मानिसहरुमा मानवता हराएको छ ।
हत्या, हिंसा र अत्याचार बढेको छ ।।
सबैका घरमा भई रहेका छन् रिसराग ।
समुदायमा पनि छ है एकदमै भेदभाव ।।
रातो रगत र आत्मा एउटै छ मानवको ।
मान्छे मान्छेमा व्यवहार चाहिँ तनावको ।।
एउटै भनेर बुझ्नु पर्ने हो आत्मा सबैको ।
सम्बन्ध हाम्रो परम्परा हो भाइचाराको ।।
आफु मात्र राम्रो हुने सबैको बुझाई भयो ।
मानवताको परिचय र भावना कता गयो ?
आधुनिक मानिस हामीले बुझ्नु पर्छ अब ।
सम्मानजनक समाज बनाऔँ है त अब ।
लागि परौँ सबैजना असल व्यक्ति हुनलाई ।
राम्रो काम गरेर सम्मान लायक बन्नलाई ।
मानव हामी आफु बने बन्छ राम्रो परिवार ।
सामाजिक मेलमिलाप हामी सबैको धरोहर ।
सुख, सम्बृद्धि र शान्ति हामी सबैको चाहना ।
सभ्य, भव्य र असल समाज हाम्रो कामना ।
–
सालु रामेछाप , हाल ललितपुर
प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077