समाजशास्त्रीय अन्तरदृष्टिमा शान्तिनारायणको कवित्व

- राजेन्द्र पहाडी

विक्रमाव्दको १९९६ साल भदौ १७ गते शनिबारका दिन सामान्य कृषक परिवारमा बाबु रुपनारायण र आमा मानकुमारी श्रेष्ठको कोखबाट तत्कालीन पश्चिम ४ नं. नुवाकोट अन्तरगत चारहजार पर्वत, दुर्लुङ मौजे कुश्माको उर्वर माटोमा पदार्पण गरेका देवकुमार श्रेष्ठ नै आजका शान्तिनारायण श्रेष्ठ हुन् । शान्तिनारायण नेपाली साहित्याकासको काव्य विधामा पृथकबान्की, शैली र बनौटका साथ सार्वजनिकीकरण भैसकेको चिरपरिचित नाम हो । मानवीय सेवालाई परम् धर्म र सृजनालाई सत्कर्म मान्ने साहित्यसेवी श्रेष्ठ जिन्दगीका थुप्रै मिठा–नमिठा अनुभवका खानी हुन् । व्यापार, कृषि, ठेक्कापट्टा, कलाकारिता, समाजसेवा आदिजस्ता थुप्रै क्षेत्रको भुक्तमान अनुभव छ यिनीस“ग । उनले भोगेको विगत शाश्वत छ, जीवन्त छ । दुःख, पीडा, खुशी, हां“सो, मिलन, विछोड यि सबैस“ग नजिकबाट गुज्रेका यिनले लामो जागिरे जीवनमा जटिलतायुक्त मानव उहापोहहरुलाई नजिकैबाट चिन्ने र अनुभूत गर्ने अवसर पाएकाछन् । राज्यको सेवाका लागि नुवाकोट, रोल्पा, काठमाण्डौं, चितवन, पाल्पा, डोटी, बागलुङ र मुस्ताङदेखि स्याङ्जासम्मको उकाली ओराली र लेकबेसीमा यिनले साहित्य सृजनाका लागि थुप्रै जीवन्त विषयवस्तुहरु सामलको रुपमा भेटे । कति विषयका बारे त्यति बेलै लेखे, कति विषय पछिलाई सा“चे । लेख्ने धर्ममा आसक्ति बढाएका शान्तिनारायण गीत, गजल, मुक्तक, हाइकु, चोका, ताङ्का, सेदोका रचनामा मात्र आफूलाई सीमित नबनाई कविता फा“टमा पनि सृजना खेती गर्न आइपुगे । यिनी सृजित कविता लामो अनुभवका सप्रेम उपहार गुच्छाहरु हुन् । मातृभूमि र राष्टियताप्रति अगाध आस्था राख्ने यिनले आफ्ना कविता मार्फत बा“कीजनहरुस“ग देश सेवामा जुट्न हृदयत आव्हान गर्छन्,
चेतना भरिदेउ मान्छेहरुको मन्मा र मस्तिष्कमा
विवेक, बुद्धि र ज्ञानले सफल हौ पवित्र उद्देश्यले
राष्ट, राष्टियता बचाउ“न सक लिएर सद्भावना
नौलो किर्ति पनि स्थापित गर यही छ शुभकामना ।
(पर्वत माला सन् २००२, पर्वत जेसीज, शाखा सम्पादक ः धर्म बहादुर पौडेल)
जीवन सोचेजस्तो सहज छैन । जीवन विसंगतिपूर्ण र अनेकौं उहापोहले थिल्थिलिएको छ । जीवनका यिनै तरेलीबीचबाट एउटा चेतनशील मानव सम्पूर्ण मानव जातिको आत्मिक उत्थान हुनुपर्ने कुराको आग्रह गर्छ । मानव सभ्याताको खास सास कालखण्डमा देखापरेको बर्बरता र निरंकुशताको विपक्षमा आवाज बुलन्द गरेर नया“ समृद्ध समाजको स्थापनार्थ खबरदारी गर्नु साहित्य सेवकको जिम्मेवारीभित्र पर्ने कुरा हो । यही दायित्वलाई ग्रहण गरेर सामाजिक कटु यथार्थको उद्घाटन गर्न कवि शान्तिनारायण लागेको देखिन्छ । सामाजिक सांस्कृतिक रुपान्तरणको माध्यमबाट समुन्नत नेपाल विनिर्माणका लागि पौने तीन करोड नेपालीहरुले आआफ्नो स्थानबाट योगदान दिनु पर्ने कुरामा यिनले जोड दिन्छन् । परम्परावादी सोच, चिन्तन, शैली र रुढीलाई समूल परिवर्तन गरी आदर्श समाज व्यवस्थाको स्थापनाका लागि यिनका काव्यरचना निर्दिष्ठ छन् । यिनका कवितामा जन्मभूमिप्रति सहज, प्राकृत, स्वतःस्फूर्त र आत्मपरक भावावेगको प्राधान्य पाइन्छ । यिनका कवितामा राष्ट्रप्रेमका अत्यन्त सरल प्रतिमान रचिएकाछन् । अधिकांश कविता कलात्मक श्रृंगारिकता र उचाईका साथ प्रस्तुत गरिएकाछन् ।
केही अघिदेखि नै साहित्य क्षेत्रमा लागेको भएता पनि विक्रम सम्बत् २०२० को आरम्भदेखि जमेरै कविता सृजनामा लागेका पर्वतेली स्रष्टा शान्तिनारायण श्रेष्ठ आफ्ना गद्यकविता मार्फत शान्त, शौम्य, स्निग्ध र आनन्दी जीवनको पक्षमा वकालत गरेको भेटिन्छन् । नेपाली साहित्यका मूर्धन्य शिखर व्यक्तित्वहरुले जस्तै कवि शान्तिनारायण श्रेष्ठले पनि चुनौति र अप्ठ्याराको बीचबाट सुन्दर साहित्यिक गंगा बगाउन चाहन्छन् । मधुरतापूर्वक सत्यम्, शिवम्, सुन्दरम्मा आधारित जीवनधरा सुम्सुम्याउन रुचाउ“छन् । विभिन्न पत्रिका तथा साहित्यिक संकलनहरुमा प्रकाशन भएका दश पंक्तिदेखि बहत्तर पंक्तिसम्मका फुटकर कविताहरुले कवि श्रेष्ठभित्रको वर्तमान मानव समाज र स्वभावप्रतिको असन्तुष्टि र विद्रोहलाई सहज रुपमा प्रकट गरेका छन् । शान्तिनारायणका कविताहरु विषय संयोजन र प्रस्तुतिका दृष्टिले सजिलोसित लेखिएका छन् । जटिलता र दुर्बोध्यतालाई स्थान नदिईकन सरल ढङ्गले साङ्गोपाङ्गो भन्नुनै उनको विशेषता रहेको छ कविताभित्र । यिनका कतिपय कविता सर्लक्क सोझिएर अगाडि बढेकाछन् बा“सको तामा जस्तै । आख्यानात्मक कविता । छलकपट बिहीन सिधासाधा कविता । बिम्ब, प्रतिक, उपमा आदिको उपेक्षा गरिएका कविता । च्वास्स छुने निख्खर र तिख्खर कविता । साधारणदेखि विशिष्ठ जो कसैले रसिलो मानेर बुझ्न सक्ने कविता । सृजना कर्मको प्रारम्भिक कालमा लेखिएको उनको एउटा कविता अंश अल्झिएको स्मृति शिर्षकभित्रबाट,
कतिपय मेरा रात कटे
सपनाको निम्त्याईमा,
कतिपय मेरा दिन बिते
कल्पनाका चिम्टाईमा,
कतिपय मेरा उषा आए
आशाका ज्योति लिएर,
कतिपय मेरा सन्ध्या छाए
निराशामा मोडिएर ।
(साहित्यधारा त्रैमासिक पत्रिका, वर्ष १, अंक १, २०२२ सम्पादक ः केदार शर्मा ढकाल, पोखरा)
साहित्यको मजा नै जीवनको प्रतिबिम्बनमा छ । साहित्यमा लेक बेसी, धनी, गरीब, सुख, दुःख सबै सबै विषय अटाइदिए कति जाति हुन्थ्यो । कसैको पर्खाइमा रात र दिन नभनी अविश्रान्त बाटो ढुक्नु जस्तो कहर केमा होला र ? कहिले चिम्टिएर, कहिले निमोठिएर र कहिले हतास मानसिकता बोकेरै भएपनि लक्ष्यको शिखर पछ्याउने सबैको चाहना नियमित आकस्मिकता नबन्ला सायद । पिता पुर्खाले आर्जन गरेको वीरताको गाथा गाएर आफ्नो स्वार्थसिद्धि गर्नतिर लागेको वर्तमान मानव प्रवृत्तिलाई छेडखान गरी त्यसो नगर्न आव्हान गर्दै कवि शान्तिनारायण आफूलाई परिवर्तनकारी सर्जकको कित्तामा उभ्याउन लालायित देखिन्छन् । वस्तुतः एउटा कवि कहिल्यै पनि अप्रजातान्त्रिक हुन सक्दैन । यिनी प्रजातन्त्रलाई असाध्यै प्यार गर्छन् । मान्छेमा देखिएको अवसरवादी स्वभाव र प्रवृत्ति उनलाई पटक्कै मन परेको छैन । समकालीन राजनीतिबाट प्रभावित प्रशासन र त्यसले बुनिरहेको दिशाहीन भविष्यबाट आक्रान्त देखिन्छन् शान्तिनारायण । वीर गोर्खालीका सन्तान भएर पनि भित्रभित्रै पीडाको जलनले रापिएर बा“च्नु पर्दाको व्यथा छ यिनीस“ग । बनको डढेलो देखिन्छ तर मनको अन्तरकुन्तरमा लागेको आगो नदेखिने रहेछ । शान्तिक्षेत्र घोषित देशमा चौबीसै घण्टा सन्त्रासमा बस्नु पर्दा कवि आत्तिन्छन्, चिच्याउ“छन् र प्रश्न सोध्छन्,
खै कसलाई आयो प्रजातन्त्र ?
नेताहरु आफूले नखानु खाएर डकारेका छन्
दुई छाक पेटभरि खान नपाएका
भोका र निर्धा जनतालाई हपारेका छन्
कमिशन खाने कुरामा
पक्ष, विपक्ष एकै ठाउ“मा जुटेका छन्
कमिशन खान नपाए
आफू आफूमै पनि
ऐना झैं चिराचिरा परी टुटेका छन्
खै कसलाई आयो प्रजातन्त्र ?
(जनमत कविता, खण्ड १, २०६४, प्रधान सम्पादकः मोहन दुवाल, जनमत प्रकाशन, बनेपा काभ्रे)
अरुका आ“खामा स्वभावगत हठी, जिद्धी, एकसुरे र अशान्त देखिने कवि श्रेष्ठ बेइमानी, छलछाम, धोकाधडी, खुराफाती र कुनै पनि खालको अतिवादका विपक्षमा सतिसालझै खडा हुन रुचाउ“छन् । समकालीन समाजमा मौलाउंदै गएको राजनैतिक, प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारलाई उदाङ्गो पार्न यिनलाई कत्ति पनि अप्ठ्यारो लाग्दैन । यसै भएर कविताको जुलुश निकाल्छन् यिनले यथास्थितिको विरोेधमा । कुशासनको विरोधमा कविताका हरफमार्फत धर्ना र अनसन बस्छन् यिनी । समाजमा अस्तित्वमा रहेका विसंगत अभ्यासलाई सच्याउन खबरदारी गर्नु एउटा कलमकर्मीको प्राथमिक दायित्व हो भन्ने कुरामा यिनी सजग देखिन्छन् । नातावाद, कृपावाद र चाकडी चाप्लुसीका आधारमा आफ्नो दुनो सोझ्याउनेहरुप्रति औंला ठड्याउंदै यिनले आजको ताजा खबर शीर्षकको कवितामा यसरी आफ्नो दृष्टि पोखेकाछन्,
लिखित परीक्षामा प्रथम भएका
एकजना योग्य परीक्षार्थीलाई
मौखिक परीक्षामा फलियो रे
सुनिन्छ परीक्षानै नदिएकालाई कसैको फोर्सले
सफल परीक्षार्थीको लिष्टमा हालियो रे
नेतामुखी हाकिमहरुको यस्तो
क्रियाकलाप देख्दा र सुन्दा
निर्धा निमूखा परीक्षार्थीहरु कहालियो रे ।
(कालीको सुसेली समसामयिक साहित्य संकलन १, २०५४ सम्पादक ः इन्द्रकुमार विकल्प)
कविता मानवभित्र रहेको अनुरागपूर्ण भावनाको प्रकट अभिव्यक्ति हो । कविताले समष्टी समाजको दर्पणको काम गरेको हुन्छ । यसो भएको हुनाले कवितामा निर्मोही समाजको पर्दाफास गर्ने खुबी हुनुपर्छ । कवितामा लालित्य र कलात्मकता बिउं“झाउनका निम्ति स्रष्टा मानसभित्र कल्पनाको उचाई हुनुपर्छ, चिन्तन र विचारको सूक्ष्मता अन्तर्निहित हुनुपर्छ । बकमफुसे, फितला, खुइते र निम्छरा शब्द संयोजन गरेर मात्र कविता बन्न सक्दैन । अर्कातिर कविता गाली गलौजको खेती हुन पनि सक्दैन । कसैप्रतिको इष्र्या, आक्रोस या दुश्मनी सां“ध्ने माध्यम बन्नु हुं“दैन कविता । कविता रचना एकै नजरमा माया बसेजस्तो उरेन्ठाउलो ढंगले सम्भव पनि छैन । अदक्ष कलाकारले क्यान्भासमा केरकार पारेको चित्र जस्तो कां“चो, अपरिपक्व एवं गतिहिन कविताले जीवन र जगतको वास्तविकता पटाक्षेप गर्नै सक्दैन । कविता दुर्बोध्य हुनु हुं“दैन, सुबोध्य हुनुपर्छ । क्लिष्ट हुनु हुं“दैन, सपाट, सरल र गुल्जार हुनुपर्छ । बाङ्गोटिङ्गो कविता के कविता, सोझो र झरल कविता पो कविता । कविताले मानवमात्रका लागि युगिन चेतना, जागरण, हौषला र निर्दिष्ठ ऊर्जा सम्प्रेषण गर्न सक्नुपर्छ । समाजमा जरा गाडेर बसेका घृणित, कुत्सित प्रवृत्ति र बेथितिहरुप्रति शव्दयुद्ध चलाउने आ“ट नगर्ने सर्जक नपुंसक सावित हुन पुग्छ । कविता लेखनको यो सत्यलाई स्रष्टा श्रेष्ठले शनैः शनैः प्रगेल्न खोजेको देखिन्छ कविता लेखनको शुरुवाती दिनदेखि नै ।
लेखनीको पछिल्लो कालखण्डमा अगाडि बढ्दै जा“दा अधिकांश कवितामा शान्तिनारायणको कवि कलम सम्प्रेषणीय रुपमा कवितालाई प्रस्तुत गर्न परिष्कृत शिल्पशैलीका माध्यमबाट आफ्ना विचार, भावना, अनुभूति र समकालीन सन्दर्भहरुलाई पस्कन सफल भएको देखिन्छ । चोका, सेदोका र हाइकुजस्ता छोटा कविताहरुको रचनामार्फत उनले आफूलाई प्रखरताका साथ प्रस्तुत गरेकाछन् । श्रेष्ठका कवितामा जीवनको ढुकढुकी, सुख, दुःख, हा“सो, आ“सु, पीर, व्यथाहरुको उल्लेख भएको पाइन्छ । स्वच्छन्तदा र हृदयपरकता यिनको रचनाको मुटुको रुपमा देखापर्दछ । समाजका घटना परिघटनाले कविता सृजनामा यिनलाई पोषण प्रदान गरेको देखिन्छ । यिनले दिनप्रतिदिन जर्जर बन्दै गएको समाजलाई उर्बर र हराभरा भएको देख्न चाहान्छन् । उनले आफ्ना कवितामा सामाजिक विकृति र विसङ्तिमाथि कडा प्रहार गर्नुका साथै यौन बिम्ब र प्रेम प्रणयका चित्रण गरेका छन् । पछिल्लो कालखण्डको समय कुरुपतामाथि कठोर प्रहार गर्दै कल्पना सौन्दर्यदृष्टि छर्न प्रयत्न गर्नु यिनको लेखनीको सकारात्मक पक्ष हो । तर पनि जुन तहमा कविताले कल्पनाशील गहनता र रोमाञ्चकको मियो समातेर गहिराइमा जानु पर्ने हो, त्यसको अलि अभाव खट्केको प्रतीत हुन्छ केही कविताहरुमा । यसबाहेक समाजमा व्याप्त गरिबी, शोषण, अन्याय जस्ता विसंगतीप्रति जति लेख्नु पथ्र्यो त्यति लेख्न नसकेको हो कि जस्तो लाग्छ । कुनै कुनै कवितामा भने विचारपक्ष तुलनात्मकरुपले सशक्त र दर्बिलो भेटिन्छ । यस्ता कविताको सहायताले कविले आफ्ना अन्तरसंवेदना बोलेकाछन् । समाजमा व्याप्त नकारात्मक प्रवृत्तिलाई तह लगाउन कलमको नीबबाट हु“कार गरेकाछन् । भिन्दाभिन्दै परिवेश र भावमा रचना गरिएका यिनका कविता अध्ययन गर्दै जा“दा कहि“ यिनी स्वच्छन्दतावादी लाग्दछन् भने कहि“ प्रकृतिवादी । सुपारी चाम्रो जे देख्यो त्यहि राम्रो भने जस्तो यिनको मानसले उपयुक्त मान्यो भने यिनी जेसुकै विषयमा पनि कविता लेख्न बसिहाल्दारहेछन् । रुई, फुई र दुईको महत्तालाई बुझेका यिनले विपरित लिङ्गीप्रतिको आफ्नो आशक्तीलाई छिपाउन चाह“दैनन् कविताहरुमा । वि.सं. २०२३ सालमा पालुवा पत्रिकामा प्रकाशित बिदाईमा शीर्षकको कवितामा उनले आफ्नो प्रेममय आशक्तिलाई यसरी प्रस्तुत गरेकाछन्,
यसलाई प्यार सम्झ
या, सम्झ प्रेमोपहार
बिदाको.......
केही क्षणको होइन
केही कालको निमित्त
जत्ति उर्लेको छ, या
कुर्लेको चित्र
रोएको छ या
हांसेको खितित्त,
(पालुवा छः महिने पत्रिका, वर्ष १, अंक १, २०२३ सम्पादक मण्डल ः रुद्रप्रसाद शर्मा दुःखी, जगन्नाथप्रसाद लम्साल र दामोदर शर्मा घिमिरे, पर्वत)
आफ्ना रचनामार्फत समाजमा मौलाउंदै गरेको आधुनिकता, शहरीकरण र पश्चिमाकरण प्रक्रियाको अन्धानुकरणको विरोधमा कविले सशक्त कलम चलाएको भेटिन्छ । सृजनामार्फत समसामयिकता उज्जिल्याउने कविको यत्न प्रशंसनीय छ । समाजका जाली, फटाहा, लोभीपापी, लुच्चा र छुच्चाहरुको उछितो काड्न यिनी जति खप्पिस देखिन्छन्, त्यति नै दमन, चिथोमिचो, हत्या, हिंसा, शोषण र विश्वासघातको विरोधमा उद्घोष गर्न अघि बढेकाछन् । खासगरी वर्तमान समयका सम्बाहक भनिएका युवा वर्गमा देखापरेको छाडापन, वेवास्था, व्यत्तिवाद र तोरीलाहुरे पाखण्डलाई जोडदार ढंगले उठान गर्दै उनले यस्ता नकारात्मक बाटोमा नलाग्न आग्रह गरेकाछन् । उनका कवितामा आलु खाएर पेडाको धक्कु लगाउने सुकुलगुण्डे प्रवृत्तिमाथि सुविचारित आक्रमण गरिएकोछ । घरको अवस्था एकदमै कमजोर भएपनि बाहिर धाकधक्कु लगाएर हिं“ड्ने युवाहरुलाई सर्तक गराउं“दै उनले हातपाखुरा प्रयोग गरी कर्म गरेर खानका लागि सल्लाह दिएकाछन् । बाबुआमाले दशनङ्ग्रा खियाएर कमाएको धन सम्पत्तिलाई धुवामा उडाउने युवाहरु समाज र राष्ट्रका पनि बोझ हुन् तसर्थ यि युवालाई सत्मार्गमा लगाउनु पर्दछ भन्ने मान्यता राख्दछन् कवि शान्तिनारायणले । आफ्नो हैषियत र क्षमतालाई बिर्सेर कहि“ पनि पुग्न नसकिने कुरामा कविले आफ्नो सृजना मार्फत तन्नेरीहरुलाई सचेत गराएकाछन् । घा“टी हेरेर हाड निल्नु पर्ने सत्यलाई यिनले विनम्रतापूर्वक उठाएकाछन् । हि“ड्ने बाटो नै नकारात्मक र उपयुक्त नभएपछि पुग्नु पर्ने ठाउ“को के टुंगो होला र ? त्यसैले सत्कर्म र सत्आचरणमा बसेर देशको सेवामा जुट्न कविले तरुनातरुनीहरुलाई आव्हान गरेकाछन् । युवावयका तन्नेरीहरुमा देखा परेका नकारात्मक प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै उनले रक्सी, चुरोट नभई नहुने शीर्षकको कवितामा यसरी उल्लेख गरेकाछन्,
रक्सी चुरोट नभई नहुने
घरमा जा“दा ताप्केछ चुहुने
लोर्के ठिटो छ
घरको खान्की त आटो पिठो छ

जिन्को पाइन्ट ठाउ“ ठाउ“मा फाट्या छ
नया“ डिजाइन भनेर टाल्या छ

कालो चश्मा रातमानी लगाउने
खाइ न पाईको दादागिरि देखाउने

कानमा मुन्द्री हातमा बाला छ
केटो हुं“ भन्छ केटीको चाला छ

जुत्ता लाउं“छ एकवित्ता हिल भाको
लामो कपाल क्या विधि नस्वाको

दुई दामको छैन कामई
हिं“ड्नु पर्ने धाक रबाफ जमाई

भारी बोकी बाबुले कमाउने
आमालाई धर्धरी रुवाउने
लोर्के ठिटो छ
घरको खान्की त आटो पिठो छ ।
(मोदीकाली साप्ताहिक, मंसिर, २०५७, सम्पादकः हरिनारायण रेग्मी, पर्वत)
कतिपय सन्दर्भमा कवि श्रेष्ठका कविता हिमशिखरबाट निःसृत हिमनदीको पानीजस्तै निर्मल र निश्चल छन्, जहां“ मानव जीवनको सिंगो संरचनालाई जस्ताको तस्तै हेर्न एवं अनुभूत गर्न सकिन्छ । यिनका कविताको भाषा सामान्य, अर्थ सरल र भाव कोमल छ । कविता लेखन दायां“ बां“याको लप्पन छप्पनमा नलागि सलल्ल बगेको छ । जीवनको स्थूल पक्षभन्दा सूक्ष्म पक्षलाई ज्यादा महत्व दिइएको छ । जसका कारण सूक्ष्म दृष्टि र नयां“ जीवनदृष्टिले यिनका कविताहरु महत्वपूर्ण र सार्थक भएका छन् भन्न सकिने ठाउं“ छ । प्रकृति प्रेममा अतिशय रमाउने यिनी विभिन्न सुक्ति, रुपक, उपमा र अलंकारको प्रयोग गर्न माहिर देखिन्छन् । आफ्ना रचना मार्फत समाजका सबै वर्ग, समुदाय, क्षेत्र, तह र तप्कालाई केही न केही सन्देश प्रवाह गर्ने सक्षमता राख्छन् यिनले । सबैको प्रिय सर्जक बन्न असम्भव नभए पनि चुनौतिपूर्ण कर्म हो । यस्तो चुनौतिलाई शान्तिनारायणले सहर्ष स्वीकार गरेकाछन् । के बालबालिका, के युवायुवती, के प्रौढ, के बृद्धबृद्धा सबैका लागि खबरदारी गर्न खरो उत्रेका छन् साहित्यका परायण शान्तिनारायण । फूलको आं“खामा फूलै संसार, कां“डाको आं“खामा कां“डै संसार भनेझै फुच्चे कोपिलामा ढकमक्क फक्रैको फूल देख्छन् यिनका आं“खाले । मरुभूमिमा पानीका कुवा भेट्छन् यिनका पदचापले । यिनको मिहिनेतले मरुभूमिलाई हराभरा बनाउने सपना बुन्छ । शीत उभाएर घैला भर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्छन् यिनी ।
मूलतः सरल तर सुन्दर कविताले नै पाठकको मन जित्न सक्छन् । सहज बिम्ब र सरल भाषाशैली कविताका प्रभावकारी परिधान हुन् । औसत मानिसले कल्पना नगर्ने कुरा कल्पना गरेर र सामान्य मानिसले खोज्दै नखोजेको कुरा खोजेर एक कवि आफ्नो छुट्टै पहिचान बनाउन सफल बन्दछ । मौजुदा समाज, संस्कृति र परिस्थितिको रौंचिरा विश्लेषण गर्ने, जनबोलीलाई पछ्याउने र सारगर्भित शैलीमा विषयलाई उठान र बैठान गर्न सक्ने शिल्पले कुनै पनि स्रष्टा समाजमा स्थापित हुने हो । कविताको आत्मा र मर्म माथि रमाएर लेखिएको रचनाले साच्चिकै जीवन र जगतको अनावरण गर्ने हैषियत राख्दछ । यस कोणबाट दृष्टिगोचर गर्दा स्रष्टा एउटा अथाहा सम्भावना बोकेको कालजयी द्रष्टा पनि बन्न पुग्दछ । मनुश्य जगतलाई दिशाबोध गराउने महान् कार्यमा उसको भरपुर योगदान हुन्छ र हुनुपर्दछ । धवलागिरि हिमालको काखमा अवस्थित पर्वत जिल्लामा जन्मेर यहिं“को हावापानी र माटोसं“ग खेलेका कवि शान्तिनारायणले पनि आफूलाई औसत नागरिकभन्दा भिन्दै रुपमा प्रस्तुत गर्न जमर्को गरेको देखिन्छ आफ्ना रचनाशिल्प मार्फत । यिनी कहिले ज्यादै हौसिन्छन् र रचनात्मक सुझाउ प्रस्तुत गर्छन्, कहिले आफ्नो परिवेशबाट हदैसम्म बिरक्तिन्छन् र नकारात्मक ग्रन्थीलाई असरल्ल छाडिदिन्छन् । यसरी सवाल प्रतिबिम्बित गर्ने क्रममा समाजको नकारात्मक यथास्थितिप्रति असहमती, असन्तुष्टि, विद्रोह र आक्रोशको भाव बढी सशक्तताका साथ अभिव्यञ्जित भएको पाइन्छ । हेरौं यिनका बीसकै दशकमा लेखिएको कविता अंश,
गाउ“ फर्क
फर्क फर्क फर्क लौ, गाउं“ फर्क रे
आफ्नै गाउं“को लागि दया माया छर्करे ।
हुन्न विकास देशको जव गाउं“ सुध्रिन्न
शोषण र कुरीतिलाई जव निर्मुल पारिन्न
लर्क लर्क लर्क लौ, गाउं“ मै लर्क रे
आफ्नै गाउं“को लागि दया माया छर्क रे ।
(धवलागिरी साप्ताहिक, वर्ष ४, अंक २१, २०२६ सम्पादकः ध्रुवप्रसाद श्रेष्ठ, बागलुङ)
प्राथमिककालीन कवि धरणीधर कोइरालाले जाग जाग अब जागन जाग, लाग उन्नतिविषे अब लाग – घोर नीद अब ता परित्याग, भो भयो अति सुत्यौ अब जाग भनेर जागरणको बिगुल फुके झैं कवि शान्तिनारायण पनि सबैलाई व्यूं“झाउन र झस्काउं“न चाहन्छन् कवितामार्फत । अलिकति जान्ने बुझ्ने भएपछि वा धन सम्पत्ति जोडेपछि आफ्नो जन्मथलो बिर्सेर हिं“ड्ने प्रवृत्तिलाई छेडखान गरेर उनले सुन्दर शैलीमा शब्द संयोजन गरेकाछन्, लर्क लर्क लर्क लौ, गाउं“ मै लर्क रे, आफ्नै गाउं“को लागि दया माया छर्क रे । सृजनाको क्षेत्रमा सत्य के पनि हो भने सर्जकले सधैं जीवनका सकारात्मक र नकारात्मक दुबै पाटालाई समात्न सक्नु पर्दछ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै भन्न सक्ने आं“टले नै स्रष्टालाई कालजयी बनाउने हो । अमुक पात्रको प्रसस्ती गाएर मात्र साहित्य लेखिं“दा समाजप्रति अन्याय र धोका दुबै हुन्छ । तसर्थ कवि श्रेष्ठले आफ्ना रचनाहरु मार्फत यि दुबै जोड घटाउ प्रवृत्तिलाई आं“टका साथ उठाएको पाइन्छ । जीवन सधैं सोचेजस्तो चल्दैन । सधैं हां“सो खुशीको मात्र माहोल बन्ने हो भने आं“शु र दुःखको के महत्ता हुन्थ्यो होला र ? असजिलो पछि सजिलो, नराम्रो पछि राम्रो, अ“ध्यारो पछि उज्यालो, विछोड पछिको मिलन यि जीवनका नैसर्गिक परिघटनाहरु हुन् । अफ्ठ्यारोभित्र सफ्ठ्यारो खोज्नु साहित्यकारको धर्म पनि हो । समयको आव्हानलाई ठम्याएर साहित्य सृजना गर्न सक्दा नै सिर्जनधर्मिता प्रकट हुन्छ । कवि शान्तिनारायण पनि समयलाई पछ्याउने धुनमा अनवरत जुटिरहेको प्रतित हुन्छ ।
जस्तोसुकै विषमता, कठिनाई र बाधा अवरोध आइपरे पनि नहार्ने बरु जीवनका कठिनसाध्ये उकाली ओरालीसं“ग सहर्ष पौंठेजोरी खेल्ने साहस भएका आं“टिला, जोशिला र गर्विला कवि श्रेष्ठ कुनै कुनै रचनामा आत्तिएको, डराएको, थाकेको र हतासिएको जस्ता पनि देखिन्छन् । त्यसो त, असफलताले लखेटेको जीवन के जीवन ? भनेर प्रश्न गर्ने यिनले तारतम्य मिलाउन जाने जीवनमा खुशी नै खुशीको बहार ल्याउन सकिन्छ भन्ने पनि मान्दछन् । असफलता नै थप सफलता प्राप्तीको लागि सबल ऊर्जा हो भन्ने मान्दछन् यिनले । यिनको बुझाईमा मनुश्य जीवन आफ्ना लागि मात्र नभई चराचर जगतका लागि समेत उपयोगी हुनुपर्दछ । आफूले नखाएर भए पनि अरुलाई सन्तुष्ट पार्नमा खुशी महशुष गर्ने कविको दानप्रियता उच्चकोटीको मान्नै पर्दछ । बरु आफू सिद्धिएर पनि अरुका लागि उज्यालो छर्ने मैनबत्ति जस्तो मानवले अरुका लागि पनि बां“च्नु पर्दछ भन्छन् यिनी । मोलतोल विनाको जिन्दगी के जिन्दगी ? हिसाव किताव राखेर जिन्दगीको बहिखाता नचलाउने हो भने पाइला पाइलामा धोका र बेइमानी हुनसक्छ भन्ठान्छन् यिनले । ठाउं“ कुठाउं“ राखिएका मानवीय बेइमानीका एम्बुसदेखि कवि हतास् देखिन्छन् । आफ्ना रचनामा तरल, झरल र ओजश्वि देखिन रुचाउ“छन् यिनी । यतिमात्र होइन, प्रकृत्ति र मनुश्य जगतसं“गको सम्बन्धलाई खुट्याउने जमर्को पनि गरेकाछन् यिनले आफ्ना सृजनामा ।
यिनका कतिपय रचना पढ्दा शान्तिनारायण जीवनका पक्षमा उभिन सक्ने कवि हुन् कि होइनन् ? कौतुहलता लागिरहन्छ । लेखनधर्मितामा यिनी कुन कित्ताका अंशियार हुन् भेउ पाउन कठिन हुन्छ । वैचारिक अस्पष्टता, दृष्टिकोणको दोधारेपना र लेखनका लक्ष्य विधानमा यिनी सापेक्षित रुमलिइरहेको लाग्दछन् । विचारको सां“घुरो धरातलमा जग उठाएपछि उपरी संरचना मजबुद बनोस् भन्ने कामना सार्थक नहुन पनि सक्ला । अपितु कतिपय कवितामा उनी मानिसको जटिल दैनन्दिनीलाई सरल र सहज शैलीमा काव्यमा उतार्छन् । आफ्ना रचना मार्फत व्यवहारपरक असंगति र समय कुरुपतालाई अलग धारबाट प्रहार गर्न यिनले धेरै थोरै आं“ट गरेको पनि देखिन्छ । व्यथा ः अस्ति, हिजो र आजको शीर्षक कवितामा कविले समय प्रवृत्तिलाई यसरी व्यक्त गर्दछन्,
सक्नेले बल प्रयोग गरी
आफ्नो भुं“डी भर्छन्
नसक्नेले अरुले खाएको डाहा गर्छन्
त्यस्तै त्यस्तै यो स्वतन्त्रता पनि
सक्नेलाई आफ्नै खुबीले पाएको
ठगीखाने भां“डोजस्तै भयो
नसक्नेलाई अप्ठ्यारो ठाउं“मा आएको
पिलोको हां“डोजस्तै भयो ।
(जनमत कविता, खण्ड १, २०६४, प्रधान सम्पादकः मोहन दुवाल, जनमत प्रकाशन, बनेपा काभ्रे)
झट्ट हेर्दा प्रगतिवादी कवि हुनहुन खोजेजस्तो छनक दिन्छन् यिनका केही कविताले, तर भईहालेको प्रमाण जुटाउन कठिन हुन्छ । यसर्थ रचनाको सरलतासं“गसं“गै कवि श्रेष्ठको विशेषता भनेको व्यङ्ग समेत बन्न पुगेको छ सृजना फां“टमा । भावकको आं“खामा यिनका सबै कविताहरु उत्कृष्ठ नहुन सक्छन् तर जेजति उत्कृष्ठ छन्, त्यसले नै कवि शान्तिनारायणलाई धवलागिरि अञ्चल र यस वरपर क्षेत्रको कविता फां“टमा सम्मानित एवं मर्यादित स्थान दिइरहेका छन् । अन्य विषयक्षेत्रका अलवा माया, पिरतीका विषयमा अधिक हौसिएर, रमाएर र फुरुङ्ग भएर उत्साहकासाथ लेख्न रुचाउने कविले नारी पात्र खडा गरी आफ्ना युगीन अनुभूतिहरुलाई कलात्मक शैलीमा सम्प्रेषण गरेकाछन् । वस्तुतः शान्तिनारायण निरस नभई सरस, रसिला र चोपिला कवि हुन् । युवावयमा चार दिन चार रातसम्म तरुनीहरुसं“ग यानीमाया, निरमाया ठूली जस्ता कां“ठेदोहोरीमा जमेको अनुभव भएका यिनले प्रेमका विषयमा राम्रै ढंगले कलम चलाउन सक्छन् । प्रेम, प्रणय, अनुराग र रसरंग यिनका लागि लेखनका ऊर्जा श्रोतहरु हुन् । सुहाउं“दो वातावरण र मनमिल्ने विपरित लिंगी जोडी पाएभने यिनले धाराप्रवाह गीति कविता कण्ठस्थ गाउन सुनाउन सक्छन् भन्छन् यिनका अन्तरंग संगातीहरु । यो कोणबाट हेर्दा यिनी छिप्छिपे सर्जक मात्र हुन् कि भन्ने अनुमान यदि कसैले गर्दछ भने त्यो सोह्रैआना गलत सावित हुन्छ । यिनका रचनाको गहिराई र अन्तरवस्तु आं“कलन गर्दा यिनले केवल आत्मतुष्टीका लागि मात्र साहित्य लेख्छन् भन्ने लाग्दैन । मायाको सागरमा नुहाएर प्रेमको मन्दिरमा धुपबत्ति अजमाउने सर्जक हुन् यिनी । यिनी आफू रोएर अरुलाई हं“साउने र आफू हां“सेर अरुलाई रुवाउने खुबी राख्छन् कविता मार्फत ।
स्रस्टा शान्तिनारायण आफ्ना कविताभित्र चुस्त दुरुस्त र मस्त जमेको देखिन्छ । उनले आफूलाई समाज र राष्ट्रप्रति जिम्मेवारीपूर्वक प्रस्तुत गर्ने जमर्को गरेका पनि छन् । जस्तो सुकै समस्या पनि वार्ता र संवादको माध्यमबाट हल गर्न सकिन्छ भन्ने कुरामा उनको अटल आस्था रहेको छ । बादे बादे जायते तत्व बोध उनको अन्तरमनको उदात्त आदर्श हो । आफूलाई उचित लागेको र सबैलाई थाहा दिनु ठीक हुन्छ भन्ने ठम्याई भएपछि यिनले आफ्ना कवितामा केही न केही सामाजिक सांस्कृतिक सन्देश घुसाई हाल्छन् । कविता, गीत, गजल, मुक्तक आदिका माध्यमबाट उपयोगी विषयलाई प्रचार प्रसार गर्न सुगम, झर्रा एवं कर्णप्रिय शब्दको चयन र सरल भाषामा प्रस्तुत गर्न सक्नु यिनको भिन्दै क्षमता हो भन्ने लाग्छ । यिनको ठम्याईमा साहित्य लेखन कोरा बुद्धिविलासको क्षेत्र मात्र नभई समाज जागरणको जिम्मेवार तत्व पनि हो । बसेकालाई उठाउन, सुतेकालाई व्यूझाउन र व्यूझेकालाई हिं“डाउन साहित्यले सेतुको काम गर्र्नु पर्दछ भन्ने ठान्दछन् यिनी ।
सारमा शान्तिनारायण श्रेष्ठ मानवीय अनुभूतिलाई जीवन्त बनाएर प्रस्तुत गर्न सक्ने क्षमता भएका सर्जक हुन् । काव्य विधानमा यिनी सामाजिक स्थिति र विसंगतिको विद्रोही पात्र भएर देखापरेकाछन् । यिनका सृजना सरसर्ती अध्ययन गर्दा कतिपय ठाउं“मा यिनी सपना बुनिरहेका देखिन्छन् । उच्चता, सभ्यता, न्याय, समृद्धि र शान्तिको सपना । वास्तवमा कवि मानसका सबै परिकल्पना र सपनाहरु अक्षरसः पुरा नहुन सक्छन् । सबै आकांक्षाहरु मूर्त नहुन सक्छन् । तर सपना नै देख्नु हुं“दैन भन्ने केही छैन । यिनले इमान्दारी र जवाफदेहिताका साथ साहित्य कोर्छन् र समयको कुरिति र बेढंगलाई खबरदारी गर्छन् यही ठूलो कुरा हो । यिनले राम्रो, जीवनदायिनी र सकारात्मक कुराको प्रशंसा गर्छन् । अबिश्रान्त लेख्नु र सकेसम्म पत्रपत्रिकाहरुमा आफ्नो रचना प्रकाशित गर्नु उनको नियमित काम हो । आगतमा पनि साहित्य सृजनामा निरन्तर लागिरहन सके भने यिनको यथोचित सोधखोज समाजले गर्ला नै । तथापि काव्य लेखनमा निखार ल्याउन यिनले थप प्रयत्न गर्ने पर्ने हुन्छ । जनताका पक्षमा लेख्न जनजीविकाका सवाललाई उधिन्नै पर्छ । लौकिक सत्यलाई पहिचान गर्ने र काव्यको आत्मा पक्रेर लेख्ने कुरामा यिनले विवेक पु¥याउने नै छन् ।

कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 भाद्र, 2077

लेखकका अन्य रचनाहरु