दैलेखी भाषाका अनुकरणात्मक शब्द

- वीरेन्द्रकुमार बुढा

अध्ययन सार
अनुकरणात्मक शब्द भाषाका मौलिक शब्द हुन् । भाषालाई समृद्ध, सम्पन्न र वैभवशाली बनाउन सहयोग पुर्‍याउने यस्ता शब्दहरुले भाषाको मौलिकतालाई चिनाउन पनि मद्दत गर्दछन् । अनुकरणद्वारा उत्पन्न हुने भएकाले यस्ता शब्दहरुले भाषिक वक्ताको प्राकृतिक आवाजको नक्कल गर्ने तरिकालाई छर्लङ्ग्याउछन् । प्रस्तुत लेखमा दैलेखी भाषामा प्रयुक्त अनुकरणात्मक शब्दहरुको अध्ययन गरिएको छ । दैलेखी भाषालाई विभिन्न भाषाविद्हरुले भाषिकाको रुपमा अध्ययन गर्दै आएको भए पनि नेपालको राष्ट्रिय जनगणना २०६८ ले भाषाका रुपमा स्विकारी नेपालका १२३ मातृभाषाको सूचीमा सूचीकृत गरी यो भाषा बोल्नेको सङ्ख्या ३,१०२ रहेको उल्लेख गरेको छ । यो लेख गुणात्मक अध्ययनसँग सम्बन्धित छ ।क्षेत्रकार्य विधिको प्रयोग गरी दैलेख जिल्लाको पश्चिम क्षेत्रका विभिन्न उमेर, जाति, लिङ्ग, पेसा व्यवसायका १० जना दैलेखी भाषी वक्ताहरुलाई उद्देश्यमूलक नमुना छनोट गरेर दैलेखी भाषाका अनुकरणात्मक शब्दहरु सङ्कलन गरिएको छ । सङ्कलित शब्दहरुलाई व्यवस्थित र क्रमबद्ध अध्ययन गरी शर्मा ( २०५९ ) का अनुसार विश्लेषण गरिएको छ । नेपाली भाषामा झै दैलेखी भाषामा ध्वनिवाचक, गतिवाचक, रीतिवाचक,दृश्यवाचक आदि प्रकारका अनुकरणात्मक शब्दहरु भेटिएका छन् । दैलेखी भाषामा भतरान्त, ग्वाा, पणाम्म, ठ्याइाअजस्ता थुप्रै मौलिक अनुकरणात्मक शब्दहरु भेटिएका छन् भने केही अनुकरणात्मक शब्दका शाब्दिक र उच्चारणगत भिन्नताबाहेक अन्य व्यवस्था नेपाली भाषाकै समान देखिन्छन् ।
प्रमुख शब्दावली : दैलेखी भाषा, भाषिका, अनुकरणात्मक शब्द, अनुकरण, स्वनानुकरणात्मक, प्रकीर्ण, ध्वनि, गति, दृश्य ।

१. दैलेखी भाषाको परिचय
दुई महाभारत लेकको बिचमा अवस्थित दैलेख जिल्ला वर्तमान नेपालको भौगोलिक विभाजन अनुसार कर्णाली प्रदेशको बिच भागमा पर्दछ । यो जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीका रुपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । वि.सं. २००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरु यसमा गाभिएका भए तापनि राजा रजौटा ऐन २०१६ पछि आधुनिक नेपालको ढााचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरी लेक र कट्टी भञ्ज्याङ, उत्तरमा महाबु लेक, पश्चिममा कर्णाली नदी र दक्षिणमा तिनचुलाभित्रको भूभागलाई दैलेख जिल्लाको सीमाङ्कन गरिएको पाइन्छ । जिल्लाको मध्यपश्चिम हुँदै बग्ने छामगाड खोला र पूर्वी भेग हुादै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको आकर्षक भौगोलिक स्थल मानिन्छ भने नागराजको विशाल हिमाली राज्यको शीतकालीन राजधानी दुल्लु क्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थलमध्ये श्रीस्थान र नाभिस्थानभित्र नित्य प्रज्वलित ज्वाला र त्यसबाट निकाल्न सकिने ग्याास तथा पेट्रोलले पनि यो क्षेत्रलाई धार्मिक, व्यापारिक तथा पर्यटकीय रुपमा चर्चित हुन पुगेको छ । आर्थिक दृष्टिकोणले त्यति सम्पन्न नभए तापनि प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् भाषिक दृष्टिले यो जिल्ला सम्पन्न मानिन्छ ।
भाषा परिवर्तनशील हुन्छ । कुनै पनि भाषा सर्वत्र एक नासले बोलिदैंन । राजनीतिक सांस्कृतिक स्थितिमा र भौगोलिकताका आधारमा भाषामा विविधता देखिन आउाछ । कुनै पनि भाषाका विभिन्न भाषिक भेदहरुमध्ये विविध कारणले कुनै भाषा बन्न जान्छ भने कुनै भाषिकाको रुपमा रहन्छ ।
सिंजामा उत्पत्ति भएको नेपाली भाषा र यसको साहित्यको विकास विस्तारमा दुल्लु क्षेत्रले ठुलो योगदान पुर्‍याएको कुरा दुल्लुस्थित राजा दामुपालको वि. सं.१०३८ को प्राचीन शिलालेखले प्रमाणित गर्दछ ( श्रेष्ठ र शर्मा, २०४९) । दैलेख जिल्लामा बोलिने नेपाली भाषा सिंजाबाट फाटेको हाागो हो । भाषाशास्त्री बालकृष्ण पोखरेलको नेपाली भाषाको वर्गीकरण अनुसार नेपाली भाषाका विभिन्न पााच भेदहरुमध्ये दैलेखी भाषालाई नेपाली भाषाको पूर्वेली भाषिकाको खसानी भेद अन्तर्गतको उपभेद मानिएको थियो । वि. सं. २०६८ को राष्ट्रिय जनगणनाबाट यसले भाषाको मान्यता पाइसकेको छ । वि.स.. २०६८ को जनगणना अनुसार नेपालमा दैलेखी भाषाका वक्ताहरु ३,१०२ रहेको देखिन्छ । नेपालको पश्चिम भागमा बोलिने यस भाषाको विकास र विस्तार क्रमश: भइरहेको छ । यस अध्ययनमा दैलेख जिल्लाको पश्चिम भागलाई आधार बनाई दैलेखी भाषाका अनुकरणात्मक शब्दहरु र यसको प्रयोग क्षेत्रका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
२. अध्ययन विधि
यो लेख गुणात्मक अध्ययनसँग सम्बन्धित छ । क्षेत्रकार्य विधिको प्रयोग गरी दैलेख जिल्लाको पश्चिम क्षेत्रका विभिन्न उमेर, जाति, लिङ्ग, पेसा व्यवसायका १० जना दैलेखी भाषी वक्ताहरुलाई उद्देश्यमूलक नमुना छनोट गरेर दैलेखी भाषाका अनुकरणात्मक शब्दहरु सङ्कलन गरिएको छ । सङ्कलित शब्दहरुलाई व्यवस्थित र क्रमबद्ध अध्ययन गरी शर्मा ( २०५९ ) का अनुसार विश्लेषण गरिएको छ ।
३. अनुकरणात्मक शब्दको परिचय
वस्तु , जीव वा वातावरणको आकृति, प्रकृति,गति, आवाज आदिको प्रतिकृति उतार्ने एवम् नक्कल गर्ने मानवीय प्रवृतिबाट भाषामा विकसित हुने शब्द अनुकरणात्मक शब्द हुन् ( अधिकारी, २०६७) । भाषाका विभिन्न शब्दनिर्माण प्रक्रियाहरुमध्ये प्रक्रीर्ण प्रक्रिया अन्तर्गत अनुकरण प्रक्रिया एक हो । कुनै आवाज , गति,दृश्य आदिका आधारमा अनुकरण शब्द बनाउने प्रक्रियालाई अनुकरण प्रक्रिया भनिन्छ । यस प्रक्रिया अन्तर्गत बनेका शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ (लम्साल र अन्य,२०६६) । भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता अनुकरणात्मक शब्दहरु प्राय: क्रियाविशेषण अन्तर्गत पर्दछन् । कुनै आवाज दृश्य वा क्रियाको तरिकालाई सहज किसिमले नक्कल गर्ने भएकाले भाषाको विकासमा यसको महफ्वपूर्ण भूमिका रहन्छ ।
भाषाको उफ्पत्ति सम्बन्धी विभिन्न सिद्धान्तहरुमध्ये अनुकरण एक सिद्धान्त हो । खिसी गरेर यसलाई भुकभुकवाद (बोउ बोउ थ्यौरी) पनि भनिन्छ । भुकभुक वा बोउ बोउ भनेको कुकुरको भुकाइ हो । यस सिद्धान्तले यस्तै (भुकभुक वा बोउ बोउ) अनुकरणबाट भाषाको उफ्पत्ति भएको भन्ने मानिन्छ । मानिसले आफ्नो वरपर सुन्ने प्राकृतिक ध्वनिहरुको नक्कलबाट नै भाषामा यस्ता शब्दहरुको विकास भएको यस सिद्धान्तले मान्दछ । यस सिद्धान्तले केवल अनुकरणात्मक शब्दको उफ्पत्तिबारे प्रकाश पार्ने हुादा यसलाई आंशिक सत्य भएको सिद्धान्त मानिन्छ ।
अनुकरणात्मक शब्दलाई अङ्ग्रेजीमा ओनोमेटापोइक भनिन्छ । ओनोमेटापोइक को अर्थ ध्वनिबाट शब्दको निर्माण गर्नु हो भनिन्छ । मेरियम वेभस्टर्स लर्नर्स डिक्सनरीमा ओनोमेटापोइक लाई प्राकृतिक ध्वनिको नक्कलबाट शब्द निर्माण गर्नु हो भनी परिभाषित गरिएको छ । अनुकरणात्मक शब्द यस्ता शब्द हुन् जसको उच्चारणबाट नै अर्थको सङ्केत मिल्दछ । यी शब्दहरुको उच्चारण वस्तुसँग वा ध्वनिको अनुकरणसँग मिल्दछ । यसरी ध्वनिको अनुकरणबाट निर्मित अनुकरणात्मक शब्दलाई स्वनानुकरणात्मक शब्द भनिन्छ । यस्ता शब्दहरु सबै भाषामा समान हुँदैनन् । यिनीहरु केही हदसम्म भाषाको आफ्नो व्यवस्था अनुसार हुने गर्दछन् । जस्तै : घडीको आवाजलाई दैलेखीमा ख्याटख्याट, नेपालीमा टिकटिक, अङ्ग्रेजीमा टिकटक, चिनियामा दि दा र जापानीमा कैचिन कैचिन भनिन्छ । स्वनानुकरणात्मक शब्दको प्रयोग हास्यव्यङ्ग्यमा अधिक मात्रामा प्रयोग गरिन्छ ।
कुनै क्रिया वा घटनाको अनुकरणबाट भाषिक शब्दको निर्माण गर्ने पद्धति अनुकरण हो । यसरी बन्ने शब्द अनुकरणात्मक शब्द हुन् । स्वाभाविक आवाज , गति र दृश्यको आवाज बुझाउने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ । अनुकरणात्मक शब्दलाई तीन भेद गर्न सकिन्छ: अनुकरणात्मक, अनुरणनात्मक, दृश्यात्मक । आवाज बुझाउने अनुकरणात्मक शब्द हुन् , आवाज घन्किने अनुरणनात्मक हुन् भने गति एवम् दृश्य बुझाउने दृश्यात्मक शब्द हुन् ।
दैलेखी भाषामा अनुकरणात्मक शब्दहरु नाम, विशेषण, क्रिया र क्रियाविशेषण गरी चार शब्दवर्ग छन् । तर अन्य वर्गभन्दा क्रियाविशेषण वर्गका अनुकरणात्मक शब्द बढी भेटिन्छन् । उपर्युक्त चारै प्रकारका अनुकरणात्मक शब्दका उदाहरण यहाँ प्रस्तुत गरिन्छ :
१ नामः रन्को, झ्याउँको, रङ्ङणो, भटभटे, धाFदो, रणाको, लत्को, घअणो, रैलो।
२ विशेषणः कचपचे, चुनचुने, मालमुले, अणबाङ्ङे, होलकुत्तो, रैलै, पटपटानो, गनगने, घणघणे, ।
३ क्रियाः हुङ्रनु, कुकाउनु, रङ्ङणयाउनु, जङ्तणयाउनु, कच्पच्याउनु, राण्‌नु, घुसमुणयाउनु, मक्मक्याउनु, छचल्क्याउनु।
४ क्रियाविशेषणः भतरान्त, पणयाम्म, लटैलटै, ग्वावाF, खलरान्तै, झल्झल, लतारान्तै, रकरक, मङ्ङ ।

४. अनुकरणका आधार र अनुकरणात्मक शब्दका प्रकार
अनुकरणात्मक शब्दहरु अनुकरणका आधारमा निर्मित हुन्छन् । दैलेखी भाषामा अनुकरणका आधारहरु मूलत: तLन वटा देखिन्छन् : एउटा आवाजका आधारमा अनुकरण² अर्को गतिका आधारमा अनुकरण र तेस्रो दृश्यका आधारमा अनुकरण । अनुकरणका यिनै तिन आधारअनुरुप अनुकरणात्मक शब्द निम्नलिखित तिन प्रकारका छन् :
(क) ध्वनि —अनुकरणात्मक शब्द
आवाज (ध्वनि) को अनुकरणमा बनेका शब्दलाई ध्वनि अनुकरणात्मक शब्द भनिन्छ (शर्मा ,२०५९ : १४५) । दैलेखी भाषामा यस प्रकारको अनुकरणात्मक शब्दले सजीव र निर्जीव दुवैका आवाजको बोध गराउाछ , जस्तै :—
१ सजीव वस्तुको आवाज
मुसाको बोली— च्वाँ च्वाँ, बिरालाको बोली —माउF, गोरूको आवाज — हुक्काF, रोएको आवाज — ड्वावाF,
गाईको बोली— हम्बा, बाख्राको आवाज — म्याआ, कुखुरा बासेको — कुकुणी काF, भ्यागुत्ताको बोली — ट्वार्र,
कुकुरको बोली —भ्वाङ भ्वाङ, भैसीको बोली— ह्वाईंक्क /वाईंवाईं , गाई वस्तुले पिडा हुादा निकाल्ने आवाज —ड्वाFड्वाF सर्पको आवाज— फ्वाFफ्वाF, धेरै केटाकेटी रोएको आवाज— चिचेकल्ला, कुखुराको चल्लाको आवाज— चिउँचिउँ ।
२ निर्जीव वस्तुको आवाज
हवाइजहाजको आवाज— ग्वावावाँ, ढोका खोलेको आवाज— घणयास्स, रुख ढलेको आवाज— गणयाम्म, भाFडाकुाडा चलाएको आवाज— खणयाङ्खुणुङ, च्यातिएको आवाज— धरारान्तै, बोलेको आवाज— चणयास्स , कुनै चीज वस्तु फालेको आवाज— स्वाईंअ, बारी खनेको आवाज— भ्वाक भ्वाक, खाजा खाFदाको आवाज— मणमण चिरिएको आवाज— च्वार्र, भाँडा फालेको आवाज —ठ्याईंअ, गालामा हानेको आवाज— पणयाम्म/ चट्याम्म, डोरी चुटेको आवाज— च्वाट्ट, खसेको आवाज— भ्वात्त, भाFचिएको आवाज— ठ्यास्सै, थिचेको आवाज —थथचथच आकाश गड्केको आवाज — दननन, भुईं बढारेको आवाज— सर्‍याङसुणुङ्, पड्केको आवाज— भणामभुणुम, , ठुलो पानी परेको आवाज— भणभणभणभण, दौडेको आवाज —ग्वारग्वारग्वारग्वार, फुटेको आवाज —प्वाट्ट हल्ला गरेको आवाज —ग्वाFग्वाFग्वाFग्वाF, कराएको — कुकाकल्ल, गिलो वस्तुमा हान्दाको आवाज — क्वाच्च, गिलो वस्तुमा टेक्दा—ल्याच्च, तरकारी झानेको आवाज —झ्वाईअ, चपाएको आवाज — कणयाङकणयाङ, सिसा फुटेको आवाज— खन्ज्याङखुन्जुङ, भाFचिने तरिका —ठ्वास्स, गाई भैसी लडेको आवाज — गणमैदान, हानेको आवाज — स्वाट्ट, दाह्रा बुकाएको आवाज —कणकण, आकाश गड्केको— चणचणचणचण चणयाम्म, रक्चेको आवाज — खणखणखणखण, खसेको आवाज— भतरान्त आदि ।
दैलेखी भाषामा ध्वनि अनुकरणात्मक शब्दहरु अन्य अनुकरणात्मक शब्दहरु भन्दा बढी मात्रामा भेटिन्छन् । यस भाषाका वक्ताहरुले मानिस, जीवजनावर , चराचुरङ्गी तथा कीटपतङ्ग र निर्जीव वस्तुको आवाज नक्कल गर्दा यस्ता शब्दहरु निर्माण हुने गर्दछन् । यस्ता शब्दहरुमा भाषाको आफ्नो मौलिकता पाइने भएकाले भाषाको मौलिकता बुझ्न यस्ता शब्दहरुको अध्ययन महफ्वपूर्ण मानिन्छन् ।
(ख) गति—अनुकरणात्मक शब्द
गति (चाल) को अनुकरणमा बनेका शब्दलाई गति अनुकरणात्मक शब्द भनिन्छ (शर्मा ,२०५९:१४५) । दैलेखी भाषामा यस प्रकारका अनुकरणात्मक शब्दले गति वा चालको अर्थबोध गराउाछन् , जस्तै :—
हिड्ने गति —लतालत, खाने गति —फलफल, पढ्ने गति—खरखर, उफ्रने गति—फणफण, फुस्कने गति—फ्वास्स, रक्चने गति—खणखणखणखण, , आFखा बन्द हुने चाल—झपक्क, ढोका उग्णने चाल—फङ्ल्याङ्फुङलुङ , फुक्ने चाल —फ्वाFफ्वाF, पिउने गति—चनक्क, साFझ पर्ने गति—झमक्क, बत्ती निभ्ने गति—ध्याप्प, दौड्ने गति— गुरगुर, पानीमा डुब्ने —चुम्लुङ्ङ, डराएको अवस्थामा— बुर्र हुनु, डरले उफ्रने गति—बुर्र, भिरबाट लड्ने —गणमैदान, भुईमा पल्टिने—गुणिमुणी, काम गर्ने तरिका—लट्टपट्ट, अल्छीको काम गराइको गति—लणयाङ्तणयाङ्, थाकेको अवस्था—फत्याकफुतुक, हान्ने ,खाने,खन्ने चाल— भकाभक, बिजुली चम्किने —मिल्ल, दुलो पर्ने चाल— ट्वाङ्ङ, आगालो हाल्ने —ग्वाम्म, हिड्ने गति —टर्‍याकटर्‍याक, हिड्ने गति —फ्यास्स, पोखिने गति — ह्वाल्ल, चाट्ने गति — ल्यापल्याप, खस्ने गति — फिर्तिक्कै, घुम्न गति —फिरफिरफिर, खाने गति—हसहस, आFखा चिम्क्याउने —चिमचिम, जाने गति — खरक्क, फ्याक्ने गति सुइFसुइF, फर्किने गति —फर्लक्क, बिस्तारै पिट्नु —पाट्टपिट्ट लाउनु, लर्किने गति —लणयाकलुणुक, छर्ने गति — छर्र, लुछेको गति —लुछालुछ ।
दैलेखी भाषामा यस्ता अनुकरणात्मक शब्दहरुको प्रयोग पनि प्रशस्त मात्रामा भेटिन्छन् । काम गराइको तरिका बुझाउने भएकाले यस्ता शब्दहरुको प्रयोग अधिक रुपमा हुने गर्दछ ।

(ग) दृश्य— अनुकरणात्मक शब्द
दृश्य ( स्थिति, अवस्था ) को अनुकरणमा बनेका शब्दलाई दृश्य अनुकरणात्मक शब्द भनिन्छ ( शर्मा, २०५९: १४५) । दैलेखी भाषामा यस प्रकारका अनुकरणात्मक शब्दले स्थिति, अवस्था आदि दृश्यको अर्थ बोध गराउाछन् , जस्तै :—
भिज्ने दृश्य — लप्लप्यानो, तुत्तुर्‍यानो, पसिना आएको दृश्य — खलारान्तै, पोखिएको दृश्य — छिल्लिबिल्ली, बिजुली मिल्केको — मिल्ल, ढाकेको अवस्था — घ्वाप्प, आगोको झिल्का — झिल्ल, नमिलेको अवस्था —गुजिमुजी/ गज्याङगुजुङ, उम्रेको अवस्था — भरारान्तै, मिलेको अवस्था — च्याम्म, फुल फुलेको अवस्था — ढुकुरान्तै, टोलाएको अवस्था —क्वाप्प, चिप्लो भएको अवस्था — र्‍यालफ्याल, उक्सेको दृश्य —भ्वाक्क, कसेको अवस्था —टनक्क, झस्केको अवस्था —झ्यास्स, बलेको अवस्था — हुरुरु, गनाएको अवस्था — ह्वास्स, साFघुरोमा बस्ताको अवस्था —चेपाचेप, सुतेको अवस्था — स्वा:त, शरीरको दृश्य — पटपटानो/पटपटानी, नमिलेको अवस्था — राFटाराFटा, फलेको दृश्य — लटैलटै/झुत्तैझुत्तै, चल्केको दृश्य — चलक्क/टल्ल, फुटेको दृश्य — प्वाट्ट, खसेको अवस्था — लतारान्तै, बढेको दृश्य— लतलतानो, जिद्दी गरेको — घअणेदल, आएको दृश्य— हरास्स, हल्लेको दृश्य — लफेलफे, अठ्याएको दृश्य — पचक्क, बन्द भएको दृश्य —पचक्क/चपक्क, उफ्रेको दृश्य— फणफणफणफण, पानीको भुमरी —रिङ्ङाउ, खाएको दृश्य — क्वाप्प, सुकेको दृश्य — झुरिमुरी, डणेको दृश्य — खागखाग्, उठेको दृश्य — जण‌जण आदि ।
दैलेखी भाषामा दृश्यको अनुकरणबाट निर्मित यस्ता शब्दहरु पनि मनग्यै पाइन्छन् । कुनै चीज वस्तु देख्दा स्वतस्फूर्त रुपमा निस्कने यस्ता शब्दहरुले पनि भाषाको मौलिकता बुझ्न सहयोग पुर्‍याउनुका साथै भाषालाई समृद्ध र वैभवशाली बनाउाछन् ।
५. अनुकरणात्मक शब्दको संरचना
अनुकरणात्मक शब्दको संरचना—विश्लेषण ध्वनिसंवेदनाविज्ञान( एजयलभकतजभतष्अक ) का आधारमा गरिन्छ । यस अनुसार मूल अनुकरणात्मक शब्दलाई दुई खण्डमा टुक्रयाइन्छ । जसमध्ये आदिव्यञ्जन वा व्यञ्जनगुच्छको एउटा खण्ड हुन्छ र शेष अंशको अर्को खण्ड हुन्छ । यी दुवै खण्डमा पाइने स्वर र व्यञ्जन मूल अनुकरणात्मक शब्दका संरचना तफ्व हुन्छन् (शर्मा, २०५९:१४६) र यिनकै आधारमा दैलेखी भाषाका केही अनुकरणात्मक शब्दको संरचना यसप्रकार देखाउन सकिन्छ :
५.१ मूल अनुकरणात्मक शब्द, खण्डविभाजन र संरचना
च्वाँ = च्व् —आF = व्यव्य—स्व, माउF = म् —आउF = व्य —स्वस्व, खण = ख् — अण = व्य —स्वव्य, फ्याF = फ्य् —आँ = व्यव्य —स्व, स्वाइFअ = स्व् —आइFअ = व्य —स्वस्वस्व, वाइF = व् — आइF = व्य —स्वस्व भ्यात्त = भ्य् —आत्त = व्यव्य—स्वव्यव्य, ड्वाङ्ङ = ड्व् —आङ्ङ = व्यव्य —स्वव्यव्य, स्वा:त = स्व् —आ:त = व्यव्य—स्वव्यस्व आदि ।
मूल अनुकरणात्मक शब्दका उपर्युक्त संरचनाहरु केही बान्की मात्र हुन् । उक्त उदाहरणहरु संरचना देखाउने तरिका प्रष्ट पार्न मात्र प्रस्तुत गरिएका हुन् । मूल अनुकरणात्मक शब्दका विपरीत व्युत्पन्न अनुकरणात्मक शब्दको संरचना विश्लेषण द्विफ्व भएको अंश छुट्याएर अथवा आधार तफ्व र प्रत्यय छुट्याएर गरिन्छ , जस्तै :—
५.२ व्युत्पन्न अनुकरणात्मक शब्द र संरचना
क्याइँक्याइँ = क्याइF—क्याइF, झुरुमझुरुम = झुरुम — झुरुम, झणयामझणयाम् = झणयाम् —झणयाम्, भणयाम्भणयाम् = भणयाम् — भणयाम्, झुरिमुरी = झुरी —झुरी, खाग्खाग् = खाग् —खाग्, खन्ज्याङ्खुन्जुङ = खन्ज्याङ —खन्ज्याङ्, खणयाङ्खुणुङ् = खणयाङ —खणयाङ्, फणेफणे = फणे —फणे, लफेलफे = लफे —लफे, रकरक = रक— रक, गजेमजे = गजे —मजे, सणयाम्सणयाम् = सणयाम् —सणयाम्, भस्याम्भुसुम् = भस्याम् —भस्याम्, भस्भस = भस —भस, फस्फस = फस –फस, माणमुण = माण —माण, हसहस = हस — हस आदि ।
६. अनुकरणात्मक शब्द र अर्थ
ध्वनिसंवेदनाविज्ञान अनुसार अनुकरणात्मक शब्दका संरचनामा रहने तफ्वहरुमा केही न केही ध्वनिसंवेदन (फोनेस्थेटिक्स) अर्थात् ज्ञेयता वा इन्द्रियगोचरता हुनु आवश्यक ठानिन्छ (शर्मा, २०५९:१४७) । यस दृष्टिबाट ( ट्याङङ् ) शब्दलाई हेर्दा यसमा रहेको ( ट ) टकरात्मक आवाजको प्रतिनिधिफ्व गर्छ । उपर्युक्त ( ट ) बाट प्राप्त हुने टकारात्मक संवेदन ज्ञेय वा इन्द्रियगोचर कुरो हो । जसले ( ट्याङङ् ) वा ( ट्याक्क ) को अर्थ बुझ्न मद्दत गर्छ । यसै गरी (ट्याङ्ङ ) को (—याङ्ङ) ले केही घन्किने आवाज र ( ट्याक्क ) को (—याक्क) ले केही बोधो आवाजको अभिव्यक्ति गर्छ । (—याङ्ङ ) र (—याक्क) सूचित गर्ने आवाजको कम र बढी मुखरता पनि ज्ञेय कुरो हो , किनभने संवेदनका आधारमा दुवैलाई छुट्याउन सकिन्छ ।
अर्थका आधारमा हेर्दा अनुकरणात्मक शब्दहरु मुख्यत: यसप्रकारका देखिन्छन् :
(क) ध्वनिवाचक
भतरान्त , ड्वाँ , छ्यार्र , क्याटक्याट , प्याटप्याट, पुचपुच, घ्वााक्क, ट्याङ , चणयाङ्ङ, टिउटिउ, स्वााक्क, स्याँक्क, भ्वात्त, भणाम्म, ग्वाम्म, पणाम्म, चणाम्म, गणाम्म, झ्वाम्म, पच्याकपुचुक, खणेखणे, खसेखसे, मणमण, ग्वाँआ, गुटगुटगुटगुट, कणयाङ्कुणुङ् , क्वाँक्क, चुम्लुङ्ङ, ढाइँअढुइँअ, गाँइअगुइँअ, गान्नगुन्न आदि ।
(ख) रीतिवाचक
फिणिफिणी, लतलत, हसहस, फसफस, रकरक, लमलम, तुर्लुङ्ङ,मसमस, लसलस, ल्यापल्याप, टर्‍याकटर्‍याक, टसेटसे, ट्यासट्यास, फ्यासफ्यास, ख्वासख्वास, लत्याकलत्याक, क्वाइाक्क, गुणिङ्मुणिङ्, लफेलफे, हपेहपे, लततत, थिरिरिरी, कपकप, झपझप, भचाभच, कचाकच,मचामच, ठसाठस, स्वाट्ट, जुम्लुङ्ङ, टान्नटुन्न, पच्याकपुचुक, काइाअकुइाअ, तान्नतुन्न, चुनचुन, च्याटचुट, फ्याटफुट, टाकटुक, भकारान्तै, र्‍याउार्‍याउा,च्याउाच्याउा, माणामाण आदि ।
(ग) गतिवाचक
हरास्स, ल्वात्त, फसफसफसफस, जणजण, फिरिक्क, फ्वात्त, स्वाइाअ, सट्सट, कपकप,फताफत, ह्वालल, लततत,हङर्‍याङफङर्‍याङ आदि ।
(घ) दृश्यवाचक
टिलिक्क, मिलमिलमिलमिल, सम्म, कक्रक्क, खुणिमुणी, चिलेइलो,सम्म आदि ।
(ङ) स्थितिवाचक
ग्वाज्ज, ह्वास्स, क्वाप्प, लतेपते, छिल्लिबिल्ली, गज्याङ्मज्याङ् ,ट्यास्स, ठिङ्ङ आदि ।
(च) परिमाणवाचक
प्यात्त, लितिक्क, खचखच, टनाटन, किलाकिल, लतक्कै,फसक्कै, भसक्कै आदि ।
७. निष्कर्ष
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार दैलेखीले नेपाली भाषाको भाषिका नभई छुट्टै भाषाको रुपमा मान्यता पाइसकेको छ । दैलेखी भाषामा ध्वनिवाचक, गतिवाचक, रीतिवाचक, दृश्यवाचक, स्थितिवाचक, परिमाणवाचकजस्ता अनुकरणात्मक शब्द पाइएका छन् । क्षेत्रीय विधिको प्रयोग गरेर सामग्री सङ्कलन गरी विश्लेषण गरिएको उक्त अध्ययनबाट दैलेखी भाषाका ट्यास्स, स्वााइअ, जुम्लुङ्ङ, ग्वााजस्ता थुप्रै मौलिक अनुकणात्मक शब्दहरु पाइनुका साथै केही शब्दहरुका सन्दर्भमा शाब्दिक र उच्चारणगत भिन्नताबाहेक अन्य व्यवस्था नेपाली भाषाको जस्तै रहेको पाइएको छ ।
सन्दर्भ सामग्री
अधिकारी, सूर्यमणि (२०५६). नेपाली भाषाको इतिहास. काठमाडौं : भुFडीपुराण प्रकाशन ।
अधिकारी, हेमाङ्गराज (२०६७). प्रयोगात्मक नेपाली व्याकरण. ललितपुर :साझा प्रकाशन ।
ढकाल , शान्तिप्रसाद (२०६५). सामान्य र प्रायोगिक भाषाविज्ञान. काठमाडौं : शुभकामना प्रकाशन ।
न्यौपाने घनश्याम (२०६२). आधुनिक नेपाली व्याकरण. काठमाडौं : दीक्षान्त प्रकाशन ।
बन्धु, चूडामणि (२०७०). अनुसन्धान तथा प्रतिवेदन लेखन. काठमाडौं : साझा प्रकाशन ।
बुढा, वीरेन्द्रकुमार (२०६५). दैलेखी भाषिकाको अध्ययन. अप्रकाशित शोधपत्र त्रि.वि. ।
यादव, योगेन्द्रप्रशाद र भीमनारायण रेग्मी (२०५९). भाषाविज्ञान. काठमाडौं : न्यु हिरा इन्टरप्राइजेज ।
लम्साल, रामचन्द्र र अन्य (२०६६). साधारण नेपाली. काठमाडौं : शुभकामना प्रकाशन ।
शर्मा, मोहनराज (२०५९). शब्दरचना र वर्णविन्यास वाक्यतफ्व, अभिव्यक्ति र पाठहरु. काठमाडौं :नवीन प्रकाशन ।
शर्मा , मोहनराज र कृष्णहरि बराल (२०५९). भाषाविज्ञान र नेपाली भाषा. काठमाडौं : नवीन प्रकाशन ।
शर्मा , मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६६). शोधविधि. ललितपुर :साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०५६). नेपाली साहित्यको संक्षिप्त इतिहास. काठमाडौं : साझा प्रकाशन ।
Nepal, G. (2011). National Population and Housing Census. Kathmandu: Government of Nepal National Planning Commission Government Secretariat CBS.

द्रोणाचल क्याम्पस, दुल्लु ,दैलेख

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2077

लेखकका अन्य रचनाहरु