अन्तिम यात्रा

- निलकमल छेत्री

म कहिले नउठ्नेगरि गहिरो निन्द्रामा थिएँ
तब मेरो शरीरलाई फूल र मालाले स्झाउँदै थिएँ मानिसहरु |

संग्लो पानीमा गंगाजल मिसाएर खोइ किन्
हो मेरो शरीरलाई निथ्रुक भिझाइरहेका थिए मानिसहरु |

खै के थियो त्यस्तो घरमा
मेरो शरीरलाई चारवाटा काँध बोकिरहेका थिए मानिसहरु |

त्यो बेला मेरा सबै आफ्न्ताहरु मेरो सामु थिए
तर म बितारै सबैको मनबाट टाँडा हुँदै थिएँ |

तर म छक्क परे जसले मलाई कहिले राम्रो गरेन
आज म यसरी गहिरो निन्द्रामा सुतेको देखेर होला उनले पनि आँसुको बलिदान गर्दैछन |

थाहा छैन आज मानिसहरु किन छक्क पर्दैछन म सुतेको देखेर
सबै बेस्मारी रुँदै मलाई किन् उठ -उठ भन्दैछन् |

होइन् संधै मलाई त्यो आगोले प्ल्छ भनेर जोगाउने मानिसहरु
म सुतेको शरीरमा आज अझै तेल दलेको आगोको मुस्लोले मलाई झाेसिरहेका छन् मानिसहरु |

हन् अचम्म त् मलाई तब लाग्यो म आगाेको रापले जलिरहेको थिएँ
तब मेरो आफ्न्ताहरुलेनै पुजारी बालाई प्रश्न गर्न थाले यो शरीर जलन अझ कति समय लाग्छ ? |


भारत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु