अविरल बग्दछ इन्द्रावती उपन्यासमा समाजवादी यथार्थ

- हरिजङ्ग शाह

सार
प्रस्तुत अनुसन्धनात्मक लेख रमेश विकलद्धारा लेखिएको अविरल बग्दछ इन्द्रावती उपन्यासको माक्र्सवादी समालोचनाका दृष्टिकोणबाट अध्ययन विश्लेषण गरिएको छ । यसमा वर्णनात्मक विधि एवम् गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको छ । यस लेखमा माक्र्सवादी साहित्यको सामान्य परिचय दिनुका साथै माक्र्सवादी वा प्रगतिवादी विश्लेषणका विभिन्न आधारहरू मध्ये समाजवादी यथार्थता, वर्ग संघर्ष, आर्थिक विषमता, शोषण र अन्धताको विरोध, क्रान्तिकारी विद्रोहआधारमा यस उपन्यासको समीक्षात्मक अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनको सामग्री वा तथ्याङक् सङक्लन गर्न पुस्तकालय कार्यको प्रयोग गरिएको छ । द्वितीयक सा्रेत सामगी्रका रूपमा भने पाठय्क्रमसँग सम्बन्धित सद्धौन्तिक पस्ुतक र सम्बन्धित विषयमा गुणात्मक विश्लेषण गरिएका लेख, रचना, तथा अनुसन्धान प्रतिवेदनहरूको सङ्कलन र गहन अध्ययन गरी तिनको आवश्यक उपयोग समेत गरिएको छ । वि.स. २०३९ सालमा प्रज्ञा प्रतिष्ठानको विद्वत्वृत्ति पाएर लेखिएको यो कृति विकलको मात्र नभएर नेपाली साहित्यको नै बहुचर्चित उपन्यास हो । विशेष गरी समाजमा सयौँ वर्षदेखि अन्याय र अत्याचारमा परेका माझी वर्गको न्याय, अस्तित्व र स्वतन्त्रताको लागि गरेको प्रणलाई यस उपन्यासमा चित्रण गरिएको छ । समाजवादी यथार्थवाद ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित साहित्यिक सिद्धान्त हो ।उपन्यासकार रमेश विकलका सबै उपन्यासमा समाजवादी यथार्थ पाइए तापनि सबैभन्दा उपयुक्त समाजवादी वा प्रगतिवादी उपन्यास भनेको अविरल बग्दछ इन्द्रावती हो । विकल एउटा उत्कृष्ट तथा सफल समाजवादी तथा प्रगतिवादी उपन्यासकार भएकाले उनले यस विचारधारामा रहेर नेपाली समाजको सूक्ष्म अध्ययन गरी माझी वर्गले भागेको प्रचलित शोषण, अन्याय, अत्याचार, बलत्कार, हत्या जस्ता कुकर्मको उपन्यासको प्रमुख पात्र शोभिते , गिरी मास्टर, हरिकृष्ण सन्यासी र देवु पनेरू आदि पात्रले निकै मार्मिक र सशक्त रूपमा चित्रण गरेकाले यो उत्कृष्ट तथा सफल समाजवादी वा प्रगतिवादी उपन्यास हो भन्ने निष्कर्ष निकालिएको छ ।
मुख्य शब्दावली ः समाजवादी यथार्थ, द्वन्द्वात्मक भौतिकवाद, प्रगतिवादी, जीवनमूल्य,वर्गद्वन्द्व, , माक्र्सवादी
१. अध्ययनको पृष्ठभूमि
अविरल बग्दछ इन्द्रावती उपन्यासका लेखक रमेश विकल (१९८५–२०६५) हुन् । उपन्यासकार विकलले आख्यान, यात्रा साहित्य र बालसाहित्यमा प्रमुख रूपमा कलम चलाए । चन्द्रशेखर र छायादेवी चालिसेको कोखबाट जन्मेका विकलको वास्तविक नाम रामेश्वरप्रसाद चालिसे हो । प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँगको सम्पर्कपछि विकल प्रगतिशील विचारतर्फ आकर्षित भएर साहित्य र राजनीतितिर समेत लागेका थिए । पछि गोविन्दप्रसाद लोहनीबाट मार्क्सवादी शिक्षा पाएपछि विकल वामपन्थी विचारका पक्षपाती भएका थिए । ६ दशकको साहित्य साधनामा ५५ कृतिहरू मार्फत् नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पु¥याए वापत रमेश विकल दुई दर्जन भन्दा बढी संस्थाहरूबाट अभिनन्दित र एक दर्जन पुरस्कारहरूबाट सम्मानित भएका छन् । विकलका उपन्यासहरूमा सुनौली , अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन गरी जम्मा तीनवटा रहेका छन् ।
रमेश विकलको दोस्रो उपन्यास अविरल बग्दछ इन्द्रावतीमा इन्द्रावती नदीको किनारमा बसोबास गर्ने गरिब र निःसहाय माझीहरूलाई स्थानीय शोषक सामन्तीहरूले गरेको शोषण, अन्याय, अत्याचार र ती माझीहरूको निरीहपनलाई ज्यादै मार्मिक रूपमा प्रस्तुत गरिएको छ । नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण र वर्गीय भावना परिस्थितिअनुरूप नदीको प्रवाहझै तीव्र र मन्द हुनसक्छ । यो गति तीव्र वा मन्द जे भए पनि त्यसको अन्त्य गरी शोषणरहित समाजको सिर्जना हुनुपर्छ भन्ने विचार यस उपन्यासमा ध्वन्यात्मक रूपमा अभिव्यञ्जित छ । यस उपन्यासमा उच्चवर्गीय शोषण–उत्पीडनको अन्त्यका लागि निम्नवर्गीय शोषित–पीडितहरू सङ्गठित हुनु आवश्यक रहेको वस्तुतथ्यलाई घटना प्रस्तुतिकै क्रममा अगि सारिएको छ । समाजवादी यथार्थवाद ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित साहित्यिक सिद्धान्त हो । यथार्थवादी लेखन परम्परामा समाजवादी यथार्थवाद भन्दा पूर्व प्रभावशाली रहेको आलोचनात्मक यथार्थवाद आफ्नो समयको उन्नत साहित्यिक संस्करण थियो तापनि उत्तरोत्तर यसका सीमालाई आँैल्याउँदै समाजवादी यथार्थवादको उदय भएको हो । खास गरी आलोचनात्मक यथार्थवादले माक्र्सवादी दर्शनलाई आत्मसात् गर्न नसकि रहेको अवस्थामा माक्र्सवादी दर्शन चिन्तनलाई आत्मसात् गर्दै समाजवादी यथार्थवादको उदय भएको हो । समाजवादी यथार्थवादले समाज र जीवन जगत्को वस्तुनिष्ठ एवम् कलात्मक प्रतिबिम्बनमा जोड दिनुका साथै समाज विकासका हरेक मोडमा देखिने व्यवधान अनि अन्तर्विरोध र त्यसबाट उत्पन्न परिस्थितिको ठोस व्याख्या एवम् विश्लेषण गर्दछ । यसमा निरङ्वmुश परिपाटीको अन्त्यका लागि जनचेतनाको विस्तार तथा राजनीतिक, आर्थिक, सांस्वृmतिक र सामाजिक क्षेत्रमा परिवर्तनको दिशाबोध भएको तथ्यलाई छर्लग पारी देखाइएको छ । सरल, सहज र स्वाभाविक भाषाशैलीमा लेखिएको यो उपन्यासमा शोषण, अन्याय, अत्याचार, दुराचार आदिको प्रस्तुति छ । व्यक्ति, समाज र देश नै शोषित भएकाले त्यसका विरूद्धमा जनताहरू आन्दोलित हुन थालेका र व्रmमशः जनचेतना पनि जागृत हुँदै गएको वmुरालाई उपन्यासमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । सामाजिक सुधार, मानवीय जीवनमूल्यको खोजी र वर्गीय विभेदको अन्त्यको चाहना राखिएको यो उपन्यासमा वर्गीय पात्रको प्रयोग पाइन्छ । वर्गद्वन्द्वको चित्रणभन्दा वर्गीय वैषम्यको चित्रण गर्न बढी रूचाउने रमेश विकल मूलतः सामाजवादी यथार्थवादी उपन्यासकार हुन् ।
अविरल बग्दछ इन्द्रावतीमा इन्द्रावती उपन्यास एउटा माक्र्सवादी वा समाजवादी उपन्यास भएकाले यसलाई माक्र्सवादी विश्लेषणका विभिन्न आधारमा अध्ययन गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा चाहिँ माक्र्सवादी विश्लेषणका विभिन्न आधार मध्ये समाजवादी यथार्थको कोणबाटमात्र अध्ययन गरिएको छ । हालसम्म यस उपन्यासलाई अन्य कोणबाट अध्ययन गरिएको भए तापनि यस कोणबाट हालसम्म व्यवस्थित र व्यावहारिक अध्ययन गरिएको पाइदैन । यसर्थ यस अध्ययनमा रमेश विकलको यस अविरल बग्दछ इन्द्रावतीमा इन्द्रावती उपन्यासलाई माक्र्सवादी साहित्य अन्तर्गत समाजवादी यथार्थताको आधारमा अध्ययन गरिएको छ ।

२. समस्था कथन
समाजवादी यथार्थवाद ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित साहित्यिक सिद्धान्त हो । यसै सिद्धानतलाई केन्द्रमा राखेर रमेश विकलले नेपाली साहित्यमा थुप्रै कृतिको रचना गरेका छन् । विशेष गरी नेपाली आख्यानमा उनको योगदान धेरै रहेको छ । प्रस्तुत अविरल बग्दछ इन्द्रावती उपन्यास पनि एउटा प्रगतिशील विचार बोकेको यथार्थवादी उपन्यास हो । वास्तवमा नेपाली समाजमा देखिएको वर्गीय द्धन्द्धलाई यसले यथार्थ र मार्मिक ढङ्गबाट चित्रण गरेको छ । यद्यपि त्यो ढङ्गबाट यो उपन्यासको हालसम्म प्रभावकारी अध्ययन हुन सकेको छैन । तसर्थ प्रस्तुत अध्ययनम माक्र्सवादी विश्लेषणका आधारमा अविरल बग्दछ इन्द्रावती उपन्यास कसरी हर्न सकिन्छ भन्ने मूल समस्यामा केन्द्रित रहेर प्रस्तुत अध्ययन गरिएको छ ।
३. उद्देश्य
माक्र्सवादी साहित्यको सामान्य परिचय दिनुका साथै माक्र्सवादी समालोचना अन्तर्गत समाजवादी यथार्थताका आधारमा अविरल बग्दछ इन्द्रावती उपन्यासको विश्लेषण गर्नु भन्ने उद्देश्यमा केन्द्रित भएर प्रस्तुत लेख तयार गरिएको छ ।
४. अध्ययनको परिसीमा
माक्र्सवादी साहित्यको सामान्य परिचय दिनुका साथै माक्र्सवादी समालोचना अन्तर्गत समाजवादी यथार्थताका आधारमामात्र अविरल बग्दछ इन्द्रावती उपन्यासको विश्लेषण गर्नुमा प्रस्तुत अध्ययनलाई सीमित गरिएको छ ।
५. अध्ययनको औचित्य र महत्व
अविरल बग्दछ इन्द्रावती उपन्यास नपाली समाजबो जिउँदो इतिहाँस हो । वास्तवमा नेपाली समाज त्यतिबेला कसरी अगाडि बढेको थियो भन्ने यथार्थलाई जस्ताका त्यस्तै उपन्यासकार रमेश विकललले यस उपन्यासमा चित्रण गरेका छन् । यस अध्ययनले यो उपन्यास कसरी वा के कति कारणले माक्र्सवादी वा प्रगतिवादी उपन्यास हो भन्ने कुरालालाई पुष्टि गर्ने भएकाले त्यसको अध्ययन गर्ने चाहानेलाई निकै औचित्यपूर्ण देखिन्छ । यसका अतिरिक्त यस विषयम अध्ययन गर्ने र अध्ययन गर्न चाहाने जो कोही प्राध्यापक, विद्यार्थी, अनुसन्धाता, तथा सरोकार राख्ने निकायलाई सहयोग गर्नेछ । यसका अतिरिक्त प्रस्तुत अध्ययनको सामग्री पाठ्यांशसँग सम्बन्धित भएकाले पनि यो अझ औचित्यपूर्ण देखिन्छ ।
६. अध्ययन विधि
प्रस्तुत अनुसन्धानात्मक लेखमा गण्ुाात्मक अनुसन्धान ढाचाँ र वणर्नात्मक विधिको उपयोग गरिएको छ । यसरी तथ्याङक् सङक्लन गर्न पस्ुतकालय अध्ययन विधि र टिपोट पत्रलाई उपयोग गरिएको छ । द्वितीयक सा्रेत सामगी्रका रूपमा भने यस अध्ययनसँग सम्बन्धित सद्धौन्तिक पस्ुतक, अनुसन्धानमत्मक लेख र विकिपिडियाको समेत उपयोग गरिएको छ । यसका अतिरिक्त गुणात्मक विश्लेषण गरिएका लेख, रचना, तथा अनुसन्धान प्रतिवेदनहरूको गहन अध्ययन गरी तिनको आवश्यक उपयोग समेत गरिएको छ । विशेष गरी व्याख्या विश्लेषणका लागि निगमनात्मक विधि र तार्किक प्िरक्रयाको उपयोग गरिएको छ । माक्र्सवादी समालोचनाका आधारमा शाब्दिक तथ्याङ्क सङ्कलन गरीे तार्किक विश्लेषण गरिएको छ ।

७. सैद्धान्तिक अवधारणा
जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) का नाममा सुरू भई संसारभरि प्रसिद्ध माक्र्सवादी दर्शन उन्नाइसौँ शताब्दीको मध्य (कम्युनिस्ट घोषणा पत्र ः सन् १८४८) मा प्रतिपादित सिद्धान्त हो । महान द्धन्द्धात्मक भौतिकवादी दार्शनिक तथा सर्वहारा वगृका पथ प्रदर्शक कार्लमाक्र्सको जन्म सन् १८१८ मे ५ मा जर्मनको राइन प्रदेशमा पर्ने ट्रिएर नगरमा भएको हो । यिनले पेरिसमा पुगेर समाजवादी विचार धाराको गहन अध्ययन गरे । त्यही यिनको फ्रेडरिक एङ्गेल्ससँग भेट भयो । सन् १८१८ मा यी दुवै मिलेर कम्युनिष्ट मेनिफेस्टो तयार पारे । यो घोषणा पत्र र माक्र्सको सन् १८६७ मा प्रकाशित नामक कृति साम्यवादी मार्गदर्शक दर्शन बन्न पुगे । यसैको विशिष्ट व्याख्या गरी व्यवहारमा उतार्ने काम लेलिनले गरे (शर्मा र लुइटेल, २०६१ः १३०–१३१) । भौतिक रचनाबारेको अध्यात्मवादी एवं यान्त्रिक भौतिकवादी मान्यताभन्दा पृथक् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी स्थापना लिएर देखा परेको माक्र्सवादले प्रकृति, मानव समाज र चिन्तनको विकासबारे वैज्ञानिक व्याख्या प्रस्तुत गरेको छ । यसले विद्यमान विश्वको भौतिक संरचनाका निर्माता श्रमजीवी मानिस मात्र हुन् भनी तिनकै समृद्ध जीवन निर्माणका निम्ति अग्रसर हुनु पर्ने र हुने श्रम पक्षधर मान्यता प्रस्तुत गरेको छ । यसले सामन्तवादी एवं पुँजीवादी शोषणका विरूद्ध मात्र होइन दलाल पुँजीपति एवम् साम्राज्यवादी क्रियाकलापको पनि डटेर विरोध गर्नु पर्ने मान्यता प्रस्तुत गरेको छ ।
७.१ समाजवादी यथार्थवाद
समाजवादी यथार्थवादले समाजको ऐतिहासिक विकासका विभिन्न चरणको ठोस व्याख्या गर्दै भविष्यप्रति आशावादी दृष्टिकोण प्रस्तुत मात्र गर्दैन अपितु भविष्य प्राप्तिका लागि उत्प्रेरित समेत गर्दछ । समाजवादी यथार्थवादले कला साहित्य सम्बन्धी सौन्दर्यात्मक, ज्ञानात्मक तथा विचारधारात्मक पक्षको सम्यक् विवेचन गर्दै यी तिन वटा पक्ष भन्नु नै कलाका कार्य हुन् भन्ने वस्तुनिष्ठ धारणा प्रस्तुत गर्दै आएको छ । समाजवादी यथार्थवाद मूलतः पुरातन, यथास्थितिवादी, आदर्शवादी एवम् पुँजीवादी साहित्यिक मान्यताका प्रतिधु्रवमा स्थापित वैज्ञानिक विधिमा आधारित उन्नत साहित्यिक मान्यता हो जसले समाज विकासको आधारभूत प्रक्रियाका रूपमा वर्ग सङ्घर्षमा जोड दिन्छ । वर्गीय संरचनायुक्त समाजमा वर्ग सङ्घर्ष अपरिहार्य हुने हुँदा कला साहित्यमा पनि वर्ग सङ्घर्षको कलात्मक प्रतिबिम्बन सम्बन्धी व्याख्या समाजवादी यथार्थवादले गर्दछ । समाजवादी यथार्थवादले परिवर्तन सम्बन्धी यान्त्रिक एवम् सङ्कुचित धारणालाई आत्मसात् गर्दैन बरू समाज विकासको द्वन्द्ववादी मान्यतालाई आत्मसात् गर्दै सर्वहारा वर्गीय यथार्थको प्रतिबिम्बनमा विशेष चासो देखाउँछ । यसले मूलतः पुरानोको अन्त्य र नयाँको आमन्त्रण गर्दै त्यस निम्ति कला साहित्यमा उदात्त विचारको सम्प्रेषण हुनु पर्ने मान्यता राख्दछ ।
समाजवादी यथार्थवादले पुरातन सामन्ती एवम् पुँजीवादी विचारको कठोर आलोचना गर्दै कम्युनिष्ट विचार र राजनीतिको पक्षपोषण गर्नुका साथै सर्वहारा वर्गीय पक्षधरता तथा आम श्रमजीवी वर्गको उत्थानमा उत्प्रेरित गर्दछ । त्यसका साथै यसले वर्ग सङ्र्षका माध्यमबाट उत्पीडित जनताको उन्मुक्तिको सन्देश सम्प्रेषण गर्दछ । यसले रूपवादका माध्यमबाट साहित्यको भ्रष्टीकरण गर्ने रूपवादी लेखनको कठोर आलोचनाका साथ कला कृतिमा उन्नत सौन्दर्य मूल्यको खोजी र सुस्पष्ट व्याख्या समेत गरेको पाइन्छ । समाजवादी यथार्थवादका मुख्य विशेषता निम्नानुसार रहेक छन् ः
ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणको अवलम्बन,
वस्तुगत यथार्थप्रतिको निष्ठा एवम् क्रान्तिकारी भविष्यदृष्टिको अभिव्यञ्जना,
कला कृतिमा सर्वहारा वर्गीय दृष्टिकोणको अपरिहार्यता,
अन्तर्वस्तु र रूपका बिचमा द्वन्द्वात्मक सम्बन्ध देखाउनु,
आम जनतामा आशा एवम् भरोसाको सम्प्रेषण गर्नु तथा सौन्दर्यात्मक,
ज्ञानात्मक एवम् विचारधारात्मक पक्षलाई कलाका मुख्य कार्य ठान्नु आदि ।
समाजवादी यथार्थवाद भन्नाले साहित्यमा द्धन्द्धात्मक भौतिकवादी विचारधारालाई अँगालेर तिनका रीति र सिद्धान्त अनुसार विश्लेषण, व्याख्याा र चित्रण गर्ने माक्र्सवादी दृष्टिकोणलार्य बुझाउँछ (प्रधान, २०६१, पृ. १५५) । समग्रमा समाजवादी यथार्थवाद भन्नु नै माक्र्सवादी यथार्थवाद हो भन्ने पनि बुझिन आउँछ । समाजवादी यथार्थवादले समाज र जीवन जगत्को वस्तुनिष्ठ एवम् कलात्मक प्रतिबिम्बनमा जोड दिनुका साथै समाज विकासका हरेक मोडमा देखिने व्यवधान अनि अन्तर्विरोध र त्यसबाट उत्पन्न परिस्थितिको ठोस व्याख्या एवम् विश्लेषण गर्दछ ।
७.२ द्वन्द्वात्मक भौतिकवाद
द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव समाज एवं चिन्तनमा विद्यमान गतिका आम नियमहरूको अध्ययन गर्ने विश्वदृष्टि हो । यसको निर्माण माक्र्स तथा एङ्गेल्सले सम्पूर्ण पुराना दर्शनको अध्ययनका साथै जर्मन भाववादी हेगेल (सन् १७७० –१८३१) को आत्मवादी द्वन्द्ववादबाट आदर्शवादी आवरण हटाएर तथा जीवन जगत्का विषयमा पदार्थ वा भौतिक जगत्को प्राथमिकता स्वीकार गरे पनि द्वन्द्वात्मकताको ख्याल नगर्ने फायरबाख (सन् १८०४–१८७२) को यान्त्रिक चिन्तनलाई पन्छाएर गरेका हुन् । हेगेलले द्वन्द्ववादको सूत्र विचारमा लागु गरी त्यसबाट पदार्थको सृजना भएको उल्टो व्याख्या गरेका थिए भने फायरबाखले पदार्थलाई प्राथमिक महत्व दिएर पनि त्यसको अन्तरविरोधपूर्ण गति र विकास प्रक्रियालाई यान्त्रिक ढङ््गमा बुझेका थिए । माक्र्स र एङ्गेल्सको द्वन्द्वात्मक भौतिकवाद ती दुबैका अभौतिक अवैज्ञानिक मान्यताभन्दा पृथक् वैज्ञानिक पद्धतिमा आधारित छ ।
७.३ शोषण र अन्धताको विरोध
माक्र्सवादले आफ्नो सामाजिक विश्लेषणमा दास, सामन्ती एवं पँुजीवादी समाज व्यवस्थामा मानवीय श्रमको भिन्न–भिन्न रूपमा शोषण हुने र समाजवाद तथा साम्यवादी समाजमा शोषणको पूर्ण अन्त हुने विश्लेषण प्रस्तुत गरेको छ । यसले समाज विकासको आधार उत्पादन प्रणालीलाई मान्दछ र दासयुगमा मालिकले दासलाई किनबेच गर्न, मार्न र सम्पूर्ण श्रमको अमानवीय शोषण गर्न सक्ने मान्दछ (श्रेष्ठ, २०५६ ः १११) । त्यस समाजमा कानुन बनाएर होइन धर्मका आडमा मनोमानी ढङ्गले किसान लगायतका श्रमिकमाथि बर्बर शोषण मच्चाइन्छ (भुसाल, २०६५ ः २३) । कमैया, बेगारी, कुत आदि प्रथा सामन्ती शोषणका स्वरूप हुन् । पुँजीवादी युगमा उत्पादनका जमिन, उद्योग लगायतका साधनको स्वमित्व पुँजीपतिमा रहन्छ र श्रमिकहरू अधिकारमा स्वतन्त्र भएपनि बाँच्नका लागि पुँजीपतिलाई श्रम बेच्न बाध्य हुन्छन् । उत्पादन प्रक्रियाका दास, सामन्ती एवं पुँजीवादी सामाजिक, आर्थिक व्यवस्थामा शोषणका रूप फरक भए (श्रेष्ठ, २०५६ ः ९१ ) पनि मूलतः शोषणमूलक नै हुन्छन् भन्ने मानिन्छ ।
माक्र्सवादले सामन्तवादी एवं पँुजीवादी समाजमा हुने शोषणको अन्त्य गरी समाजवादी एवं साम्यवादी समाजको स्थापना गर्ने दीर्घ कालीन ध्येय लिएको हुन्छ । माक्र्सवादले सामन्त एवं पुँजीवादी शोषणको मात्र नभई साम्राज्यवादी थिचोमिचो र हस्तक्षेपको पनि विरोध गर्दछ ।सामन्ती समाज र पछिल्लो अवधिमा पुँजीवादले पनि धार्मिक अन्धता, रहस्य र अनेकौँ सामाजिक कुसंस्कारको पक्ष पोषण गरी समाज विकासमा अवरोध पु¥याएको मादन्छ र ती सम्पूर्ण गलत परम्पराका विरूद्ध द्वन्द्ववादी एवं भौतिकवादी दृष्टि अनुरूपको स्वस्थ समाजको निर्माणमा लाग्नु पर्ने अवधारणा प्रस्तुत गर्दछ । यसरी सामन्तवादी, पुँजीवादी एवं साम्राज्यवादी शोषण दमनका विरूद्ध मात्र होइन कुनै पनि मानव विकासका विज्ञान सम्मत मान्यता विरोधी अन्धताको सशक्त विरोध गर्ने सिद्धान्त भएकाले माक्र्सवादलाई शोषण र अन्धता विरूद्धको सिद्धान्त मानिन्छ ।
७.४ वर्गीय पक्षधरताको सिद्धान्त
माक्र्सवादले कुनै पनि दर्शन यता न उताको अर्थात् धनी र गरिब सबैलाई समान देख्ने तटस्थ हुनै नसक्ने मान्यता प्रस्तुत गरी आफ्नो पक्षधरता निम्न वर्गीय श्रमजीवी जनताका समर्थनमा रहेको घोषणा नै गर्दछ। यसले आर्थिक दृष्टिले उपेक्षित र शोषित वर्ग अनि सामाजिक दृष्टिले अपहेलित जनताप्रतिको पक्षधरता जनाउँछ । विद्यमान विश्वका निर्माता, सभ्यताका उपासक र सामाजिक परिवर्तनका बाहक शक्ति भनेका मेहनतकस जनता नै हुन् भन्ने मान्यता यसले प्रस्तुत गर्दछ । प्राकृतिक र भौतिक स्रोत एवं साधनमाथि हैकम जमाएर बस्नेहरूले नभई रातदिन पसिना बगाएर श्रम गर्नेले मात्र संसारको निर्माण गरेका हुन् भन्ने मान्यता राख्दै माक्र्सवादले श्रमजीवीप्रतिको पक्षधरता दर्शाउँछ र त्यसै वर्गलाई शासनसत्ताको आसनमा पु¥याउने विचार व्यक्त गर्दछ । माक्र्सवादले सर्वहाराको पक्षधरता दर्शाउने मात्र होइन सर्वहारा अधिनायकत्वको वकालत पनि गर्दछ । यसरी निम्न वर्गीय पक्षधरता दर्शाउँदै समाज परिवर्तनको महान् ध्येयमा अघि बढ्नु माक्र्सवादको अर्को महत्त्वपूर्ण स्थापना मानिन्छ ।
७.५ क्रान्तिकारी विद्रोह
माक्र्सवाद समाजलाई हेर्ने मात्र होइन फेर्ने दर्शन हो । यस कारण यसले कुनै पनि कुराको सामान्य सुधार मात्र होइन व्यापक एवं आमूल परिवर्तनको माग गर्दछ । यसको द्वन्द्वात्मक भौतिकवादी मान्यताको एउटा व्याख्या मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा विकास भन्ने रहेको छ । यसले पहिले वस्तुको आकारमा वृद्धि हुने र त्यसको उत्कर्ष बिन्दुपछि गुणात्मक परिवर्तन हासिल हुने व्याख्या गरेको छ । सामाजिक परिवर्तनको कुरो गर्दा पहिले मानिसमा आफ्ना हक अधिकारको सचेतनामा वृद्धि भई विभिन्न खालका विद्रोहात्मक कार्य वा सामाजिक सुधारका कामहरू हुन्छन् तथा तिनमा सफलता असफलता पनि हात लाग्न सक्छ । माक्र्सवादले यस्ता छिटफुट घटनालाई मात्रात्मक सुधारका रूपमा मात्र लिन्छ र गुणात्मक उपलब्धिका निम्ति क्रमभङ्ग र छलाङ मार्फत प्राप्त हुने आमूल परिवर्तनको अपेक्षा गर्दछ । यस्तो मात्रात्मक विकासलाई सर्पिल गतिमा तथा गुणात्मक विकासलाई भ्यागुते गतिका रूपमा व्याख्या गरिन्छ (किरण, २०६३ ः १०१ ) । यसको ऐतिहासिक भौतिकवादी व्याख्या अनुसार सामन्तवादका सट्टा पुँजीवाद, पुँजीवादका सट्टा समाजवाद यस्तै क्रमभङ्ग र छलाङ मार्फत प्राप्त हुने गुणात्मक परिवर्तनका उदाहरण हुन् । नेपाली समाजमा २००७ सालदेखि यता थुप्रै मात्रात्मक परिवर्तन भएपनि अर्धसामन्ती आर्थिक, सामाजिक एवम् सांस्कृतिक संरचनामाथि विजय प्राप्त गर्नु अझै आवश्यक रहेको मानिन्छ । यसरी हेर्दा माक्र्सवाद सानातिना उपलब्धिमा विश्राम लिने नभई आमूल परिवर्तनको लामो प्रक्रियामा लागि रहने वैज्ञानिक सिद्धान्तका रूपमा देखा परेको छ र यो पनि यसको महत्त्वपूर्ण प्रस्थापनामा पर्दछ ।
८. अविरल बग्दछ इन्द्रावती उपन्यासको विश्लेषण
नेपाली साहित्यका बहुचर्चित व्यक्तित्व रमेश विकलले लेखेको अविरल बग्दछ इन्द्रवती उपन्यास सामाजिक यथार्थलाई बोकेको एउटा उत्कृष्ट प्रगतिवादी रचना हो । यसमा निम्न वर्गका नेपालीलाई उ च्च वर्गका भन्ने शोषक सामान्तले कसरी अन्याय, अत्याचार गर्दछन् र त्यस्तो अन्याय अत्याचारका विरूद्धमा निम्न वर्गले उठाएको आवाजलाई बुलन्द गर्ने काम गरेको छ । यस अध्ययनमा विकलको यस उपन्यासलाई समाजवादी यथार्थवादको कसीबाट अध्ययन विश्लेषण गरिएको छ । समाजवादी यथार्थवाद ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित साहित्यिक सिद्धान्त हो । यथार्थवादी लेखन परम्परामा समाजवादी यथार्थवाद भन्दा पूर्व प्रभावशाली रहेको आलोचनात्मक यथार्थवाद आफ्नो समयको उन्नत साहित्यिक संस्करण थियो तापनि उत्तरोत्तर यसका सीमालाई आँैल्याउँदै समाजवादी यथार्थवादको उदय भएको हो । खास गरी समाजवादी यथार्थवादको नामकरण, यसमा विद्यमान सौन्दर्यपरक मूल्यको व्याख्या र प्रतिस्थापन, यसको उत्थान र विकासमा म्याक्सिम गोर्की लगायतका रूसी लेखकहरूको महत्वपूर्ण योगदान रहेको छ । वस्तुतः समाजवादी यथार्थवाद भन्नु नै माक्र्सवादी यथार्थवाद हो ।
८.१ अविरल बग्दछ इन्द्रावती उपन्यासमा समाजवादी यथार्थ
उपन्यासकार रमेश विकलका तीन उपन्यास मध्ये अविरल बग्दछ इन्द्रावती सबैभन्दा उपयुक्त समाजवादी वा प्रगतिवादी उपन्यास हो । विकल एउटा उत्कृष्ट तथा सफल समाजवादी उपन्यासकार हुन् । उनले प्रगतिवादी वा समाजवादी विचारधारामा रहेर नेपाली समाजको सूक्ष्म अध्ययन गरी आफ्ना उपन्यासमा जनजीवनमा प्रचलित शोषण, अन्याय र अत्याचारको निकै मार्मिक र सशक्त रूपमा चित्रण गरेका छन् । प्रस्तुत उपन्यासमा सिन्धुपलाञ्चकको इन्द्रावती नदीकिनारमा बसी जीविकोपार्जनमा जुटेका माझीहरूको दुखी अभावग्रस्त र शोषणले पीडित जीवनको कथा हो । माझीहरूमा आउँदै गरेको चेतनाको उज्यालो र जुका ढाडिएझैँ गरिबको रगत र पसिना चुसेर असरल्ल परेका काजीहरूको अनर्तद्ध्र्रन्द्धको कथाव्यथा बनेर उपन्यासमा आएको छ आञ्चलिकतालाई वरण गरेर त्यहाँको सामान्ती प्रथालाई समाप्त पार्न समय, शक्ति र सङ्गठन बोध गराउने उपन्यास भएकाले यसमा निम्नवर्गीयहरूको चेतनाले गर्दा एकताको बाटो समाती सङ्घर्षको तयारीमा जुटिरहेको यथार्थ तथ्य प्रस्तुत गरिएको छ । धरातल र वैचारिक प्रवाहमा पनि यो उपन्यास सफल छ (बराल र एटम, २०५८, पृ. १६१) । समाजका गरिब, दुखी, असहाय र निम्नवर्गीय माझी वर्गको पीडा यस उपन्यासमा चित्रण गरेका छन् । समाजका उच्वर्गले गर्ने अन्याय, अत्याचार, हत्या, अपराधिक प्रवृति, बलत्कार आदि कुकर्मको विरोध समेत देखाइएको छ । उपन्यासको प्रमुख पात्र शोभिते , गिरी मास्टर, हरिकृष्ण सन्याससी र देवु पनेरू आदि पात्रले समाजवादी चेतनाको भाव प्रकट गरेका छन् ।
तत्कालीन राज्य सत्ताको केन्द्रबाट प्रक्षेपित भएको शासन प्रणाली जिल्ला र गाउँसम्म पुग्दानपुग्दै काजीजस्ता अभिजात मुखिया र सामन्तहरूका हातमा पुग्दछ । राजनीतिक व्यवस्थाका सारा पक्षलाई आफ्नो अनुकूल बनाएर व्याख्या गर्ने पद्धति र त्यसको दुर्नियत सबैलाई थाहा हुन्छ । यसो हुँदाहुँदै पनि काजीवर्गका विरोधमा चूँसम्म पनि नगरी जीवन बिताउनु सिवाय त्यस क्षेत्रका माझी समाजमा अर्को उपाय पनि देखिदैन । खोलाका बगरमा किलो ठोकेर नाउ अल्झाई बल्छी खेल्नु, जाल र दुवालीमा माछा फसाउनु, रातमाटो पाखाका वरिपरि खर, घाँस र दाउरा बटुल्नु, बगेर खेतमा साहुका गरा बिराउनु,ृ गाउँकै इज्जत ठानेर सानोकाजीको हवेली ठडयाइदिनु, उपेर पुगेका रूप र डाल परेको छोरी चेलीहरूलाई काजीखलकले बलात्कारै गरे पनि ठीकै ठान्नु र मुखियाहरूको अनुकम्पा नै ठान्नुलाई आफ्नो भाग्यको सर्वस्व ठान्ने ती माझीहरूका नयाँ पुस्तामा बिस्तार बिस्तार परिवर्तन र आत्मसबलताको भावना विकास हुन लागेको देखिन्छ ।
अचेतनताको अन्धकारमा डुबेका गाउँमा चेतनाको ज्योति विस्तार गर्न पसेका गिरी मास्टरजस्ता सचेत पात्रका उपस्थितिले अन्य पर्यावरणमा पनि परिवर्तन आउन लागेको छ । यस अवस्थामा नयाँ मूल्य र नयाँ चेतना आविभाव हुन लागेको छ, अनि मान्छेको अधिकार कति हो र कर्तव्य के हो भन्ने कुरा पनि बोध हुन थालेको छ । हरिकृष्ण सन्नेसी र वेदु पनेरूमा आइपरेको आप्त भनेको काजीको वर्गस्वार्थको प्रतिक्रियामात्र हो । काजीबाट नायाँ काजीपन आफुमा ल्याउन चाहनेलाई सानोकाजीले बन्दुकले उडाएको छ । क्रमशः समाजमा बढ्न लागेको चेतनाको प्रभावमा युवा जमात जुर्मुराउन थाल्दछ । त्यस समाजका युवाहरूका कारावाससमेले चारित्रिक विकासमा भुमिका खेलेको छ । समाजमा विद्यमान सामन्ती विकृतिले लामो समयदेदि पाल्दै ल्याएका दास र अद्र्धदासप्रथाका स्वरूपलाई जस्ताको तस्र्त जोगाई राख्न तम्सनेवर्गका पीडाबाट पीडित समाजको प्रतिनिधित्व माझी समुदायबाट भएको छ । क्रमशः नयाँ पुस्तामा जागरण भर्ने क्रम पनि उपन्यासमा प्रस्तुत भएको छ । निरन्तर प्रवाहमान इन्द्रावतीको वेग झैँ यस फाँटमा आफ्नो जीवन यात्रा प्रवाहित गर्ने माझीहरूका इतिहासले नेपाली समाजमा आज पनि विद्यमान रहेको सामन्तीप्रथालाई समाप्त नगरी कुरा अनुरोध गराउँछ । माझीहरूका जीवन गतिमा दैनिक चर्याको गति अविरल प्रवाहित हुनु नै परिवर्तनको आग्रही स्वर हो ।
८.२ अविरल बग्दछ इन्द्रावती उपन्यासमा वर्ग सङ्घर्ष
वर्ग सङ्घर्ष माक्र्सवादी साहित्यको प्रमुख मान्यता हो । यस उपन्यासमा उपन्यासकार रमेश विकलले वर्ग सङ्घर्षको कुरालाई सशक्त ढङ्गले उठाएका छन् । उपन्यासमा उच्चवर्ग काजी खलक र निम्न वर्ग माझी बीचको वर्ग सङ्घर्षलाई मार्मिक र सशक्त रूपमा आएको छ । खलनायक पक्षको प्रभुत्व र अत्याचारलाई नकारात्मक पाराले प्रस्तुत गर्ने यस उपन्यासमा बूढो पुस्ता चतुर्भुजसिंह बगालमा रहेको ब्वाँसोजस्तो झुक्याएर गरीब र सिधासाधा जनताको आन्द्रभुँडी झिक्ने चरित्र र नयाँ पुस्ताको खल पुस्ताको खल चरित्रका प्रतिनिधि त्रिलोचनसिंह बगालको सामयिक मूल्य र मान्यतालाइृ दुरूपयोग गर्दै निम्नवर्गीय माझीहरूमाथि शोषण र थिचोमिचो गर्ने शैलीलाई प्रस्तुत उपन्यासमा स्थामना गरिएको छ । उपन्यासकार विकलले उपन्यासको आद्यन्त शोषण र उत्पीडनका आधारमा गरीब र निर्दोष किसानलाई दबाउने बाटोमा लागेको खलनायक त्रिलोचनसिंहका पक्षहरूलाई उकातिर र अर्कातिर तिनै शोषहरूका विरूद्ध क्रमशः जुन्न लागक मान्छेहरूलाई उद्बोधनको मार्ग तय गर्ने चेतनाको उदीपनमा यस समाजका निम्न वर्गहरू संग्न भएको देखाएका छन । लामो समयसम्म आत्मबल र विश्वासलाई कायम राखेर गरीबका अन्तरात्ममा सामन्तवादी शोषणका विरूद्ध घृणा र विद्धेष जन्माउन सक्रिय रहने पात्र सोभिते उपन्यासको प्रमुख र अपेक्षित उदेश्य बहन गर्ने पात्र हो (सुवेदी, २०५३, पृ. ३१८) । यसरी उच्च वर्गको प्रतिनिधित्व सानो काजीले गरेको छ भने निम्न वर्गको प्रतिनिधित्व शोभितेले गरेको छ । एउटा काजीले गरेको अन्याय अत्याचारका विरूद्ध सिङ्गो माझी गाउँले सङ्घर्ष गरेको छ ।
युगौदेखि नदी किनारमा आश्रय बनाएर एउटा संस्कार र सभ्यता निर्माण गर्दै आएका सरल स्वभावका माझी जातिको बूढो पुस्ता भूमा मिजार अभाव, शोषण र उत्मीडनसँग जुद्धै आफ्नो समूहको सांस्कृतिक नेतृतव प्रदान गर्दछ । दुई छोरा र एक छोरीको बाबु भुमा मिजार काजी खलकका नयाँ पुस्ता र माझीहरूका नयाँ पुस्ताका बीचमा जन्मेका द्धन्द्धका मध्यस्थता गर्दै आफ्नो सरल जीवत यापन गर्दछ । सानोकाजी त्रिलोचनसिंह बगालका अठाटमा माथि उल्लेख भएका क्रियाकलाहरूबाट व्यवहारको परिवर्तन गर्ने होइन, आफुले अभिजात गुणलाई एउटा टोटाबाल बन्दूकका भरमा थाम्न सकिन्छ भन्ने विश्वासमा जीवन बाँच्दछ । सामाजिक जीवनपद्धतिमा राजनीतिक परिवर्तनले ल्याउन लागेका नयाँ मूल्यहरूलाई आफ्नो स्वार्थमा आत्मसात् गनै काजीसँग प्रतिद्धन्द्धिमा गरेर प्रधानपञ्चमा उठ्ने हरिकृष्ण सन्यासीलाई एकपल्ट र देबु पनेरूलाई अर्कोपल्ट सानोकाजीले आफ्ना बन्दुकको निसाना बनाउँछ । यस घटनाको आरोप वा हत्याको आरोपमा सिङ्गो गाऊलाई जेल हालेर काजीले गर्नुसम्मको अन्याय गरेको छ ।
८.३ अविरल बग्दछ इन्द्रावती उपन्यासमा आर्थिक विषमता
माक्र्सवादी साहित्यको अर्को महत्वपूर्ण आधार अर्थ पनि हो । आज आर्थिक अभावका कारण कयौँ मानिसहरू अन्याय र अत्याचारमा परेका छन् । यस उमन्यासमा पनि आर्थिक अभाव पनि द्वन्द्वको कारण बनेको छ । गाउँमा बसोबास गर्ने अधिकांश निम्न वर्गका माझी समुदाय आर्थिक अभावकै कारण काजीको दास बनेका छन् भने माझीलाई माथि उठ्न नदिन तथा सधैभरि दास बनाइ रहन काजीले शोषण गरिरहेको छ । गाउँमा उत्पादन गरेका वा घरमा उत्पादन गरेका राम्रो चिज र बस्तुलाई काजीले सीत्तैमा खाइदिनाले पनि यो सधै तल परेको हो । सानोकाजी र माझीहरू द्धन्द्धका कारणले सम्पुर्ण माझीगाउँ उजाडमा परिणत हुन्छ । माझीलाई भगाएर त्यस ठाउँमा काजीले आफ्नो सानदार महल ठडयाउँछ । अलिकति हेर्नू हुने खालका गाउँले तरूणीहरूको सतीत्व हरणमा सानो काजी र उसका लार्केहरू एक गठ भएर संलग्न हुन्छन्े । निर्दोष मझिनीहरू दिल्ली र बम्बैका वेश्यालयमा पराएर बेचिन्छन् । बनदुकेकाजी नामबाट कुख्यात बनेको सानोकाजीका आतङ्कपुर्ण शोषणले त्यस फाँटमा अवस्थित माझीका गाउँ–बेसीका आवासहरू भग्नावशेषका रूपमा परिणत हुन पुग्छन् । वर्तमानका विकृतिमूलक शैलीका आक्रमणले विखण्डित बन्न पुगेका कतिपय परम्परित मूल्यहरू नेपालको विकृतिपूर्ण परिचायक तत्व बनेर उपन्यासभरि छरिएका छन् । राजधानीमा बद्मासी गरेपछि गाउँमा र गाउँमा बद्मासी गरेपछि राजधानीमा लुकेर निम्नवर्गीय व्यक्ति र समाजसमेतलाई सताउँदै बस्ने सानोकाजी उपन्यासका अन्ततिर पुग्दा राक्षसका रूपमा परिवर्तित भइसक्छ । सामाजिक र सांस्कयतिक मूलयलाई विकृत पारेर राजनीतिक आडमा जनताको शोषणमा आजीवन जुटिरहन्छ सानोकाजी । माझीले खाने खेतमा हबेली बनाएर मोजमस्ती गर्दछ भने माछा मारेर जीविकोपार्जन गर्ने नदीमा बम र विषादी हालेर माझीलाई सधै भोकै राख्ने खेलमा सानोकाजी लागेको छ । यसरी आर्थिक रूपमा माथि उठ्न नदिन काजी लागी परेको छ ।
८.४ सामन्तवादी एवं पँुजीवादी व्यवस्थाको शोषण र अन्धताको विरोध
माक्र्सवादले सामन्त एवं पुँजीवादी शोषणको मात्र नभई साम्राज्यवादी थिचोमिचो र हस्तक्षेपको पनि विरोध गर्दछ । यस वादले सामन्तवादी एवं पँुजीवादी समाजमा हुने शोषणको अन्त्य गरी समाजवादी एवं साम्यवादी समाजको स्थापना गर्ने दीर्घ कालीन ध्येय लिएको हुन्छ । एउटा कमजोर देशमाथि शक्तिशाली देशले गर्ने आर्थिक, सांस्कृतिक, राजनीतिक हस्तक्षेप र नाकाबन्दी मार्फत पनि साम्राज्यवादी प्रभुत्व बढि रहेको हुन्छ र त्यस प्रकारको क्रियाकलाप विरूद्ध पनि माक्र्सवाद क्रियाशील रहन्छ । उक्त प्रकारका सबै शोषण विरूद्ध जनतालाई सचेत र सङ्गठित गराउने, श्रम नै सृजना र विकासको आधार हो भन्ने सचेतना जगाउने, सामाजिक विकासमा श्रमजीवीको नै केन्द्रीय एवं निर्णायक भूमिका रहेको हुन्छ भनी यथार्थबोध गराउने तथा श्रमिक जनताको न्यायलाई स्थापित गराउने भएकाले माक्र्सवादलाई शोषण विरूद्धको सिद्धान्त मानिन्छ । यसरी सामन्तवादी, पुँजीवादी एवं साम्राज्यवादी शोषण दमनका विरूद्ध मात्र होइन कुनै पनि मानव विकासका विज्ञान सम्मत मान्यता विरोधी अन्धताको सशक्त विरोध गर्ने सिद्धान्त भएकाले माक्र्सवादलाई शोषण र अन्धता विरूद्धको सिद्धान्त मानिन्छ ।
प्रतुत उपन्यासमा सामन्तवादी एवं पँुजीवादी व्यवस्थाको प्रतिनिधित्व काजीले गरेको छ । काजीले माझी लाई कहिल्यै माथि नउठ्ने गरी थिचोमिचो गरेको छ । सोझासाझा माझीलाई गर्नुसम्मको अन्याय अत्याचार गरेपछि अन्ततः सामन्तवादी एवं पँुजीवादी व्यवस्थाको प्रतिनिधित्व काजीको खुलेर विरोध गरेका छन् । राजनीतिक, आर्थिक र सांस्कृतिक विकृतिका पक्षहरू नै आफ्नो जीवन चर्या बनाएर गरीब र निमुखा जनाताको अस्मितामाथि नै शोषणका नंग्रा गाड्ने सामन्त दुस्कृतिलाई सधैका लागि हटाउन माझी वर्ग लागीपरेका छन् । यसका लागि प्रारम्भिक चेतनाको दियो गिरी मास्टरले रात्रीकालीन कक्षा सञ्चालन गरेर दिएका छन् । वास्तवमा यस उपन्यासमा प्रगतिवाद वा अन्याय र अत्याचारमा विरूद्धमा एकजुट हुृनैपर्ने अन्यथा सधैभरि यसरी नै पीडा सहेर बस्नुपर्ने भोलिका सन्ततीले नराम्रो अवस्था भोग्नुपर्ने कथाव्यथा सुनाएर गाउँलेलाई शोषक सामान्ती प्रथाको विरोध गर्नुपर्ने जागरण मास्टरले गरेका छन् । यसको परिणाम स्वरूप माझीवर्ग सामन्तवादी एवं पँुजीवादी व्यवस्थाको शोषण र अन्धताको विरोध गर्न खुलेर आएको छ ।
८.५ अविरल बग्दछ इन्द्रावती उपन्यासमा क्रान्तिकारी विद्रोह
सामाजिक परिवर्तनको कुरो गर्दा पहिले मानिसमा आफ्ना हक अधिकारको सचेतनामा वृद्धि भई विभिन्न खालका विद्रोहात्मक कार्य वा सामाजिक सुधारका कामहरू हुन्छन् तथा तिनमा सफलता असफलता पनि हात लाग्न सक्छ । यसको ऐतिहासिक भौतिकवादी व्याख्या अनुसार सामन्तवादका सट्टा पुँजीवाद, पुँजीवादका सट्टा समाजवाद यस्तै क्रमभङ्ग र छलाङ मार्फत प्राप्त हुने गुणात्मक परिवर्तनका उदाहरण हुन् । नेपाली समाजमा २००७ सालदेखि यता थुप्रै मात्रात्मक परिवर्तन भएपनि अर्धसामन्ती आर्थिक, सामाजिक एवम् सांस्कृतिक संरचनामाथि विजय प्राप्त गर्नु अझै आवश्यक रहेको मानिन्छ । यस उपन्यासमा पनि तयो प्रकारको विद्रोह सशक्त रूपमा आएको छ । गाउँमा सानाकाजीले माझीहरूको गरी खाने खेतमा हबेली बनाउने निर्णय गरेपछि सम्पूर्ण गाउँलेहरूले त्यसको खुलेर विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् ।
धेरै वर्ष काराजीवत भोगेर घर फर्केको सोभिते विगतमा पलाएको लालगेडीसँगको पवित्र पे्रम स्परण गर्दै भूमा माझीका घरमा पुग्दछ । एउटा साँझमा अकस्मात् प्रत्यावर्तित भएको सोभिले गाउँलाई खण्डहरूका रूपमा पाउँछ । आफु पुलिसका फन्दामा परेकै दिन लालगेडी अपहरित भएको र माझी समाजका सारा युवाहरूलाई वारेण्ट गरेर पक्डाएको अनि कतिपय माझी युवाहरू भागेको तथ्य थाहा पाएपटि सोभिते सारा भाझी समाज पीडा र छट्पीमा बिजोकले सा धानिरहेको छ भन्ने कुरा आत्मसात गर्न विवश हुन्छ । आफ्नो प्यारो गाउँको त्यस विकृत अवस्थालाई स्वीकार्न पुगेपछि मात्र सोभिते विद्रोहको फुङ्कार विवश बन्दछ । यस विवशतालाई वरण गर्दै सोभिते आफ्नो घर पुग्ने अठोट गर्दछ । बाढी, पहिरो, सुखा र सानोकाजी लगायतका आक्रमणबाट उजाड बनिसकेको त्यस गाउँलाई उज्यालो र रमाइलो अवस्थामा पुर्याउने उपाय खोज्ने र त्यस ठाउँलाई अनवरत प्रगतिको बाटो प्रदर्शन गर्न सक्ने कडीका खोजीमा इन्द्रावतीको अविरल प्रवाह झै सोभिते पनि जीवनमुखी पद्धति, मान्यता र प्रात्तिका लागि सतत शक्तिको खोजीमा इन्द्रावतीको बगरको बागुला मुठीभरी समातेर प्रतिज्ञा गर्दछ–
“यस गाउँलाई गरीब माझीहरूको न्यायपूर्ण र गल्जार बस्ती बनाउन सकू ”
यसबाट के स्पष्ट हुन्छ भने निमुखा माझीहरू पनि अन्याय अत्याचारले सीमा नाघेपछि आफ्नो हक र अधिकारको लागि निर्णायक विद्रोह गर्ने निचोडमा पुगेको देखिन्छ । एक डेढ दशक समक सीमामा फैलिएको प्रस्तुत उपन्यास प्रारम्भदेखि पूर्वकालिक र तत्कालिक प्रस्तुति शिल्पमा र अनि अग्रकालिक प्रस्तुतिसम्मका शिल्पमा निर्माण भएको छ । यस प्रकारका शिल्प विन्यासका आधारमा लिखित उपन्यास सृष्टिक्रमदेखि हालसम्म इन्द्रावती नदीका आसपासका आश्रयमा जीवन निर्बाह गर्दै आएका मानवसमुदायमा घुलमिल हँुदै आएका दिनचर्या, आचार–व्यवहार, दुराचार–सदाचार, सभ्यता र जीवनपद्धतिका पक्षहरू उपन्यासभित्र समाहित भएका छन् । राजनीतिक, आर्थिक र सांस्कृतिक विकृतिका पक्षहरू नै आफ्नो जीवन चर्या बनाएर गरीब र निमुखा जनाताको अस्मितामाथि नै शोषणका नंग्रा गाड्ने सामन्त दुस्कृतिलाई उपन्यासले आफ्नो कथ्य बनाएको छ । गाउँका ठूला–ठूला र मुखिया–जमिनदार, काजीहरूको सेपमा ठिगुरिएका ग्रामीण यर्थाथलाई उपन्यासले प्रस्तुत गरेको छ । विस्तारै .गाउँलेहरूमा चेतना आए पछि काजीको विरोध गर्न थाल्छन् । काजी र माझीहरू द्धन्द्धका कारणले सम्पुर्ण माझीगाउँ उजाडमा परिणत हुन्छ । काजीले अझ माझीलाई भगाएर त्यस ठाउँमा काजीले आफ्नो सानदार महल ठड्याउँछ । अन्तमा धेरै वर्ष काराजीवत भोगेर घर फर्केको सोभिते विगतमा पलाएको लालगेडीसँगको पवित्र पे्रम स्परण गर्दै भूमा माझीका घरमा पुग्दछ । गाउँको सबै यथार्थ थाहा पाएपछि आफ्नो प्यारो गाउँको त्यस विकृत अवस्थालाई स्वीकार्न पुगेपछि मात्र सोभिते विद्रोहको फुङ्कार छोड्न विवश बन्दछ । यस विवशतालाई वरण गर्दै सोभिते आफ्नो घर पुग्ने अठोट गर्दछ । बाढी, पहिरो, सुखा र सानोकाजी लगायतका आक्रमणबाट उजाड बनिसकेको त्यस गाउँलाई उज्यालो र रमाइलो अवस्थामा पुरयाउने उपाय खोज्ने र त्यस ठाउँलाई अनवरत प्रगतिको बाटो प्रदर्शन गर्न सक्ने कडीका खोजीमा इन्द्रावतीको अविरल प्रवाह झै सोभिते पनि जीवनमुखी पद्धति, मान्यता र प्रात्तिका लागि सतत शक्तिको खोजीमा इन्द्रावतीको बगरको बालुवा मुठीभरी समातेर प्रतिज्ञा गर्दछ– “यस गाउँलाई गरीब माझीहरूको न्यायपूर्ण र गुल्जार बस्ती बनाउन सकू ।” यो प्रतिज्ञा–वाक्य वाचन गर्दै मुठीको बालुवा इन्द्रावतीका प्रवाहतिर आहुती दिन्छ ।
निष्कर्ष
नेपाली साहित्यका सुप्रसिद्ध आख्यानकार रमेश विकलद्धारा लिखित अविरल बग्दछ इन्द्रावती उपन्यास एउटा उत्कृष्ट समाजवादी तथा प्रगतिवादी उपन्यास हो । एक डेढ दशक समक सीमामा फैलिएको प्रस्तुत उपन्यास प्रारम्भदेखि पूर्वकालिक र तत्कालिक प्रस्तुति शिल्पमा र अनि अग्रकालिक प्रस्तुतिसम्मका शिल्पमा निर्माण भएको छ । राजनीतिक, आर्थिक र सांस्कृतिक विकृतिका पक्षहरू नै आफ्नो जीवन चर्या बनाएर गरीब र निमुखा जनाताको अस्मितामाथि नै शोषणका नंग्रा गाड्ने सामन्त दुस्कृतिलाई उपन्यासले आफ्नो कथ्य बनाएको छ । गाउँका ठूला–ठूला र मुखिया–जमिनदार, काजीहरूको सेपमा ठिगुरिएका ग्रामीण यर्थाथलाई उपन्यासले प्रस्तुत गरेको छ । विस्तारै .गाउँलेहरूमा चेतना आए पछि काजीको विरोध गर्न थाल्छन् । काजी र माझीहरू द्धन्द्धका कारणले सम्पुर्ण माझीगाउँ उजाडमा परिणत भएको काजीले एक पछि अर्को तरिकाबाट माझीलाई उठीबास लगाएको छ । यस घटनाबाट माझीमा अन्याय अत्याचारका विरूद्धमा लड्नु पर्ने चेतना आएको छ । यो चेतनाले गाउँलेमा प्रगतिवादी चेतना उदाएको पाइन्छ । गाउँलेको विरोधलाई दबाउन काजीले सारा गाउँलाई हत्याको आरोप लगाएर जेल हाल्छ । युवाभरि जेल परेपछि गाउँमा बुढाबुढी र केटाटीमात्र बाँकि रहन्छन् । त्यसपछि गाउँमा भोकमरी परेर भएका माझि पनि राम्रासँग जिउँन पाएका हुँदैनन । यस उपन्यासको प्रमुख पात्र शोभिते जेलबाट छुटपछि गाउँमा आउँछ । गाउँको सबै यथार्थ थाहा पाएपछि आफ्नो प्यारो गाउँको त्यस विकृत अवस्थालाई स्वीकार्न पुगेपछि मात्र सोभिते विद्रोहको फुङ्कार छोड्न विवश बन्दछ । सामन्तवादी एवं पँुजीवादी व्यवस्थाको शोषण, अन्याय र अत्याचार लगायतका आक्रमणबाट उजाड बनिसकेको त्यस गाउँलाई उज्यालो र रमाइलो अवस्थामा पुर्याउने उपाय खोज्ने र त्यस ठाउँलाई अनवरत प्रगतिको बाटो प्रदर्शन गर्न सक्ने कडीका खोजीमा इन्द्रावतीको अविरल प्रवाह झै सोभिते पनि जीवनमुखी पद्धति, मान्यता र प्राप्तिका लागि सतत शक्तिको खोजीमा इन्द्रावतीको बगरको बालुवा मुठीभरी समातेर प्रतिज्ञा गर्दछ– “यस गाउँलाई गरीब माझीहरूको न्यायपूर्ण र गुल्जार बस्ती बनाउन सकू ।” यो प्रतिज्ञा–वाक्य वाचन गर्दै मुठीको बालुवा इन्द्रावतीका प्रवाहतिर आहुती दिन्छ । यस घटनाले यो उपन्यासमा प्रगतिवादी वा समाजवादी यथार्थ स्पष्टसँग झल्केको पाइन्छ । शोभितेको यो प्रकारको विद्रोह वा प्रतिज्ञाले माझीहरूमा निर्णायक लडाई लड्न सबैमा प्रेरित गरेको छ । यसरी शोभिते, गिरी मास्टर, हरि सन्यासी र देबु पनेरूमार्फत् उपन्यासकारले समाजीवादी यथार्थ वा प्रगतिवादी स्वरलाई सशक्तरूपमा प्रस्तुत गरेकाले एउटा उत्कृष्ट समाजवादी यथार्थता रहेको उपन्यास हो भन्ने निष्कर्ष निकालिएको छ ।

सन्दर्भ सामग्री सूची:
किरण, (२०६३).सङ्घर्षको दर्शन. नेपाल ः जनदिशा प्रकाशन ।
खरेल, दुर्गानाथ (२०६४). माक्र्सवादी सिद्धान्तको परिचय. बुटवल ः जन प्रकाशन प्रा.लि. ।
त्रिपाठी, वासुदेव (२०५८). पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग २. ते.सं., ललितपुर ः
साझा प्रकाशन ।
पौडेल, विजय (२०६३). माक्र्सवादी अर्थशास्त्र. काठमाडौं ः एसिया पब्लिकेसन प्रा.लि.।
भुसाल, घनश्याम (२०६५).जनताको बहुदलीय जनवाद. काठमाडौं ः घनश्याम भुसाल ।
प्रधान, कृष्णचन्द्रसिंह (२०६१). नेपाली उपन्यास र उपन्यासकार. ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि र एटम, नेत्र (२०५६). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. ललितपुर ः साझा प्रकाशन ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६९). नेपाली उपन्यासको इतिहास. काठमाण्डौ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
विकल, रमेश (२०५७). अविरल बग्दछ इन्द्रावती. ललितपुर ः साझा प्रकाशन ।
श्रेष्ठ, कृष्णदास (२०५६). ऐतिहासिक भौतिकवाद. जन साहित्य प्रकाशन ।
शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६२). पूर्वीय तथा पाश्चात्य साहित्य सिद्धान्त. काठमाण्डौ ः विद्यार्थी पुस्तक भण्डार ।
सुवेदी, राजेन्द्र (२०५३ ). नेपाली उपन्यास परम्परा र प्रवृत्ति. ललितपुर ः साझा प्रकाशन ।

(उपप्राध्यापक, मध्यपश्चिमाञ्चल विश्वविद्यालय)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु