गीत

- युवराज भण्डारी

गाउघरमा सुक्सुकाउदै रुन्छिन् नयनकी ज्योती मेरी
गाग्री बोकेर कम्मरमा पानी भर्न जादै होलिन् पंधेरी।

बेसिखेतमा संगै हामी कपर्दी र डन्डीबियो खेलेको
कति सम्झिन्छु घाँस काटेको, मच्चिदै उखु पेलेको।
आँखा भरि झल्को बनि आइरहन्छिन् मोती मेरी
उज्यालो दिन नि एक्लै हुदा लाग्छ मलाई अँधेरी।

स्कुल जादा डर मान्दै तर्थेउ हामी त्यो काठे पुल
याद आउछ चौतारी भन्ज्याङ, पानी पिउने मूल।
बाटो बिराउदा दृष्टि दिन आउछिन सरस्वती मेरी
तिम्रै निम्ति जिउछु हरपल तिम्रै हो मन मझेरी।


डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 भाद्र, 2077

लेखकका अन्य रचनाहरु