गजल

- इन्दिरा चापागाईं

आँखाभित्र नराख भो आशुसंगै झर्नेछु म।
मुटु भित्रै राखिदेउ न त्यहीँ राज गर्नेछु म।।

मलाई छोडी नजाउ टाढा मेरो जीवनबाट
तिमीमा मायाँ,प्रेमको हरियाली भर्नेछु म।

साँझबत्ती बाली बस्छु तिमी आउने बाटो हर्दै
ढिलो गर्यौ भने पनि छट्पटिमा पर्नेछु म।।

उत्साह,प्रेरणा र उर्जा सबै तिमी मेरो
तिमी आउने बाटो भरी फुलैफुल छर्नेछु म।

जीवन सागर,तिमी डुंगा,म त एउटा यात्री
तिमी मार्फत जीवनरुपी प्रेमको सागर तर्नेछु म।।

धुपू, संखुवासभा

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु