नारीवादी चिन्तनका आधारमा मानुषी कविता

- यामराज गिरी

सार
प्रस्तुत लेख नारीवादी चिन्तनका आधारमा पारिजातद्वारा लिखित मानुषी कवितालाई नारीवादी मान्यतामा केन्द्रित रहेको छ । नारीको पक्षमा गरिने वकालत नारीवाद हो । नारीविरुद्ध लिङ्गकै आधारमा गरिने भेदभाव, सामाजिक, राजनैतिक, आर्थिक तथा वैचारिक शोषण विरुद्ध आन्दोलनका रूपमा स्थापित चिन्तन नारीवाद हो । नारीवाद धेरै पहिलेदेखि आन्दोलनका रूपमा चलेको र बीसौँ शताब्दीको मध्यतिर उत्तरआधुनिक साहित्यको सशक्त आन्दोलनका रूपमा स्थापित भएको पाइन्छ । नारीवादी आन्दोलनमा विशेषतः पाश्चात्य जगत्का नारी प्रतिभाहरूले महत्वपूर्ण योगदान दिएका छन् । नारीको हक,अधिकार र समानताका लागि आवाज उठाउने चिन्तनको रुपमा उब्जिएको नारीलाई केन्द्रमा राखेर कृतिको अध्ययन र विश्लेषण गर्ने समालोचना पद्धतिको सुरुवात भएको पाइन्छ । नारीप्रतिका अन्यायपूर्ण सामाजिक व्यवहार र सोचको विरोध गर्ने चिन्तन राजनीति , समाजका नेतृत्व तह , सामाजिक मूल्य मान्यता तथा साहित्यिक लेखनमा समेत नारीको पुरुष सरह अवस्थाको अपेक्षा राख्ने वैचारिक लडाइँका रुपमा नारीवादी चिन्तनलाई लिइन्छ । नारी अस्मिता र महत्वको पुनः स्थापनामा जोड दिइएको कविता मानुषी हो । आदि कालमा सम्पन्न र सम्मानित नारी सभ्यताको विकाश संगै दुर्बल र कम्जोर हुन पुगेको विषयलाई कवितामा व्यक्त गरिएको छ । पितृसत्ता र पुरुषको शोषणले वर्तमान समयमा नारीहरु परनिर्भर, असुरक्षित र दरिद्र भएको यथार्थ प्रति आक्रोश प्रकट गरिएको छ । नारी पक्षमा वकालत गरी रचना गरिएको यस मानुषी कवितामा पुरुषले गर्न सक्ने सबै काम नारीले गर्न सक्छे, पुरुष जीवनका अधिकांस अनुभूति नारीले गर्न सक्छे तर नारीका अत्यन्त गहिरो र बेग्लै अनुभूति पुरुषले गर्न नसक्ने तथ्य व्यक्त गरिएको छ । सामन्ती शोषणले दाइजोको लागि नारीलाई पशुगत व्यवहार गरेको र आफ्नो अस्मिता जोगाउन सङ्घर्ष गर्दै आउनु परेको यथार्थलाई कवितामा देखाउँदै नारीलाई मानवीय व्यवहार गरिनुपर्ने विचार प्रकट भएको छ ।
पदर पदावलीहरु ः रजस्वला, अस्मिता, कलङ्क, प्रसव, गर्भधारण , अस्तित्ववादी
१.विषयप्रवेश
नारीवाद (फेमिनिजम) शब्दको प्रथम प्रयोगः (फ्रान्समा सन् १८७१ मा पुरुषको स्वास्थ परीक्षण गर्दा पुरुषमा नारीगुण पाएपछि त्यसलाई बुझाउन प्रयोग गरिएको शब्द हो । महिला आन्दोलनमा चाहिँ यसको प्रयोग सन् १८९० देखि भएको हो(भट्टराई,२०७६) । परिवारबाट निर्मित सांस्कृतिक पहिचान व्यक्तिगत रुपमा प्रकट हुन्छ र विस्तारै त्यसले सामाजिक रुप ग्रहण गर्दछ । सामाजिक स्तरमा पुगेपछि सामाजिक आर्थिक सम्बन्धहरु जोडिँदै जान्छन् र समाजमा पुरुष र महिला सम्बन्धी मान्यताहरु निर्माण हुन्छन् । यसले पुरुष र महिलाको भिन्न भूमिकाको निर्धारण गर्दछ । नारीको हक,अधिकार र समानताका लागि आवाज उठाउने चिन्तनको रुपमा उब्जिएको नारीलाई केन्द्रमा राखेर कृतिको अध्ययन र विश्लेषण गर्ने समालोचना पद्धतिको सुरुवात भएको पाइन्छ । नारीप्रतिका अन्यायपूर्ण सामाजिक व्यवहार र सोचको विरोध गर्ने चिन्तन राजनीति , समाजका नेतृत्व तह , सामाजिक मूल्य मान्यता तथा साहित्यिक लेखनमा समेत नारीको पुरुष सरह अवस्थाको अपेक्षा राख्ने वैचारिक लडाइँका रुपमा नारीवादी चिन्तनलाई लिइन्छ । नारीप्रतिको पश्चगामी चिन्तनलाई बदल्न र समाजको विकास गर्न बनेको मानवतावादी चिन्तनले नारीलाई सक्षम , सबल र पुरुष सरह प्रतिस्पर्धात्मक बनाउन क्षमता विकास र सशक्तिकरणमा जोड दिने , नारीको हक ,अधिकार र समानताका लागि आवाज उठाउनुका साथै नारीलाई केन्द्रमा राखेर कृतिको अध्ययन विश्लेषण गर्नु नै नारीवादी विश्लेषणका रुपमा लिइन्छ (ढकाल, २०७६)। नारीलाई अन्यायपूर्ण सामाजिक व्यवहार र सोचको विरोध गर्दै राजनीति , समाजका नेतृत्व तह, सामाजिक मूल्यमान्यता तथा साहित्यिक लेखनमा समेत नारीको पुरुष सरह अवस्थाको अपेक्षा राख्ने वैचारिक लडाइँको रुपमा लिइएको पाइन्छ । नारीप्रतिको पश्चगामी चिन्तनलाई बदल्न र समाजको विकास गर्न बनेको मानवतावादी चिन्तन,नारीलाई सक्षम, सबल र पुरुष सरह प्रतिस्पर्धात्मक बनाउन क्षमता विकास र सशक्तीकरणमा जोड दिने चिन्तन गर्दै नारीको हक, अधिकार र समानताका लागि आवाज उठाउने , नारीलाई केन्द्रमा राखेर कृतिको अध्ययन र विश्लेषण गर्ने समालोचना पद्धति नै नारीवादी विचारधारालाई मान्न सकिन्छ ।
मानुषी (२०५०) कविताका लेखक पारिजात हुन् । पारिजातको (वास्तविक नाम विष्णुकुमारी वाइबा, (वि. सं. १९९० –२०५० ) नेपाली साहित्यकी एक सशक्त् प्रतिभा हुन् । उनी उपन्यासकार , कवि , कथाकार, निबन्धकार र नाटककार हुन् । उनका आकाङ्क्षा , पारिजातका कविता , बैसालु बर्तमानजस्ता कवितासङ्ग्रहहरु प्रकाशित छन् । शिरिषको फूल , महत्ताहीन , अनिदो पहाडसँगै , परिभाषित आखाहरुलागायत नौवटा उपन्यास , आदिम देश , सालृगीको बलात्कृत आँसु , वधशाला आउँदा जाँदाजस्ता कथासङ्ग्रह तथा संस्मरण र नाटकसमेत लेखेकी पारिजात मूलतः प्रगतिवादी साहित्यकार हुन् । निस्सारता , विसङ्गति र अस्तित्ववादी चेतनाका अभिब्यिक्तिबाट थलिएको उनको लेखनका पछिल्लो चरणमा प्रगतिवादी स्वर प्रखर बनेको छ । नयाँ चेतनाको संवाहक बनेका उनका लेखनमा नेपाली निम्न वर्ग , महिला, दलित , जनजातिका समस्याको चित्रण गरिएको हुन्छ र तिनको मुक्तिको समेत उद्घोष गरिएको हुन्छ । नेपाली समाजका विकृतिलाई खोतलेर मान्छेको जिवनबोधा र मूल्यबोधप्रति सचेत पारिजात नारी लेखनका दृष्टिले समेत उत्कृष्ट छिन् ।
नारी अस्मिता र महत्वको पुनः स्थापनामा जोड दिइएको कविता मानुषी हो । आदि कालमा सम्पन्न र सम्मानित नारी सभ्यताको विकाश संगै दुर्बल र कम्जोर हुन पुगेको विषयलाई कवितामा व्यक्त गरिएको छ । पितृसत्ता र पुरुषको शोषणले वर्तमान समयमा नारीहरु परनिर्भर, असुरक्षित र दरिद्र भएको यथार्थ प्रति आक्रोश प्रकट गरिएको छ । नारी पक्षमा वकालात गरि रचना गरिएको यस मानुषी कवितामा पुरुषले गर्न सक्ने सबै काम नारीले गर्न सक्छे, पुरुष जीवनका अधिकांस अनुभूति नारीले गर्न सक्छे तर नारीका अत्यन्त गहिरो र बेग्लै अनुभूति पुरुषले गर्न नसक्ने तथ्य व्यक्त गरीएको छ । सामन्ती शोषणले दाइजोको लागि नारीलाई पशुगत व्यवहार गरेको र आफ्नो अस्मिता जोगाउन सङ्घर्ष गर्दै आउनु परेको यथार्थलाई कवितामा देखाउँदै नारीलाई मानवीय व्यवहार गरिनुपर्ने विचार प्रकट भएको छ ।

नारीवादी सिद्धान्तको आरम्भ २० औँ शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै आवाज उठ्दै आएको भए पनि भर्जिना उल्फ, साइमन ड बुभाजस्ता सशक्त प्रतिभाहरूको उदयपछि यसले अभैm बढी व्यापकता पाउँदै आएको छ । उत्तर आधुनिक साहित्य सिद्धान्तको महत्वपूर्ण उपलब्धिका रूपमा नारीवादी सिद्धान्त रहेको छ । यसले कृतिभित्र नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण गर्छ । यस सिद्धान्तमा नारीको अवस्था मात्र चित्रण नगरेर पितृसत्ताले नारीमाथि कसरी दमन गरेको छ , अनेक सामाजिक मिथकहरूले नारीलाई कसरी सीमान्तकृत तुल्याएको छ भन्ने कुराको साथै नारीले पितृसत्ताका विरुद्ध प्रतिरोध गर्दै आएको अवस्थाको समेत विश्लेषण गर्छ । कतिपय समालोचकहरू नारीका भावनाहरू नारीकै कृतिमा मात्र समेटिने विचार राख्छन् । नारीवादी सिद्धान्तले कृतिभित्र नारीको उपस्थिति, त्यसमा पितृसत्ताको दमन, नारीको प्रतिरोधका साथै नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयलाई हेरिन्छ । प्रस्तुत मानुषी कविता लेखक पारिजात पनि नारी स्रष्टा भएकाले उनले यस कवितामा नारीहरूलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको विश्लेषण यस अध्ययनमा गरिएको छ ।
२.अध्ययनको उद्देश्य
प्रस्तुन अध्ययन नारीवादी र लैङ्गिक अध्ययन मध्ये नारीवादी विश्लेषणका आधारमा पारिजातद्वारा लेखिएको मानुषी कवितालाई उदारवादी नारीवादका आधारमा विश्लेषणात्मक रुपमा व्याख्या गर्नु उद्देश्य रहेको छ ।
३.अध्ययनको सैद्धान्तिक पर्याधार
नारीको पक्षमा गरिने वकालत नारीवाद हो । नारीविरुद्ध लिङ्गकै आधारमा गरिने भेदभाव, सामाजिक, राजनैतिक, आर्थिक तथा वैचारिक शोषण विरुद्ध आन्दोलनका रूपमा स्थापित चिन्तन नारीवाद हो । नारीवाद धेरै पहिलेदेखि आन्दोलनका रूपमा चलेको र बीसौँ शताब्दीको मध्यतिर उत्तरआधुनिक साहित्यको सशक्त आन्दोलनका रूपमा स्थापित भएको पाइन्छ । नारीवादी आन्दोलनमा विशेषतः पाश्चात्य जगतका नारी प्रतिभाहरूले महत्वपूर्ण योगदान दिएका छन् ।
लैङ्गिक अध्ययनको एउटा विषयका रुपमा रहेको नारीवाद महिलासम्बन्धी विचार, दर्शन र राजनीति हो । नारीवादको महिलाको कोणबाट नारीहरूलाई हेर्दछ र संसारभरि नै महिलाहरूलाई पुरुषको तुलनामा कमजोर र पीडित बनाइएको छ भन्ने मान्यता राख्दछ । नारीवादको नारीलाई नै केन्द्र बनाएर नारीकै पक्षमा बोल्ने र लेख्ने कार्य गर्दछ । नारीवादी लेखनले चाहिँ नारी मूल्य र मान्यतालाई स्थापित गर्दछ । त्यसैले (बराल ,२०५२,पृ.१४०) ले नारीवादी साहित्यिक लेखनको उद्देश्यका बारेमा लेखेका छन्ः नारी अस्मिता र मूल्यलाई केन्द्रमा राखेर साहित्यिक लेखन तथा चिन्तमा केन्द्रित हुनु नारीवादी साहित्यिक चिन्तनको उद्देश्य हो ।
नारीवाद नारीमाथि हुने सबै प्रकारका शोषण र थिचोमिचोको विरुद्धमा छ । यो एउटा त्यस्तो बौद्धिक तथा व्यवहारिक आन्दोलन हो जो सामाजिक, सांस्कृतिक, साहित्यिक आदि अनेक क्षेत्रमा स्त्रीजातिको पक्षबाट बोल्छ, जसमा ती विचार, विश्वास, आस्था र आन्दोलनहरू पर्छन्, जसबाट नारीको हितको विकासमा सघाउ पुग्छ भन्ने ठान्छि (गौतम, २०५९, पृ.३४४) । नारीवादले महिलालाई दोस्रो दर्जाका विरुद्ध गरिने व्यवहारको विरोध गर्दछ । यसले नारी हिंसा, शरीर राजनीति, दमन र शोषणको विरोध गर्दछ । यसले नारीलाई मुक्ति दिन, पुरुषसरह बनाउन, समता र स्वतन्त्रताको पक्षमा उभ्याउन आवाज उठाउँदै आएको छ ।
१९२० को दशकदेखि नारी आन्दोलनमा भिन्न धारणाको आरम्भ भयो । यसै समयावधिमा भर्जिना उल्फ
९ च्ययm या इलभ’क इधल ९ज्ञढद्दढ० कृति मार्पmत नारीवादसम्बन्धी नयाँ मान्यताका साथ देखापर्छिन् । पितृसतात्मक समाजबाट भोग्दै गरेको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रतिकूलता छर्लङ्ग पारिएको छ (शर्मा र लुइटेल, २०६३, पृ.३७२) । नारीवादी आन्दोलन पहिलेदेखि नै आरम्भ भए पनि बिसौँ शताब्दीको आरम्भबाट सशक्त रूपमा अगाडि बढेको हो । भर्जिना उल्फले नारीवादी आन्दोलनलाई नयाँ तरिकाले स्थापित गराएकी छन् । उनले नारीका दृष्टिबाट पितृसतात्मक संरचनाको विपरीत नयाँ संरचनाको खोजी गरेकी छन् ।
नारीवादी आन्दोलनलाई अझ सशक्त बनाउने लेखिका हुन् साइमन ड बुभा । फ्रान्सेली लेखिका बुभाको त्जभ क्भअयलम क्भह ९ज्ञढद्धढ० को प्रकाशन पछि त यस आन्दोलनले व्यापक चर्चा पाएको देखिन्छ । बुभाले समाजमा नारीको स्थिति र भुमिका बारे प्रश्न उठाउँदै नारीको पहिचान सम्बन्धी विस्तृत समीक्षा गरेकी छन् । पुरुष लेखकका कृतिमा वर्णित नारीसम्बन्धी महान् सामुदायिक मिथकहरूको विश्लेषण गरेकी छन् । नारीलाई समाजमा निम्न, अधीनस्थ र दोस्रो दर्जाका नागरिक तुल्याइएको छ र पितृसतात्मक समाजमा यसै स्थितिलाई कायम राखी नारीमाथि दमन गरिएको छ भन्ने मुख्य निष्कर्ष रहेको छ (शर्मा र लुइटेल, २०७,पृ.३७३) । नारी आन्दोलनलाई उचाइ प्रदान गर्न साइमन ड बुभाको आगमन पछि नयाँ आयाम थपिएको छ । उनले नारीका दृष्टिबाट कृति अलग हुने धारणा राखेकी छन् । पुरुषका कृतिहरूमा सही अर्थमा नारीका भावना नसमेटिने हुनाले नारीका भावना नारीकै कृतिमा मात्र पाउन सकिने विचार बुभाले प्रस्तुत गरेकी छन् ।
फेमिनिजम एण्ड डिकन्स्ट्रक्सनमा डायन एलमको उद्गार छ कि स्त्रीवाद र विसङ्घटनको मिलन हामीलाई नारीको असिम सम्भावनामा सचेत पार्छ । नारीलाई कहिल्यै रित्तिने गरी देखाउन सकिँदैन, नारीसम्बन्धी सोचलाई एकल, अविभाजित, अधिनतामा ल्याउन सकिँदैन (गौतम, २०६४,पृ.११८) । नारीका बारेमा अनेक धारणाहरू साहित्यिक कृतिमा आउँछन् तर नारी यही नै हो भन्न सकिँदैन, ऊ भित्र असीम सम्भावनाहरू रहेका हुन्छन् । नारीसम्बन्धी सोचलाई बहु दृष्टिबाट हेर्नु पर्ने धारणाको विकास पनि पछिल्लो समयमा विकास हुँदै आएको छ ।
नारी केन्द्रित परिप्रेक्षबाट नारी हक, हित र समानताको पक्षधरतालाई नारीवाद भनिन्छ । पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्र आदिलाई नकार्दै यसले नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्ने तर्पm दह्रो पाइला चालेको छ (शर्मा र लुइटेल, २०६३,पृ.३७१) । नारीका बारेमा पुरुषद्वारा स्थापित मान्यतालाई अस्वीकार गर्दै नारीकै दृष्टिबाट कृतिको मूल्याङ्कन गर्नु पर्ने धारणा यस भनाइमा रहेको छ ।
नारीवादी चिन्तन र आन्दोलनको पश्चिमी इतिहास दुई सय वर्षभन्दा लामो रहेको छ । यसको आरम्भ र विकास पश्चिममा भए पनि बिसौँ शताब्दीको उत्तराद्र्धमा आइपुग्दा यसले विश्वव्यापी रूप ग्रहण गरेको पाइन्छ । दुई शताब्दीभन्दा लामो नारीवादी चिन्तन र आन्दोलन विभिन्न दृष्टिकोण र प्रवृत्तिहरू पनि देखापरेका छन् (गिरी, २०६९,पृ.३३) । पाश्चात्य जगतमा फैलिएको नारीवादी आन्दोलनले दुई सय वर्ष पार गरिसक्दा विभिन्न मोडहरू पार गर्दै अगाडि बढेको छ । यसमा नयाँ नयाँ सोच र चिन्तनहरूको विकास भएका छन् । कतिपय समालोचक नारीको सही चित्रण नारीका रचनामा मात्र प्राप्त गर्न सकिने धारणा राख्छन् भने कतिपय पुरुषका रचनामा प्रस्तुत नारीहरूको अवस्थाका बारेमा पनि विश्लेषण गर्दछन् । समय अनुसारका विविध चरणहरू पार गर्दै नारीवाद विश्व साहित्य समालोचनामा स्थापित भएको सिद्धान्त हो ।
सृष्टिको आदिकालदेखि मानव समाजको विकासमा महिला र पुरुषको समान उपस्थित देखिए पनि विविध कारणले महिलाभन्दा पुरुषको अवस्था निकै राम्रो देखिन्छ । समयक्रमसँगै परिवर्तनका अनेकौँ खाका कोरिए तर महिलाको अवस्था अनेकौँ सामाजिक, पारिवारिक र परम्परागत रूढीवादी सांस्कृतिक झमेलाले अल्झिरह्यो । परिवर्तनका प्रयासहरू रोकिएनन् । जसको फलस्वरूप एक्काइसौँ शताब्दीमा आएर मात्र महिला नारीसत्तामा सचेत भई आपूmलाई परिष्कृत तुल्याउँदै समानान्तर आकाशको खोजी गर्न सकेका हुन् (महर्जन, २०७३,पृ.२८) ।
नारीवाद नारीका पक्षमा अर्थात नारीले भोगेका तमाम जीवन पद्धतिलाई केन्द्रमा राखेर हेरिने दृष्टिकोण हो । दुई सय वर्षभन्दा पुरानो नारी आन्दोलनको निरन्तरताकोे परिणम स्वरूप नारीवादको विकास भएको पाइन्छ । पछिल्लो चरणको नारीवाद नारीका पक्षमा मात्र नभई नारीको दृष्टिबाट समग्र समाज र मान्यता तथा दर्शनलाई हेर्ने पद्धतिका रूपमा रूपान्तरण हुँदै आएको छ । उत्तर आधुनिक साहित्यले सम्भावनाका अनेक ढोकाहरू खोलि दिएको बखतमा नारीवादले पनि नारीका अनेक सम्भावनाहरूको खोजी गर्न थालेको छ । नारीका कृतिमा नारीको अवस्था केलाउने पद्धतिका रूपमा उत्तर आधुनिक समालोचनाको एउटा महत्वपूर्ण अङ्ग बनेर यो समालोचना पद्धति विकास हुँदै गएको छ । यसै परिवेशमा रहेर यो कृतिलाई उदारवादी नारीवादका आधार लगायत अन्य आधारमा रहेर यसलाई विश्लेषण गरिएको छ ।
४.अध्ययन विधि÷प्रक्रिया
यस लेखको अध्ययन कार्य गर्नका लागि सर्वप्रथम पुस्तकालय कार्यबाट सामग्री छनोट कार्य गरिएको छ । नारीवादी र लैङ्गिक अध्ययन मध्ये नारीवादी विश्लेषणका आधारमा पारिजातद्वारा लेखिएको मानुषी कवितालाई नारीवादी लैङ्गिक आधारमा सङ्कलित सामग्रीलाई वर्णनात्मक, विश्लेषणात्मक, अध्ययन विधि, पद्धतिका सहायताबाट अध्ययन कार्यलाई पूरा गरिएको छ । प्रस्तुत अध्ययनका लागि पूर्णतः पुस्तकालीय अध्ययन पद्धति र त्यस अन्तर्गतका विभिन्न सहायक अध्ययन विधिहरूलाई अपनाएर अनुसन्धेय कार्य सम्पन्न गरिएको छ । यो अध्ययन गुणात्मक ढाँचाको भएकोले शाब्दिक तथा तार्किक ढङ्गले व्याख्या विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।
५.अध्ययनको सीमा
प्रस्तुत अध्ययन नारीवादी र लैङ्गिकतामा नारीवादी विश्लेषणका आधारमा पारिजातद्वारा लेखिएको मानुषी कवितालाई नारीवादी लैङ्गिक समालोचनामा मात्र सीमित गरिएको छ । यसमा अन्य पक्षबारे छलफल गरिएको छैन ।

६.अध्ययनको औचित्य
प्रस्तुत अध्ययनमा नारीवादी मान्यताका आधारमा पारिजातको मानुषी कवितामा नारीप्रतिको दृष्टिकोण , सामाजिक सोच , नारीको विद्रोह , पुरुष र नारीबीचको विभेद के कस्तो रहेको छ ? त्यसलाई समेत स्पष्ट पार्नु रहेको छ । यसका साथै प्रस्तुत अध्ययनसँग सम्बन्धित पक्षको अध्ययन गर्ने र गर्न चाहनेहरुका लागि उपयोगी भएकाले औचित्यपूर्ण रहेको छ ।
७.व्याख्या र विश्लेषण
साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हुँदैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दिँदै आएका छन् । अङ्ग्रेजी शब्द ाझष्लष्कm को नेपाली रूपान्तर नारीवाद हो । नारीकेन्द्री सन्दर्भबाट नारीका हक, हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । विश्वमा प्राचीन समयदेखि नै प्रबल रहेको पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिहृन खडा गर्ने नारीवादले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको विरोध गरेको पाइन्छ ।
७.१ मानुषी कवितामा नारी
नारीवादी समालोचनाको पछिल्लो चरणमा नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयको अध्ययन गरिन्छ । प्रस्तुत कविता लेखक पारिजात पनि नारी स्रष्टा भएकाले उनले नारी पात्रलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको अध्ययन प्रस्तुत कविता मार्पmत गर्न सकिन्छ । त्यसै गरी नारी सिद्धान्तका विभिन्न पक्षहरूबाट पनि प्रस्तुत कवितालाई विश्लेषण गर्न सकिन्छ । यस्ता विविध पद्धतिहरूमध्ये प्रस्तुत अध्ययनमा मानुषी कवितामा रहेको नारी दमनको विरोध र नारी दमन विरुद्ध प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ ।
७.२ नारी विद्रोहको स्वर
मानुषी कविता नारीलाई केन्द्रमा राखेर सृजना गरिएको प्रगतिशील विचार भएको गद्य कविता हो । यस कवितामा पारिजातको पुरुषका टक्करमा नारीमा पनि स्वावलम्बीपन छ, त्याग र बलिदानी भावना छ र सामथ्र्य छ भन्ने कुराको खुलासा गर्दै तिमी जति गर्न सक्छौ, गर्न त्यति म पनि सक्छु । तिमी जतिकै पाखुरी बजार्न सक्छु भनेको पाइन्छ । तर इतिहासले आज कहाँ ल्याएर पछा¥यो कुन्नि मलाई तिमी त म भन्दा कोशौँ अघि गइसकेछौ भनी नारी पछाडि परेको भाव सशक्त रुपमा व्यक्त गरेको पाइन्छ ।
समाजमा महिला र पुरुषका प्राकृतिक र सांस्कृतिक गरी दुई अवस्था छन् । बच्चा जन्माउनु पर्ने हुँदा पुरुष र महिलाको शारीरिक बनोट प्राकृतिक रुपमा भिन्न हुनु स्वभाविक हो । महिला र पुरुषका बीचमा शारीरिक भिन्नता भए पनि सामाजिक रुपमा महिला पुरुष बराबार हुन् । बराबर हुनुपर्ने यस भूिमकालाई खुम्च्याएकै कारण महिला र पुरुषका बिच भिन्नता सुरु भयो र समाजमा लैङ्गिक विभेद जन्मियो ।
नारी र पुरुष समाजका रथका दुइ पाङ्ग्रा हुन् । समाजमा पुरुषको जति अधिकार महिलाको पनि त्यतिनै हुन्छ । लैङ्गिक असमानताका कारण नारीलाई शोषण गर्नु हुँदैन । जुन समाजमा नारी र पुरुषलाई समान रुपले हेरिन्छ त्यो समाजको मात्र विकास सम्भव हुन्छ । अनि भनिन्छ जहाँ स्त्री त्यही श्री हुन्छ । नारी र पुरुष दुवैले बराबर काम गर्न सक्छन् । दुवैमा मन भावना र अनुभुती उस्तै हुन्छ । दुवै एक अर्को विना बाच्न सक्दैनन् । दुवै एक अर्काका पूरक हुन् । दुवैमा उसैगरी पाखुरी बजार्न सक्ने क्षामता छ । त्यसैले नारीलाई लैङ्गिक असमानताका कारण शोषण गरिनु हुँदैन । दुवैलाई समान रुपले हेरिनु पर्दछ ।
७.३ नारीवादी दृष्टिकोण
मानुषी कविता नारीलाई केन्द्रमा राखेर सृजना गरिएको प्रगतिशील विचार भएको गद्य कविता हो । यस कवितामा पारिजातको पुरुषका टक्करमा नारीमा पनि स्वावलम्बीपन छ, त्याग र बलिदानी भावना छ र सामथ्र्य छ भन्ने कुराको खुलासा गर्दै तिमी जति गर्न सक्छौ, गर्न त्यति म पनि सक्छु । तिमी जतिकै पाखुरी बजार्न सक्छु भनेको पाइन्छ । तर इतिहासले आज कहाँ ल्याएर पछा¥यो कुन्नि मलाई तिमी त म भन्दा कोशौँ अघि गइसकेछौ भनी नारी पछाडि परेको भाव सशक्त रुपमा व्यक्त गरेको पाइन्छ ।
प्राकृतिक रुपमा बच्चा जन्माउनु पर्ने हुँदा पुरुष र महिलाको शारीरिक बनोट भिन्न हुनु स्वाभाविक हो । महिला र पुरुषका बीचमा शारीरिक भिन्नता भएपनि सामाजिक रुपमा महिला पुरुष बराबर हुन् । विविध समानता भए पनि महिलालाई अस्मिताको जोखिम उठाउनु पर्ने आदि कालदेखि माया र सह–अस्तित्वकी प्रतिमूर्ति, दाइजो लिएर पुरुषद्वारा भित्र्याइने, बलात्कृत, कलङ्कित, आदि इत्यादी सहेर बस्नु परेको छ । यस कवितामा नारी र पुरुषको सहकारीतामा नै लक्ष्य भेदन गर्न सक्ने यथार्थतालाई प्रकट गरिएको छ । यस कवितामा समन्वयवादी सोच धनीभूत भएको पाइन्छ ।
नारी र पुरुष दुवैले बराबर काम गर्न सक्छन् । दुवैमा मन, भावना र अनुभूति उस्तै हुन्छ । दुवै एक अर्को विना बाच्न सक्दैनन् । दुवै एक अर्काका पुरक हुन् । दुवैमा उसैगरी पाखुरी बजार्न सक्ने क्षमता छ । त्यसैले नारीलाई लैङ्गिक असमानताका कारण शोषण गरिनु हुँदैन । दुवैलाई समान रुपले हेरिनु पर्दछ भन्ने दृष्टिकोण पाइन्छ ।


७.४ नारी र पुरुषबीच असमानता
मानुषी कविता समाजमा विद्यमान नारी र पुरुषका बीचमा विभेद प्रस्तुत गरी लेखिएको कविता हो । यस कवितामा प्रस्तुत नारी पुरुषका बीच भएको विभेदलाई निम्नानुसार लिन सकिन्छ ः
नारी पुरुष
समानताः
शारीरिक श्रम गर्न सक्ने , परिश्रमी ,भावना र अनुभू ितगर्न सक्ने , एक अर्काबिना बाँच्न नसक्ने , एक अर्काका पूरक

असमानताः
पछि पारिएको , सती जान सक्ने , सामुहिक बलात्कार खपेका , रजस्वलाको कष्टप्रद क्षण भोगेका अस्मिताको जोखिम उठाउनु पर्ने , गर्भ धारण गर्नु पर्ने , प्रसव कालको सीमातीत कष्ट भोग्नु पर्ने , आमा बन्नु पर्ने , सहनशील तर अवहेलित , आदि कालदेखि नै माया र सहअस्तित्वकी प्रतिमूर्ति , दाइजो लिएर पुरुषद्वारा भित्र्याइने , दयावान्,गुनी,उत्पीडित र शान्तिप्रिय पुरुष अनुभूति बुझ्ने , पुरुषका लागि जिउँदै मर्न तयार , पुरुष बिना अस्तित्व नरहने, माया र सहअस्तित्वको अँगालोमा बाँध्न खोज्ने , दयाकी खानी ,पुरुषको अस्मिता नबेच्ने प्रतिमूर्तिका रुपमा नारी रहकी छिन् । कोसौं अघि पुगेको , सती जानु नपरेको , बलात्कार नभोगेको बरु बलात्कारी भएको , रजस्वला भोग्नु नपर्ने , पितृसत्ताले स्वतः अस्मिता प्रदान गरेको , गर्भधारण गर्नु नपर्ने , प्रसव कालको पीडा भोग्नु नपर्ने , बाबु बन्ने श्रेय पाएको तर कुनै पीडा भोग्नु नपर्ने ,मातृत्व नबुझी महिलालाई पीडा दिने आक्रामक प्रवृत्ति , पुरुष बदमासी गरे पनि प्रायः फुक्का हुने , सत्तारुढ , प्राचीन कालमा असभ्य , झगडालु र वन मानुषको प्रवृत्ति , पशुलाई झैं भित्र्याउने र दाइजोको माग गर्ने , निर्दयी , बैगुनी, उत्पीडक र हिंस्रक, अनुभूति नबुझ्ने, नारीका लागि जिउँदै मर्न तयार नहुने , नारी बिना अस्तित्व नरहने , माया र सहअस्तित्वको अँगालोमा बाँध्न नखोज्ने , दयाहीन , बैगुनी ,नारीको अस्मिता बेच्ने पुरुष रहेको पाइन्छ ।

७.५ पितृसत्ताको विरोध
मानुषी कवितामा मानव सभ्यताको बिहानीदेखि वर्तमानसम्म नारीले पुरुषलाई ममता, मातृत्व र आश्रय दिएकी तर त्यसको बदला पुरुषले उत्पीडन , भेदभाव र उपेक्षामात्र गरेकोमा आक्रोश ,पोखेकी छिन् । नारीका पीडा र समस्याहरुप्रति पूरै बेवास्ता देखाउने पुरुषले मानव विकासमा उनीहरुलाई यति धेरै पछाडि छाडेकोमा दुःख पनि प्रकट गरिएको छ । शताब्दीआँै पहिले जङ्गली , ईश्यालु र झगडालु पुरुषलाई नारीले सभ्य बन्न सिकाएको ऐतिहासिक सन्दर्भलाई पनि जोडिएको छ । बलात्कार , तिरस्कार , अपमान जस्ता निन्दनीय पुरुष दासतालाई सहँदै र लड्दै नारीहरुले आफ्नो अस्तित्व एवम् अस्मिता बचाउँदै आएका छन् । दाइजो वा शारीरिक इच्छाका लागि नारीहरुलाई पशुवत व्यवहार गरिँदै आएकोमा नारीको क्षमता , योगदान र भूमिकालाई बुझेर जीवनयात्रामा समुन्नतिको भावना लिई अगाडि बढ्न कवयित्रीले मानुषी कवितामा यसरी व्यक्त गरेकी छिन् ः
“आऊ आज हामी उत्पीडनहरु साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एकअर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्म पु¥याऊ
त्यहाँ , जहाँ तिमीलाई मैले
सभ्यताको आदिकालमा पु¥याइ सकेकी थिएँ । (मानुषी ,३९–४७)
७.६ प्रगतिवादी चिन्तन
मानुषी कवितामा प्रगतिवादी चिन्तन प्रस्तुत भएको छ । समाजलाई ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्ने र वर्गीय असमानता र शोषण उत्पीडन अन्त्य गर्ने उद्देश्य कवयित्रीले लिएको देखिन्छ । सभ्यताको प्रारम्भ विन्दुदेखि पुरुषको जन्माउने , हुर्काउने , मायाले पुलंकित तुल्याउने र द्वेष शमन गर्ने महत्वपूर्ण दायित्व नारीले नै पूरा गर्दै आएकी छ । उसले पुरुषले जत्तिकै पाखुरी बजारेकी छ । गर्भधारण , प्रसव , रजस्वला आदिका पीडादायी क्षणहरु सहेकी सहेकी छ । पुरुषको पूरक बनेकी छ । नारीबाट कुनै पुरुषले पनि बलात्कृत हुनु परेको छैन र कलङ्कको टीका लगाउनु परेको छैन । जता डो¥याए पनि नारी पुरुषकै पछि डोरिएकी छ । तैपनि आफ्नो अस्मिता जोगाउन चनाखो हुनु परेको र जोखिम मल्नु परेको छ । नारी उत्पीडन मायम रहेकोमा आक्रोशित कवयित्रीले यस्तो विभेद , असमानता र शोषणको अन्त्य हुनु पर्ने उद्घोष गरेकी छिन् ।
८. निष्कर्ष
नारीको हक,अधिकार र समानताका लागि आवाज उठाउने चिन्तनको रुपमा उब्जिएको नारीलाई केन्द्रमा राखेर कृतिको अध्ययन र विश्लेषण गर्ने समालोचना पद्धतिको सुरुवात भएको पाइन्छ । नारीप्रतिका अन्यायपूर्ण सामाजिक व्यवहार र सोचको विरोध गर्ने चिन्तन राजनीति , समाजका नेतृत्व तह , सामाजिक मूल्य मान्यता तथा साहित्यिक लेखनमा समेत नारीको पुरुष सरह अवस्थाको अपेक्षा राख्ने वैचारिक लडाइँका रुपमा नारीवादी चिन्तनलाई लिइन्छ । नारीवादी र लैङ्गिक अध्ययन मध्ये नारीवादी विश्लेषणका आधारमा पारिजातद्वारा लेखिएको मानुषी कवितालाई नारीवादी लैङ्गिक आधारमा सङ्कलित सामग्रीलाई वर्णनात्मक, विश्लेषणात्मक, अध्ययन विधि, पद्धतिका सहायताबाट अध्ययन कार्यलाई पूरा गरिएको छ । नारी अस्मिता र महत्वको पुनः स्थापनामा जोड दिइएको कविता मानुषी हो । आदि कालमा सम्पन्न र सम्मानित नारी सभ्यताको विकाशसंगै दुर्बल र कमजोर हुन पुगेको विषयलाई कवितामा व्यक्त गरिएको छ । पितृसत्ता र पुरुषको शोषणले वर्तमान समयमा नारीहरु परनिर्भर, असुरक्षित र दरिद्र भएको यथार्थ प्रति आक्रोश प्रकट गरिएको छ । नारी पक्षमा वकालत गरी रचना गरिएको यस मानुषी कवितामा पुरुषले गर्न सक्ने सबै काम नारीले गर्न सक्छे, पुरुष जीवनका अधिकांस अनुभूति नारीले गर्न सक्छे तर नारीका अत्यन्त गहिरो र बेग्लै अनुभूति पुरुषले गर्न नसक्ने तथ्य व्यक्त गरिएको छ । सामन्ती शोषणले दाइजोको लागि नारीलाई पशुगत व्यवहार गरेको र आफ्नो अस्मिता जोगाउन सङ्घर्ष गर्दै आउनु परेको यथार्थलाई कवितामा देखाउँदै नारीलाई मानवीय व्यवहार गरिनुपर्ने विचार प्रकट भएको छ । नारीवाद नारीका पक्षमा अर्थात नारीले भोगेका तमाम जीवन पद्धतिलाई केन्द्रमा राखेर हेरिने दृष्टिकोण हो । दुई सय वर्षभन्दा पुरानो नारी आन्दोलनको निरन्तरताकोे परिणम स्वरूप नारीवादको विकास भएको पाइन्छ । पछिल्लो चरणको नारीवाद नारीका पक्षमा मात्र नभई नारीको दृष्टिबाट समग्र समाज र मान्यता तथा दर्शनलाई हेर्ने पद्धतिका रूपमा रूपान्तरण हुँदै आएको छ । उत्तर आधुनिक साहित्यले सम्भावनाका अनेक ढोकाहरू खोलि दिएको बखतमा नारीवादले पनि नारीका अनेक सम्भावनाहरूको खोजी गर्न थालेको छ । नारीका कृतिमा नारीको अवस्था केलाउने पद्धतिका रूपमा उत्तर आधुनिक समालोचनाको एउटा महत्वपूर्ण अङ्ग बनेर यो समालोचना पद्धति विकास हुँदै गएको छ ।

सन्दर्भसामग्रीसूची
उप्रेती, सञ्जीव (२०६८). सिद्धान्तका कुरा. काठमाडौँ ः अक्षर क्रियसन्स नेपाल ।
गिरी, अमर (२०६९). “नारीवादी आन्दोलन र साहित्य चिन्तन”. गरिमा, ३०÷७ ।
गौतम, कृष्ण (२०५९). आधुनिक समालोचनाः अनेक रुप अनेक पठन ( दोस्रो संस्करण). ललितपुरः साझा प्रकाशन ।
गौतम, कृष्ण (२०६४).उत्तरआधुनिक जिज्ञासा. काठमाडौँ ः भृकुटी एकेडेमी पब्लिकेशन ।
न्यौपाने , श्रीराम (२०६८). अनिवार्य नेपाली कक्षा–११. काठमाडौँ ः पैरवी प्रकाशन ।
बराल,ऋषिराज ( २०५२). मार्क्सवाद र उत्तर आधुनिककतावाद . ललितपुर ः साझा प्रकाशन ।
भण्डारी , पारसमणि (२०७६). प्राज्ञिक लेखन तथा सम्पादन .काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।
महर्जन, कान्छी (२०७३). “नेपाली नाटकमा नारी हस्ताक्षर”.मधुपर्क, ४९÷४ ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६१). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।

वीरेन्द्रनगर , सुर्खेत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु