पात्तिएका बा

- अलका मल्ल

“ए गाँठे के देख्नु परेको यो जमाना” ठिटाले ठिटीहरु देखेपछि हुरुक्कै हुने । हाम्रो पालाँ त यस्तो थिएन । माइक्रो बस आफ्नो गतिमा हुईंकीरहेको थियो । अन्दाजी ७० वर्षका बा झ्यालबाट नियाल्दै यसरी ठूला ठूला स्वरमा एक्लै कराउँदै थिए । चुपचाप बसेका संपूर्ण यात्रुहरु ति बालाई हेर्दै हाँस्न थाले । सबैजना हाँसेको देखेर बुढा बा फेरी पनि ठूल्ठूला स्वरमा नाना तरहका कुरा गर्दै फेरी हँसाउने प्रयासमा थिए ।

साँझको समय थियो ट्राफिक सिग्नल रातो देखाएपछि गाडी एकछिन रोकिनै पयो{ । माइक्रोको ठिक अगाडी एउटा कार रोकिएको थियो । कारको पछाडिको सीटमा एक जोडी आफ्नै सुुरमा कानेखुसी गर्दै थिए । माइक्रो ड्राइभर पनि उस्तै अरुले कार भित्र कानेखुसी गरेको न सुनिन्छ न त केहि अर्थनै । आफ्नो गाडीको हेडलाइट बालेर ति जोडी भएतिर देखाउन थाले ।
बुढा बा फेरी उत्ताउला भए “राम राम” घरमा फुर्सद पाएनन् कि क्या हो बिच बाटामा के नौटङ्की गर्दै !
लौ गुरुजी फेरी हेडलाइट बाल्नुस् त भन्दै कानेखुसी गरेको दृष्य देखाउन अनुरोध गरे ।

सबै यात्रुहरुको आँखा त्यो कारमै पर्न गयो । के के न होला भन्ठानेर पछाडीका यात्रुहरु पनि घचेड्दै घाँटी तन्काइ तन्काइ हेर्न उत्सुक भइरहेका थिए । ट्राफिक सिग्नलले हरियो संकेत दिएपछि गाडी फेरी आफ्नो गन्तब्यतिर गुड्न थाल्यो । ७० वर्षका शिब शर्मा ब्राम्हणले ७ वर्षकी कन्या गोमा बिहे गर्न मिल्ने हामी पनि के कम छौं र भन्दै फेरी अर्कौ गफ हाँक्दै हंसाउने थाले । कति यात्रुहरु पात्तिएका बुढा मर्ने बेला हरियो काँक्रो भन्दै थिए भने केहीले त एकछिनको हाँसी मजाक त हो भन्नेहरु पनि थिए । माइक्रो बसले यात्रु झार्ने क्रममा बुढा बा झर्ने स्टप पनि नजिंकिंदै थियोे । उहाँले सबैलाई बाइ बाई भन्दै आफ्नो स्टपमा ओर्लिनु भो । उहाँ ओर्लनु भएपछि सबै यात्रु फेरी एक पटक हाँस्दै थिए ।

बुढा बा को यो आफ्नै किसिमको हंसाउने कला थियो । उहाँले कसैलाई हानी नोक्सानी र ठेस पुर्याउने कार्य गर्नु भएको छैन । छोटो यात्रामा गुपचुप बसेका यात्रुहरुलाई हंसाउन त सफल हुनु भो ।
धन्य छ बा यो उमेरमा पनि ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2077

लेखकका अन्य रचनाहरु