्वको अवस्था आएको कवितामा उल्लेख गरिएको छ । उल्लेखित सैद्धान्तिक मान्यतालाई आधार मानेर कवि प्रथाको युद्धशिविरमा हिँडेको मान्छे कवितासँग्रह भित्र रहेका कविताको विश्लेषण कार्य गरिएको छ ।
३.३ अर्थापनको पद्धति÷व्याख्या
प्रस्तुत अध्ययनमा संकलित सामग्रीलाई गुणात्मक अनुसन्धान विधिको आधारमा विश्लेषणात्मक र व्याख्यात्मक विधिको अवलम्बन गरेर अनुसन्धान कार्यलाई पूर्णता दिइएको छ । उपलब्ध सामग्रीको अध्ययन गरी सो सोही आधारमा विषयवस्तुलाई भाव स्पष्ट हुने गरी व्याख्यात्मक विधिको अवलम्बन गरिएको छ । आवश्यकता अनुसार माक्र्सवादी सिद्धान्त अन्तरगत रहेका विभिन्न सिद्धान्तहरु पुँजीवादी समाजको अध्ययन, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी मान्यता, वर्ग संघर्षको इतिहास सम्बन्धी सैद्धान्तिक अध्ययनको मान्यतामा आधारित रहेर प्रस्तुत गरिएका सामग्रीलाई स्पष्ट रुपमा अर्थापन गर्ने कार्र्य गरिएको छ । साथै हाम्रो समाजमा रहेका सामन्तवादी प्रबृत्तिको बिरुद्धमा जनताको आवाज सम्बन्धमा कविताले दिन चाहेको सन्देश, पूँजीवादले शोषण गरेको सामाजिक अवस्था, वर्ग संघर्ष, भौतिकवादी मान्यतामा आधारित कविता, सामाजिक चेतनालाई लिएर रचना गरिएका कविता र नेपालको सन्दर्भमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको दशबर्षे जनयुद्धको क्रममा राज्यपक्ष र बिद्रोही पक्षबिचमा भएको संघर्षको अवस्थाका बारेमा प्रस्तुत अध्ययनपत्रमा अर्थापन गरिएको छ ।

४. व्याख्या विश्लेषण
कवि ओमकार उप्रेती ‘प्रथा’ को युद्धशिविरमा हिँडेको मान्छे शीर्षको कविता नेपालमा बि.सं. २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको आधारभूमीमा टेकेर लेखिएको छ । बिशेष गरी तत्कालीन नेकपा (माओवादी) द्वारा नेपाली जनताको मुक्तिको लागि गरिएको जनयुद्धको समयलाई नै कविताको प्रमुख बिषयवस्तु बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनताको हक अधिकारका लागि लडाइ गरेको प्रसङ्ग सँगै समाज परिवर्तनका सम्बन्धमा विविध पक्षलाई समेटेर कविताको प्रस्तुति गरिएको छ । कवि प्रथाले रचना गरेको कविता संग्रहभित्र जम्मा ४९ वटा कविताहरु रहेका छन् । कविता संग्रहभित्र रहेका सबै कविताहरु गद्य लयमा रचना गरिएका छन् । कविता संग्रहभित्रका कविताहरु समाजशास्त्रीय दृष्टिकोणबाट अध्यात्मवादी र भौतिकवादी बिषयवस्तुलाई समेटेर भौतिकवादको पक्षमा प्रस्तुत गरिएका छन् । वर्तमान अवस्थामा कविताको बजारमा विभिन्न किसिमका कविताहरु देखिएका छन् । कतिपय कविताहरु वर्गीयताको नाममा अतिरञ्जना गरेर पनि लेखिएको पाइन्छ । कतिपय कविताहरु वर्गीय हुँदाहुँदै पनि बैचारिक दृष्टिले कमजोर देखिन्छन् । युग चेतनाको हिसाबले अध्ययन गर्दा त्यस्ता कविताहरु कमजोर पनि पाइन्छन् । कविहरुले कवितामा बिचार र कलालाई संयोजन गर्न नसकेको अवस्था पनि पाइन्छ । यस्तो परिवेशमा कवि प्रथाको युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहभित्र ओजस्वी कविताहरु संग्रहित छन् । संग्रहभित्रका कविताहरु माक्र्सवादी सिद्धान्तको आधारमा अध्ययन गर्दा निम्न बिषयवस्तु भेट्न सकिन्छ ः
४.१ पूँजीवादले शोषण गरेको समाजको आलोचना
माक्र्सवादी साहित्य सिद्धान्तका अनुसार पूँजीपति वर्ग र सर्वहारा वर्गको बीचमा कतै पनि सामन्जस्यको अवस्था नरहेको अवस्थामा सर्वहारा अथवा निम्न अवस्थाका मानिसहरुको बीचमा संगठन हुन्छ । सर्वहारा वर्गका मानिसहरु संगठित हुँदै गएपछि पूँजीपति वर्ग र सर्वहारा वर्गको बीचम द्वन्द्वको अवस्था सिर्जना हुन जान्छ । जसले गर्दा क्रान्ति हुन्छ र समाजको परिवर्तन हुने गर्दछ । कवि प्रथाले युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहमा यस्तो प्रकारको भाव व्यक्त भएका कविताहरुको रचना गरेका छन् । अब पूँजीपति वर्गले सर्वहारा वर्गलाई शोषण र दमन गरेर आपूm सधैभरी सत्तासिन भइरहने अवस्था नरहेको र सर्र्वहारा वर्गको विजय सुनिश्चित रहेको भावना कवितामा व्यक्त भएको छ ः
अब छेकवार हुने छैन
यो कालकोठरीको बुइँगलमा कसैको
गौँडो ढुकेर बस्ने चन्द्रवीर
सपनाको लट्टाइ बोकेर अरब गएको छ
नोटका प्mयाउरी नचाएर
भ्याएसम्म उठाउ
पसिनाको खमारबाट नीला बिस्कुनहरु
यही बिस्कुनको भर्याङ चढेर
भोलि उक्लनु छ
तिमीले आप्mनै जीन्दगीको अग्लो पहाड । ( पृष्ठ, १८)
कविताको यो अंशले सर्वहारा र गरिखाने वर्गका मानिसहरुलाई अब कसैको भरमा होइन आप्mनो भरमा बाँच्न सिक्ने बेला आएको भावना व्यक्त गर्दै आप्mनो हक अधिकारहो लागि संघर्ष गर्ने वर्गको विजय सुनिश्चित रहेको भावना व्यक्त गर्न खोजेको छ ।
अब गरी खाने सर्वहारा वर्गका मानिसहरु सहरमा गएर वा जहाँसुकै रहेर भए पनि अरुको सेवा मात्र गरेर बस्ने र दमनमा रहने अवस्था छैन । सामन्तहरुको अन्तको लागि सहरीया मालिकहरुको सेवा मात्र होइन, सर्वहाराहरुले अब शिर उठाएर शोषण र दमनको अन्त्यका लागि लड्ने अवस्था आएको छ । सधै भरी शोषणको पीडामा मात्र पिल्सिनु हुँदैन र यसको लागि आपूmमाथिको बज्ररुपी खुँडा सामन्तहरुलाई ताक्न सक्नु पर्दछ अनि मात्र विजय सुनिश्चित हुनेछ भन्ने भाव कवितामा प्रस्तुत गरिएको छ ।
सहरको जङ्गलभित्र
बजार भाउले घाँटी रेटेपटि
भोकले लोलाएकी गृहिणी घोप्टिए भैंm
आस्थाको शिर झुकाएर
म घोप्टिनेछैन
अब तिम्रो बजेटको कामुक डालोमा ।
जुन अचानोले सहन्छ पीडा
उहीमाथि बज्रिरहन्छन्
विचारशून्य खुकुरी र खुँडा
मेरो समाजशास्त्रले बुझेको यही हो हजुर । (पृष्ठ, २३ )
अब सामन्ती र पुँजीपतिहरुको दवावमा मानिसहरु रहने अवस्था छैन । आप्mनो अधिकारको स्थापना गर्न र बैचारिक साथै सशस्त्र संघर्र्षको लागि समेत सबै मानिसहरु सचेत भइसकेको अवस्थाको बारेमा कवितामा उल्लेख गरिएको छ ।
४.२. वर्ग संघर्षको बारेमा प्रस्तुत कविताहरु
माक्र्सवादी सिद्धान्तको अध्ययन अनुसार वर्ग संघर्ष ऐतिहासिक भौतिकवादको पूरक सिद्धान्त हो । यस अनुसार समाजको आजसम्मको इतिहासलाई अध्ययन गर्ने हो भने वर्ग संघर्षको इतिहास भेटिन्छ । वर्ग संघर्षृको सिद्धान्त अनुसार दास युगमा दास र मालिक, सामन्तवादी युगमा सामन्त र किसान, पूजीवादी युगमा सर्वहारा र पूँजीपति वर्ग बीचमा द्वन्द्व भएको पाइन्छ । जब समाज साम्यवादी अवस्थामा पुग्दछ तब त्यो समाजमा वर्ग संघर्षको अन्त्य हुन्छ भन्ने मान्यता यस सिद्धान्तको रहेको छ ।
वर्तमान समाज भनेको पूजीपति र सर्वहाराबिचको समाज हो । यस प्रकारको समाजमा सर्वहारा वर्गका मानिसहरु आप्mनो अधिकारको स्थापना गर्र्न पूँजीपतिहरुसँग संघर्ष गर्न अगाडि बढ्नु पर्दछ । इतिहासले मागेको र प्रमाणित गरेको कुरा पनि यही नै हो । जब अब सर्वहारा वर्गले आप्mनो अधिकार जसरी पनि स्थापित गर्र्ने गरी पुँजीपतिहरुको विरुद्ध संघर्ष गर्र्नेछन् । उनीहरु आप्mनो लक्ष्यमा सफल हुनेछन् भन्ने आशय युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहभित्रका कवितामा पाइन्छ ।
कवि प्रथाको युद्धशिविरमा हिँडेको मान्छे शीर्र्षकको कविता संग्रहमा हाम्रो समाजमा मात्र नभएर राज्यको कुरा कविता मार्पmत शक्तिशाली वर्गको रुपमा चित्रण गर्न खोजिएको छ । राज्य व्यवस्था नै सामन्तवादको पक्षपोषण गर्ने र न्यायप्रेमी जनताको दमन गर्ने मनस्थितिमा रहेको कवितामा देखाइएको छ भने राज्यको शक्तिहीन वर्गको रुपमा गरीखाने श्रमजीवी वर्गका जनताहरुलाई प्रस्तुत गरिएको छ । सामान्य अवस्थामा न्याय नपाउने भएपछि बाध्य भएर जनताले राज्यको विरुद्धमा हतियार उठाउनु परेको थियो । जुन अवस्था नेपालको इतिहासमा बि.सं २०५२ सालदेखि सुरु भएर बि.सं. २०६२ सालसम्म चलेको थियो । सोही अवस्थामा नेपाली जनताले सामन्तवादको अन्त्य र जनताको शासन व्यवस्था स्थापना गर्नको लागि सशस्त्र युद्धको बाटो रोज्नु परेको यथार्थ यहाँ वर्ग संघर्षको रुपमा उठाइएको छ । लेखकले कवितामा न्यायप्रेमी नेपाली जनताको पक्षमा कविता लेखेका छन् । कविताहरुले जनताको पक्षमा आवाज उरालेको पाइन्छ ।
उच्च वर्गले जहिले पनि सत्ताको दुरुपयोग गरेर जनताका हक अधिकार कुण्ठित गरिरहेको हुन्छ । सामान्य अवस्थाबाट आप्mनो अधिकारको स्थापना गर्न कठिन भएपछि जनताले हिंसाको बाटो रोज्नु परेको कुरा कवितामार्पmत प्रस्तुत गरिएको छ । नेपाली जनताले आप्mनो मुक्ति आन्दोलनको लागि संघर्ष गर्न संगठित रुपमा सशस्त्र आन्दोलन गर्नुपरेको थियो । सोही कारण सामन्तवादी सत्ताको अन्त पनि भएको थियो ।
जनताले आपूm स्वतन्त्र हुन र सामन्तवादी शासनबाट मुक्ति पाउनको लागि गरेको आन्दोलनमा मृत्यु नै रोज्न पनि तयार रहेको कुरा कवितामा देखाउन खोजिएको छ ः
मृत्युमा बढी नाफा छ कि जीवनमा
यो शान्ती भनेको
जीवन हो कि मृत्यु होला ? (पृष्ठ, १४)
वर्र्गीय मुक्तिको लागि संघर्ष गर्न पनि तयार रहेका सचेत जनताको सम्बन्धमा आप्mनो हातमा बन्दुक लिएर अगाडि बढ्न चाहेको र आपूm जस्तो सुकै कठिन परिस्थितिको पनि सामना गर्न तयार रहेको भाव कवितामा व्यक्त भएको छ ः
थमाऊ यी हातहरुमा
तिमीजस्तै एउटा सन्की बन्दुक ।
मृत्युसँग तेलकासा खेलेर
म आप्mनो योग्यता पुष्टि गर्न चाहन्छु ।
हिँडाऊ मलार्ई
अण्डरवल्र्डको अँध्यारो सुरुङको गल्ली
सिसिलियनको कीर्तिमान तोडेर
म आपूmलाई प्रमाणित गर्न चाहन्छु । (पृष्ठ, ७७)
सामन्तहरुले शताब्दियौंदेखि जनताहरुलाई गरेको शोषणको कारण जनताले आपूm संघर्षमा होमिनु परेको कुरा कवितामा व्यक्त गर्न खोजिएको छ । गरी खाने जनताले जहिले पनि हुनेखाने वर्गका मानिसहरुलाइ आप्mनो शिरमाथि बोकेर हिँडि नै रहे । तर जनतालाई सामन्तहरुले जहिले पनि कमजोर ठान्दै गरीखाने वर्गका मानिसहरुमाथि अन्याय र अत्याचार गरिरहे । सामन्ती सोच भएका मानिसहरुले गरिखाने जनतालार्ई जहिले पनि कमजोर ठानी अन्याय अत्याचार गरेको हुँदा अब ती पीडित जनताले आपूm संघर्षमा होमिन बाध्यताबश चाहेको कुरा प्रस्तुत गरिएको छ ः
सदियौंदेखि
फोहोरी ठेङहरुले कुल्चिएर
तिमीले खेलिरह्यौ
मेरो विश्वासको शिरमाथि दधिकादो !
र शिरपाई हालेर रोकिरह्यौ
रहरहरु बोकी दौडने कम्पनी गाडी !
म अब
भुँइको धुलोबाट उठ्छु
र बारुदको पाल्की बोकेर
धीत मरुन्जेल सिरुवा खेलिरहन्छु । (पृष्ठ, ९५)
कवितामा कविले सामन्तवाद र श्रमजीवी जनताबीचको वर्गीय द्वन्द्वलाई प्रस्तुत गरेर यथार्र्थको छनक दिएका छन् ।

४.३. भौतिकवादी मान्यता व्यक्त भएका कविताहरु
भौतिकवादी मान्यताको आधार द्वन्द्वात्मक भौतिकवाद हो । यस सिद्धान्त अनुसार प्लेटो प्रतिपादित आदर्शवादको विरोध गरिएको हुन्छ । हेगेलको द्वन्द्ववादको जगमा उभिए पनि त्यसको चिन्तन आदर्शवादी रहेको हुँदा माक्र्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरेका थिए (भट्टराई, २०७७) । यसमा गुणबाट मात्रामा र मात्राबाट गुणमा, निषेधको निषेध तथा बिरोधीहरुका बीचको एकता र रुपान्तरण जस्ता महत्वपूर्ण बिषयहरु रहेका हुन्छन् । द्वन्द्ववादलाई भौतिकवादसँग जोड्ने क्रममा यस नियमलाई इतिहास वा समाज विकासको नियमसँग जोडेर प्रस्तुत गरिएको हुन्छ । माक्र्र्सका अनुसार हाम्रो चेतनाले हाम्रो अस्तित्व निर्धारण गर्र्ने नभएर हाम्रो अस्तित्वले हाम्रो चेतनालाई निर्धारण गर्दछ ।
त्यसैगरी माक्र्सको अर्को मान्यता ऐतिहासिक भौतिकवादी मान्यता हो । ऐतिहासिक भौतिकवाद इतिहासको भौतिकवादी मान्यतामा आधारित हुन्छ । इतिहासको विकास नै युगको विकास हो र यसले समाज विकासका नियमहरुको व्याख्या गर्छ भन्ने मान्यता यसको रहेको हुन्छ । आदिम साम्यवाद, दासयुग, सामन्तवादी युग, पूँजीवादी युग हुँदै समाजवाद र साम्यवादमा पुग्न सकिने व्याख्या ऐतिहासिक भौतिकवादी मान्यतामा आधारित रहेको हुन्छ । आर्थिक आधार र अधिरचनाले नै युग र समाजमा रुपान्तरण ल्याउने मान्यता यसको रहेको छ । आधार सदैव आर्थिक हुने र त्यही आधारका जगमा धर्म, कानुन, साहित्य, कला, विज्ञान, विचारधाराजस्ता अधिरचना जन्मने यसको मान्यता रहेको हुन्छ ।
कवि प्रथाको युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहभित्र भौतिकवादी मान्यतामा आधारित कविताहरु रहेका छन् । जसले समाज विकासको बारेमा उल्लेख गरेका छन् । जब आर्थिक रुपमा समस्या रहेको हुन्छ त्यस अवस्थामा ईश्वर धर्मकर्म भन्ने कुरा सामान्य र गौण रहन्छन् । गरीबका झुपडीसम्म भगवान कहिलै पनि आउन सक्दैन । भगवान जहिले पनि सामन्तहरुको महलसम्म मात्र आएको र सोही महलमा नै सीमित रहेको भावना कवितामा व्यक्त भएको छ । यसको लागि संघर्ष नै आवश्यक रहेको हुन्छ भन्ने भाव कविता मार्र्पmत व्यक्त भएको पाइन्छ ः
तिम्रो पेटको आगो देखेर
भगवानको मन पोल्दैन बाबु !
मिर्कीको फाटेको गुन्यु हेरेर
उसका आँखाबाट लाज रसाउँदैन बाबु !
र यी हस्तरेखाको बाटो हुँदै
त्यो माथिको भगवान
हाम्रो झुपडीसम्म कहिल्यै आइपुग्दैन बाबु ! (पृष्ठ, ११२)
द्वन्द्वको समयमा आप्mनो आर्थिक तथा सामाजिक हक अधिकार खोज्नेको लागि सचेत र न्यायका पक्षधर व्यक्तिहरु बन्दुक नै समाएर जङ्गल पस्नु परेको थियो । यस्तो अवस्थामा अन्याय र अत्याचारको अन्धकारभित्र रहेका जनताले मुक्तिको उज्यालो खोज्नु पर्र्ने बाध्यता थियो । न्यायप्रेमी जनताहरु अब फेरि सामन्तहरुको विरुद्ध भावी पुस्ताले आवाज उठाउन नपर्ने गरी लड्न तयार भएका थिए । आप्mनै दाजुभाइसँग पनि ठूलो युद्ध लड्नुपर्ने बाध्यता श्रमजीवी वर्र्गका नेपाली जनतामा थियो । न्यायको लागि र सामन्तको अन्त्यको लागि युद्धरुपी नदीमा बग्नु परेको यथार्थ अवस्थालाई कवितामा प्रस्तुत गरिएको छ ः
पीडैपीडाको यो बाक्लो तुवाँलोभित्र
जीवनको लालटिन खोज्न
म अब जङगल पस्दैछु —मुर्ख बन्दुक समाएर !
बन्दुक बिरुद्धको अन्तिम लडाइँमा
आपैm बन्दुक बनेर
म बग्न चाहन्छु —समरको विशाल नदीतर्पm । (पृष्ठ, १७)
यसरी कविले अस्तित्वको खोजीका लागि द्वन्द्व गर्नु परेको कुरा कवितामा प्रस्तुत गरेका छन् । अस्तित्वले चेतनाको निर्धारण गर्ने भएकोले जबसम्म सर्वहारा वर्गका जनताहरु अस्तित्वमा पुग्दैनन तबसम्म उनीहरुको चेतनाको स्तर पनि माथि नजाने स्पष्ट छ । यही क्रममा मानवीय चेतनाले नै अस्तित्वको निर्धारण गरेको कुरा कवितामा उल्लेख गरिएको छ ।

४.४. सामाजिक चेतनाको भावना व्यक्त भएका कविताहरु
मानिस सामाजिक प्राणी हो । समाजमा रहेर उसले विभिन्न भूमिकाहरु निर्वाह गरेको हुन्छ । समाजमा समान अवसर प्राप्त गर्न नसकेपछि मानिसको मनमा समानताका कुरा उठ्न थाल्छन् । त्यस अवस्थामा शोषक र शोषितको भावना पैदा हुन जान्छ । जसको फलस्वरुप क्रान्तिको जन्म हुन्छ भन्ने कुरालाई माक्र्सवादी सिद्धान्तमा उल्लेख गरिएको छ ।
कवि प्रथाको युद्धशिविरमा हिँडेको मान्छे कविता सँग्रहमा यस्ता खालका चेतनाले प्रेरित कविताहरु प्रस्तुत भएका पाइन्छन् । समाजमा भएका शोषक वर्गले थिचोमिचो गरेको कारण विद्रोही बन्नु परेको कुरालाई कवितामा उल्लेख गरिएको छ । अब गरिखाने जनताहरु पनि सचेत बन्ने बेला आएको छ । जब बैचारिक रुपमा जनतामा चेतनाको विकास हुन्छ तब उनीहरुको बिचारले पूmल बनेर सुवास छर्ने अवस्था आउने छ भन्ने भावना व्यक्त भएका कविता प्रस्तुत भएका छन् ः
यतिखेर म
विद्रोह बनेर बर्षनु छ
बिचार बनेर अग्लनु छ
र पूmल बनेर मुस्कुराउनु छ । (पृष्ठ, ४५)
समाजमा मुखिया प्रवृत्ति अझ पनि व्याप्त रहेको छ । मुखियाको शोषणमा परेका जनताहरुको आवाज अब विस्तारै गुन्जिन थालेको छ । मुखियाको सामन्ती प्रबृत्ति धेरै लामो समय नटिक्ने भावना कवितामा व्यक्त भएको छ । आखिर हरेक कुराको सीमा हुन्छ । यदि सीमा नाघेपछि त त्यो विद्रोहको ज्वाला बन्न सक्छ । त्यस प्रकारको विद्रोहको ज्वालाले कसैलाई पनि बाँकी नराख्ने कुराको संकेत भएका कविताहरु पनि संग्रहमा रहेका छन् ः
मुुखिया सा’ब !
आगो त निर्जिव छ
सायद
अन्तिम सीमा नाघेपछि त
यो आगो निभ्ने छ
र जनखु दन्कन सुरु गर्ने छ । ( पृष्ठ, ७०)
यस प्रकारले सामाजिक चेतना व्यक्त भएका कविताहरुले हाम्रो समाज परिवर्तनको चाहना राखेका छन् । जब मानिसमा चेतनाको विकास हुन्छ तब परिवर्तन संभव हुन्छ भन्ने कुरालाई कवितामा व्यक्त गर्न खोजिएको छ ।
४.५. जनयुद्ध र क्रान्तिकारी भावना व्यक्त भएका कविताहरु
समाजमा जहिले पनि वर्र्गीयता कायम रहेको हुन्छ । त्यो वर्गीयताको कारण शोषक वर्गले सामान्य र गरी खाने वर्गमाथि शासन चलाएको हुन्छ । जब गरीखाने वर्गमा चेतना विकास हुँदै जान्छ त्यो चेतना क्रान्तिमा परिवर्तन हुन्छ । त्यो क्रान्तिले गर्दा समाज र राज्यको हरेक स्थानमा परिवर्तन ल्याउँछ भन्ने माक्र्सको सिद्धान्त रहेको छ । यही मान्यतामा आधारित रहेर कवि प्रथाले युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहमा कविता लेखेका छन् ।
जनयुद्धको समयमा बेवारिसे लासहरु प्रशस्त फेला पर्थे । आप्mनो मान्छे हो भन्ने थाहा हुँदा पनि जनताहरु राज्यको डर त्रासले गर्दा आप्mनो भन्न सक्दैनथे । यस्ता लासहरु झाडीहरुमा प्mयाँकिएको अवस्थामा पनि हुन्थे । न्यायप्रेमी नेपाली जनताहरु अन्याय र अत्याचारको समूल अन्त्यका लागि संघर्ष गरेका थिए । त्यस अवस्थामा आप्mनो ज्यानको परवाह नगरी जनताहरु संभर्षमा होमिए । आफन्तहरुले मृतक लास आफन्तको हो भन्ने अवस्था थिएन । मुक्तिका लागि गरिएको सशस्त्र संघर्षमा कतिपय अवस्थामा राज्य पक्षबाट न्यायप्रेमी जनताको हत्या गरी जङ्गल र झाडीमा प्mयाँके पनि आफन्त जान सक्दैनथे । यस तथ्यलाई कविता मार्पmत प्रस्तुत गरिएको पाइन्छ ः
भन मुखिया सा’ब
ऊ त्यो घारीमा भेटिएको लास कसको हो ?
नजिकै सिरुको झाङभित्र
सर्पभैmँ गुजुल्टिएको इँजार कसको हो ?
र लासको छेवैमा बसेर
टोलाइरहेको बच्चाको असली बाबु को हो ? (पृष्ठ, १२४)
जनयुद्धले देशमा सामन्तहरुको पराजय भएको कवितामा उल्लेख गरिएको पाइन्छ । यदि जनयुद्ध नभएको भए देशमा परिवर्तन आउने नै थिएन । यस युद्धको कारण देशमा सकारात्मक आशा पलाएको भावना व्यक्त भएको छ । अहिले सामान्य वर्गका जनताहरु पनि आप्mनो अधिकारको लागि छाति खोलेर बोल्न सक्ने अवस्था आएको छ । आपूm अन्यायमा परेको र न्याय चाहिएको कुरालाई सामान्य जनताहरु निर्धक्कसँग बोल्न सक्छन् । यस अवस्थामा धर्तीमा गरी खाने वर्गका मानिसहरुको लागि बसन्त नै आएको छ । जनयुद्धको कारण यस प्रकारको परिवर्तन आएको भन्दै जनयुद्धका राम्रा पक्ष कवितामा उल्लेख गरिएको छ ः
युद्ध नहुँदो हो त
कसरी फुल्थे डालीमा पूmलहरु ?
र कसरी मुस्कुराउँथ्यो यो धर्तीमा वसन्त ?
कहाँबाट बर्सन्थ्यो साउनको झरी ?
र कहाँबाट ओरालो झथ्र्र्यो नदीको पानी ?
कसरी नापिन्थ्यो समयको गति ?
र कसरी घुम्थ्यो होला सृष्टिको बाटुलो चक्र ?
किन देखिन्थ्यो सप्तरंगी इन्द्रेणी ?
र किन सल्कन्थे मस्तिष्कमा चेतनाका दियालाहरु ? (पृष्ठ, १६३)
कविले युद्धशिविरमा हिँडेको मान्छे शीर्षकको कवितामार्पmत माक्र्सवादी सौन्दर्य चिन्तनका हरेक पक्षलाई उद्घाटन गरेका छन् । माक्र्सवादी अध्ययनका दृष्टिले कृतिभित्रका हरेक कविताहरु उत्तीकै महत्वपूर्ण रहेका छन् ।

५.निष्कर्र्ष
कवि ओमकार उप्रेती नेपाली साहित्यमा प्रथा उपनामले चिनिन्छन् । बिशेष गरी गद्य कविताको क्षेत्रमा सशक्त मानिने कवि प्रथाको पछिल्लो कृति युद्धशिविरमा हिँडेको मान्छे शीर्षकको कविता संग्र्रह प्रकाशित भएको छ । जम्मा ४९ वटा गद्य कविताको संग्रह उक्त कृतिमा रहेका कविताहरु माक्र्सवादी सैद्धान्तिक अध्ययनको दृष्टिबाट उत्कृष्ट रहेका छा् ।
कवितामा कविले बिशेष गरी नेपालमा बि.सं. २०५२ सालदेखि तत्कालीमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको जनयुद्धको बिषयवस्तुलाई प्रमुख रुपमा उल्लेख गरिएको छ । नेपालको सन्दर्भमा शदियौं बर्ष पहिलादेखि सञ्चालनमा रहेको सामन्तवादी राज्य व्यवस्थाको कारण नेपाली जनताहरुले मुक्तिको चाहना राख्दै विभिन्न किसिमका आन्दोलनहरु गरे पनि जनताको इच्छा भन्दा पनि सामन्ती राज्य व्यवस्थाले आप्mनो सत्ता टिकाइराख्नको लागि विभिन्न किसिमका हथकण्डा अपनाउँदै आएको अवस्थामा जनयुद्धको थालनी भएको थियो । सोही सेरोफेरोमा कविता संग्रहमा उल्लेख गरिएका कविताहरुको मूल भाव रहेको छ । नेपालमा दशवर्षसम्म तत्कालीन नेकपा (माओवादी) ले गरेको सशस्त्र युद्धको कारण परिवर्तन आएको हो । यदि त्यसप्रकारले जनयुद्ध नभएको भए र राज्यको विरुद्ध न्यायप्रेमी जनताले हतियार नउठाएको भए अहिलेको परिवर्तन सम्भव थिएन । जनयुद्धको कारण भएको परिवर्तनपश्चात नेपाली जनताहरुले आपूmमाथि भएको अन्याय अत्याचार र आप्mनो मनमा लागेको कुरालाई निर्धक्कसाथ भन्न सक्ने अवस्थाको सिर्जना भएको छ । जनतामाथि अन्याय अत्याचार गर्ने सामन्ती सोचका मानिसहरु अहिले पहिलाजस्तो अन्याय अत्याचार गर्न सक्ने अवस्थामा छैनन् भन्ने कुरा कवि प्रथाले युद्धशिविरमा हिँडेको मान्छे शीर्षकको कविता संग्रहमा उल्लेख गरेका छन् ।
माक्र्सवादी अध्ययन व्यापक र गहन छ । यसको क्षेत्र विस्तृत भएको र बिषयवस्तुको व्यापकताको कारण माक्र्सवादले हरेक परिवर्तनका कुराहरुलाई अध्ययनको बिषयवस्तु बनाएको छ । कवि प्रथाका कविताहरुमा पूँजीवादी समाजको आलोचनाका दृष्टिले उल्लेखनीय मानिन्छन् । समाजमा शोषक र शोषित वर्ग रहेसम्म र उत्पादनका साधनहरुमा पूँजीपति वर्गको एकाधिकार कायम रहेसम्म वर्ग संघर्ष निरन्तर चलि नै रहेको हुन्छ । इतिहासले भविष्यको रचना गरेको हुन्छ र त्यो इतिहास सामान्य वर्गका मानिसहरुको चेतनाको आधार पनि हो । यही आधार र चेतनाको कारण निम्न वर्गका मानिसहरु संगठित भएर समाज परिवर्तनको लागि संघर्ष गर्दछन् भन्ने बिचार कवितामा व्यक्त भएको छ । अहिले बजारमा साहित्य रचना गर्ने साहित्यकारहरुको कुनै पनि प्रकारको कमी छैन । कतिपयले आपूmलाई अब्बल प्रगतिवादी र परिवर्तनकारी देखाउनको लागि कविता लेख्ने गरेको पाइन्छ । तर बैचारिक दृष्टि वा कलात्मकताको अभाव भएका त्यस्ता कृतिहरुले कालजयीता पाउन सकिरहेका हुँदैनन् । कवि प्रथाको कृति युद्धशिविरमा हिँडेको मान्छे कविता संग्रहमा रहेका कविताहरु बैचारिक र कलात्मक दुबै स्तरमा उत्कृष्ट मानिन्छन् ।

सन्दर्भ सामग्री सूची
प्रथा, (२०७४), युद्धशिविरमा हिँडेको मान्छे, काठमाडौ, काव्य शिविर ।
भट्राई, (प्रा.डा.), रमेशप्रसाद, त्रिपाठी, (डा. ) सुधा, २०७७, साहित्य सिद्धान्त तथा उत्तरवर्ती समालोचना, काठमाडौ, नेपाल खुला विश्वविद्यालय ।
बराल, (डा.) , ऋषिराज, (२०५२), माक्र्सवाद र उत्तरआधुनिकतावाद, काठमाडौ, साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र, (२०७१), (सम्पा.), सैँद्धान्तिक नेपाली समालोचना, काठमाडौ, जुगल पब्लिकेसन ।
गौतम, हरि, गिरी,(डा.), मधुसुदन, (२०७६), (सम्पा), प्राज्ञिक विमर्श, काठमाडौ, ओरियन्टल प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु