‘कान्छी, भट्टी र देश’ कवितामा प्रगतिवादी चेतना

- गणेशप्रसाद रिजाल

लेखसार
प्रस्तुत अध्ययनमा प्रगतिवादी स्रष्टा कृष्ण सेन ’इच्छुक’द्वारा रचना गरिएको ‘कान्छी, भट्टी र देश’ कविताको माक्र्सवादी दृष्टिकोणका आधारमा अध्ययन विश्लेषण गरिएको छ । कान्छी, भट्टी र देश कविता नारी जीवनका वेदनाको अभिव्यक्ति दिने साहित्यिक सिर्जना पनि हो । माक्र्सवादी चिन्तनका आधारमा प्रस्तुत कविताको विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य राखिएको छ । पुस्तकालय
स्रोत सामग्रीबाट सङ्कलन गरिएका तथ्यलाई वर्णनात्मक विधिको प्रयोग गरी निष्कर्ष प्राप्त गरिएकोले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । पुरुष सत्तात्मक समाजमा एक्लो भएर कान्छीले जीवन विताएका कस्टप्रद अवस्था ‘कान्छी, भट्टी र देश’ कविताका विषयवस्तु हुन् । सामन्ती शोषणको विरोध र वर्गीय मुक्तिको पक्षमा दृढ प्रतिबद्ध र मानवीय मूल्यको खोजी गरिएको प्रस्तुत कवितामा समानताको विचार मुख्य सन्देश बनेको देखिन्छ । कवितामा प्रयुक्त कान्छीबाट नेपाली समाजमा निम्न आर्थिक स्तर भएका नेपाली नारीको प्रतिनिभित्व गरिएको छ । देशमा कान्छी जस्ता आम नारीहरुको जीवन अत्यन्त कष्टकर रहेको ठहर गर्दै मुक्तिका लागि आवाज उठाउन आवश्य रहेको निष्कर्ष प्रस्तुत गरिएको यो कविता माक्र्सवादी चिन्तनका उच्चतम नमुना रहेकोे निष्कर्ष यस अध्ययनमा निकालिएको छ ।
मुख्य शब्दहरू
वर्गीय द्वन्द्व, भौतिकवाद, उदासी, क्लेश मोर्चा, बैचैन, बह, गतिशील, भट्टी, जीर्ण
१. विषय परिचय
कृष्ण सेन ’इच्छुक’ (वि.स. २०१३–२०५९) राजनीति, साहित्य र पत्रकारितामा निकै दखल भएका व्यक्तित्व हुन् । उनी नेपाली प्रगतिवादी साहित्यका एक मेघावी स्रष्टा हुन् । कवि ईच्छुक साहित्य, राजनीति, पत्रकारिता र साँस्कृतिक आन्दोलनको क्षेत्रमा निरन्तर लागिरहे । ‘इच्छुक’ २०५२ सालदेखि नेपालमा चलेको ऐतिहासिक महान् जनयुद्घको समर्थनमा साहित्य र कला मार्फत जनपक्षीय कलम चलाउने कलमजीवी हुन् । उनका कविता र काव्यमा वर्ग र सङ्घर्षका माध्यमबाट समाजको आमूल परिवर्तन गर्दै नयाँ समाज व्यवस्थाको निर्माण गर्ने उदात्त चेतानको अभिव्यक्ति पाइन्छ । उनी प्रगतिवादी धारका सशक्त कवि हुन् । प्रवृतिगत रुपमा हेर्दा सामाजिक र साँस्कृतिक परिवर्तनका लागि राजनीतिक आस्था, त्याग र बलिदानको संस्कृति बोकेर अगाडि बढ्दा सहिद भएका कवि ’इच्छुक’ क्रान्तिकारी कवि हुन् । उनका शोकाञ्जली (२०४८),बन्दी र चन्द्रागिरि (२०५७),इतिहासको यस घडिमा (२०५६) जस्ता कृतिहरू प्रकाशित छन् । यस कवितामा नेपालको आर्थिक विकृतिलाई चित्रण गरिएको छ । समानताको विचार सन्देशको रूपमा प्रकट गर्दै सामन्ती राज्य व्यस्थाको अन्त्य कवि ईच्छुकका कवितामा पाइने विशेषता हुन् । ’कान्छी,भट्टी र देश कविता’ निम्नवर्गीय नारी जीवनका वेदनाको अभिव्यक्ति दिने साहित्यिक सिर्जना हो । समाजमा एक्ली भएर कान्छीले जीवन बिताएका कष्टप्रद अवस्था यस कविताका मुख्य विषयवस्तु हुन् । कवि ’इच्छुक’द्वारा रचित ’कान्छी,भट्टी र देश कविता’ लाई माक्र्सवादी दर्शनका मूल्यमान्यताका आधारमा व्याख्या विश्लेषण गरिएको छ । उन्नाइसौँ शताब्दीको मध्यतिर (सन् १८४८)को कम्युनिस्ट घोषणा पत्रमा प्रतिपादित सिद्धान्तमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग सङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका अनि वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । साथै प्रतिपक्षको एकता र सङ्घर्ष, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन, निषेधको निषेध नियम जस्ता अन्य सैद्धान्तिक मान्यताहरू पनि मार्क्सवादमा रहेका देखिन्छन् । माक्र्सवादी दर्शनका अनुसार कृतिविश्लेषणका मुख्य आधारका रूपमा उच्च वर्गको चित्रण, उत्पादनका साधनको वितरण, श्रम र श्रमिकको चित्रण एवं पुँजीवादी शोषणका रूपहरूलाई लिइएको पाइन्छ(भट्टराई र काफ्ले,२०७७ नेखुवि मुडल) । यिनै मान्यताका आधारमा यहाँ कृतिविश्लेषणको मुख्य आधारका रूपमा उच्च वर्गको चित्रण, उत्पादनका साधनको वितरण, श्रम र श्रमिकको चित्रण एवं पुँजीवादी शोषणका रूपहरूलाई लिइएको छ। । यिनै आधारमाथि टेकेर कवि ’इच्छुक’को ’कान्छी भट्टी र देश’ कविताको विश्लेषण गरिइको छ ।
२. समस्या कथन तथा उद्देश्य
कृष्ण सेन इच्छुकको जनताका आवाजलाई आफ्ना सिर्जनाहरुमा उठाउने मुक्तिगामी मार्गदर्शक मानिन्छन् । उनको ‘कान्छी, भट्टी र देश’ कवितामा शोषित पिडित जनताको पक्षमा के कस्ता विचारहरु प्रस्तुत गरिएको छ भन्ने कुरा यस अध्ययनको मूल समस्या हो । प्रगतिवादी सिर्जनामा श्रमिक, किसान, गरिब जनताका आवाजलाई कसरी उठान गरेको हुन्छ भन्ने कुराको अध्ययन गर्न आवश्यक छ । साहित्य समाजको दर्पण भएकोले यसले आम जनताको आवाजलाई कसरी बुलन्द गरेकोे छ ? जनताको मुक्तिका खातिर साहित्यले खेल्नु पर्ने भूमिकालाई प्रस्तुत कवितामा कसरी उठाइएको छ ? जस्ता समस्याम यो अध्ययन आधारित छ ।
माथिका समस्यामा आधारित प्रस्तुत अध्ययनमा निम्न उद्देश्य लिइएको छ ः
(क) ‘कान्छी, भट्टी र देश’ कवितामा शोषित पिडित जनताको अवस्था, तिनमा विद्यमान प्रतिरोधी चेतना र तत्जन्य कार्यव्यापारको अभिव्यक्तिको विश्लेषण गर्नु ।
३. अध्ययन विधि
यस लेखमा कवि कृष्ण सेन ’इच्छुक’द्वारा रचित ’भट्टी र देश कविता’लाई माक्र्सवाादी सैद्धान्तिक मान्यताहरूका आधारमा विश्लेषण गरिएको छ । माक्र्सवादको सैद्घान्तिक परिचय, दार्शनिक मान्यता र यसका साहित्यिक मान्यता एवं दृष्टिकोणलाई अध्ययन गर्ने सन्दर्भमा पुस्तकालय एवं गुगल,युट्युबजस्ता सर्च इन्जिनमार्फत उपलब्ध सामग्रीलाई वणर्नात्मक एवम् विश्लेषणात्मक पद्धतिको प्रयोगबाट यो अध्ययनलाई निष्कर्षमा पुर्याइएको छ । सैद्धान्तिक पर्याधारका लागि माक्र्सवादका मूलभूत मान्यतालाई लिइएको छ । साथै सामग्रीको विश्लेषण गर्दा गुणात्मक अध्ययन विधि अन्तर्गत व्याख्यनवादलाई उपयोग गरिएको छ । यसैगरी विविध सन्दर्भ पुस्तक एवं यस लेखसंग सम्बन्धित सामग्रीहरुको समेत उपयोग गरिएको छ ।
४. सैद्धान्तिक पर्याधार
माक्र्सवादको दार्शनिक आधार
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सबाट व्याख्या गरिएको द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दर्शन अनुरुप साहित्यलाई हेर्ने नै साहित्य सम्बन्धी माक्र्सवादी मान्यता हो .। फायरवाखबाट भौतिकवाद र हेगेलबाट द्वन्द्ववाद सापटी लिएर त्यस दर्शनलाई विशिष्टीकृत ढङ्गले समाजपरक व्याख्या गर्न सफल रहेका यी दार्शनिकहरूले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको वैज्ञानिक विश्लेषण गरेका छन् ।. त्यस कारण प्रगतिवादको दार्शनिक आधार समाज विज्ञानको व्याख्या गर्ने सन्दर्भमा खोज गरिएको द्वन्द्ववाद र भौतिकवाद नै हो .। समाजको एउटा महत्वपूर्र्ण उपरी संरचनाको रूपमा रहेको साहित्यलाई व्याख्या गर्दा यसै दार्शनिक मान्यतालाई ऐतिहासिक विकास क्रमका आधारमा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्नु पर्ने हुन्छ ।. त्यस कारण प्रगतिवाद वा साहित्य सम्बन्धी माक्र्सवादीे मान्यतालाई पनि माक्र्सवादका निम्नानुसार शाखामा राखेर विश्लेषण गर्न सकिन्छ । भौतिक अस्तित्वलाई आदितत्व मान्ने दर्शन भौतिकवादी दर्शन हो ।. संसार र बम्हण्डको उत्पति कुनै अभौतिक विचार वा चेतनाको कारण नभई कुनै न कुनै भौतिक वस्तुकोे विशिष्ट परिवेशमा आएको रूपको परिवर्तनलाई मान्ने दर्शन भौतिकवादी दर्शन हो ।. भौतिकवादी दर्शन माक्र्सवादी दर्शनभन्दा पुरानो छ ।. माक्र्सलाई पुराना भौतिकवादी दर्शनको ज्ञानबाट आफ्नो भौतिकवादी दर्शन निर्माण गर्न सहयोग मिलेको देखिन्छ ।. वस्तु जगत वा पदार्थ र यसको गतिमयता, पदार्थ चेतनाको अन्तर सम्बन्धसित नयाँ भौतिकवाद जोडिएको छ ।. हरेक वस्तुहरू एक आपसमा एकता र सङ्घर्षको विपरीत जालोले घेरिएका हुन्छन् ।. सङ्घर्ष र एकता अन्तर सम्बन्धित हुन्छन् ।. आत्म सङ्घर्ष, अन्तर सङ्घर्ष तथा वर्ग सङ्घर्ष सँगसँगै एकता पनि जोडिएको हुन्छ ।. प्रधान अन्तर्विरोधका सामु अन्य अन्तर्विरोध कमजोर बन्न गई एकता कायम हुन पुग्छ ।. जब प्रधान अन्तर्विरोधलाई हल गरिन्छ तब नयाँ अन्तर्विरोधको सिर्जना हुन्छ ।. यसरी हरेक वस्तुमा एकता र सङ्घर्ष निरन्तर जारी रहन्छ ।.
ऐतिहासिक भौतिकवाद
माक्र्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन अनुसार भौतिकवादी विश्व दृष्टिकोण प्रस्तुत गरेका छन् . आजसम्मको मानव विकासको इतिहास, सामाजिक संरचना, समाजको स्वरूप, सामाजिक अन्तर सङ्घर्ष, क्रान्ति र परिवर्तन लगायतका विषयको व्याख्या यसै आधारमा गरेका छन् ।. उनीहरूले इतिहासको व्याख्यालाई भौतिकवादी दृष्टिबाट प्रस्तुत गरेकाले यसलाई ऐतिहासिक भौतिकवादी दर्शन भनिन्छ ।.
माक्र्सवाद सर्वहारा वर्गको त्यो विश्व दृष्टिकोण हो, जो प्रतिस्पर्धात्मक पूँजीवादी युगको सामाजिक क्रान्तिको विज्ञान हो । “यो दर्शनले मान्छेमाथि मान्छेको शोषण।दमन र उत्पीडन समूल नष्ट गर्नका लागि समाजवादी क्रान्ती र समाजवादी निर्माणको बाटो हुँदै अघि बढ्नेकुरामा जोड दिन्छ । यसले सर्वहारा वर्ग उसका हकहित र अधिकार तथा सामाजिक क्रान्तिमा उसको नेतृत्व एवम् उसको अधिनायकत्वअन्तरगत क्रान्ति निरन्तर राख्ने कुरामा जोड दिन्छ । साथै देश,काल र परिस्थितिको ठोसविश्लेषण गरेर सिद्दान्तलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।” (पन्थी युवराज २०६२) जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) द्वारा स्थापना भई संसारभर प्रसिद्ध रहेको माक्र्सवादी दर्शन उन्नाइसौँ शताब्दीको मध्य (सन् १८४८) मा कम्युनिस्ट घोषणापत्रमा प्रतिपादित सिद्धान्त हो । यसमा माक्र्सका साथै उनकै आजीवन सहकर्मी मित्र फ्रेडरिख एङ्गेल्स (सन् १८२०–१८९५) का सिद्धान्तहरू अविभाज्य रूपमा मिसिएका छन् । माक्र्सवाद एउटा विश्व दृष्टिकोण हो र यसको निर्माणमा प्राकृतिक विज्ञानका उपलब्धिहरूका साथै तत्कालीन दार्शनिक चिन्तनको सफलताले पनि महत्त्वपूर्ण स्थान ओगटेको देखिन्छ ।
यस दर्शनको सैद्धान्तिक अवधारणालाई सोभियत रूसमा व्यावहारिक प्रयोगमा ल्याउन नेतृत्व दिने भ्लादिमिर इलिच लेनिन (सन् १८७०–१९२४) तथा चिनिया भूमिको विशिष्टता सहित लागु गर्ने माओत्सेतुङ र त्यसपछिका नेता एवं विचारकका विचार तथा व्यावहारिक कार्यले अघि बढाएको पाइन्छ । यस सन्दर्भमा भनिएको छ, “माक्र्सवाद कुनै जडसूत्र वा सिद्धान्त नभएर व्यवहारलाई पथ प्रदर्शन गर्ने सदा गतिशील सिद्धान्त भएको हुनाले त्यसको सिर्जनात्मक विकास हुँदै आएको छ“ (भट्ट,२०५५ पृ. ६०९)। जुन कुराले माक्र्सवाद व्यापक तथा उदार वैचारिक मान्यता भएको पुष्टि मिल्दछ । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग सङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका अनि वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । साथै प्रतिपक्षको एकता र सङ्घर्ष, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन, निषेधको निषेध नियम जस्ता अन्य सैद्धान्तिक मान्यताहरू पनि मार्क्सवादमा रहेका देखिन्छन् । मार्क्सवादी साहित्यका मुख्य स्थापनाबारे अध्ययन गर्दा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र वर्गसङ्घर्ष जस्ता मान्यताहरू मुख्यरूपमा देखापर्ने गर्दछन् ।
द्वन्द्वात्मक भौतिकवाद कार्ल माक्र्सको दर्शनको आधारशिला हो ।. यो दर्शन नै विश्व सर्वहारा वर्गको मुक्तिको दर्शन बन्न पुगेको छ ।. यसले परम्परागत विश्व दृष्टिकोणभन्दा नयाँ र वैज्ञानिक विश्व दृष्टिकोण स्थापित गरी संसारलाई बुझ्ने र बदल्ने दिशातर्फ केन्द्रित गरायो ।. द्वन्द्वात्मक भौतिकवाद भन्ने शब्द ‘द्वन्द्ववाद’ र ‘भौतिकवाद’ गरी दुई वटा शब्द मिलेर बनेको छ . ‘द्वन्द्ववाद’ र ‘भौतिकवाद’ आफैमा पूर्ण दर्शन हुन् ।. यी दुवै दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शनभन्दा पुराना हुन् ।. द्वन्द्वात्मक भौतिकवादी दर्शनको निर्माण गर्न यी दुवै दर्शनको सहारा लिइएको भए पनि यी दुई दर्शनको योग नै माक्र्सवादी दर्शन भने चाहिँ होइन ।. माक्र्स हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादी दर्शनको संश्लेषणका रूपमा द्वन्द्वात्मक भौतिकवादी दर्शनको निर्माण गर्न सफल भए ।. त्यसैले यो विशिष्ट प्रकृतिको नवीनतम वैज्ञानिक दर्शनका रूपमा प्रतिपादित भएको छ ।.वास्तावमा द्वैत्ववाद नै द्वन्द्वात्मक भौतिकवादको जग हो भन्न सकिन्छ । समाजिक जीवनमा विद्यमान उत्पादक शक्ति र उत्पादन सम्बन्ध तथा आधार र उपरिसंरचना बीचको अन्तरर्विरोधसंग अभिन्न रुपमा गाँसिदै विकसित भएको हुन्छ । (चैतन्य,२०६६) यहाँनेर कुन कुरामा पनि ध्यान दिन जरुरी छ भने आधार र उपरिसंरचना बीचको सम्बन्ध यान्त्रिक कार्यकारण सम्बन्धजस्तो निर्धारणवादमा आधारित नभई भौतिकवादी द्धन्द्धमा आधारित हुन्छ । किनकि द्वन्द्व हुनलाई दुई पक्ष हुनु अनिवार्य मानिन्छ । जहाँ शोषक र शोषित रहन्छन् त्यहाँ अवश्य पनि द्वन्द्वको सिर्जना हुन्छ । विशेष गरी द्वन्द्वात्मक भौतिकवादले कृतिमा शोषक र शोषितबीचको वर्गद्वन्द्वको खोजी गर्ने कार्य गर्दछ ।
ऐतिहासिक भौतिकवादले भौतिक संरचनाका निर्माता श्रमजीवी मानिस मात्र हुन् भनी तिनकै समृद्ध जीवन निर्माणका निम्ति अग्रसर हुनु पर्ने र हुने श्रम पक्षधर मान्यता प्रस्तुत गरेको छ । मार्क्सवाद समाजलाई हेर्ने मात्र होइन फेर्ने दर्शन हो । यस कारण यसले कुनै पनि कुराको सामान्य सुधार मात्र होइन व्यापक एवं आमूल परिवर्तनको माग गर्दछ । यसको द्वन्द्वात्मक भौतिकवादी मान्यताको एउटा व्याख्या मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा विकास भन्ने रहेको छ । माक्र्सवादी साहित्य भन्नासाथ आमूल परिवर्तनसँग सम्बन्धित उपर्युक्त वैचारिक पक्षलाई आधार बनाएर गरिने साहित्य सिर्जना हो । यसैले कवितामा समाजका कुनै विषयलाई भावमय, सूत्रमय एवं लयात्मकताका साथ बिम्ब प्रतीक सहितको अभिव्यक्तिमा रमणीय बनाएर प्रस्तुत गरिएको हुन्छ। त्यस्तै नाटक भए संवाद र अभिनयमार्फत जीवन सन्दर्भका मार्मिक पक्षलाई दृश्यमय बनाई प्रस्तुत गरिएको हुन्छ । कथा वा उपन्यास भए कथानकीय विन्यास मार्फत जीवन यथार्थका गहिराइलाई हृदय संवेद्य बनाएर प्रस्तुत गरिएको हुन्छ । निबन्धमा पनि अनुभूतिको तरलता र अनुभवजन्यताका साथ सोही विचारलाई अभिव्यक्त गरिएको हुन्छ ।
यसले समाजको प्रधान अन्तरविरोध के हो ? समाज विकास गर्न आवश्यक वस्तुगत तथा आत्मगत परिस्थितिलाई ठोस रूपले अध्ययन गरेर समाजलाई गति दिन वैचारिक नेतृत्वकारी भूमिका खेल्न यसले बाटो देखाउने गर्छ । यो दर्शनले समाजलाई रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । ऐतिहासिक भौतिकवाद आफैँमा गतिशील छ ।
मार्क्सवादले मानव सभ्यता र समाजलाई दुई वर्गमा विभाजन भएको मान्दछ। ती हुन्( शोषक र शोषित । सम्पन्न वर्गले जहिले पनि उत्पादनका स्रोतमाथि आफ्नो अधिकार राख्न प्रयास गर्छ भन्ने विश्वास गरिन्छ। साथै निम्न वर्गलाई निरन्तर बुर्जुवा विचारधाराको आडमा वञ्चित राख्न प्रयत्न गर्दछ । शोषित(निम्न) वर्गलाई यस षड्यन्त्रको जानकारी भइसकेपछि वर्ग सङ्घर्षको भूमि तयार हुन्छ । वर्गविहीन समाज (साम्यवाद) स्थापना गर्न वर्ग सङ्घर्ष एउटा अपरिहार्य र रोकथाम प्रक्रिया हो। कृतिभित्र यस कुराको खोजी पात्रका माध्यमबाट गर्न सकिन्छ।
वर्गसङ्घर्षले पहिले वस्तुको आकारमा वृद्धि हुने र त्यसको उत्कर्ष बिन्दुपछि गुणात्मक परिवर्तन हासिल हुने व्याख्या गरेको छ । यस मान्यताले सामन्तवादी एवं पुँजीवादी शोषणका विरूद्ध मात्र होइन दलाल पुँजीपति एवम् साम्राज्यवादी क्रियाकलापको पनि डटेर विरोध गर्नु पर्ने मान्यता प्रस्तुत गरेको छ । साथै समाजलाई प्रतिगमनतिर लैजाने कुपरम्परा, मानवीय भेदभाव, धार्मिक, सांस्कृतिक अन्ध मान्यताका विरूद्ध मानव जीवन सापेक्ष स्वस्थ संस्कृतिको निर्माणको आवश्यकता वर्गसङ्घर्षका माध्यमबाट मुखरित गरेको छ । त्यसका निम्ति विद्यमान समाजमा सानातिना सुधार वा परिवर्तनले मात्र नपुग्ने भन्दै गुणात्मक रूपले नै आमूल परिवर्तनमार्फत समाजवादी र साम्यवादी समाज व्यवस्थाको निर्माण गर्नु पर्ने अवधारणा प्रस्तुत गरेको छ । प्रस्तुत सैद्धान्तिक अवधारणामा टेकेर यहाँ कृतिविश्लेषणको मुख्य आधारहरु निम्न प्रकारले बनाइएको छः।
(क) कवितामा वर्गीय चिन्तन ख)उच्च वर्गको चित्रण ग) उत्पादनका साधनहरुको असमान वितरण (घ) श्रम र श्रमिकको चित्रण ङ) भविश्यप्रति आशावादी
५.‘कान्छी’ ‘भट्टी’ र देश कविताको विश्लेषण
प्रगतिवादी कवि कृष्ण सेन ‘इच्छुक’ अन्याय र अत्याचारको चर्को विरोध र वर्गीय मुक्तिको पक्षधर कवि हुन् । कवि ‘इच्छुक’ मानवीय मूल्यको खोजी गर्ने एउटा सशक्त प्रतिभा हुन् । असमानतामा विरुद्धमा समानताको पक्षमा आवाज उठाउने प्रगतिवादी कवि कृष्ण सेन ‘इच्छुक’ अन्याय र अत्याचारको चर्को विरोध र वर्गीय मुक्तिको पक्षधर कवि हुन् । विचार प्रकट गर्दै सामन्ती राज्य व्यवस्थाको अन्त्य चाहने कवि सेनका कवितामा पाइने महत्वपूर्ण विशेषता हुन् । प्रस्तुत ‘कान्छी, भट्टी र देश’ कविता नारी जीवनका वेदनाको अभिव्यक्ति दिने सिर्जना हो । पति परदेशीयको अवस्थामा समाजमा एक्ली भएर कान्छीले जीवन बिताएका कष्टप्रद क्षणहरू ’कान्छी, भट्टी र देश’ कविताका विषय वस्तु हुन् । मन नलागी नलागी पनि भट्टी चलाउनु पर्ने कान्छीको बाध्यात्मक पक्ष हो । मनभित्र असाध्यै दुख, पीर, वेदना भए पनि हिमाली हाँसो जस्तै कान्छी बाहिरी मुस्कानले भट्टी चलाउन व्यस्त छे। जीविकाको निम्ति गरीब माइतीले दिएको थोरै दाइजोबाट कान्छीले भट्टी थापिरहेकी छे । प्रस्तुत कवितालाई माथि दिइएका उच्च वर्गको चित्रण, उत्पादनका साधनको वितरण, श्रम र श्रमिकको चित्रण एवं पुँजीवादी शोषणका रूपहरूका आधारमा निम्न तरिकाले विश्लेषण गर्न सकिन्छः ।


५.१ कवितामा वर्गीय चिन्तन
केही नगर्ने सुखी छन् परिश्रम गर्ने दुःखी छन् । राज्यको नीति नियम बाङ्गो भएर बहुसंख्यक नेपाली जनताहरु भोका र नाङ्गो हुनु पर्ने बाध्यकारी व्यवस्थामा अल्पसंख्यकले बहुसंख्यकलाई नियन्त्रण गर्ने परिपाटीमा निम्न वर्गप्रतिको पक्षधरतालाई यस कवितामा देखाइएको छ । वर्गीय समस्या नेपालको सबैभन्दा जटिल र प्रमुख समस्या हो । नेपालमा एकातिर सामन्ती उत्पादन सम्बन्ध अझै कायमै छ भने अर्कोतिर नोकरशाही पुँजीवादको विकासले राष्ट्रिय पुँजीवादको विकासमा गम्भिर अवरोध सिर्जना गरेको छ । (किरण,२०६५) कवि कृण्ण सेन ‘इच्छुक’ ’कान्छी, भट्टी र देश’ कविताको विश्लेषण कवितांशमा नेपालको आस्था आर्थिक विकृतिलाई चित्रण गर्छन् । उनी मानवीय मूल्यको खोजी गर्ने एक सशक्त प्रतिभा हुन् । समानताको विचार प्रकट गर्दै सामन्ती राज्य व्यस्थाको अन्त्य कवि सेनका कवितामा पाइने मुख्य विशेषता मानिन्छ । प्रगतिवादी कवि कृष्ण सेन ’इच्छुक’ सामन्ती शोषणको चर्को विरोध र वर्गीय मुक्तिको पक्षमा दृढ प्रतिबद्ध साहित्यकार हुन् । हिमाली सौन्दर्यको सुन्दर देशमा हिमालको सफा र ताजा हावाको पनि कान्छीको जीवनमा दुःख, कष्ट, विरह र व्याकुलता छ । यसले रक्सीका रित्ता बोतलमा बैंसालु यौवन साट्नु परेको छ । मन नलागी नलागी पनि भट्टी चलाउनु पर्ने कान्छीको बाध्यात्मक पक्ष हो । मनभित्र असाध्यै दुख, पीर, वेदना भए पनि हिमाली हाँसो जस्तै कान्छी बाहिरी मुस्कानले भट्टी चलाउन व्यस्त छे । जीविकाको निम्ति गरीब माइतीले दिएको थोरै दाइजोबाट कान्छीले भट्टी थापिरहेकी छे । यात्रु आवत जावत गरिरहेका छन् र उसको रुपको नसा पिइरहेका छन् । उ जीवनक दुर्दशा भागिरहेकी छ । उसको भात सँगै लाज, मासुसँगै आसु र रक्सीसंगै श्री बेचिरहेकी छ । उ पनि हिमालकी छोरी हो । उसका आखाबाट कोशिका अशान्त छालहरु, गण्डगीका बेचैन लहरहरु तथा ठालुका कामुक आँखाले डामिएको कर्णाली झैँ कान्छी दुःख, कष्ट र वेदना खपेका विवसताहरुलाई यहाँ कविले यस कविता मार्फत चित्रण गरेका छन् । कान्छी, भट्टी र देश कविता नारी जीवनका वेदनाको अभिव्यक्ति दिने साहित्यिक सिर्जना हो पति परदेशीएको अवस्थामा समाजमा एक्ली भएर कान्छीले जीवन बिताएका कष्टप्रद क्षणहरू ’कान्छी, भट्टी र देश’ कविताका विषय वस्तु हुन् ।
प्रस्तुत कवितालाई माथि दिइएका उच्च वर्गको चित्रण, उत्पादनका साधनहरुको असमान वितरण, श्रम र श्रमिकको चित्रण एवं पुँजीवादी शोषणका रूपहरूका आधारमा निम्न तरिकाले विश्लेषण गर्न सकिन्छः

५.२ कवितामा उच्च वर्गको चित्रण
कवितालाई रुप वा वाह्य कोणबाट हेर्ने हो भने कुनै सामन्त वर्ग त परिभाषित छैन तर सार पक्षको कोणबाट हेर्ने हो भने वर्ग विभाजित समाज र राज्यसक्तालाई प्रष्टै देख्न सकिन्छ । देशमा चलेको वर्गीय लडाईँ शोषक र सामन्ती राज्य व्यवस्थाका विरुद्घमा तल्लो वर्गका जनताहरुले उठाएको आवाजलाई लिन सकिन्छ । उच्च वर्ग उच्च वर्ग जहिले पनि निम्न वर्गको शोषणमा प्रवृत्त रहेका हुन्छन् । यस कवितामा सम्पन्न देशहरू र समाजका ठूला भनाउँदा सामन्तहरूलाई उच्च वर्गका रूपमा लिइएको देखिन्छ । कवितामा प्रयुक्त कान्छीबाट नेपाली समाजका निम्न आर्थिक स्तर भएका नेपाली नारीको प्रतिनिधित्व गरिएको छ िग्राहकको उपहाँस, हासो, कलुषित हेराइ, हेपाइ आदि सहेर पनि व्यापार चलाउनुपर्ने, हाँस्नुपर्ने विवसता भएको कान्छी भट्टीमा भात र मासु सँगसँगै आफ्ना दुस्ख, पीर, वेदना पकाउन बाध्य देखिन्छे िवेदना, असुरक्षा, छटपट्टि भोगिरहेकी कान्छीका निम्ति आफ्नै रूप र बैंस पनि शत्रु भएका छन् । उच्च वर्गका रूपमा रहेका ठालुहरूले उसको यौवनलाई खेलौना बनाइरहेको वर्णन कवितामा यसरी गरिएको छ,
“ उसका रहरहरू
मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरू हुन्
र ऊ, मानौँ, गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो।”
कवितामा नेपालजस्तो सानो तर जलस्रोत अनि सुन्दरताका दृष्टिले अति सुन्दर देशलाई विस्तारवादले पटक पटक आँखाले डामीरहेको तितो सत्यलाई प्रदशर््ित गर्दै छिमेकी देश भारतले गण्डकी, कोशी र कर्णाली जस्ता नदीहरुलाई हडप्न खोजेको वास्तविकताको बिम्बलाई ठूला ठालुहरुले गरिब कान्छीमाथि आँखा लगाउने भएकोले यहाँ राष्ट्रिय र अन्तराष्ट्यि उच्च वर्गलाई राम्रोसँग देखाइएको छ । कान्छीको हराउँदै गएको अस्मिता लाचार जीवन रक्सीका बोतलसँगै रित्तिदै गएको बैंस कान्छी र साना देशनेपालका पहिचानका रूपमा प्रस्तुत गर्दै श्रमजीवी नेपाली नारी र गरिब देशको दयनीय सामाजिक र वैश्विक परिस्थिति देखाउदै उच्च वर्गलाई शोषकका रूपमा यस कवितामा चित्रण गरिएको देखिन्छ ।। कोशीका छाल झैं बन्धक, गण्डकी झैं बेचैन कामुक आखाँले डामिएकी कर्णालीको प्रस्तुतिले नेपाली नदीनालासँगै नेपाली नारी समाजमा स्वदेशी विदेशी शोषणको गिद्धे नजर परेको यथार्थलाई पनि कविताको उल्लेखनीय ढङ्गले यसरी प्रस्तुत गरेको पाइन्छ ।
५.३ उत्पादनका साधनहरुको असमान वितरण
कवितामा रित्ता थाल,भोको पेट, थोरै खाना कचौरामा खानु पर्ने बाध्यात्मक परिस्थिति हुनुमा सोझै अनुमान लगाउन सकिन्छ कि,देशको उत्पादन सीमित व्यक्तिहरुको हातमा छ । श्रमिकहरु श्रम गर्छन् तर काम गरेको ज्याला भनेजति पाउँदैनन् ।उत्पादनका साधनको समान वितरण हुन नसकेको शाश्वत पक्षको चित्रण पनि यस कविताको अर्को महत्वपूर्ण हिस्साका रूपमा रहेको देखिन्छ । दिनरात परिश्रम गर्ने निम्न वर्गका हातमा श्रमको मूल्य पर्न नसकेका कारण विदेशीन बाध्य निम्न वर्गका पत्नीहरू यौनशोषणमा पर्नु परेको र उनीहरूको जीवनस्तर कहिले पनि माथि उठ्न नसकेको कुरालाई कवितामा यसरी वर्णन गरिएको छ,
“ चियाको किट्लीजस्तै भकभकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरूसित रित्तिरहेको बैँसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरूमा पस्केर
सन्तप्त मुस्कानहरूले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ।“
कवितामा व्यक्त कान्छी नेपाली नारीहरु जसलाई घर सम्हाल्ने जिम्मा दिइएको छ, एउटा नमूना पात्र हो । काम गरेर श्रमको मूल्य नपाएर उदासी बन्ने प्रमुख करण आर्थिक अवस्था नै हो । रक्सी बेच्नुपर्ने बाध्यकारी व्यवस्था,आधा पेट खाएर जिउनु पर्ने जिजिविषा अवसरमा असमानता नै हो । गरीबी, अभाव र अपमानमा जीवन बिताउन बाध्य कान्छी जस्ता नेपाली नारीको जीवनलाई सुखी, सम्मानित र शक्तिशालि पर्नु पर्ने सन्देश कवितामा व्यक्त भएको छ । पुरुष प्रधान समाजमा नारीको जीवन वेदनामय भएको, परदेशीयका पति र टाढिएका आफन्त सम्झेर नरकीय जीवन बिताउन बाध्य भएका नारीको चित्रण गर्दै पेशा प्रति सम्मानित मानसिकताको उदय हुनु पर्ने आवश्यकतालाई कविताको सन्देशको रुपमा प्रस्तुत गरिएको पाइन्छ ।
५.४ श्रम र श्रमप्रतिको आस्था
रक्सी मादक पदार्थ हो । यो बेच्नु समाजमा त्यति राम्रो मानिदैन । तर बाध्यता छ एक पेट खान र एकसरो लगाउन । बाध्यता बनाएको छ समस्त कान्छीहरुलाई रक्सी बेच्न र आफ्नो यौवनलाई साधन बनाउन । एउटा भट्टी(होटल) चलएर पारिवारिक गुजारा गर्दा पनि उसलाई कुदृष्टि लगाउने,हेप्ने र यौनहिंसा गर्ने सामाजिक दुर्भावनाले श्रम र श्रमप्रतिको मूल्यमा ह्रास ल्यइरहेको वर्णन यस कवितामा भएको पाइन्छ । निम्न वर्गका श्रमिकले शिक्षादीक्षा नपाउने अनि सामान्य काम गर्न थाल्दा उनीहरूलाई हेप्ने सामन्ती व्यवहारको प्रस्तुति यहाँ भएको देखिन्छ ।
“ परदेशीहरू गइरहेछन् र आइरहेछन्
कोही उसको रूपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छटपटीको तातो भुंग्रोभित्र
खिन्न सुस्केराहरूमा पीडाका धुँवाहरू फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ।“
रातदिन मनमा दुःख र पीडा राख्दै बाहिर कृतिम हाँसो हाँसेर पसल थापेकी कान्छीलाई बाटोमा आउने जानेहरु जवानीको नशा पिइरहेका छन् भने कोही सहानुभूति देखाइरहेछन् ।
५.५ भविश्यप्रति आशावादी
अन्याय र अत्याचारका विरुद्घमा नेपालमा २०५२ सालदेखि चलेको जनयुद्घमार्फत सामन्त वर्गको अन्त्य हुने र गरिब वर्गको राज्यसक्ता स्थापना हुने आशा राखिएको यस कवितामा मोर्चाबद्घ युद्घ लड्न गएका आफ्ना प्रियजनहरुलाई, सम्झदै, बोलाउँदै गर्नुले एक न एक दिन निम्न वर्गका पनि सुदिन अवश्य फर्कनेछन् भन्ने क्रान्तिपछिको समयलाई भविश्यप्रति आशावादी तथ्यको रुपमा बुझ्न सकिन्छ । पुँजीवादी शोषणका रूपहरूको ऐतिहासिक भौतिकवादी व्याख्याअनुसार सामन्तवादका सट्टा पुँजीवाद, पुँजीवादका सट्टा समाजवाद यस्तै क्रमभङ्ग र छलाङमार्फत प्राप्त हुने गुणात्मक परिवर्तनका उदाहरण हुन् । सामाजिक परिवर्तनको कुरो गर्दा पहिले मानिसमा आफ्ना हक अधिकारको सचेतनामा वृद्धि भई विभिन्न खालका विद्रोहात्मक कार्य वा सामाजिक सुधारका कामहरू हुन्छन् तथा तिनमा सफलता असफलता पनि हात लाग्न सक्छ । मार्क्सवादले यस्ता छिटफुट घटनालाई मात्रात्मक सुधारका रूपमा मात्र लिन्छ र गुणात्मक उपलब्धिका निम्ति क्रमभङ्ग र छलाङमार्फत प्राप्त हुने आमूल परिवर्तनको अपेक्षा गर्दछ । भूमिगत छापामार युद्घतर्फ सङ्केत गर्दै सम्पर्कविहिन भएर दूर छाउनी र मोर्चामा गएका आफ्ना प्रियजनहरुलाई कान्छीमार्फत व्यक्त विचारहरुलाई कवितामा यसरी प्रस्तुत गरिएको छ ः
सुदूर छाउनी र पराईका मोर्चाहरूमा बेखबर
प्रिय पति र मायालु बन्धुहरूलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ।
विजयको समयसँगै पति आउने दिनहरुलाई आमन्त्रण गरेर कान्छीमार्फत आउने परिवर्तनको आशा गरिएको छ ।
६. निष्कर्ष
प्रसिद्ध प्रगतिवादी कवि कृष्ण सेन ’इच्छुक’ माक्र्सवादी सैद्धान्तिक मान्यताप्रति प्रतिबद्ध साहित्यकार हुन् । वर्गीय चिन्तनमा आधारित जीवनमूल्यको खोजी गर्ने एक क्रान्तिकारी कवि प्रतिभा हुन् । समानताको विचार प्रकट गर्दै सामन्ती राज्य व्यस्थाको अन्त्य गरी समानतामूलक राज्य व्यवस्थाको स्थापना गर्ने सोंच राख्नु कवि सेनका कवितामा पाइने मुख्य विशेषता मानिन्छ । ‘कान्छी, भट्टी र देश’ कविता निम्न वर्गीय नारी जीवनका वेदनाको अभिव्यक्ति दिने साहित्यिक सिर्जना पनि हो । गरीवी, अभाव र अपमानमा जीवन विताउन वाध्य कान्छी जस्ता नेपाली नारीको जीवनलाई सुखी
सम्मानित पार्नु नै यस कविताको सन्देश हो । सामन्ती राज्य व्यवस्थामा ठूलाबडाहरुले कानुनलाई खेलाउने गर्छन् । त्यसैले अन्यायमा पर्दा पनि गरिव वर्गले न्याय पाउँदैनन् । त्यसैले त ईच्छुकजस्ता कलमजीवीहरु पनि पुरानो सामन्ती व्यवस्थाको अन्त्यको लागि जनयुद्दमा हाेिमएको तीतो सत्यलाई पनि देखाइएको छ । पुरूष प्रधान समाजमा नारीको जीवन वेदनामय छ । परदेश गएका पति, युद्दको मोर्चामा लड्न गएका लोग्ने र दाजुभाइ, आफन्त सम्झेर जटिल जीवन बिताउन बाध्य भएका नारीको चित्रण ’कान्छी’ पात्रमार्फत प्रस्तुत गरिएको छ ।
चर्को श्रम गरे तापनि नारी क्षेत्रमा देखिएको असमानताप्रति विरोधको भाव पनि कवितामा भेटिन्छ । कोशीका छाल झैं बन्धक, गण्डकी झैं बेचैन कामुक आँखाले डामिएकी कर्णालीको प्रस्तुतिले नेपाली नदीनाला सँगै नेपाली नारी समाजमा स्वदेशी(विदेशी शोषणको गिद्धे नजर परेको यथार्थलाई पनि कविताको उल्लेखनीय पक्षको रूपमा प्रस्तुत गरेको छ । प्रकृतिको सौन्दर्यले सिङ्गारिएको सुन्दर देश नेपालमा हिमालको सफा र ताजा हावाको रहे पनि कान्छी जस्तको जीवनमा दुःख, कष्ट, विरह र व्याकुलता रहेको कुरा कवितामा व्यक्त भएको छ । यस देशमा कान्छीले चियाको कित्लीमा दुःख, कष्ट र वेदना उमालिरहेको तथ्यलाई उजागर गरिएको छ । त्यस्तै उसले सक्सीको बोतलसँगै बैँसालु यौवन बेचिरहेको, विवसताका सुस्केरा हालेको, सन्तप्त मुस्कान र उदासी बाडिरहेको यथार्थलाई मार्क्सवादी सैद्धान्तिक मान्यता अनुसार बडो मार्मिक ढङ्गले प्रस्तुत गरिएको देखिन्छ । कविताले भविश्यप्रतिको आशावादी समयको पनि प्रतिक्षा गरेको छ । माक्र्सवादी जीवनदर्शन अनुसार अन्यायको विरोध र न्यायको समर्थन गर्ने वैज्ञानिक मान्यता हुने भएकोले न्यायपूर्ण र समतामूलक राज्यको आगमन सुनिश्चित छ भन्ने क्रान्तिप्रतिको आस्थालाई दह्रो ढंगले समर्थन गरिएको छ यस कवितामा ।
यसरी कवि कृष्ण सेन ’इच्छुक’द्वारा रचित ’कान्छी,भट्टी र देश’ कवितामा माक्र्सवादी साहित्यिक मान्यता एवं दृष्टिकोणका अनुसार उच्च वर्गको चित्रण, उत्पादनका साधनको वितरण, श्रम र श्रमिकको चित्रण एवं पुँजीवादी शोषणका रूपहरूका आधारमा विश्लेषण गर्न सकिने हुँदा यो कविता माक्र्सवादी सैद्धान्तिक मान्यता अनुरूपको एक उच्चकोटिको कविता हो भन्न सकिन्छ । यसर्थ ’कान्छी,भट्टी र देश’ शीर्षकको कविता माक्र्सवादी विचार र साहित्यिक त्तत्व दुबैको प्रभावकारी अभिव्यक्ति रहेको कविताका रूपमा लिन सकिन्छ ।

सन्दर्भ सामग्री सूची
किरण (२०६५), नेपाली समाज र संस्कृति, काडमाडौं ः विवेक सिर्जनशील प्रकाशन प्रा.लि.।
चैतन्य (२०६६), माक्र्सवाद र संस्कृति, काठमाण्डौं ः सहिद स्मृति प्रकाशन ।
पन्थी, युवराज (२०६२) राजनैतिक दार्शनिक शब्दकोष काठमाण्डौं, सहस्राब्दी प्रकाशन प्रा.लि.।
भट्ट, गोविन्द (२०५५), माक्र्सवाद नेपाली साहित्यकोश, सम्पा. ईश्वर बराल र अन्य, काठमाडौँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भट्टराई, रमेशप्रसाद र काफ्ले, रजनी (२०७७), साहित्य सिद्धान्त र उत्तरवर्ती समालोचना, ललितपुर ः नेपाल खुला विश्वविद्यालय मानभवन (नेखुवि) मुडल सामग्री ।
अनुः मास्के, राजेन्द्र पौडेल, सूर्य प्रसाद (२०६३), माक्र्स कार्ल र फ्रेडरिक एङ्गेल्स, साहित्य र कला, दो.सं., काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु