चेतनामृत उपन्यासमा पूर्वीय र पाश्चात्य चिन्तन

- ताराप्रसाद पोखरेल

सारांश
प्रस्तुत अध्ययनमा उपन्यासकार तोयनाथ पौडेलद्वारा लिखित चेतनामृत उपन्यासलाई अध्ययन गरी विश्लेषण गरिएको छ । नेपाल खुला विश्वद्यिालय अन्तरगत दर्शनाचार्य तह नेपाली शिक्षा समूहको दोस्रो सेमेस्टरमा रहेको प्राज्ञिक लेखन अन्तरगत शोधमूलक अध्ययनपत्र तयार पार्ने कार्यको लागि प्रस्तुत अध्ययन गरिएको हो । नेपाली साहित्यको आख्यानात्मक विधा उपन्यास पछिल्लो समय बहुचर्चित र सबैले मन पराइएको विधामा पर्दछ । तसर्थ उपन्यास विधा पछिल्लो समयमा धेरै साहित्यकारहरुद्वारा रचना भएको पाइन्छ । तथापि पाठकको मन छुने खालका औपन्यासिक कृतिहरु भने कम मात्रामा लेखिएका पाइन्छन् । उपन्यासकार पौडेलको चेतनामृत उपन्यासमा पाठकको मन छुने खालको भाव पाइन्छ । आध्यात्मिक र भौतिकताको कसीमा रचना गरिएको उक्त उपन्यासमा बिशेष गरी हाम्रो सामाजिक परिवेशसँगको सान्निध्यता, मानिसमा रहेको अज्ञानरुपी अन्धकारबाट ज्ञान र अध्यात्मरुपी चेतनाको अमृत भर्न उपन्यास सफल छ वा छैन भनी पूर्वीय र पाश्चात्य सिद्धान्तको आधारमा अध्ययन गरिएको हो । उपन्यनसमा प्रस्तुत पूर्वीय र पाश्चात्य सिद्धान्तको आधारमा त्यसको मूल अन्तरवस्तु के रहेको छ भनी खोजी गर्ने उद्येश्यले प्रस्तुत अध्ययनपत्र तयार पारिएको हो । विशेष गरी प्राथमिक सामग्रीको रुपमा स्वयम् लेखकसँग मौखिक रुपमा सूचना लिइएको र द्वितीय सामग्रीको रुपमा चेतनामृृत उपन्यास तथा विभिन्न सैद्धान्तिक सामग्रीहरु अध्ययन गरिएको थियो । प्रस्तुत उपन्यासको अध्ययनका आधारमा छोरी भन्दा छोरा नै चाहिने हाम्रो नेपाली समाजको सामाजिक परिवेश, आप्mनी आमा ( जसले अथाह प्रशव पीडा भोगेर सन्तान जन्माएकी हुन्छिन् ) समेतलाई जानकारी नदिई छोराछोरी साटासाट गर्ने पितृसत्तात्मक प्रवृत्ति, हाम्रो समाजमा व्याप्त जातीयता, अन्धविश्वास जस्ता कारणले उपन्यासको पात्र राम जस्ता निर्दोष व्यक्तिहरुले जीवनमा धेरै कठिनाइ व्यहोर्नु पर्र्ने अवस्थाको बारेमा अध्ययनपत्रको उपलब्धिका रुपमा लिन सकिन्छ । मानिस जीवनको अन्तमा जे जसरी भए पनि आध्यात्मिकताको आड लिने पूर्वीय चिन्तन र पाश्चात्य चिन्तनकाmे कुरालाई उपन्यासको अध्ययनमा निष्कर्षको रुपमा लिइएको छ ।

मुख्य पद / पदावली
भौतिक, आध्यात्मिक, चेतनामृत, पुत्ररत्न, जातीयता, अड्कलवाजी, तिरस्कृत, आश्रम, हार्मोनियम, प्रौढता, कट्टरता, धर्मकर्म, वर्गीयता, पितृसत्तात्मक, आस्तिकवादी, समग्र, पठनीय ।
१. बिषय प्रवेश
जीवन जगतप्रतिको बुझाइ संसारमा हरेक व्यक्तिमा फरक फरक किसिमको पाइन्छ । जीवनलाई आनन्दमय तरिकाबाट परिभाषित गर्ने देखि लिएर जीवन बिसंगति हो भन्नेसम्म र जीवनको अस्तित्व खोजी गर्दै जिउने सम्मको आप्mनै कथा व्यथा छ । जीवनलाई जसले आनन्दमय भनी बुझे उनीहरुको जीवन साँच्चै आनन्दमयी छ र जसले दुःखद छ भनी बुझे उनीहरुको जीवन दुःखद नै छ । कोही जीवनको अस्तित्व खोजी गर्न भौंतारिका छन् । कोही प्रकृतिबाट जीवनको यथार्थ खोजी गरिरहेका छन् । जीवनको यथार्थ परिभाषा के हो त ? के वास्तविक जीवन कतै कसैले बुझेका छन् त ? जीवनभर भौतिकतामा रमाउनेहरु जीवनको अन्ततिर आध्यात्मिक खोजीमा भौंतारिएको पाइन्छ । त्यस्तै जीवनलाई अध्यात्मको कसीमा अगाडि बढाएकाहरु पनि सन्तुष्ट भने देखिंदैनन् । यस्तै यस्तै छ जीवन । आखिर मृत्युको साथमा कुँदिरहेको मान्छेको जीवन हरपल मृत्यु साथमा लिएर काम गरिरहेको छ । मृत्युको साक्ष्यमा मानिसका हरेक गतिविधिहरु सञ्चालन भइरहेका छन् । मानिस डुल्छ, घुमफिर गर्छ र आराम पनि गर्छ, यही मृत्युकै समीपमा रहेर गर्छ । अन्तत ः अविदित, अविश्रान्त अनि अनन्त भविष्यको कल्पना गर्दै एकदिन कहिल्यै नव्यँुझने गरी चीर निद्रामा लिन हुन पुग्दछ, मानिस ।
जीवनलाई चेतनाको रुपमा हेरेर अमृतको खोजी गरी ‘चेतनामृत’ शीर्षकको आख्यानात्मक कृति उपन्यास पस्किएर जीवनलाई भौतिक र अध्यात्मको कसीमा तुलना गर्ने व्यक्तित्व हुन् तोयनाथ पौडेल । बि.सं. २००० साल श्रावण २५ गते कास्की जिल्लाको साविक लामाचौर गाविसको घार्मी ( हालको पोखरा महानगरपालिका वडा नं. १९ ) भन्ने स्थानमा माता यशोदा पौडेल र पिता छविलाल पौडेलका ६ भाइ पुत्रहरुमध्ये ज्येष्ठ पुत्ररत्नको रुपमा जन्मिएका पौडेल नेपाली साहित्यमा आख्यानको क्षेत्रमा पछिल्लो समयका उदीयमान र स्थापित नक्षत्रको रुपमा चिनिन्छन् (लेखकबाट प्राप्त जानकारी) । त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह सम्मको अध्ययन गरेका पौडेलसँग प्राध्यापन र अन्य विभिन्न क्षेत्रको समेत लामो अनुभव रहेको छ । आपूmलाई शैक्षिक क्षेत्रमा रहुन्जेल नेतृत्वदायी भूमिकामा उभ्याएका पौडेल सेवाबाट निवृत्त भएपछि समाजसेवा र लेखनको क्षेत्रमा अगाडि बढाएका छन् । त्यसै गरी विभिन्न दर्जनौं संघसंस्थासँग आवद्ध रहेर उनले विभिन्न भूमिका निर्वाह गरेका छन् । राष्ट्रिय शिक्षा समिति, जिल्ला शिक्षा समिति कास्की, मेश्रम बराह मावि घान्दु्रक कास्की, तालबाराही माध्यमिक विद्यालय पोखरा, महेन्द्र मावि घार्मी कास्की, जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा लगायत विभिन्न संघसंस्थाबाट सम्मानित समेत भइसकेका छन् ।
उपन्यासकार पौडेलका दर्जनौं समसामयिक लेखहरु विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भएका छन् । उनका प्रकाशित पुस्तकाकार कृतिहरुमा जीवन र सङ्घर्ष(२०६८), सम्झौता (२०७१), कालीगण्डकीदेखि क्यानाडासम्म ( २०७४), चेतनामृत ( २०७६) रहेका छन् । आप्mनो जीवनको ७६ औं बसन्त पूरा गरिसक्दा पनि आपूmलाई सदा सक्रिय राखीराख्ने पौडेल स्वदेश तथा विदेशको भ्रमण गरी त्यहाँ अनुभव गरिएका कुरालाई साहित्यको माध्यमबाट प्रस्तुत गर्न सक्षम छन् । उनले जापान, चीन, भारत, हङकङ, थाइल्याण्ड, क्यानाडा लगायतका देश र नेपालका ५० भन्दा बढी जिल्लाको भ्रमण गरेका छन् ।
साहित्यकार पौडेल स्वयममा चेतना भएका व्यक्तित्व हुन् । यसै अर्थमा उनले जीवन जगतलाई राम्ररी बुझेका छन् । उनको चेतनामा अमृत भर्दै पछिल्लो कृति ‘चेतनामृत’ (२०७६) उपन्यास प्रकाशित भएको छ । आख्यानलाई प्रस्तुत गरिएको उक्त उपन्यार चार खण्ड र १ सय ९४ पृष्ठमा संरचित छ । नेपालको सुन्दरीजलदेखि भारतका प्रसिद्ध धार्मिक स्थलहरु हरिद्वार, काशीसम्मको परिवेश उपन्यासमा रहेको छ भने नेपालको सुन्दरीजलमा सुरु भएर नेपालकै पवित्र पुण्यधामको रुपमा चर्चित देवघाटमा पुगेर उपन्यासको अन्त भएको छ ।
भारतको आसाममा जन्मिएको उपन्यासको प्रमुख पात्र राम परिस्थितिबश निरीह र अभिभावकविहिन बन्न पुगेको छ । उसलाई अज्ञात रहेको कुरा जुन उसको बाबु भनेर चिनिएको धनप्रसाद र हाकिमको स्वार्थबाट घट्न गएको छ । हाकिमको तेस्रो सन्तान राम र धनप्रसादको प्रथम सुपुत्री एक आपसमा साटासाट गर्दा समेत धनप्रसादले आप्mनी श्रीमती गौरीलाई कुनै जानकारी दिएको छैन । जुन घटनाले गर्दा सामाजिक अपमानको शिकार गौरी बन्न गएकी छ भने राम एक अबोध बालक हुँदाहुँदै पनि समाजबाट बहिष्कृत हुन पुगेको छ । जुन घटना रामको जीवनको दुःखद सुरुवात बन्न पुगेको छ । अन्तत ः कारण उपन्यास त्रासदी रुपमा अन्त भाएको छ ।
२. अध्ययनका समस्या
प्रस्तुत अध्ययनमा उपन्यासकारले चेतनामृत उपन्यासभित्र प्रस्तुत गरेका विषयवस्तु हाम्रो सामाजिक परिवेशसँग मिल्ने गरी पूर्वीय चिन्तनको आधारमा कति सान्निध्यता प्रस्तुत गर्न सकेका छन् ? पाश्चात्य चिन्तनको आधारमा उपन्यासभित्र के कस्ता सैद्धान्तिक मान्यताको आधारमा मेल खाने सन्दर्भहरुको उल्लेख गरिएको छ ? पूर्वीय र पाश्चात्य चिन्तनको आधारमा उपन्यासको अन्तरवस्तु के रहेको छ ? भन्ने सम्बन्धमा अध्ययन गरी हाम्रो समाजको परिवेशलाई पूर्वीय आध्यात्मिक मान्यताको साथै पाश्चात्य चिन्तनको आधारमा पूर्वीय र पाश्चात्य परिवेश झल्काउनुको साथै पूर्र्वीय र पाश्चात्य चिन्तनको आधारमा उपन्यासको अन्तरवस्तु खोज र अध्ययन गर्नु उपन्यासको उद्येश्य रहेको छ ।
३. अध्ययन विधि
प्रस्तुत अध्ययनमा चेतनामृत उपन्यासमा पूर्वीय र पाश्चात्य चिन्तन सम्बन्धमा अध्ययन गर्नको लागि मुख्यत गुणात्मक अनुसन्धान पद्धतिको आधारमा अध्ययनलाई पूर्र्ण गरिएको छ । चेतनामृत उपन्यासको सम्बन्धमा गुणात्मक अध्ययन विधिको आधारमा संकलित सामग्रीलाई व्याख्यात्मक तरिकाबाट विश्लेषण गरी निष्कर्षमा पुग्ने कार्य पनि भएको छ । अध्ययनलाई पूर्र्ण गराउनको लागि आवश्यकता अनुसार लेखकसँग समन्वय गरी अन्तरवार्ता तथा फोन सम्पर्र्कबाट आवश्यक सूचना लिइएको र मुख्यतया उपन्यासलाई नै अध्ययनको आधार बनाइएको छ ।
३.१ अध्ययनको सामग्री
प्रस्तुत अध्ययन मुख्यत ः गुणात्मक अनुसन्धान भएको कारण अध्ययनको सामग्रीको रुपमा उपन्यासकार तोयनाथ पौडेलद्वारा लिखित चेतनामृत उपन्यासलाई मुख्य सामग्रीको रुपमा प्रयोग गरिएको छ । आवश्यकता अनुसार उपन्यासको सिद्धान्त र अध्ययनका आधारहरुलाई प्रस्तुत गर्ने क्रममा पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त सम्बन्धी सामग्रीहरुलाई पनि खोजी गरी अध्ययन गरिएको छ । यसमा मुख्यतया द्वितीय अध्ययन सामग्री अथवा पुस्तकालयीय अध्ययन पद्धतिको अवलम्बन गरिएको छ । आवश्यकता अनुसार प्राथमिक सामग्रीको रुपमा सम्बन्धित कृतिका लेखकसँग समेत सम्पर्र्क गरी तथ्याङ्क संकलन कार्य गरिएको छ ।
३.२ सैद्धान्तिक पर्याधार
प्रस्तुत अध्ययनमा सैद्धान्तिक अवधारणाको लागि पूर्वीय र पाश्चात्य सिद्धान्तलाई आधार मानी कृतिको विश्लेषण गरिएको छ । पूर्वीय साहित्यिक सिद्धान्त बिशेष गरी आध्यात्मिक चेतनामा आधारित रहेको पाइन्छ । जसमा मानिसको जन्म, मृृत्यु, धर्मकर्र्म, साँस्कृतिक मूल्य मान्यतालाई पूर्वीय आध्यात्मिक दर्शनमा उल्लेख गरिएको हुन्छ । पूर्र्वीय साँस्कतिक सिद्धान्तले पूर्वमा प्रचलित बिशेष गरी हिन्दू सँस्कारसँग सम्बन्धित मान्यतालार्ई आत्मसात गरेको हुन्छ । प्रस्तुत अध्ययनमा चेतनामृत उपन्यासलाई पूर्र्वीय आध्यात्मिक चिन्तनको कोणबाट अध्ययन र विश्लेषण गरिएको छ । त्यसै गरी पाश्चात्य सिद्धान्तको रुपमा प्रस्तुत उपन्यासमा शास्त्रीयतावादी सिद्धान्तलाई आधार बनाइएको छ । यस सिद्धान्तको अनुसार समाजका मूल्य मान्यताहरुलाई आत्मसात गरेको पाइन्छ । यस अनुसार साहित्य पनि वर्गीय हुने मान्यता प्रस्तुत गरिएको पाइन्छ । यसको पक्षपोषण गर्ने पाश्चात्य सिद्धान्तकारहरुमा औलस जेलियस, टिएस इलियट लगायतका साहित्यकारहरु पर्दछन् । त्यसै गरी उपन्यासलाई यथार्र्थवादी सिद्धान्तको सैद्धान्तिक कोणका आधारमा अध्ययन गरिएको छ । बाहिरी संसार जस्तो देखिन्छ त्यो नै सत्य हो भन्ने मान्यता यस सिद्धान्तको रहेको छ । समाजमा रहेको यथार्थपरक सामाजिक मूल्य मान्यताको अध्ययन यसमा गरिएको हुन्छ । यस सिद्धान्तको मान्यतामा फ्रान्सका मदाम बोभरी लगायतका उपन्यारकारहरु पर्दछन् । त्यसैगरी पाश्चात्य साहित्यकार अल्बर्ट कामु, जाँ पाल सात्र्र लगायतको अस्तित्ववादी सैद्धान्तिक मान्यताको आधारमा पनि उपन्यासको विश्लेषण गरिएको छ । जीवनलाई विसंगतिमय देख्ने पाश्चात्य साहित्य सिद्धान्तका सिद्धान्तकार सारेन किकेगार्डको सैद्धान्तिक मान्यताको आधारमा उपन्यासलाई अध्ययन गरि विश्लेषण गरिएको छ । उपन्यासको अध्ययनका क्रममा पूर्वीय र पाश्चात्य साहित्यिक कोणबाट विश्लेषण गरी समग्र मूल्याङ्कन गरिएको छ ।
३.३ अर्थापनको पद्धति÷व्याख्या
प्रस्तुत अध्ययनमा संकलित सामग्रीलाई गुणात्मक अनुसन्धान विधिको आधारमा विश्लेषणात्मक र व्याख्यात्मक विधिको अवलम्बन गरेर अनुसन्धान कार्यलाई पूर्णता दिइएको छ । उपलब्ध उपन्यासको अध्ययन गरी सो उपन्यासमा भएका विषयवस्तुलाई भाव स्पष्ट हुने गरी व्याख्यात्मक विधिको अवलम्बन गरिएको छ । आवश्यकता अनुसार उपन्यासको अंशलाई जस्ताको तस्तै रुपमा प्रस्तुत गरेर पनि स्पष्ट रुपमा अर्थापन गरिएको छ ।
४. चेतनामृत उपन्यासको विश्लेषण
‘चेतनामृत’ उपन्यासमा भारतको आसाममा सेनामा जागिरे धनप्रसादले आप्mनी श्रीमती गौरीलाई लिएर गएको हुन्छ । सोही अवस्थामा गौरी सुत्केरी हुन्छिन् र रामको पनि जन्म हुन्छ । तर राम धनप्रसादको छोरा नभएर हाकिमको छोरो थियो । लगातार तीनवटा छोरा जन्मिएको हाकिमले तेस्रो सन्तानको रुपमा राम जन्मिदा धनप्रसादकी श्रीमती पनि सुत्केरी भएर अस्पतालमा थिइन् । हाकिमलाई छोरीको चाहना भएको र धनप्रसादलाई छोराको चाहना भएकोले उनीहरुले सल्लाह गरी एक आपसमा छोराछोरी साटासाट गर्छन् । उक्त कुराको जानकारी धनप्रसादले आप्mनी श्रीमती गौरीको सल्लाह बिना नै गरेको हुन्छ । जातीयताको आधारमा धनप्रसाद ब्रह्मण र हाकिम क्षेत्री थिए । बाबुआमा तथा जात पनि फरक भएको कारण धनप्रसाद र गौरीको अनुहारसँग रामको अनुहार मिल्दैन । पछि धनप्रसाद गाउँमा गएपछि राम पनि ठूलो हुँदै जान्छ । तर रामको अनुहार धनप्रसाद र गौरीको भन्दा भिन्न भएको कारण गाउँमा विभिन्न अड्कलबाजी हुन थाल्छन् । यस कुराको बारेमा गौरीको कानमा पनि पर्छ ।
अन्ततः धनप्रसादले बास्तविकता लुकाउन सक्दैन र गौरीसामु यथार्थ कुराको जानकारी गराउन बाध्य हुन्छ । आप्mनो कुनै पनि सल्लाह बिना यति गम्भीर काम भएको ठानी गौरी अचानक बेहोस हुन्छे र त्यही बेहोसीमै उसको मृत्यु हुन्छ । रामलाई पनि गाउँबाट तिरस्कृत हुनुपर्छ । उसले गाउँकै माया नाम गरेकी युवतीसँग प्रेम पनि गरेको हुन्छ तर मायाको प्रेमलाई छाडी राम अध्ययनको लागि गौशालास्थित सँस्कृत पाठशालामा पठाइन्छ । सँस्कृत पाठशालामा अध्ययन गर्ने क्रममा फुर्सदको समयमा रामले अंग्रेजी पनि अध्ययन गर्न थाल्दछ । ऊ पढाइमा बिस्तारै सफल हुँदै जान्छ । पढाइ पूरा गरेपछि रामको फेरी शान्ती नाम गरेकी युवतीसँग प्रेम हुन्छ र उनैसँग रामले विवाह पनि गर्छ । विवाहपश्चात उनीहरुका दुईजना छोराछोरी पनि जन्मिन्छन् । रामले सोही स्थानमा एउटा विद्यालयमा अध्यापन कार्य पनि गर्न थाल्दछ । आपूmलाई एक अशल शिक्षकको रुपमा रामले स्थापित गर्न सक्षम हुन्छ । परिवारमा छोराछोरी हुर्कँदै जान्छन् । उसको परिवार एक आदर्श परिवारको रुपमा चिनिन्छ ।
समयक्रममा रामको छोराको विवाह हुन्छ । छोराको विवाहपश्चात भने रामको पारिवारिक जीवन सोचेजस्तो सुखमय हुँदैन । ऊ छोराबुहारी र श्रीमती शान्तीबाट बिस्तारै अपहेलित र तिरस्कृत भएको महसुस गर्न थाल्छ । त्यतिबेलसम्म उसले शिक्षण पेशाबाट पनि अवकाश पाएको हुन्छ । परिवारमा आपूmले सोचेजस्तो अनुभूति गर्न नपाएको रामले एकदिन घर छाडेर हिंड्ने बिचार गर्छ । ऊ भारतको हरिद्वार जान भनी घरबाट हिंड्छ । साथमा भएको केही रकम पोको पारेर राम हरिद्वारतर्पm लाग्छ । बाटोमा जाँदा गोरखपुर पुग्दा उसको पैसा पनि चोरी भएको हुन्छ तर रेलको टिकट काटिसकेकने हुनाले राम हरिद्वार पुग्छ । हरिद्वार पुग्दा राम बिरामी भएको हुन्छ र भोकले पनि छटपटाएको हुन्छ । तर गोजीमा ५० रुपैयाँ भारु भएकोले त्यही पैसाले खाजा किनेर खान्छ । बिरामी रामलाई हरिद्वारमा उर्मिला र उनको श्रीमानले सहयोग गर्दछन् । उसलाई सन्चो भएपछि आश्रममा बस्ने व्यवस्था गरी राधामैयाँको जिम्मा लगाएर छाड्छन् । आश्रममा गुरु र राधाको सद्भाव पाएको राम बिस्तारै ठीक हुँदै जान्छ । त्यहाँको वातावरणसँग ऊ घुलमिल हुँदै जान्छ । भजन गाउने, हार्मोनियम बजाउने, मादल बजाउने काममा सिपालु रामले आपूmलाई सबैको नजरमा उत्कृष्ट सावित गरेको हुन्छ । समयक्रममा राम अचानक क्यान्सरको बिरामी भएको थाहा हुन्छ । उसलाई डाक्टरले तिन महिनामात्र बाँच्ने मिति दिन्छन् ।
रामलाई आप्mनो अन्तिम श्वास नेपालमै बिसाउने चाहना हुन्छ । ऊ नेपालको पवित्र स्थल देवघाटधाममा आउने चाहना राख्दछ । उसको चाहना अनुसार हरिद्वारस्थित आश्रमबाट सम्पूर्ण खर्चको व्यवस्थापन मिलाई नेपाल पठाइन्छ । राम देवघाट आएपछि केही समय बाँच्छ । यही बिचमा उसले घरमा चिठी पठाउँछ तर त्यो चिठी घरमा पुगे नपुगेको भने पत्तो हुँदैन । उसको जीवनको अन्तिम अवस्थाम उसकी श्रीमती शान्ती, छोरा बुहारी, पूर्व प्रेमिका माया, हरिद्वार आश्रमबाट गुरुजी र राधामैयाँ समेत आएका हुन्छन् । संयोग नै भनौं सबैको उपस्थितिमा रामले आप्mनो अन्तिम श्वास देवघाटको पवित्र भूमिमा बिसाउँछ ।
चेतनामृत उपन्यासले हाम्रो समाजको वास्तविक यथार्थको चेतना दिन खोजेको छ । हाम्रो सामाजिक अवस्था, साँस्कृतिक अवस्था, धार्मिक अवस्था आदिको मिश्रण गरी लेखकले समग्र जीवन दर्शन प्रस्तुत गरेका छन् । उपन्यासको सुरुसुरुका अंश अध्ययन गर्दा कताकता भर्खर सिकारुको लेखनजस्तो छ । तर जतिजति उपन्यासको अध्ययन गर्दै गयो उतिउति भाषिक मिठास र लेखकीय प्रौढता झल्किन्छ । लेखकले मानिसको जीवन दर्शनलाई उपन्यासको माध्यमबाट प्रस्तुत गर्न चुकेका छैनन् । मानिसलाई घर गृहस्थी, व्यवहार, आफन्त, इष्टमित्र भन्दा भक्तिरसमा आनन्द भएको कुरालाई उपन्यासमा प्रस्तुत गरिएको छ । त्यसै गरी पुरुषले गर्ने कामुक प्रेम वास्तविक प्रेम होइन । जहाँ प्रेम हुन्छ,त्यहाँ निःश्वार्थता हुन्छ भन्ने पनि उपन्यासमा झल्काउन खोजिएको छ । त्यस्तै पहेंलो बस्त्रधारी, सेतो बस्त्रधारीहरु सबै साधु सन्त पनि हुँदैनन् । परिधानको आवरणमा कतिपय अपराध मौलाउने यथार्थ पनि उपन्यासमा प्रस्तुत गरिएको छ ।
हाम्रो नेपाली समाजको सामाजिक मूल्य मान्यताहरु उपन्यासमा प्रस्तुत भएका छन् । समाजमा कताकता छिपेर रहेको जातीय मूल्य मान्यता यहाँ देखिन्छ । राम क्षेत्रीको छोरा र धनप्रसाद ब्राह्मण भएको बास्तविकता बाहिर आएपछि आएको धनप्रसादका परिवारको पारिवारिक विचलन र सोही कारण धनप्रसादकी श्रीमतीले मृत्युवरण गरेको कुरा उपन्यासमा महत्वपूर्ण छ । त्यस्तै राम समाजबाट वहिस्कृत जस्तै हुनुपरेको छ । धार्मिक कट्टरताको यथार्थता पनि उपन्यासमा व्याप्त छ । पूर्वीय हिन्दू साँस्कृतिक मूल्य मान्यतामा आधारित समाजको कल्पना उपन्यासकारले उपन्यासमा गरेका छन् । हिन्दू समाजका सामाजिक यथार्थता उपन्यासको अन्तरवस्तु रहेको पाइन्छ । बद्री केदारनाथ जस्ता हिन्दूहरुका पवित्र धार्मिक स्थल, काशी, गयाजीजस्ता धार्मिक स्थान, पशुपतिनाथ, देवघाटधाम जस्ता नेपालका धार्मिक स्थलहरु, हिन्दू प्रचलन अनुसार विभिन्न देवी देवताको मन्दिरमा जाने, प्रवचन सुन्ने, हिन्दू आदर्शलाई जीवनको अभिन्न आदर्श मान्ने वैदिक परम्परा उपन्यासमा प्रस्तुत भएको पाइन्छ ।
‘चेतनामृत’ उपन्यासलाई पाश्चात्य चिन्तनका आधारमा अध्ययन गर्दा विभिन्न बिषयवस्तुहरु समेमिटएको पाइन्छ । जसलाई पूर्वीय र पाश्चात्य चिन्तनको आधारमा अध्ययन गरी यसप्रकार प्रस्तुत गरिएको छ ः
४.१. चेतनामृत उपन्यासमा पूर्वीय चिन्तन
४.१.१ परम्परावादी चेतना
चेतनामृत उपन्यास अध्ययन गर्दा पूर्वीय एवम् परम्परावादी चेतना व्यक्त भएको पाइन्छ । उपन्यासमा हाम्रो समाजका शाश्वत मूल्य र गरिमालाई प्रस्तुत गरिएको छ । उपन्यासभित्र उच्च कलात्मकता र बिशेष समयको गुण झल्काउने बिचार प्रस्तुत गरिएको छ । हाम्रो नेपाली समाजको प्राचीन वा मध्येयुगीन प्रबृत्ति उपन्यासमा पाइन्छ । सामाजिक मूल्य मान्यताहरु जुन हाम्रो समाजको उत्पत्तिकालदेखि प्रचलनमा थिए । ती मूल्य मान्यता उपन्यासमा प्रस्तुत छन् । जातीयताका कुरा, समाजमा छोरा नै चाहिने परम्परा, युवायुवतीलाई एकआपसमा प्रेम गर्न निषेध, धर्मकर्म, तीर्थव्रत जस्ता कुरा परम्परावादको पृष्ठपोषक मानिन्छन् । नेपाली समाज अर्थात पूर्वीय सामाजिक परम्पराका शाश्वत मूल्य र महिमा नै उपन्यासको परम्परावादी चेत हो ।
समाजमा राम ब्राह्मणको छोरा जस्तो नभएको र उसको अनुहार, चालचलनले ऊ अर्कै जातको हुनुपर्छ भन्दै महिलाहरुको बैठक बसेको कुरा उपन्यासमा प्रस्तुत भएको छ —
त्यो रामेको गोरो चाक्लो निधार, काला ठूला आँखा, त्यस्तै हात खुट्टाका औंला पनि मसिना, सुलुत्त परेका, पहेँलो वर्णको हिस्सी परेको, त्यस्तो राम्रो छोरो धने र गौरीले पाए होलान् त ? (पृष्ठ १५)
परम्परावाद वर्गीय मान्यता बोकेको सिद्धान्त पनि हो । समाजका सम्भ्रान्त वर्गका व्यक्तिहरुको पृष्ठपोषण यस धारामा पाइन्छ । चेतनामृत उपन्यासभित्रको बिषयवस्तुमा हाम्रो समाजको वर्गीयतालाई उपन्यासकारले यथास्थितिमा उल्लेख गर्न खोजेका छन् ।


४.१.२ स्वर्ग तथा नरकसम्बन्धी चिन्तन
पूर्वीय आध्यात्मिक दर्शनमा बिशेष गरी स्वर्ग तथा नरक सम्बन्धी चिन्तन प्रस्तुत गरिएको हुन्छ । मानिस मत्र्यलोकमा जन्मिन्छ र यस लोकमा रहँदासम्म गरेका कर्र्मको आधारमा ऊ स्वर्ग वा नरकमा जान्छ भन्ने मान्यतालाई उपन्यासमा जोड दिन खोजिएको छ । उपन्यासमा मानिसको मृत्युपश्चात स्वर्ग तथा नरकमा जाने भन्ने पुरातनवादी मान्यतालाई जोड दिन खोजिएको छ । मानिसलाई जीवनमा बैराग्य उत्पन्न भएमा देवीदेवताको मन्दिर वा आश्रममा गएर भक्तिमा रमाउने परम्परा पनि उपन्यासको पूर्वीय चिन्तनको आधार हो । यही चिन्तनलाई उपन्यासको पूर्वीय चिन्तन मान्न सकिन्छ ।
मानिसको मनमा रहेको कालोमैलो हटाउन सकेमा मात्र सांसारिक अन्धकारको अवस्थाबाट मुक्ति पाइन्छ भन्ने कुरालाई उपन्यासमा जोड दिन खोजिएको छ ः
आगोभित्र ताप हुन्छ, आत्माभित्र राम ।
साथमा भए राम, अरु के नै काम ।
भाव विना भक्ति हुन्न, ज्ञान विना मुक्ति हुन्न ।
फाल्न सके मनको कालो संसार यो हुन्छ धन्य । ( पृष्ठ ,११८ )
पूर्वीय अध्यात्म दर्शनले मानिसले मनमा भएका अन्धकार हटाउनको लागि मनभित्रको कालो मैलो हटाउनु पर्ने आशय उल्लेख गरेको पाइन्छ ।
४.२. चेतनामृत उपन्यासमा पाश्चात्य चिन्तन
४.२.१ शास्त्रीयतावादी चेतना
पाश्चात्य साहित्यिक सिद्धान्त अनुसार शास्त्रीयतावादी चेतना प्लेटो, अरिस्टोटल, होमरलगायतका चिन्तकहरुको मान्यता हो । जसमा मानिसको आदर्श चेतनाको सम्बन्धमा उल्लेख गरिएको पाइन्छ । चेतनामृत उपन्यासमा हाम्रो सामाजिक आदर्शलाई प्रस्तुत गरिएको छ । हाम्रो समाजका सामाजिक मूल्य मान्यता उपन्यासको आदर्श पक्ष हुन् । उपन्यासले सामाजिक आदर्शलाई चित्रण गर्दै हाम्रो समाजको सामाजिक बिशेषतामध्य आदर्श पनि हो भन्ने तथ्य प्रस्तुत गर्न खोजेको पाइन्छ । समाजमा एक अर्काप्रतिको सम्मान भाव, सामाजिक मेलमिलाप, धार्मिक मूल्य मान्यताका पक्षहरु आदर्शवादी चेतनाको उदाहरण मानिन्छन् ।
राम भारतको हरिद्वारस्थित आश्रममा गएपछि उसको राधामैयासित नजिकको सम्बन्ध हुन्छ । तर त्यो सम्बन्ध केवल वासनाको नभएर एक आदर्श सम्बन्ध थियो भन्ने कुरालाई उपन्यासमा उल्लेख गरिएको पाइन्छ ः
दुबैमा अन्तरनिहित आध्यात्मिक चेतले गर्दा राम र राधाजीबीचको सम्बन्धलाई समेत आध्यात्मिक सम्बन्धको संज्ञा दिन सकिन्थ्यो । राम जस्तै राधाजी पनि रामको कला, गला र उसको आकर्षक व्यक्तित्वबाट प्रभावित थिइन् । स्वाभाविक छ, राधाजी रामलाई आध्यात्मिक मित्र मान्थिन्, त्यसैले रामलाई क्रमिक रुपमा आध्यात्मिक साधनामा लाग्न प्रेरित गरिरहेकी थिइन् । (पृष्ठ, १४१ )
माथिको अंशमा राम र राधाको आदर्श प्रेम सम्बन्धको बारेमा प्रस्तुत गर्दै हाम्रो समाजको वर्गीय मान्यतालाई प्रस्तुत गर्न खोजिएको छ ।
४.२.२ यथार्थवादी चिन्तन
यथार्थवादी चिन्तनमा फ्रान्सेली दार्र्शनिक अगस्त कोम्तेको भाववाद ९उयकष्तष्खष्कm ० को भूमिका सर्वाधिक रुपमा देखा पर्दछ, (गैरे, २०७५) । यो प्रवृत्ति अठारौं शताब्दिका उपन्यासकार ड्यानियल डिफो र हेनरी फिलिङका उपन्यासहरुमा पाइन्छ । उपन्यासकार पौडेलको चेतनामृृत उपन्यासमा प्रत्यक्षमा आधारित बुद्धिग्राह्य वस्तुसत्यमा आधारित प्रवृत्ति पाइन्छ । उपन्यासमा जनमानसको चेतनास्तरको आधारमा यथार्र्थपरक अभिव्यक्ति प्रस्तुत भएको छ । हाम्रो सामाजिक चिन्तन जस्तो छ त्यसलाई यथार्थपरक रुपमा व्यक्त गरिएको छ । समामजमा सन्तान पनि बाबुआमाको अनुहारका आधारमा हो वा होइन भनी छुट्याउने प्रचलन अझ पनि कायम छ । जसले गर्दा उपन्यासको पात्र रामलार्ई धनप्रसाद र गौरीको सन्तान होइन भनी गाउँलेले दावी गर्न थालेपछि अन्तिममा बाध्य भएर धनप्रसादले गौरीलाई यथार्थता बताएको छ । हाम्रो तत्कालीन सामाजिक परिवेश अनुसारको बैवाहिक प्रचलन, धार्मिक स्थिति, तीर्थब्रतजस्ता यथार्थ घटना उपन्यासमा पाइन्छन् ।
मानिसको जीवन बुभ्mने र नबुभ्mनेहरुको लागि एउटा पाठशाला हो । मानिसले आप्mनो सोच जस्तो राख्छ यो संसार त्यस्तै हुन जान्छ भन्ने कुरा उपन्यासमा उल्लेख गर्न खोजिएको छ । हामी सत्य कुरालाई बुझेर मात्र अगाडि बढ्न सक्छौं भन्ने कुरा उपन्यासमा पाइन्छ ः
सत्यको कुनै रुप हुँदैन, तैपनि हामी सत्यलार्ई देखिने गरी हेर्न खोज्छौं । हामीलाई सबै चिज आकारमा चाहिन्छ , तर त्यो सम्भव नै छैन । त्यहींँनेर हाम्रो भुल भइरहेको छ । हामीले जे कुरालाई सत्य भनेर मानेका छौंं, तर त्यो नहुन पनि सक्छ । हामी सबै कुरालाई सेतो र कालोमा बुभ्mन खोज्छौं, तर जीवनको रङ्ग रङ्गिन हुन्छ । हामी प्रत्येक कुरालाई सत्य असत्यबाट, ठीक बेठिकबाट छुट्याउन खोज्छौं । तर त्यसको अर्को पाटो पनि हुन सक्छ भन्नेतिर हाम्रो ध्यान जाँदैन । ( पृष्ठ, ११७ )
उपन्यासको शैली भावुक भन्दा पनि तार्किक छ र कल्पना भन्दा बौद्धिकता आदर्शात्मक र आन्तरिक यथार्थ भन्दा वस्तुगत र वाह्य यथार्थको प्रस्तुतिमा आधारित छ । ईश्वरीय सत्तालाई मानवीय सांसारिक वस्तु ठानी धार्मिक र नैतिकतालाई मानवीय वातावरणको उपज ठानी भौतिक, बैज्ञानिक र यथार्थतामा जोड दिइएको छ । पितृसत्तात्मक समाजमा पुरुष शक्तिशाली र महिला कमजोर भनिने सँस्कृति विद्यमान हुन्छ । यस्तो सँस्कृतिमा पुरुषले महिलामाथि विभिन्न प्रयोग गर्दछ ( खनाल, २०७६ ः ५३) । उपन्यासले कृत्रिम, काल्पनिक, आलङ्कारिक, आडम्बरयुक्त र भावनात्मक भन्दा सामाजिक स्तर, पात्रीय चेतना र स्तरअनुरुप बोलचालको भाषा प्रयोग गरिएको छ । तथ्यपरक बिषयवस्तुलाई उल्लेख गरेर उपन्यासलाई यथार्थवादी बनाउने प्रयत्न भएको छ ।
४.२.३ अस्तित्ववादी जीवन दर्शन
अस्तित्ववाद मान्छेको वैयक्तिक जीवनलाई नूतन सन्दर्भ र नवीन मानवीय मूल्य र अर्थ दिएर प्रस्तुत एक अत्याधुनिक साहित्यिक दर्शन हो, (जोशी, २०२५) । अस्तित्ववादले परम्परागत ईश्वरमाथि आस्था राख्दै मानव जीवनको व्याख्या गर्दछ । मानव जीवन निरुपाय, असङ्गत, विवश र निरर्थक भए पनि यी सबैलाई समाप्त गर्न मानवीय अस्तित्वचेतना आवश्यक छ, भन्दछन्, ( गैरे, २०७५) । अस्तित्ववादमा आस्तिक र नास्तिकवादी धारा पाइन्छन् । आस्तिकवादी धारामा सारेन किर्केगार्ड र नास्तिकवादी धारामा जाँ पाल सात्र्र र अल्वर्ट कामु लगायत अन्य विद्वान पर्दछन् ।
उपन्यासमा पनि आस्तिकवादी अस्तित्वको खोजी गरिएको छ । मानिसले आप्mनो जीवनलाई सार्थक बनाउनको लागि सत्यको गहिराइमा पुग्न सक्नु पर्दछ भन्ने कुरालाई उपन्यासमा प्रस्तुत गर्न खोजिएको पाइन्छ ः
बिहान शीतल हुन्छ, दिउँसो वातावरण तात्तिँदै जान्छ, बेलुका क्रमश ः चिसो हुँदै जान्छ । कुनै पनि प्राणी जन्मन्छ भने उसको मृत्यु अवश्यम्भावी छ । जब प्रेम हुन्छ त्यहाँ घृणा पनि हुन सक्छ । हामीले यस्ता विपरीत कुराहरु देखिरहेका र भोगीरहेका छौं । तर त्यसको गहिराइमा बुभ्mन नसकेर भौंतारिइरहेका पनि छौं ।आध्यात्मले हामीलाई त्यही गहिराइ बुभ्mने बाटो देखाउँछ । (पृष्ठ, ११८)
चेतनामृत उपन्यासमा उपन्यासकार पौडेलले बिशेष गरी सारेन किर्केगार्र्डको अस्तित्ववादी मान्यता आस्तिकवादी बिचारलाई प्रमुखता दिएको पाइन्छ । रामु परिवारबाट बिरक्त भई आपूmलाई सम्हाल्नको लागि र आप्mनो अस्तित्वको खोजी गर्दै हरिद्वार पुग्नु र अन्तिममा नेपालकै पवित्र धार्मिक स्थल देवघाटधाममा पुगी देहत्याग गर्नुबाट आस्तिक अस्तित्ववादको रुपमा स्वीकार्न सकिन्छ । मानवीय अस्तित्व नै सर्वोपरि भएको कुरा यहाँ उल्लेख गर्न खोजिएको छ । मानिसले जन्मसँगै मृत्यु पनि साथमै लिएर आएको हुन्छ र उसले बैयक्तिक स्वतन्त्र निर्णयलाई अस्तित्वशाली बनाउन जीवनमा विभिन्न पीडा सहन सक्छ भन्ने राम, राधा, गुरुजी जस्ता पात्रको माध्यमबाट उपन्यासमा सार्थकता दिन खोजिएको छ । रामले मानवीय समस्या, पीडा र व्यथालाई सहेर आपूm अस्तित्वशाली बन्नको लागि जीवनभर विश्वास राखेको छ । यस अर्थमा चेतनामृत उपन्यास आस्तिक अस्तित्ववादी बन्न पुगेको छ ।
४.२.४ विसंगतिवादी चिन्तन
साहित्य र समालोचनाको क्षेत्रमा विसंगतिवादी चेतनाको प्रयोग पाश्चात्य साहित्यकार जाँ पाल सात्र्रले गरेका हुन् । पछि यसलाई अल्बर्ट कामुले सिसिफसको पुराकथा नामक कृति मार्पmत यस वादलाई अगाडि बढाएका थिए , (त्रिपाठी, २०४९ ) ।
विसंगतिवादी चिन्तन वास्तवमा नास्तिकवादी चिन्तन हो । यसलार्ई महान दार्शनिक नित्सेको ईश्वरको मृत्यु घोषणा नामक कृतिबाट प्रयोगमा ल्याइएको थियो । चेतनामृत उपन्यासका केही पक्षलाई अध्ययन गर्ने क्रममा विसंगतिको छनक पाइन्छन् । मायाले रामसँग बिछोड भएपछिको अवस्था विसंगतिको उदाहरण मानिन्छ । मायाले आजीवन विवाह नै गरेकी छैन । त्यस्तै रामले जब परिवारमा आपूm अपहेलित भएको महसुस गर्न थाल्यो तब उसमा विसंगतिवादी भावना मौलाएको छ ।
रामले पशुपतिनाथको दर्शन गरेपछि आप्mनो घर छाड्ने बिचार गरेको छ । मानिस जब पारिवारिक रुपमा सन्तुष्ट हुन सक्दैन तब उसले फरक दुनियाँको चाहना राख्छ । आप्mनो जीवन नै उसको लागि विसंगति बन्न पुग्दछ भन्ने भाव उपन्यासमा प्रस्तुत गरिएको छ ः
पानी पानीसँग मिसिन खोज्छ र अन्तत ः मिसिएरै छाड्छ, त्यसै गरी माटो पनि माटोमै मिसिन्छ । मान्छेको मन पनि त्यस्तै हो , एउटा मन अर्को मनसँगै मिसिन खोज्छ, तर पानीको जस्तो सरल नियम मनका हकमा लागु हुँदो रहेनछ । पीडाले थिलोथिलो भएको मन अर्को मनसँग मिसिन खोजेर पनि त्यसै मिसिन सक्दैन, अन्तत ःत्यो असफल मन अर्कै दुनियाँको खोजीमा मृत्युसँग एकाकार हुन पुग्दो रहेछ । (पृष्ठ, ९७)
वास्तवमा राम धार्मिक भन्दा पनि जीवनप्रतिको बितृष्णा र नैराश्यताको कारण घरबाट हिंडेको देखिन्छ । पछि परिस्थितिले उसलार्ई आस्तिक बनाए पनि विसंगतिवादी सोचबाट नै ऊ आप्mनो निराश जीवनलार्ई अगाडि बढाएको देखिन्छ । यसर्थ चेतनामृत उपन्यास विसंगतिवादी दृष्टिले हेर्दा उत्कृष्ट मान्न सकिन्छ ।
५. निष्कर्ष
चेतनामृृत उपन्यासमा मानवीय चेतनामा अमृत छर्न खोजिएको छ । मानव चेतनालाई सार्थक बनाउने प्रयत्नस्वरुप उपन्यास आएको छ । एउटा फौजी परिवेशबाट अगाडि बढेको धनप्रसादको जीवन विभिन्न उहापोहको अवस्थाबाट गुज्रिएको छ । रामले आपूm अबोध बालकको रुपमा धनप्रसाद र गौरीको सुपुत्र बनेर आए पनि उसलाई नियतिले साथ दिंदादिंदै पनि परिस्थितिले ठगेको छ । ऊ परिस्थितिबाट लखेटिएर नेपालदेखि भारतको हरिद्वार, काशीसम्म पुगेर फेरि नेपालमै फर्र्किएर मृत्युवरण गरेको छ ।
उपन्यासमा मानव जीवनका यथार्थ पक्षको सम्बन्धमा अध्ययन गर्न खोजिएको छ । उपन्यासले पूर्वीय र पाश्चात्य चिन्तनलाई कसरी प्रस्तुत गर्न खोजेको हो ? भन्ने सम्बन्धमा अध्ययन गरिएको छ । प्राचीन हिन्दू दर्शन र सिद्धान्तको आधारमा उपन्यासमा धर्मकर्र्म, ईश्वर, स्वर्ग नरक जस्ता कुरामा जोड दिन खोजिएको छ । त्यसै गरी पाश्चात्य चिन्तनको रुपमा परिष्कारवादी चिन्तन, यथार्थवादी चिन्तन, अस्तित्ववादी विसंगतिवादी चिन्तनलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसको आधारमा हाम्रो समाजको सामाजिक धरातल पूर्वीय र पाश्चात्य मान्यताभित्र रहेको निचोड निकाल्न सकिन्छ ।
हाम्रो सामाजिक अवस्थालाई उपन्यासमा चित्रण छ । हाम्रो समाजमा रहेका जातीय असमानता, धार्मिक अन्धविश्वास, छोरा र छोरीबिचको भिन्न व्यवहार, छोराको चाहनामा आप्mनो कोखबाट जन्मिएको सन्तानलाई पनि त्याग गर्र्ने अवस्था, मानिस पारिवारिक जीवनबाट निराश भई ईश्वरको शरणमा जाने अवस्था र जीवनको अन्तमा पनि पवित्र एवम् धार्मिक स्थलमा नै मृत्युवरण गर्न चाहने परिवेश उपन्यासका महत्वपूर्ण पक्षका रुपमा मानिन्छन् ।
चेतनामृत उपन्यासले हाम्रो नेपाली समाजको वर्गीय अवस्था, धार्मिक सामाजिक अवस्थालाई उपन्यासको पमुख पात्र राम र उसको परिवारको माध्यमबाट प्रस्तुत गरेको छ । नेपालदेखि भारतको आसाम र धार्मिक स्थलहरु हरिद्वार, काशीसम्म उपन्यासको परिवेशका रुपमा रहेका छन् । समग्र मानवलाई यथार्थताको चेत दिंदै परिवर्र्तनको लागि आवाज उठाउनु पनि उपन्यासको उद्येश्य रहेको पाइन्छ । कौतुहलमय भाषाशैलीले गर्दा उपन्यास पठनीय कृति बन्नुको साथै आकर्षक बनेको छ । समग्रमा चेतनामृत उपन्यास उपन्यासकार पौडेलको उत्कृष्ट रचना बन्न गएको छ ।


सन्दर्भ सामग्री सूची
खनाल, रामप्रसाद, (२०७६). कृष्ण धरावासीका उपन्यासमा फेसन सँस्कृतिका रुपमा शरीरको प्रयोग. काठमाडौ, प्राज्ञिक विमर्श, १(१), पृृष्ठ ५१—६१ ।
गैरे, (डा.), ईश्वरीप्रसाद, ( २०७५). पाश्चात्य साहित्यका वाद र समालोचना पद्धति. काठमाडौ ः देवी देउराली प्रकाशन प्रा.लि. ।
जोशी, कुमार बहादुर, ( २०२५). पाश्चात्य साहित्यका केही प्रमुख वाद. काठमाडौ ः साझा प्रकाशन ।
पौडेल, तोयनाथ, ( २०७६). चेतनामृत. काठमाडौ ः गोमा पौडेल—प्रकाशक . अभियान प्रिन्टिङ हाउस ।
भण्डारी, (प्रा.डा. ), पारशमणि र पौडेल, (डा. ), माधबप्रसाद, ( २०७४). साहित्यशास्त्र र नेपाली समालोचना. काठमाडौ ः विद्यार्र्थी पुस्तक भण्डार ।
त्रिपाठी,(प्रा.डा. ), बाशुदेव, ( २०४९). पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा. (भाग २ ). काठमाडौः साझा प्रकाशन ।


पोखरा, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2077

लेखकका अन्य रचनाहरु