गीत

- राजकुमार श्रेष्ठ

कहिले होला दुखियाको पल्ला भारी हुने
दुनियाको जस्तो आफ्नै घर-बारी हुने

मर्स्याङदीमा यती धेरै पानी बगिसक्यो
भोली भोली भन्ने सबको बानी बनिसक्यो
कहिले होला हाम्रो लागी हुकुम जारी हुने
दुनियाको जस्तो आफ्नै घर-बारी हुने।

घोटिएर जाने भए म के रहन्थेँ होला
सँगालेमा पसिनाको ताल बन्थ्यो होला
कहिले होला दु:खको यो नदी पारी हुने
दुनियाको जस्तो आफ्नै घर-बारी हुने।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु