उषा शेरचनको ‘पर्दा पछाडि’ कथामा नारी विद्रोह

- लक्ष्मीप्रसाद आचार्य

अध्ययन सार
साहित्यिक कृतिमा नारीको पारिवारिक, सामाजिक, आर्थिक, राजनीतिक अवस्थाको अध्ययन गर्ने पद्धतिको एउटा महत्वपूर्ण मान्यता नारीवादी सिद्धान्त हो । यो पाश्चात्य साहित्य परम्पराबाट विकसित भई विश्वसाहित्य र राजनीतिमा प्रभाव पार्न सफल मान्यता हो । प्रस्तुत समीक्षात्मक आलेखमा उषा शेरचनंद्वारा रचना गरिएको ‘‘पर्दा पछाडि’’ कथामा आर्थिक सामाजिक रुपले कमजोर नारीहरुमाथि भएको शोषण र तिनीहरुले गरेको विद्रोहलाई अध्ययनको विषय बनाइएको छ । यो लेख माक्र्सवादी नारीवादका दृष्टिले ‘पर्दा पछाडि’ कथाको विश्लेषण गर्ने उद्देश्यमा आधारित छ । यसका लागि पुस्तकालय अध्ययन विधिको उपयोग गरिएको छ भने माक्र्सवादी नारीवादी मान्यतालाई विश्लेषणको सैद्धान्तिक आधार मानिएको छ । यस अध्ययनमा नारीवादी दृष्टिकोणका अतिरिक्त अन्य कलात्मक पक्षहरुको विश्लेषण गरिएको छैन । प्रस्तुत कथामा उमेर ढल्किसकेको बुढो मानिसले घरमा काम सघाउन छोरा–बुहारीबाट ल्याइएका युवतीदेखि गर्भवती महिलासम्मलाई यौन उत्पीडन गरेको, उनीहरुलाई अनेक प्रलोभन, डर धम्कीमा पारेर यौन शोषण गरेको अवस्थालाई देखाएर पुरुषले कमजोर, गरिब, अवला नारीहरुलाई सम्पत्ति र शक्तिको बलद्वारा उपभोगका साधन बनाइरहेका छन् तिनको मांसल दोहन गरिरहेको छ, त्यस किसिमको नारीमाथिको अन्यायका विरोद्धमा नारीहरुले विद्रोह गर्नु पर्ने मुख्य सन्देश बनाइएको निष्कर्ष कथाको विश्लेषणबाट प्राप्त गरिएको छ ।
प्रमुख शब्दावली
उत्पीडन, प्रतिरोध, नेतृत्व, प्रपञ्च, आवाजहीन, घृणित, अत्याचार
१. विषय प्रवेश
‘पर्दा पछाडि’ (२०७०) उषा शेरचनद्वारा रचना गरिएको नारी समस्यामा आधारित कथा हो । वि.सं. २०१२ भाद्र ६ गते पोखरामा जन्मिएकी शेरचन सशक्त नारी स्रष्टा हुन् । उनका नजन्मेका आस्थाहरु (कविता सङ्ग्रह), अक्षरहरुका शिविरबाट (मुक्तक सङ्ग्रह), सर्वकालीन पीडा र जागृतिका शङ्घोष (कविता सङग्रह), तेस्रो रङ्ग (कथा सङ्ग्रह), आधि ( उपन्यास) प्रकाशित भएका छन् । साथै उनका पाँचवटा गीति एल्बम पनि बजारमा आएका छन् । नेपाली साहित्यका कथा, कविता, मुक्तक, उपन्यासका साथै गीत सङ्गीतका क्षेत्रमा दीर्घ साधनारत शेरचन समकालीन धारमा कलम चलाउने उदीयमान साहित्यकार हुन् ।
‘पर्दा पछाडि’ कथामा सहरको कुनै सम्भ्रान्त परिवारभित्र ‘पर्दा पछाडि’ भैरहेको नारीहरुको यौन उत्पीडनलाई विषयवस्तु बनाइएको छ । यसमा उनी पात्रका ससुरा त्यस घरका हजुरबुबाले घरमा काम गर्न जति पनि केटीहरु मात्र नभई लोग्ने सहितका आइमाई ल्याइयो । तिनलाई लोभमा फकाई, घुक्र्याइ गरी यौन उत्पीडन गर्ने गर्दा, त्यो घरमा कुनै महिला कामदार टिक्न नसक्ने अवस्थाको सिर्जना हुन्छ । वैङ्कको सिइओ बुहारीले ससुराको त्यस कुकृत्र्यबाट आजित भएर तिनलाई कानुनी उपचारका लागि श्रीमानसँग सल्लाह गर्न श्रीमानको अफिसतिर हिडेको घटनाका माध्यमबाट नारीहरुमा भएको उत्पीडनलाई अन्त्य गर्नका लागि चेतनशील नारीहरु नेतृत्व गर्नुपर्ने नारी उत्पीडनमाथिको प्रतिरोधका बारेमा विचारहरु प्रस्तुत गरिएको छ ।
नारीवादी सिद्धान्तको आरम्भ बीसौं शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै अबाज उठ्दै आएको भए पन िभर्जिना उल्फ, साइमन ड बुभाजस्ता सशक्त प्रतिभाहरुको उदयपछि यसले अझै व्यापकता पाउदै आएको छ । उत्तर आधुनिक साहित्य सिद्धान्तको महत्वपूर्ण उपलब्धीका रुपमा नारीवादी सिद्धान्त रहेको छ । यसले कृतिभित्र नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण गर्छ । यस सिद्धान्तमा नारीको अवस्था मात्र चित्रण नगरेर आर्थिक समाजिक सत्ताले कमजोर अवस्थाका नारीहरुमाथि कसरी अत्याचार गरेको छ, अनेक हतकण्डा लगाएर नारीलाई उपभोगको साधन गराएको छ भन्ने कुरा साथै नारीले पुरुषको उत्पीडनका प्रतिरोध गर्दै आएको अवस्थाको विश्लेषण गर्छ । कतिपय समालोचकहरु नारीका भावनाहरु नारीकै कृतिमा मात्र समेटिने विचार राख्छन् । नारीवादी सिद्धान्तले कृतिभित्र नारीको उपस्थिति, त्यसमा पितृसत्ताको उत्पीडन, नारीको प्रतिरोधका साथै नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयलाई हेरिन्छ । प्रस्तुत ‘पर्दा पछाडि’ कथाका लेखक उषा शेरचन पनि नारी स्रष्टा भएकाले उनले यस कथामा नारीहरुलाई कसरी प्रस्तुत गरेकी छन् भन्ने कुराको विश्लेषण यस अध्ययनमा गरिएको छ ।

२. समस्या कथन ÷ उद्देश्य
नारीवाद विश्वभर चलिरहेको लैङ्गिक स्वतन्त्रता र समानताको आन्दोलन हो । विश्व रङ्गमञ्चमा विभिन्न सैद्धान्तिक मान्यताका साथ नारीवादी जागरण चलिरहेको छ । नेपाली समाजमा पनि सचेत नारी स्रष्टाहरु आफ्ना सिर्जनाका माध्यमबाट नेपाली नारी मुक्तिको अभियानमा साथ दिइरहेका छन् । नेपाली नारी मुक्तिको अभियानलाई साहित्यमा के कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा अध्ययन गर्न आवश्यक छ । नारीवादी स्रष्टा उषा शेरचनका कथा ‘‘पर्दा पछाडि’’ कथामा सम्पत्ति र शक्तिद्वारा आर्थिक समाजिक रुपमा कमजोर नारीहरु कसरी यौन शोषण–उत्पीडनमा पारिएका छन् ? तिनको नारी मुक्तिको चाहनालाई कसरी प्रस्तुत गरिएको भन्ने कुराको खोजी गर्नु यस अध्ययनको मुख्य समस्या हो । यिनै समस्यामा आधारित यस अध्ययनका उद्देश्य निम्नअनुसार रहेको छ ः
(क) ‘पर्दा पछाडि’ कथामा नारी शोषणप्रति विद्रोहका स्वरहरु पहिल्याउनु

३. अध्ययन विधि तथा सैद्धान्तिक पर्याधार
३.१ अध्ययन विधि
यस अध्ययनमा साहित्य सिर्जनका माध्यमबाट नेपाली नारीहरुको मुक्तिगामी नारी अभियन्ता उषा शेरचनका थुप्रै कृतिमध्ये ‘पर्दा पछाडि’ कथालाई लिई त्यसको माक्र्सवादी नारीवादी मान्यताका आधारमा केलाउने कार्य गरिएको छ ।
३.२ सैद्धान्तिक पर्यायधार
नारीको हैसियत पुरुष सरह पारिवारिक, सामाजिक, आर्थिक, राजनैतिक रुपमा समान गराउने र नारीहरूका अधिकारको वकालत गर्ने मान्यता नै नारीवाद हो । यस सिद्धान्तले परम्परागत रूपमा चलिरहेको पितृसत्ताका विरुद्धमा नारीकेन्द्री विचारहरू नारीवादमा जन्मिएका हुन् । नारीवाद शब्द मूलतः राजनीतिक र विचारधारात्मक शब्द हो र यसको नाता लिङ्ग राजनीतिसँग जोडिएको छ । यो मूलतः पितृसत्तावादी पुरुष हैकम चिन्तन विरुद्ध केन्द्रित छ (मोइ, १९८६, पृ.२०४) । नारीवादले नारीका वैयक्तिक तथा सार्वजनिक जीवनको अध्ययन विश्लेषण र मूल्याङ्कन गर्दछ । साथै महिलालाई आफ्नो स्वतन्त्र जीवनको अस्तिŒव खोजी गर्न आग्रह गर्दछ । ‘‘नारीवादी समालोचकको प्रारम्भिक प्रयत्न नै साहित्यको शास्त्रसम्मत ‘भाले’ इतिहास परम्परालाई उल्टाउनु, धर्म सूत्रात्मक लैङ्गिक रुढिबद्धतालाई नङ्ग्याउनु र नारी रचनाकारका कृतिहरूको पुनव्र्याख्या गर्नु वा तिनीहरूलाई पुनर्जीवन प्रदान गर्नेतर्फ परिलक्षित थियो’’ (भट्टराई, २०६१ पृ. ७१) । समाजबाट प्राप्त हुने अवसरहरूमा खास गरी शिक्षा र राजनीतिक अधिकारमा महिलालाई पनि समान रूपमा उपलब्ध गराइनुपर्ने भन्ने प्रारम्भिक चेतनाबाट सुरु भएको नारीवादी मान्यता समाज तथा राज्यका सबै पक्षमा समान अवसरको खोजी मात्र होइन पुरुषविरोधी अतिवादी धारहरूसमेत देखा परे । उत्पादन र वितरणका क्षेत्रमा नारीको समानतामूलक हैसियत निर्माण हुनुपर्ने आर्थिक पक्षमा केन्द्रित भएका धारणाहरू पनि नारीवादका विषयहरू बने । लैङ्गिक चेतना तथा लैङ्गिकताको विकासका लागि नारीवाद महŒवपूर्ण स्रोतका रूपमा रहेको छ ।

नारीवादी आन्दोलनका प्रमुख मान्यतालाई निम्नानुसार व्याख्या गरिन्छ ः
१. उदार नारीवाद
नारीवादी चेतनाको प्रारम्भदेखि सन् १९६० को समयसम्ममा देखापरेका विचारहरु उदार नारीवादी मान्यता हुन् । उदार नारीवाद ‘नारीवादको पहिलो धार’ हो । यस धारलाई फ्रान्सेली क्रान्तिसँग जोडेर हेरिन्छ । सन् १७९२ मा प्रकाशित मेरी वल्स्टनक्राफ्टको भिन्डीकेसन अफ द राइट्स अफ उमन कृतिबाट यस मान्यताको सुरुवात भएको हो (खनाल, २०७१, पृ.७९) । उदार नारीवादले सामाजिक संरचनालाई कायमै राख्दै महिलाले पनि पुरुषसरह कानुनी वा वैधानिक, शैक्षिक, राजनैतिक अधिकार पाउनुपर्ने मान्यता राखेको छ । यसको मूल लक्ष्य महिलाको राजनैतिक, आर्थिक तथा सामाजिक स्तरमा क्रमबद्ध परिवर्तन हो । ‘‘सामाजिक संस्थागत संरचनाभन्दा पनि यौनिक विभेद र मनोवृत्ति बढी विभेदकारी रहेकाले त्यसले लैङ्गिकतालाई जटिल बनाएको धारणा उदार नारीवादले सार्वजनिक ग¥यो’’ (लुइटेल, २००८, पृ.९१) समाजमा यौनिक समानता र लैङ्गिक न्याय कायम गरी महिलालाई पनि पुरुषसरह राजनैतिक अधिकार, आर्थिक अवसर र शिक्षा प्रदान गर्नुपर्ने धारणा प्रस्तुत गरियो । खास गरी शिक्षा र श्रममा समान अवसर निर्माण गर्नुपर्ने प्रमुख ध्येय उदार नारीवादको रहेको देखिन्छ ।
२. माक्र्सवादी नारीवाद
महान विचारक कार्ल माक्र्सको दृष्टिकोणमा आधारित रहेर फ्रेडरिक एङ्गेल्सद्वारा सन् १८८४ मा तयार पारिएको ओरिजिन अफ द फेमिली, प्राइभेट प्रपर्टी एन्ड द स्टेटबाट माक्र्सवादी नारीवादको बीजारोपण भएको मानिन्छ । यस धाराले लैङ्गिक विभेदको मूल कारण सामाजिक अर्थ व्यवस्थालाई ठान्छ । समाजका दुई वर्ग (पुँजीपति र सर्वहारा) रहेसम्म आर्थिक विभेद कायम रहने तथा आर्थिक विभेदबाट नै लैङ्गिक विभेद र उत्पीडन उत्पन्न हुने कुरा प्रस्तुत गर्दै वर्गीय विभेद अन्त्य हुन सकेको खण्डमा लैङ्गिक विभेद पनि समाप्त हुने दृष्टिकोण यस धाराले प्रस्तुत गरेको छ । पारिवारिक संरचनालाई आर्थिक एकाइको रूपमा व्याख्या गर्दै पुँजीवादी पितृसत्ताले श्रम, ज्याला, उत्पादन र वितरणका सवालमा लैङ्गिक विभेद उत्पन्न गराएको धारणा यस मान्यताले राखेको छ । महिलालाई आर्थिक रूपमा सक्षम तथा स्वनिर्भर बनाएर पुरुष सरह बनाएको खण्डमा लैङ्गिक विभेद र उत्पीडनको अन्त्य हुने दृष्टिकोण माक्र्सवादी नारीवादी राखेको छ । उत्पादन र वितरणका माध्यमलाई वर्गमा आधारित आन्दोलनले व्यवस्थित गर्न सके मात्र लैङ्गिक दमन र शोषण अन्त्य हुन सक्छ (पिल्चर एन्ड ह्वेलहेन, २००४, पृ.७५) । वर्तमानको अर्थव्यवस्थाका कारण महिलाहरू सम्पूर्ण पक्षमा परनिर्भर बनेका छन्, पुरुषकै वस्तु र सम्पत्तिका रूपमा स्थापित गराइएका छन् । पुँजीवादी व्यवस्थाले पितृसत्तात्मक संरचनामा जोड दिने भएकाले यस्तो अर्थव्यवस्थामा परिवर्तन गरेर लैङ्गिक समानता कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पुँजीवादले कुलीन महिलालाई पुरुषहरूको सेवा गर्ने, यौन चाहना पूर्तिको साधन बन्ने तथा विलासी जीवन बिताएर वास्तविक सामथ्र्यको सदुपयोग गर्न नसक्ने बनाएको छ भने निम्न वर्गका महिला मजदुरलाई निःशुल्क काममा लगाउने, कम ज्याला उपलब्ध गराउने जस्ता लैङ्गिक रूपमा आर्थिक दमन गरेको तर्क गर्दै यस्तो व्यवस्थाको अन्त्य हुनुपर्ने विचार माक्र्सवादी नारीवादले प्रस्तुत गरेको छ (खनाल, २०७१, पृ.८०) । पुनर्उत्पादन प्रक्रिया तथा यौनिक उपयोगमा महिलामाथि हुने शरिर राजनीति अन्त्य हुनुपर्ने माग गरेका छन् । यौन सम्बन्ध राख्ने, बच्चा पैदा गर्ने आदि अधिकार र निर्णय महिलामा नै आधारित हुनुपर्ने आवाज उठाएका छन् । यसरी लैङ्गिक असमानता, दमन, शोषण तथा पुँजीवादी अर्थव्यवस्थाबाट निर्माण भएको, सम्पत्तिको स्वामित्व र अधिकारले गर्दा लैङ्गिक असमानताको सिर्जना गरेकोले सामाजिक–आर्थिक संरचना तथा अर्थ व्यवस्थालाई नारीमाथिको विभेदको प्रमुख कारण ठह¥याएर त्यसको अन्त्य गर्नुपर्ने विचार माक्र्सवादी नारीवादको रहेको छ ।
३. आमूल नारीवाद
सन् १९६० को दशकदेखि आमूल नारीवादको सुरुआत भएको हो । यसलाई नारीवादी आन्दोलनमा देखापरेको दोस्रो धार मानिन्छ । सन् १९६८ मा भएको अमेरिकी सुन्दरी प्रदर्शनका विरुद्धमा महिलाको स्वतन्त्रता तथा महिलालाई स्वतन्त्रताको आव्हान गरिएपछि यस मान्यताको उठान भएको हो । यस धारमा पाश्चात्य वाम आन्दोलन, विद्यार्थी आन्दोलन, भियतनामी युद्ध विरोधी आन्दोलन, लेज्बियन र गे आन्दोलन, नागरिक आन्दोलन तथा काला शक्तिको आन्दोलन आदि विभिन्न आन्दोलनहरुको महŒवपूर्ण योगदान रहेको छ (खनाल, २०७१, पृ.८२) । विपरीत लिङ्गीय यौनिकताका नाममा भएको महिलामाथिको शोषण र दमनका विरुद्धमा आमूल नारीवाद सशक्त रूपमा सक्रिय बन्यो । यो धार पुरुष निषेधी धारका रूपमा समेत विकसित बन्न पुग्यो । आफ्नो अस्तित्व र शरिरमाथि आफ्नै अधिकार तथा निर्णय हुनुपर्ने धारणाका साथ यो मान्यता अगाडि बढ्यो । सिमोन द बुभाको द सेकेन्ड सेक्स (१९४९) तथा बेटी फ्रिडानको द फेमिनिन मिस्टिक (१९६३) लाई आधुनिक नारीवादीले महŒवपूर्ण दस्तावेज मानिन्छ । पितृसत्ताका विरुद्धमा सङ्घर्ष गर्ने आन्दोलनका रूपमा आमूल नारीवाद विकसित भएको छ ।
४. समाजवादी नारीवाद
समाजवादी नारीवादको उदय माक्र्सवादी नारीवाद तथा आमूल नारीवादको सैद्धान्तिक अन्तक्र्रियाबाट भएको हो (अर्याल, २०६८ पृ.१९७) । उपर्युक्त दुई नारीवादको मिलनबिन्दुका रूपमा समाजवादी नारीवादको विकास भएकाले यस मान्यताले आर्थिक, यौनिक, सामाजिक तथा राजनैतिक लैङ्गिक दमन, उत्पीडन तथा महिला अधीनतालाई उजागरण गरी सामाजिक सन्दर्भमा लैङ्गिक सन्तुलनको अपेक्षा गर्दछ । महिलाहरु पुरुषबाट मात्र नभएर शक्तिशाली महिलाबाट कमजोर शोषित, उत्पीडित हुनु परेको विचारलाई पनि प्रस्तुत गरेको छ । लैङ्गिक दमनको प्रमुख कारण पितृसत्ता भए पनि सम्पूर्ण रूपमा भने होइन भन्ने मान्यता यस धारमा देखिन्छ । गोरा महिलाले काला महिलालाई गर्ने विभेद, एक धर्मका महिलाले अर्को धर्मका महिलालाई गर्ने विभेद, उच्च वर्गका महिलाले निम्न वर्गका महिलालाई गर्ने विभेद, सहरीया महिलाले ग्रामीण महिलालाई गर्ने विभेद, माथिल्लो जात मानिएका महिलाले तल्लो जात मानिएका महिलालाई गर्ने विभेद आदिजस्ता सामाजिक क्षेत्रमा देखिने महिला विभेद पनि महिलामाथिको उत्पीडन हो । यस वादले सामाजिक सन्दर्भमा एउटा साझा मान्यता स्थापित गरेको छ । अर्थ, राजनीति, विचार, यौनिकता, संस्कृति, घरपरिवार, जातजाति, वर्ग, पेसा, धर्म आदिजस्ता पक्षहरूको विस्तृत विश्लेषण गरी महिला तथा पुरुषको सहकार्यबाट सामाजिक विभेद र लैङ्गिक विभेद अन्त्य गर्नुपर्ने समन्वयात्मक धारणा यसले विकास गरेको पाइन्छ ।
५ समकालीन नारीवाद
समकालीन नारीवाद बौद्धिकता र यथार्थ विश्लेषणमा आधारित मान्यता हो । यसलाई नारीवादमा तेस्रो धारका रूपमा चिनिन्छ । यसले नारी आन्दोलनका सफलता, विश्वव्यापीकरणको अवस्था, तेस्रो विश्वका महिला र तिनीहरूको अनुभवका साथै महिला–महिलाबिच हुने विभेदलाई समेत प्राथमिकता साथ विश्लेषण गरेको छ । यसको सुरुवात सन् १९८० को दशकबाट सुरुआत भएको पाइन्छ । विभिन्न मुलुकमा रहेका विविध क्षेत्रका महिलाको अवस्था, भूमिका, जीवनशैली र संवेदनाका पक्षलाई विश्वव्यापी रूपमा छलफलका विषय बनाइने काम यस वादले गर्दछ (लुइटेल, २००८, पृ.१०४) । यस मान्यताले नयाँ विश्वका नयाँ पुस्तालाई उत्साहित गर्ने भएकोले यसलाई नयाँ नारीवाद पनि भनिन्छ । सुरुमा समाजिक र राजनैतिक आन्दोलनका रुपमा देखा परेको नारीवाद पछि कला, साहित्य, समालोचना लगायत समाजका विविध सन्दर्भमा देखा परेको छ । साहित्यमा नारीवादी समालोचना नारीसँग सम्बन्धित साहित्यका विषयमा गरिने आलोचना हो ।
प्रस्तुत अध्ययनमा उद्देश्यपरक नमुना छनोट विधिका आधारमा उषा शेरचनद्वारा रचना गरिएको ‘पर्दा पछाडि’ कथालाई छनोट गरिएको छ । यसमा पुस्तकालय अध्ययन पद्धतिको उपयोग गरी सामग्रीको सङ्कलन गरिएको छ । माथि उल्लेख गरिएका नारीवादी अध्ययनका विभिन्न धारहरुमध्ये कथाको अध्ययन विश्लेषणका लागि माक्र्सवादी नारीवादका सैद्धान्तिक मान्यतालाई अङ्गिकार गरिएको छ । नारीहरु शोषण उत्पीडनमा पर्नुका प्रमुख कारण विद्यमान सामाजिक अर्थ व्यवस्था नै हो । आर्थिक साधन र स्रोतमा सीमित व्यक्ति त्यसमा पनि पुरुषको एकाधिपत्य भएको त्यसकै आवरणमा लोभ लालच, डर धम्कीमा पारेर नारीहरुलाई मनोरञ्जनको साधन बनाइरहेका छन् । यस किसिमको अन्यायको अन्त्यका लागि नारीहरुले विद्रोह गर्न आवश्यक छ भन्ने मूल सिद्धान्त रहेका माक्र्सवादी नारीवाद यस अध्ययनको मुख्य सैद्धान्तिक आधार बनाइएको छ ।

४. विषयवस्तुको व्याख्या विश्लेषण
४.१ कथाको संक्षिप्त सन्दर्भ र विषयवस्तु
उषा शेरचनद्वारा रचना गरिएको ‘पर्दा पछाडि’ कथा सहरिया परिवेशको हुनेखाने परिवारभित्रको घटनालाई आधारित बनाएर रचना गरिएको छ । वृत्ताकारीय शैलीमा रहेको यस कथामा पूर्वदीप्तिको प्रयोग गरिएको छ । बुहारी बैङ्कको सि.इ.ओ रहेकी छिन् ।सासुको असामयिक निधन भएपछि घरभित्रका कामहरु र उक्त जिम्मेवारीपूर्ण पद कसरी सम्हाल्ने भन्ने चिन्ताका बीच यस अघि सासुआमा हुँदा समेत घरमा राखेका पाँच छ जना केटीहरु त्यो घरमा टिक्न नसकेका, तिनले ससुराबाले नराम्रो व्यवहार गरेका सुनाएका र आपूmले पनि केही न केही गडबडीको अनुभव गरेको स्मरण गर्छिन् । हिजोआज सम्म लोग्ने स्वास्नी जोडीलाई नै काम मा राखेकी थिइन् तर गर्भवती भएकी त्यस आइमाइलाई समेत यौन उत्पीडनको प्रयत्न गरेकोले उनीहरु रुदै आफ्ना गुनासा सुनाउदै घर छोडेर जान्छन् । अब घरमा काम गर्ने कोही नहुँदा घर र अफिस कसरी धान्ने चिन्ता एकातिर छ भने अर्काेतिर ससुराको ‘पर्दा पछाडि’को कुकृत्यप्रति आक्रोषित हुँदै कानुनी उपचारका लागि सल्लाह गर्न लोग्नेको कार्यालयमा गएको विषयवस्तु कथामा प्रस्तुत गरिएको छ ।
प्रस्तुत कथाका नारीहरु सम्पत्ति र शक्तिको आडमा एउटा बुढो मान्छेको यौन उत्पीडन खेप्नु परेको छ । गरिब, लोग्नेबाट त्यागिएका, अभिभावक कोही नभएका खाना लगाउन नसकी अर्काको घरमा नोकर बन्न बाध्यताका बीच त्यस्तो बुढोको यौन हवसको सिकार बन्नुपर्दा मानसिक रुपमा पीडित बन्दै घर छोडेर गएका छन् । तिनले प्रत्यक्ष रुपमा विद्रोह गर्न नसके पनि घरलाई छोडेर त्यसको शोषणबाट मुक्ति पाउने चेष्टा गरेका छन् । आफ्ना असहमतिलाई बुहारीसँग पोख्दा तिनलाई थोरबहुत सङ्का लागे पनि ससुराका विरुद्ध जान हिच्किचाएको अवस्था छ । एक पछि अर्कीलाई यौनसिकार बनाएपछि सचेत नारी बुहारी नै ससुरालाई कारवाही गर्नै पर्ने अठोटका साथ पाइला चालेकी छिन् ।
४.२ कथाका नारी पात्रहरु
प्रस्तुत कथामा उनी अर्थात बुहारी प्रमुख पात्रका रुपमा रहेकी छिन् । उनी उच्च वर्गीय परिवारकी बुहारी हुन् । बैङ्कमा सि.इ.ओ. पदमा कार्यरत उनलाई कर्मप्रति इमान्दार, निष्ठावान, जागरुक पात्रको रुपमा चित्रण गरिएको छ । सासुआमाको भूमिका कथामा नभए पनि बुढेसकालमा लोग्ने घरमा काम गर्न राखेका युवतीहरुसँग अनेक प्रपञ्च, प्रलोभन सहित लागेको थाहा नपाउने, सोझी पात्रका रुपमा उनको स्मरण गरिएको छ । अन्य नारी पात्रहरु चिनारी तिनका शारीरिक स्वरुपका माध्यमबाट गराइएको छ । तिनीहरुमा एकजना दुब्ली न दुब्ली, नाक चुच्चो, खोबिल्टा गाला, न त धेरै अग्ली न त होची, हेर्दा सोझी देखिने तर नपत्याउने खालकी बाठी, लोग्नेले छाडेकी, दुई सन्तानकी आमा – पात्र १, तीस पैंतीस वर्षकी आइमाइ, काली न काली मैलीथैली, जिग्रिङ्ग परेको कपाल, अँध्यारोमा देख्दा तर्साउली जस्ती – पात्र २, ड्राइभरसँग मख्खै पर्ने केटी –पात्र ३, प्लस टु सम्म पढेकी केटी (लामो कपाल, चिम्से आँखा, गहुँगोरो वर्णकी, नाम टुप्पोमा चाया परेको, बच्चा पाए जस्तो लाग्ने) – पात्र ४ टुहुरी केटी अठार उन्नाइस वर्षकी भुन्टी भुन्टी, अलि अलि पढेकी तर निकै तीक्ष्ण बुद्धिकी – पात्र ५ र लोग्ने सहित काम गर्न बसेकी आइमाई – पात्र ६ रहेका छन् । पुरुष पात्रहरुमा उनीका ससुरा, उनीका लोग्ने, काम गर्न बसेकी आइमाइको लोग्ने, ड्राइभर, थान्का बनाउने ठाउँको केटो रहेका छन् ।
४.३ नारी पात्रहरुमाथिको शोषण
प्रस्तुत कथामा नारी पात्रहरु एक उच्च वर्गको हजुरवुवाको उमेरको पुरुषबाट यौन उत्पीडनमा परेका छन् । घरमा काम गर्नका लागि छ जना युवतीहरु राखिए । कोही अठार उन्नाइस वर्षका देखि लोग्ने सहित काम गर्न बसेका सम्म बसेका ती नारीहरुलाई ससुराबाबाट शोषण गरियो । कसैलाई फकाएर, कसैलाई प्रलोभन देखाएर, तिनमा जुनकुनै प्रकारले दबाब पारेर शोषण गरियो ।
पात्र १ माथिको शोषण
‘उहाँले भनिबक्सियो, तँ छिटै निदाउँदी रहिछस्, अनि त तेरो लोग्नेले तँलाई नछाडि कसलाई छाड्छ त !’
‘छिटै निदाउँदैमा पनि कहीँ लोग्नेले छाड्छ र हजुरबुबा !’
‘लोग्नेस्वास्नी सँगै भएको बेला छिट्टै निदाउन पाइन्छ त ! लोग्नेस्वास्नीबीच निदाउने काम मात्र हुन्छ र ! अरु काम पनि त हुन्छ नि ! पो भनि बक्सियो बा ।’ (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
माथिको गुनासो बुहारी अर्थात उनी पात्रसँग गरेकी तर बुहारीले विश्वास गरिनन् । उक्त संवादको आशयमा यौनजन्य कार्यको प्रयत्न खुलेको छ । तर ‘पर्दा पछाडि’ अरु के के भयो भन्ने कुरा खुलेको छैन । केही समयपछि त्यो आइमाई घर छोड्न बाध्य हुन्छे ।
पात्र २ माथिको शोषण
ससुराले नातिनी उमेरकी काम गर्ने केटीलाई गोरो देखिनकै लागि साबु दिएको र राम्री देखिन सैलुन जाने पैसा दिएको कुरा सुनेर विचित्रको अनुभूति गरे तापनि त्यसभित्रको गाँठी कुरा भने आज मात्र थाह पाइन् उनले । (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
माथिको कथांशबाट ससुराबाले प्रलोभनमा पारेर त्यो नातिनी उमेरकी युवतीलाई यौन शोषण गरिरहेको देखिन्छ ।
पात्र ३ माथिको शोषण
‘हजुरहरुको अनुहार हेरेर मात्रै बसेकी छु । नत्र त उहिल्यै यहाँबाट गइसक्थेँ म । त्यो हजुरबुबाको बानी देख्दा त टाउकै फुटाइ दिऊँ जस्तो लाग्छ मलाई त ।’ (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
यस भनाइबाट त्यो ससुरो बुढोले आफ्नै उमेरको ड्राइभरलाई मन पराउने त्यो युवतीलाई अनेक किसिमले सताएर आफू अनुकू्रल बनाउने चेष्टा गरिरहेको छ ।
पात्र ४ माथिको शोषण
‘हिजो हजुरमुमा कता सवारी भएको थियो कुन्नि ? मलाई पो हात मिचिदे त कस्तो दुखिरहेको छ भनि बक्सेको थियो ।’
हजुरमुमा नभएको मौका परेको छ भने ढोका छेकेर ‘तँ लाटीले मलाई नाघेर जान्छेस् ल ल गएर देखा त !’ भनिबक्सिन्छ ।
‘हजुरलाई आराम छैन कि क्या हो ? बिमारजस्तो देखि बक्सिन्छ नि !’ भनेको त झन ‘चुप्प चुप्प गर्दै चुप्पा खान नपाएर नि !’ पो भनि बक्सँदो रहेछ बा ।
‘हजुरमुमा खोपीमा नभएको मौका प¥यो कि आइज बस्, टिभी हेर् भनिबक्सिन्छ भने कहिले फेरि मैले भनेको मानिस् भने के–के दिन्थेँ भनेर दोहोरो अर्थ लाग्ने कुराहरु मात्रै गरिबक्सिन्छ । त्यसैले मलाई हजुरबुबाको खोपीमा एक्लै पस्नै मन लाग्दैन म्याडम ।’ (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
माथिका संवाद युवती र बुहारीका बीच भएका हुन् । यसका माध्यमबाट त्यो ससुराबाले युवतीलाई अनेक किसिमले सताइरहेको, यौनका लागि अनेक दबाद दिइरहेको बुझिन्छ । पछि आजित भएर घर छोडेर गइसकेको धेरै समयपछि छोरो बुहारीको फोटो सँगै काम गर्दै गरेकी त्यही युवतीको फोटो देख्दा ससुरा साह्रै सुसीको आवेग देखिएको सन्दर्भ पनि कथामा रहेको छ ।
पात्र ५ माथिको शोषण
जतिजति समय बित्दै गयो उतिउति उसको अनुहारबाट खुसी गायब हुँदै गएझैं देखिन थाल्यो, मनभित्र केही न केही कुरा गम्स्याएर राखेझैं । न त सहनै सक्ने न त कहनै सक्ने अवस्थाकी जस्ती देखेर सोध्दाखेरी फेरि ‘उही केही होइन’ भन्ने रेडिमेड जबाफ दिन्थी ।
‘अबदेखि यो घरमा काम गर्ने राख्दा केटाहरु मात्रै राखिबक्सियोस् दुलही साहेब । हामी जस्ता केटीहरु त नराखिबक्सिए पनि हुन्छ ।’ त्यो केटीको त्यो रहस्यपूर्ण कुरोको वास्तविकता बल्ल आज पो बुझियो । (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
माथिको कथांशबाट त्यो युवती हजुरबा उमेरको मान्छेबाट गरिएको यौन उत्पीडनबाट आजित भई घर छोडेर जान थालेकी बुझिन्छ ।
पात्र ६ माथिको शोषण
स्वास्नीचाहिँले अझै भन्दै गई ‘आज त हदै भयो दुलही साहेब, ‘खै कत्रो भयो तेरो पेट ? बच्चा चल्छ कि चल्दैन ? भन्दै मेरो पेट र छाती छाम्न पो आयो म त रिसले दुबै हात झट्कारेर भागेँ ।’
‘मलाई त हजुरबुबाको मुखैभरि थुकिदिऊँ जस्तो पो लागेको थियो ।’ स्वास्नीचाहिँले अत्यन्त घृणाका वाक्य बोलिन् । (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
माथिको संवादमा लोग्ने सहित बसेकी गर्भवती भएकी महिलालाई त्यो मालिक्नी ससुरोले अत्याचार गरेको अवस्थालाई प्रस्ट्याएको छ ।
यसरी यस ‘पर्दा पछाडि’ कथामा अरुको घरमा नोकरका रुपमा बस्न बाध्य भएका नारीहरु पुरुषहरुबाट शोषित बनेका छन् । कथाको सन्दर्भमा उनी पात्रको ससुरोबाट एकपछि अर्काे गर्दै यौन उत्पीडनमा परेका छन् । त्यो ससुरो भनाउँदाले ‘पर्दा पछाडि’ धेरै महिलामाथि अत्याचार गरेको देखिन्छ । किनकि त्यस घरमा जतिजना जस्ता महिला कामदार आए तर कोही टिक्न सकेनन् । ‘‘म यही बस्छु कतै जान्नँ, बिहे पनि गर्दिनँ’ भन्दै बसेकाहरु पनि केही समयपछि त्यहाँ बस्न नसक्ने भन्दै घर छोडे । त्यस घरकी सासुआमा पनि आफ्नो लोग्ने नातिनी जस्तीहरुमा रमाइरहेको, जुवातास खेल्न गएर राती अबेर आउने गरेको अवस्थामा कुनै असहमति जनाउन सकेकी छैनन् । त्यस घरमा कामदारको रुपमा आएका महिलाहरु कोहीलाई लोग्नेले छोडेको पनि उल्लेख भएकोले यस अघि पनि उनीहरु पुरुषवर्गको उत्पीडन खेपेका थिए भन्ने बुझिन्छ । जीविका धान्न कठिन भएर नोकरका रुपमा काम गरेर बसेको अवस्थामा हजुरबुबा जस्ता बुढो मानिसको यौन शोषण खेप्नु परेको छ । अधिकांश महिलाहरु ख्याउटे, खाना लगाउन नपाएका जस्ता हुनुले तिनले चरम अभावको जीवन बाँचेका थिए भन्ने कुरा खुल्दछ ।
४.३ कथामा नारी शोषणको प्रतिरोध
प्रस्तुत कथामा नारीहरु पुरुषबाट उत्पीडनमा परेका छन् । सामाजिक आर्थिक कारणले सानैदेखि अभाव र शोषण खेपेको रुपरङ्ग भएका ती नारीहरु सहरिया हुनेखानेको घरमा कामदार भएर जिउन खोज्दा त्यहाँ पनि उमेर बितिसकेको हजुरबुवा जस्तो पुरुष यौन पिपासु बनेर देखा पर्छ । आफ्नी श्रीमतीसँग सँगै खाटमा समेत नसुती ऊ नोकरका रुपमा बसेका युवतीहरुलाई शिकार बनाइरहन्छ । उसको उत्पीडनबाट आजित भएर नारीहरु घर छोडेर विद्रोह गर्दछन् । यस कथामा नारीहरुले मुख्यतः तीन किसिमले विद्रोह गरेको देखिन्छ ः
(क) घर छोडेर
उक्त घरमा अनेक प्रकारले हजुरबुवा जस्तो पुरुषले आफूमाथि खेल्न थाल्दा सिधा त्यसलाई छल्न सक्दैनन् । त्यो हजुरबुवाको प्रलोभनमा वा कर बलमा परेर आफ्नो जवानी दिन बाध्य बन्दछन् तर भित्रभित्रै कुढिएका छन् । कुुनै परिस्थिति विशेष घर गएर फेरि त्यस घर फर्कदैनन् ।
(ख) विरोध सहित घर छोडेर
आर्थिक विपन्नताका कारण जेनतेन जिन्दगी गुजार्दै गर्नु परिरहेको अवस्थामा बाँच्न केही सहज हुने भन्ने आशमा घरायसी कामदारका रुपमा अरुको चुलो चौका गर्ने काम गर्दै गर्दा त्यहाँ हजुरबुबाको उमेरको मान्छेले यौनजन्य आशक्ति दर्शाउन थाल्छ । यस किसिमको व्यवहार सैह्य हुदैन र मालिक्नी अर्थात बुहारीसँग गुनोसो राख्दछन् । तर बुहारीले विश्वास नगरिदिए पछि केही न केही बाहना गरेर त्यो घर छाडेर विद्रोह गरेका छन् ।
(ग) सचेततापूर्वक आवाज उठाएर
घरमा कामदारका रुपमा राखिएका ती टिठलाग्दा नारीहरु शोषणमा परेको निश्चित माने पछि ‘ती आवजहीनहरुका लागि आवाज उठाउन सकिन भने म आफ्नै नजरमा सदासदाका लागि सधैं गिर्नेछु’ भन्दै सचेतताका साथ आवाज उठाउने अठोट गरेर सो तर्फ कदम बुहारीले चालेकी छिन् । आफ्नै ससुरा भए पनि नारीमाथि अन्याय गर्नेलाई छोड्नु हुन्न भन्ने दृढ सोच उनमा पलाएको छ ।
प्रस्तुत कथामा नारी पात्रले गरेका प्रतिरोधका कार्यहरुलाई उदाहरणका रुपमा निम्न रुपमा प्रस्तुत गरिन्छ ।
नारी पात्र १ ले हजुरबाको यौनजन्य आग्रहलाई ठाडै अस्वीकार गरी प्रतिरोध गरेकी छ । जुन कुरो मालिक्नी अर्थात बुहारीसँग गरेको कुराकानीबाट प्रस्टिन्छ ः
‘लाजले भुतुक्कै भएर खोपीसोपी सफा गर्न छाडेर बाहिर भागेँ । ए बा ! कस्तो पात्तिएको होइबक्सिँदो रहेछ दुलही साहेब हजुरबुबा त छ्या ... ।’ (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
... पछि किन हो ऊ बस्नै मानिन र गई ।
नारी पात्र २ ले आपूmमाथि भएको शोषणप्रति प्रतिरोध गरेको देखिदैन । उसका आनीबानीहरु परिवर्तन हुन्छन् र ऊ त्यस घरका लागि प्रतिकूल बन्न पुग्छे । हजुरबाकै कारण मेकअफका सामग्रीमा लालायित हुन थाल्छे र मोवाइलमा हर समय झुण्डिरहने गर्छे । पैसाको आवश्यकता बढ्दै गएकाले पैसा चोर्न थाल्दछे । यस्ता कामबाट दिक्क भएर मालिक्नीबाट उसलाई कामबाट हटाइएको छ ।
नारी पात्र ३ ले ड्राइभरलाई मन पराउछे । हजुरबाचाहिँ उसलाई फकाउन र ड्राइभरप्रति अविश्वास हाल्न निकै प्रयत्न गर्छ । तर युवती त्यो हजुरबा भनाउदोलाई निकै घृणा गर्छे । उसले हजुरबाकै कारण घर छोडेर जान्छे । उसले बुहारीसँग गरेका कुराकानीको अंश हेरौं ः
‘हजुरहरुको अनुहार हरेर मात्रै बसेकी छु । नत्र त उहिल्यै यहाँबाट गइसक्थेँ म । त्यो हजुरबाको बानी देख्दा त टाउकै फुटाइदिऊँ जस्तो लाग्छ मलाई त ।’ ... घृणा मिश्रित आवाजमा त्यो केटीले भनेकी थिई । (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
नारी पात्र ४ प्लु टु सम्म पढेकी हुन्छे । त्यसलाई हजुरबाले निकै फकाउछ्, प्रलोभन देखाउँछ, ऊ दिग्दार बनेको कुरा मालिक्नी÷बुहारीसँग भनेकी पनि छ । उसका कुरामा विश्वास हुदैन । अनि ऊ हजुरबाको शिकार बन्छे । हजुरबा जस्ताको यौन शोषणबाट आजित भएर घर जान्छु केही दिनमा फर्केर आउँछु भनी जान्छे तर फर्केर आउदिन ।
नारी पात्र ५ अठार उन्नाइस वर्षे, कोही नभएकी टुहुरी हुन्छे । आमाबाबु जस्तै माया पाए कहीँ जान्नँ, बिहे पनि गर्दिनँ भनेर काममा बस्छे । केही समयपछि त्यो पनि हजुरबाको यौनआशक्तिको शिकार बन्न पुग्छे । उदास र निराश भएर केही कुरा मालिक्नीसँग पोख्छे तर मालिक्नीबाट विश्वास हुदैन । अन्तमा थान्का बनाउने ठाउँमा एउटा केटो भेटाएकी छु उसैसँग विहे गरेर बस्छु । यो घरमा हामी जस्ता युवती नराखी केटा मान्छे राख्नु होला भन्ने सल्लाह दिदै घर छोडेर जान्छे ।
नारी पात्र ६ लोग्नेसहित त्यो घरमा काम गर्न बसेकी हो । लोग्ने स्वास्नी नै भए सधै यहीँ बस्लान् भन्ने सोचाइ हुन्छ तर त्यो आइमाइलाई हजुरबुबाबाट यौन आशक्तिका व्यवहार गरिन्छन् ।
‘... भन्दै मेरो पेट र छाती छामन पो आयो म त रिसले दुबै हात झट्कारेर भागेँ ।’
‘मलाई त हजुरबुवाको मुखैभरि थुकिदिऊँ जस्तो पो लागेको थियो ।’ स्वास्नीचाहिँले अत्यन्त घृणाका साथ वाक्य बोलिन् । (स्रोत ः ‘पर्दा पछाडि’ कथा)
स्वास्नीमाथि भएको घृणित सोचको व्यवहारबाट लोग्ने पनि आक्रोषित बनेको हुन्छ ।
यसरी कथाका नारी पात्रहरुले विभिन्न आवेगको प्रस्तुति गर्दै, अनेक बाहना गर्दै त्यो घर छोडेर गएको अवस्था छ । कोहीले मालिक्नीसँग आफूमा भएको अत्याचारलाई सुनाउँछन् । तर बुहारीले विश्वास नै नगरिदिंदा घर त्याग्न बाध्य भएका छन् ।
नारी शोषण विरुद्धको प्रतिरोध मालिक्नी÷बुहारीबाट सचेत रुपमा उठाइन्छ । पढेलेखेकी सचेत नारी भएकोले उसले आवाजहीनहरुका आवाज उठाउने अठोट गर्दै कानुनी उपचारको खोजी मा पाइला चालेकी छ ।
४. निष्कर्र्ष
‘पर्दा पछाडि’का नारी पात्रहरु अभाव र गरिबीका कारण कसैको घरमा कामदार÷नोकर्नी बस्नु परेको पीडाका बीच नारी भने जसरी भए पनि भोग्नु पर्छ भन्ने सामन्ती सोचको ससुराबाबाट उत्पीडित बन्न पुग्छन् । तिनीहरुलाई फकाइन्छ, प्रलोभनमा पारिन्छ, घुर्की समेत देखाइन्छ र यौन आशक्तिका शिकार बनाइन्छ । यसरी शोषणमा पर्नु तिनको पारिवारिक आर्थिक विपन्नता पहिलो कारण बनेको छ । यदि जीवन गुजाराको समस्या हुन्नथ्यो भने तिनीहरु त्यसरी अरुको घरमा नोकर बन्न जाने थिएनन् । दोस्रो कारण हो सामन्ती पुरुषको चालबाजी । युबा अवस्थादेखि नै घरमा नोकर चाकर खेलाउदै आएको मान्छे हजुरबाको उमेरमा आइपुग्दा पनि पुरानो आदत कायम नै छ । तर अहिले उमेरले साथ दिएको छैन । अनि प्रलोभन र घुर्कीको साहारबाट नातिनी सरहका युवतीको शिकार गर्छ तिनलाई शारीरिक रुपमा शोषण गर्दै मानसिक रुपमा विदिर्ण अवस्थामा पु¥याउँछ । त्यसका शोषणका विरुद्ध ती कामदार नारीहरुले प्रतिरोध गर्छन् घर छाड्छन् र आफूलाई बचाउँछन् । सचेत नारीका रुपमा रहेका बुहारीले आफ्नो साख्खै ससुरा भए पनि कानुनी तथा सामाजिक रुपबाट कारबाही गर्ने सोच सहित पाइला चालेर प्रतिरोध गरेको देखिन्छ ।
यसरी नारी शोषण उत्पीडनको प्रमुख कारण आर्थिक पक्ष बनेको छ भने नारीहरुले विभिन्न किसिमबाट शोषण गर्ने पुरुषको प्रतिरोध गरेका छन् । कामलोलुप, यौनाशक्तिका कुण्ठा पालेका पुरुषहरुबाट बच्न र त्यस्ता पुरुषलाई सजाय दिलाउन सचेत नारी जाग्नु पर्छ भन्ने निष्कर्ष कथामा रहेको छ ।

सन्दर्भ सूचीः
अर्याल, भोजेन्द्र (२०६८). लैङ्गिक र महिलावादी अध्ययन. काठमाडौँ ः ज्ञानकुञ्ज प्रकाशन ।
खनाल, राजेन्द्र (२०७१). ‘नेपाली उपन्यासमा लैङ्गिक चेतना’. शिक्षाशास्त्र केन्द्रीय विभाग. त्रि.वि. (विद्यावारिधि शोधपत्र) अप्र.
पिल्चर, जे. एन्ड आइ. ह्वेलहेन (सन् २००४). फिफ्टी की कन्सेप्टस् इन जेन्डर स्टडिज. लन्डन ः सेज पब्लिकेसन्स ।
भट्टराई, गोविन्दराज (२०६१). पश्चिमी बलेँसीका बाछिटा. काठमाडौँ ः ने.रा.प्र.प्र. ।
मोइ, तोरिल (सन् १९८६). फेमिनिस्ट क्रिटिसिज्म, मोडर्न लिटरेरी क्रिटिसिज्म. सम्पा. ऐन्ने जेफरसन र डेभिड रबे (सं.दोस्रो), लन्डन ः बी.टी.बेट्सफोर्ड लिमिटेड ।
लुइटेल, समिरा (सन् २००८). जेन्डर स्टडिज. काठमाडौँ ः एकेडेमिक बुक सेन्टर ।
शेरचन, उषा (२०७०). पर्दा पछाडि. काठमाडौं ः रत्न पुस्तक भण्डार ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु