गजल

- आशा लिम्बू

हत्केलामा ठेला उठोस् छोरा सन्तुष्टको गास होस्
सर्वत्र हँसिलो मुहार सुस्वास्थ चिरायूको सास होस्
.
अघात माया र सदा आशीर्वाद आमाको तिमीलाई
बाल्यभन्दा झन् कमाउ जीवन तिम्रो खास होस्
.
दायित्वको पहाड मुटुभरि बोकि सहर या बगर छौ
जहाँपुगे पनि त्यही तिमीलाई सुरक्षित बास होस्
.
हरेक प्रसन्नताहरुले हाँस्दै पछ्याइरहोस् तिमीलाई
कष्टका नमिठा जति, तिम्रो विगत सबै नास होस्
.
हुर्कंदै जाउ क्रमसः हाँसोखुसीका अनेक रङहरुसँग
त्यही खुसीभित्र आत्मीयता सुखको पनि रास होस्

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु