प्रतिबन्ध कवितामा प्रगतिवादी चेत

- यामराज गिरी

सार
प्रस्तुत लेख प्रगतिवादी , वर्गीय द्वन्द्वात्मक चिन्तन ,पूँजीवादको विरोध सामाजिक यथार्थवादका आधारमा कृष्णसेन इच्छुकद्वारा लिखित प्रतिबन्ध कविता माक्र्सवादी मान्यतामा केन्द्रित रहेको छ । वर्गीय समाजमा मानिसका विचारधारा र विचारधाराको संवहन गर्ने कला साहितय पनि वर्गीय हुन्छ । कला साहित्य श्रमद्वारा निर्मित हुने सन्दर वस्तु हुन् । कला साहित्यमा सौन्दर्य ‘सार’ (अन्तर्वस्तु) र ‘रुप’ (भाषिक र संरचनागत पक्ष ) को द्वन्द्वात्मक समष्टि हो । माक्र्सवादी सौन्दर्यशास्त्र अनुसार साहित्यमा सामाजिक यथार्थको चित्रण, सर्वहारा वर्गीय पक्षधरता, क्रान्तिकारी आशावाद र साम्यवादी लक्ष्यलाई अन्तर्वस्तु बनाइएको हुन्छ । रुप पक्षमा भाषिक कला पर्दछ । यो सरल र लयात्मक हुनुको साथै जनसाधरणका निम्ति सहज सम्प्रेष्य हुनुपर्छ । यसरी समाजवादी अन्तर्वस्तु र जनपक्षीय भाषाको द्वन्द्वात्मक सम्बन्धबाट साहित्य सुन्दर बन्दछ । प्रतिबन्ध कविता लेखक कृष्णसेन इच्छुक ( वि. सं. २०१३– २०५९ )द्वारा लेखिएको कृति हो ।प्रतिबन्ध कवितामा शासकवर्गबाट आल्हादित बनेका जनताको विद्रोहको स्वर निकालिएको छ । शासकवर्ग आफ्ना सत्ता टिकाउनका लागि वा आफ्नो अनुकूलताको लागि हरेक जनताका इच्छा , आकाङ्क्षा , स्वतन्त्रता ,मानवअधिकारका विषयलाई उजागर गर्न मान्दैन तर जनता अन्तिम अवस्था भएपछि त्यसको विद्रोहको लागि त्यसको विपक्षमा उभिएर जस्तोसुकै कठिन यात्राको सामना गर्न तयार भएको विषयलाई यस प्रतिबन्ध कविताले प्रतिनिधित्व गरेको पाइन्छ । कवितामा वर्गीयताका नाममा प्रतिबन्ध लगाउने , जातीयताका नाममा प्रतिबन्ध लगाउने , सामाजिक मूल्य मान्यताका नाममा प्रतिबन्ध लगाउने, राष्ट्रियताका नाममा हुकुमी शासनको विरुद्धमा प्रतिबन्ध, आवाजमा प्रतिबन्ध , आस्थामा प्रतिबन्ध लगाउँदैमा हामी रोकिदैँनौ । विद्रोहको स्वर उठाइरहन्छौं भन्ने मान्यता बोकेको यो कवितालाई प्रगतिवादी माक्र्सवादी विचारका आधारमा विश्लेषण गरिएको छ ।

पदर पदावलीहरु ः प्रगतिवादी , वर्ग सङ्घर्ष , सर्वहारा, विभेद ,उत्पीडन , सशक्त विद्रोह ,उत्पीडन
१.विषय प्रवेश
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त र उसको विश्वदृष्टिकोण हो । माक्र्सवादले जीवन र जगतलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीढङ्गले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र संसारको परिवर्तनको निम्ति बाटो देखाउने काम गर्ने भएकाले यो सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको हो । माक्र्सवादी जीवन र जगतको अध्ययन गर्ने एक वैज्ञानिक पद्धति पनि हो । यसले प्रकृति, जीवन, समाज र चिन्तनका चालक वा आम नियमहरूको अध्ययन गराउने र संसारलाई जस्तो छ त्यस्तै यथार्थरूपमा बुझ्ने, बुझाउने एवं संसारलाई परिवर्तन गर्ने तरीकाहरूको बोध गराउने काम गर्दछ । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन् ः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको विकास मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा भि.आई. लेनिनले भन्नुभएको छ– “माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन अतीतकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।”(लेनिन, सङ्कलित रचनाहरू, भाग १९, पृ. २५)वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्गदर्शन हो तर यो अन्य दर्शनहरूझैं अल्पसङ्ख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसङ्ख्यक सर्वहाराहरूको दर्शन हो ।
माक्र्सवाद कार्ल माक्स र पेडरिक एङ्गेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । माक्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । माक्र्सवादका तीन सङ्घटन अङ्गका रुपमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई लिइएको छ । माक्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भएकोले यो सबै खाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।माक्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्तमा आधारित छ । यसको विकसित रुप अतिरिक्त मूल्यको सिद्धान्त हो । वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्वमा आधारित छ । यसको मूल उद्देश्य र आदर्श साम्यवाद हो ।
प्रगतिवाद विश्व साहित्यकै सन्दर्भमा एक बहुचर्चित साहित्य सिद्धान्त हो । यो माक्र्सवादी जीवन दृष्टिबाट निर्देशित छ । प्रगतिको साधारण अर्थ हो वैज्ञानिक तौर तरिकाबाट भाव , विचार वा कार्यलाई गतिशीलता प्रदान गर्नु वा चलायमान गर्नु हो । साधारणतः प्रगति भन्नु विकास, अग्रगति वा उन्नति हो । विकास जीवनको भौतिक ,आर्थिक र मानसिक पक्षमा हुने गर्छ र साहित्यका सन्दर्भमा प्रगतिवादले मानव जीवनको भौतिक तथा आर्थिक विकासमा विशेष जोड दिएको हुन्छ । अध्यात्मवादी चिन्तनलाई यसले जीवनको नैसर्गिक सत्य मान्दैन । प्रगतिवाद शब्द प्रगति र वाद मिलेर बनेको हुँदा यसलाई खास समाज विज्ञानमा आधारित माक्र्सवादी दर्शनसँग सम्बद्ध साहित्यिक चिन्तन वा साहित्यिक मान्यताका रुपमा व्याख्या गरिएको छ । यसरी प्रगतिवादी शब्दको अर्थ र तात्पर्य विवेचना गर्दा प्रगतिवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनमा आधारित एउटा साहित्यिक सिद्धान्त हो भन्ने बुझिन्छ ।
प्रगतिवादलाई अथ्र्याउने र परिभाषित गर्ने सन्दर्भमा विभिन्न विद्वानहरुमा मत भिन्नता रहेको पाइन्छ । साधारणतः साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने ,वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई जोड दिने , माक्र्सवादबाट प्रभावित भई समाजको विकास उन्नति र प्रगतिमा विश्वास गर्ने साहित्यिक सिद्धान्त नै प्रगतिवाद हो भनेर अथ्र्याएको पाइन्छ । कलात्मक रुपको वस्तुगत यथार्थको कलात्मक प्रतिबिम्बन नै प्रगतिवादको मूलभूत मान्यता हो भनेर पनि अथ्र्याएको छ ।
प्रतिबन्ध कविता लेखक कृष्णसेन इच्छुक ( वि. सं. २०१३– २०५९ )द्वारा लेखिएको कृति हो । कृष्ण सेन राजनीति, साहित्य र पत्रकारितामा उत्तिकै दखल भएका व्यक्ति हुन् । सामाजिक रुपान्तरणका लागि राजनीतिक आस्था , त्याग र बलिदानको संस्कृति बोकेर आगाडी बढ्दा सहिद भएका इच्छुक क्रन्तिकारी कवि हुन् । उनका शोकाञ्जलि (२०४८) एवम् वन्दी र चन्द्रागिरी (२०५७) काव्य र इतिहासको यस घडीमा (२०५६) कवितासङ्ग्रह प्रकाशित छन् । उनका कविता र काव्यमा वर्गसङ्घर्षका माध्यमबाट समाजको आमूल परिवर्तन गर्दै नायाँ समाज व्यवस्थाको निर्माण गर्न उदात् चेतनाको अभिव्यक्ति पाइन्छ । उनी प्रगतिवादी धारका सशक्त कवि हुन् ।
प्रतिबन्ध कवितामा शासकवर्गबाट आल्हादित बनेका जनताको विद्रोहको स्वर निकालिएको छ । शासकवर्ग आफ्ना सत्ता टिकाउनका लागि वा आफ्नो अनुकूलताको लागि हरेक जनताका इच्छा , आकाङ्क्षा , स्वतन्त्रता ,मानवअधिकारका विषयलाई उजागर गर्न मान्दैन तर जनता अन्तिम अवस्था भएपछि त्यसको विद्रोहको लागि त्यसको विपक्षमा उभिएर जस्तोसुकै कठिन यात्राको सामना गर्न तयार भएको विषयलाई यस प्रतिबन्ध कविताले प्रतिनिधित्व गरेको पाइन्छ । कवितामा वर्गीयताका नाममा प्रतिबन्ध लगाउने , जातीयताका नाममा प्रतिबन्ध लगाउने , सामाजिक मूल्य मान्यताका नाममा प्रतिबन्ध लगाउने, राष्ट्रियताका नाममा हुकुमी शासनको विरुद्धमा प्रतिबन्ध, आवाजमा प्रतिबन्ध , आस्थामा प्रतिबन्ध लगाउँदैमा हामी रोकिदैँनौ । विद्रोहको स्वर उठाइरहन्छौं भन्ने मान्यता बोकेको यो कवितालाई प्रगतिवादी माक्र्सवादी विचारका आधारमा विश्लेषण गरिएको छ ।

२.अध्ययनको उद्देश्य
प्रस्तुत अध्ययनको उद्देश्य कृष्णसेन इच्छुकद्वारा लेखिएको प्रतिबन्ध कवितालाई माक्र्सवादी समालोचनाका विभिन्न आधारहरु मध्ये समाजवादी यथार्थ, वर्ग सङ्घर्ष ,पूँजीवादीरसामन्तवादी व्यवस्थाको विरोध र क्रान्तिकारी विद्रोहका आधारमा मात्र विश्लेषण गर्नु रहेको छ ।

३.अध्ययनको सैद्धान्तिक पर्याधार
वर्गीय समाजमा मानिसका विचारधारा र विचारधाराको संवहन गर्ने कला साहितय पनि वर्गीय हुन्छ । कला साहित्य श्रमद्धारा निर्मित हुने सन्दर वस्तु हुन् । कला साहित्यमा सौन्दर्य ‘सार’ (अन्तर्वस्तु) र ‘रुप’ (भाषिक र संरचनागत पक्ष ) को द्वन्द्वात्मक समष्टि हो । माक्र्सवादी सौन्दर्यशास्त्र अनुसार साहित्यमा सामाजिक यथार्थको चित्रण, सर्वहारा वर्गीय पक्षधरता, क्रान्तिकारी आशावाद र साम्यवादी लक्ष्यलाई अन्तर्वस्तु बनाइएको हुन्छ । रुप पक्षमा भाषिक कला पर्दछ । यो सरल र लयातमक हुनुको साथै जनसाधरणका निम्ति सहज सम्प्रेष्य हुनुपर्छ । यसरी समाजवादी अन्तर्वस्तु र जनपक्षीय भाषाको द्वन्द्वात्मक सम्बन्धबाट साहित्य सुन्दर बन्दछ । अन्ततः त्यस्तो सुन्दर साहित्यले साम्यवादी आदर्शको सौन्दर्य फिजाउने गर्दछ । महान द्वन्द्वात्मक भौतिकवादी दार्शनिक तथा सर्वहारा वर्गका पथ प्रदर्शक कार्लमाक्र्सको जन्म सन् १८१८ मे ५ मा जर्मनको राइन प्रदेशमा पर्ने ट्रिएर नगरमा भएको हो । यिनले पेरिसमा पुगेर समाजवादी विचार धाराको गहन अध्ययन गरे । त्यही यिनको फ्रेडरिक एङ्गेल्ससँग भेट भयो । सन् १८१८ मा यी दुवै मिलेर कम्युनिष्ट मेनिफेस्टो तयार पारे । यो घोषणा पत्र र माक्र्सको सन् १८६७ मा प्रकाशित नामक कृति साम्यवादी मार्गदर्शक दर्शन बन्न पुगे । यसैको विशिष्ट व्याख्या गरी व्यवहारमा उतार्ने काम लेलिनले गरे (शर्मा र लुइटेल, २०६१ः १३०–१३१) । यसलाई लेलिनपछि चिनियाँ जनसांस्कृतिक क्रान्तिको नयाँ संस्करण सहित समृद्ध पार्ने काम माओले गरे । यसैको समष्टिलाई व्यापक रुपमा माक्र्सवाद वा मालेमावाद भनी भनिएको हो ।
माक्र्स र एङ्गेल्सका कला र साहित्य सम्बन्धी धारण ९एयष्तिष्अब िभ्अयलयmथ० को भूमिका ९एचभाबअभ० मा अभिव्यक्त भएको पाइन्छ । मुख्यतः ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादका सामेक्षतामा मानव जीवन, समाज र यसको इतिहास अनि कला साहित्यमा रहेका सुन्दर पक्षको खोजी र्गे सौन्दर्यशास्त्रको एउटा शाखा माक्र्सवादी सौन्दर्यशास्त्र हो । विकिपिडियामा ९धष्पष्उभमष्ब, ठ ःबथ, द्दण्ज्ञठ० उल्लेख भए अनुसार “माक्र्सवादी सौन्दर्यशास्त्र सौन्दर्यशास्त्रमा आधारित तथा माक्र्सको सिद्धान्तद्वारा निर्देशित हो । यसले द्वन्द्वात्मक र भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी दृष्तिकोण सहित माक्र्सवादको उपयोग सांस्कृतिक क्षेत्रमा विशेषतः कला, सौन्दर्य र आस्वादन आदिका क्षेत्रमा गर्दछ । माक्र्सवादी दृष्टिकोणमा कला साहित्यको काम यथार्थको चित्रण गर्नु मात्र होइन तिनमा सुधारका लागि सामाजिक तथा समाजवादी यथार्थको खोजी गर्नु पनि हो ।” माक्र्सका अनुसार आजसममको सम्पूर्ण मानवसमाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो । आदिम साम्यवादी यूगमा मानिस र प्रकृतिका बिच, दासयुगमा दासमालिक र दासका बिच, सामन्ती युुगमा पाूचीपति वर्ग र सर्वहारा वर्गका स्थापना हुन्छ । यही मान्यतालाई आत्मसाथ गर्ने माक्र्सवादी सौन्दर्यशास्त्रले मानव समाजको विकासक्रममा भएका वर्गसङ्घर्ष, क्रान्ति, वीरता, आत्मोत्सर्ग र सर्वहारा वर्गको जितमा सौन्दर्य देख्दछ ।
माक्र्सवादी साहित्यमा वर्गीय समाजका वर्गीय असमानता, शोषक र शासक वर्गले गर्ने शोषण , दमन, उत्पीडन, अत्याचार, भ्रष्टाचार, राष्ट्रघात, राज्य आतङ्क, जनघात, हत्या, बलात्कार, सङ्कटग्रस्त जनजीविका, कथित, चुनाव, पैसाको खेल, जोड घटाउका कुर्सीका खेल आदि सबै कुरुप पक्ष हुन् । असुन्दर हुन् । अर्कोतिर मानज समाजको विकासक्रममा देखापरेको वर्गीय द्वन्द्व, शोषित, पीडित, मास, मजदुर, किसान र मुक्तिकामी सर्वहारा वर्गका वर्गका सङ्कल्प, एकता, प्रतिबद्धता, जनविद्रोह, जनयुद्ध,क्रान्ति, सौर्य, उत्साह, निष्ठा, आत्मोत्सर्ग, सहादत, जित र नयाँ व्यवस्थाको सूत्रपात आदि सुन्दर पक्ष हुन् । “वर्गसङ्घर्ष र त्यसै वर्गसङ्घर्षले विकास गरेको सामाजिक विकास आफैमा सुुन्दर कला हो (बराल, २०६७ः ४९) । “सामन्ती पूँजीवादी समाजका कुरुप यथार्थको चित्रण गर्दै समाजवादी र साम्यवादी विचारधाराको संवहन गर्नु नै साहित्य कलाको सौन्दर्य हो । साहित्यकोृ समालोचनाका सन्दर्भमा “लेलिनबाट माक्र्सवादी सौन्दर्यको आधारशिला अझ दरिन्छ । लेलिनले साहित्यकार र साहित्यकारलाई सर्वहारा सङ्घर्षका एक अस्त्र स्वीकार गर्दै....साम्यवादी साहित्यको आह्वान् गरेको पाइन्छ (त्रिपाठी, २०५८ः १५०) । ” लेलिनका अनुसार साहित्यले सर्वहारा वर्गका साझा उद्देश्यको अङ्ग बन्नुपर्छ । जनवादी मेसिनको दाँती र पेच बन्नुपर्छ । यसरी हेर्दा समाजवाद र साम्यवादमा नै मानज जातिको वास्तविक मुक्ति र कल्याण हुने भएकोले त्यो सुन्दर हुन्छ । यो माक्र्सवादी सौन्दर्यको सर्वोच्च मूल्य पनि हो । सत्यम, शिवम, सुन्दरम्को आध्यात्मिक पाटोलाई छोडेर वस्तुवादी भौतिकवादी सार पनि यही हो ।
माक्र्सवादी साहित्य विश्लेषणका आधार
माक्र्सवादी सौन्दर्यशास्त्रले कला साहित्य शुन्यबाट जन्मिदैन । यो सामाजिक र विचारधारात्मक हुन्छ भन्ने मान्यता राख्दछ । लेखक कलाकार सामाजिक प्राणी भएकाले उनीहरुको चेतनामा सामाजिक संरचना, वर्गीय स्थिति र त्यसका वस्तुगत यथार्थले पारेको प्रभावको क्रान्तिकारी अभिव्यक्तिका रुपमा कला साहित्य जन्मन्छ । यो लेखक कलाकारको कामबाट निर्मित सामाजिक बस्तु हो । समाज परिवर्तनको संवाहक पनि हो । यसमा समाजका सन्दर पक्षको चित्रण, वर्गीय पक्षधरता, सर्वहारा वर्गीय मानवतावाद, क्रन्तिकारी आदर्श र आशावाद जस्ता वैशिष्ट्यहरु रहेका हुन्छन् । साहित्यमा तिनै वैशिष्ट्यहरुको खोजी गरी साहित्यको विश्लेषण गरिन्छ । ती आधारहरुको वर्णन निम्नानुसार गरिएको छः
प्रगतिवादी विचार
साहित्य मानवीय श्रमकै सुन्दर सिर्जना हो । यो व्यक्तिगत भएर पनि सामाजिक हुन्छ । यसको अन्तर्वस्तुमा “मानिसका विचार, भावना, संवेदना र जीवनमूल्य संश्लेषित रुपमा अभिव्यक्त भएका हुन्छन् (वैद्य, २०६९ः५७) ।” व्यक्तिका व्यक्तिगत जीवन र सामाजिक जीवनका अन्तरविरोध र सङ्घर्षको संश्लेषित कार्य नै साहित्य हो । यसले वस्तु जगतलाई प्रमुख स्थान दिन्छ । श्रमको महिमागान गर्छ । श्रम, श्रम गर्ने वर्ग र तिनका सङ्घर्षको, सङ्घर्षमय यथार्थको कलात्मक र विशिष्ट संश्लेषणबाट साहित्य जन्मन्छ । यसमा श्रमजीवी वर्गको पक्षधरता रहन्छ । यसैको पक्षमा साहित्यकारले प्राकृतिक, सामाजिक र ऐतिहासिक बिम्बका माध्यमबाट सौन्दर्यको उद्बोधन गर्दछ । साहित्को विश्लेषण गर्दा श्रमप्रति आस्था, श्रमजीवी वर्गको पक्षधरताको खोजी र विश्लेषण गरिन्छ ।
समाजका सुन्दर र कुरुप पक्षको चित्रण
माक्र्सवादी चिन्तन अनुसार मानव इतिहास वर्गसङ्घर्षको इतिहास हो । आजसम्मको समाज विकासको समग्र लडाइँ सुन्दर र कुरुप बिचको लडाइँ हो । सुन्दर र कुरुप पनि निरपेक्ष नभएर सापेक्षित हुन्छ । “बहुदलीय व्यवस्थामा सुखसयल र मोजमस्ती गर्नेहरुका लागि त्यो सुन्दर व्यवस्था हो । तर जब शोषित–पीडित जनताको हातमा नौलो जनवादी सत्ता आउँछ ...शोषित पीडीत अधिकांश गरिबहरुको लागि त्यो स्थिति सुखद् र सुन्दर हुन पुग्छ (बराल, २०६७ः४८)।” साहित्यमा सामाजिक जीवनका सुख, दुःख, आँसु–हाँम्रो, प्रेम घृणा आदिको चित्रण गरिएको हुन्छ । यसले सामाजिक यथार्थको चत्रण गर्दै कुरुप पक्षको विनाश र सुन्दर समाज व्यवस्था निर्माणको महान् उद्देश्यलाई जोड दिन्छ । “कलाको आधार नै समाज हो । हरेक कलात्मक सिर्जनाको सम्बन्ध समाज, त्यसको उत्थान र पतनसँग हुन्छ । यसमा सामाजिक रुप परिवर्तन गर्ने शक्ति हुन्छ (सुवेदी, २०५४ ः २८६) ।” वर्गीय समाजका सबै खाले शोषण, दमन, उत्पीडन, विभेद, असमानता, शासक वर्गका सामन्ती प्रतिक्रियावादी, फाँसीवादी चरित्र, निरङ्कुशता, जनसङ्घर्षमाथि सेनाद्धारा दमन, श्वेत आतङ्क, हत्या कथित प्रजातन्त्र, चुनावी प्रहसन, कष्टप्रद जनजीविका आदि कुरुप पक्ष हुन् । यसका विपरीत वर्गीय समाजमा रहेका शोषित, उत्पीडित, दास, किसान, श्रमिक र सर्वहारा वर्ग, उनीहरुका श्रम कार्य, विचारधारा, प्रतिबद्धता वर्गसङ्घर्षका विद्रोह, क्रान्ति, जनयुद्ध, वीरता, सौर्य, त्याग, बलिदान, सहादत आदि सुन्दर पक्ष हुन् । यिनै समाज र सामाजिक व्यवस्थाका कुरुप यथार्थको क्रान्तिकारी पुनः सिर्जना गर्दै क्रान्तिकारी आदर्शको उद्बोधन गर िवैज्ञानिक समाजवादी र वर्गविहीन शोषणरहित साम्यवादी समाज निर्माणको सन्देश प्रवाह गर्नु यसको दायित्व हो ।
वर्गीय पक्षधरता र सर्वहारा वर्गीय मानवतावाद
वर्गाीय समाजमा साहित्य कला पनि वर्गीय हुन्छ भन्ने माक्र्सवादी मान्यता रहेको छ । साहित्यकार आफु हुर्केको समाजका वस्तुतथ्य, वर्गीय संरचना, उत्पादन र वितरणको प्रवृत्तिसँग परिचित हुन्छ । उसमा वर्गबोध रहन्छ त्यसैले समाजमा रहेका शासक वर्गका सामन्ती प्रवृत्ति, निरङ्कुशता, क्रुरता, शोषण, उतपीडन र कुकृत्यको विरोध गर्दै शोषित, उत्पीडित, श्रमजीवी तथा सर्वहारा वर्गका पक्षमा साहित्य सिर्जना गर्दछ । यसैलाई वर्गीय पक्षधरता भनिन्छ । साहित्यमा शोषित, उत्पीडित,शासित वर्गका प्रतिनिधिमूलक पात्र तथा सशक्त क्रान्तिकारी नाकलाई वर्गीय चेत, वैचारिक निष्ठा र क्रान्तिकारी आदर्श अनुरुप आदर्शीकरण गरिएको हुन्छ । समस्त श्रपजीवी वर्गको मुक्ति र कल्याणको भाव उद्बोधन गरिएको हुन्छ । “माक्र्सवादी सौन्दर्यशास्त्रले” सर्वहारावादी मानवतावादमा जोड दिन्छ । ( बराल, २०६७ ः ३६ ) ।” यसले विश्वजनित सन्दर्भमा विश्वसर्वहारावादी दृष्टिकोण अनुरुप सर्वहारा वर्गको अधिनायकत्वबाट समाजवाद हुँदै साम्यवादी संसार निर्माण गर्ने सङ्लल्प साहित्यमा उद्बोधन भए नभएको समेत खाजी गर्दछ । समानता, स्वतन्त्रता, वर्गविहिन साझा घर्ती, सामूहिक कल्याण र वास्तविक मुक्तिको सङ्खघोष गर्दछ । यसरी माक्र्सवादी सौन्दर्य अनुरुप साहित्यमा वर्गीय पक्षधरता र सर्वहारा वर्गीय मानवतावादको सौन्दर्य रहे नरहेको खोजी गरी समीक्षात्मक मूल्याङ्कन गरिन्छ ।
क्रान्तिकारी आशावाद र नवनिर्माणको सङ्कल्प
वर्गीय समाजमा आशा पनि वर्गीय हुन्छ । सामन्त, तानाशाह, साम्राज्यवादी सबैखाले शोषकहरुमा समाज व्यवस्था र संसारलाई शोषण, दमन, उत्पीडन र लुटको स्वर्ग बनाउने आशा हुन्छ । यसका विपरीत गरिब, किसान, श्रमिक, सर्वहाराहरुमा गरिबी, अभाव, असमानता, विभेद, उत्पीडन, श्वेत आतङ्क र कष्टप्रद जीवन भोगाइबाट मुक्तिको आशा हुन्छ । माक्र्सवादी सौन्दर्यशास्त्र अनुसार साहित्य विचारधारात्मक हुने भएकाले यसमा शोषक वर्ग, शोषणमूलक व्यवस्था र त्यसभित्रका कुरुप यर्थाथ विरुद्ध सशक्त विद्रोह र क्रान्तिका स्वरहरु ध्वनित गरिनुपर्छ । समाज परिवर्तन र नवनिर्माणको सङ्कल्प मुखरित हुनुपर्छ । “माक्र्सवादी सौन्दर्यशास्त्र निराशाको विरुद्ध आशा, अँध्यारोको विरुद्ध उज्यालोको पक्षमा आवाज उठाउने सौन्दर्य सिद्धान्त हो । यसले श्रमजीवी वर्गको पक्षधरता लिदै वर्गसङ्घर्षका लागि अभिप्ररित गर्छ (ऐ, २०६९ ः ३५) ।” साहित्यमा पात्रहरु युगसचेत, वर्गसचेत, क्रान्तिकारी, जुझारु र आशावादी चरित्रका हुनुपर्छ । तिनमा हरेक युग र व्यवस्थाका शोषण–उत्पीडनमूलक प्रतिक्रियावादी कुरुप यथार्थलाई बदलेर शोषणविहीन, वर्गविहीन समाज अर्थात समाजवादी र साम्यवादी सुन्दर समाज निर्माण गर्ने क्रान्तिकारी आशा हुनुपर्छ । यसैलाई क्रान्तिकारी आशावाद भनिएको छ । “आशा जीवनको गति हो । सही तथा वैज्ञानिक दृष्टिकोण भनेको क्रान्तिकारी आशावादी विश्व दृष्टिकोण हो (वैद्य, २०६७ ः१६) ।” यही दृष्टिकोण आत्मसात गरेका पात्रहरु हाँसी, हाँसी फाँसी चढ्छन्, वर्गयुद्ध वा जनयुद्धता यही निष्ठाका साथ आत्मोत्सर्ग गरी सहादत प्राप्त गर्दछन् । आफु मरेर गए पनि तमाम मुक्ति योद्धाहरु जन्मने र तिनले सुनौलो संसार निर्माण गरी छाड्ने छन् भन्ने कुरामा उनीहरु दृढ हुन्छन् । यसरी माक्र्सवादी सौन्दर्यले साहित्य र त्यसका पात्रहरुमा क्रान्तिकारी विद्रोही चेतना र क्रान्तिकारी आशावाद रहे नरहेको खोजी र्दशन, समाज र कलासाहित्यमा सोन्दर्यका विविध आयाम रहेका हुन्छन । सुन्दर र सौन्दर्यका विविध आयामहरुको अध्ययन गर्ने शास्त्रलाई सौनदर्यशास्त्र भनिन्छ । “सौन्दर्यशास्त्र मूलतः दार्शनिक विज्ञान हो (बराल, २० ) ।” यसले प्रकृति, समाज मानव जीवन र कलाकृतिलाई दार्शनिक दृष्टिले हेर्दछ । यसका लागि अध्यात्मवादी र र्भातिकवादी धार रहेका छन्े । पूर्वमा यो ईश्वर, अलौकिक शक्ति, आदर्श र निरपेक्ष सत्यसँग सम्बन्धित रहेको छ । यो सत्यम्, शिवम्, सुन्दरम्को सर्वोच्च मूल्यसगँ जोडिन्छ । यही आलोकमा समाज, मानव जीवन र कलाकृतिलाई हेरिन्छ । सौन्दर्यको परख गरिनछ । पश्चिममा पुनर्जागरण काल अघि माक्र्सवादको उदयपुर्व यसमा मूख्यतःअध्यात्मवादी, आदर्शवादी मूल्य जोडेर त्यसकै आलोकमा वस्तु, समाज, व्यवस्था, मानव जीवन र कलाकृतिका सन्दरताको निरुपण गरिन्थ्यो । माक्र्सवादको उदयपछि सौन्दर्यशास्त्र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका कसीमा सौन्दर्यको खोजी गर्ने मान्यता स्थापित भयो । यसरी प्रकृति, समाज, मानव जीवन र कलासाहित्यमा सौन्दर्यको परख गर्ने शास्त्र नै सौन्दर्यशास्त्र हो ।

४.अध्ययन विधि÷प्रक्रिया
यस लेखको अध्ययन कार्य गर्नका लागि सर्वप्रथम पुस्तकालय कार्यबाट सामग्री छनोट कार्य गरिएको छ । माक्र्सवादी मान्यताका आधारमा कृष्ण सेन इच्छुकद्वारा लेखिएको प्रतिबन्ध कवितालाई प्रगतिवादी चेतका आधारमा सङ्कलित सामग्रीलाई वर्णनात्मक, विश्लेषणात्मक ढङ्गबाट अध्ययन कार्यलाई पूरा गरिएको छ । प्रस्तुत अध्ययनका लागि पूर्णतः पुस्तकालीय अध्ययन कार्य र द्वितीयक स्रोतका रुपमा सैद्धान्तिक पुस्तक,अनुसन्धानात्मक लेख मुडलमा राखिएका सामग्रीबाट अनुसन्धानलाई पूर्णता दिइएको छ । यो अध्ययन गुणात्मक ढाँचाको भएकोले शाब्दिक तथा तार्किक ढङ्गले व्याख्या विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
५.अध्ययनको सीमा
प्रस्तुत अध्ययनलाई माक्र्सवादी समालोचनाका विभिन्न आधारहरु मध्ये समाजवादी यथार्थ, वर्ग सङ्घर्ष ,पूँजीवादीरसामन्तवादी व्यवस्थाको विरोध र क्रान्तिकारी विद्रोहका आधारमा मात्र विश्लेषण गर्नुमा सीमित गरिएकोे छ ।

६.अध्ययनको औचित्य
प्रस्तुत अध्ययन माक्र्सवादी मान्यताका आधारमा प्रगतिवादी सिद्धान्त अनुसार कृष्ण सेन इच्छुकद्वारा लेखिएको प्रतिबन्ध कवितालाई सामाजिक यथार्थवाद, वर्ग सङ्घर्ष ,पूँजीवादीरसामन्तवादी व्यवस्थाको विरोध , क्रान्तिकारी स्वरको के कस्तो रहेको छ ? भन्ने विषयमा अध्ययन गरिएको छैन त्यसैले प्रस्तुत अध्ययनसँग सम्बन्धित पक्षको अध्ययन गर्ने र गर्न चाहनेहरुका लागि उपयोगी भएकाले औचित्यपूर्ण रहेको छ ।
७.प्रतिबन्ध कविताको व्याख्या र विश्लेषण
कला कलाका लागि होइन, जीवनको लागि हुनुपर्छ र साहित्य सुन्दरताको बोध र आनन्द प्राप्तिका लागि मात्र होइन, जीवनको उदात्तता र समाजको उन्नतिका लागि हुनुपर्छ भन्ने कुरा माक्र्सवादी साहित्यमा स्थापित मान्यता हो । माक्र्सवादी साहित्यले विसङ्गतिवादी, प्रयोगवादी, स्वछन्दतावादी तथा उत्तरआधुनिकतावादी चिन्तन पद्धतिहरूलाई अस्वीकार गर्छ र उपेक्षित, उत्पीडित र प्रताडित जनताको पक्षमा वकालत गर्छ । दार्शनिकहरूले संसारको व्याख्या गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो (माक्र्स) भन्ने मूल भावनालाई यसले आत्मसात् गर्छ र मुख्य कुरो, “न विगत राम्रो थियो, न वर्तमान सन्तोषजनक छ र न भविष्य आशालाग्दो छ ।” भन्ने विसङ्गतिवादी (शून्यवादी) चिन्तनका विरुद्ध माक्र्सवादले “विगत सन्तोषजनक थिएन होला, वर्तमान सङ्घर्षपूर्ण छ तर भविष्य सुन्दर र आशावादीपूर्ण हुनेछ” भन्ने पक्षमा जोड दिदै आफ्नो सिर्जना केन्द्रित गर्छ । त्यसैले माक्र्सवादी साहित्य एउटा उत्कृष्ट साहित्य हो । यसले आशावादी र सङ्घर्षपूर्ण जीवनलाई सुन्दर, स्वतन्त्र, उदात्त र जीवन्त बनाइराख्न मद्दत गर्छ ।
७.१ प्रतिबन्ध कवितामा समाजवादी यथार्थता
प्रतिबन्ध कवितामा कृष्णसेन इच्छुकले जुनसुकै परिस्थिति बदलिए पनि शोषण गर्ने शासकहरुको विचार फेरिएको छैन हरेक विषयमा प्रतिबन्ध लगाउँदै आफ्नो शासन प्रणालीको नराम्रै भए विरोध गरी नबोल भनी आदेश दिइरहेका छन् । जनताका आफ्ना आफ्ना आस्था र विचार हुन्छन् तर तिनी विचारहरुलाई व्यक्त नगर र फरक आस्थामा नजाऊ भन्ने गरिरहेका छन् । उनले प्रतिबन्ध कवितामा यसरी व्यक्त गरेका छन् ः
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाऊ न गाऊ
हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि¥याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
यसरी कवि इच्छुकले प्रतिबन्ध कवितामा बाहिर देखावटी रुपमा एउटा रुप र भित्री रुपमा फरक भएको अहिलेको सामाजिक यथार्थलाई व्यक्त गरेको पाइन्छ । स्वरमा प्रतिबन्ध लगाउँने , ओठमा ताल्चा झुण्डाउने तर गाऊ भन्ने विचारमा प्रतिबन्ध लगाउने , हातमा हत्कडी पहि¥याउने लेख्न त लेख तर यो गीत नलेख भन्ने दोहोरो चरित्र भएका व्यक्तिहरुको शासन पद्धतिमा हावी भइरहेको यथार्थलाई स्पष्ट पारेका छन् ।
७.२ प्रतिबन्ध कवितामा पूँजीवादी तथा सामन्तवादी व्यवस्थाको विरोध
प्रतिबन्ध कवितामा कविले जस्तो सुकै अवस्थामा पनि शासक वर्ग पूँजीपतिको पक्षमा लिप्त भएको हुन्छ भन्ने विषयलाई प्रस्तुत गरेका छन् । मान्छेका सामूहिक उन्नति र प्रगतिको भावनालाई नष्ट गरी मान्छेलाई व्यक्तिवादी सङ्कीर्णतातर्फ उन्मुख गराउने , समाजका शोषक– शोषित, धनी–गरीब , ठूलो–सानो र विभिन्न जात जाति तथा छुत –अछुतको पर्खाल उभ्याएर सामाजिक स्वार्थको संवर्धन गर्ने पूँजीवादी वा सामन्तवादी , साम्राज्यवादी वा विस्तारवादी धारणाको विरोध र विद्रोह गर्नु नै प्रगतिवाद भएकाले प्रतिबन्ध कवितामा कविले यसरी विरोध गरेको पाइन्छ ः
ओ शासक र प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छाँै ।
उठाइरहन्छौँ हामी तिम्राविरूद्ध संघर्षको हातहरू


७.३ प्रतिबन्ध कवितामा वर्ग सङ्घर्ष
आदिम युगदेखि विद्यमान अवस्थासम्मको सामाजिक संरचनालाई कालक्रमिक रुपले विश्लेषण गर्दा सामन्तवर्गबाटै गरिँदै आएको निर्दयी , कु्रर तथा दानवी व्यवहार र पूँजीको आधारमा गरिने विभेद तथा श्रमजीवी वर्गका श्रम र पसिनाको शोषण जस्ता प्रवृतिबाट आक्रान्त भएको समाजलाई नवीन युग चेतनाद्वारा ब्युँझाउँदै पूँजीवादी तथा सामन्तवादी शक्तिप्रति विद्रोहात्मक क्रान्ति चेतना फैलाउने र संसारका बहुसङ्ख्यक श्रमजीवी वर्गको सङ्घर्षलाई सङ्गठित गराउने कार्यमा प्रगतिवाद सदा समर्पित रहेको पाइन्छ । यस कवितामा पनि कविले वर्गद्वन्द्वको विषयलाई यसरी प्रस्तुत गरेको पाइन्छ ः
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छाँै ।
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिंडिरहन्छौँ ।
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छाँै ।
यसरी कविले वर्गसङ्घर्षका विषयलाई आफ्ना कविताका माध्यमबाट शाषक र शोषित वर्गका विषयमा केही समयसम्ममा शाषकले शासन गरे पनि शोषित वर्गले त्यसको चेतको माध्यमबाट सङ्घर्ष निरन्तर जारी गर्दै जाने विषयलाई उल्लेख गरेको पाइन्छ ।
७.४ प्रतिबन्ध कवितामा विभेदकारी नीतिमा विद्रोह
कृष्ण सेन ‘इच्छुक’ साम्यवादी आदर्शका निष्ठावान् कवि हुन् । प्रतिबन्ध कवितामा युगौदेखि वर्तमानसम्म शासक वर्गले शोषण गरिरहेको अवस्थामा नेपाललाई सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादबाट मुक्त, स्वाधीन, समुन्नत र सुखी राष्ट्रमा परिवर्तन गर्ने सपना देखे । उनी शव्द र कर्ममा एक भए, एउटै जीवन बाँचे, दोहोरो वा दुई किसिमको जीवन बाँचेनन् । यो नै उनको विशेषता हो । उनले उत्पीडित जनताका कविता लेखे र समाज परिवर्तनमा क्रियाशील मानिसहरूको गाथा गाए । दमनको प्रतिरोधमा रचेको कविता कवितामध्ये प्रतिबन्ध कवितामा पनि इच्छुकले विभेदकारी नीतिको विरोध जनाएका छन् । सदियौंदेखि शोषित बन्दै आएका शोषक वर्गको विरोध यस कवितामा पनि पाइन्छ ः
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छाँै ।
उठाइरहन्छौँ हामी तिम्राविरूद्ध संघर्षको हातहरू
कसिरहन्छौँ हामी तिम्राविरूद्ध विद्रोहका मुठ्ठीहरू
ओ अत्याचारका पहरेदारहरू !
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।

७.५ प्रतिबन्ध कवितामा प्रगतिवादी चिन्तन
प्रतिबन्ध कवितामा प्रगतिवादी चिन्तन प्रस्तुत भएको पाइन्छ । समाजलाई ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्ने र वर्गीय असमानता र शोषण उत्पीडन अन्त्य गर्ने उद्देश्य कविले लिएको देखिन्छ । वर्गीय समाजमा आशा पनि वर्गीय हुन्छ । सामन्त , तानाशाह , साम्राज्यवादी सबै खाले शोषकहरुमा समाज व्यवस्था र संसारलाई शोषण , दमन, उत्पीडन र लुटको स्वर्ग बनाउने आशा हुन्छ । यसका विपरीत गरिब , किसान, श्रमिक , सर्वहाराहरुमा गरिवी अभाव , असमानता , विभेद ,उत्पीडन , श्वेत आतङ्क र कष्टप्रद जीवन भोगाइबाट मुक्ति आशा हुन्छ । प्रगतिवादी विचार अनुसार शोषकवर्ग ,शोषकमूलक व्यवस्था र त्यस भित्रका कुरुप यथार्थ विरुद्ध सशक्त विद्रोह र क्रान्तिका स्वरहरु ध्वनित गरिनुपर्छ । साहित्यका पात्रहरु युग सचेत , वर्ग सचेत ,क्रान्तिकारी ,जुझारु र आशावादी चरित्र हुनुपर्छ । तिनमा हरेक युग र व्यवस्थाका शोषण उत्पीडनमूलक प्रतिक्रियावादी कुरुप यथार्थलाई बदलेर शोषणविहीन , वर्गविहीन , समाज अर्थात समाजवादी र साम्यवादी सुन्दर समाज निर्माण गर्ने क्रान्तिकारी आशा हुनुपर्छ ।

८. निष्कर्ष
वर्गीय समाजमा मानिसका विचारधारा र विचारधाराको संवहन गर्ने कला साहितय पनि वर्गीय हुन्छ । कला साहित्य श्रमद्धारा निर्मित हुने सन्दर वस्तु हुन् । कला साहित्यमा सौन्दर्य ‘सार’ (अन्तर्वस्तु) र ‘रुप’ (भाषिक र संरचनागत पक्ष ) को द्वन्द्वात्मक समष्टि हो । कला कलाका लागि होइन, जीवनको लागि हुनुपर्छ र साहित्य सुन्दरताको बोध र आनन्द प्राप्तिका लागि मात्र होइन, जीवनको उदात्तता र समाजको उन्नतिका लागि हुनुपर्छ भन्ने कुरा माक्र्सवादी साहित्यमा स्थापित मान्यता हो । माक्र्सवादी साहित्यले विसङ्गतिवादी, प्रयोगवादी, स्वछन्दतावादी तथा उत्तरआधुनिकतावादी चिन्तन पद्धतिहरूलाई अस्वीकार गर्छ र उपेक्षित, उत्पीडित र प्रताडित जनताको पक्षमा वकालत गर्छ । प्रगतिवाद विश्व साहित्यकै सन्दर्भमा एक बहुचर्चित साहित्य सिद्धान्त हो । यो माक्र्सवादी जीवन दृष्टिबाट निर्देशित छ । प्रगतिको साधारण अर्थ हो वैज्ञानिक तौर तरिकाबाट भाव , विचार वा कार्यलाई गतिशीलता प्रदान गर्नु वा चलायमान गर्नु हो । प्रगतिवादलाई अथ्र्याउने र परिभाषित गर्ने सन्दर्भमा विभिन्न विद्वानहरुमा मत भिन्नता रहेको पाइन्छ । साधारणतः साहित्यलाई समाजको उपज मान्दै सामाजिक यथार्थको अभिव्यक्तिमा जोड दिने ,वैयक्तिक आनन्दलाई भन्दा समाजको भौतिक विकासलाई जोड दिने , माक्र्सवादबाट प्रभावित भई समाजको विकास उन्नति र प्रगतिमा विश्वास गर्ने साहित्यिक सिद्धान्त नै प्रगतिवाद हो भनेर अथ्र्याएको पाइन्छ । कलात्मक रुपको वस्तुगत यथार्थको कलात्मक प्रतिबिम्बन नै प्रगतिवादको मूलभूत मान्यता हो भनेर पनि अथ्र्याएको छ ।
प्रतिबन्ध कविता लेखक कृष्णसेन इच्छुक ( वि. सं. २०१३– २०५९ )द्वारा लेखिएको कृति हो । प्रतिबन्ध कवितामा शासकवर्गबाट आल्हादित बनेका जनताको विद्रोहको स्वर निकालिएको छ । शासकवर्ग आफ्ना सत्ता टिकाउनका लागि वा आफ्नो अनुकूलताको लागि हरेक जनताका इच्छा , आकाङ्क्षा , स्वतन्त्रता ,मानवअधिकारका विषयलाई उजागर गर्न मान्दैन तर जनता अन्तिम अवस्था भएपछि त्यसको विद्रोहको लागि त्यसको विपक्षमा उभिएर जस्तोसुकै कठिन यात्राको सामना गर्न तयार भएको विषयलाई यस प्रतिबन्ध कविताले प्रतिनिधित्व गरेको पाइन्छ । कवितामा वर्गीयताका नाममा प्रतिबन्ध लगाउने , जातीयताका नाममा प्रतिबन्ध लगाउने , सामाजिक मूल्य मान्यताका नाममा प्रतिबन्ध लगाउने, राष्ट्रियताका नाममा हुकुमी शासनको विरुद्धमा प्रतिबन्ध, आवाजमा प्रतिबन्ध , आस्थामा प्रतिबन्ध लगाउँदैमा हामी रोकिदैँनौ । विद्रोहको स्वर उठाइरहन्छौं भन्ने मान्यता बोकेको यो कवितालाई प्रगतिवादी माक्र्सवादी विचारका आधारमा विश्लेषण गरिएको छ ।
प्रगतिवादी साहित्यले मानव समाजको इतिहास , वर्गसङ्घर्षका स्वरहरु , सर्वहारा वर्गको पक्षपोषण ,शोषण , दमन, उत्पीडन ,अन्याय , अत्याचारको विरोध गर्दै विद्रोह तथा आमूल परिवर्तनकारी क्रान्तिको आव्हान गर्दछ । प्रगतिवादी साहित्यले एउटा वर्गको पक्ष लिने र अर्को वर्गको विरुद्ध विद्रोह गर्ने मात्र होइन , त्यसले त नवीन समाज सिर्जनाका निम्ति सहयोग पनि गर्दछ । युग निर्माणका असङ्ख्य श्रमजीवी तथा शोषित , उत्पीडित जनताको न्यायिक सङ्घर्ष र उनीहरुको सुनौलो भविष्यलाई निर्देशित गर्दछ ।

सन्दर्भसामग्री सूची
त्रिपाठी , वासुदेव (२०५८).पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग –२.काठमाडौंःसाझा प्रकाशन ।
बराल,ऋषिराज ( २०५२). माक्र्सवाद र उत्तर आधुनिककतावाद . ललितपुर ः साझा प्रकाशन ।
वैद्य,मोहन(२०६७) . क्रान्ति र सिद्धान्त.काठमाडौंः विवेक सिर्जनशील प्रकाशन ।
वैद्य,मोहन(२०६९).माक्र्सवादी सौन्दर्य चिन्तन . ललितपुर ः साझा प्रकाशन ।
भण्डारी , पारसमणि (२०७६). प्राज्ञिक लेखन तथा सम्पादन .काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६१). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।
सुवेदी , राजेन्द्र (२०६८). बन्दी र चन्द्रागिरिका कवि इच्छुक विचार , कला र संवेदनाको सङ्गममा भण्डारी , जगदीशचन्द्र र पाण्डेय, ताराकान्त (सम्पा.) प्रतिनिधि नेपाली समालोचना .काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
सेन ,कृष्ण (२०५७).प्रतिबन्ध , इच्छुक साँस्कृतिक प्रतिष्ठान (सम्पा.२०६४). इच्छुक रचनावली . काठमाडौंः इच्छुक साँस्कृतिक प्रतिष्ठान ।


वीरेन्द्रनगर, सुर्खेत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 भाद्र, 2077

लेखकका अन्य रचनाहरु