सिगरेटकोको ठुटा

- ईगम खालिङ

भूटानबाट लखेटिएर भारत हुँदै नेपालमा सरणार्थी बन्न पुगेका परिवारहरूमध्ये लिला बहादुर सुब्बाको परिवार पनि एक थियो । उनले आफ्नो स्नातकको पढाइ धेरै दु:ख गरेर दार्जीलिङको सन्त जोसेफ कलेजबाट सिध्याएको थियो । ऊसित कहिलेकहीँ खाता र कलम किन्ने रुपियाँसमेत हुँदैन थियो । कलेजमा अध्ययनरत रहँदा छात्रावासको फीस भर्न नसक्दा उनी अर्थ सहयोगको निम्ति सहरका कतिपय ट्रस्ट अनि ठूला-ठाला मानिसहरूलगायत सिक्किमका कतिपय मन्त्रीहरूलाईसमेत भेट्न जानेगर्थ्यो ।

लिला तीन सालबाद दार्जीलिङबाट नेपाल फर्कियो । उनी आएको खबर सुन्नसाथ उनको एकजना घनिष्ट साथी उनलाई भेट्न आयो । उनले साथीको निम्ति ल्याइदिएको एउटा किताब हातमा थमाइदिँदै एउटा सानो काँचको बाकसभित्र सजाएर सुरक्षित राखेको सिगरेटको ठुटा देखाउँदै भन्यो—

“जीवन कथै-कथाहरूको एउटा महाकथा बनिरहेछ, त्यसमा पनि यसको आफ्नै एउटा कथा छ । छात्रावासको कोठाभित्र चुरोट पिउन नपाएको दुई दिन भइसकेको थियो अनि म छट्पटिएर पागल बन्न लागिरहेको थिएँ । तर त्यस दिनचाँहि धोबी लुगा उठाउन आएछ । उनले दिएको सिगरेट पिएर मैले मेरो जीवनको प्रथम कथा लेखेँ । यो काँचको बाकसभित्रको चीज त्यही सिगरेटको ठुटा हो । अहिले म सिगरेट पिउदिनँ तर योचाहिँ त्यो मेरो प्रथम कथाको प्रतीकस्वरूप सम्झनाको निम्ति राखेको हुँ ।”

लिलाको कुरा सुनेर साथी छक्क परेर त्यो सिगरेटको ठुटालाई केहीबेर हेरिरहन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु