एउटा अर्को घाम !

- मिजास तेम्वे

शिशिरे जाडो,
क्रमश चिसो साँझको आक्रमण
त्यो युद्धबन्दी जसलाई समयको घृणा
र,
भर्सनाले समातेका छन् ।
सुनसान कोठामा एक्लोपनसंग निसासिरहेको छ ।
एउटा चट्टाने ठाउँ पाएर पनि उसको,
त्यो विश्वासमा जादुमय आकर्षण छ ।
एउटा बिराट आशाको घाम !

फेरि एउटा असत्य विहानी
लाहुरेप्रेमी भएर तल तल
अझ तल,
गिरिरहेको छ ।
एक्लै नछाड त्यसलाई...
अनिष्टको पुनरावृित्त हुनुहुन्न फेरि ।
अव जरै देखि उखेल्नु पर्छ ,
ती खिया लागिसकेका किल्लाहरुलाई,
पर्गाल्नु पर्छ,
ती बरफ जमेका भित्ताहरुलाई,
थाल ठटाएर चिर्नु पर्छ,
युगौ देखिको मौनताहरुलाई ।
अव तोड्नु पर्छ ती हातहरुलाई
जसले तिम्म्रा हरेक विहानीहरुको हत्या गरेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु