डेफोडिल्स्

- विलियम वर्डस्वर्थ

(कविता)
म बादल जस्तो एक्लै भौतारिरहन्थें
त्यो अग्लो भेल र पहाडहरुमा तैरिएसरी,
जब एकैचोटी मैले सबै भिड देखेको थिएँ,
सुनौलो डेफोडिलहरुको आमन्त्रणमाः
तालको छेउमा अनि रुखहरुको मुनि,
उड्दै र नाच्दै गरेको वायुको मन्द चालसँगै ।
ताराहरु जस्तै निरन्तर चम्किरहेका
र आकाश गंगामा चमक छर्दै,
तिनीहरु कहिल्यै नटुङ्गिने रेखामा तन्किए
खाडीको किनारा हुँदैः
दशौ हजारलाई मैले एकै नजरमा देखें,
उत्साहप्रद नृत्यमा उनीहरुको टाउको उचाल्दै गरेका ।
छेउछाउका छालहरु नाचे तर पनि उनीहरु
हर्षले गद्गदी भएका तरङ्गहरु छोडेः
एक कवि आफैमा केही गर्न सक्दैनन तर हर्षित भई,
त्यो आनन्ददायी साथमाः
मैले हेरेँ— र हेरेँ— तर अलिकति सोचेँ
त्यो शोबाट मलाई कति सम्पत्ति आएको थियोः
अक्सर जब म आफ्नो ओछ्यानमा ढल्कीन्छु
खाली अथवा सोचमग्न हुँदै,
तिनीहरु त्यो भित्री आँखामा झल्किन्छन्
जुन एकान्तपनको आनन्द हो;
र त्यसपछि मेरो मुटु खुशीले भरिन्छ,
र डेफोडिलहरुसँगै नाच्दछ ।

(अनुवादः पिमला न्यौपाने)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु