प्रकृतिको झापट

- इन्दिरा चापागाईं

हिजाे मान्छे
सबथाेक छाेडेर पैसाकाे लागि दाैडिन्थ्याे
कर्म, कुकर्म जे सुकै गरी पैसा थुपार्थ्र्याे
उसलाई लाग्थ्याे कि पैसा भए पछि सबथाेक हुन्छ
न त साेचेकाे थियाे बहत्तर बैशाख बाह्रकाे भुकम्प आउंछ भनेर
न त परिकल्पना गरेकाे थियाे काेराेनाले विश्व महामारी ल्याउँछ भनेर
तर, आज मान्छे
पैसाले जीवन किन्न सक्दाेरहेनछ भन्ने बिस्तारै बुझ्दैछ
प्रकृतिकाे हिसाब किताब पैसाद्वारा हुँदाेरहेनछ भन्ने सुझ्दैछ
भूकम्पले समानता ल्याएकाे थियाे धनि गरिव दुवैलाइ पालमुनि सुताएर
काेराेनाले थप पाठ पढाइरहेछ
धनी गरिब दुवैलाइ एकसमान मृत्यू दिएर
मृत्यूलाइ जित्न सकिदैन या जुनसुकै बेला जीवन किन्न सकिदैन भनेर
त्यसैले त मान्छे आाज फेरि एकपटक "मानवता" फलाक्न थालेकाे छ
अरुबेला विश्वासै नलाग्ने "भगवान" हरपल मनमनै अलाप्न थालेकाे छ
मृत्यूकाे त्रासले छाेपे पछि भाइचाराकाे पाठ पढ्न थालेकाे छ
अहमताकाे पर्दा हटाएर सबैकाे अस्तित्व हेर्न थालेकाे छ
"बहुजन हिताय बहुजन सुखाय"काे सानाे दीप हृदयमा बालेकाे छ
आफनाे मृत्यू धेरै टाढा छैन भन्ने कुरा मस्तिष्कमा राख्न थालेकाे छ
मान्छेलाई अब थाेरै भए पनि "चेतना भया"
किन कि प्रकृतिले पटक पटक दह्राे झापट हानेकाे छ ।
किन कि प्रकृतिले पटक पटक दह्राे झापट हानेकाे छ ।।
**
धुपू संखुवासभा।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु