भाषिक सामर्थ्य, सार्वभौमिकता र सिर्जनशीलतमा चम्स्कीको योगदान

- झपिन्द्रबहादुर क्षेत्री

लेखसार
आधुनिक भाषा विज्ञानको क्षेत्रमा रूपान्तरण व्याकरणका मान्यता साथ प्रस्तुत भएका भाषाशास्त्री अब्राहम नोम चम्स्की हुन् । चम्स्कीले रूपान्तरण व्याकरणको माध्यमबाट अनुभववादी, व्यवहारवादी साथै परम्परावादी मान्यतालाई अस्वीकार गर्दै भाषाको सार्वभौमिक भाषिक समाथ्र्य, र भाषिक सिर्जनाको सिद्धान्त र मान्यता प्रस्तुत गरे । चम्स्की रूपान्तरण व्याकरणका विश्वप्रसिद्ध भाषाशास्त्री हुन् । प्रस्तुत अध्ययन चम्स्कीका भाषिक सामथ्र्य, भाषिक सार्वभौमिकता र भाषिक सिर्जनशीलताको बारेमा मूल्याङ्कन गर्ने उद्देश्य राखी तिनै योगदानलाई मुख्य समस्या बनाई गरिएको हो । चम्स्कीका भाषिक मान्यताहरूलाई पहिल्याउँन पुस्तकालयीय अध्ययन कार्य र उपलब्ध पुस्तक, अनलाइन, आदि श्रोतबाट सामग्री संकलन गरी तिनै सामग्रीहरूको अध्ययन विश्लेषण गर्दै उनका मान्यतालाई चिनाउने प्रयासको रूपमा यस लेखलाई लिइएको छ । लेखमा समेटिएका मूल मान्यताहरू नै चम्स्कीका रूपान्तरण व्याकरण सम्बन्धी मूलभूत मान्यता र योगदानहरू हुन् । चम्स्कीले भाषा चिन्तन र रूपान्तरण व्याकरणका क्षेत्रमा सिर्जना गरेका नवीन मान्यताहरू नै उनको भाषिक क्षेत्र र रmपान्तरण व्याकरणको क्षेत्रमा रहेको योगदान हो । चम्स्कीले भाषाका क्षेत्रमा दिएको योगदानलाई चिनाउनु यस लेखको निष्कर्ष हो । प्रस्तुत लेखबाट चम्स्कीको भाषिक योगदानलाई मूल्याङ्कन गर्न सहज हुने अपेक्षा राखिएको छ । चम्स्कीका बारेमा थप ज्ञान आर्जन गर्न यो लेख पूर्ण रूपमा अध्ययन गर्न आवश्यक छ ।
मुख्य शब्दावली ः भाषिक सामथ्र्य, भाषिक सार्वभौमिकता, भाषिक सिर्जनशीलता, अनुभववादी, मनोभाषा
१. विषय परिचय ः
भाषा मानिसको विचार विनिमय गर्ने सशक्त माध्यम हो । भाषाका कारण नै मानिस आफ्ना कुरा अरूलाई बुझाउन र अरूका कुरा आफूले बुझ्न सक्छ । त्यसैले यो सञ्चारको सशक्त साधन समेत हो । मानव समाजको विकाससँगै भाषाको पनि विकास भएको हुनाले समाज र भाषाको सम्बन्ध निकट रहेको देखिन्छ । मानिसका मुख विवरबाट सार्थक ध्वनि उच्चारणसँगै भाषाको निर्माण हुने भएकाले यसको सम्बन्ध व्यक्ति बोली र मानव समाज वा समुदायसँग प्रत्यक्ष रूपमा रहँदै आएको छ । त्यसैले मानवको अस्तित्व सँगै भाषा पनि अस्तित्वमा आएको हो । अझ स्पष्ट शब्दमा भन्दा मानव समाजसँग भाषाको सम्बन्ध अविच्छिन्न रहेको छ ।
भाषाका बारेमा पूूर्वीय र पाश्चात्य दुवैतिरबाट अध्ययन र चिन्तन भएको पाइन्छ । वैदिक साहित्यको चत्वारि वाक् भन्ने वाक्यांश देखि वैदिक,उपनिषद,काल र ग्रन्थदेखि याश्कसम्मको समयावधि होस् या पाणिनि,कात्यान, र पतञ्जली एवम् उत्तर पाणिनीय काल नै किन नहोस् भाषा र यसको अध्ययन चिन्तन परम्परामा धेरै अध्ययन र खोजहरू भएका छन् । पूर्वीय वाङ्मयमा हेर्दा वैदिक कालदेखि शुरू भएको भाषिक अध्ययन चिन्तन परम्परा वैदिक कालको प्रतिशाख्यमा भाषा शिक्षणका सम्बन्धमा चर्चा गरिएको पाइन्छ भने मूलत ः पाणिनीय व्याकरणबाट शिक्षणीय सहज भई उनकै वरिपरि घुमेको देखिन्छ (ढकाल,२०७५) । भाषा चिन्तनको परम्परामा पूर्वमा जस्तै पश्चिममा पनि आफ्नै श्रृङ्खला रहेको देखिन्छ । भाषा चिन्तनको परम्परा पूर्वमा भन्दा पश्चिममा बढी झ्याङ्गिदै गएको देखिन्छ । पश्चिमा हेर्दा इ.पू. ५०० का दार्शनिक सुकरातबाट यसको आरम्भ भएको साथै प्लेटो, अरस्तु, हँदै अगाडि बढेको र ग्रिसेली डायोनिसस थ्रेक्स वरोको व्याकरण ,र चिन्तनले विकसित हुँदै अगाडि बढेको देखिन्छ ।
ग्रिसेली भाषाको व्याकरण तयार भएपछि नै अंग्रेजी, रोमेली ,व्याकरणहरू लेखिएकाले थ्रेक्सको व्याकरणलाई पुरानो मान्नु पर्ने हुन्छ । भाषा चिन्तनको यो लामो श्रृङ्खलामा भाषालाई सहज बनाउन आधुनिक कालको शुरूवात भएपछि भाषा शिक्षणका सिद्धान्त र भाषा विज्ञानका शास्त्रहरूको समेत खोजी भएको हो । भाषा सम्बन्धि पूर्वीय र पश्चिमा परम्परामा भाषालााई शिक्षणसँग जोडेर अध्ययन गर्ने कार्यको थालनी पूर्वबाट नभई पश्चिमबाट नै भएको देखिन्छ । पाश्चात्य जगतको ग्रिक रोमन काल होस् या ल्याटिन, अंग्रेजी परम्परा होस् वा मध्ये युग वा पुर्नजागरणको युग नै किन नहोस् सबै समयावधिमा भाषिक चिन्तनलाई भाषा शिक्षणसँग जोड्ने कार्य भए कै देखिन्छ । यसरी भाषालाई भाषिक चिन्तनको साथमा शिक्षणसँग जोड्दै जाँदा पश्चिमा जगतमा पूर्वीय वाङ्मयमा भन्दा बढी विभिन्न भाषा विज्ञानका शाखाहरू ः रूप विज्ञान, वाक्य विज्ञान, ध्वनि विज्ञान, अर्थ विज्ञान, र समाज भाषा विज्ञान जस्ता आधुनिक भाषा विज्ञानहरू र रूपान्तरण व्याकरण, संरचनात्मक भाषा विज्ञान, वाक्य विज्ञान जस्ता रचनागत सैद्धान्तिक शास्त्रहरू साथै संज्ञानात्मक, भावनात्मक, र मनोक्रियात्मक, सिकाइ सिद्धान्तहरू एवम् श्रुतिभाषिक, संरचनात्मक, उत्पादनात्मक, आगमनात्मक, निगमनात्मक जस्ता भाषिक विधि र पद्धतिहरूको विकास भएर शिक्षणीय सिद्धान्तहरूको पनि जन्म भएको देखिन्छ (न्यौपाने,भण्डारी,न्यौपाने,२०६७) । त्यसैले भाषिक चिन्तन र भाषा शिक्षणको क्षेत्रमा पूर्वीय भन्दा पश्चिमा परम्परा आफैमा महत्वपूर्ण र समृद्ध छ भन्न सकिन्छ ।
२.अध्ययनको समस्या र उद्देश्य
