गजल

- सङ्गीत आयाम

विकासको कुरा नगर भूलको कुरा नगर
तानाशाहको राज्यमा अशुलको कुरा नगर ।।

डुबाउदै छ नदीले शान्त मनका एकान्त
बाढीको भेलमा डुब्दै पुलको कुरा नगर ।।

काठमाडौं फिस्स हास्छ कर्णाली रुन थाल्छ
गणतन्त्र आएको छ सूलको कुरा नगर ।।

दृश्य/अदृश्य र परिदृश्य पर्दाभित्र कति
गोटीहरू कै विगविगी मूलको कुरा नगर ।।

संवेदना भेट्नु संवेदना देख्नु टाढाको कुरा
काडै काडाको बस्ती छ फूलको कुरा नगर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 25 भाद्र, 2065

लेखकका अन्य रचनाहरु