स्रष्टा-को साङ्गोपाङ्गो एक अध्ययन

- सुकराज दियाली

आमुख
नेपाली साहित्यको कुनैपनि विधामा सन्दर्भ किताप भइसकेको स्तरीय पत्रिकाको नाम हो-स्रष्टा। भारतीय नेपाली साहित्यमा केही जान्नपरे, बुझ्न प्रयास गर्नपरे तथा शोधकार्य गर्नपरे सर्वप्रथम स्रष्टाको थाक अघाड़ि राख्नपर्ने अनिवर्यता रहन्छ। भाषा, साहित्य भारतीय नेपाली संस्कृति, भारतीय गोर्खाको राजनैतिक, शैक्षिक एवं सामाजिक जीवनको खेस्रा केहीहदसम्म स्रष्टा-को अंकहरू पल्टाई-पल्टाई अध्ययन गर्नपर्ने हुन्छ। यसले सामाजिक,ऐतिहासिक, भाषिक साहित्यिक महत्व त्यतिनै बोकेको छ। जति प्राणीले बाँच्ने अनुकुलतामा बनस्पतिसित बोकेको छ।
भारतीय नेपाली पत्र-पत्रिकाको प्रकाशनले ठूलो महत्व बहन गरेको तथ्यलाई भन्ने नेपाली साहित्यको इतिहासलाई पल्टाउँदा पाएका छौं। भारतीय नेपाली साहित्यको केन्द्र काशी एकसमय थियो। जुन समय सर्वप्रथम भारतीय नेपाली भाषा साहित्यको पत्रपत्रिका त्यहाँबाटै प्रकाशित भएको थियो। त्यसरी दार्जीलिङ, सिक्किम, देहरादून, कलकता, डुवर्स, असम, मणिपुर, मेघालय(शिलाङ), त्रिपुरा, विहार, दिल्ली,मुम्बई, मिजोराम, नागाल्याण्ड आदि स्थानबाट प्रकाशित पत्र-पत्रिकाले भारतीय नेपाली भाषा साहित्यको उत्थानमा अहम भूमिका निर्वाह गरेका छन्। 70-को दशकमा भारतीय नेपाली साहित्यमा स्वर्णकाल मानिन्छ। त्यसबेला कविता, कथा, उपन्यास मात्रै नभएर नेपाली भाषालाई विभिन्न राज्यमा राज्य स्तरीय सरकारी पञ्जीकृत गर्ने कामले हाम्रो भाषाले भारतीय रूपमा विकसित तीव्र गतिमा अघि बढ़ेका तथ्यहरू हामीमाझ छन्। यसै सन्दर्भमा भारतेली नेपाली पत्र-पत्रिकाको शताब्दी(1887-1986) नामक पुस्तकमा लेखक हीरा छेत्रीले लेख्छन्-पत्र-पत्रिका प्रकाशन क्रममा पहिरो आउनदेखि बाहेक यस दशकमा महत्वपूर्ण घटनाहरू रहे पश्चिम बङ्गाल, त्रिपुरा र सिक्किम विधान सभाद्वारा नेपाली भाषाको संवैधानिकतामाथि पारित प्रस्ताव तथा संसदमा यसबारे निजी विधेयकको प्रस्तुतिकरण यतिमात्र नभएर भाषा मागको निम्ति थप सहयोग दिने उदेश्य लेर धेरैवटा संस्था तथा पत्र-पत्रिका उदाए। भाषा मान्याताको आन्दोलनलाई अघाड़ि बढ़ाउने क्रममा भारतको विभिन्न ठाउँबाट छिचिमिरा जस्तै बाक्लो पत्र-पत्रिकाको प्रकाशन भएको समय थियो। त्यसैले यस काललाई भारतीय नेपाली साहित्यमा एक विशेष महत्व मान्दै पत्र-पत्रिकाको स्वर्मकालमा देखारेको साहित्यिक पत्रिका स्रष्टा। सन् 1973-मा नरबहादुर भण्डारीको सम्पादनमा अर्चना-पछिको खाईलाग्दो स्तरीय लामो उमेरसम्म बाँचेर साहित्यको सेवा पुऱ्याइरहने पत्रिका स्रष्टा जसले सिक्किमको विकल्प नाम बोकीसकेका छन्। स्रष्टा भन्ने वितिकै सिक्किम बुझीहाल्छौं। स्रष्टा भन्ने वितिकै केदार गुरूङ, उपमान वस्नेत, गोवरधन वास्तोला जस्ता वरिष्ठ साहित्यकारहरूको नाम ओंठमा झुण्डिरहन्छ। भारतीय स्तरीय निरन्तर प्रकाशित हुने पत्र-पत्रिकाको नाम लिनुपर्दा फ्याट्टै हातपुग्छ स्रष्टा पत्रिकाको थाकमा।स्रष्टा भारतीय नेपाली साहित्यको पन्ना भएसकेको , स्रष्टा भारतीय नेपाली साहित्यको खाँबो भएसकेको, स्रष्टा साहित्यको अर्को एउटा विशेष सर्वनाम भएकसकेका छन्। यस्ता पत्रका अंक-1देखि अंक-75-सम्म आइपुग्दा यसले के-कस्ता प्रतिरोध, समयकाल स्थितिसित घाम-पानी झेल्नपऱ्यो। कस्ता-कस्ता स्रष्टा हाम्रो समाजली दिए, कुन-कुन समस्याको समाधान बने कसरी भाषा साहित्यको उत्थानमा काँध हाले। कस्ता-कस्ता दुःख-कष्ट सहेर साहित्यिक गोरेटोमा हाँसी-हाँसी हिड़े त्यसको लेखा-जोखा गर्नपऱ्यो। त्यसको मूल्याङ्कन गर्नुपर्दा। स्रष्टाको जन्मसम्म पुगेर हेर्नुपऱ्यो। यसरी जन्मदायित्वमा परेको साइतलाई कोट्याउँदा हामी स्रष्टा प्रकाशनकाल 70-को दशकमा पुग्छौं।
स्रष्टा
स्रष्टा नामै सुन्दर। स्रष्टाले बोकेको अर्थले साहित्यिक क्षेत्रफलको उत्तर पाउँछौं। स्रष्टा पुलिङ्ग जसको अर्थ ब्रम्ह, विष्णु भेको विशेषण सृष्टिको रचना गर्ने निर्माता, रचनागर्ने, रचनाकर्ता, सृष्टि या रचना गर्नेवाला, रचियता, निर्माता(अङ्ग्रेजीमा-क्रिएटर) सृष्टिकर्ता, सृष्टिपूर्व, सृष्टिविज्ञान, सृष्टिभाव, संसृष्टि।
रचनी वा निर्माण गर्ने वा बनाउने/वाक्यमा प्रयोग गर्ने प्रकृति निर्मता।
सष्टा(ऋ)छु,..... सृजनीति। (सृज+तृज) ब्रम्हा इत्यमर।1।1।16।(यथा, महानिव्वाणतन्त्रे।
कारण सव्वाभूर्तना स एकः परमेश्वर लोकेषु सृष्टिकरावत्, स्रष्टा ब्रम्होति गीयते। शिवःइति हलामुद....। विष्णु इति महाभारतम् 12,189,199।स्रष्टामाथि नेपालका युवा दीपक सुवेदी लेख्छन्- स्रष्टा वा सर्जकहरू समाजका ऐना हुन्, देशको सम्पति हुन्। शासक दलहरूका निम्ति स्रष्टा सन्देश प्रवाहका कलात्मक माध्यमहरू हुन्। सृजनाको स्रोत समाज नै हुने गर्दछ। सर्जकहरू पनि सामाजिक प्राणी हुँदा समाजका विकृति, विसङ्गति सोषण,दमन,अन्याय अत्याचार अन्धविश्वास, भ्रष्टचार लगायतका बेतिथिहरूसाई सृजनशीलताको माध्यमबाट प्रस्फूटन गर्नु स्वाभाविक रूपमा प्रस्फुटन गर्नु स्वाभाविक मात्र होइन अनिवार्य हो। यसैले स्रष्टाले एउटा ठूलो सर्जकहरूका लागि मञ्च तयार गरेका छन्।
सृष्टि कर्त्तरि, त्रि,इति। स्रष्टा समाजको अनुहार हो। जाति सांस्कृतिक र समाजशास्त्र मात्रै नभएर सिङ्गो इतिहास र भूगोल बोक्ने साइकोपिडिया भनिरहँदा फरक नपर्ला। कुनै कलालाई सिर्जना गर्ने मानव मनलाई स्रष्टा।
स्रष्टा-को रेखाङ्कन
स्रष्टाको समूहलाई बोकेर समाज-साहित्यलाई अघि लगाउने पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ बजारबाट भारतीय नेपाली साहित्यको ऐनालिएर सन् 1979-देखि आजसम्म निरन्तर प्रकाशन भइरहेछ-स्रष्टा(द्वैमासिक साहित्यिक पत्रिका)।
पश्चिम सिक्किम साहित्य प्रकाशनको पक्षमा स्रष्टा द्वैमासिक साहित्यिक पत्रिका 1978-को जुलाईमा वर्ष 1, अंक 1,-को जन्म हुन्छ. पत्रिका प्रकाशनको उदेश्य भारतीय गोर्खाहरूका भाषा साहित्य,संस्कृति र बौध्दिक समाजको समवृद्धि एवं समाजको उत्थानलाई काँधमा लिएर जन्मेका स्रष्टा-ले गर्भ अवस्थामा विभिन्न प्रतिरोधहरू भोग्नु पऱ्यो। यसै सन्दर्भमा पहिलो अंकको सम्पादकीयलाई हेरौं- यसरी साहित्य, संस्कृति र समाजको विकाश एवंम उत्थानको निम्ति धन खर्च गर्न पनि आफ्नो वर्गगत् मर्यादा र मानहानी होला कि भनेर हिच्किचाउनेहरू खोज नपरे बगुन्द्रै फेला पर्छन्। तर यस्तो स्थितिमा पनि हामीले महान सज्जन र सेवकको रूपमा मांगमुग निवासी श्री सर्वजीत गुरूङ(शिक्षक सोपाखा पाठशाला)-लाई पायौं र उहाँकै संरक्षणमा मात्र यो तीनवर्ष अघिदेखि कथा र हल्ला-हल्लैमा सीमित भएर प्रेसमा पुग्दै फर्कनु परेको अभागी पत्रिका स्रष्टा-लाई पश्चिम साहित्य प्रकाशनको तर्फबाट पाठक समक्ष टक्राउन सक्यौं। ढिलाईको मूलकारण पञ्जीकरणको निम्ति भू-राजस्व विभागका महाशयहरूले गरिदिएको हेलचेक्राइले आपतकाल एवं कति मूर्खले मात्र सबैकुरो गरिसक्ने तर परिआएको बेला पछि सर्ने महानुभाव र बन्धुहरूको महताइ र अहमताइले। पहिलो अंकमा सम्पादक मण्डलीमा श्री केदार गुरूङ, श्री के.बी. सुवेदी, श्री बी.बी. ताम्लिङ थिए भने पछि पत्रिका प्रमुख संरक्षण श्री सर्वजीत गुरूङ र व्यवस्थापकगणमा प्रेम शंकर राई अनि साथीहरू। पहिलो अंकमा 3 वटा कविताहरू हरि थापाको (गाउन नसकेको मेरो लयहन), भक्तराज जैरूको(कहिले नझुक्ने हामी), र गोवर्धन वास्तोलाको(हिज भेटमा पाएको), भानु प्रकाश मार्मिकको लेख(लोक गीतमा जीवन दर्शन),समालोचनामा शान्त प्रकाश राईको (तेस्रो परिक्रमाको परिदर्शन) र बीरबल सुब्बाको (भानुलाई आँखीझ्यालबाट चिहाउँदा) 2वटा कथाहरू राम सुब्बाको हरदरमा दैनिक सोंचिहरू र बी.एल. शर्माको नोकरीको खोज, 7 वटा साहित्यिक रचनाहरू लिएर स्रष्टा-को जन्म हुन्छ सन् 1978-को जुलाई महिनामा। सानो, छरितो पातुलोमा बाक्लो साहित्यिक समाग्री बोकेको स्रष्टा-को पछिल्लो कभरमा 1रू 50 पैसा मूल्यमा बजारमा देखापरेका हुन्।
कभरको क,ख,ग-मा युवा साहित्यकार श्री जीवन थीङको 23 वर्षको अल्पायुमै असमायिक मृत्यु भएको श्रध्दाञ्जली छापिएको स्रष्टामा पञ्जीकरण संख्या 33 अधिसूचना 2602 ए/ एम. ग्रन्थ-1 लेखिएको छ।
दुईमहिना पछि लगत्तै स्रष्टा-को दोस्रो अंक (वर्ष-1, अंक-2 सितम्बर-अक्टुबर 1978)देखापर्छ पाठकको अघाड़ि...रचनाहरूको साथमा। यस अंकमा लालुपाते-का सम्पादक चुनिलाल घिमिरेले पत्राचार स्तम्भमा लेखेका छन्-आर्थिक जटिलताको दोभानमा आजको अभावपूर्म पाठकवर्गमा चिन्तनशील प्रयास र अवश्य साहस हो। उसरी नै पत्र स्तम्भमा स्रष्टाको पहिलो अंक हात लागेको खुशी प्रकट गरेका छन् प्रेम राई(थुलुङ) यांयांग बजारबाट। रिपोर्टमा राधाकृष्ण शर्माको 164-औं भानु जयन्ती 13 जुलाई 1978 मा सम्पन्न भएको भानु जयन्ती समारोहको विवरणसहित। यस अंकमा लिम्बु भाषाबाट आएको कतिपय शब्दहरू लिम्बु भाषाबाट नेपालीमा आएको भनी किटान गरेका छन्- केही उदाहरणसहित।
उसरी अंक-3मा 5 वटा कविताहरू स्व. जीवन थीङ(मान्छे), हिस्से बाङ्देल प्रताप(असन्तिष्टि), बली सुब्बा वसन्त(रून पर्ला), कृष्ण नारायण प्रदान(मैले एकान्तको संसार सोंच्न थालेको छु), सुवेदी कालिम्पोङ(मनको एक पक्षले लेख्दा) 2 वटा कथाहरू श्री लक्ष्मी प्रसाद माग्युङ्ग(हिजका साँझ र आजका दिनहरू), चुनिलाल घिमिरे(डढ़ेलो लागेको क्षितिजमा डुब्दै गरेको घाम), लेखहरूमा डी.के. श्रेष्ठका भानुभक्त सम्बन्धी केही विवादस्पद कुराहरू, जीवन नामदुंग(वार्ता)-भा, आन्दोलनका केही दुर्बल पक्षहरू, शुभ प्रधान(एस.यु.एम.आई. कालेबुङ)-को प्रतिक्षामा परीक्षा जस्ता स्तरीय रचानाहरू समावेश छन्। क 3-सम्म आइपुग्दा स्रष्टा-को पाठक बाक्लो र विस्तृतरूपमा फिंजाएको पाइन्छ। स्रष्टा-ले पाठकको मन जितिसकेका थिए। उसरी अंक 4-मा कविता-गीतमा कवि गिर्मी शेर्पाको-रित्तो कपलाई भूल्न नसक्दा प्रेमाका कुराहरू, डम्बर राहुलका-(अवोध कल्पनामा देखेका अविकशित सपनाहरू), गोपाल बहादुर नेपालीको (व्यवस्था), तीर्थ श्रेष्ठ पोखरा नेपाल, नयन कुमार बोखिम(विजयी बन्न नसकेका हारहरू) नयाँ कलम भनि राखिएका स्तम्बमा पेम्बा तामाङ ईश्वर तिवारी, नामगेल थीङका रचनाहरू यस अंक 4-मा राखिएका छन्। लेखहरूमा के.बी.सुवेदी.उपमान बस्नेतका नेपाली लोकगीतको अंग रतौली-को एक रातःएक नजरमा, घनश्याम नेपालका- लहड़ी, शान्त प्रकाश राईको- बाँझो दिनमाथि पल्हेका केही फुलहरूभित्रको केही मूल्यहरू 2 वटा कथाहरू, सुश्री विजय सरदको-स्कूल र बी.एस. राईको शुष्कताबीच फुलहरू जस्ता रचनाहरू छन्। 4 अंकसम्म स्रष्टामा लोक साहित्यको रचनाहरू पठन योग्यको पाइन्छ। कवितामा गिर्मी शेर्पा, तीर्थ श्रेष्ठ, जीवन थीङ, भानु प्रकाश मार्मिक-का कविताहरूले स्तरीयलाई वृध्दिको दिशातिर लागिरहेको पाइन्छ। शुरू-शुरूको अंकहरू पातुलो रहेपनि बिस्तारै स्रष्टाको अंकले आकारमा पनि उत्थान गर्दै गएको पाइन्छ। अंक 1-देखि अंक-75 सम्म विश्लेषण अध्ययन राख्दा यो रचना एउटै पुस्तकै बन्ने हुनाले यसलाई सारशं रूपमा प्रस्तुत गरेको छु।
स्रष्टा-को 16 वटा विशेषाङ्कहरूः
स्रष्टाको दशौं अंकसम्म आइपुग्दा पाठक, साहित्यविद्, विज्ञगण एवं समाजसेवकहरूका माया र मोहलाई ध्यान राख्दै एक विशेष दिनमा, एक विशेषतालाई सम्पादक मण्डलीले ध्यानमा राख्दै भारतीय नेपाली साहित्यको खाँचोमा काँध मिलाउँदै, अर्न्तराष्ट्रिय स्तरमै कविता विशेषाङ्क, भारतीय नेपाली कथा विशेषाङ्क, डुवर्स विशेषाङ्क, पश्चिमाञ्चल विशेषाङ्क, सिक्किम लेखक संघ विशेषाङ्क, भारतीय नेपाली शहीद अर्न्तराष्ट्रिय नेपाली कविता, लीला लेखन, भानुस्मृति, भानुस्मृति परिपूर्ण विशेषाङ्क, संगोष्ठी, भाषा मान्यता संगोष्ठी, हिरक जयन्ती विशेषाङ्क, जस्ता महत्वपूर्ण विशेषाङ्कहरू प्रकाशित गरी भारतीय नेपाली साहित्यको उन्नत र विकासमा टेवा पुऱ्याएका छन्। स्रष्टा-को विशेषाङ्क विवरण-सम्पादन कलालाई नापतौल गर्नपरे स्रष्टाको सम्पादक मण्डलीको संस्थापक सम्पादक केदार गुरूङले अंक-1,वर्ष 1 देखि वर्ष-अंक 57-सम्म निरन्तररूपमा लेखेका सम्पादकीयलाई पढ्दा बगुन्द्रै पुगि हाल्छ कि? संस्थापक कालदेखि आजसम्म सम्पादक मण्डलीमा रही उहाँकै मार्ग निर्देशनमा स्रष्टाले 57औं अंक अर्थात हिरक जयन्ती मनाइसकेका छन्। प्रारम्भदेखि स्रष्टा-को(अंक 1,2,3,4,5,6,,7,8,9,10,11,12,13,14,15) केदार गुरूङ्ग, के.बी. सुवेदी, बी.बी. ताम्लिङ अंक 17 देखि आजसम्म सम्बन्धीत रहेका सम्पादक केदार गुरूङ र पमान बस्नेत, अंक 18 देखि 33 सम्म प्रतिनिधि सम्पादक तुलसी भट्टराई वाराणसी, भीम दाहाल गान्तोक, गोविन्द शर्मा वाराणसी, अंक 35 देखि 52 सम्म सम्पादकगणमा दलमान मुखिया पीर, गोवरधन वास्तोला, छिरिङ पाञ्जो सेर्पा, रहेका पाइन्छ।प्रमुख सम्पादक वा संस्थापक सम्पादक केदार गुरूङ सम्पादनमाथि मूल्याङ्कन गर्दै
वरिष्ठ साहित्यकार गोवरधन वास्तोलाले लेख्छन्- आफू पनि यस संस्थाको स्थापनाकालदेखि नै सेवा गर्दै आएको प्रमाण स्रष्टा पहिलो अंकमा नै मेरो प्रकाशित कविताले दिँदछ। वर्तमानमा सभापतिको अभिभारा लिने पालो पाएकोले यस संस्थामा ध्यान दिएर काम गर्ने बानी बसिसकेको छ। यसै सन्दर्भमा समितिका संस्थापक एवं प्रमुख सम्पादक श्री केदार गुरूङज्यू-का योगदान र दिग्दर्शन अतुलनीय छ। यसैले उनले यतिञ्जेल लेख्दैआएका स्रष्टाका सम्पादकीयहरूलाई पनि संकलित रूप दिएर हाम्रो नौलो अभियान स्वरूप स्रष्टा सम्पादकीयहरू शीर्षकमा प्रकाश गर्ने निर्णय समितिले लिएको छ। उसरी नै नेपाली साहित्यको वरिष्ठ कवि(अंक 17 देखि वर्ष आजसम्म)- सम्पादक मण्डलीमा रहेका प्रमुख सम्पादक उपमान बस्नेतले लेखेका छन्- त्यसैले पश्चिम सिक्किम साहित्य प्रकाशनका मूल संस्थापक स्रष्टा द्वैमासिक साहित्यिक पत्रिकाका संस्थापक सम्पादक अनि सिक्किमको पश्चिममा भएका साहित्यानुरागीहरूका मन मस्तिष्कमा साहित्य र सृजन धर्मिताको विजारोपन गर्ने हस्ती केदार गुरूङज्यू सिक्किमेली मात्र नभई भारतेली एवं विश्वकै नेपाली साहित्यिक धरातलका एउटा अमर दिव्यपुञ्जको रूपमा स्थापित पुरूष(व्यक्तित्व) हुन्। सन् 1978-मा स्रष्टाको प्रथम अंक प्रकाशनदेखि यसको 57औं अंकसम्म अनवरत रूपमा समय सापेक्ष सम्पादकीय लेखेर उनले इतिहास कायम गरेको तथ्य अध्येताहरू समक्ष छर्लङ्ग छ। उसरी नै सिक्किमका अर्का कवि, स्रष्टा ( अंक35 देखि आजसम्म)-का सम्पादक दलमान मुखिया पीर-ले संस्थापक सम्पादक केदार गुरूङको अथाह मेहनत र परिश्रम एवं सम्पादन कलाको प्रशंसा गर्दै लेखेका छन्- स्रष्टाको प्रधान सम्पादक श्री केदार गुरूङज्यूको सम्पादकीय लेखनमा विविध विषयको सन्देश र सुझाउ पनि पाइन्छ। क्षेत्रीयदेखि राष्ट्रीय, अर्न्तराष्ट्रिय विषय र समस्या साहित्य, संस्कृति र परम्परा लगायत भाषा र व्याकरणको एकरूपतामाथि विशेष महत्व दिएको सम्पादकीय लेखनमा भेट्टाइन्छ। इन्द्रेणी रङ्गले पोतिएको हुनाले पाठकगणले विविध रसको रसास्वादन गरी मानसिक र बौध्दिक व्यायम पनि गर्न सकिन्छ। पश्चिम सिक्किम साहित्य प्रकाशन संस्थानका मूल सचिव लक्ष्मीप्रसाद गुरूङज्यूले लेखेका छन्- श्री केदार गुरूङको सम्पादनमा प्रकाशित गर्दै 61औं अंकसम्म विविध विशेषाङ्कको रूपमा प्रकाशित गर्दै देश र समाजलाई सही दिशातर्फ लैजाने प्रयास युध्दस्तरमा गर्दै आइरहेको कुरो सबैको नजरमा झल्झली छ।
स्रष्टा परिवारमा यसलाई अघाड़ि बढ़ाउनुमा ती सम्पादकहरूको अहम भूमिका पनि त्यतिकै देखिन्छ।
स्रष्टा-को अंक-12 खूबै महत्वपूर्ण छ। यसको सम्पादक केदार गुरूङले प्रसिध्द एवं वरिष्ठ साहित्यकार बालकृष्ण समसित जीवनवार्ता गरेका छन्। त्यसरी भारतीय नेपाली साहित्यको भारतको भानुभक्त पारसमणि प्रधानको उपयोगी भाषामाथि रचना-नेपाली लेख्ने विधि(व्याकरण) देवी अधिकारीको आसामे नेपाली र वर्तमान स्थिति लेख समावेश गरेका छन्। कथाहरूमा शिला लामाको शारदा, मोहन पी. दाहालको लघुकथा दिशाहीन स्थिति, हरि थापाको सत्यघट्नामा आधारित कथा हुरी, उसरी नै कवितामा हिस्से बाङ्देलको मलाई मनपर्छ, दिलु मास्केको महासमर, रत्न प्रकाश गुरूङको मुटु जस्तै प्यारो कञ्चजङ्घाको देश, र नयाँ कलम जसलाई सिकारू कलम स्तम्भमा राखेका छन्। किशोर छेत्रीको जीवनका तीनपक्ष, एलडी राईको कथा बल्झेर दुखेको स्थिति, बेनसिंह राईको बाटो(कविता) जीतनरायण छेत्रीको रोटीको टुक्रा जस्तो जिन्दगी, मदन किरालाको माघे संक्राति, घनश्याम नेपालको गेजिङ बजार पश्चिम सिक्किममा 167औं भानु जयन्ती सन्दर्भ स्रष्टाको भाषा चर्चा जस्ता बहुमूल्य रचनाहरू छन्।
स्रष्टाको सम्पादक मण्डलीः
कुनै पनि पत्रिकामा सम्पादकको भूमिका अतिनै महत्वपूर्ण हुन्छ। सम्पादन कार्य गाह्रो र साह्रो हुने हुनाले विभिन्न प्रकारको दोष र समस्याहरू झेल्न पर्ने हुन्छ। पत्रिकाको सुन्दर रूप स्तरीय र गहन पाठकप्रिय पत्रिकाको निर्माणमा सम्पादकले साहसी मन-मस्तिष्क खर्च गरेर प्रतिरोध प्रतिशोधको तरङ्गलाई झेल्दै तयार गरेका हुन्छन्। त्यस्तै विभिन्न समस्याहरूसितै संघर्ष गर्दै स्रष्टा साहित्यिक पत्रिकालाई 75औं अंकसम्म पुऱ्याउनमा ठूलो दायित्वलाई काँधमा लिएर निरन्तर अघि बढ़नु सानो-तिनो काम होइन।सम्पादक केदार गुरूङलाई बधाई शब्दले यतिबेला नपुग्ला। उनीसित सम्पादन जस्तो दायित्वपूर्ण काममा काँध लगाउने सम्पादक, सह-सम्पादकहरूमा स्रष्टाको क 1,2,3,4, र(5,6) संयुक्त(5र6), संयुक्त
(9 र10), 12,13,14,15 र 16 अंकसम्म केदार गुरूङ, के.बी. सुवेदी र बी.बी. ताम्लिङ पाइन्छ। त्यसपछि स्रष्टाको क 17,18, 19-मा सम्म प्रमुख सम्पादक केदार गुरूङ र उपमान वस्नेतसहित प्रतिनिधि सम्पादक तुलसी भट्टराई वाराणासी। स्रष्टाको अंक 20-मा प्रतिनिधि सम्पादकको थप नामहरू भेटिन्छ। तुलसी भट्टराई काठमाडौं नेपाल, भीम दाहाल गान्तोक, गोविन्द शर्मा, वारानासी। यी नामहरू अंक-21,22,23,34,,25....हुँदै 24 सम्म तानिएका भेटिन्छ।अंक 35-मा स्रष्टाले सह-सम्पादकको रूपमा दलमान मुखिया पीर र गोवरधन वास्तोला प्राप्त गर्छ यो अंक 41 सम्म रहेपछि स्रष्टा-को अंक 42 देखि सह-सम्पादकमा छिरिङ पाञ्जो शेर्पा देखापर्छ। अंक 43,44,45,46,47,48,49,50,51,52-अंकसम्म सह-सम्पादनमा दलमान मुखिया पीर, गोवरधन बास्तोला र छिरिङ पाञ्जो सेर्पा रहेका छन्। अंक 53-मा प्रमुख सम्पादक केदार गुरूङ,उपमान बस्नेत, सम्पादकगणमा दलमान मुखिया पीर, गोवरधन बास्तोला र छिरिङ पाञ्जो शेर्पा, सह-सम्पादकमा दीपक तिवारी(अंक 55, 56..गर्दै 70 सम्म) सम्पादक देखिन्छ।अंक 54-मा सह-सम्पादकमा कुनै नाम छैन। अंक 65-देखि यता सह-सम्पादक नभएर सम्पादक मण्डलीमा दलमान मुखिया र गोवरधन बास्तोलाले अहम भूमिका निर्वाह गरेका छन्।
हिरक जयन्ती तथा अर्न्तराष्ट्रीय नेपाली साहित्यिक गतिविधि विशेषाङ्क स्रष्टा-को अंक 39 75-मा प्रमुख सम्पादक केदार गुरूङ र उपमान बस्नेत सम्पादकगणमा दलमान मुखिया पीर गोवरधन वास्तोला र लक्ष्मी प्रसाद गुरूङ पाइन्छ। आरम्भ अंक 1 देखि अंक 75 सम्म सातजनाको कार्याकारिणी समिति , प्रतिनिधिगण, नेपाल, कुवेत, बेलायत, जापान, हङकङ दक्षिण कोरिया भारतको विभिन्न राज्यबाट लिएका छन्। जसले गर्दा स्रष्टाले प्रायः विश्वभरिको देश जहाँ नेपाली भाषीहरूले बसोबासो गर्छन् त्यहाँसम्मको पाठकप्रिय वा भाषा साहित्यको सेतु बनिने काम गरिरहेका छन्। पश्चिम सिक्किम साहित्य प्रकाशनको समिति र सदस्यवर्ग, प्रमुख सहयोगी, संरक्षण साथै स्रष्टाको प्रमुख संरक्षणगणमा डा. पवन कुमार चामलिङ(सम्मानीय मुख्यमन्त्री) श्री एस.बी. सुवेदी(माननीय मन्त्री), श्री भवानी गौतम, श्री गिर्मी शेर्पा छन्। भाषा मान्याता, जाति अस्तित्वको निम्ति समाज र राष्ट्रको उत्थानमा स्रष्टा र स्रष्टाका सम्पादनगण एवं परिवारले पनि उतिकै टेवा पुऱ्याएका छन्। समाजमा शिक्षा, आर्थिक सामाजिक परिमेयकरणमा उनीहरूका भूमिकालाई सलाम गर्नुपर्छ। यस्ता त्याग र परिश्रमको थोपा-थोपाले आज हाम्रो भाषा साहित्य उन्नतिमा ईंटा थपिरहेका छन्। स्रष्टाका सम्पादकीयलाई मात्रै सङ्ग्रह गर्दा एउटा ठूलो ग्रन्थ हुनेछ। जुन ग्रन्थले भारतीय नेपाली साहित्य समाज राजनैतिक, अर्थनैतिक एवं सांस्कृतिको अध्ययन र मनन योग्य ठहरिन्छ।
स्रष्टा-को विधागत योगदानः
कुनै पनि पत्रिकाको विषय विविध, राजनैतिक, खेतीपाती, शिक्षा, खेलकूद, धार्मिक,सांस्कृति, भाषा र साहित्य विधामा केन्द्रित रही प्रकाशन हुने गर्दछ। गहन साहित्यिक पत्रिकामा साहित्यिक सामाग्री लिएर बौध्दिक पाठकले अध्ययन गर्ने ज्यादात्तर देखिन्छ। स्रष्टा विशुध्द साहित्यिक पत्रिका भएकोले गर्दा यसले साहित्यको कविता, कथा, समालोचना, निवन्ध-प्रवन्ध, शोधमूलक भाषा सम्बन्धी सामाग्री लिएर पाठकको सेवा गरिरहेका छन्। विशेषरूपले स्रष्टामा समावेश विधागत् रूपमा प्राप्त स्तम्भहरू (क) कविता (ख) कथा (ग) समालोचना/समीक्षा (घ)निवन्ध/प्रवन्ध अथवा लेख (ङ)सम्पादकलाई पत्र(पाठक प्रतिक्रिया) (च) अन्तर वार्ता (छ) सिकारू कलम (झ) नाटक संस्मरण, लोक साहित्य, अनुवाद, साहित्यिक गतिविधि पुस्तक निरूपण, शोक सम्वेदना आदि।
कविताहरूमा झण्डै 1000 जना कविहरूको कविताहरू झण्डै 600 जना कथाकारहरूका कथाहरू 250 जति समालोचना, 200 वटा जति निवन्ध/प्रवन्ध प्रकाशित मञ्च तयार गरेर लेखनलाई निरन्तररूपमा पाठक समूह दिएका छन्।
भाषामाथि गहकिला शोधमूलक, जानकारीमूलक रचना प्रकाशित गरी भाषाको उत्थान तथा उन्नतिमा त्यतिकै योगदान पुऱ्याएका छन्। भारतीय नेपाली कविता, कथा, निवन्ध एवं विभिन्न कृतिमा विभिन्न सशक्त समालोचकले समालोचना गरी पाठकलाई अध्ययनको क्षेत्र विस्तृत तुल्याएका छन्।
स्रष्टामा प्रकाशित अनुसन्धान/शोधगत योगदानः
स्रष्टामा प्रकाशित शोधगत रचनाहरूको सर्वेक्षण गर्दा उपमान बस्नेतको नेपाली लोकगीतको अंग रतौली-को रातःएक नजरमा, श्रीदेवी अधिकारीको आसामे नेपाली र वर्तमान स्थिति, शिव कुमारको सिक्किमको नाटकमाथिको रस सामाग्री, गम्भीर राईको किरातेश्वर महादेव अनि लिङ्ग पूजा, बल्लभ मणि दाहालको नेपालका चिनियाँ .....तिब्बती, कमल दिक्षितको टुङ्गोमा, विरही काईँलाको भारतीय लिम्बु पत्र-पत्रिकाको ,...कृष्ण प्रधानको भारतेली खबर कागतको संक्षिप्त इतिहास, के.एस. राईको पूर्वीय अनि पश्चिमी संगीत, आर.के. प्रधानको भारतमा नेपाली जातिमाथि, केदार गुरूङ्गको पश्चिमाञ्चल भारतको नेपाली, पवित्र रेग्मीको साहित्यमा नारी सौन्दर्य, रवीन्द्र तामाङको नेपालको तामाङ जातिमा प्रचलित..., रूद्रराज मास्केको दार्जीलिहका मञ्चित नाटकहरू, उदय ठाकुरको नेपालीको रणक्षेत्र र अहिलेको कुरूक्षेत्र,ज्ञान बहादुर छेत्रीको ब्रम्हपुत्र पत्रिकाको सन्दर्भमा, वेनसिंह राईको केही रहस्यमय ठाउँहरू, इन्द्र सुन्दासको एउटी नेपाली वीरङ्गना, डा. राजकुमार छेत्रीको समका कथायात्रा एवं कथागत्, गोपालसिंह विश्वको क्रान्तिकारी नेपाली बेगम, देवी पन्थको उत्तर आधुनिक साहित्यस्वरूप के.बी. नेपालीको उपन्यासमाथि लेख्नपर्दा, प्रतापसिंह गुरूङको भाग्सूको गोर्खाली इतिहास, लव शर्माको प्रशान्त हिन्दी भाषाको नेपाली गद्ध्यकार, दुर्गा सुब्बाको नेपाली लोक संस्कृति, क. मंगलसिंह सुब्बाको भारतको राष्ट्रीय सुरक्षामा गोर्खाहरूको बलिदान, कमल सेढ़ाईको 20 अगस्तको संक्षिप्त इतिहास, कृष्ण धारावासीको लीला लेखनको 28 वर्ष, इन्द्र बहादुर राईको लीलाबोधी लेखन, डा. गोविन्दराज भट्टराईको वर्तमान नेपाली साहित्यमा लीला लेखन, डा. गोकूल सिन्हाको लीला-लेखनः एक आधस्वरूपी प्रयुक्ति, वैरागी काँइलाको आयामिक लीलाबोध र उत्तर आधुनिक, त्यसरी नै लीला लेखनमाथि गहन रचना/शोधमूलक रचना प्रस्तुत गर्ने वरिष्ठ समालोचकहरू डा. राजेन्द्र भण्डारी, डा. संजीव उप्रेती, डा. लक्खीदेवी सुन्दास,मन प्रसाद सुब्बा, मोहनराज शर्मा, विष्णु कुमार भट्टराई, रत्नमणि नेपाल, विजय खरेल आदि छन्। प्रतापसिंह गुरूङको हिमाचलमा अङ्ग्रेज-नेपाल युध्द..., खड़का बहादुर कौशिकको आसामे काव्य साहित्यमा नेपाली..., उदय ठाकुरको प्रत्यक्षदर्शी सुबेदार, सीताराम पाण्डेको कलममा नालापात्री, राम प्रसाद शर्माको छत्तीसगढ़का नेपालीहरू, प्रकाश भट्टराईको नेपाली जीवनमा सिलोक, जे.के. बराइलीको दिल्लीमा नेपाली साहित्यिक..., श्रीमति कुसुमलताको घोड़ावाला गोर्खा..., स्व. बी.एस. राईको साहित्यमा रहस्यवाद, गणेश प्रधानको कलकताबाट प्रकाशित नेपाली...., मित्रदेव शर्माको अण्डामन निकोबरका आदिवासी, डिल्लीराम अधिकारीको बिम्बवाद, प्रतीकवाद र विसंगतिवाद....., बृजलाल शर्माको स्थानीय प्रभावले ग्रस्त पूर्वाञ्चलीय, इन्द्रबहादुर राई एउटा कथाको समालोचाना जस्तो, ईश्वर वल्लभको फेरि अर्थहीन, विश्रृंखल र दुरूह कुराहरू, टेकबहादुर गुरूङ तामी-को बढियाखोप-दोदकका गुरूङ जाति, भेड़ी..., व्यक्तिगत इतिहास कलममा अनुसन्धानत्मक रचना प्रस्तुत गर्ने लेखकहरू, श्रीमति गौरी सुब्बा(प्रधान), डा.गोकुल सिन्हा, गोवरधन बास्तोला, मगन पथिक, भागिरत रावत, नरबहादुर दाहाल, एम.पी राई, केदार गुरूङ,जीवन लाबार, राजु राई, डा. इन्द्र बहादुर राई, दलमान पीर स्थलगत इतिहास स्तम्भमा डा. जयन्तकृष्ण शर्मा, वविष्णु भारद्वाज, कर्नल दिल विक्रमसिंह गुरूङ, लव शर्मा प्रशान्त, बेन्जामिन राई होम्स, टी.बी. रायमाझी, डा. मोहन पी. दाहाल, उदय थुलुङ, कमल भण्डारी, प्रा. शान्तिराज शर्मा, चन्द्रकुमार राई, गणेश प्रदान,एच.आर. भट्टराई, भविलाल लामिछानेको पहाड़का नित्संग कवि कर्णेल मंगलसिंह सुब्बाको इम्पाल र कोहिमाको लँड़ाई, खड़काराज गिरीको इन्द्रेणी(वर्ष-2, किरण-4।1964), देश सुब्बाको भयबादका भयरोग, लक्ष्मी मिनुको मिजौराममा हाम्रो लोक, दलमान पीरको अलिखित इतिहासका केही पृष्ठ, डा. शिव प्रसाद पौड़्यालको यात्रा परम्परामा जंगबहादुरको..., हेम राईको साकेला नृत्य र मुन्दुम, कमल रेग्मीको स्वतन्त्रोत्तर भारतीय नेपाली गीत.., सुदर्शना गुरूङको विश्व भाषाको परिपेक्षमा नेपाली..., आदि रचनाहरू समावेश रहेको पाइन्छ।अंक 1 देखि अंक 75सम्म।
स्रष्टामा कविता,कथा र समालोचनात्मक सर्जकहरूः
कविता
भारतीय नेपाली साहित्यमा कविता सर्जकहरू बाक्लो उपस्थित रहेको प्रमाण पत्र-पत्रिका प्रकाशित कविता, मुक्तक,गीत र गजलले हामीलाई दिइरहेका छन्। वर्षमा कम्तिमा पनि 30-देखि 40 वटा कविता सङ्ग्रहको प्रकाशननले कविता सृजनाको बाक्लोपनालाई स्पष्ट दिनसकेको पाइन्छ। स्रष्टाको शुरूको अंक 1-देखि हिरक जयन्ती अंक 75 सम्म पुग्दा कविको सहभागिता झण्डै 1000 जना पाइन्छ। केही स्थापित केही अस्थापित कविहरूका कवितामा अध्ययन गर्दा भारतीय गोर्खाका जातीय चेतना, राजनैतिक व्यवस्थतामा चेप्टिएर बाँच्नु परेको पीड़ा, असुरक्षित आइडिन्टिटि, गाँस-बासको पीड़ा, माटोको सुगन्ध, माटोको माया, समाज व्यवस्थामा देखापरेको विसङ्गति आदि प्रवृतिहरू देखिन्छ भने प्रकाशित कविताहरूमा राष्ट्रमोह, राष्ट्रभाव, देशप्रतिको श्रध्दाभक्तिको चेतनालाई जनमानसमाझ प्रभावशाली रूपले प्रचार-प्रसार गर्ने उदेश्य देखिन्छ। स्रष्टामा समावेश भारतीय नेपाली कविहरू- अगमसिंह गिरी, असित राई, अविर खालिङ,आरती राई, गुमानसिंह चामलिङ, इन्द्रबहादुर गुरूङ, उदय थुलुङ, एम. पथिक, ओकिउयामा ग्वाइन, कर्ण थामी, कर्ण बहादुर चामलिङ, कमल थीङ, कमल रेग्मी, कालुसिंह रनपहेंली, कितापसिंह राई, किरण थुलुङ, किसोर छेत्री, कुमारी खाती, कृष्णराज घतानी, कृष्ण योञ्जन गड़बड़े, कुमार घिसिङ, केवलचन्द्र लामा, खड़सिंह राई कांड़ा, गणेश प्रधान, गोपीचन्द्र प्रधान, चन्द्रमीत लक्सम(वाइबा), जसयोञ्जन प्यासी, जइन्द्र जेनियम गुरूङ, जय क्याक्टस, डा. जीवन नामदुंग, जीवन वान्तवा, जे. बराइली विपश्वी, चेम्बो लेप्चा, टेकध्वज जिम्बा आशा, डी. कुमार परियार, तिलक शर्मा लम्साल, दीपक बुढ़थोकी, नन्द हाङखिम, नरदेन रूम्बा, नरेन्द्र खड़का, नरेशचन्द्र खाती, नारायण प्रधान, निर्मल याद, नोर्जाङ स्याङदेन, पी अर्जुन, प्रेम प्रधान, प्रेम शेर्पा विरोकी, बी.बी.लकान्द्री, बी. योन्जन, भक्त राई, भाईचन्द्र प्रधान, भानु छेत्री, भीम थापा, भीम सन्तोष, मनि प्रसाद राई, मदन ओझा, मदन रेग्मी, मन प्रशन्न योन्जन, मन प्रसाद सुब्बा, मन बहादुर गुरूङ, मनबहादुर राई, मानधोज राई, माधव बुढ़ाथोकी, मिङ लिवाङ, मोहन ठकुरी, मोहन दुखुन, रवि राई, राजु प्रधान हिमांशु, रामलाल अधिकारी, रूद्रराज मास्के, रेमिका थापा, लक्खिदेवी सुन्दास, लक्ष्मण श्रीमल,विकास गोतामे, विचन्द्र प्रधान, विन्द्या सुब्बा, विमल छेत्री, श्री विरेन्द्र, वीणा हाङखिम, वेग बसन्त थापा, शरद छेत्री, शंकर मुखिया, सतीश रसाइली, सन्तवीर लकान्द्री, सम्पूर्णा राई, सानुमति राई, सावित्री सुन्दास, सुखमन मोक्तान, सुजाता रानी राई, सुधीर छेत्री, सुभद्रा बम्जन, सुरज धड़कन, सुवास घिसिङ, सुवास सोताङ, सूर्यकुमार सुब्बा, सूर्य श्रेष्ठ, हरेन आले, हिस्से वाङ्देल प्रताप, ज्ञान सुतार ज्ञानेन्द्र खतिवड़ा, दानियल खालिङ, राम उपमञ्जु, मित्रप्रसाद राणा, अनिरूद्र गौतम,आलोक गौतम, अगम सिंह तामाङ, राजकुमार राजपुत, जयप्रकाश लामा, नरमाया शाही, प्रा.राजासिंह लिम्बु, सरस्वती गुरूङ, हरिप्रसाद गोर्खा राई, होमबहादुर छेत्री, सुरज राई मित्र, सत्यबीर सिंह थापा, बृजमन थापा, भूपेन्द्र अधिकारी, नरेन्द्रसिंह कार्की, तारक शर्मा, बी.बी राणा, उदय ठकुरी, संजय वान्तवा, दुर्गा प्रसाद श्रेष्ठ, ज्ञान बहादुर छेत्री, हरिभक्त कटुवाल, शेखर दाहाल, डा. लक्ष्मी प्रसाद पराजुली, मोहन सुवेदी, मैना तापा आशा, भोजकुमार छेत्री, भविलाल लामिछाने, डा. बलबहादुर छेत्री, नेत्रभूषण खड़का, नव सापकोटा, नरबहादुर दर्जी, जयन्तकृष्ण शर्मा,चिरञ्जिवी शर्मा, गुरूभक्त धिताल, गोपाल खड़का, गोपाल बहादुर छेत्री, खड़कराज गिरी, कृष्णबहादुर रावत, कृष्ण विक्रम राणा, के.बी. नेपाली, किरण कुमार राई, इन्द्र चामलिङ, अनुराग प्रधान, अनामिका, जेनिशा पुन, दिलमान राई चोट, गणेश पौड्याल, गोमा पौड्याल, डा. चन्द्रेश्वर दुबे, तीलबहादुर बस्नेत, पदम बहादुर राई, प्रे प्रसाद संग्रौला, भवानी अधिकारी, विनिता राई, ज्ञान बी. चापागाई, गीता राई, द्रोन प्रधान अटल, निर्मल कुमार पुन, भरत राई, मदन सुवेदी, लक्ष्मी मिनु, विष्णु पराजुली वेहोशी, सुनिता सुब्बा, कृष्ण प्रसाद ज्ञावली, गणेश प्रसाद शर्मा, प्रा. गोपीनारायण प्रधान, दिलबहादुर नेवार, देवराज बल, डा. नारायण प्रसाद अधिकारी, पदम छेत्री, बलराम पोखरेल, बोगे नेवार, भुवानन्द पाण्डे, लोकनाथ उपध्याय, विक्रवीर थापा, हेम जोशी, अजित गुरूङ, आस मुरिङला, उपमान बस्नेत, एम.एस.खान, एल.डी री मिक्खोले, कपिलमणि अधिकारी, करर्त्ता किशोर, कृपाशाल्यण राई, केदार गुरूङ, खड़कबहादुर टंगी, खुसेन्द्र राई, गणेस शर्मा, गंगा कप्तान, गिर्मी शेर्पा, गोकुलसिंह सुब्बा,गोकुल गुंले, गोपाल मोक्तान, गोवरधन बास्तोला, चन्द्रबहादुर सुवेदी, चन्द्र प्रकाश राई, चन्द्रलाल गुरूङ, चम्पा दिवस राई, जीवन थीङ, टी.एन. शर्मा, टी. बस्नेत,टीका भाई राई, टी.बी चन्द्र सुब्बा, टेकबहादुर गुरूङ तामी, डम्बर गुरूङ जिज्ञासु, थीरू प्रसाद नेपाल, दलमान पीर, दशरथ खरेल, दीपक तिवारी, चन्द्र प्रसाद राई, नयन कुमार राई, पदम छेत्री, पवन चामलिङ किरण, प्रतिमान चामलिङ, प्रघुम्न श्रेष्ठ, पुरूषोत्तम प्रधान, पूर्ण योञ्जन, प्रेम थुलुङ, प्रेम मुखिया वैरागी, प्रवीण राई जुमेली, बली सुब्बा, वीणाश्री खरेल, वसन्ती शर्मा, भानु प्रकास मार्मिक, भानुराज थापा निरोगी, भीम दाहाल, भुवनेश्वर बरूवा, भूपाल कौशिक, मनोज राई, मीना सुब्बा, राज के.श्रेष्ठ, राजु पाखरिन, राजेश तामाह शशी, प्रा. राजेन्द्र भण्डारी, राम अपतन, रिक्की ल्हमु लेप्चा, लता राजलिम, लक्ष्मी प्रसाद गुरूङ, वाङ्दी छिरिङ लामा, विजय वान्तवा, विजय कुमार सुब्बा, वीरभद्र कार्कीढोली, शान्ति राई, शान्ति सहारा, शोभाकान्ति थेगिम(लेप्चा), सन्तोष आले, सन्तोष आले, सन्तोष वरदेवा, सरला राई, सुधा राई, सुवास दीपक, सोनाम दोह व्यथित, हरिकुमार निरौला, हरिभक्त अधिकारी, हरिश मोक्तान अल्लारे, हेम प्रसाद ढकाल, आर.एस. गुरूङ, कुमारी कामना सुब्बा, गौरी संकर उपाध्याय, जगदीश थापा, कर्णेल दील विक्रम गुरूङ, शहीद दुर्गा मल्ल, पं.नारायण प्रसाद, प्रीतम सिंह कैलाश, क्या. बहादुर बराल, मगन पथिक, मधुसुदन गुरूङ, स्व. मित्रसेन, मेजर राजेन्द्र विष्ट, रेणुका ठाकुर, श्यामकुमार गुरूङ, विशाल गुरूङ, सुकराज दियाली, सचिन खवास आदिको कविताहरू पाइन्छ। भारतबाहेक अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, कोरिया, चीन, नेपाल, अरब देश, पाकिस्तान, भूटान, मंगोलिया,श्रीलंका, हङकङ, नर्वे, लण्डन र हंगेरिया देशमा बसोबासो गर्ने नेपाली भाषीका कविहरूको कवितालाई पनि समावेश गरेका पाइन्छ।यसार्थमा स्रष्टा-को भाषा साहित्य क्षेत्रले विश्व नेपाली साहित्यको उद्घाटन गरेका छन्।
कथा
कविताको तुलनामा कथाविधा धेरै कम्ति पाइन्छ स्रष्टाको आजसम्म प्रकाशित अंकलाई अध्ययन गर्दा। कथा विशेषाङ्क बाहेक प्रायः स्रष्टाको अंकमा 2/ 3/4 जना कथाकारको कथाहरू प्रकाशित भएका छन्। स्रष्टाको अंक 1देखि 75 सम्म आइपुग्दा जम्मा मोठ (225+159= 384) वटा कथाहरू प्रकाशित भएका छन्। भारतीय नेपाली कथा र कथाकारको साङ्गोपाङ्गो अध्ययन गर्नुपर्दा स्रष्टाका अंक 1 देखि 75 सम्मको कथालाई अध्ययन गर्नु पर्ने हुनेछ। कथा विशेषाङ्क (अंक-30)-मा प्रकाशित भारतको विभिन्न राज्यका नेपाली/ गोर्खाका कथाकारहरूको कथा पाइन्छ। यी कथाहरूले कथा विधामा महत्वपूर्ण स्थान राख्दछन्। कथा विशेषाङ्कमा समावेश कथा र कथाकारहरू- अगमसिंह गिरी-छोरी, अच्छा राई रसिक-चपरासी, असीत राई-मृत्युको किनारमा जीवनका सुस्केराहरू, आई.के सिंह-मेरो-रामु, आर्य लामिछाने-फगत एउटा सपना, आर.पी. लामा-चुपके चुपके मैने, आई. बी राई-दार्जीलिङ मई दिवस, इन्द्र सुन्दास-ऐते पाइलट, उदय थुलुङ-नदी किनारहरू, एडोन रोगोंग-एउटा प्रेम कथा, एम.एम. गुरूङ-रेल यात्रामा टिपेको कथा, कर्ण थामी- एक संसार मैलै मैला, एम. पथिक-माया प्रथमचोटीःयाद जीवनभर, कालुसिंह रनपहेंली-प्रश्न चिन्ह, कितापसिंह राई-रेणुका, किरात-प्रीतम आई लभ यू, कुमार घिसिङ-भरगु, कृष्ण गिरी-हामी हत्याराहरू, कृष्ण मोक्तान-अज्ञात वीर, केसाङ लामा-छमु, खिरोदा खड़का-प्रायश्चित, गनुसिंह गुरूङ- हाम्रो समाज, गुप्त प्रधान-खण्डहर, गोकुल सिन्हा-आमा, जगन्नत प्रधान-ब्याहुली हुने रहर, जय धमला-झण्डा दिवसमा हल्लिने टोक्रेहरू, जी. छिरिङ-एउटा प्रश्न, जीवन वान्तवा-निर्मय/भ्रान्ति, जसयोञ्जन प्यासी-यथार्थ्य, जीवन नामदुंग-भूमिगत अनुहार, जगत छेत्री- बुहारी हेर्नु जाँदा, टी.डी लेप्चा-बुलाकी, तिलक राई-अमवास्यका रातहरू, दलसिंह अकेला-परीक्षा, दसरथ खरेल-धरहराःजीवन भोगाइ, धर्म बस्नेत-पाइलाहरू ,धनवीर पुरी-रातभन्दा गहन अन्धकार, नन्द हाङखिम-हेर्नुछ-अम्बरले के गर्ने हो, नरबहादुर दाहाल-दोभान र बंगालो, नारायण तामाङ-एकसय रूपियाको जीवन, निमा छिरिङ लेप्चा-आलेबुङको घोड़दौड़, निर्मल याद-सीमातिक्रमण, नीम गुरूङ-तांका, प्रेम थापा-लोकमान रेलमा चढ़्यो, प्रेम योन्जन-जालमा अल्झेको यो थलो, पूर्ण सुब्बा- चीनको पर्खाल, भक्त राई-वतासको वैंश, भानु प्रकाश मार्मिक-अमानवःमसिने, मन नारायण प्रधान- विवशित क्षणहरू, मन बहादुर गुरूङ-सुगा मैनाको कथा, मटिल्डा राई-टोटोलाको फूल, मननि प्रसाद राई-प्रतिक्रिया, मन प्रसाद सुब्बा-घाइते अभिमान, मोहन ठकुरी-अपमानको घाउ, मोहन दुखुन-जग्गाको रहर, मोहन प्रसाद दाहाल-म मण्डेला भविता योग्दैछु, राजु प्रधान हिमांश-उ र म, राम बहादुर राई-बाँझो धरती, रामलाल अधिकारी-(यो) प्रदर्शनी(हुनसक्छ), रूद्रराज मास्के-कस्तो भलाद्मी, रूपनारायण सिंह-बिग्रेको बाहुन, विन्द्या सुब्बा-के थाहा उ आउने, विरही काइँला- वागोङमा, वीर विक्रम गुरूङ-हावामा जस्तै पानीमा, शरद छेत्री-अभिशप्त अन्तराल, श्याम पुरी-झरना गुरूमाको मन, शिव कुमार राई-बड़ा डिनर, श्रीनाररायण प्रधान-गल्लीदेखि राजमार्गसम्म, समीरण छेत्री-अर्को मान्छे, सम्पूर्णा राई-निर्वासन, सलोन कार्थक-आपा, सिध्दार्थ री-मुक्तिहीन, हर्क बहादुर छेत्री-गरम कोट, हिस्से वाङ्देल प्रताप-छिमेकी सिक्किम 357, अर्जुन निरौला-जिउंदा लाशहरूको शहर,इन्दु शर्मा-कथा हाम्रा घर-घरको, उपमान बस्नेत-अन्योल परिवेशःखस्रो कथा, एल्डी राई मिक्खोले-बल्झेर दुखेको स्थिति, केदार गुरूङ-हिउँको पग्लँदो हिउँको ढिका जस्तो, खुसेन्द्र राई-काकाकुल, गहर उदासी-विकल्प, गिर्मी शेर्पा-खुल्ला झ्याल, गंगा कप्तान-सप्त-सिन्धु, गोवरधन बास्तोला-खेल-खेलमा नै बन्द ताला, घनश्याम नेपाल-मसला महाराज, चुनिलाल घिमिरे-स्थितिवोध, चूड़मणि कर्मी-आत्मीयता, छिरिङ पाञ्जो शेर्पा-चिहान, जयवीर सुब्बा-माया, जीवन थीङ-सिमान्तहरू, टेकबहहादुर गुरूङ तामी-यस्तोपनि कथा हुन्छ र?, डम्बर गुरूङ-पुनःस्थिति यथावत रहन्छ, तुलसी कश्यप-भएकै कुरा, थीरू प्रसाद नेपाल-बा-हरू त बसै जाने अरे, दलमान डी गुरूङ-परिस्थितिभित्र खिचिएको जीवन रेखा, दलमान पीर-प्रश्नचिन्ह, दिलु मास्के-रेखा-रूपरेखा देवकुमार री जुमेली-आमेन, देव कुमार राई दुमी- सेतो फूल, धन निर्दोष-नरमायाको तृष्णा, नयन राई-प्रतिबिम्बःसुनखरीको थुंगामा, पासाङ शेर्पा, बगर-बगर पुगेर, पूर्ण राई-के यो कथै हो र?, प्रेम थुलुङ-आशा-प्रतीक्षा, पेम्पा तामाङ-गान्तोकःएक अपराहरन, प्रविण राई जुमेली-प्रगामीहरू, प्रेम मुखिया वैरागी-जोइटिङ्ग्रे, बदी साम्पाङ-उ पागल, विजय कुमार सुब्बा-कवि र लाश, बुध्दिमाया सिंह-अनुभव, बी.एस राई-उ विवाहितै रही, भीम दाहाल-अभीष्टको खोजःलामो व्यथा, महानन्द पौड्याल-कथा स्वाभिमानको, रघुनन्द सापकोटा-श्राप, रश्मिप्रसाद आले-भूँइचालो, राजके. श्रेष्ठ-मधु सुधन, राधाकृष्ण शर्मा-किस्सा परिवार नियोजनको, रूद्र पौड्याल-बिहान, लक्ष्मी सुब्बा माग्युंग-हिजका साँझ र आजका दिनहरू, लाल बहादुर बस्नेत-धर्मछाड़ा, लिङदोम पुष्कर लिम्बु-नियति, त्सतगोपाल-फिस्टेको इन्जेक्शन, विजय वान्तवा-म यहीं नै मर्छु, वीरभद्र कार्कीढोली-उ गईःहात हल्लाउंदै गई, श्रीमति शान्ति छेत्री-आतुर आँखाहरू, स्व. सन्तवीर लिम्बु-उकालो बाटोमा, सरला राई-स्वास्नी मान्छे, सानुभाई शर्मा-अनिर्णीत भविष्य, सानु लामा-यसरी बित्छ दिन, सुरेश राईःआमी तुमाके भालो बासी, हरिश मोक्तान अल्लारे-सभ्यताको शुरूवात मेघालय, इमानसिंह वान्तवा-अधुरो सपना, ईश्वर के.सी.-खोटो भाग्य, उमादेवी उपाध्याय- व्यथा, कुसुम थापा-यात्री, टीका प्रसाद अर्जेल-आमाको माया, देवराज बराल-मीरा, बलराम पोखरेल-स्वामीले छोड़ेको कुकुर, दुर्गा प्रसाद शर्मा-माटोको माया, मणिसिंह थापा-त्यो के भएको, वीक्रमवीर थापा-कल-गर्ल, विमल शर्मा-बहादुरीको उपनाम कान्छा, सुन्तुलाल शंकर-शून्यःमहाशून्य, सन्तोष लामा-सच्याउन नसकेका भूल, हेम जोशी-लक्ष्मी आसाम, के.बी. नेपाली-कल्पनाको क सत्य रूप, गोपाल खड़का-एउटी नारी अर्न्तद्वन्द्व, छविलाल उपाध्याय-बन्धन, डिल्लीराम खनाल-घाइते इतिहासका सुस्केराहरू, भविलाल लामिछाने-मानवीर राईको कथा, मोतीसिंह छेत्री-नारी समाजको वासना, लीलबहादुर छेत्री-किपट, ज्ञान बहादुर छेत्री-सन्तेको सौदा, श्री दुर्गा प्रसाद श्रेष्ठ-दाल भात ढुकु र दुई पाना कथा, लोकनाथ उपाध्याय-उसले झुक्न जानिन, शरण सुब्बा-त्यो क्षितिज पारी, डा. चन्द्रेश्वर दुबे-एउटा सुदामा, दिलमान राई चोट-उल्टा मास्टर पाइन्छ। कथा साहित्यको साङ्गोपाङ्गो अध्ययन गर्नुपर्दा यी कथाहरूलाई एकपल्ट हेर्न पर्ने हुन्छ।
निबन्ध(समालोचनात्मक)लेखहरूः
निवन्ध/प्रवन्ध वं साहित्यिक कृतिमाथिको समीक्षात्मक टिप्पणी, संघ-संस्थाको क्रियाकालाप एवं लेखक/सर्जकसित संस्मरण विविध रचनाहरू एकैसाथ राखेर अध्ययन गर्दा स्रष्टाको अंक 1-देखि अंक-75 सम्म पल्टाउनुपर्ने हुन्छ त्यसैमा पनि सन् 1989 मा(अंक 25)-को वाङमय विशेषाङ्क(रजत जयन्ती) सन् 1992 मा प्रकाशित (अंक-35)-को डुवर्स विशेषाङ्क कथा, कविता र अन्तवार्तालाई छोड़ेर पश्चिमाञ्चल विशेषाङ्क (कविता, कथा, मुक्तक गजल छोड़ेर) अंक 39(सन्(1993मा प्रकाशित) सन्1999मा प्रकाशित सिक्किम लेखक संघ विशेषाङ्क (कविता,कथा,मुक्तक, गजल) छोड़ेर 2000-मा (अंक 47)-मा भारतीय नेपाली शहीद विशेषाङ्क, सन् 2006मा (अंक 56)-लीला लेखन संगोष्ठी (कविता छोड़ेर), सन् 2019-मा (अंक-65) भानुस्मृति विशेषाङ्क(भानु जयन्ती), सन् 2011-मा (अंक 66)भानुस्मृति परिपूर्ण विशेषाङ्क, सन् 2012-मा(अंक 67)-मा भारत निर्माममा योगदान पुऱ्याउने भारतीय नेपाली/गोर्खालीहरू विशेषाङ्क, सन् 2013-मा (अंक 68) संगोष्ठी विशेषाङ्क, सन् 2014-मा प्रकाशित (अंक 75) हिरक जयन्ती विशेषाङ्क(कथा, कविता छोड़ेर), सन् 2015-मा प्रकाशित नेपाली भाषा मान्याता विशेषाङ्क (अंक 77) गर्दा जम्मा 2650 पृष्ठको रचनाले भारतीय नेपाली साहित्य, समाज एवं सांस्कृतिलाई बहन गरेको छ।
अन्तवार्ताः
स्रष्टा साहित्यिक पत्रिकामा साहित्यिक सर्जक, संगीत सर्जक, सामाजिक व्यक्तित्व, शैक्षिक व्यक्तित्व एवं राजनैतिक व्यक्तित्वको जीवन वार्तालिएर नेपाली भाषा जगतमा प्रकास पारेका छन्। जसको प्रेरणा र उत्साहले प्रेरित भई नयाँ आउँदो सन्तानले देखासेखीको समरेखामा रही आफ्नो प्रतिभालाई प्रकाश पार्न सक्षम बन्दै जाने छ। (अंक-3 देखि अंक 75-सम्म लिएका अन्तवार्ताहरू यस प्रकारको छ)- अंक 1 र 2-मा अन्तवार्ता नभएपनि अंक-3-मा भाषा आन्दोलनका केही दुर्बल पक्षहरू भनी डा.जीवन नामदुंग वार्तालाई प्रस्तुत गरेका छन्. साहित्यकार शरद छेत्रीलाई केही प्रश्न संजय वान्तवा जा-पल सार्त्रासितको कुराकानी अन्तवार्ताकार माइकेल कन्ट्याट अनुवाद डा. कुमार बहादुर जोशी, सम्पादकद्वयद्वारा सम्माननीय मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङ किरण- सम्पादक केदार गुरूङ, गुरूवर श्री इन्द्र बहादुर राईसित- सुमार्गका सम्पादकद्वारा, निमा वाङ्दी अपतनसित भेटवार्ता- प. गम्भीर राईसित केही प्रश्नहरू-केदार गुरूङ, सम्पादक स्रष्टाद्वारा नेपाली लोक गायिका हीरा वाइबासित, दीपक तिवारीद्वारा अन्तवार्ता अम्बर गुरूङको सबैभन्दा आलोचक दीपक तिवारीको प्रवार्ता ध्रवतारा संगीतज्ञको अवसान..., डा. कुमार बहादुर जोशीसित कुराकानी दीपक शर्मा, प्रसिध्द साहित्यकार श्री बालकृष्ण समसित-केदार गुरूङ, श्री इन्द्र बहादुर राईसित दार्जीलिङमा एकदिन कृष्ण बराल, श्री कृष्णसिंह मोक्तानलाई प्रश्न-सम्पादकगण, नेपाली जनजीवनलाई(भवानी घिमिरे)-गोपालबहादुर नेपाली, श्रीमति कुसुमलता दिदीसित मैत्री सम्बन्धका केही प्रश्नहरू-केदार गुरूङ, लिम्बु भाषा शिक्षक हर्क खामधाकसित रूपलाल लिम्बु, सिक्किम विश्वविद्यालयका उपकुलपति डा. पी. लामासित-स्रष्टाका सम्पादक मण्डली, अभिनन्दित साहित्यकार श्री मित्रदेव शर्मासित सोधिएका प्रश्नहरू, साहित्य र साहित्यिक(आई.के.सिंहसित)-राजकुमार छेत्री, जीवनको उत्तरचढ़ावसितै श्री एम.एम. गुरूङ, पुरूस्कृतहरूका मन्तव्य नेपाली भाषा मान्याता पुरस्कार प्राप्तकर्ता श्री सुवास दीपक, श्री हेमन्त कुमार साइकिया, श्री जितेन पल, चौध प्रश्नहरूभित्र........कृष्णविक्रम राणा, एउटा अद्भूत कलाकार सौम्या-दलमान मुखिया पीर,सुरिलि सुकमित-साभार,अमर गायक खेमराज गुरङसित-छुदेन काविमो, एउटा आत्मीय र जीवन्त व्यक्तित्वसित-दलमान पीर, संस्कृतका धुरन्धर विद्वान/संस्कतिविद् श्री जगमान गुरूङसित बिनु पोखरेल, डा. तुलसी बहादुर छेत्रीज्यूसित स्रष्टा परिवार, अन्तवार्ता मुख्यमन्त्रीसित, लोकप्रिय उपन्यासकार श्री प्रकाश कोविद-सित लिएको अन्तवार्ता-विमल राई, एशियाली फुटबल खेलभित्र-श्री विमल राई, सिक्किमका मुख्यमन्त्रीसित..सम्पादकगण, पन्ध्र प्रश्नका घेराभित्र पदमसिंह सुब्बा, हरिप्रसाद गोर्खा राईसित वीरेन्द्र तुम्बापो प्रतीक, पन्ध्रह प्रश्नहरूको घेराभित्र श्री पदम सुब्बा-गोपाल दाहाल, श्री तुलसी अपतनसित स्रष्टा परिवारको भेटघाटःसम्पादकगण, श्री राम अपतन-सित एकक्षण-पासाङ शेर्पा, साक्षात्कार, श्री कृपाशाल्याणसित-सम्पादकद्वय, मुख्यमन्त्री श्री नरबहादुर भण्डारीसित स्रष्टाको भेट-सम्पादकद्वय डा. तारानाथ शर्माःएक पुर्नपरिचय गोपाल, दाहाल भेटवार्ता गुप्त प्रधानसित-सञ्जय वान्तवा, अवकाश प्राप्त प्र.अ. श्री ताराकान्त- हर्क बहादुर खाम्याक, 1991 सालको साहित्य अकादमी पुरस्कार विजेता श्री गिर्मी शेर्पा-सम्पादकद्वय, सुवेदार जसलाल प्रधान-अजित पराजुली, भेटवार्ता डा. लक्ष्मीप्रसाद पराजुलीसंग-किरण कुमार राई, बर्मा वीरता पदक तथा...सम्पादकद्वय, बद्रीनारायण प्रधान वार्ताकार-यस अंक 35-को सम्पादक, भावसुका साहित्यिक महारथी मगन पथिक-सम्पादकद्वय, एउटा जातीय गौरव औ स्याम थापपासित-दलमान पीर, साक्षात्कार विनोद खनालसित-रीता सुनुवार, विन्दुका सम्पादक श्री के.बी. नेपालीसंग-सम्पादकद्वय, बर्मा वीरता पदक-भाग्सु धर्मशाला-सम्पादकद्वय, भाग्सुका साहित्यक-सम्पादकद्वय, श्री हरि प्रसाद गोर्खा राईसित-यी अन्तवार्ता, भेटवार्ता, जीवनवार्ता तथा साक्षात्कार आदि ती प्रतिभाको व्यक्तित्वसितै समाज, आर्थिक ऐतिहासिक तथा जीवनको रङ्ग प्रकट हुन्छ। जसले गर्दा भविष्यमा शोधकर्ता तथा समाज/जातिको लागि केही काम गर्दा यसले ठूलो सहयोग पुऱ्याउने कुरोमा दुईमत नहोला। यस्ता अन्तवार्ताले पाठकलाई पोजिटिभ इनरर्जी दिन्छ। पढ़नमा रोचक छाउँछ उतिनै जीवन मार्ग दर्शनमा प्रयोगी बन्छ। स्रष्टाको यो पक्षलाई जीवन उर्जाको किरण मान्न सकिन्छ।
भारतीय नेपाली साहित्य मात्रै होइन विश्व नेपाली साहित्यमा स्रष्टाले हाम्रो बहु आयमिक प्रतिभाको स्रष्टा बनेर भूमिका निर्वाह गरिरहेका छन्। साहित्यिक गतिविधिलाई निरन्तर दिनुमा स्रष्टाको अलग्गै महत्व रहेको कुरालाई नकार्न सकिन्दैन। स्रष्टामा प्रकाशित कविता कथा र समालोचनाले साहित्यिक प्रेमी र साहित्यकर्मीलाई लाभदायक पोषण दिंदै आइरहेका छन्। झण्डै 40 वर्षको उमेरमा टेक्नु भनेको कुनै साहित्यिक पत्र-पत्रिकाको लागि सानो कुरो होइन। अनेकौं प्रतिरोध दुःख झेलेर निरन्तर प्रकाशन गर्ने पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ बजार र सम्पादकमण्डलीलाई बधाई र धन्यवाद शब्दले नपुग्ला। सम्पादक मण्डली, संरक्षण समितिको अथाह मेहनत र परिश्रममा आजसम्म स्रष्टा विश्व नेपाली साहित्यमा आफ्नो छुट्टै परिचयसितै जाति, भाषा-साहित्यको निरन्तर सेवा गरिरहेको छ। भाषा साहित्यमा उन्नत विकासको मार्ग बनाउँदै लानेक्रममा हाम्रो समाजले हजारौं स्रष्टाहरूको जमातलाई भाव-विचार एवं भाषा-साहित्यको चेतनालाई फैलाइरहेका छन्। स्रष्टा अब हाम्रो भाषा-साहित्यको स्रष्टा साहित्यिक पत्रिका देखाउने औजार भइरहेको छ। यसले कति कविहरूलाई, कथाकारहरूलाई, समालोचनाकारहरूलाई मञ्च दिएर स्थापित् लेखकसमेत बनाइसकेका निर्माणकर्ताको भूमिका पनि बहन गरेको तथ्य हामीबाट ओझेल नरहला। नेपाली साहित्यमा पत्र-पत्रिकामा एउटा इतिहास भइसकेको स्रष्टालाई 75 वौं अंकको मोटो अंक-ले विश्व साहित्यलाई समेट्न सफल भएको छ। विश्व नेपाली साहित्यलाई जोड़न सकेको छ। स्रष्टा सँधै स्रष्टानै भइरहोस भन्ने उदेश्यलाई सम्पादकमण्डलीले इमान्दारीपूर्ण भूमिका निर्वाह गरेका छन्। स्रष्टा-ले साहित्यिक महत्व संगसंगै केही भारतीय गोर्खाहरूको ऐतिहासिक पृष्ठको पन्नालाई पन पल्टाउने काम गरेका छन्। भाषा प्रतिको श्रध्दा,मोहलाई सुन्दर प्रकारले अंक 1देखि अंक 75 सम्म प्रकाश पारेका छन्। भारतको विभिन्न राज्यको शहर गाउँमा रहेका गोर्खाहरूलाई स्रष्टा-ले इन्टरनेटले जस्तै जोड़ेका छन्। भविष्यमा स्रष्टा-माथि शोध गर्ने शोधार्थी अवश्यनै आउला त्यतिबेला स्रष्टा साहित्यिक पत्रिकाको केहीहदसम्म मूल्याङ्कन होला भन्ने आशा साँच्छौं।

सिलगढ़ी,दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2077

लेखकका अन्य रचनाहरु