तिमी प्रिय छौ

- पिमला न्यौपाने

जन्म तथा नामले नभै
न अर्थ न धर्मले कतै
न कुनै जोडबलको फन्दाले
हो त केवल
विवेक र कर्मले
सबैमा सम्मान र प्रेमभाव
अनि प्रेरणारुपी
सबल हात र साथले पूर्ण
तिमी प्रिय छौ ।

कहिले परिवेशले त
कहिले आफ्नाहरुले
त कहिले मुलुकी तौरतरिकाले
ठक्कर दिँदा
लडाउँदा, भिडाउँदा
अनि पछार्दा नि
शान र मानका साथ
उठीरहने जागरुक वीर
तिमी प्रिय छौ ।

आँधि र भेलसँग नथाक्ने
हैरानीको शब्दअर्थै नराख्ने
अबोध बालकजस्तो
न द्धेष न इष्र्याको सहारा लिने
निडर र शान्तिको
नविन जोडी बनी
भावनाको सुक्ष्म धागोले
यत्रतत्र थरीथरीका मनहरु गास्ने
तिमी प्रिय छौ ।

बलिन्धारे साउने झरी झै
धारा प्रवाह अनवरत
कुनै सुर न तालका
आँशुका मुहानका धनीलाई
किनारा पार्दै होइन कि
बारुदबम र इन्जिनका चालकलाई झै
साइनो गाँस्दै भलाकुसारी गर्ने
तिमी प्रिय छौ ।

नानाथरीका पर्वमा गर्व गर्ने
रङ्ग, आकृति र दृष्टिको छनक दिने
तेरो र मेरोमा तितरवितर हुँदै
कुच्चिदै लड्दैपड्दै अझै
मिठास र आफ्नोपनको भाषामा
थुङ्गा—थुङ्गा आत्मिय फूलहरुले
साहित्यीक माला गाँस्दै गरेको
मानवता र नेपालीपनले मुग्ध
तिमी प्रिय छौ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु