प्रा.डा. के आर खम्बुसँग साहित्यिक कुराकानी

- धीर कृष्ण

(खोटाङको हाल जन्तेढुङ्गा गापाको चुमलुङ भन्ने गाउँमा जन्मिएका कालुराम खम्बु राईको हालको बसोबास गौरीगन्ज गापा वार्ड नं. २, कोरोबारीमा छ । प्रारम्भिक शिक्षा गाउँबाटै प्रारम्भ गरेका उनले स्कुले शिक्षा गौरीगन्ज माविबाट र स्नातकसम्म विराटनगरको महेन्द्र मोरङ क्याम्पस एवम् स्नातकोत्तर तहको शिक्षा त्रिवि, कीर्तिपुर क्याम्पसबाट पूरा गरे । त्रिभुवन विश्वविद्यालय तथा म्युनिख विश्वविद्यालयको सहकार्यमा विद्यावारिधि गरेका उनी हाल त्रिभुवन विश्वविद्यालयको प्राध्यापक पदमा कार्यरत छन् । जागिरकै सिलसिलामा अहिले भद्रपुर नगरपालिका वार्ड नं. ८, क्याम्पस मोडमा बस्ने उनै खम्बुसँग शब्दाङ्कुर मासिकका लागि नेपालबाट धीरकुमार श्रेष्ठ र बेलायतबाट कृष्ण बजगाईंले गरेका विद्युतीय कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ । – प्रधान सम्पादक)

धी/कृ – तपाईं कस्ता कस्ता विषयका उत्तर दिन सक्नुहुन्छ होला ?
केआर – मैले साहित्यको पाठक भई जबाफ दिइने खालका र वातावरण र जैविक विविधतासम्बन्धी विषयमा सोधिएका प्रश्नको जबाफ दिन सजिलो ठान्छु ।

धी/कृ – तपाईंको आँखामा समस्याका कारण देख्नमा कठिनाइ छ । यो कसरी र कहिलेदेखि भयो ? बताइदिनुहुन्छ कि ?
केआर – मैले विद्यावारिधि गरिसकेर क्याम्पसमा कार्यरत रहँदा एक्कासि आँखामा समस्या आयो अनि जचाउँदा जलबिन्दु भएको थाहा पाइयो । पहिला सामान्य थियो तर जति उपचार गर्दै गयो उति दृष्टि घट्दै जाँदा अहिलेको अवस्थासम्म आइपुगेको हो ।

धी/कृ – अक्षर देख्न नसके पनि पुस्तक लेखिरहनुभएको छ । पढिरहनुभएको छ । साहित्य सिर्जना गरिरहनुभएको छ । फेसबुकमा सव्रिmय हुनुहुन्छ । कसरी लेखपढ गर्नुहुन्छ ?
केआर – हजुर म यी माथि सोध्नुभएका सबै प्रश्नहरुको काम आँखाले हेरेर होइन कानले सुनेर गरिरहेको छु । यो अत्याधुनिक प्रविधिको विकासले सम्भव भएको हो । यो सिकाउने मेरा गुरू स्व. हिमप्रसाद गौतम हुन् । उहाँले दृष्टि अपाङ्गहरुका लागि पठनपाठनमा सहयोगी स्व्रिmन रिडर पाइन्छ भनेर परिचय दिँदै घरमै आएर सिकाइ पनि दिनुभएको थियो । उहाँले आफैले निर्माण गरेको नेपाली वर्णमाला पढ्ने यन्त्रप्राण (सफ्टवेयर) दृष्टिवाचक पनि सिकाउनुभयो जसले गर्दा मैले नेपाली फन्टमा लेखिएको जुनसुकै आलेखलाई पनि युनिकोड नेपालीमा परिवर्तन गर्दै पढ्न सक्ने र लेख्न सक्ने भएँ । त्यसपछि उहाँकै सिफारिसमा इन्टरनेट वा सामाजिक सञ्जाल चलाउन सिक्न नेपाल अपाङ्ग पुनस्र्थापना केन्द्र काठमाडौँ गएँ । यसरी नेपाली र अङ्ग्रेजी दुवै फन्टमा कम्प्युटरमा राम्ररी लेख्न निरन्तर अभ्यास गरेपछि इन्टरनेट, अनुहार पुस्तिका, अनलाइन पत्रपत्रिका, इबुक आदि पढ्न सक्षम भएँ म । नेपाली वर्णमालामा लेख्न सिकेपछि पहिलोपल्ट आफैले ‘छायाको लस्कर’ नामक पुस्तक लेखेर पछि पब्लिकेसन नेपालयले प्रकाशित गर्यो ।

धी/कृ – तपाई प्रधानमन्त्री खड्ग वलीको साथी । उहाँ र अन्यसँग सम्बन्धित संस्मरण पुस्तकमा लेख्नुभएको छ । त्यसका बारेमा केही बताइदिनुहुन्छ कि ?
केआर – हजुर मेरा एक जना हितैषी तथा राजनीतिका गुरू साथी क. के.पि. ओली हाल सङ्घीय गणतन्त्र नेपालका प्रधानमन्त्री हुनुहुन्छ । उहाँको किशोर कालमा मैले पनि केही वर्ष सङ्गत गर्ने अवसर पाएको थिएँ । त्यसबेलादेखि नै तीक्ष्ण बुद्धि भएका तार्किक व्यक्ति थिए । लोलोपोतो नगरी प्रष्ट कुरा राख्न सक्ने उहाँको क्षमता थियो । साथीको चित्त दुख्ला कि भनी कुरा लुकाउनुहुन्नथ्यो । यसर्थ साथीभाइमाझ उहाँ खरो र दरो साथीका रुपमा चिनिनुहुन्थ्यो ।
कहिलेकाहीँ उहाँको एउटा संस्मरण सम्झने गर्छु । त्यो हो, एकपल्ट उहाँ खोच्याउँदै ज्वरोले काम्दै आइपुग्नुभयो । भूमिगत भएपछि रातबिरात ठुल्ठुला वनजङ्गल (तरी) झाडीभित्र हिँड्दा विषालु मैदालको काँढा पाइतालामा बिझेछ । समयमा त्यसलाई निकालेर फाल्न नसक्दा सुपारीको दाना जत्रै भई खिल पल्टेछ र दुखाइले खोच्याउँदै हिँड्न थाल्नुभएछ । त्यसैको तोडले उहाँलाई हनहन्ती ज्वरो पनि आएछ । अनि बाटोतिर चिनेका साथीहरुलाई दुई ट्याब्लेट एक्स्प्रो (ज्वरो थाम्ने दबाइ) माग्दा कसैले दिएनछ । यस्तो अवस्थामा मसँग भेट हुनासाथ मलाई जरो आएको छ भनेर सुतिहाल्नुभयो । निधार तथा जिउ छाम्दा निकै ज्वरो आएको थियो । म हतार हतार गौरीगन्ज गई दबाइ ल्याएर खुवाएपछि केही दिनमा अलिक मत्थर भयो अनि उपचारका लागि विराटनगर जानुभएको थियो । यसरी सिटामोल ट्याब्लेट नपाई असीम पीडा सहँदै भौँतारिँदै हिँड्ने व्यक्ति यही देशको प्रधानमन्त्री जस्तो उच्च पदमा पुग्नुभएको देख्दा मलाई ढक्क छाती फुलेर आई ठुलो गौरवको अनुभूति हुन्छ । यो संस्मरण मेरो पुस्तक ‘छायाको लस्कर’मा उल्लेख गरेको छु । मेरो पुस्तकको पहिलो खण्डले बाल्यकालको अवस्थालाई देखाउँछ भने दोस्रो खण्डपछि मेरो अध्ययन तथा राजनीतिक अवस्थालाई दर्साउँछ । त्यसबेला मैले सङ्गत गरेका अन्य नेताहरुमा सिपी मैनाली, माधव नेपाल, मोहनचन्द्र अधिकारी, मुकुन्द न्यौपाने, रामबहादुर थापा आदि हुन् । यी नेता साथीहरुको संस्मरण थोरबहुत ‘छायाको लस्कर’मा उल्लेख गरेको छु । समग्रमा यो पुस्तक मैले देख्न नसक्ने भइसकेपछि स्व्रिmन रिडर प्रयोग गरेर लेखेको पहिलो पुस्तक हो । दोस्रो पुस्तक भने मेरो अनुसन्धान यात्रालाई अङ्ग्रेजीमा उल्था गरी ५६० पृष्ठको ‘खम्बुज वेः क्रसरोड इन न्युलेन्ड’ हो ।

धी/कृ – तपाईंले सङ्गत गर्नुभएका सिपी मैनाली, माधव नेपाल, मोहनचन्द्र अधिकारी, मुकुन्द न्यौपाने, रामबहादुर थापाका बारेमा तपाईंसँग भएका संस्मरण बताइदिन मिल्छ कि ?
केआर – मैले उहाँहरुको संस्मरण ‘छायाको लस्कर’मा लेखिसकेको छु । फेरि भन्दा तिनै कुरा दोहोरिन्छ । केपीबारे माथि लेखिसकेको छु । सिपीसँगका धेरै छन् । माधवसँगको केही मात्र छ । मोहनचन्द्रको एउटा छ । मुकुन्द न्यौपानेको धेरै छ । सिपीसँग धेरै काम गरेँ । वीरगन्जमा पनि ५÷छ वर्ष गरेँ । रामबहादुरसँग एक हप्ताको जम्काभेट हो । सबैको एउटा एउटा भन्दा पनि लामो हुन्छ । २०२७ देखि ३२ सालसम्म सिपीसँग सङ्गत हो । केपीसँग ३० सालसम्म हो । त्यसपछि जेलमा पर्नुभयो । कहिलेकाहीँ नक्खु जेलमा भेट्न जान्थेँ । गौरीगन्जको आन्दोलन नेपाल भारतका बिचमा सन्धि खारेज गरी २६÷२७ सालमा गरेको नाकाबन्दीका विरूद्धमा सिपीसँग आन्दोलन ग¥यौँ । त्योपछि राजनीतिकरण भएर सिपी, मुकुन्दहरु भूमिगत भए । हामी विद्यार्थी थियौँ । गौरीगन्जको आन्दोलन खुला रुपमा भयो । त्यसपछिको आन्दोलन भूमिगत र कृषि व्रmान्ति पनि सुरू भयो ।

धी/कृ – शासक र साहित्यका बिच कस्तो सम्बन्ध रहेको ठान्नुहुन्छ र कस्तो हुनुपथ्र्यो होला ?
केआर – भानुभक्तदेखि अहिलेसम्म शासकका विरूद्धमै छ साहित्य । तिनको आलोचना र त्रुटि नै साहित्य भएको छ । भानुभक्तले भोलि भोलि भन्दै शासकलाई व्यङ्ग्य हानेका हुन् । पञ्चायतमा पनि शासककै विरूद्धमा लेखियो । प्रजातन्त्रमा पनि फेसबुक र मेडियामा त्यस्तै भयो । शासकका विरूद्धमा उठेको आन्दोलनमा लेखिएको साहित्यले व्रmान्ति जन्मायो । अहिले पनि वर्तमान शासकलाई भए नभएका आरोप लगाएर निराश पार्नेबाहेक अरु छैन । गीतकविता सबैमा यसै भनिएको छ । शासकका गुनगान गाएको साहित्य पञ्चायतमा हुन्थ्यो भने विरोधमा पनि हुन्थ्यो । अहिले ४६ पछि ६२ पछि गणतन्त्र आयो । प्रजातन्त्रको खुलेर प्रशंसा गरेको सुनेको छैनँ राष्ट्रगानबाहेक । साहित्य शासकको विरूद्धमै जानुपर्ने हो कि ? साहित्यको प्रवृत्ति शासकलाई आलोचना नै गरेको देखिन्छ । जुनसुकै माध्यम अपनाएर । शासकको गल्ती खोजेर तिललाई पहाड बनाएर शासकको इमेज घटाउने खालको देखेँ ।

धी/कृ – साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरु बताइदिनुहुन्छ कि ?
केआर – जब म स्कुले विद्यार्थी थिएँ त्यसबेला नेपाली कक्षामा साहित्यबारे गुरूले मनभित्रको सुन्दर भावना निकालेर लेख्नु नै साहित्य हो भनेर पढाउँथे अनि म पनि त्यो सुन्दर भावना कसरी निकाल्ने होला भनी कल्पना गर्दै कथाकविता कोर्ने जमर्को गर्न थालेँ । माथिल्लो कक्षा चढ्दै जाँदा मिठा मिठा कथा कविता पढ्न पाइन थाल्यो । सायद धरणिधर कोइरालाको होला ‘महझैँ छ मिठो, बह पार्छ पिठो’ भन्ने ‘साहित्य सुधा’ नामक कविता मनमा गडिरह्यो । लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ले त गरिबदुःखीहरुलाई छाडेर तिर्थ गर्न जानु मात्र आडम्बरीपना हो भनी बुझ्ने मौका पाउँदै गएँ । यसै गरी ‘पिँजराको सुगा’ले त झन् मनभित्रको स्वतन्त्र हुने भावनालाई प्रस्फुरित गरिदियो । यसका अतिरिक्त मेरो कोरोबारीको भालुखोप भन्ने गाउँमा सुरूतिर वनारस र धरान पिण्डेश्वरबाट पढेर फर्केका वा पढिरहेका केही साहित्यप्रेमी दाइहरु पनि थिए । उहाँहरुसँगको उठबसले पनि साहित्यप्रति आकृष्ट हुने वातावरण बनेको भन्न सकिन्छ । यस्तै प्रसङ्गहरु थिए । म नजानिँदो तरिकाले साहित्यप्रति रूचि राख्ने भएछु ।

धी/कृ – प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरु पनि प्रकारका ?
केआर – प्रेरणा भनेको सकारात्मक र नकारात्मक दुवै हुन्छ । यी दुवै प्रेरणाहरुले जीवन पद्धतिलाई परिवर्तन गर्न मद्दत गर्छन् । हुन त अति सकारात्मकले मान्छे मातिएर अहमताइ गर्न सक्छ भने अति नकारात्मकले विद्रोह जन्माउन सक्छ वा नष्ट हुन पनि सक्छ । यी दुवैको सन्तुलन हुनुपर्छ ।

धी/कृ – साहित्यकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रुपमा व्यक्त गर्नुहुन्छ ?
केआर – पहिलो कुरो म साहित्यकार हुँ भन्ने दाबी गर्न सक्दिनँ । किनभने म जीवनभरि जीवविज्ञानको अध्ययन अनुसन्धानमा लागेको व्यक्ति हुँ तर कहिलेकाहीँ फुर्सद निस्कँदा केही न केही लेखिटोपल्ने बानी चैँ सानैदेखिको हो । मैले आफ्नो जीवनको पूर्वार्ध कालको प्रायः सबै दैनिकी लेख्ने गर्थें । कहिले कविता लेख्थेँ भने कहिले गीत वा कथा वा कुनै नयाँ ठाउँको निबन्ध लेख्ने गर्थें तर आफ्नो रचना आफैलाई त्यति भाँती मन परेको जस्तो लाग्दैनथ्यो र कसैलाई सुनाउने गर्दिनथेँ । आजसम्ममा मैले नेपालीमा लेखेको पुस्तक जम्मा दुईओटा छन् । साहित्यप्रेमी साथीभाइले यी दुवै पुस्तकलाई साहित्यिक कृति हुन् भन्नुभएको छ । यदि हो भने यी प्रकाशित पुस्तकहरुबाट म सन्तुष्ट नै छु आजसम्म ।

धी/कृ – जीवविज्ञान र साहित्यका बिचमा कस्तो खालको सम्बन्ध रहेको छ र हुनुपथ्र्यो होला ? भन्ने तपाईंलाई लाग्छ ?
केआर – नेपालमा वैज्ञानिक साहित्य कम छ । साइन्स फिक्सनलाई लिएर लेखिएको साहित्यको अभाव छ । व्यावहारिक ज्ञानबाट प्राप्त ज्ञानलाई विज्ञान भनिन्छ । सोचाइलाई प्रयोग गरेर प्रमाणित गरेर आएको रिजल्टका आधारमा जुन परिणति हुन्छ त्यसलाई अनुसन्धानात्मक लेख भनिन्छ । त्यसैलाई विशद्ध रुपमा समाजमा चलेको मानिसको भावना छुने शब्द चुनेर सर्वसाधारणले बुझ्ने भाषामा निकाल्न सक्यो भने यै नै वैज्ञानिक साहित्य हुन्छ । यसको थालनी मैले नै गरेँ । आँखाको समस्या भएपछि कसरी फिल्डमा जानुभयो ? कसरी तथ्याङ्क सङ्कलन गर्नुभयो ? कुन कुन जीव भेट्नुभयो ? तिनले हाम्रो समाजमा कस्तो प्रभाव पार्छन् ? यी विषयमा लेख्नुभयो भने तपाईंले प्राप्त गरेको ज्ञान अरुले पनि प्राप्त गर्छन् र मैले विभिन्न ठाउँ घुमेर तिनको अनुभूति सँगालेर व्रmमबद्ध रुपमा एउटा डकुमेन्ट तयार पारेँ । त्यो डकुमेन्ट अनुसन्धान सुरू गरेको दिनदेखि विद्यावारिधि हासिल गरेको दीक्षान्तसम्म पु¥याएर टुङ्ग्याएँ । त्यो नेपाली झर्रो शैलीमा लेखेको पुस्तक ‘मेरो अनुसन्धान यात्रा’ हो । त्यसको अङ्गे्रजी भर्सन निस्किसकेको छ । साथीभाइले पढेर यसैका बारेमा छलफल भइराखेको छ । यसैलाई उनीहरुले वैज्ञानिक साहित्य भनेका छन् ।

धी/कृ – मानिस पनि जीवविज्ञानको एउटा अङ्ग नै हो । यस अर्थमा मान्छेकै कुरा साहित्यले लेख्छ तर किन सबै मान्छे साहित्यतिर आकर्षित नभएको होला ? यसमा कुनै जीव वैज्ञानिक कारण देख्नुहुन्छ कि ?
केआर – जीवविज्ञानमा सूक्ष्म एक कोषीय अमिबा हुँदै बहु कोषीय हुँदै ढाँड भएका नभएका हुन्छन् । जलमा बस्ने, घस्रेर हिँड्ने सरीसृप, पौडने, उड्ने र स्तनधारी हुन्छ जुन हजारौँ छन् । त्यसमध्येको अन्तिम उत्पादन होमोसेपिन्स हो । हामोसेपिन्ससँग मात्र सम्झिने शक्ति हुन्छ । यसले सम्झनामा हजारौँ कुरा अँटाउन सक्छ । चिपभन्दा पनि हजारौँ गुना बढी स्मृति अँटाउँछ । यो मान्छेसँग हुन्छ । मान्छेसँग पाँचओटा ज्ञानेन्द्रिय हुन्छ । यसले वातावरणमा आएको परिवर्तनलाई परसिभ गरेर मेमोरीमा पठाउँछ । छोएर, हेरेर, सुनेर, जिब्रोले चाखेर लर्निङ सुरू हुन्छ । ब्रेनमा भएको मेमोरीले संवेदनाहरु कलेक्सन गर्दै ब्रेनको मेमेरीमा कलेक्सन हुन्छ । त्यही ब्रेनमा रहेको कुरामा चाबी लाग्दैन । कुन कुरो कहाँ आवश्यक पर्छ अनुभवले भनिहाल्छ । झापा भन्नासाथ काठमाडौँमा भए पनि भक्का स्मृतिमा आइहाल्छ । कागती काट्तै झोल चुहायो भने जिब्रोमा पानी आउँछ । कागतीको रस नचाखेको भए मुखबाट पानी आउँदैन । एकपटक चाखिसकेको मेमेरी ब्रेनमा सङ्ग्रह हुन्छ । आवश्यकता पर्नासाथ त्यो स्मृतिमा आइहाल्छ । सेन्स अफ टेस्ट हुन्छ । जिब्रोले पठाएको इन्फरमेसन, आँखाले देखेको कुरो पनि चित्रका रुपमा ब्रेनमा बस्छ स्मृतिका कारण । सगरमाथाको बिम्ब जुन हाम्रो स्मृतिमा रहेको हुन्छ त्यसको चित्र पनि मेमोरीले ब्याकअप दिएपछि आइहाल्छ । ब्रेनमा स्टोर गरेको खजानालाई पब्लिकमा मौखिक र लिखित रुपमा लान सकिन्छ । यस्तै बिम्बलाई लिएर साहित्य लेख्न सकिन्छ र भावना पोखिन्छ । यही हो साहित्य । वातावरणले प्राणीहरुलाई सेपिङ गरिरहेको हुन्छ । जीवको ब्रेनमा रहेको प्रगतिलाई दर्साइरहेको हुन्छ ।

धी/कृ – आजको समयमा साहित्य मानवीय संवेदनाको घेरामा मात्र सीमित नरही पर्यावरण र जैविक विविधताको फाँटसम्म फैलिएको छ भन्ने विषयमा तपाईंको धारणा कस्तो होला ?
केआर – यो यसभन्दा अगि नै भनिसकेँ । वातावरण र प्राविधिक विकास सँगसँगै अगाडि बढिरहेछ । वातावरण प्रवृत्ति हो । यसलाई इकोसेन्ट्री नलेज भनिन्छ । प्रविधि टेक्नोसेन्ट्री नलेज हो । वातावरण सम्पन्न हुँदा मानवीय आवश्यकता पूरा हुँदैन । यस्तो अवस्थामा प्रविधिको शरण पर्नैपर्छ । दुवैको सन्तुलन हुनुपर्छ । भावनाहरु पनि वातावरणमा आएको परिवर्तनसँगै भावनामा परिवर्तन आएको छ । यसको कारण प्रविधि हो । प्रविधिको शरण नपर्दा पनि बाँच्न मुस्किल पर्छ । यातायात, जमिन, पानी हावामा उडाउँछौँ । त्यसका लागि इन्धन आवश्यक पर्छ । यसबाट उत्सर्जन हुने कार्बनले वातावरणमा असर पर्छ । प्राणीसँग वातावरणसँग अनुकूलन हुँदै जान सक्ने क्षमता छ तर कुनै बेला प्राणी र मानवले पनि थेग्न सक्दैन । त्यो प्रलय हो । अहिलेको कोरोना महामारी आयो । यसले वातावरणलाई अर्कै बनाइदियो । यसले पारेको असर विभिन्न माध्यमबाट व्यक्त भइरहेछ । यसको असरको अभिव्यक्ति भइरहेछ । वातावरणमै प्रभाव पार्न महामारी पनि आउनुप¥यो । प्रविधिबाट पनि दुर्घटना हुनुप¥यो । यसबाट मानव मस्तिष्कमा प्रभाव परी विभिन्न माध्यमबाट अभिव्यक्त हुने सन्दर्भमा साहित्यबाट पनि हुन्छ । कोरोनाका विषयमा कथा, कविता, गीतमार्फत अभिव्यक्ति भइरहेछ ।

धी/कृ – आफ्ना रचनाहरुको प्रेरणास्रोत र पर्यावरणका बारेमा बताइदिनुहुन्छ कि ?
केआर – मैले माथि उल्लेख गरिसकेँ कि मेरा प्रकाशनहरु भनेका दुई पुस्तक हुन् । पहिलो पुस्तक आँखाको समस्याले किंकर्तव्यविमुढ भएका बेला साथीहरु आएर आफूले पिएचडी गर्दाको अनुभव लेखेर राखिछाडे तपाईंका कामहरु अरुले पनि बुझ्ने मौका पाउने थिए भनेर सुझाउ दिनुभएको थियो । मैले सोही सुझाउअनुसार आफूले लेख्न सकिन्जेल लेख्दै गएँ तर एक चौथाइ मात्र लेख्दा आँखाको समस्या झन् जटिल हुँदै गई लेख्न नसक्ने अवस्थामा पुगेँ । त्यसपछि मेरी जीवनसाथी शुभलक्ष्मीले तपाईं भन्दै जानुस् म लेख्दै गई अधुरो काम पूरा गरौँला भन्नुभएर बाँकी लेखिसकिएको हो । हो त्यही पुस्तक हो ‘मेरो अनुसन्धान यात्रा’ । दोस्रो पुस्तक ‘छायाको लस्कर’ कसरी लेखेँ भन्ने कुरा माथिल्लो प्रश्नको उत्तरमा पनि दिइसकेको छु । अर्थात् जब स्व. हिमप्रसाद गौतमले मलाई दृष्टिवाचक सिकाउनुभयो । त्यसबेला यदि म नेपाली लेख्न सक्षम भएँ भने आफै एउटा पुस्तक लेख्ने छु भनेको थिएँ । पछि साँच्चै लेख्न सक्ने भएँ अनि लेख्दै जाँदा यो बृहत् पुस्तक ‘छायाको लस्कर’ प्रकाशित भयो । यसर्थ यसको प्रेरक स्व. हिमप्रसाद गौतम नै हुन् । त्यसपछि अन्य सहयोगी हितैषी साथीहरु पनि छन् जसलाई यसरी सम्झिन्छु, गङ्गाप्रसाद अधिकारी, होम सुवेदी, आभास शर्मा, भुसिता वाशिष्ट, रोशन साँवा, चूडामणि वाशिष्ट, तारा विविध, देवेन्द्र भट्टराई आदि । यसर्थ जस्तो वातावरण सिर्जना हुन्छ त्यहीअनुसार प्राणीले अनुकूलन गर्दै जानुपर्छ ।

धी/कृ – तपाईं आफ्ना सिर्जनाहरुमध्ये तुलनात्मक रुपमा सबभन्दा बढी सन्तुष्ट कुन रचनासँग हुनुहुन्छ र किन ?
केआर – मैले आफ्ना दुई पुस्तकहरुमध्ये ‘मेरो अनुसन्धान यात्रा’लाई विशेष प्राथमिकतामा राखेको छु । किनभने यसको मूल उद्देश्य भनेको नेपालका उभयचर र सरीसृप भनेका के हुन् र ती कति छन् र अनुसन्धान कसरी गरिँदो रहेछ भन्ने कुरालाई पुस्तकमार्फत सर्वसाधारणदेखि विद्यार्थी, शिक्षक तथा अनुसन्धातासम्म पु¥याउने उद्देश्यले लेखिएको हो । यी काम यो पुस्तकबाट केही मात्रामा भए पनि सम्पन्न भइरहेको मैले महसुस गरेको छु । त्यसपछि दोस्रो ‘छायाको लस्कर’ हो । यस पुस्तकमा मेरो विशेष गरी सङ्घर्षमय अध्ययन र राजनीतिलाई कसरी सन्तुलन गर्दै म हालको अवस्थामा पुगेँ भन्ने कुरा देखाउन खोजिएको छ । यस पुस्तकको ध्येय पनि थोरबहुत पूरा भइरहेको छ ।

धी/कृ – सर्जकको सिर्जनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईं आफैले आफ्ना सिर्जनाको स्वमूल्याङ्कन कुन रुपमा गर्नुहुन्छ ?
केआर – हजुर पुस्तक मूल्याङ्कन गर्ने भनेको समालोचक वा सचेत पाठककै दायित्व हो । आफूले आफ्नै कीर्तिको मूल्याङ्कन गर्नु त आफ्नो भाँडो आफै सर्काउनु जस्तै हो ।

धी/कृ – सर्जकको समग्र सिर्जनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला ? सकिन्छ भने कुन कुन आधारमा कति कति पूर्णाङ्क दिन सकिन्छ होला ?
केआर – यो त जटिल प्रश्न लाग्यो मलाई । मान्छेको भावनालाई परिमाणमा ढाल्नु साह्रै गाह्रो काम हो ।

धी/कृ – तपाईंले निर्धारण गर्नुभएका आधारमा स्वमूल्याङ्कन गर्नुपर्दा आफैलाई १०० पूर्णाङ्कमा कति अङ्क निर्धारण गर्नुहुन्छ ?
केआर – मेरो पुस्तकलाई साहित्यको कसीमा जोख्नचाहिँ सक्तिनँ तर यदि कति मात्रामा आफ्नो भावना पोख्न सकियो भनी सोधिए करिब ६० प्रतिशत जति हो भन्न सक्छु ।

धी/कृ – समसामयिक साहित्यिक लेखन कस्तो हुनुपथ्र्यो होला ?
केआर – यसको उदाहरण दिन म धेरै टाढा जादिनँ । नियमित रुपमा लोकप्रियता हासिल गर्दै प्रकाशित भइरहेको अनलाइन ‘समकालीन साहित्य’को प्रकाशनहरुलाई हेरे पुगिहाल्छ । यसमा भूत, वर्तमान र भविष्यत् कालका भावनाहरुले ओतप्रोत बनेका कविताहरु, कथाहरु, पुस्तक समीक्षाहरु प्रशस्त प्रकाशित भइरहेका छन् । यसमा प्रकाशित रचनाहरु पढ्दा हाल नेपालका साथै प्रवासमा कस्तो अवस्था छ ? के इस्यु व्याप्त छ ? केकस्ता घटना घटिरहेका छन् ? आदि यावत् कुराहरु छिन छिनमा प्रकाशित भइरहेका छन् अनि योभन्दा राम्रो उदाहरण अरु के हुन सक्छ र !

धी/कृ – समसामयिक साहित्यिक लेखनलाई कुन रुपमा देखिरहनुभएको छ ?
केआर – देश, काल, परिस्थिति सुहाउँदो रुपमा प्रकाशित भइरहेको म ठान्छु ।

धी/कृ – नवलेखनलाई कुन रुपमा देखिरहनुभएको छ ?
केआर – नवलेखकहरु नवलेखन लिएर नयाँ परिस्थितिलाई बोध गराउन आइरहेका छन् । यसर्थ पनि सर्जकका सिर्जनाहरु हाम्रा समाजका ऐना हुन् ।

धी/कृ – इतिहासदेखि आजसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रुपमा देखिरहनुभएको छ ?
केआर – इतिहासदेखि अहिलेसम्म अर्थात् भानुभक्तीय कालदेखि अहिलेको लोकतान्त्रिक कालसम्म साहित्यकारका रचनाहरुले सत्ताको गुनगान होइन आलोचना गरेको पाइन्छ ।

धी/कृ – सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धलाई कुन रुपमा देखिरहनुभएको छ ?
केआर – यी दुई त एकअर्काका पूरकजस्तै हुन् । समाजमा भएका हरेक घटनाहरु नै सर्जकका सिर्जनाका स्रोतहरु हुन् ।

धी/कृ – तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा जान्न सकिन्छ ?
केआर – यो अति नै गहिरो विशुद्ध साहित्यिक प्रश्न हो । यसर्थ यसको पूर्ण जबाफ मसँग छैन । मैले बुझेको अन्तर्राष्ट्रिय साहित्यकारहरु भनेका लियो टल्सटाय, म्याक्सिम गोर्की, आन्तोन चेखब, वर्ड्स्वर्थ, जोन मिल्टन, पाउलो कोहोलो आदि हुन् ।

धी/कृ – तपाईंलाई उत्कृष्ट लागेका डायस्पोरिक सर्जक र सिर्जनाका बारेमा जान्न सकिन्छ ?
केआर – जीवनमा मैले पहिलोचोटि डायस्पोरिक साहित्य भनेको के हो भन्ने प्रष्ट बुझेको भनेको ख्यातिप्राप्त साहित्यकार कृष्ण बजगाईंको ‘कमरेड भाउजू’ पढेपछि हो । मैले त्यसबेलासम्म पढेका पुस्तकहरुमध्ये सबभन्दा चाखलाग्दो त्यही थियो । त्यहाँका कथावस्तुबारे विश्लेषण गर्दै जाँदा घनिष्ठ साहित्यिक मित्र होम सुवेदीबाट डायस्पोरिक भएको थाहा पाएँ । यसै गरी उहाँका अन्य पुस्तकहरु ‘भाय साव्रmा’, ‘दाइबुचू’ आदि पनि डाइस्पोरा साहित्यका असल उदाहरणहरु हुन् । यसै गरी अर्का हङकङबाट नयाँ डाइस्पोरिक पुस्तक ‘टाँकीका फूलहरु’ लिएर दाजु गुरूङ झुल्कनुभएको छ । साहित्यकार कृष्ण बजगाईंले युरोपका नेपालीहरुका अवस्थालाई उजागर गरे जस्तै दाजु गुरूङले पनि हङकङे नेपालीको दुर्दशालाई उदङ्ग्याउनुभएको छ । अन्य डाइस्पोरिक साहित्यकारका कीर्तिहरु भने मैले अहिलेसम्म पढ्ने मौका पाएको छैन ।

धी/कृ – तपाईंलाई उत्कृष्ट लागेका स्वदेशी सर्जक र सिर्जनाका बारेमा जान्न सकिन्छ ?
केआर – नेपालमा मैले जानेका साहित्यकार सर्जकहरुमा लक्ष्मीप्रसाद देवकोटा (उद्देश्य के लिनु उडी छुनु चन्द्र एक), कवि शिरोमणि पौड्याल (काम्यो लुगलुग त्यो गरीब बिचरो), सिद्धिचरण श्रेष्ठ (मेरो प्यारो ओखलढुङ्गा), धरणीधर कोइराला (महझैँ छ मीठो बह पार्छ पिठो), गोपालप्रसाद रिमाल (आमा के ऊ आउँछ !), गोकुल जोशी (भोकभोकै मर्न लागे कवि कलाकार), मोदनाथ प्रश्रित (देवासुर सङ्ग्राम) आदि हुन् ।

धी/कृ – तपाईंलाई लाग्छ, अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय साहित्य सिर्जना हुन सक्छ ?
केआर – यसको सही उत्तरचैँ म दिन सक्दिनँ किनभने म साहित्य विषयको ज्ञाता होइन । म त मात्र साहित्यको पाठक हुँ । विश्वका केही साहित्यलाई हेर्दा नेपालका साहित्यहरु पनि त्यतैतिर उन्मुख हुँदै गरेको भने भन्न सक्छु । बस यति ।

धी/कृ – नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?
केआर – यो पनि विशुद्ध साहित्यकारले भन्न सक्ने प्रश्न भयो । यति बृहत् ज्ञान मेरो जानकारीमा छैन तर यसलाई डाइस्पोरिक साहित्यले भने विश्वव्यापीकरण गर्न आधारभूत भूमिका खेल्न सक्छ जस्तो मलाई लाग्छ ।

धी/कृ – तपाईंका लेखन र प्रकाशनसम्बन्धी भविष्यका योजनाका बारेमा बताउन मिल्छ कि ?
केआर – अहिले मसँग निकै पुस्तकका समीक्षाहरु छन् साथै केही संस्मरणहरु पनि बाँकी छन् । अब मैले सोच्दै छु कि ती समीक्षा र संस्मरणहरु मिलाएर एउटा पुस्तक प्रकाशन गरुँ कि भन्ने विचार गरेको छु । मेरा कथा कविता नगन्य छन् । त्यसको प्रकाशन गर्ने कुरै भएन ।

धी/कृ – नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाई यहाँले कुन रुपमा लिनुभएको छ ?
केआर – यस्ता सम्मान र पुरस्कारहरु त साहित्यकारहरुलाई प्रोत्साहित गर्ने विषयवस्तु हुन् जसको राम्रो जनपक्षीय कीर्ति हुन्छ उसले पुरस्कृत हुन पाउन् भन्ने मेरो धारणा छ । समाजलाई केही न केही दिने खालका रचनाहरु छुट्न हुँदैन ।

धी/कृ – तपाईंलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?
केआर – यो प्रश्न पनि मेरो सरोकारभन्दा बाहिरको भयो । पत्रकारितालाई साहित्यकै एउटा अङ्ग मानेको चैँ सुनेको छु तर कस्तो पत्रकारिता हुन पर्छ भन्न सक्दिनँ ।

धी/कृ – नेपाली पत्रकारिताको जनकका रुपमा रहेको साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाका बारेमा यहाँलाई थाहा भएसम्मका कुराहरु बताइदिनुहुन्छ कि ?
केआर – माथिल्लै प्रश्नमा मैले पत्रकारिताबारे भन्न नसक्ने कुरा दर्साइसकेको छु तर अनलाइन पब्लिकेसन तथा दैनिक पत्रपत्रिकाहरुमा प्रकाशित कुनै कुनै आलेखले भने निकै राम्रो साहित्यको प्रतिनिधित्व गरेको जस्तो लाग्छ । टिभी तथा रेडियोमा लिइएका अन्तरवार्ताहरु सुन्दा भने साहित्य यस्तै होला र भन्न मन लाग्छ !

धी/कृ – साहित्यलाई सबैको नभनुँ धेरैको पठनीय र आकर्षणको विषय बनाउन आजको प्रविधिको युगमा के गर्नुपर्ला ?
केआर – पृथ्वी र समाजमा अनौठो घटना घट्नु व्रिmया प्रतिव्रिmया व्यक्त गर्ने माध्यम साहित्य हो । समाजमा असर पर्ने घटनाहरु हुन्छन् । महामारी चल्छन् । बाँचेकाहरुले फेरि पुनर्जागरण हुन्थ्यो । युद्ध, बमबारी हुन्छ त्यसका विरूद्धमा अहिले पनि साहित्य रचना भइरहेछ । मानवताका पक्षमा साहित्य सिर्जना भइरहेछ । अहिले वा उहिलेको प्रविधिको विकास भएको अवस्थामा पनि प्रकृतिले दुर्घटनाहरु निम्त्याइरहेछ । प्रविधिले प्रचारप्रसार गर्न मद्दत गर्छ । अहिले कोरोनाको खबर प्रविधिले नै सबैतिर पु¥यायो । उहिले भए कसैले थाहा पाउँदैनथे । ५० वर्षअगािड भए कस्तो हुन्थ्यो होला ? कल्पना मात्र गर्न सकिन्छ । बिफरले सखाप पाथ्र्यो । बाटोमा ढुङ्गा झुन्ड्याएको छ भनी अर्को गाउँ जाँदैनथे । प्रविधिले गर्दा संसारै एउटा गाउँमा परिणत भयो ।

धी/कृ – जीवन के रहेछ ?
केआर – सङ्घर्ष हो जन्मेदेखि । बालकमा च्याँ गर्नु पनि सङ्घर्ष हो । अनुकूल नपाएर अनुकूलन हुन सङ्घर्ष गर्छ ।

धी/कृ – तपाईंजस्ता साहसिक र सङ्घर्षशील व्यक्तिले जीवनमा निराशा रोज्नेलाई के भन्नुहुन्छ ?
केआर – म साहसी र सङ्घर्षशील होइन तर निराश हुनुहुँदैन । जीवन हारजित हो । यो निरन्तर प्रव्रिmया हो । प्रव्रिmयाबाट तर्सिनुहुँदैन । आशाबाट सफल हुन सकिन्छ । थुप्रै विकल्पहरु हुन्छन् । एउटामा विफल भए पनि उनान्सय विकल्प हुन्छन् ।

धी/कृ – तपाईंलाई कसैबाट केही अपेक्षा होला कि ? वा यो प्रश्न सोध्नु नै अनुचित भयो ?
केआर – कसैबाट केही अपेक्षा छैन । पहिले पनि गर्दिनथेँ । पसिनामा भर पर्ने मान्छे हुँ । अरुलाई पनि यही भन्थेँ र भन्छु ।

धी/कृ – शब्दाङ्कुरका पाठकलाई लक्ष्यित गरेर भन्नुपर्दा कस्ता शब्दहरु खर्चिनुहुन्छ होला ?
केआर – सम्पूर्ण पाठकमा मेरो साहित्य त म भन्दिनँ, मेरा आलेखहरु पुगे भने हेर्दिनुहोला । म पनि शब्दाङ्कुरको पाठकै हुँ । उहाँहरुलाई यही अनुरोध गर्छु । केही जबाफ दिने अवसर दिनुभएकोमा शब्दाङ्कुर प्रकाशन, काठमाडौँलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धी/कृ – प्रज्ञा चक्षु भएकाहरुका लागि कस्तो साहित्यिक पत्रिकाको आवश्यकता देख्नुहुन्छ ? साहित्यिक पत्रिकाले कुन खालको प्रकाशन गरे तपाईंहरु लाभान्वित हुनुहुन्छ ?
केआर – म जनसाधारणका लागि लेखिने साहित्यको साधारण पाठक हुँ । जटिल बुझ्दिनँ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु