समयः कोरोना प्रहार

- डा. राधा शर्मा

समय यसरी बित्तो रहेछ।
अघिका मीठा र रमारईला
क्षणहरु हातबाट थाहा नै नपाइ
चिप्लिंदै जान्छ।
समाउन खोज्दा खोज्दै
जिस्के जस्तो गरी
मुस्कुराउँदै आँखाबाट आझेल हुँदो रहेछ।
हो साथी,
थाहा नपाउँदै
समय यसरी दगुर्दो रहेछ।
अघिका खुल्ला हाँसो,
मुक्त भएर आकाश विचार्न थाल्छ।
सहज र रमाइला सम्बन्ध थाहा नै नपाई
टाढ़ा भइ दिंदा
कति दुख्छ मन ।
कति चीरा पर्छ छात्तीमा।
घर छिमेकीको साथमा बिताएका दिन सम्झंदा,
आजको ठोस धरातलमा
आत्मीयता र प्रेम भाव हराएर
कोल्टे परेको मानवता देख्ता,
हाहाकारको हुरी उठ्छ मुटुमा।
कति अशक्त र निर्बल मानव,
जति चोट परे पनि सहनै पर्ने ,
नियतिले आज मान्छेलाई
परमशक्तिको आभास गराइछाड़यो।
हो साथी,
समय यसरी बद्लिंदो रहेछ।
विश्व निल्ने शक्तिलाई
आफू अघि निहुराउन सफल बनेसकेपछि
हाहाकार मचाउँदै
निशब्द ताण्डव नृत्य गरी
संसार तर्साउने शक्ति
आज काल बनेको छ।
आज त्रास बनेको छ।
मानिसको अहममा
आफ्नो विजय पताका फराएको छ ।
हो साथी,
समय यसरी बद्लिएको छ।


, सेन्ट जोसेफ्स कलेज, दार्जीलिङ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2077

लेखकका अन्य रचनाहरु