नियात्रा र हाइकुको कक्टेलः दाइबुचु

- प्रा. डा. ऋषिराम शर्मा

जापानी भाषाको ‘दाइबुचु’ शब्दको अर्थ हुन्छ – ठूलो बुद्धमूर्ति (पृ. ५८) । जापानीहरू जन्म संस्कार सिन्तो धर्मअनुसार, विवाह क्रिश्चियन र मृत्यु संस्कार बुद्धधर्मअनुसार गर्दछन्... (पृ. १९) । देश बनाउन एउटा असल र दूरदृष्टि भएको राजनेता जन्मनु पर्दो रहेछ (पृ. १९) । ढोँगी राष्ट्रवादले कहिल्यै देश र जनताको भलो गर्दैन न त विना औचित्य गरिएको अरू देशको आलोचनाले नै भलो गर्दछ (पृ. ६९) । यी र यस्तै गहन विचार र महत्वपूर्ण सूचना एवम् तथ्यलाई कृतिमा जीवन्त रूपमा उतार्ने कृष्ण बजगाईं नेपाल र नेपालीप्रति माया पोख्ने एक डायस्पोरिक स्रष्टा हुन् । सिङ्गो जापानको कला, साहित्य, संस्कृति र इतिहासलाई ‘दाइबुचु’ नियात्रा सङ्ग्रहमार्पmत एउटै किताबभित्र प्रचुर सूचना दिन सक्ने कृष्ण बजगाईंको सामथ्र्य अनौठै छ ।

हरेक नियात्राको प्रारम्भ र अन्त्यसमेत हाइकुबाट गरिएको र नियात्राका बीच बीचमा समेत हाइकुसँगै जम्काभेट हुने यो कृति नेपाली साहित्यमा नौलो विधाको रूपमा उदाएको छ । गद्यमा हाइकु राखेर लेखिने ‘हाइबुन’ नामक अलगै विधा जापानमा प्रचलित छ (बजगाईं, ७) । नेपालीमा चाहिँ ‘निबन्ध’ र ‘यात्रा’ मिलेर बनेको नियात्रा विधा छ । त्यसमा फेरि हाइकुको मिश्रण हुँदा ‘निबन्ध’, ‘हाइकु’ र ‘यात्रा’ को संयोगबाट नयाँ ‘निहात्रा’ नामक नयाँ विधा बन्न सक्ने, उक्त विधाको प्रथम कृति ‘दाइबुचु’ र प्रथम स्रष्टाको श्रेय बजगाईंले पाउन सक्ने सम्भावना पनि त्यतिकै छ ।

आणविक विनाशको वीभत्स विम्बका रूपमा विश्वभर परिचित जापान कसरी विकास, समृद्धि र शान्तिको विम्ब बनेर प्रगतिको शिखर आरोहण गर्यो । त्यसको चित्र बजगाईंका शब्दले यस कृतिमा राम्रै उतारेका छन् ।

नियात्रामा हुनुपर्ने निजात्मकता, गतिशीलता, स्थिरता, स्थानीयता र तथ्यात्मकताका सबै तत्वहरू संयमित, सन्तुलित र रोचक ढङ्गमा प्रस्तुति दिन बजगाईंको कलम माहिर देखिन्छ ।

जापानका १२२ औँ सम्राट मेइजीको आत्माको काल्पनिक वासस्थानलाई सिन्तो धर्मको पवित्र स्थलका रूपमा त्यहाँका जनता कसरी वास्तविक श्रद्धा गर्दछन््, कालान्तरमा युद्धले त्यहाँको धर्म र संस्कृतिलाई कसरी नष्ट ग¥यो भन्ने कुरा उनको ‘सम्राटको आत्मा दर्शन’ नियात्रामा वर्णित छ । अनुपम मनवोपयोगी काम गर्ने विशिष्ट व्यक्तिहरूको महान् आत्मालाई ईश्वरीय शक्तिका रूपमा विश्वास गर्ने जापानीहरूको विश्वास हेर्न आफू पुगेको ठाउँमा पाठकलाई समेत सँगसँगै डो¥याई श्रद्धावनत तुल्याउँछन् ।

उनको ‘टोकियोको झरी’ नियात्रामा टोकियोमा परिरहेको सिमसिमे पानीमा पैदल हिँड्दा देखेका र भोगेका अनुभूतिहरूको जीवन्त चित्रण छ । आँखालाई कहिले जापानी सुन्दरी युवतीका सौन्दर्य–चुम्बकले तानेको, कहिले काला बिराला र कुकुरका मूर्तिहरूमा झुम्मिएर फोटो खिचाउँदै गरेका दर्शकहरूले आकर्षित गरेको, मिनी स्कर्ट लगाएकी तरुनीको तातो र कामुक तिघ्रामा कुनै कम्पनीको विज्ञापनका लागि कलाकर्मीहरूले ट्याटु बनाइरहेको तथा फुसफुसे पानीमा रङ्गीचङ्गी छाता ओढेर सडक पेटीभरि जुलुस भैmँ हिँडिरहेका यात्रुहरूलाई हेर्दै हरेक दृश्यश्रव्य सूचनालाई अनुभूतिको ल्यावमा पु¥याउँदै कलात्मक आस्वादमा पस्कन्छन्ः बजगाईं ।

उनको ‘जापानका केराघरे माचुओ’ नियात्रामा हाइकु सम्राट माचुओ बासोको वासस्थान र सङ्ग्रहालयमा पुग्दाको अनुभूति, सूचना र तथ्यका आलोकमा चित्रित छ । युरोपमा नदेखिएका भवन र सडक संजाल, साहित्यकारलाई सरकारले दिएको सर्वोच्च सम्मान, भ्यागुताको उफ्राइलाई मानवीय अहम्को उफ्राइसँग कलात्मक चित्रण गर्ने बासोको विचित्र विम्बसंयोजन कला, निर्जीव ढुङ्गामा कुँदिएका भ्यागुता चित्र, म्युजियम नजिकै केरैकराको घारीले घेरिएको बासोको निवास स्थल एवम् त्यही नजिकैको नदी संगमका शिलामा हाइकुहरूका सम्पूर्ण दृश्य र अनुभूतिलाई उनी एकै झमटमा नियात्रामा उतार्छन् ।
उनको चौथो नियात्रा ‘कामाकुराका बुद्ध’ मा ४४ फिट अग्लो दाइबुचु वा ठूलो बुद्धमूर्ति भएको ठाउँमा पुग्दाको अनुभूति छ । ८० भन्दा बढी बौद्ध मन्दिर र धार्मिक स्थल भएको प्राचीन राजधानी भएको यस ठाउँमा पुग्दा जापानको सांस्कृतिक वैभव र इतिहास गौरवलाई पाठक समक्ष उतार्छन् ।

उनको पाँचौँ नियात्रा ‘युद्धपोतलाई गुलाफ’ जापानभित्रको अमेरिका सहर मानिने योकोसुका भ्रमणसँग सम्बन्धित छ । विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा बम खसालेर ध्वस्त पारेको जापानमा अमेरिकी सेनाको त्यो उपस्थितिप्रति (युद्धपछिको द्रूततर विकासमा अमेरिकाको अहम् हात रहेको भन्दै अमेरिकाप्रति) कृतज्ञता प्रकट गर्ने जापानी बुद्धिजीवीहरूका कुरा सुनेर उनी विस्मित हुन्छन् । टोक्यो किनारमा अवस्थित मिकासा पार्कमा त्यहाँ राखिएको युद्धपोत, शान्तिको कामना गर्दै बनाइएको पिस आर्च, अमेरिकी सैनिक अखाडा रहेको बाँदरे टापुको सूचनासमेत उनले प्रस्तुत नियात्रामार्फत निकै रोचक, मार्मिक एवम् भावुक रूपमा चित्रित गरेका छन् ।

उनले ‘ओन्सेनमा नाङ्गानाङ्गै’ नियात्रामा निर्वस्त्र अर्थात् नाङ्गै नुहाउनु पर्ने ठाउँमा गएर आपूm र आफ्नो टोलीले सर्वाङ्ग नग्नस्नान गर्दा आइपरेको लज्जा, ग्लानि र आपत तथा नुन जिउमा दलेर नुहाउने, तातो ढुङ्गामा सुतेर जिउ सेक्ने एवम् सावर स्नान र मसाजको समेत आनन्द लिन पाइने रङ्गीन सूचना पनि उनले निजात्मक अनुभूतिमा घोलेर पोखेका छन् ।

‘क्याट क्याफेमा बिरालीसित आँखा जुद्धा’ नियात्रामा उनी जनावरसँग प्रेम गर्ने जापानीहरूको अद्भुत बिरालो प्रेमको रोचक र सनसनीपूर्ण प्रस्तुति पस्कन्छन् । बिरालासँग रमाउँदै खानपानको आनन्द लिनका लागि क्याट क्याफेमा जापानीहरू अनेक रङ्गका बिरालाहरूसँग रमाए पनि उनी चाहिँ त्यही क्याफेमा रमाउन आएकी एक रूपवती जापानी सुन्दरीलाई नै बिरालीको विम्ब दिन्छन् र छुन नपाए पनि आँखा जुधेकी त्यस युवती बिरालीसँग मनमनै चाहिँ मज्जैले मजा लिन्छन् । उनी भन्छन्ः “सानो आँखा भएकी त्यस डल्ली बिराली जस्ती युवतीले...” (पृ. १०६) ।

उनी ‘लामो यात्राः लभ होटलमा जात्रा’ नियात्रामा जापानलाई पुल र पूmलको सहरका रूपमा चित्रित गर्छन् । घुमाएर बाटो लैजाने होइन सोभैm पाहाड छेडेर वा दुई पाहाडका बीचमा पुल हालेर बाटो बनाउने जापानी शैलीले उनको मन तान्छ र पहाडै पहाडले भरिएको नेपालमा यस प्रविधिको औचित्यको आवश्यकता अनुभूत गर्छन् । तलैतला भएको समुद्रमाथिको फ्लाइओभर, हावाबाट विजुली निकाल्ने टर्वाइन, गगनचुम्बी महलहरू छेड्दै सुलुत्त लम्पसार परेका हाइवेहरू, हिरोसिमा नजिकै अवस्थित लभ होटल अर्थात् युगल जोडीका एकान्त स्थल (जहाँ एक घण्टाको मात्र चार्ज तिरेर सहमति निर्वाध यौन आनन्द लिइने घण्टे होटल) छन् त्यो देखेर नेपालमा पनि यस्तो व्यवस्था हुनु आवश्यक भइसकेको उनी ठान्दछन् ।

जब उनी हिरोसिमा पुग्छन् ‘हिरोसिमामा रोएको मन’ नियात्रामार्पmत विश्वलाई नै आङ जिरिङ तुल्याउने अमेरिकी आणविक हमला र त्यसले गरेको एक लाख चालिस हजार मानिसहरूको संहार सम्झँदै त्यहाँको कारुणिक एवम् जीवन्त चित्र उतार्छन् । मानवताका सम्पूर्ण सीमा नाघेर गरिएको यस वर्वर आक्रमणको एक्सन फिल्म जस्तो भिडियो फिल्महरू सङ्ग्रहालयभित्र हेर्छन् र त्यो हेरेपछि युद्धको वीभत्स रूपसँग भिडियो स्क्रिनमा उनको साक्षात्कार हुन्छ । उनी विस्फोट लगत्तैको आर्तनाद र वीभत्स अवस्था, कालो कम्बल ओढे जस्तै जिउभरि झिँगा ढपक्कै ढाकेका आधा जलेका लास (१३२), मृत्यु भएका र पहिचान नखुलेकाहरूका नाममा बनाइएका विशाल स्मारक, नदीको पानी लासमा अनुवाद भएर बग्दै गरेका स्थानीय नदीहरूको पीडा हेर्दा हेर्दै उनको मन धुरुधुरु रुन्छ तर यही ठाउँमा विजयराज आचार्यले लेखेको २०७२ सालको भूकम्पको अनुभवमा आधारित ‘आकाश ओढ्ने जिन्दगी’ कथासङ्ग्रहसमेत विमोचन गरी मानवीय विपत्ति र प्राकृतिक विपत्तिका बीचको सेतु निर्माण पनि उनीहरूको टोलीले गरिछाड्छ ।

एक हजार वर्षसम्म राजधानी रहेको, दुई हजारभन्दा बढी बौद्ध मन्दिर रहेको कलात्मक सहर क्योटोमा रहेको स्वर्ण मन्दिर अर्थात किङ्काकुजीमा गएर त्यहाँको कलाको अद्वतीय नमुना एकातिर उतार्छन् भने अर्कोतिर हाइकु र चित्रकलाको संयोजन भएको हाइगाको बखान पनि गर्छन् ।

जापानको दोस्रो सहर भ्रमणका क्रममा उनले ‘योकोहामाको समुद्र र माचुरी’ नियात्रामार्पmत योकोहामाको विकास र समृद्धिको चित्र उतार्छन् भने जापानी धर्तीमा अवतरण गर्दा र जापानी धर्तीबाट बिदा हुँदाका अनुभूतिलाई केही जापानी शब्दहरूकै प्रयोग गरी ‘कोनिचिवा जापानः सायोनारा जापान’ नियात्रामार्फत पुस्तकको बिट मारेका छन् ।

शीर्षकचयनमा स्थानीयता र अर्थगाम्भीर्यमा राष्ट्रियतागत वैशिष्ट्य उनले यस पुस्तकमा पनि प्रदर्शन गरेका छन् । युरोपको भ्रमण गर्दा उनले स्थानीय भाषाकै शब्द ‘भायासाक्रा’ (इटलीका हिन्दु मन्दिरमा जाने पवित्र मार्ग) शीर्षकमा नियात्रा ग्रन्थ रचना गरे भने जापान भ्रमणका सन्दर्भमा पनि ‘दाइबुचु’ (ठूलो बुद्धमूर्ति) शीर्षक दिई कृतिको रचना गरेको कुराबाट उक्त सन्दर्भ पुष्टि हुन्छ ।

प्रस्तुत कृति भाषिक चमत्कार वा वक्रताका दृष्टिले पनि निकै आकर्षक छ । ‘प्रशान्त महासागरको पानीमा खसेको रात’, ‘कतिपय इच्छाहरू खुइलिएर नबुझिने भएका’ (२१), रुन्चे वर्ष (२४), छाताको करङले कुम र ढाडमा म्वाइ खानु, ग्राहकको मुटु कब्जा गर्ने विज्ञापन, अश्लीलताको तरबार, वैशालु युवती भैmँ उदात्त र उन्मुक्त देखिएको समुद्र जस्ता उदाहरणले पूरै कृतिलाई सूचना, तथ्यका र कलात्मकताको संगम तुल्याएका छन् । समग्रमा जापान भ्रमण गरेर पाइने सूचना र ज्ञानभन्दा जापानको भ्रमण गरेर लेखिएको प्रस्तुत कृतिको पठनबाट पाइने सूचना र ज्ञानले पाठकको मनलाई जापानकै धर्तीमा पु¥याउने प्रस्तुत कृति हरेक पाठकका लागि सङ्ग्रहणीय बनेकै छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2077

लेखकका अन्य रचनाहरु