प्रस्तुत लेख रूपान्तरण व्याकरणको क्षेत्रमा नवीनतम् धारणा प्रस्तुत गरी चम्स्केली क्रान्तिका नामले चिनिन सफल आधुनिक भाषाशास्त्री एवम् व्याकरणकार नोम चम्स्कीका बारेमा आधारित हुनेछ । चम्स्की आधुनिक व्याकरणका चर्चित भाषाशास्त्री हुन् भन्ने मान्यता राखी उनले रूपान्तरण व्याकरणको क्षेत्रमा पु¥याएको योगदान भाषिक सामथ्र्य, भाषिक सार्वभौमिकता, र भाषाको सिर्जनशीलताका बारेमा के कस्तो रहन गयो ? भन्ने बारेमा अध्ययनको समस्या बनाई त्यसमा नै केन्द्रीत हुँदै पुस्तकालयीय अध्ययन कार्य, र अन्य श्रोतबाट सामग्रीहरm एवम् तथ्यहरू सङ्कलन गरी वर्णनात्मक ढंगले अध्ययन विश्लेषण गरी समस्या समाधान गर्नु यसको मूल कार्य हो । साथै चम्स्कीको भाषिक योगदानको मूल्याङ्कन गर्नु यस अध्ययनको मूख्य उद्देश्य हो । प्रस्तुत लेख यिनै समस्या र उद्देश्यमा केन्द्रीत हुनेछ ।
३.चम्स्की र रूपान्तरण व्याकरण
नोम चम्स्कीको जन्म सन १९२८ डिसेम्बर ७ मा अमेरिकाको फिलाडेल्फिया राज्यको पेन्सिलभानिया भन्ने स्थानमा भएको थियो । सन १९५५ मा विद्यावारिधि तहको शिक्षा हासिल गरेका चम्स्कीले भाषा र व्याकरणको क्षेत्रमा नवीन दृष्टिकोण प्रस्तुत गर्ने व्याकरणकारका रूपमा समेत चिनिएका छन् । अनुभववादी दर्शन, व्यवहारवादी सिद्धान्त र संरचनावादी भाषा विज्ञानको बोलवाला रहेको अवस्थामा नयाँ दृष्टिकोण ल्याएर भाषा र व्याकरणको क्षेत्रमा हलचल मच्चाउन सफल चम्स्की आधुनिक भाषा र व्याकरणका क्षेत्रमा स्थापित व्यक्ति हुन् । त्यसैले उनका मान्यताहरूलाई नयाँ भाषिक चिन्तनको रुपमा लिने गरिएको छ । उनले भाषाका क्षेत्रमा दिएको भाषिक सामाथ्र्य, भाषिक सार्वभौमिकता र भाषा सिर्जनाको सिद्धान्त, भाषा र व्याकरणको क्षेत्रमा फ्रायडको मनोविज्ञान, केनिसको अर्थशास्त्र जत्तिकै तुलनीय छ (बन्धु,२०६४,पृ.१४८) । सन् १९६७ मा अमेरिका र भियतनामको युद्ध हुँदाको अवस्थामा चम्स्कीले ‘बुद्धिजीवीहरुको भूमिका’ शीर्षकमा निबन्ध लेखेर सरकारको विपक्षमा उभिएका चम्स्की अमेरिकी सरकारबाट गिरप्mतार समेत भएर रिहा भएका थिए । स्वतन्त्रताको पक्षमा समेत वकालत गर्न पछि नपरेका चम्स्कीले सन २०१७ सम्म अमेरिकाकै ओरिजोना विश्वविद्यालयमा शिक्षण गरे । वाक्यात्मक संरचना शीर्षकको भाषा सम्बन्धी पहिलो पुस्तक प्रकाशन गरी भाषा विज्ञानका क्षेत्रमा उदाएका चम्स्की सन् १९६१ मा आधुनिक भाषा, भाषिका अध्ययन विभागमा पूणकालीन प्रोफेसरको रुपमा कार्य समेत गरेका थिए ।

पेन्सिलभानिया विश्वविद्यालयमा रहँदा आफ्ना गुरु जेलिङ्ग ह्यारिसका निर्देशनमा संरचनावादकै सीमाभित्र रही वाक्य रूपान्तरण बारे काम गरेका चम्स्की अमेरिकन भाषा शास्त्री सपिर, बोआस र ब्लुमफिल्ड र उनीहरूका भाषासम्बन्धी चिन्तनबाट प्रभावित देखिन्छन् । परम्परावादी र संरचनावादी दुबै खाले व्याकरणबाट परिचित बनेका चम्कीले सन् १९५७ मा सिन्ट्याक्टिक स्ट्रक्चर्स नामक कृति लेखी नयाँ क्रान्तिको आरम्भ गरे । रुपान्तरण व्याकरण एक सिद्धान्त हो जसको माध्यमबाट आप्mनो भाषिक सामथ्र्र्य बढाउन सकिन्छ । औपचारिक व्याकरणले भाषाको अमूर्त संरचना देखाउँछ किनकि औपचारिक व्याकरण अन्य भाषासँग पनि सम्बन्धित रहेको हुन्छ भन्ने जस्ता रूपान्तरण व्याकरणसँग सम्बन्धीत मान्यता राख्ने चम्स्कीले सन् १९५० को दशकमा रुपान्तरण व्याकरणको विकास गरेपछि दुर्ई दशक पश्चात मात्र व्याकरणको सिद्धान्त बनेको देखिन्छ । रुपान्तरणले भाषाभित्रको रचनात्मक सम्बन्ध देखाउन र दुर्ई वाक्यको सम्बन्ध बताउनको लागि सहयोग मिल्दछ भन्दै उनले नवीन धारणा राखेपछि भाषा र व्याकरणको क्षेत्रमा एउटा छुट्टै धारणाले हलचल मच्चायो । चम्स्कीले आफ्नो पुस्तकमा परम्परागत ढंगका व्याकरणको विरोध गरे । उनले अनुभववादको विरोध गरी वुद्धिवादको समर्थन गरेर भषा अनुभवले नभई भाषाको सिकाइ बुद्धिबाट हुने कुरामा जोड दिए । भाषा र रूपान्तरणका सम्बन्धमा उनले दिएका योगदानहरू ः भाषिक सम्पादनको नभई सामथ्र्यको व्याख्या, भाषा सार्वभौमिकता, भाषाका आन्तरिक र बाह्य संरचनाको व्याख्या, भाषिक सिर्जनशीलता वा उत्पादनशीलतामा जोड, वाक्यवादी व्यारकणात्मक अवधारणाको स्वीकार आदि मुख्य छन् । चम्कीका यिनै मान्यताहरू मध्ये मूलत ः भाषिक सामथ्र्य, भाषा सार्वभौमिकता र भाषाको र्सिजनशीलताको चर्चा यस लेखमा गरिने छ ।


४.चम्स्कीको भाषिक सामथ्र्य
चम्स्केली रूपान्तरण व्याकरणको पहिलो आधारभूत सिद्धान्तका रूपमा मानिने भाषिक सामथ्र्यको सिद्धान्त चम्स्कीको मौलिक धारणा हो । चम्स्कीले संरचनावादी व्याकरणको बोलबाला रहेको तात्कालीन परिवेशमा संरचनाको विरोध गर्दै भाषा अनुभव र व्यवहारबाट सिक्क सकिदैन भनी बालकको भाषा सिक्ने सामथ्र्य अलग अलग हुने कुरालाई प्रष्ट पार्दै बुद्धिवादको समर्थन गरे । अनुभववादीहरू अनुभव नै रचनाको स्रोत मान्थे । उनीहरू बालक जन्मिदा कोरा मस्तिष्क लिएर जन्मिने तर उसले गरेको व्यवहार, अनुभव, अभ्यास, अनुकरण र उसले गरेको कार्य वा उत्तेजना, प्रतिक्रिया, पुनर्वल आदिका माध्यमबाट भाषा सिक्छ भन्ने धारणालाई भाषा सिकाइको मूल धारणा मान्दथे । अनुभववादीहरू जस्तै व्यवहारवादीहरू पनि भाषा सिकाइको आधार बालकको व्यवहार र बानीलाई दिए (पोख्रेल,२०७७) । उनीहरू भाषा सिक्नु भनेको बानी वा आदत निर्माण गर्ने कार्य हो भन्दै बानी वा आदत अभ्यास, पुर्नबल, व्यवहार उत्तेजना र प्रतिक्रियाबाट सिकिन्छ भन्दथे । चम्स्कीलले अनुभववादी र व्यवहारवादीको यो धारणालाई स्वीकार नगरेर त्यसको खण्डन गरे । उनले भाषावैज्ञानिक स्किनरको ‘भर्वल विह्यावियर’ भन्ने पुस्तकको पुस्तक परिचय लेखेर व्यवहारवादको कटु आलोचना गरे त्यसैगरी ‘करेन्ट इस्युज इन लिङ्ग्विस्टिक थ्योरी १९६४’ बाट अनुभववादी दर्शनको पनि विरोध गरी बुद्धिवादको समर्थन गरे ।
चम्स्कीले व्यवहारवादीहरूको धारणालाई खण्डन गर्दै मानिसले भाषा अनुभव र व्यवहारबाट नभई जन्मजातरूपमा नैसर्गिक क्षमता वा सहजात बुद्धिका आधारमा सिक्ने भन्ने बुद्धिवादी मान्यतालाई अगाडि सारे । चम्स्कीले अनुभववादीहरूले जस्तो बालकको दिमागलाई निस्क्रिय वा खाली बाकस नमानी बालकको मस्तिष्कमा भाषाप्राप्तिको संयन्त्र एल ए डि (बिलनगबनभ ब्अत्रगकष्तष्यल म्भखष्अभ ) रहेको हुन्छ भन्ने धारणा राख्दै हरेक व्यक्तिले एल ए डिका माध्यमबाट अलग अलग ढंगले आफ्नो सामथ्र्य अनुसार भाषा सिक्ने कुरामा जोड दिए । चम्स्कीले भाषाभाषीमा रहेको भाषासम्बन्धी वास्तविक ज्ञानलाई भाषिक सामथ्र्य भनिन्छ भन्दै व्याकरणले भाषाका संरचनाको वर्णन नगरेर भाषाभाषीको वास्तविक ज्ञानलाई अभिव्यक्त गर्नु पर्ने, भाषिक सिद्धान्तले आदर्श वक्ता र श्रोताका भाषिक क्षमताहरू भाषामा यसरी व्यक्त भएका छन् भनेर खोजी गर्नु पर्ने कुरालाई भाषिक सामथ्र्य मानेका छन् । चम्स्कीको यही मान्यताले स्थान पाएपछि अनुभववादी व्यवहारवादी मान्यता मथ्थर भई भाषिक सामथ्र्यको सिद्धान्त र बुद्धिवादी अवधारणाले मान्यता पायो । यही कार्यलाई नै चम्स्कीको भाषिक सामथ्र्य भनिन्छ ।
५ं भाषिक सार्वभौमिकता
अब्राह्म नोम चम्स्कीद्वारा प्रतिपादन भएको दोस्रो महत्वपूर्ण भाषिक मान्यता भाषाको सार्वभौमिकताको खोजी हो । चम्स्कीको यस मान्यताले संसारका सबै भाषाहरूको एउटै संरचना हुने अथवा संरचनागत रूपमा सबै भाषाहरू समान हुने निश्कर्ष निकालेको छ । चम्स्कीले यही मान्यताका आधारमा संसारका सबै भाषाहरूलाई अमूर्त रूपमा एउटै हुन् भनेका छन् (आचार्य,२०६४,पृ.३०९) । रूपान्तरण व्याकरणका क्षेत्रमा देखा परेको यस मान्यताले भाषाको विश्लेषणका तहमा त्यस भाषाको निजी विशेषता मात्र नकेलाई साझा विशेषताहरूको खोजी गर्नुपर्ने कुरामा जोड दियो । कुनै पनि भाषामा रहने भाषिक एकाइहरु समान हुन्छन् भन्दै चम्स्कीले संसारमा रहेका सबै भाषाहरुमा हुने भाषिक एकाइहरू वाक्य, उपवाक्य, पदावली, उद्येश्य, विधेय, वर्ण, रुप लगायतका तहहरु नै भाषिक सार्वभौमिकताको सिद्धान्तमा आधारित हुन्छन् भन्ने मान्यता प्रस्तु गरे । चम्स्कीको यस मान्यतालाई शुरू शुरूमा कतिपय विद्वानहरूले स्वीकार गरेनन् तर पछि यस धारणाले मान्यता प्राप्त ग¥यो जुन चम्स्कीको अर्को महत्वपूर्ण सैद्धान्तिक मान्यता बन्न पुग्यो । चम्स्कीले भाषामा आन्तरिक र बाह्य गरी दुई तहको संरचना हुने भन्दै त्यही साझापनाका कारण मानिसमा भाषा सिकाइ हुने कुरा स्वीकार्छन् । संसारका सबै भाषाको यही पद, पदावलीगत, समानता ले भाषा सिकाइमा सहजता हुने मान्यता रूपान्तरण व्याकरकार चम्स्कीको रहेको छ ।
६.भाषिक सिर्जनशीलता
चम्स्कीका रूपान्तरण व्याकरणका क्षेत्रमा देखा परेको महत्वपूर्ण सिद्धान्तहरू मध्ये भाषिक सिर्जनशीलताको सिद्धान्त पनि एक हो । चम्स्कीको यस सिद्धान्तलाई भाषिक उत्पादनशीलताको सिद्धान्त पनि भनिएको पाइन्छ । भाषाका सीमित नियमका आधारमा असीमित वाक्यको उत्पादन गर्ने मानव मस्तिष्कीय कार्यलाई भाषिक सिर्जनशीलता वा उत्पादनशीलता भनिन्छ । जुनसुकै भाषामा सिर्जनशीलता हुने गर्दछ , त्यही गुणका कारणले मानिस सीमित नियमबाट असीमित नियमहरू उत्पादन गरी भाषिक सम्पादनको गर्दछ भन्दै चम्स्कीले वक्ताले थोरै ज्ञानका आधारमा पनि धेरै भाषिक कार्य सम्पन्न गर्न सक्ने कुरा बताएका छन् । चम्स्कीले आफनो नियमको व्याख्या गर्दै भाषिक वक्ताले कुनै एक वाक्यको नियमलाई देखाई त्यसका आधारमा अनन्त वाक्यहरूको सिर्जना गर्न सक्छ अथवा जानेका नियमका आधारमा कहिल्यै नसुनेका र नपढेका वाक्यहरू बुझ्न तथा नयाँ वाक्यहरू निर्माण गर्न सक्छ भनेर भाषाको लुकेको सिद्धान्तलाई प्रतिपादन गरे । चम्स्कीकोे यो मान्यता आएपछि रूपान्तरण व्याकरणलाई उत्पादक व्याकरण पनि भनेर नामकरण गरेको पाइन्छ । चम्स्कीले कुनै पनि व्यक्तिले भाषा जानेको छ भन्नुको अर्थ उसले त्यस भाषाका व्यवस्थासँग सुपरिचित छ भन्नु हो भन्दछन् । त्यसैले मानिसका मस्तिष्कमा जुन सामथ्र्य वा भाषिक संरचनाको ज्ञान छ त्यसलाई पत्ता लगाउनु वैयाकरण वा भाषा वैज्ञानिक काम हुन्छ चम्स्कीका विचारमा व्याकरण भनेको मातृ भाषाभाषीका सामथ्र्यको ढाँचा वा त्यसका मस्तिष्कमा रहेका नियमहरूको समुच्चय हो (न्यौपाने, भण्डारी, न्यौपाने,२०६७) । चम्स्कीको यो सिद्धान्त मूलत ः वाक्यवादी उत्पादनसँग सम्बन्धित सिद्धान्त हो ।
७.रूपान्तरण व्याकरणको भाषा शिक्षणमा उपयोगिता
रूपान्तरण व्याकरण मनोवादी सिकाइ सिद्धान्तमा आधारित मान्यता हो त्यसैले यसका मान्यताहरू भाषाको शिक्षण सिकाइसँग पनि सम्बन्धित छन् । चम्स्कीको रूपान्तरण व्याकरण आएपछि भाषा शिक्षणको क्षेत्रमा परिवर्तनहरू देखा परे । भाषा शिक्षणको क्षेत्रमा रूपान्तरण व्याकरणको माध्यमबाट भाषा शिक्षणमा निम्नानुसार उपयोग गर्न सकिन्छ । जस्तै ःमनोभाषाविज्ञानको भाषा प्राप्ति प्रक्रियाअनुसार भाषा शिक्षण गर्न, बालबालिकाहरूको संज्ञानात्मक क्षमतालाई उत्प्रेरित गरी भाषालाई सिकाउन, बालबालिकाको अन्तरनिहित क्षमतालाई भाषिक सिकाइमा भरपुर उपयोग गर्न गराउन, सीमित नियम र आधारभूत सूत्रको प्रयोग गरी स्वःसिकाइ प्रविधिको उपयोग गर्न, भाषिक सामथ्र्यमा जोड दिई सिकाइ क्रियाकलाप सञ्चालन गर्न, सिकाइमा भाषा प्राप्ति संयन्त्र ९ीब्म्० को उपयोग गरी क्रियाकलाप सञ्चालन गर्न, भाषिक सिर्जनशीलतामा आधारित शिक्षण गर्न, सिकाइमा बालबालिकको भाषिक सिर्जनशीलताको उच्च मूल्याङ्कन गरी सिकाइलाई प्रभावकारी बनाउन, प्राकृतिक भाषिक वातावरण निर्माण गरी शिक्षण गर्ने कलाको विकास गर्न गराउँन भाषिक उत्पादनशीलतालाई सिकाइमा उपयोग गर्न, सिकाइमा खण्डीकारण पद्धति नभई एकीकृत सिकाइ पद्धतिको उपयोग गर्न र भाषाका विशिष्ट तथा सार्वभौम नियम पहिल्याई शिक्षण गर्न । आदि कुराहरू रूपान्तरण व्याकरणबाट प्राप्त भएका उपलब्धिहरू हुन् ।
८.निष्कर्ष ः
पूर्वीय र पाश्चात्य जगतका भाषा चिन्तकहरू मध्ये चम्स्की प्रसिद्ध आधुनिक भाषा शास्त्री हुन् । परम्परावादी, व्यवहारवादी र अनुभववादीका भाषा सिकाइका मान्यताहरूको विरोध र खण्डन गर्दैै रूपान्तरण व्याकरणको मान्यता प्रकाशमा आएपछि भाषिक चिन्तर परम्परा र व्याकरणमा नयाँ मान्यता स्थापित भएको देखिन्छ । चम्स्कीले संरचनावादी भाषा विज्ञानले ल्याएको भाषिक संरचना र भाषालाई सङ्केतक र सङ्केतन मान्ने परम्परालाई त्यही रूपमा मात्र हेरिनु हुँदैन भन्दै भाषामा आन्तरिक र वाह्य दुई व्यस्था हुने कुरो बताए । उनले मानिसले जन्मदेखि नै भाषा सिक्ने सामथ्र्य लिएर आएको हुन्छ र सोही आधारमा भाषा सिक्छ भन्ने मान्यताको पक्षमा रही भाषा वातावरण र आवश्यकताको आधारमा सिकिने कुरा भन्ने अनुभववादी धारणाको विरोध गरे । उनका बिचारमा संसारका सबै भाषाहरुमा समान गुण र बिशेषता रहेका हुन्छन् । त्यही समान गुण र आवश्यकताको आधारमा मानिसले भाषा सिक्ने सामथ्र्र्य राखेको हुन्छ भन्ने मान्यता स्थापित गरे । सीमित नियमबाट असीमित नियम प्रतिपादन गर्न सकिने धारणा राखी उनले वाक्यको उत्पादन गर्ने नियम सुुझाए । नोम चम्स्कीका यिनै मान्यताका आधारमा आज पहिलो भाषा र दोस्रो भाषा शिक्षण सिकाइका नियमहरू समेत निर्माण भएका छन् । चम्स्कीको रूपान्तरण सम्बन्धी मान्यताले भाषा सिकाइका सिद्धान्तहरू ः मनोभाषा शिक्षण सम्बन्धमा, विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रफुटन गराउन, भाषाको सिर्जना र उत्पादन गर्न आवश्यकता अनुसार अन्य भाषाको सम्बन्ध थाहा पाउन मात्र नभई बालकलाई प्रभावकारी वातावरणमा शिक्षण गर्न सघायो तसर्थ आधुनिक व्याकरणको क्षेत्रमा भाषिक सामथ्र्य, भाषिक सार्वभौमिकता र भाषिक सिर्जनशीलताको क्षेत्रमा चम्स्कीको नाम अविस्मरणीय छ ।

सन्दर्भ सामग्री सूची
आचार्य, कृष्णप्रसाद (२०६७) .भाषा विज्ञान. काठमाडौ ः क्षितिज प्रकाशन, ।
ढकाल, मतिप्रसाद (२०७५) . अनु.परमलघुमञ्जुषा . नवलपुर ः प्रकाशक स्वयम् ।
बन्धु, चूडामणि (२०६४) . भाषाविज्ञानका सम्प्रदाय . काठमाडौँ ः एकता बुक्स डिस्ट्रिब्युटर्स ।
न्यौपाने, टंकप्रसाद, भण्डारी, पारसमणि, न्यौपाने, दीपकप्रसाद (२०६७) .भाषा विज्ञानका प्रमुख सिद्धान्त. काठमाडौ ः विद्यार्थी पुस्तक भण्डार, ।
पोखरेल, केशबराज, भण्डारी, (डा.), पारशमणि (२०७७) मुडल सामग्री . ललितपुर ः नेपाल खुला विश्वविद्यालय ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2077

लेखकका अन्य रचनाहरु