लकडाउन

- इन्दिरा दीक्षित

पल्लो घरको आवारा केटो रमेश तिनतल्ला माथिको छिमेकिको घरभित्र खुरुक्क छि-यो । घरमालिक मथुराजीले आश्चर्य मान्दै सोधे, कती कामले आयौ बाबु ? अकमक्क पर्दै रमेश बोल्यो, ए ! हाकिमसाप पनि घरै हुनुहुदो रहेछ आज त, सन्चो भएन कि कसो ?
"तिमी कति कामले आायौ भन, हैन भने गै हाल, यस्तो लकडाउँनको बेलामा पनि यताउता हिड्ने हो ?" पत्नीतिर फर्कदै भने "सुम्मी ! ल यिनलाई ढोकासम्म पु-याएर राम्ररी चुक्कुल लगाऊ है ! लकडाउनको बेला छ फेरि अरू कोही आाउलान्, यसरी अर्काको घरमा बिनाकाम जाने आउने काम नगर है बाबू ! अब जाऊ" मुन्टो निहु-याएर रमेश बाहिरियो ।
ढोकासम्म पुर्याउँन गएकी सुम्मीले रमेशलाई रिसाएको पाराले अल्लि मसिनो स्वरमा भनिन्, यस्तो बेलामा पनि आउँने हो तिमी, थाहा थिएन हाकिमसाप घरै छन् भनेर ? के जान्नु तनि ! बाहिर गाडी पनि थिएन हाकिम हुन्, अफिस गए होलान् भनेर सधै जस्तै खुरुखुरु आको कस्तो, मेरो त सातोपुत्लो उँड्याथ्यो बुझ्यौ ? अब कैले जान्छन् त अफिस् ?
के ठेगान, लकडाउन कैले खोल्नेहो ? भित्रबाट मथुराजीको ठूलो स्वर सुनियो, सुम्मी ! ढोका राम्ररि लगायौ ? अब कसैलाई माथिसम्म आउँन दिने हैन है ! फेरि कोरोना बोकेर ल्याउलान् र बित्यास पर्ला, कत्ति बेर लगाकी ढोका लगाउँन ? सकिनौ ? म आऊँ ?
हैन हजुर ! भैसक्यो, यत्ति ढोका लाउँन पनि हजुरला के कष्ट दिनु र म गरिहाल्छु, पत्नी सुम्मी परदेखी बोल्दै आएर पति नजिकै बस्दै नरम स्वरमा भनिन्, खाजा के बनाउँ हजुर ? बिहान भुजा पनि राम्ररि ज्यूनार भा छैन हजुरले !
मथुराफजीले पत्नीको कुरा सुने कि सुनेनन् थाहा भएन, उनी त टीभीको समाचारमै मस्त हुँदै भन्दै थिए, लौ हेर ! लकडाउँन् भन्ने जान्दाजान्दै किन सडमा ओर्लेका होलान् ! काल खोज्दै ! मुर्खहरु !

विशालनगर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु